

कञ्चनपुर। कृष्णपुर नगरपालिकाका जनप्रतिनिधिलगायत सार्वजनकि पदमा रहेका व्यक्तिले सामुदायिक विद्यालयमा बालबालिका भर्ना नगरे सेवा सुविधा कटौती हुने भएको छ।
जनप्रतिनिधिले आफ्नो एवं आफ्नो एकाघरका बालबालिका सामुदायिक विद्यालयमा भर्ना नगरेको पाइए सेवा सुविधा कटौती गरिनाका साथै नगरपालिकाका अन्य प्रक्रियामा सहभागी नगराइने निर्णय भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर विष्टले जानकारी दिए। विद्यालयका शिक्षक र कर्मचारीले आफ्नो वा एकाघरका बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना नगरेको पाइएमा प्राप्त गर्ने सेवा सुविधा रोक्का गरिने उनले बताए।
‘विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक समितिका पदाधिकारी एवं सदस्यले आआफ्ना बालबालिका सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने छ’, अधिकृत विष्टले भने, ‘त्यसो नगरेको पाइए सेवा सुविधा कटौती गरिनुका साथै जिम्मेवारीबाट हटाइनेसम्मका कारबाही हुनसक्छ।’
केही दिनअघि नगरपालिकाको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो। निर्णय कार्यान्वयनका लागि सेवा सुविधा रोक्ने, कटौती गर्ने जानकारीसहितको पत्र विद्यालयसहित सम्बन्धित व्यक्तिलाई पठाइएको नगरप्रमुख हेमराज ओझाले बताए। नगरप्रमुख र नगरपालिका क्षेत्रमा क्रियाशील विद्यार्थी संगठनका प्रतिनिधिबीच भएको छलफलबाट सामुदायिक विद्यालयमा विद्यार्थी भर्नासम्बन्धी कार्यपालिकाको निर्णय र थप व्याख्यात्मक टिप्पणीमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, स्वतन्त्र विद्यार्थी समूहलगायतले एकबद्धता व्यक्त गरेका छन्।
विद्यार्थी संगठनले नगर क्षेत्रभित्र क्रियाशील राजनीतिक दल, समाजसेवी, पत्रकारलगायत व्यक्तिलाई आआफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गराउनका लागि आग्रह गरेका छन्। सार्वजनिक शिक्षा सुधारको यो अभियानमा सहयोग गर्न विद्यार्थी संगठनले पनि अपिल गरेका छन्।
सामाग्री श्रोत :
जनप्रतिनिधिलगायतले सामुदायिक विद्यालयमा बालबालिका भर्ना नगरे सेवा सुविधा कटौती हुने

इनरुवा – उदयपुरको बेलका नगरपालिका–८ स्थित सप्तकोशी नदी किनारमा वेवारिसे अवस्थामा रहेको १ सय ८० किलोग्राम गाँजा प्रहरीले बरामद गरेको छ।
बैशाख १ गते राती विशेष सूचनाको आधारमा उदयपुरको इलाका प्रहरी कार्यालय रामपुरठोक्सिला र अस्थायी प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरी टोलीले दुईवटा ट्युव माथि नदी किनारमा पानीमा तैरी रहेको अवस्थामा ६ वटा प्लाष्टिकको बोरामा गाँजा बरामद गरेको हो।
उक्त गाँजा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा राखिएको छ भने ओसार पसारमा संलग्न व्यक्तिहरुको खोजीकार्य भइरहेको छ।
गाँजा ओसारपोसारमा संलग्न व्यक्ति फरार रहेको जनाउँदै इलाका प्रहरी कार्यालय ठोक्सिलाले बरामद गरिएको सामान भने कार्यालयमा राखिएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। जाजरकोटको पैंक केन्द्रविन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार राति ९ बजेर ३१ मिनेट जाँदा जाजरकोटको पैंक आसपास केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टरको भूकम्प गएको हो।
यसअघि गत चैत २२ गते सोही स्थानमा केन्द्रविन्दु भएर पाँच दशमलव पाँच रेक्टरको भूकम्प गएको थियो। नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी छ।
सामाग्री श्रोत :

एजेन्सी–बंगलादेशको एक अदालतले आइतबार पूर्वप्रधानमन्त्री शेख हसिना, उनकी बहिनी शेख रेहाना र भतिजी ट्युलिप रिजवाना सिद्दिकीसहित अन्य ५० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।
राजनीतिक शक्तिको दुरुपयोग गरेर जग्गाको अवैध अधिग्रहण गरेको आरोपमा राजधानी ढाकाको एक अदालतले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।
स्थानीय सञ्चारमाध्यमका अनुसार ढाका महानगरीय वरिष्ठ विशेष न्यायाधीश जाकिर हुसेन गालिबले भ्रष्टाचार विरोधी आयोग (एसीसी) द्वारा दायर गरिएका तीन छुट्टाछुट्टै आरोप पत्रहरूलाई संज्ञान लिएर अदालतमा अनुपस्थित भएकोमा अभियुक्तहरूविरुद्ध पक्राउ पुर्जी जारी गरे। न्यायाधीशले पक्राउ पुर्जीको कार्यान्वयन सम्बन्धी प्रतिवेदनको समीक्षा गर्न अप्रिल २७ तारिख तोकेका छन्।
गत वर्ष हिंसात्मक विरोध पछि शेख हसिनाको सरकार ढलेको थियो। त्यसपछि ५ अगस्ट २०२४ मा शेख हसिना भारत भागिन्। त्यस बेलादेखि उनी भारतमा बस्दै आएकी छिन्।
मुहम्मद युनुसको नेतृत्वमा रहेको बंगलादेशको अन्तरिम सरकारले भारतलाई शेख हसिनालाई हस्तान्तरणको लागि औपचारिक रूपमा अनुरोध गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

कैलाली। नयाँ वर्षको अवसरमा धनगढी जेसीजद्वारा आयोजना गरिएको ‘चैतन्य धनगढी हाफ म्याराथन’ को उपाधि नेपाली सेनाका खडकबहादुर खडकाले हात पारेका छन्।
‘अब धनगढी दौडिन्छ’, भन्ने नाराका साथ आयोजित हाफ म्याराथनमा खडकाले २१.१ किलोमिटरको दुरी एक घण्टा तीन मिनेट २१ सेकेण्डमा पार गर्दै रु. ७५ हजार नगद पुरस्कार प्राप्त गरे। खड्का त्रिभुवन आर्मी क्लबका खेलाडी हुन्।
त्यसैगरी त्रिभुवन आर्मी क्लबकै राजन रोकाया उपविजेता भए। उनले निर्धारित दुरी एक घण्टा छ मिनेट सात सेकेण्डमा पूरा गरे। रोकायाले रु ५० हजार नगद पुरस्कार प्राप्त गरे।
एक घण्टा १० मिनेटमा निर्धारित दुरी पार गर्दै आर्मीकै नरेन्द्रसिंह रावत तेस्रो भए। रावतले नगद रु २५ हजार नगद पुरस्कार प्राप्त गरे। त्यसैगरी आयोजकले तीन विधामा गरेको हाफ म्याराथनको कर्पोरेट महिला तर्फको विधामा लक्ष्मी भट्ट प्रथम, कमला बडवाल द्वितीय र शान्ता वली तृतीय भइन्। पुरुषतर्फ विक्रम पार्की प्रथम, देवेन्द्र चन्द द्वितीय र चन्द नाथ तेस्रो भए।
उनीहरुलाई नगद पुरस्कार क्रमशः रु सात हजार पाँच सय, पाँच हजार र दुई हजार पाँच सय प्रदान गरियो।
सामाग्री श्रोत :

एजेन्सी–नाइजेरियाको प्लेटो राज्यमा आइतबार राति अज्ञात समूहले दुई गाउँमा आक्रमण गर्दा कम्तीमा ४७ जनाको मृत्यु भएको छ।
रेडक्रसले दिएको जानकारी अनुसार २२ जना घाइते भएका छन् र पाँचवटा घरहरू जलेका छन्।
आक्रमण बास्सा जिल्लाको जिके र किमाक्पा गाउँमा भएको हो। केही दिन अघि मात्रै सोही राज्यको अर्को क्षेत्रमा यस्तै आक्रमणमा ४८ जनाको ज्यान गएको थियो।
एक स्थानीय बासिन्दाले भने, “हामीलाई नचिनेका व्यक्तिहरू आएर गोली चलाउन थाले। धेरै मानिस मारिए।”
प्लेटो राज्यमा किसान र गोठालाबीचको भूमिसम्बन्धी झगडा तथा जातीय र धार्मिक मतभेदका कारण यस्ता हिंसात्मक घटना भइरहन्छन्।
राज्य सरकारले यस घटनाको निन्दा गर्दै दोषीलाई कारबाही गर्न सुरक्षा निकायलाई आग्रह गरेको छ। मानवअधिकार संस्था एम्नेस्टी इन्टरनेसनलले पनि घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न अनुरोध गरेको छ।
धार्मिक र जातीय द्वन्द्वले बढाएको हिंसा
प्लेटो राज्यमा विभिन्न जातीय र धार्मिक समुदायबीच द्वन्द्व भइरहने गरेको छ। अनुसन्धानकर्ताहरूका अनुसार भूमि र स्रोतको अभावले गर्दा द्वन्द्वलाई थप जटिल बनाएको छ।
प्रहरीको कमजोरी र अपराधीहरूको उन्मुक्तिले हिंसापछि बदला लिने प्रवृत्तिलाई पनि बढाएको छ।
गत साता एक १६ वर्षीय फुलानी युवकको टाउको काटिएको शव फेला परेको थियो। उनका गाईबस्तु पनि चोरी भएका थिए।
यसैबीच राज्य सरकार, मानवअधिकार संस्था एम्नेस्टी इन्टरनेसनल र अन्य समूहहरूले पछिल्ला घटनाको कडा शब्दमा निन्दा गरेका छन्।
एम्नेस्टी इन्टरनेसनल नाइजेरियाका निर्देशक इसा सानुसीले भन्नुभयो,“रक्तपात अब रोकिनुपर्छ। दोषीलाई कारबाही गर्न स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्छ।”
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालको संविधानले व्यवस्था गरेका अधिकार पूर्ण कार्यान्वयनले सबैखाले विभेदको अन्त्य हुने बताएका छन्।
नेपाल–भारत दलितमैत्री संघले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले संवैधानिक अधिकारको पालना भए कसैले पनि विभेदको पीडा भोग्नुनपर्ने बताए। ‘समाजमा देखिएका विकृति, विसङ्गतीको अन्त्य गर्न, विभेदमा परेका समुदाय र वर्गलाई न्याय दिलाउन संविधानले धेरै व्यवस्था गरेको छ। त्यसको कार्यान्वयनको खाँचो छ। सरकार कानुन कार्यान्वयनमार्फत विभेद अन्त्यका लागि लागिपरेको छ’, मन्त्री शाहीले भने।
संविधानले राज्यका सबै तह र निकायमा समावेशी समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरेको बताउँदै उनले सरकार सबै नागरिकका अधिकारको रक्षा गरी समाजलाई साझा फूलबारी बनाउने उद्देश्यका साथ अगाडि बढेको उल्लेख गरे।
डा भीमराव अम्बेडकरको १३४औँ जन्मजयन्ती समारोहका अवसरमा आयोजित कार्यक्रममा संघका अध्यक्ष ओमप्रकाश विश्वकर्माले दलित समुदायको उत्थानका लागि सरकारले विशेष कार्यक्रममार्फत अभियान चलाउनुपर्ने बताए। उनले अभियान अघि बढाउन सबै समुदायका व्यक्ति आफ्नो स्थानबाट सक्रियताका साथ लाग्नुपर्नेमा जोड दिए।
सामाग्री श्रोत :
संविधानमा व्यवस्था गरिएका अधिकार पूर्ण कार्यान्वयन भए विभेद अन्त्य हुन्छ: वनमन्त्री शाही
काठमाडौँ । ठगहरूले मेसेजिङ एप ह्वाट्सएपमा पैसा ठग्ने नयाँ तरिका अपनाउन थालेको पाइएको छ । स्क्यामरले फोटो पठाइ डाउनलोड गर्न लगाउने र सो फोटोमा क्लिक गरेको भरमा प्रयोगकर्ताको व्यक्तिगत विवरणहरू प्राप्त गरी बैंक तथा डिजिटल वालेटको पैसा चोर्ने घटना बाहिरिएको हो ।
हालै भारतको मध्य प्रदेशको जबलपुरमा एक व्यक्तिले अज्ञात नम्बरबाट ह्वाट्सएपमा आएको एउटा फोटो डाउनलोड गरेपछि करिब २ लाख भारु गुमाएका छन् । यस घटनाले साइबर ठगीको नयाँ तरिकाको बारेमा खुलासा गरेको हो ।
ह्वाट्सएप इमेज स्क्याम (WhatsApp image scam) एक नयाँ प्रकारको साइबर ठगी हो, जसमा ठगहरूले ह्वाट्सएप वा अन्य मेसेजिङ एपमार्फत फोटो पठाउँछन् । यी फोटोहरूमा मालवेयर लिंकहरू हुन्छन्, जसलाई स्टेगानोग्राफी (Steganography) भनिन्छ । यो डिजिटल फाइलहरूमा डेटा लुकाउने प्रविधि हो ।
जब प्रयोगकर्ताले त्यस्तो फोटो डाउनलोड गर्छन्, उनीहरूको फोन क्र्याश हुन सक्छ वा सुरक्षाका हिसाबले कमजोर बन्न सक्छ । जसले ठगहरूलाई संवेदनशील जानकारी जस्तै ओटीपी, बैंक विवरण, वा डिजिटल वालेटका विवरणमा पहुँच दिन्छ।
केही ठगहरू फोनमार्फत पीडितसँग सम्पर्क पनि गर्छन्, तस्बिरको बारेमा सोधपुछ गर्छन् । ताकि तस्बिर खोलिएको कुरा सुनिश्चित गर्न सकियोस् । यो नयाँ प्रकारको स्क्यामले पुरानो फिशिङ लिंक वा नक्कली एप जस्ता विधिहरूलाई पनि माथ खुवाउन सक्छ ।
साइबर सुरक्षा विज्ञहरूले यस प्रकारको ठगीबाट बच्न प्रयोगकर्ताहरूलाई अज्ञात नम्बरबाट आएका कुनै पनि मेसेज वा तस्बिर नखोल्न र मोबाइल उपकरणमा एन्टी-मालवेयर सफ्टवेयर राख्न सुझाव दिएका छन् ।
पछिल्लो अध्यावधिक: बैशाख १, २०८२ ११:५०
सामाग्री श्रोत :
टेक पाना

काठमाडौं–सुनसरीमा गोली लागेर दुई जना घाइते भएका छन्।
सोमबार राति देवानगन्ज गाउँपालिका-७ राशीस्थित बजारमा अपरिचित व्यक्तिले गोली प्रहार गरेको प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिए।
उनका अनुसार गोली लागेर सोही ठाउँका शिवकुमार मेहेता र रविन्द्र यादव घाइते भएका छन्। उनीहरूको तिघ्रा र ढाडमा चोट लागेको छ। घाइते दुवै जनालाई विराटनगर अस्पतालमा पठाइएको छ।
अहिले घटनास्थलमा प्रहरीको टोली खटिएको छ। अनुसन्धानका लागि विभिन्न युनिटका प्रहरीहरू परिचालन भएका छन्।
प्रहरी निरीक्षक अधिकारीका अनुसार तीन राउण्ड गोली चलेको हो। त्यसको खोका भने एउटा मात्रै फेला परेको छ।
देवानगन्ज–७ कै कामेश्वर नाम गरेका व्यक्तिले गोली हानेको प्रहरीले स्रोतले जनाएको छ। गोली प्रहारपछि उनी फरार भएका छन्। गोली प्रहारको कारण खुलेको छैन। शिवकुमारको ढाडदेखि तल दायाँतर्फ र बायाँ कम्मरको भागमा गोली लागेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्ष २०८२ को पहिलो दिन आज हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा शुभारम्भ गरेका छन्।
काठमाडौंस्थित नागार्जुन नगरपालिका–३ हल्चोकस्थति हल्चोक आकाश भैरव मन्दिर पुगेर उनले जात्राको शुभारम्भ गरेका हुन्।
त्यस अवसरमा प्रथम महिला सबिता पौडेलसहित राष्ट्रपति पौडेलले आकाश भैरव तथा देवगणकों पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका थिए।
सामाग्री श्रोत :
राष्ट्रपति पौडेलद्वारा हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा शुभारम्भ









