
मुम्बइ- भारतीय अभिनेत्री सामन्था रुथ प्रभुले आफूले रोगसँगै बाँच्न सिकेको बताएकी छिन्। एक भारतीय सञ्चारमाध्यमसँग कुराकानी गर्दै यस्तो बताएकी हुन्।’सिरिज सिटाडोल: हनी बनी’ अमेजनको सुटिङको क्रममा सामन्थालाई मायोसाइटिस नामक दुर्लभ रोग लागेको थाहा भएको थियो। सुटिङका क्रममा आफ्नो स्वास्थ्य बिग्रिएको बताउँदै एकपल्ट बेहोश नै भएकी थिइन्। सन् २०२२ देखि आफू उक्त समस्यासँग संघर्ष गरिरहेको बताएकी थिइन्। यो एकप्रकारको अटोइम्युन डिजिज हो। जसमा मांसपेशिहरु सुन्निन्छन्। प्रतिरक्षा प्रणालीले गल्तीले स्वस्थ मांसपेशीलाई आक्रमण गर्दा यस्तो हुन्छ । यसले मांसपेशीहरूमा कमजोरी, दुखाइ र सुनिने समस्या निम्त्याउँछ।यो समस्या १० लाखमा एक जनामा हुने बताइएको छ। मायोसाइटिस विभिन्न प्रकारका हुन्छन्। एउटा डर्माटोमायोसाइटिस हो । जसमा छाला र मांसपेशी दुवै कमजोर हुने तथा सुनिने हुन्छ। अर्को पोलिमायोसाइटिस हो। जयसमा मांसपेशीमा मात्र सुनिन्छ, विशे गरी कम्मर, तिघ्रा, काँध र घाँटीको मांसपेशी सुनिन्छ। अर्को समानान्तर मायोसाइटिस (आईबीएम) हो । यसमा मांसपेशी सुनिनुका साथै कमजोरी बढ्दै जान्छ। यसका लक्षणहरुमा मांसपेशी कमजोरी सबैभन्दा सामान्य लक्षण हो। त्यसपछि मांसपेशीहरूमा दुखाइ र सुन्निने हुन सक्छ, जसले हिँड्न गाह्रो बनाउँछ।सामान्य भन्दा बढी थकान महसुस हुने, सास फेर्न गाह्रो हुने र कहिलेकाहिँ फोक्सोको मांसपेशी पनि सुन्निने हुन्छ। जसका कारण सास फेर्न गाह्रो हुन्छ ।यसबारे सामन्था भन्छिन् :जब मलाई मेरो अटोइम्युन रोगको बारेमा थाहा भयो, म स्वास्थ्यप्रति धेरै लापरवाह थिएँ र पूर्ण रूपमा एक्लो महसुस गर्थें। मलाई थाहा थिएन, कहाँबाट सुरु गर्ने। जब हामी बिरामी हुन्छौं, सामान्यतया एक हप्ताको औषधि खाएर ठिक भइने अपेक्षा राखिन्छ। किनभने हाम्रो जीवनमा सधैंजसो देखिएको कुरा यही हो- जसरी पनि बिरामी भए पनि, एक हप्ताको औषधिले निको हुन्छ।तर अहिलेको मेरो अवस्था त्यस्तो छैन। मैले यससँगै बाँच्न सिकिसकें। यो एक दीर्घकालीन रोग हो र साथसाथै यसको कुनै उपचार छैन। जब मलाई भनिन्थ्यो कि यो रोग त जिन्दगीभरि रहनेछ, वा झन् बिग्रिन सक्नेछ, त्यो समय मेरो लागि निकै कठिन हुन्थ्यो। मलाई धेरै रिस उठ्थ्यो, मेरो अगाडि पूरै जिन्दगी खुला थियो, तर सबै सकिए जस्तो लाग्थ्यो। म आफैंलाई यस्तो परिस्थितिमा असहाय महसुस गर्थें। अहिले म फेरिएको छु।
सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूलाई भनेका छन् – इरानले आणविक हतियारको विचार त्याग्नुपर्नेछ ।
ट्रम्पले भने, “इरान हामीसँग सम्झौता गर्न चाहन्छ, तर उनीहरूलाई थाहा छैन कसरी। हामी शनिबार भेट्यौं। अर्को बैठक अर्को शनिबार हुँदैछ।”
उनले भने, “सायद उनीहरूले यो मुद्दालाई तानिरहेका छन्। तर इरानले आणविक हतियारको विचार त्याग्नुपर्छ। उनीहरूसँग यी हतियार हुनुहुँदैन।”
ट्रम्पले भने, “आवश्यक परेमा, हामी कडा कदम चाल्नेछौं। हाम्रो लागि होइन, तर संसारको लागि। यी कट्टरपन्थी मानिसहरू हुन्, उनीहरूसँग आणविक हतियार हुनुहुँदैन।”
आणविक मुद्दामा अमेरिका र इरानबीच बैठक भएको छ। अर्को बैठक ओमानमा हुनेछ। यदि यो सम्झौता भयो भने इरान विरुद्धको अमेरिकी प्रतिबन्धहरू खुकुलो हुन सक्छन्।
सामाग्री श्रोत :
काठमाडौँ । पछिल्लो समय मोबाइल चार्ज गर्ने क्रममा हुने दुर्घटनाहरू बढ्दै गएका छन् । यसैलाई मध्यनजर गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मोबाइल चार्ज गर्दा हुनसक्ने जोखिमबाट जोगिन केही सुझाव सार्वजनिक गरेको छ । सामाजिक सञ्जालमा भिडिओ सन्देश जारी गर्दै प्राधिकरणले नागरिकलाई सतर्क रहन आग्रह गरेको हो ।
प्राधिकरणका अनुसार मोबाइल चार्ज भइरहँदा प्रयोग गर्नु हुँदैन । त्यस्तै, मल्टिप्लगमा ओभरलोड हुनेगरी धेरै विद्युतीय उपकरण जडान गर्दा पनि दुर्घटनाको जोखिम हुने प्राधिकरणले उल्लेख गरेको छ ।
फोन चार्जमा राखेर सुत्दा पनि दुर्घटनाको जोखिम हुने भएकाले सावधानी अपनाउन प्राधिकरणले सुझाव दिएको छ । साथै, कमसल तार र चार्जर प्रयोग गर्दा विद्युत शर्टसर्किट भई आगलागी हुन सक्ने भएकाले त्यस्तो उपकरण प्रयोग नगर्न अनुरोध गरिएको छ ।
चार्ज गर्दै मोबाइल प्रयोग गर्दा ब्याट्री तात्ने र विस्फोट हुने सम्भावना हुने प्राधिकरणको भनाइ छ । चार्ज हुँदा मोबाइलको प्रोसेसर र ब्याट्री दुवै सक्रिय हुने भएकाले अत्यधिक ताप उत्पन्न हुने र जोखिम बढ्न सक्छ ।
एउटै मल्टिप्लगमा धेरै उपकरण जडान गर्दा ओभरलोड भएर आगलागीको सम्भावना बढ्ने भएकाले त्यसबाट पनि जोगिन सुझाव दिइएको छ ।
त्यस्तै, मोबाइललाई सिरानी वा ओछ्यानमा राखेर चार्ज गर्दा ताप बाहिर निस्कन नसक्दा ब्याट्री तातेर आगलागी हुन सक्ने भएकाले सुत्दा मोबाइल चार्जमा नराख्न प्राधिकरणले आग्रह गरेको छ ।
एप्पलले पनि फोन रातभर चार्जमा नराख्न सल्लाह दिएको उल्लेख गर्दै प्राधिकरणले यस्तो अवस्थामा आगलागी, विस्फोट र इलेक्ट्रिक शटको जोखिम हुन सक्ने बताएको छ ।
सस्तो र कमसल चार्जर तथा तार प्रयोग गर्दा विद्युत सर्किटमा समस्या आउँदा आगलागी हुने सम्भावना रहन्छ । गुणस्तरीय चार्जरमा सुरक्षा मापदण्ड पालना गरिने भएकाले त्यही प्रयोग गर्न सल्लाह दिइएको छ ।
त्यसैगरी, तातो ठाउँमा मोबाइल चार्ज गर्दा ब्याट्रीको तापक्रम अत्यधिक बढेर विस्फोट हुन सक्ने भएकाले प्रत्यक्ष घाम लाग्ने वा तातो स्थानमा फोन चार्ज नगर्न अनुरोध गरिएको छ ।
मोबाइलको ब्याट्री फुलेको वा बिग्रिएको अवस्थामा तुरुन्तै बदल्न सुझाव दिँदै प्राधिकरणले चार्ज गर्दा मोबाइललाई समथर र अग्निरोधक सतहमा राख्न उपयुक्त हुने जनाएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख २, २०८२ १३:५६
सामाग्री श्रोत :
टेक पाना

नयाँ दिल्ली–दिल्ली प्रहरीले वैध भिसा बिना भारतमा बसोबास गर्ने विदेशी नागरिकहरूलाई पक्राउ गर्न थालेको छ।
यसै नीति अन्तर्गत दिल्ली प्रहरीको टोलीले वैध भिसा बिना भारतमा बसेको आरोपमा दुई बङ्गलादेशी सहित १५ विदेशी नागरिकलाई पक्राउ गरेको छ।
यिनीहरूविरुद्ध थप कानुनी कारबाही भइरहेको बताइएको छ। दिल्ली प्रहरीले मोहन गार्डेन र उत्तम नगर क्षेत्रमा यस्ता अवैध विदेशी नागरिकहरूलाई पक्राउ गर्न विशेष अभियान चलाएको थियो।
यस अवधिमा दुई बङ्गलादेशी बाहेक १२ नाइजेरियाली र आइभरी कोस्टका एक नागरिकलाई पनि पक्राउ गरिएको छ। यिनीहरू वैध भिसा बिनै भारतमा धेरै समय बसेको प्रहरीले बताएको छ।
यसरी पक्राउ गरिएकाहरूलाई हिरासत केन्द्रमा पठाइएको छ। प्रमाणीकरण पछि विदेशी क्षेत्रीय पञ्जीकरण कार्यालय (एफआरआरओ)ले उनीहरूलाई देश निकालाको आदेश दिएको छ। यिनीहरूलाई डिपोर्ट गर्ने तयारी भइरहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- मातृ तथा नवजात शिशुको उपचार तथा स्याहारका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालले सिमुलेसन ल्याब सञ्चालनमा ल्याएको छ। अस्पतालको कुपण्डोलस्थित भवनमा निर्माण सम्पन्न ल्याबको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सोमबार उद्घाटन गरे। ल्याबमार्फत नर्सिङ्ग, अनमी, मिडवाइफ तथा चिकित्सकहरुको सिकाइका लागि उपयोग हुने ल्याबमा उपचारका अभ्यास सञ्चालन गर्न सकिन्छ।बिरामीलाई कुनै असर नपुर्याइकन प्रयोगात्मक सीपबाट दक्ष बनाउने उद्देश्यले निर्मित ल्याब अस्पताल र युएसएडमार्फत् अमेरिकी च्यारिटी वन हार्ट वर्ल्डवाइडको संयुक्त लगानीमा निर्माण गरिएको हो। यस ल्याबले देशैभरका मातृ शिशु उपचारमा संल्गन जनशक्तिलाई केन्द्रीयस्तरको स्तरीय तालिम प्रदान गर्न सहजता मिलेको अस्पतालका निर्देशक डा. श्री अधिकारीले बताए। ल्याब उद्घाटन गर्दै मन्त्री पौडेलले आमा र शिशु दुवैको ज्यान सुरक्षित बनाउन क्षमतावान जनशक्ति उत्पादनमा ल्याबले महत्वपूर्ण योगदान खेल्ने विश्वास व्यक्त गरे। ‘यो ठूलो कुराजस्तो नदेखिएला,’ उनले भने, ‘तर मातृ शिशुको सुरक्षामा यसले पहिलो महत्वपूर्ण शुरुवात गरेको छ।’अस्पतालले प्रतिष्ठानसरह मातृ शिशुका क्षेत्रमा काम गर्ने जनशक्तिको क्षमता विकासमा योगदान गरिरहेको भन्दै मन्त्री पौडेलले सातै प्रदेशमा यस्ता केन्द्र विकास अघि बढाइने बताए। ‘हामी अब बाँकी ६ प्रदेशमा पनि मातृशिशुको विशिष्टकृत उपचार र जनशक्ति विकासका काम क्रमैसँग अघि बढाउनेछौं,’ उनले भने । मन्त्री पौडेलले मातृशिशु स्याहारका क्षेत्रमा आगामी बजेटमा थप लगानी गर्ने गरी बजेट विनियोजन गर्ने समेत घोषणा गरे। २०१६ सालमा स्थापित अस्पतालले हाल झण्डै पाँच सय शैय्या क्षमतामा बिरामीको उपचार गरिरहेको छ ।अस्पतालले नयाँ भवनबाट विशिष्टीकृत सेवा अन्तर्गत निसन्तान उपचार सेवा, परिवार नियोजन सेवा र सुरक्षित गर्भपतन सेवा शुरु गरेको निर्देशक डा अधिकारीले बताए । पुरानो भवनको गाइनोकोलोजी सेवासमेत नयाँ भवनमा स्थानान्तरण गरेर सेवा दिने योजना रहेको उनको भनाइ छ।बर्थिङ सेन्टरको क्षमता वृद्धि अस्पतालको पुरानो भवनमा विस्तारित बर्थिङ युनिटको समेत मन्त्री पौडेलले उद्घाटन गरेका छन् । यसअघि अस्पतालमा ८ जनाको क्षमता रहेकामा अब थप ४ जनालाई प्रजनन गराउन सक्ने गरी सेवा विस्तार गरिएको छ ।दुई मिडवाइफ अधिकृत थपिए पछि अब सेन्टरको क्षमता १२ पुगेको अस्पताल निर्देशक अधिकारीले जानकारी दिए । प्रसुति सेवामा सरकारी विशिष्टकृत अस्पतालमा बर्थिङ सेन्टरको क्षमता कम हुँदा सके जति सेवा दिन सकिएको थिएन । अब भने थप सहजता प्राप्त भएको अस्पतालले जनाएको छ।
सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीयस्तरमा स्वास्थ्य पूर्वाधार विकासका लागि समुदायको सहभागिता अपरिहार्य भएको बताएका छन्।
पार्टीको हुलाकी लोकमार्ग केन्द्रित अभियानअन्तर्गत नवलपुरको देवचुली नगरपालिका–१६ रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयमा आज आयोजित छलफलमा उहाँले चिकित्सालयलाई प्राकृतिक चिकित्सा शिक्षण अस्पताल तथा विश्वविद्यालयका रूपमा विकास गर्न आफ्नो पार्टीले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
यसअघि चिकित्सालयलाई संघीय सरकारबाट १३ करोड बजेट विनियोजन भएको जनाउँदै पूर्वप्रधानमन्त्री दाहालले प्रदेश सरकारले पनि प्राकृतिक उपचारसम्बन्धी स्वास्थ्य पूर्वाधारमा लगानी गर्नुपर्नेमा जोड दिनुभएको उहाँको निजी सचिवालयले जनाएको छ।
स्थानीय तहमा चिकित्सालयले प्रमुख स्वास्थ्य संस्थाका रूपमा परिचय बनाएकामा उनले खुसी व्यक्त गरे। छलफलअघि अध्यक्ष दाहाललगायत अभियान टोलीले उक्त चिकित्सालयको अवलोकन र नववर्षको शुभकामना आदानप्रदान गरेको थियो।
सामाग्री श्रोत :
स्वास्थ्य पूर्वाधार विकासमा समुदायको सहभागिता अपरिहार्य छः अध्यक्ष दाहाल
काठमाडौँ । देश-विदेश यात्रामा निस्किरहनेहरूलाई मात्र नभएर जिज्ञासु, सिकारु तथा विद्यार्थीहरूका लागि नभई नहुने एपहरूमा पर्छ ट्रान्सलेसन एप । विदेशी गल्लीमा बाटो पहिल्याउन होस् वा कुनै अर्को भाषाको अर्थ आफ्नो भाषामा अनुवाद गर्न, कम्तीमा एउटा ट्रान्सलेसन एप त जरुरी नै हुन्छ ।
तपाईँको आईफोनका लागि कुन ट्रान्सलेसन एप राम्रो होलाः बिल्ट-इन एप्पल ट्रान्सलेट कि गुगल ट्रान्सलेट ? आज हामी तपाईँलाई यी दुई एपबिचको भिन्नताबारे बताउँदै छौँ ।
दुवैमा छ सफा इन्टरफेस
एप्पल ट्रान्सलेट, आईफोन र एप्पल डिभाइसहरूका लागि निर्मित एप भएकोले एप्पल इकोसिस्टमसँग सहज रूपमा एकीकृत हुन्छ । यसमा ट्रान्सलेसन, क्यामेरा, कन्भर्सेसन र फेभरेट गरी चार मुख्य ट्याब रहेका छन् ।
जसै तपाईँ ट्रान्सलेसन ट्याबसँग परिचित बन्नुहुन्छ, त्यसपछि निश्चित शब्द तथा शब्दावलीलाई सहज पहुँच पाउन सकिने गरी फेभरेट ट्याबमा सेभ गर्न सक्नु हुन्छ । ट्रान्सलेसन ट्याबले तपाईँलाई सहजै भाषाहरूबिचमा यताउता गर्ने सुविधा दिन्छ । साथै यसमा तपाईँले भाषाहरू डाउनलोड गर्न पनि सक्नु हुन्छ ।
अर्कोतर्फ गुगल ट्रान्सलेटको कुरा गर्ने हो भने यसको इन्टरफेस मिनिमल छ । जसमा एप्पलमा जस्तो ट्याबहरू छैनन् । यसमा तपाईँले सोझै टेक्स्ट, अडियो, क्यामेरा, कन्भर्सेसन र ह्यान्डराइटिङ मोड जस्ता सुविधाहरूमा सजिलै पहुँच पाउन सक्नु हुन्छ । साथै स्टार आइकनमा थिचेर चाहेको शब्दलाई ट्रान्सक्रिप्टको रूपमा सेभ गर्न पनि सक्नु हुन्छ ।
भाषा सपोर्टको मामिलामा यी दुई एपबिच निकै ठुलो अन्तर छ । गुगल ट्रान्सलेटले २४९ भाषालाई सपोर्ट गर्छ । जबकि एप्पल ट्रान्सलेटमा १९ ओटा मात्र भाषा पाउन सकिन्छ । यो भिन्नता गुगलले केही समयअघि पाएलएम २ (PaLM 2) नामक लार्ज ल्याङ्वेज मोडेल प्रयोग गर्दै सन् २०२४ मा ११० ओटा नयाँ भाषा थप गरेपछिको परिणाम हो ।
यस हिसाबले भाषाको सीमितता एप्पल ट्रान्सलेटको लागि सबैभन्दा ठुलो कमजोरी हो । विशेष गरी कम प्रयोग हुने भाषाहरू अनुवाद गर्न आवश्यक पर्ने प्रयोगकर्ताहरूका लागि एप्पल ट्रान्सलेट त्यति उपयोगी नहुन सक्छ ।
कुन डिभाइसमा प्रयोग गर्न मिल्छ यी एप ?
एप्पल ट्रान्सलेट एप तपाईँले एप्पल डिभाइसहरूमा मात्र प्रयोग गर्न पाउनु हुन्छ । आईफोन बाहेकका डिभाइसहरूमा ट्रान्सलेसन एप प्रयोग गर्न चाहने हरूका लागि यो आफैमा समस्या हो । आईफोन जस्ता कम्प्याटिबल डिभाइसमा यो एप बिल्ट-इन एपको रूपमा रहेको हुन्छ, जसले गर्दा तपाईँले एप स्टोरमा गएर इन्स्टल गरिरहनु पर्दैन ।
यदि तपाईँको एप्पल डिभाइसमा आईओएस १४.० वा त्यसपछिको भर्सन, आईप्याडओएस १४.० वा त्यसपछिको भर्सन अनि वाचओएस ११.० वा त्यसपछिको भर्सन छ भने यो एप पाउन सक्नु हुन्छ ।
अर्कोतर्फ गुगल ट्रान्सलेटको कुरा गर्दा यो एप तपाईँ एप स्टोरबाट आफ्नो आईफोन, आईप्याडसँगै अन्य सबैजसो मोबाइल डिभाइसमा डाउनलोड गर्न सक्नु हुन्छ । यसलाई तपाईँले आईओएस र एन्ड्रोइड दुवैका लागि मोबाइल एपको रूपमा इन्स्टल गर्न सक्नु हुन्छ । साथै कुनै पनि डिभाइसमा तपाईँ यसलाई वेब ब्राउजरबाट समेत प्रयोग गर्न सक्नु हुन्छ ।
यो पाटोमा पनि गुगल ट्रान्सलेट स्पष्ट रूपमा एप्पलभन्दा अघि छ । एप्पल ट्रान्सलेटमार्फत आईफोन, आईप्याड अथवा एप्पल वाचमा अनुवाद गर्न चाहनु हुन्छ भने यसले राम्रोसँग काम गर्न सक्छ । तर वेब ब्राउजरका लागि भने यो राम्रो विकल्प होइन ।
गुगलले कुराकानीलाई राम्रोसँग ट्रान्सलेट गर्न सक्छ, तर छ एउटा कमजोरी
एप्पल ट्रान्सलेटको कन्भर्सेसन ट्याबले भाषाहरूबिच दुईतर्फी अनुवादका लागि स्मुथ कुराकानी गर्ने सुविधा दिन्छ । तपाईँले यसबाटै भाषाहरू डाउनलोड गर्न पनि सक्नु हुन्छ ।
टाइप गरेसँगै अनुवादित कुराकानीमा खेल्न सक्नु हुन्छ र सहज कुराकानीका लागि अटो-ट्रान्सलेसन प्रयोग गर्न पनि सक्नु हुन्छ । माइक्रोफोन प्रयोग गरेर कुनै शब्दावली वा वाक्य टाइप गर्नुको साटो बोलेर पनि अनुवाद गर्ने सुविधा यसमा रहेको छ ।
एप्पल ट्रान्सलेटमा फेस-टु-फेस मोड पनि छ, जसले तपाईँको स्क्रिनलाई तल बिचबाट स्क्रिनलाई छुट्याइ दिन्छ । जसले गर्दा तपाईँको फोनको अर्कोतर्फ रहेको व्यक्तिले सजिलै आफ्नो प्रतिक्रिया टाइप गर्न सक्छ । यसले प्रत्येक पटकको प्रतिक्रियाका लागि आफ्नो फोन नै अर्को व्यक्तिको हातमा थमाउनु पर्ने बाध्यता हुँदैन ।
डिफल्ट रूपमा उपलब्ध हुने साइड बाई साइड भ्यु पनि उपयोगी छ, खासगरी तीन वा त्यसभन्दा बढी व्यक्ति माझ समूहमा कुराकानी गर्दा । यस्तोमा भने तपाईँले आफ्नो फोन हरेक प्रतिक्रियाका लागि एकअर्कालाई दिनुपर्ने हुन सक्छ ।
अनि गुगलको अर्को राम्रो फिचर हो, डिटेक्ट ल्याङ्ग्वेज । यो फिचर खासगरी त्यस्तो बेला काम लाग्छ, तपाईँ कतै यात्रामा हुनुहुन्छ अथवा त्यस्तो व्यक्तिसँग बोल्दै हुनुहुन्छ, जसले कुन भाषा बोलिरहेको छ, थाहा पाउन सकी रहनु छैन । यसबाट त्यस्तो व्यक्तिलाई तपाईँको फोनको माइक्रोफोनमा बोल्न लगाएर उसको भाषा थाहा पाउन र आफूले चाहेको भाषामा त्यसलाई अनुवाद गर्न सक्नु हुन्छ ।
गुगल ट्रान्सलेसनमा कन्भर्सेसन मोड एकदम साधारण छ, एक पल्ट ट्याप गरे पुग्छ । यसमा तपाईँले सहजै माइक्रोफोन अन गरेर अर्को व्यक्तिसँग कुराकानी गर्न सक्नु हुन्छ । गुगल ट्रान्सलेटले कुराकानीकै अन्दाजमा रियल-टाइम टेक्स्ट अनुवाद उपलब्ध गराउँछ । जसै तपाईँ कुराकानी सुरु गर्नु हुन्छ, अनुवादित टेक्स्ट वा कुराकानीका शब्दलाई एडिट पनि गर्न सक्नु हुन्छ ।
त्यसो त एप्पल ट्रान्सलेटले पनि कुराकानीका लागि टेक्स्ट र अडिओ दुवै विकल्प दिन्छ, तर गुगल ट्रान्सलेटले यसलाई अझ सरल बनाएको छ ।
गुगल ट्रान्सलेटको एउटै कमजोर पक्ष के छ भने आईफोन तथा आईप्याड प्रयोगकर्ताका लागि फेस-टु-फेस मोड उपलब्ध नगराउनु । जुन एन्ड्रोइड प्रयोगकर्ताका लागि भने उपलब्ध छ । यो एउटै कुराले एप्पल ट्रान्सलेट प्रयोगकर्तालाई गुगल ट्रान्सलेटमा पूर्ण रूपमा स्विच गर्न रोकिरहेको हुन सक्छ ।
दुवैमा छ अफलाइन अनुवादका लागि भाषा डाउनलोडको सुविधा
एप्पल ट्रान्सलेट र गुगल ट्रान्सलेट दुवै एपमा तपाईँले निश्चित भाषा डाउनलोड गरेर सहजै अफलाइन अनुवाद गर्न सक्नु हुन्छ । दुवै एपमा जसै तपाईँ भाषाहरू डाउनलोड गर्नु हुन्छ, तपाईँले इन्टरनेट नभएको बेला समेत सहजै अनुवादको काम गर्न सक्नु हुन्छ ।
तपाईँको आईफोनमा रहेको एप्पल ट्रान्सलेटका लागि सिस्टम सेटिङमा गएर यो एपका लागि भाषा हेर्न र डाउनलोड गर्न सक्नु हुन्छ । गुगल ट्रान्सलेटमा भने एप स्क्रिनमा देखिएको भाषामा ट्याप गरेर देखिने सूचीबाट वा चाहेको भाषा सर्च गरेर सँगै दिखिने डाउनलोड बटन थिचे पुग्छ ।
एप्पलमा छ राम्रो क्यामेरा फिचर, तर कम छैन गुगल पनि
आईओएस १६ वा त्यसभन्दा माथिको हकमा एप्पल ट्रान्सलेटले तपाईँलाई मेनु, सङ्केत आदिमा भएको टेक्स्टलाई तत्कालै ट्रान्सलेट गर्न क्यामेरा फिचर उपलब्ध गराउँछ । यसको सहयोगमा तपाईँले आफ्नो ग्यालरीमा भएका फोटोहरूबाट समेत अनुवाद गर्न र अनुवाद गरिएको फोटो सेभ गर्न वा अरूलाई शेयर गर्न समेत सक्नु हुन्छ । यो क्यामेरा फिचर तपाईँको ग्यालरीमा रहेका कुनै पनि टेक्स्ट सहितका फोटो ट्रान्सलेट गर्नका लागि निकै उपयोगी हुन सक्छ ।
यस्तो क्यामेरा फिचर गुगल ट्रान्सलेटमा पनि छ । गुगल लेन्सको सहयोगमा तपाईँले तत्कालै स्क्रिन वा तपाईँको क्यामेरा अघि रहेको टेक्टको पर्खाल अथवा ग्यालरीमा पहिलेदेखि नै रहेको फोटो अनुवाद गर्न सक्नु हुन्छ ।
एप्पल ट्रान्सलेटसँग तुलना गर्ने हो भने गुगल ट्रान्सलेटको क्यामेरा फिचर थोरै मात्र भए पनि राम्रो मान्न सकिन्छ । गुगल लेन्सले तपाईँलाई छिटोछरितो रूपमा टेक्स्ट पहिचान गर्ने सुविधा दिन्छ र अनुवाद पनि एप्पलभन्दा छिटो गर्छ ।
गुगल ट्रान्सलेटको क्यामेरा फिचरलाई उत्कृष्ट देखाउने अर्को कुरा के छ भने अनुवादित प्रत्येक शब्दमा तपाईँले ट्याप गरेर तिनको अर्थ हेर्न सक्नु हुन्छ । साथै सुरुको अनुवादित टेक्स्टमा तुरुन्तै फर्किन पनि सक्नु हुन्छ ।
गुगलले क्यामेराको सहयोगमा तत्कालै अनुवादलाई खिच्ने अनुमति पनि दिन्छ । जब कि एप्पलमा तपाईँले अनुवादलाई फेभरेट ट्याबमा सेभ गर्नुपर्ने अथवा ग्यालरीमा सेभ गर्न स्क्रिनशट लिनुपर्ने हुन्छ ।
यसका साथै गुगल ट्रान्सलेसनलाई तपाईँले आफ्नो मोबाइलको ब्राउजरमा वेबसाइटहरू सहजै अनुवादका लागि पनि प्रयोग गर्न सक्नु हुन्छ । गुगल ट्रान्सलेट एप वा ब्राउजरमा कुनै डकुमेन्ट वा लामा लेखलाई पनि कपी पेस्ट गर्न पनि सकिन्छ ।
हस्तलिखित नोट समेत अनुवाद गर्नसक्छ गुगल ट्रान्सलेट
गुगल ट्रान्सलेटले उपलब्ध गराउने अर्को राम्रो फिचर भनेको हस्तलिखित नोटहरू अनुवाद गर्ने क्षमता हो । जुन एप्पल ट्रान्सलेसनमा अहिलेसम्म पाउन सकिएको छैन । यद्यपि एप्पल ट्रान्सलेटले टाइप गरिएका टेक्स्ट, अडिओ र फोटोलाई भने सपोर्ट गर्छ ।
तपाईँको आईफोन वा आईप्याडका साथै एन्ड्रोइड सबैमा गुगलले अनुवादका लागि अक्षर, अङ्क, वाक्यहरू कोर्ने सुविधा दिन्छ । यो क्यामेराभन्दा भिन्न फिचर हो । खासगरी क्यामेराले खिच्न नसक्ने शब्दहरू अनुवाद गर्दा यो फिचर बढी उपयोगी हुन सक्छ (उदाहरणको लागि लो-रेजोलुसन भएका तस्वीर) ।
यो फिचर त्यस्तो बेलामा पनि उपयोगी हुन्छ, जब तपाईँको किबोर्डले अनुवाद गर्न चाहेको क्यारेक्टर अथवा भाषालाई सपोर्ट गरिरहेको हुँदैन । यदि तपाईँ गुगल ट्रान्सलेट आफ्नो आईप्याड वा एप्पल पेन्सिलको साथमा प्रयोग गर्दै हुनुहुन्छ भने यो फिचर अझ उपयोगी हुन्छ ।
पछिल्लो अध्यावधिक: बैशाख २, २०८२ १३:३९
सामाग्री श्रोत :
टेक पाना

काठमाडौं–नेपाली कांग्रेसका महामन्त्री गगन थापालेप्रधानमन्त्रीको बेडरुमसम्मै बिचौलियाहरूको पहुँच रहेको टिप्पणी गरेका छन्।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले निजी क्षेत्र र विचौलिया फरक कुरा भएको बताउँदै अहिलेको अर्थतन्त्रमा समस्या विचौलियाका कारणले आएको जिकिर गरेका हुन्।
विचौलियाहरूको पहुँच नेतृत्व तहको शयन कक्षसम्म हुने गरेकाले अहिलेको समस्या सिर्जना भइरहेको बताए।
‘म यो प्रधानमन्त्री त्यो प्रधानमन्त्री भन्दिनँ। बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने भयो,’ मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा थापाले भने, ‘नेतृत्वको बेडरुमसम्म हुने भयो। मलाई अहिलेसम्म थाहा थिएन।’
पहिला पहिला राष्ट्र बैंकको गभर्नरको बारेमा छलफल हुँदा यो बन्ला की त्यो बन्ला भन्ने कौतुहलता हुने गरेको भएपनि अहिले विचौलियाको क्यान्डिडेट भनेर खुल्लम खुला बहस र छलफल हुने अवस्था देखिएको बताए।
नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिबारे थापाले पहिलेपहिले सरकारले कसलाई बनाऊला भनेर चर्चा हुने गरेको बताए। तर, अहिले भने बिचौलियाको समूहले कसलाई गभर्नर बनाउने भनेर खुला बहस, छलफल हुने स्थिति आएको थापाको भनाइ छ। निजीक्षेत्र र बिचौलिया फरक रहेको भन्दै थापाले अहिले अर्थतन्त्रमा बिचौलियाका कारण समस्या आएको बताए।
‘पहिला पहिला राष्ट्र बैंकको गभर्नरको बारेमा छलफल हुँदै गर्दा गभर्नर यो बन्ला की त्यो बन्ला की। गभर्नर यसले बनाउला की त्यसले बनाउला की ? भन्नेकुरा हुन्थ्यो। अब अहिले विचौलियाको क्यान्डिडेट भनेर खुल्लम खुला बहस हुने, छलफल हुने अवस्था बन्ला की आउने भनेको हामी कहाँनेर पुग्यौँ ?,’ महामन्त्री थापाले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- पाटन अस्पतालमा कार्यरत क्यान्सर रोग विशेषज्ञ डा अरुण शाही केही समयअघि द म्याक्स फाउन्डेसनको निमन्त्रणमा अमेरिका पुगे। त्यहाँस्थित विभिन्न कार्यक्रममा सहभागी भए। विश्वका ८३ देशमा नि:शुल्क औषधी उपलब्ध गराइरहेको फाउन्डेसनले आफूसँग सहकार्य गरिरहेका अस्पतालहरुका चिकित्सकमध्येबाट यसपल्ट वार्षिक कार्यक्रममा उनलाई बोलाएको थियो। केही समयअघि द म्याक्स फाउन्डेसनकी को-फाउन्डर तथा सीईओ प्याट गर्सिया-गोन्जालेज नेपाल आइपुगेकी थिइन्। आफूले उपलब्ध गराएको औषधिको मेडिकल मात्र नभइ सामाजिक प्रभाव समेत उनले महशुस गरिन्। फाउन्डेसन स्थापनाको २२ वर्षपछि दिवंगत छोरा (सौतेनी)को जन्मदिनको अवसर पारेर उनी नेपाल आइपुगेकी हुन्। तिनै दिवंगत छोराको नाममा उनले फाउन्डेसन स्थापना गरेर निशुल्क औषधि उपलब्ध गराउने अभियान चलाइरहेकी हुन्। फाउन्डेसनले पाटन, बिपी क्यान्सर अस्पताल चितवन र शुशील कोइराला प्रखर क्यान्सर अस्पताल नेपालगञ्जबाट क्यान्सरका १३ प्रकारका औषधि फाउन्डसेनले नि:शुल्क प्रदान गरिरहेको छ। नेपालमा उनले आफ्नो अभियान सही मार्गमा अघि बढिरहेको महशुस गरिन्। नेपाल आएको समयमा स्वास्थ्य खबरसँग गरेको कुराकानीमा समेत उनले उक्त कुरा उल्लेख गरेकी छिन्। नेपालमा चिकित्सकप्रति बिरामीले दर्शाएको भरोसा, बिरामीको चापमा पनि गरिएको व्यवस्थापन र फाउन्डेसनको अभियानलाई गरेको सहयोगबाट उनी र उनको टिम खुशी भएको थियो। त्यसकारण यसपल्ट पाटन अस्पतालका क्यान्सररोग विशेषज्ञ डा शाहीलाई महत्व दिएर बोलाइएको थियो। उनीहरुले गाला डिनरमा ‘गेस्ट अफ अनर’ थिए उनी।’थिंक ट्यांक’ भनेर क्यान्सरमा प्रयोग हुने उपकरण र औषधि उत्पादकहरु त्यहाँ सहभागी थिए। डा शाहीका अनुसार थर्मो फिसर, नोभार्टिज, फाउन्डेसन, फाइजर, एस्ट्राजेनेकालगायत प्रतिष्ठित कम्पनीका उच्च तहका व्यक्तिहरु त्यहाँ उपस्थित थिए। जहाँ डा शाहीले झन्डै एक घन्टाको प्रस्तुति राख्ने मौका पाएका थिए। उनले अनुभव सुनाउँदै भने, ‘नेपालमा हामीले गरिरहेका कामहरु, भोग्ने गरेका समस्या, औषधिको उपलब्धता र औषधिको मूल्यका विषयमा प्रस्तुति राखेको थिएँ। जहाँ मैले प्रतिव्यक्ति आयकै तुलना गरेर क्यान्सरका महंगा औषधीको क्रयक्षमताबारे समेत बताएँ।’नेपालजस्ता मुलुकका क्यान्सरका बिरामीका लागि सकेसम्म द म्याक्स फाउन्डेसन जस्ता संस्थाले नि:शुल्क उपलब्ध गराउनुपर्नेमा जोड दिए। त्यसरी उपलब्ध हुन नसक्ने औषधिको मूल्य नेपाल जस्ता देशका लागि कम गर्नुपर्ने कुरामा आफूले जोड दिएको उनी बताउँछन्। उनल त्यहाँ उल्लेख गरे, ‘भुगोल र आर्थिक अवस्थाका आधारमा आयु निर्धारण हुने वर्तमान परिस्थितिको अन्त्य गर्नु लाग्नुपर्छ।’त्यसका लागि नेपालमा भारतमा रहेको टाटा क्यान्सर अस्पतालकै मोडेलमा क्यान्स सेन्टर विकासका लागि समेत सघाउन आग्रह गरिएको बताउँछन्। आफू पाटन अस्पतालमा रहेकाले पाटनमै स्कुल अफ अन्कोलोजी सुरु गर्न सकिने विकल्प समेत अघि सारिएको उल्लेख गरे। त्यसअघि उनलाई ४ दिन विश्वकै प्रसिद्ध क्यान्सर उपचार तथा अनुसन्धान केन्द्र मानिएको फ्रेड हच क्यान्सर सेन्टर अवलोकन गराइएको थियो। जहाँ आफूले क्यान्सरको परीक्षण, निदान र उपचारका पछिल्लो समय विकास भएका पद्धति र प्रविधिबारे ज्ञान प्राप्त गरेको बताउँछन्। उनले भने, ‘अहिले भइरहेको मात्रै होइन, भविष्यमा कसरी उपचार गर्न सकिन्छ भन्ने कुरामा भइरहेका अध्ययनबारे समेत बुझ्ने मौका पाएँ। आफूले चार दिनमा पहिलो दिन फोक्सोको क्यान्सर र त्यसको नयाँ उपचार पद्धतिबारे बुझेको बताए। दोस्रो दिन इम्युनोथेरापी क्लिनिकमा अवलोकन गरे। माइक्रोसफ्टको मालिक बेजोस परिवार बनाइदिएको बताए। तेस्रो दिन ब्रेस्ट क्यान्सर विभागमा गरेर त्यहाँ उपचाररत बिरामीसँग समेत अन्तरक्रिया गराइएकव हो। चौथो दिन जीआई क्यान्सर उपचार हुने ठाउँमा पुगेर त्यसबारे जानकारी हासिल गर्न पाएको उल्लेख गरे। आफूले प्राप्त गरेको यो अवसकार लागि उनले मार्क जिम्मरम्यान, डा ज्ञान कायस्थ, डा मिसाङ लामा, डा सुचारिता र बीपी कोइराला क्यान्सर अस्पतालको टिमप्रति आभार प्रकट गरे। ‘यस्ता अवसरले नेपाली बिरामीको उपचारका लागि नयाँ प्रविधि र पद्धतिबारे हामीले जानकारी पाउँछौं । साथै नेपालको अवस्था र विकसित देशले गर्नुपर्ने सहयोगका विषयमा समेत आफ्नो कुरा राख्ने फोरम प्राप्त भएको छ,’ उनले भने।
सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) को १२औं महाधिवेशनमा डाक्टर नरेश भट्टले अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन्।
नेविसंघ केन्द्रीय सदस्यसमेत रहेका भट्टले काठमाडौं विश्वविद्यालयबाट एमबीबीएस अध्ययन पूरा गरेका छन्। उनी नेपाल ल क्याम्पसमा कानुन विषयसमेत अध्ययन गर्दै आएका छन्। आफ्नो नेतृत्वमा भएको आन्दोलनका कारण चिकित्सा शिक्षाभित्रका विभिन्न बेथितिको अन्त्य भएको दाबी गर्दै उनले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन्।
‘मेरो नेतृत्वको आन्दोलनका कारण चिकित्सा शिक्षामा निजी कलेजहरूको ८० लाखसम्म पुगेको शुल्क घटाएर ४० लाखमा सीमित राख्न सफल भएका छौं,’ उनले भने। भट्टले नर्सिङ तथा मेडिकल विद्यार्थीहरूको शुल्क फिर्ता, छात्रावास र छात्रवृत्तिको माग लिएर आन्दोलनको नेतृत्वगरेका थिए।
काठमाडौं विश्वविद्यालय मेडिकल साइन्सेजको नेविसंघ सभापति, विद्यार्थी कल्याण परिषद् अध्यक्ष, चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक र फेडेरेसन अफ नेपाली मेडिकल स्टुडेन्ट्सका राष्ट्रिय अध्यक्षको भूमिकामा समेत रहिसकेका छन्।
डाक्टर भट्टले आफ्नो उम्मेदवारी घोषणा गर्दै देश, संगठन र विद्यार्थीहरूको हक–हितका लागि नेविसंघलाई एकताबद्ध रूपमा अगाडि बढाउने बताएका छन्। आफ्नो उम्मेदवारीले नेविसंघको नेतृत्व प्रतिस्पर्धालाई थप गतिशील बनाउने अपेक्षा उनको रहेको छ। उनी कैलालीको धनगढी निवासी हुन्।
सामाग्री श्रोत :









