२०८३ असार ४ बिहीबार
२०८३ असार ४ बिहीबार

काठमाडौँ । पछिल्लो समय अनलाइन ठगी अत्यन्त सामान्य बन्न थालेको छ । कहिले प्रयोगकर्ता सचेत नहुँदा त कहिले सेवाप्रदायकको प्रणालीमा कमजोरी आउँदा विभिन्न किसिमका अनलाइन ठगीका घटना हुने गरेका छन् । कतिपय अवस्थामा भने सुरक्षाका उपाय अपनाउँदा पनि अनलाइन ठगीको सिकार भइनसक्छ ।

‘बैंकको प्रतिनिधि’ भन्दै फोन गरेर व्यक्तिगत विवरण माग्ने, मेसेज वा डिजिटल वालेटको ओटीपी माग्ने जस्ता उपायमार्फत साइबर अपराधीहरूले बैंक तथा डिजिटल वालेटमा भएको रकम चोरी गर्ने गरेका छन् । यदि तपाईं पनि यस्तै समस्यामा पर्नुभएको छ भने तत्काल यी काम गर्नुहोस् :

बैंकलाई तुरुन्त जानकारी दिनुहोस् 

सबैभन्दा पहिले आफूले प्रयोग गरिरहेको बैंकलाई खबर गरी आफ्नो बैंक खाता रोक्का गराउनुस् । बैंकहरूले यस्ता आकस्मिक घटनाका लागि टोल-फ्री नम्बर उपलब्ध गराएका हुन्छन् । ठगी भएको थाहा पाउने बित्तिकै बैंकमा सम्पर्क गर्न जरुरी छ ।

डिभाइस अफलाइनमा राख्नुहोस् 

आफूले प्रयोग गरिरहेको मोबाइल, कम्प्युटर, ल्यापटप वा ट्याबलाई तुरुन्त इन्टरनेटबाट डिस्कनेक्ट गर्नुहोस् । यसले थप जोखिम रोक्न मद्दत गर्छ ।

ईमेल पासवर्ड परिवर्तन गर्नुहोस् 

यदि तपाईंको ईमेल आईडी बैंक खाता वा डिजिटल वालेटसँग लिङ्क गरिएको छ भने तुरुन्त पासवर्ड परिवर्तन गर्नुहोस् ।

प्रहरीमा जानकारी दिनुहोस्

आफू नजिकैको प्रहरी कार्यालयमा जानकारी दिनुहोस् । चाहनुहुन्छ भने १०० मा फोन गरेर पनि गुनासो टिपाउन सकिन्छ । साथै, साइबर ब्युरोको नम्बर ९८५१२८६७७० मा सम्पर्क गर्न सक्नुहुन्छ । पछि साइबर ब्युरो कार्यालयमा उपस्थित भई औपचारिक उजुरी दिन सकिन्छ ।

प्रमाण सुरक्षित राख्नुहोस्

प्रहरीमा उजुरी गर्न जाँदा आफ्नो सक्कल परिचयपत्र र ठगी सम्बन्धी प्रमाणहरू (मोबाइलमा आएका मेसेज, इमेल, फोन कल, कुराकानीका स्क्रिनशट, रेकर्डिङ आदि) सँगै लैजानुहोस् ।

यी सबै प्रक्रिया पूरा गरेपछि प्रहरीले आफ्नो अनुसन्धान प्रक्रिया सुरु गर्छ । समयमै सावधानी अपनाउन सकेमा ठगीबाट जोगिन सकिन्छ र समस्या परेमा पनि छिटो समाधान निकाल्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: बैशाख ४, २०८२ २२:४४





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ – नेपाल प्रहरीका ६ जना डीआईजीहरुलाई अतिरिक्त महानिरिक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ।

बिहिबार बसेको बढुवा समितिको बैठकले लालमणी आचार्य, कृष्णहरी शर्मा पोखरेल, दान बहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसीलाई बढुवा सिफारिस गरेको छ।

सिफारिस सूचीको पहिलो नम्बरमा चन्द्र कुवेर खापुङ छन्। 

Ncell 2
Ncell 2

एआईजीमा बढुवा सिफारिस भएका खापुङ, आचार्य र पोखरेल आईजीपी दीपक थापाकै ब्याचमेट हुन्। उनीहरु २०५२ कार्तिक २७ मा प्रहरीमा प्रवेश गरेर २०८० वैशाख ६ मा डीआइजी भएका थिए।

दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसी र २०५४ चैत १८ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरीमा प्रवेश गरेका थिए।

shivam cement
shivam cement

भुटानी शरणार्थी प्रकरणको फाइल खोलेर चर्चामा आएका डा.केसी प्रहरीमा काविल अफिसर भनेर चिनिन्छन्।  शरणार्थी प्रकरणको अनुसन्धान र मुद्दाको अभियोजन हुँदा दानबहादुर कार्की जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुख थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं- नेपाल चिकित्सक संघले आवासीय चिकित्सकहरुलाई आठौं तह बराबरको निर्वाह भत्ता अविलम्ब उपलब्ध गराउन निजि मेडिकल कलेजहरुलाई अपिल गरेको छ।  आवसिय चिकित्सकहरु आन्दोलनमा ऐक्यबद्धता दोहोर्‍याउँदै आन्दोलनमा सहभागिको हाजिर रोक्ने, फेल गराउने धम्कि दिने, कार्बाही गर्ने वा अन्य कुनै पनि प्रकारको मानसिक यातना दिने कार्यलाई नेपाल चिकित्सक संघ निन्दा गरेको छ। आयोगको १६ औं र १७ औं बैठकको निर्णयको कार्यान्वयनका सन्दर्भमा बसेको १८ औं बैठकले, १७ औं बैठकमा भएको निर्णयको कार्यान्वयनका सम्बन्धमा अध्ययन गर्नका लागि कार्यदल बनाएको बताउँदै १० दिन भित्र प्रतिवेदन सार्वजनिक गरी, मिति २०८२ वैशाख १५ गते भित्र अर्को बैठक बसेर छलफल गर्ने निर्णय भएको समेत उल्लेख गरेक छ। साथसाथै सोहि बैठकले सरकारी र निजि मेडिकल कलेजको स्नातकोत्तर तहको म्याचिङ प्रकृया एकै पटक अगाडि बढाउने निर्णय पनि गरेको थियो।संघले सोही विषयमा छलफल गर्न शुक्रबार ३ बजे बैठ बोलाएको छ। पूर्व पदाधिकारी, वर्तमान पदाधिकार तथा सरोकारवालालाई उपस्थितिका लागि अनुरोध गरेको छ। 
सामाग्री श्रोत :
swasthyakhabar

मुस्ताङ। बेनी–जोमसोम–कोरला सडकअन्तर्गत उपल्लो मुस्ताङको घमी खोला पुल निर्माणमा ढिलाइ भएको छ। निर्माण कम्पनीको ढिलासुस्तीका कारण लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ स्थित घमी खोलामा निर्माणाधीन पुल निर्माण सुरु भएको छ वर्ष बित्दासमेत सम्पन्न हुन नसकेको हो।

उक्त पुल हालसम्म करिब ५० प्रतिशतमात्र निर्माण भएको छ। कोरला सडकअन्तर्गत (जोमसोम–कोरला) ११० किमी दूरीमा पर्ने करिब एक दर्जन पुल सम्पन्न भइसक्दासमेत सुरुआती चरणमा ठेक्का लागेको उक्त पुल निर्माण सम्पन्न हुन सकेको छैन।

विसं २०७५ पुस १६ गते निर्माण कम्पनी हिमढुङ ठोक्कर इमोटल जेभी कन्स्ट्रक्सनले आयोजनासँग ठेक्का सम्झौता गरेको थियो। सो सम्झौता अनुसार २०७८ साल पुस ९ गते सम्पन्न गर्नुपर्ने थियो।

आयोजनाले निर्माण कम्पनीलाई पटकपटक ताकेता गरेपनि अटेरी गर्ने गरेको जनाइएको छ। हालसम्म घमी खोला पुलको छ पटक म्याद थप भइसकेको छ। एक स्पानको ४० मिटर लम्बाइ र ड्रेन तथा फुटपाथ गरी ११ मिटर चौडा रहेको पुलको ठेक्का सम्झौता लागत रु छ करोड ८० लाख रहेको छ।

पुल निर्माणमा ढिलाइ हुँदा जोमसोम हुँदै लोमान्थाङ र कोरला नाका जाने सवारीसाधनलाई बर्खायाममा सास्ती हुने गरेको छ। मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले पुल निर्माणमा निर्माण कम्पनीले चरम ढिलासुस्ती गरेको बताए। उनले विकास निर्माणको कामलाई अवरुद्ध पार्ने निर्माण कम्पनीलाई आवश्यक कारबाही वा ठेक्का सम्झौता रद्द गरेर काम अघि बढाउनुपर्ने बताए।

‘लामो समयपछि अहिले निर्माणको काम गरेको देखिन्छ, कतिखेर फेरि अलपत्र पार्ने हुन्’, अध्यक्ष विष्टले भने, ‘सबै स्थानका पुल बनेर सवारी गुडिरहँदा घमी खोला पुल सम्पन्न हुन नसक्नु दुर्भाग्य नै हो।’

निर्माण कम्पनी कार्यस्थलमा फर्किएको बेनी–जोमसोम–कोरला सडकका आयोजना प्रमुख ध्रुव झाले जानकारी दिए। झाका अनुसार पुलको ‘फाउन्डेसन’ र ‘सबस्ट्रक्चर’को काम सम्पन्न भइसकेको छ। अब ढलानका लागि ‘सुपरस्ट्रक्चर’को काम बाँकी रहेको आयोजनाले जनाएको छ।

यसै सडकअन्तर्गत कागबेनी खोलामा निर्माणाधीन पुल ९५ प्रतिशत भौतिक प्रगति हुँदा विसं २०८० साउन २८ गतेको बाढीले बगाएर क्षति पुर्‍याएको थियो। उक्त स्थानमा आयोजनाले नयाँ ठेक्का खुलाएको छैन।


सामाग्री श्रोत :

छ पटक म्याद थप हुँदा पनि पुल निर्माण भएन

काठमाडौँ । अमेरिकामा निर्माण भएको वेब सिरिज ‘घर बट् इन अमेरिका’ नेपाली ओटीटी प्लेटफर्म ‘एमएसएम भिडिओ’मार्फत सार्वजनिक हुने भएको छ । काठमाडौँमा हालै आयोजित एक कार्यक्रममा यो सिरिजको ट्रेलर सार्वजनिक गरिएको छ ।

सेभेन कलर्स डिजिटलको ब्यानरमा निर्माण गरिएको सिरिज नयाँ वर्ष २०८२ को अवसर पारेर वैशाख दोस्रो हप्तादेखि प्रसारण हुनेछ । पहिलो सिजनका लागि तयार गरिएका १२ ओटा श्रृङ्खला एकै पटक स्ट्रिमिङमा आउने निर्देशक विमलेश अधिकारीले जानकारी दिए ।

सिचुएशनल कमेडी-ड्रामा विधामा आधारित सिरिजले अमेरिकामा बसोबास गर्ने नेपाली समुदायको जीवनशैली, आपसी सम्बन्ध र प्रवासी समस्यालाई चित्रण गरेको अधिकारीको भनाइ छ । अमेरिकामा रहेकी छोरीलाई भेट्न पुगेका अभिभावक र छोरी लिभ–इन रिलेसनशिपमा रहेको थाहा पाएपछि उत्पन्न घटनाक्रमलाई सिरिजको मुख्य कथावस्तु बनाइएको छ ।

सिरिजमा नायिका अरुणिमा लम्सालले झन्डै १० वर्षपछि अभिनयमा पुनरागमन गरेकी छन् । साथै, बिमलेश अधिकारी, राधाबाबु लम्साल, खेम शर्मा, आशिष दाहाल, रोजिना थापा लगायतको अभिनय रहेको छ ।

विवेक चम्लागाईंको लेखन, रोशन घिमिरेको लगानी, सुमित्रा अधिकारी र कुमारी घिमिरे सह–निर्माताको रूपमा संलग्न रहेको सिरिजको सम्पूर्ण छायाङ्कन अमेरिकामै गरिएको छ । सिरिजको सम्पादन मित्र डि गुरुङ, छायाङ्कन निर्देशन विक्रान्त मान श्रेष्ठ र साउन्ड डिजाइन अमित श्रेष्ठले गरेका छन् ।

निर्देशक अधिकारीका अनुसार सिरिजले मनोरञ्जनका साथै प्रवासी नेपालीको आत्म–पहिचान र जीवन यथार्थ प्रस्तुत गर्ने उद्देश्य राखेको छ । सिरिजको सम्पूर्ण १२ एपिसोड वैशाख दोस्रो हप्ताबाट ‘एमएसएम भिडिओ’ एपमा हेर्न सकिने बताइएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ४, २०८२ २२:५९





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ –परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले देशमा केही पनि परिवर्तन भएको छैन भन्नेजस्ता नेपाललाई बद्नाम गराउने किसिमका भ्रामक किसिमका प्रचारप्रसार भएको बताएकी छन्। 

डा.महेश्वरी कुँवरद्वारा लिखित ‘सात प्रदेशको चित्र, एउटै क्यानभासभित्र’ पुस्तक विमोचन समारोहमा मन्त्री डा.राणाले नेपालका बारेमा कूटनीतिक पक्षले भने सकारात्मक टिप्पणी गरिरहेका बेलामा मुलुकमा २०४६ सालपछि भएको सकारात्मक परिवर्तनलाई भुलेर केही विकास भएको छैन भन्नु गलत भएको उल्लेख गरिन्। 

“गाउँगाउँमा सडक, स्वास्थ्यलगायत सेवासुविधा विस्तार भइरहेको छ। सञ्चार तथा प्रविधिको विकासमा पनि नेपालले फड्को मारेको छ”, मन्त्री डा. राणाले भनिन्, “नेपालमा केही पनि भएन। अब यो देशमा बसेर के काम ? भनेर नेपालीले नै अनावश्यक नकारात्मक प्रचार गरिरहेका छन्। नेपालमा परिवर्तन भइरहेको सकारात्मक कुरा पनि मिडियामा आउनुपर्छ। नेपालमा सुधार भएको छ।”

Ncell 2
Ncell 2

आन्दोलन, हड्ताल, राजनीतिक विवादजस्ता कुराले परिवर्तनका कार्यलाई असहज बनाउने काम भइरहेको उल्लेख गर्दै उनले यस्ता समस्या समाधान गरेर मुुलुकको समृद्धिमा सबै लाग्नुपर्ने बताइन्। 

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले लोकतन्त्र स्थापनापछि भौतिक पूर्वाधारलगायत क्षेत्रमा सकारात्मक परिवर्तन भइरहेकाले निराश हुनुपर्ने आवश्यक भएको बताए। 

shivam cement
shivam cement

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा पर्यटकीय राजधानी घोषणा भइसकेको जिकिर गर्दै कार्यान्वयनका लागि पूर्वाधार विकासमा जोड दिइएको बताए। पुस्तककी लेखिका डा. कुँवरले पुस्तकले नेपाल चिनाउन मद्दत पुग्ने बताइन्। 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले उत्कृष्ट स्वास्थ्यका लागि व्यवहारिक विज्ञानसम्बन्धी प्राविधिक सल्लाहकार समूहको उपाध्यक्षमा डा ओम प्रसाद गौतमलाई नियुक्त गरेको छ।डा गौतम हाल वाटरएड युकेमा हाइजिन लिडका रूपमा कार्यरत छन्, जहाँ उनले एसिया र अफ्रिकाका विभिन्न देशहरूमा संगठनको वैश्विक व्यवहार परिवर्तन कार्यक्रमहरूको नेतृत्व गरिरहेका छन्। व्यवहार परिवर्तन वैज्ञानिक तथा जनस्वास्थ्य विज्ञको रूपमा उनीसँग २२ वर्षभन्दा बढीको अनुभव छ। विशेषगरी पानी, सरसफाइ र स्वच्छता, बाल स्वास्थ्य, खोप, रोग नियन्त्रण, एचआईभी/एड्स, सार्वजनिक स्वास्थ्य आपत्कालीन अवस्था, तथा खाद्य स्वच्छता जस्ता क्षेत्रमा उनले काम गरेका छन्।एसिया र अफ्रिका का २६ भन्दा बढी देशहरूमा बहु-देशीय र बहु-दातृ कार्यक्रमहरू व्यवस्थापन गर्ने, रणनीति तथा दिशानिर्देश विकास गर्ने र व्यवहार परिवर्तनसम्बन्धी अनुसन्धान तथा मूल्याङ्कन कार्यमा उनको विशेष अनुभव छ।लण्डन स्कूल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिन बाट पीएचडी गरेका गौतमले बंगलादेश बाट जनस्वास्थ्यमा स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालय, नेपाल बाट समाजशास्त्रमा स्नातकोत्तर गरेका छन्। उनले बेलायत तथा युरोपका विभिन्न विश्वविद्यालयहरूमा गेस्ट लेक्चरर का रूपमा पनि कार्य गरेका छन्।अध्यक्ष भने डा लोरी फोस्टर छिन्। जो अमेरिकास्थित नर्थ क्यारोलाइना स्टेट विश्वविद्यालयमा मनोविज्ञानकी प्रोफेसर हुन्। साथै, उहाँ दक्षिण अफ्रिकाको केप टाउन विश्वविद्यालयमा मानार्थ प्रोफेसरको रूपमा समेत कार्यरत छिन्।
सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं। धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विस्का नखः (जात्रा) आज सम्पन्न भएको छ। नेवार समुदायको बाहुल्य रहेको टोखामा हरेक वर्ष झैँ यस वर्ष पनि चैत मसान्तदेखि वैशाख ४ गतेसम्म विस्का नखः (जात्रा) चलेको थियो।

यही वैशाख १ गते सपनतीर्थ मेलासँगै सिन्दूर जात्रा गरी औपचारिक रुपमा विस्का जात्रा सुरु भएको थियो। वैशाख २ गते टोखा नगरपालिका–२ गणेशस्थान थलागटोलमा सिन्दूर जात्रा गरेर नगर परिक्रमा गरी रथलाई सोही दिन माथिल्लो लाछीमा लगेर बिसाइएको थियो। यस्तै वैशाख ३ गते माथिल्लो लाछीमा सिन्दुर जात्रा गरेर उठाइएको रथ हासलटोलमा लगेर बिसाइएको थियो। रथयात्रालाई गुठी, गुठियारको घरमा लगेर बाली उठाउने गरिन्छ। अनी हासलटोलमा राखेर रथको पूजा गर्ने चलन छ। रथलाई हासलटोलबाट उठाएर सरस्वती चौरको पोखरीमा स्नान गराई इन्द्रायणी मसानकाली परिक्रमा गराएर सानो लाछीमा लगेर बिसाइएको थियो।

यस्तै वैशाख ४ गते सानोलाछीबाट सिन्दूर जात्रा गरी गछेटोलमा लगेर रथ बिसाइएको थियो। उक्त स्थानमा बिसाएको रथलाई विधिवत रुपमा पूजासहित सिन्दूर जात्रा गरेर विभिन्न खलःको उपस्थितिमा नगरपरिक्रमा गराई आआफ्नो देवालयमा भित्र्याउने चलन छ। जात्राका अवसरमा आज टोखा नगरपालिकाले सार्वजनिक बिदा दिएको थियो।


सामाग्री श्रोत :

विस्का जात्रा सम्पन्न

काठमाडौं । अब जेमिनाई लाइभमा रहेको स्क्रिनशेयरिङ फिचर सबै एन्ड्रोइड प्रयोगकर्ताका लागि निःशुल्क उपलब्ध हुने भएको छ । गुगलले एक्समार्फत बिहीबार एक पोस्ट सार्वजनिक गर्दै यसबारे जानकारी दिएको हो ।

केही समयअघि मात्र सार्वजनिक गरिएको यो फिचर सुरुमा पिक्सेल नाइन र सामसङ ग्यालेक्सी एस२५ मा जेमिनाई एप प्रयोग गर्ने प्रयोगकर्ताहरूका लागि मात्र सीमित थियो । त्यसबेलासम्म यो फिचर प्रयोग गर्न जेमिनाईको एड्भान्स सब्सक्रिप्सन आवश्यक पर्थ्यो । अब भने यो फिचर सबै एन्ड्रोइड प्रयोगकर्ताहरूले निःशुल्क रूपमा प्रयोग गर्न सक्नेछन् ।

कम्पनीका अनुसार यो सुविधा आजैदेखि क्रमिक रूपमा एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि उपलब्ध गराइनेछ ।

यो फिचरमार्फत प्रयोगकर्ताले मोबाइलको क्यामेरा प्रयोग गरेर जेमिनाईसँग लाइभ कुरा गर्न सक्नेछन् । क्यामेरा मार्फत कुनै वस्तुको अगाडि राख्दा जेमिनाईले तुरुन्तै सो वस्तुसम्बन्धी जानकारी प्रदान गर्नेछ । उदाहरणका लागि, यदि तपाईंलाई कुनै वस्तुको बारेमा जानकारी चाहिएको छ भने मोबाइलको क्यामेरा सो वस्तुको अगाडि राख्नुपर्नेछ र जेमिनाईले तत्कालै जानकारी दिनेछ ।

त्यस्तै, स्क्रिनशेयरिङ फिचर अन्तर्गत प्रयोगकर्ताले आफ्नो मोबाइलको स्क्रिन जेमिनाई लाइभसँग शेयर गरेर सोधिएका प्रश्नहरूको जवाफ पाउन सक्नेछन् ।

यसैबीच, माइक्रोसफ्टले पनि आफ्ना प्रयोगकर्ताहरूका लागि ‘कोपाइलट भिजन’ नामक एआई सेवा माइक्रोसफ्ट एज ब्राउजरमार्फत निःशुल्क रूपमा सार्वजनिक गरेको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ४, २०८२ २२:५





सामाग्री श्रोत :
टेक पाना

एजेन्सी– सुडानका अर्धसैनिक र नियमित सेनाबीचको झडपमा घेराबन्दी गरिएको एल–फासेरको डार्फर सहरमा कम्तीमा ५७ नागरिकको मृत्यु भएको एक चिकित्सा स्रोत र एक स्वयंसेवी सहायता समूहले बिहीबार बताएका छन् ।

स्थानीय प्रतिरोध समिति, एक स्वयंसेवक सहायता समूहले सन् २०२३ अप्रिलदेखि सेनासँगको युद्धमा अर्धसैनिक र्‍यापिड फोर्सेस (आरएसएफ) ले बुधबार सहरमा गरेको झडप र गोलाबारीमा नागरिकहरू मारिएको बताएको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार उत्तरी डार्फरको राजधानी एल–फासेर र नजिकैको विस्थापन शिविरहरूमा भएको आक्रमणमा आरएसएफले चार सयभन्दा बढीको ज्यान लिएको केही दिनपछि हिंसा भएको हो ।

Ncell 2
Ncell 2

लगभग एक वर्षदेखि आरएसएफले घेरा हालेको उत्तरी डार्फरको एल–फासेर अन्तिम प्रमुख सहरी गढ हो जुन अझै पनि सेनाको नियन्त्रणमा छ र आरएसएफका लागि रणनीतिक लक्ष्य हो ।

गत महिना सेनाले राजधानी खार्तुमलाई पुनः कब्जा गरेपछि आरएसएफले डार्फर सहरमा आक्रमण बढाएको छ ।

shivam cement
shivam cement

मङ्गलबार तेस्रो वर्षमा प्रवेश गरेको यो युद्धले दशौँ हजारको ज्यान लिएको छ, एक करोड ३० लाख विस्थापित भएका छन् र संयुक्त राष्ट्रसङ्घले विश्वको सबैभन्दा ठूलो भोकमरी र विस्थापन सङ्कटको रूपमा वर्णन गरेको छ ।

यसले देशलाई पनि दुई भागमा विभाजित गरेको छ । सेनाले मध्य, उत्तर र पूर्वमा कब्जा गरेको छ भने आरएसएफले लगभग सबै डार्फर र यसका सहयोगीहरूसँग दक्षिणका केही भाग नियन्त्रण गर्दछ ।
 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट