२०८३ असार ४ बिहीबार
२०८३ असार ४ बिहीबार

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँशक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले दलहरूबीचको सहकार्यबाटै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सकिने बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा भट्टराईले एकले अर्कालाई निषेध गर्नुभन्दा सहकार्य गरी अघि बढ्नसके संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सकिने बताएका हुन्। राजनीतिक बाङ्गोटिङ्गो हुँदै अघि बढ्ने प्रक्रिया भए पनि लोकतन्त्र नै प्रमुख कुरा भएको उनले बताए।

भट्टराईले अहिले बिभिन्न ढंगले प्रतिगामीहरू सल्वलाउँदै विभाजन ल्याउन खोजेको भन्दै सजक हुनुपर्नेमा जोड दिए। उनले अहिलेको जटिल भूराजनीतिक अवस्थामा सङ्कीर्ण गुटगत र दलगत चिन्तनभन्दा माथि उठेर राष्ट्रिय हितलाई माथि राखेर लोकतान्त्रीक मूल्यमान्यतामा दृढ रहेर सहकार्य गर्दै अघि बढ्न आह्वानसमेत गरे।

उनले संघीय लोकतान्त्रिक गणतन्त्र आएसकेपछि कांग्रेस र कम्युनिष्ट रुखका दुईवटा हाँगा हुन् भन्ने आफ्नो मान्यता रहेको बताए।


सामाग्री श्रोत :

दलबीचको सहकार्यले नै गणतन्त्रको रक्षा गर्न सकिन्छ : बाबुराम भट्टराई

काठमाडौँ । सन् २०१३ मा पावेल र निकोलाई डुरोभले स्थापना गरेको टेलिग्राम अहिलेको एक लोकप्रिय मेसेजिङ एप हो । जसले गोपनीयता, सुरक्षा र प्रयोगकर्ताको स्वतन्त्रतालाई प्राथमिकता दिएको छ ।

रुसी सरकारले प्रयोगकर्ताको डेटा शेयर गर्न राज्यले दबाब दिन थालेपछि र राजनीतिक सामग्री सेन्सर हुन थालेपछि पहिलेको कम्पनी भीके (VKontakte) बाट बाहिरिएका डुरोभ दाजुभाइले टेलिग्राम सुरु गरेका थिए । भीके एक रुसी सामाजिक सञ्जाल हो । अहिले यो एप विश्वभर लोकप्रिय छ र मासिक सक्रिय प्रयोगकर्ताको एक अर्ब पुगेको कुरा यसका संस्थापकले हालै मात्र सार्वजनिक गरेका छन् ।

धेरै ठुला प्राविधिक कम्पनीहरूमा हजारौँ कर्मचारीहरू भए तापनि, टेलिग्रामले भने एकदमै कम कर्मचारीहरू मार्फत आफ्नो सेवा सञ्चालन गरिरहेको छ । अप्रिल २०२५ सम्मको तथ्याङ्क अनुसार, टेलिग्रामको मूल्य ३० अर्ब अमेरिकी डलर रहेको छ । तर यसमा जम्मा ३० जना कर्मचारी मात्र कार्यरत छन् ।

एकदमै कम सङ्ख्यामा कर्मचारी भए पनि टेलिग्रामले विश्वभर आफ्नो सेवा कुशलतापूर्वक प्रदान गरिरहेको छ । यो एकदमै सानो टोलीले यति ठूलो प्लेटफर्मलाई कसरी चलाइरहेको छ भन्ने कुरा धेरैको लागि चासोको विषय बनेको छ । आज हामी टेलिग्रामको यो अनौठो सफलताको कारण बारे चर्चा गर्दैछौँ । 

अटोमेसन

टेलिग्रामले धेरैजसो कामहरू स्वचालित प्रणाली र इन्टेलिजेन्ट बटहरू मार्फत सम्पन्न गर्छ । जसमा ग्राहक सेवा, सर्भर व्यवस्थापन र सामग्री व्यवस्थापन जस्ता कार्यहरू पर्दछन् । यसले आफ्नै एमटीप्रोटो (MTProto) नामक सञ्चार प्रोटोकल प्रयोग गर्छ, जुन छिटो र सुरक्षित छ । यो सुस्त गतिको इन्टरनेटमा पनि राम्रोसँग चल्न सक्छ ।

टेलिग्रामको संरचना क्लाउडमा आधारित छ, जसले गर्दा विभिन्न उपकरणहरूमा सजिलै डेटा सिङ्क हुन्छ र धेरै सर्भर व्यवस्थापनको आवश्यकता पर्दैन । यसमा शक्तिशाली बट र एपीआईहरू एकीकृत गरिएका छन्, जसले गर्दा थर्डपार्टी डेभलपरहरूले पनि टुलहरू बनाउन सक्छन् र टेलिग्रामको आन्तरिक विकासको भार कम हुन्छ ।

केन्द्रीकृत डेटा सेन्टरको साटो टेलिग्रामले विभिन्न देशहरूमा रहेका विकेन्द्रीकृत सर्भर नेटवर्क प्रयोग गर्छ । जसले स्पिड, लचकता र गोपनीयता बढाउँछ, साथै सेन्सरशिपलाई समेत कम गर्न मद्दत गर्छ ।

रिमोट वर्क

टेलिग्रामका कर्मचारीहरू विश्वको विभिन्न भागबाट घरमै बसेर काम गर्छन्, जसले गर्दा कार्यालय खर्च कम हुन्छ ।

सानो र व्यवस्थित टिम

कर्मचारी भर्नाको लागि टेलिग्रामले परम्परागत मानव संसाधन विभाग प्रयोग गर्दैन । बरु, यसले कन्टेस्ट डटकम जस्ता प्लेटफर्महरूमा कोडिङ प्रतियोगिताहरू आयोजना गर्छ । यी प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्ने र समस्या समाधान गर्नसक्ने क्षमता देखाउने व्यक्तिहरूलाई टेलिग्राममा कामको प्रस्ताव गरिन्छ ।

यसरी, उच्च क्षमता भएका र आफैँ काम गर्न सक्ने व्यक्तिहरू मात्र कम्पनीमा आउँछन् । कम्पनीमा कुनै तहगत व्यवस्थापन छैन । सिधै संस्थापक पावेल डुरोभ र इन्जिनियरहरूबिच कुराकानी हुन्छ, जसले गर्दा छिटो निर्णय लिन र काम गर्न सजिलो हुन्छ । पावेल डुरोभ आफैँ उत्पादन प्रबन्धकको रूपमा काम गर्छन् ।

प्रयोगकर्ता-केन्द्रित दृष्टिकोण

टेलिग्रामको मुख्य उद्देश्य नाफा कमाउनु नभएर प्रयोगकर्ताहरूलाई छिटो, सुरक्षित र सुविधायुक्त सञ्चार माध्यम उपलब्ध गराउनु हो । । यसै कारण टेलिग्रामले प्राइभेट च्याटमा विज्ञापन-रहित अनुभव प्रदान गर्दछ ।

गोपनीयतालाई प्राथमिकता

टेलिग्रामले प्रयोगकर्ताको गोपनीयतालाई उच्च महत्त्व दिन्छ र निजी कुराकानीका लागि इन्ड-टु-इन्ड इन्क्रिप्सन जस्ता सुरक्षा सुविधाहरू प्रदान गर्दछ । साथै, यसले सरकारी निकायहरूलाई पनि प्रयोगकर्ताको डेटा उपलब्ध नगराएको रेकर्ड राखेको छ । टेलिग्रामले आफ्नो सेवा सञ्चालन गर्न विभिन्न तरिकाहरूबाट आम्दानी गर्छ ।

जसमा अतिरिक्त सुविधाहरू सहितको सशुल्क मेम्बरशिप प्लान टेलिग्राम प्रिमियम, इन-एप पर्चेज (जस्तै प्रिमियम स्टिकर) र ठूला पब्लिक च्यानलहरूमा देखिने स्पोन्सर्ड मेसेज प्रमुख हुन् । यी स्पोन्सर्ड मेसेजहरूमा बाह्य लिङ्कहरू समावेश गरिएको हुँदैन । बरु प्रयोगकर्ताहरूलाई ब्रान्डको च्यानलमा जान सल्लाह दिइएको हुन्छ । 

पछिल्लो अध्यावधिक: बैशाख ३, २०८२ १३:१०





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ–गृहमन्त्री रमेश लेखकले सिरहाको नवराजपुर गाउँपालिका ३ स्थित जगतपुरकी २४ वर्षीया आनन्दीदेवी सदायको मृत्यु प्रकरणबारे सत्यतथ्य छानबिन गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएका छन्।

गृहमन्त्री लेखकले बुधबार बिहान प्रहरी महानिरीक्षक (आईजी) दीपक थापालाई टेलिफोन गर्दै घटनाबारे छानबिन गर्न निर्देशन दिएको लेखकको सचिवालयले जनाएको छ।

‘यौन दुर्व्यवहारमा परेकी महिलाको मृत्युबारे खबर सार्वजनिक भएपछि आजै मन्त्रीज्यूले प्रहरी प्रमुखलाई छानबिनका लागि निर्देशन दिनु भएको हो’, लेखकको सचिवालयले भन्यो।

Ncell 2
Ncell 2

यता प्रहरीले भने अनुसन्धान नै नभएको भन्ने विषयलाई अस्वीकार गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी अनन्तराम शर्माले अनुसन्धान भइहरेको दाबी गर्दै भने, ‘जाहेरी लिएर अनुसन्धान भइरहेको छ। पक्राउ पुर्जी पनि आएको छ। तर, उनीहरू फरार भएकाले पक्राउ गर्न नसकिएको हो। हाम्रो प्रयास जारी छ।’

करिब चार महिनाअघि यौन दुर्व्यवहारमा परेकी सदाय मङ्गलवार आफ्नै घरमा मृत फेला परेको घटनाको गृहमन्त्री लेखकले चासो व्यक्त गर्दै प्रहरी महानिरीक्षक दीपक थापालाई फोन गरी घटनाका सम्बन्धमा सत्यतथ्य छानबिन गर्न निर्देशन दिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

shivam cement
shivam cement

मृतकको शव परीक्षणका लागि लहानस्थित प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। घटनाका विषयमा विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

सिरहा । रमेश लेखकले सिरहाको नवराजपुर गाउँपालिका-३ स्थित जगतपुरकी २४ वर्षीया आनन्दीदेवी सदायको मृत्यु प्रकरणबारे सत्यतथ्य छानबिन गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएका छन्। करिब चार महिनाअघि यौन दुर्व्यवहारमा परेकी सदाय मंगलबार आफ्नै घरमा मृत फेला परेकी थिइन्।

गृहमन्त्री लेखकले यस घटनाका सम्बन्धमा गम्भीर चासो व्यक्त गर्दै प्रहरी महानिरीक्षक दीपक थापालाई फोन गरी घटनाका सम्बन्धमा सत्यतथ्य छानबिन गर्न निर्देशन दिनुभएको गृह मन्त्रालयको सचिवालयले जनाएको छ।

मृतक आनन्दीदेवी गत पुस ९ गते सिरहा बरियारपट्टी गाउँपालिका-१ मा बस्ने दिदीलाई भेट्न हिँडेको बखत स्थानीय २२ वर्षीय सञ्जीवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवबाट यौन दुव्र्यवहारमा परेकी जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एवं प्रहरी उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए। उनका अनुसार निजहरू उपर जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएकामा उनीहरू पक्राउ पर्न सकेका छैनन्।

प्रहरी उपरीक्षक शर्माले आफू जिल्लामा आउनुअघिको घटना भएकाले यस सम्बन्धमा सुरुदेखि सुक्ष्म ढंगले अनुसन्धान गरिरहेको जानकारी दिए। ‘गत फागुन २५ गते निजहरूविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको थियो। घटनालगत्तै पीडकहरू फरार छन्। उनीहरू नेपाल छाडी भारतमा लुकेका हुनाले खोजतलास गर्न चुनौती भए पनि प्रहरी प्रशासन निरन्तर लागिरहेको छ’, उनले भने, ‘पीडितमाथि यौन दुर्व्यवहारलगत्तै प्रहरीले मेडिकल जाँच, जिल्ला अदालतबाट पीडकविरुद्ध पक्राउ पुर्जी जारी गर्ने काम गरेको छ।’

प्रहरी उपरीक्षक शर्माले आज मात्र घटनास्थल पुगी पीडितपरिवालाई भेटेको जानकारी दिए। ‘मृतक आनन्ददेवीको दुई वर्षकी छोरी छिन्। आनन्दीदेवी एकदवर्षदेखि माइतीमा बस्दै आएकी थिइन्। यौन दुर्व्यवहारमा परेकी आनन्दीदेवी माइतमा कोही नभएको बेला झुन्डिएको अवस्थामा हिजो मृत फेला परेकी हुन्’, उनले भने।

मृतकको शव परीक्षणका लागि लहानस्थित प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। घटनाका विषयमा विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


सामाग्री श्रोत :

सिरहामा महिलाको मृत्यु प्रकरणबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ । एन्ड्रोइड फोनमा आवाजबाट लेख्ने नयाँ तरिका आएको छ । यो सुविधा पिक्सेल र सामसङ ग्यालेक्सी लगायतका अन्य केही फोनहरूमा जीबोर्ड नामक कीबोर्डमा उपलब्ध भएको अपडेट हो ।

पहिला आवाजबाट लेख्न जीबोर्ड खोलेर माइक्रोफोनको चित्रमा थिच्नुपर्थ्यो । त्यसो गर्दा माइक्रोफोन खुल्थ्यो र टाइप नगरीकन बोल्दै लेख्न सकिन्थ्यो । त्यति बेला कीबोर्ड पनि देखाइरहेको हुन्थ्यो र लेखेको कुरा त्यहीँ सम्पादन गर्न मिल्थ्यो ।

तर अब यो तरिका पुरानो भएको छ । जीबोर्डमा आएको नयाँ अपडेटले आवाजबाट लेख्ने तरिकालाई अझ सहज अनि सुविधाजनक बनाएको छ ।

बोलेकै भरमा कसरी गर्ने टाइपिङ ?

आवाजबाट लेख्ने मोडमा हुँदा स्क्रिनको तल्लो भागमा देखिएको सानो आयताकारको बायाँतिर ‘GB’ लेखिएको मेनु देख्न सक्नु हुन्छ । त्यसमा थिच्दा केही विकल्पहरू देखिन्छन्, जुन सामान्य टाइप गर्ने मोडमा पनि प्रयोग गर्न सकिन्छ । तर यी विकल्पहरूले भोइस टाइपिङ अर्थात् बोलेर टाइप गर्दा पनि सजिलो बनाउँछन् ।

जस्तै: ‘Show Clipboard’ मा थिचेर पहिले कपी गरेको कुरा पेस्ट गर्न सकिन्छ । ‘Show Translate’ बटन प्रयोग गरेर आफूले बोलेको भाषा अर्को भाषामा अनुवाद गरी पेस्ट सकिन्छ । त्यस्तै ‘Show emoji’ मेनु खोलेर इमोजीहरू हाल्न सकिन्छ । यहाँबाट इमोजीको नाम बोलेर पनि खोज्न र राख्न सकिन्छ ।

एउटा अर्को राम्रो विकल्प ‘Switch to vertical toolbar’ भन्ने बटनमा थिच्दा यसले स्क्रिनमा त्यो सानो आयताकारलाई ठाडो बनाउँछ । यो चाहिँ तपाईँको काम अनुसार उपयोगी हुन सक्छ ।

पछिल्लो अध्यावधिक: बैशाख ३, २०८२ ११:३३





सामाग्री श्रोत :
टेक पाना

सोलुखुम्बु–वरिपरि हिउँका पर्खाल, शेर्पा संस्कृतिको सुगन्ध, अनि हिमाली सौन्दर्यको चित्ताकर्षक दृश्यले सगरमाथा क्षेत्रमा हजारौँ पर्यटकको ध्यान खिच्ने गरेको छ। 

वसन्त ऋतु प्रारम्भ भएसँगै सगरमाथा क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ। 

सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार गत महिना १२ हजार तीन जना पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेका छन्। 

Ncell 2
Ncell 2

राष्ट्रिय निकुञ्जका रेन्जर विवेक श्रेष्ठका अनुसार यो याम हिमाल आरोहण, ट्रेकिङ तथा हिमाली दृश्यावलोकनको दृष्टिले उपयुक्त भएकाले पर्यटकको आगमन बढेको हो। “हिमाल आरोहण तथा दृष्यावलोकनका लागि यो समय उत्तम हुने भएकाले विदेशी तथा स्वदेशी पर्यटक आउने क्रम जारी छ, सगरमाथासहितका हिमाल सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने भएकाले यहाँ पर्यटक बढेसँगै हाम्रो व्यस्तता पनि बढेको छ।” रेन्जर श्रेष्ठले भन्नुभयो। पर्यटकको आवागमन बढेसँगै खुम्बु क्षेत्रमा व्यावसायिक गतिविधि, होटल लजहरूको व्यस्तता पनि बढेको छ। 

हाल नाम्चे बजारदेखि लुक्लासम्मका होटल पर्यटकले भरिभराउ छन्। अनुकूल मौसम हुँदा काठमाडौँ तथा रामेछापको मन्थली विमानस्थलबाट दैनिक सयौँ पर्यटक लुक्ला हुँदै निकुञ्ज प्रवेश गरिरहेका छन्।

shivam cement
shivam cement

पहिले–पहिले सगरमाथा पुग्ने एकमात्र प्रमुख विकल्प लुक्लाको हवाई यात्रा थियो। तर हालैका वर्षहरूमा लुक्लासम्म सडक विस्तार हुँदै जाँदा अब गाडी चढेर पनि हिमालको काखमा पुग्न सकिने सम्भावना बढेको छ।

चालु आर्थिक वर्षको नौ महिनामा ४३ हजारभन्दा धेरै पर्यटकले सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रको भ्रमण गरेका छन्। निकुञ्जका अनुसार गत साउन महिनादेखि चैतसम्ममा ४४ हजार छ सय आठ जना पर्यटक सगरमाथा क्षेत्र पुगेका हुन्।

हाल दैनिक ४०० जनाभन्दा धेरै विदेशी तथा स्वदेशी पर्यटक विभिन्न माध्यमबाट सगरमाथा क्षेत्र पुगिरहेका जनाइएको छ। 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । हार्वर्ड विश्वविद्यालयलाई आर्थिक सहयोग रोकेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब संस्थालाई दिइएको कर छुट पनि फिर्ता लिने धम्की दिएका छन्।

हार्वर्ड विश्वविद्यालयले अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले पठाएको मागहरूको सूची लागू गर्न अस्वीकार गरेको थियो।

गत हप्ता, ह्वाइट हाउसले विश्वविद्यालयको प्रशासन, भर्ती र भर्ना प्रक्रियामा परिवर्तनको लागि मागहरूको सूची पठाएको थियो। ह्वाइट हाउसले क्याम्पसमा यहूदी विरोधी भावना विरुद्ध लड्न यो सूची सिर्जना गरिएको बताएको छ।

हार्वर्ड विश्वविद्यालयले यी मागहरूलाई अस्वीकार गर्‍यो र भन्यो कि ह्वाइट हाउसले यसलाई नियन्त्रण गर्न खोजिरहेको छ। यसपछि, ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयलाई दिँदै आएको २ अर्ब अमेरिकी डलरको कोष रोक्यो।

अब डोनाल्ड ट्रम्पले आफ्नो ट्रुथ सोशल अकाउन्टमा हार्वर्ड विश्वविद्यालयले राजनीतिक संस्थाको रूपमा कर तिर्नु पर्ने पोस्ट गरेका छन् ।

“सायद हार्वर्ड विश्वविद्यालयले आफ्नो कर छुटको स्थिति त्याग्नु पर्छ,” ट्रम्पले लेखे।


सामाग्री श्रोत :

२ अर्ब डलरको आर्थिक सहयोग रोकेपछि ट्रम्पले हार्वर्ड विश्वविद्यालयलाई कर छुट समेत नदिने धम्की

Ncell 2
Ncell 2
shivam cement
shivam cement

काठमाडौँ – नेपाली बजारमा बुधबार (आज) सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा २७०० रुपैयाँ बढेर १ लाख ८७ हजार रुपैयाँमा कारोवार भइरहेको छ । 

यसअघि मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार ३०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार (आज) बढेर १ लाख ९५५ रुपैयाँ कायम भएको हो । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं- सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसको राजनीतिक संयन्त्रको बैठक बस्दैछ। विभिन्न राजनीतिक विषयका साथै चारवटा प्रतिष्ठानमा रिक्त उपकुलपतिको भागबन्डा समेत टुंग्याइने भएको छ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपति बिहिन छन्। सत्तारुढ दल नेपाली कांग्रेस र एमालेले दुई-दुईवटा लिने तय गरिसकेका छन्। त्यसमध्ये बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नेपाली कांग्रेसले र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान एमालेले लिने तय भइसकेको छ। पोखरा र कर्णालीमा पोखरा दुवै दलले दाबी गरिरहेका छन्। राजनीतिक संयन्त्रका बीच आफ्नो तर्फबाट उपकुलपति पठाउने सहमतिपछि नियुक्तिको प्रक्रिया अघि बढ्नेछ। यही बीच त्रिभुवन युनिभर्सिटीको उपकुलपति समेत खाली भएको छ। त्यसबारे पनि छलफल हुने बताइएको छ। रिक्त रहेका ती प्रतिष्ठानमा नियुक्ति नहुन्जेल उपकुलपतिको जिम्मेवारी रेक्टरलाई दिइने तयारी भएको छ। बिपी कोइरालामा सञ्जीव शर्मा, पाटनमा डा पवन शर्मा र कर्णालीमा डा डबलबहादुर धामी रेक्टर छन्। पोखरामा भने रेक्टर नभएका कारण डिन डा श्रीकृष्ण श्रेष्ठले जिम्मेवारी पाउने भएका हुन्।  
सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं। शिक्षक महासंघको नेतृत्वमा भएको आन्दोलन नरोकिने भएको छ। सरकारले बैशाख १२ गते संसद बोलाएर शिक्षा बिधेयक पारित गराउने निर्णय लिए पनि शिक्षकहरूको आन्दोलन भने नरोकिने भएको अध्यक्ष लक्ष्मी किशोर सुबेदीले जानकारी दिए।

‘हिजो बैशाख २ गतेको आन्दोलनमा सहभागी सबै साथीहरुलाई धन्यवाद। आज बैशाख ३ गते सदा झैं ठिक १२ः०० बजे माइतीघर मण्डला आइपुग्नु होला । हाम्रो आन्दोलन जारी छ,’ उनले भने।

उनले अगाडि भनेको छन्, ‘पहिलो, अब हामी निर्णायक मोडमा आइपुगेका छौं।   हामीले उठाएका विषयमा राज्य यथावत् अनुदार देखिन्छ। त्यसैले अझ  बढी प्रतिबद्धता र सहभागिताका साथ आन्दोलन अघि बढाउनुको विकल्प छैन। दोस्रो, देश भरिका सबै साथीहरु आन्दोलनको  यो निर्णायक घडीमा हामी तपाईंलाई काठमाडौंको आन्दोलनको मोर्चामा पर्खिरहेका छौं। यो आन्दोलनले तपाईंको सक्रिय सहभागिता खोजिरहेको छ । तुरुन्तै काठमाडौं आइ पुग्नु होला।’

उनको तर्क छ, ‘अनधिकृत विचार, अफवाह, षड्यन्त्र र भ्रामक समाचार प्रति सचेत रहनुहोला।’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो आन्दोलन, मेरो सहभागिता, बलियो उपस्थिति-बलियो आन्दोलन, बलियो आन्दोलन बलियो उपलब्धि।’

उता सरकारले भने आन्दोलनरत शिक्षकहरुलाई आआफ्नो कार्यथलोमा फर्किन अनुरोध गरेको छ। मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले हाल विद्यार्थी भर्नाको समय, एसइईको उत्तरपुस्तिका परीक्षण एवं कक्षा १२ को राष्ट्रिय परीक्षासमेत भइरहेकाले विरोधप्रदर्शनका कार्यक्रम स्थगन गरी कार्यथलोमा फर्कन आग्रह गरेको हो।

शिक्षा तथा विज्ञान प्रविधिमन्त्री शिक्षामन्त्री विद्या भट्टराईले नेपाल शिक्षक महासंघको आह्वानमा भइरहेको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सरकारले संघीय संसदमा विचाराधीन विद्यालय शिक्षा विधेयक यथाशक्य चाँडो पारित गर्ने प्रयोजनका लागि संसद्को अधिवेशन यही वैशाख १२ गते आह्वान गर्ने निर्णय गरेको बताइन्।

मन्त्री भट्टराईले नेपाल शिक्षक महासंघले उठाएका मागहरु सम्बोधन गर्न सरकार संवेदनशील रहेको त्यसनिम्ति निरन्तर संवादमा रहेको बताइन्।


सामाग्री श्रोत :

आन्दोलन नरोक्ने शिक्षक महासंघको चेतावनी

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट