

एजेन्सी–पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा भएको बम विस्फोटमा तीन जना प्रहरीको ज्यान गएको छ भने १६ जना घाइते भएका छन्।
सरकारी प्रवक्ता शाहिद रिन्दका अनुसार घटना मस्तुङ जिल्लाको कुन्द मसुरी क्षेत्रमा भएको हो, जहाँ तालिम केन्द्रबाट फर्किरहेकै क्रममा प्रहरीहरू चढेको गाडीलाई लक्षित गरी विस्फोट गराइएको थियो।
दुई जना घाइतेको अवस्था गम्भीर छ। सबै घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ। प्रहरी टोली बलुचिस्तान नेशनल पार्टी–मेङ्गल (बीएनपी–एम) द्वारा आयोजना गरिएको धर्नाको सुरक्षामा खटिएको थियो।
घटनापछि बोलन मेडिकल कलेज अस्पताल र क्वेटा सिभिल अस्पतालमा आपतकालीन व्यवस्था मिलाइएको छ।सरकारले घटनाको छानबिन सुरु गरेको र विस्तृत प्रतिवेदन मागिएको छ।
बलुचिस्तान प्रान्तका मुख्यमन्त्री सरफराज बुग्टीले घटनाको कडा निन्दा गर्दै घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिनुभयो। उहाँले प्रान्तीय स्वास्थ्य मन्त्रीलाई उपचार कार्यको प्रत्यक्ष निगरानी गर्न भने।
मुख्यमन्त्री बुग्टीले स्पष्ट रूपमा भने, “घाइतेहरूको उपचारमा कुनै पनि प्रकारको लापरवाही स्वीकार्य हुने छैन। घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाहीबाट जोगिन दिइने छैन।”
हालसम्म यो आक्रमणको जिम्मेवारी कसैले लिएको छैन। बलुचिस्तान पाकिस्तानको सबैभन्दा ठूलो तर जनसंख्याको हिसाबले सानो प्रान्त हो, जहाँ विगतका वर्षहरूमा सुरक्षाकर्मीलाई लक्षित गरी हिंसात्मक गतिविधि भइरहेका छन्। यस्ता घटनाहरूलाई पृथकतावादी समूहसँग जोडिने गरिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले शिक्षकका समस्या वार्ताको माध्यमबाट यथाशीघ्र समाधान गर्न माग सरकारसँग आग्रह गरेको छ। आयोगले शिक्षा जस्तो संवेदनशील क्षेत्रमा देखिएको समस्याको वार्ताबाट समाधान गरी पठनपाठन सञ्चालन गर्न सरकारसँग आग्रह गरेको हो।
आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘कानुन निर्माणमा सम्बन्धित पक्षसँग पर्याप्त छलफल तथा परामर्श गरी विद्यालय शिक्षासम्बन्धी कानुनलाई समयसापेक्ष बनाउन एवं शिक्षकसँग विगतमा नेपाल सरकारले गरेका सम्झौताको कार्यान्वयन गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ।’
आयोगले शिक्षा ऐनलाई समयानुकूल बनाउन, शिक्षा नीतिलाई उत्पादनशील बनाउन तथा यस सम्बन्धमा विगतमा नेपाल सरकारसँग गरिएको सम्झौता कार्यान्वयनको माग राखी नेपाल शिक्षक महासंघद्वारा विगत १३ दिनदेखि काठमाडौंमा जारी आन्दोलन तथा यसबाट बालबालिकाको शिक्षाको अधिकारमा पर्न गएको जनाएको छ। आयोगले शिक्षक आन्दोलनको स्थलगत अनुगमन गरिरहेको छ।
‘आन्दोलन लम्बिँदै गएमा एसइई परीक्षाको नतिजा, कक्षा १२ को परीक्षा र बालबालिकाको भर्ना अभियानसमेत प्रभावित हुने देखिएको छ, आन्दोलनका कारण माइतीघर क्षेत्रमा विगत १३ दिनदेखि सहज आवागमनमा समेत अवरोध सिर्जना भएको अनुगमनबाट पाइएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘विद्यालयका शिक्षकशिक्षिकाले आफ्नो वृत्ति विकासका साथै संस्थागत हकहितका लागि माग राख्नु, विचार व्यक्त गर्नु, शान्तिपूर्ण प्रदर्शन गर्नु मानव अधिकारको मूल्य मान्यता अनुकूल नै हुन्छ।’
आफ्ना मागहरू सम्बोधन गराउन आन्दोलन नै गर्नुपर्ने वातावरणको सिर्जना हुनु चिन्ताको विषय भएको उल्लेख गर्दै विद्यालय बन्द हुँदा बालबालिकाको शिक्षाको अधिकारको सुनिश्चितामा बाधा उत्पन्न हुने देखिएको जनाएको छ।
सामाग्री श्रोत :

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।
इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा रु. ३.१५ र डिजेलमा रु. २.६२ ले घटेर आएपछि नेपालमा पनि मूल्य समायोजन गरिएको निगमले विज्ञप्तिमार्फत जनाएको छ।
लिटर पेट्रोलमा रु. ३ र डिजेल/मट्टितेलमा ३ रुपैयाँले घटाइएको छ। जसअनुसार पेट्राेल पहिलाे वर्गमा १५७.५, दाेस्राेमा १५९ र तेस्राेमा १६० रुपैयाँ पुगेकाे छ।
घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। सरकारले संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने भएको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यही वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
यस्तै सरकारले शिक्षा विधेयक छिटोभन्दा छिटो पारित गर्ने प्रतिबद्धता जनाउँदै शिक्षकहरुलाई आन्दोलन अन्त्य गरी विद्यालय फर्कन आह्वान गरेको छ।
सामाग्री श्रोत :
वैशाख १२ गते बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
काठमाडौँ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र मास्टरकार्डबिच नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई अझ प्रभावकारी बनाउन सहकार्य हुने भएको छ ।
दुवै संस्थाले नेपाल भ्रमणमा आउने अन्तर्राष्ट्रिय पर्यटकलाई नेपालभित्रै एनसीएचएलको नेपालपे क्यूआर र अन्य क्यूआर व्यापारिक स्थानहरूमा मास्टरकार्ड प्रयोग गरेर सजिलै मोबाइल क्यूआर स्क्यान गरी भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाउने सहमति गरेका छन् ।
यो सहकार्यसँगै अब नेपाल घुम्न आउने मास्टरकार्ड प्रयोगकर्ताले नेपालपे क्यूआर स्क्यान गरेर सामान तथा सेवाको भुक्तानी गर्नसक्ने एनसीएचएलले जनाएको छ ।
एनसीएचएलका अनुसार हाल नेपालमा नेपालपे क्यूआर र अन्य इन्टरअपरेबल क्यूआर नेटवर्कमा करिब १० लाखभन्दा बढी मर्चेन्ट आबद्ध छन् । उता मास्टरकार्डले विश्वभर तीन अर्बभन्दा बढी कार्ड जारी गरिसकेको छ ।
एनसीएचएल नेपाल राष्ट्र बैंक तथा बैंक तथा वित्तीय संस्थाहरूको संयुक्त लगानीमा स्थापना भएको डिजिटल भुक्तानी प्रणाली सञ्चालन गर्ने कम्पनी हो । एनसीएचएलले इलेक्ट्रोनिक चेक क्लियरिङ, इन्टरबैंक पेमेन्ट सिस्टम, नेसनल पेमेन्ट स्विच, कनेक्टआईपीएस लगायतका डिजिटल भुक्तानी सेवा दिँदै आएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख २, २०८२ २३:३१
सामाग्री श्रोत :
टेक पाना

काठमाडौं–प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो ९ सय ७० ग्राम गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा २७ वर्षीय विशाक विजयन रहेका छन् । उनलाई सोमबार राति पक्राउ गरिएको हो ।
थाई एयरको उडानद्वारा बैंकक हुँदै नेपाल आएका उनलाई विमानस्थलको टनेल गेटमा लगेज चेक गर्ने क्रममा उक्त पदार्थसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

दमक(झापा)। मोटरसाइकलको ठक्करबाट झापाको शिवसताक्षी नगरपालिकामा एक पैदलयात्रीको मृत्यु भएको छ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षीको बुद्ध चोकमा सोमबार भएको सवारी दुर्घटनामा परेर गम्भीर घाईते स्थानीय ६० वर्षीय पुष्प दास दर्जीको आज मृत्युभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
डुडामारी चोकबाट झिलझिलेतर्फ गइरहेको प्र. १–०१–०१७ प ६५६९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते दर्जीको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको थियो।
दुर्घटनामा संलग्न सोही ठाउँका मोटरसाइकल चालक ३० वर्षीय दुरेन शेर्मालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सामाग्री श्रोत :
काठमाडौँ । सामसङ नेपालले नेपाली नयाँ वर्षको अवसर पारेर ग्यालेक्सी एस२५ अल्ट्रा १ टीबी स्टोरेज भेरियन्ट सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यस भेरियन्टमा उच्च क्षमताको स्टोरेजसँगै एआई विशेषता र सहज मल्टिटास्किङ सुविधा छ ।
सामसङको एआई-फस्ट प्लेटफर्म वन यूआई सेभेनमा आधारित यो फोनले व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि प्रयोगकर्तालाई सहज बनाउने कम्पनीको दाबी छ ।
स्मार्टफोनमा ‘नाउ बार’ र ‘नाउ ब्रिफ’ मार्फत दैनिक सूचना र सार संक्षेप उपलब्ध गराउने, ‘सर्कल टु सर्च’ सुविधा, कल ट्रान्सक्रिप्ट तथा समरी, राइटिङ असिस्ट, ड्रइङ असिस्टजस्ता सुविधा छन् ।
सामसङका अनुसार यो भेरियन्ट पर्सि अर्थात् ४ वैशाखदेखि देशभरका आधिकारिक स्टोरमार्फत खरिद गर्न सकिनेछ । टाइटानियम सिल्भरब्लु र टाइटानियम ग्रे रंगमा उपलब्ध फोनको मूल्य २ लाख ३४ हजार ९९९ रुपैयाँ तोकिएको छ । यसमा तपाईँले १२ जीबी र्याम पाउन सक्नुहुन्छ ।
सामसङ इन्स्टाफाइनान्स सेवाअन्तर्गत यो फोन ११ हजार ७५० रुपैयाँको किस्ताबन्दीमा शून्य प्रतिशत ब्याजदरमा खरिद गर्न सकिन्छ । एक वर्षको लागि एकपटक ब्रेकेज इन्स्योरेन्ससमेत उपलब्ध छ । साथै पुरानो मोबाइल साटेर नयाँ एस२५ सिरिज लिन सकिने सुविधा ‘सबकोफोन’ र ‘अर्कोस्टोर’ मार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख २, २०८२ २३:१०
सामाग्री श्रोत :
टेक पाना

काठमाडौं – पर्साको वीरगञ्जमा धार्मिक सद्भाव भड्काएको आरोपमा चार जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय, पर्साका एसपी गौतम मिश्रका अनुसार छतमा बसेर ढुंगा हान्ने, मोटरसाइकलमा तोडफोड गर्ने कार्यमा संलग्न चार जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेकाहरू धार्मिक हिंसा भड्काउनेगरी उत्रिएका थिए। जिल्ला प्रहरी कार्यालय अगाडि धर्नामा बसेकाहरू झडपमा उत्रिएपछि प्रहरीले लाठिचार्ज समेत गरेको थियो।
गत शनिबार वीरगञ्जमा शोभायात्राका क्रममा दुई धार्मिक समुदायबीच झडप भएको थियो। झडपपछि अवस्था तनावग्रस्त हुँदा त्यहाँ प्रशासनले कर्फ्यु समेत लगाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। कतार एयरवेजले नेपालमा उडान सङ्ख्या बढाउन चासो देखाएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारी र कतार नागरिक उड्डयन प्राधिकरणका अध्यक्ष मोहमद विन फहेल अल हजारीबीच भएको भेटवार्ताको क्रममा कतारले नेपालमा उडान बढाउने सकारात्मक प्रतिक्रिया जनाएको हो। उनीहरूबीच कतारमा अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) फ्यासिलिटेसन कन्फ्रेन्सका क्रममा आज भेटवार्ता भएको हो।
क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार महानिर्देशक प्रदीप अधिकारीले भैरहवा र पोखराबाट उडान गर्न आग्रह गरेका थिए। जवाफमा कतारको सिभिल एभिएसनका अध्यक्षले दुवै विमानस्थलको प्राविधिक पक्ष र बजारको अययन गरेर निर्णय लिने प्रतिक्रिया दिएको थियो। कतारले काठमाडौंस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा साविक बमोजिम उडान गर्नेगरी नेपालसँग प्रस्ताव राखेको छ। कतारले काठमाडौंमा दैनिक चारसहित साताको २८ उडान गर्दै आएको छ। यसबीचमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मतको क्रममा एक उडान भैरहवाबाट गर्ने व्यवस्था मिलाइएको थियो। नेपालकोतर्फबाट भैरहवा र पोखरामा उडान गर्न आग्रह गरिएको थियो।
त्यसको लागि सहकार्य गरेर नयाँ विमानस्थलको प्राविधिक र बजारको अध्ययन गरेर निर्णय लिने जतारले प्रतिक्रिया दिएको छ। कतारी पक्षले काठमाडौं विमानस्थलमा साताको २८ उडानको अपेक्षा गरेको थियो। नेपालले भैरहवा र पोखरा विमानस्थलमा उडान गर्नेगरी शर्त राखेको थियो। दुवै विषयमा छिट्टै निर्णयमा पुगिन क्यानले उल्लेख गरेको छ। ‘भैरहवा र पोखराबाट कतार एयरवेजको उडान गर्नका लागि सहजीकरण गरिदिन त्यहाँको नागरिक उड्डयन प्राधिकरणलाई आग्रह गरिएको छ’, सूचना अधिकारी भुलले भने।
सो अवसरमा कतारले आइकाओ काउन्सि परिषद्को निर्वाचनमा सहयोग गर्न आग्रह गरेको थियो। नेपालले सहयोग गर्ने बचन दिँदै र पोखराबाट उडान गर्नुपर्ने शर्त राखेको थियो। आइकाओ आवद्ध एकसय ९३ देशहरुमध्ये ३६ देशको काउन्सिल परिषद् हुन्छ। तीन समूहमा १२–१२ देश रहन्छन्। कतार सन् २०२२ मा तीन वर्षका लागि निर्वाचित भएको थियो।
सन् २०२६ मा हुने काउन्सिल निर्वाचनका लागि कतारले नेपाललाई सहयोग मागेको छ। प्राधिकरणले भैरहवा र पोखराबाट उडान गर्नुपर्छ उनीहरूबीच पारस्परिक हित र सम्बन्ध सुमधुर बनाउन फलदायी छलफल भएको प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। उक्त बैठकमा कतारले कतार एयरवेजको टिआइएएमा हप्तामा २८ उडानको अनुमति पुनः गर्ने र आगामी आइकाओको काउन्सिलेको निर्वाचनमा कतारको सदस्यताका लागि नेपालको समर्थनमा केन्द्रित भएको थियो।
क्यानले कतार एयरवेद्धार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन गर्न नेपाली वायुसेवा कम्पनीसँग घरेलु कोड साझेदारी व्यवस्थामा सहयोग गर्ने आश्वासन दिएको थियो। हवाई उद्योगको हितका लागि आपसी चासोको समाधान गर्न छिट्टै संयुक्त प्राविधिक टोली गठन गर्ने समझदारीसहित बैठक सम्पन्न भएको क्यानले जनाएको छ।
भैरहवा अन्तरराष्ट्रिय विमानस्थलमा करिब आधा दर्जन एयरलाइन्सले उडान गर्दै आएकामा समर सिजन अप्रिल १ अर्थात् चैत १९ देखि सुरु भएको समर सिजनमा कुनै पनि अन्तरराष्ट्रिय वायुसेवा कम्पनीले भैरहवा उडानको ‘सेड्युल’ पेस नगरेपछि तत्काललाई अन्तरराष्ट्रिय उडान स्थगित भएको विमानस्थल कार्यालयले जनाएको छ। उक्त विमानस्थलमा ३० मार्चसम्म अन्तरराष्ट्रिय उडान भएको थियो।
भैरहवामा जजीरा एयरवेज, थाई एयर एसिया र फ्लाई दुबईले नियमित उडान गर्दै आइरहेका थिए। नेपाल एयरलाइन्सले काठमाडौं–भैरहवा–दुबई उडान गरे पनि भैरहवामा ‘टच डाउन’ मात्र गर्ने गरेको छ। कतार एयरवेजले केही समय उडान गरेर पुसमै सेवा बन्द गरेको थियो। पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सले नियमित व्यावसायिक उडान र सिचुवान एयरलाइन्सले नियमित चार्टर्ड उडान गरिरहेका छन्।
सामाग्री श्रोत :









