२०८३ असार ४ बिहीबार
२०८३ असार ४ बिहीबार

काठमाडौं–उच्च अदालत जनकपुरले बाल यौन दुरुपयोगको आरोपबाट रामबहादुर बम्जनलाई सफाइ दिएको छ। 

न्यायाधीश नरिश्वर भण्डारी र खेमराज भट्टको इजलासले बमजनलाई बलात्कार मुद्दामा सफाइ दिएको अदालतका उप-रजिष्ट्रार सुशील यादवले बताएका हुन्।

जिल्ला अदालत सर्लाहीले १७ असार, २०८१ मा बम्जनलाई १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो।

Ncell 2
Ncell 2

‘जिल्ला अदालत सर्लाहीले गरेको १० वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्तिको सजाय उच्च अदालतबाट उल्टी भएको छ, अदालतले दाबी नपुग्ने देखिएपछि उक्त मुद्दा नै खारेज भएको छ,’ यादवले भने।

भट्ट र भण्डारीको इजलासले ६ चैत, २०८० मा रामबहादुरसँगै बाल यौन दुराचारको आरोप खेपेका ज्ञानबहादुर बम्जन र डिगबहादुर बम्जनलाई पनि सफाइ दिएको हो। उनीहरू दुवैले जिल्ला अदालतमा पनि सफाई पाएका थिए।

shivam cement
shivam cement

बमजनलाई तीन लाख धरौटीमा सिन्धुपाल्चोक अदालतले रिहा गर्ने आदेश दिएको थियो। सिन्धुपाल्चोकको मुद्दाको प्रारम्भिक सुनुवाइ सकिए पनि उनी त्यहीँ कारागारमा थिए।

बमजनको स्थायी ठेगाना बाराको निजगढ नगरपालिका-१२ हो। ३० वर्षीय उनको वास्तविक नाम रामलाल बमजन हो। २०८० पुस २५ गते केन्द्रीय अनुसन्धान ब्युरोले बमजनलाई हात्तीगौंडास्थित घरैबाट पक्राउ गरेको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ


काठमाडौं। लिग चरणको अन्तिम खेलमा धनगढी एफसीलाई पराजित गर्दै एफसी चितवन नेपाल सुपर लिग ९एनएसएल० फुटबल प्रतियोगिताको प्ले अफमा पुगेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा धनगढी एफसी विरुद्ध ३–१ को उत्कृष्ट पुनरागमन जित निकाल्दै एफसी चितवन पहिलो पटक नेपाल सुपर लिगको प्ले अफमा प्रवेश गरेको हो। चितवनको जितमा नेदिर माभ्लोनोभ र जय गुरुङले […]
सामाग्री श्रोत :

एनएसएलको प्लेअफ पुग्ने चार वटै टोलीको टुंगो

एजेन्सी–इरानका उपविदेशमन्त्री काजेम गारिबाबादीले तेहरान र वासिङ्टनबीच दोस्रो चरणको अप्रत्यक्ष वार्ता इटालीको राजधानी रोममा हुने बताएका छन्। 

“हामी बोलिरहेका छौँ, हामीले वार्ताको स्थान परिवर्तनका लागि अर्को पक्षबाट कुनै नयाँ अनुरोध पाएका छैनौँ र दोस्रो चरणको वार्ता कार्यक्रम रोममा हुनेछ,” गारिबावादीले बुधबार प्रत्यक्ष टेलिभिजन अन्तर्वार्तामा भने।

उनले भन्नुभयो, “वार्ताको स्थान इरानी पक्षका लागि संवेदनशील विषय थिएन। हामीले मुख्य विषयवस्तु र काममा ध्यान दिनुपर्छ।”

Ncell 2
Ncell 2

वार्तास्थल जहाँ भएपनि ओमानले उनीहरूलाई सहजीकरण र मध्यस्थता जारी राख्ने उनले बताए। 

यसअघि, तेहरानको आणविक कार्यक्रमबारे इरानका विदेशमन्त्री सेइद अब्बास अराघचीले शनिबार ओमानको राजधानी मस्कटमा अमेरिकी राष्ट्रपतिका विशेष दूत स्टिभ विटकोफसँग भेटवार्ता गरेका थिए। दुबै पक्षले उक्त वार्ता रचनात्मक रहेको बताएका थिए।

shivam cement
shivam cement

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मार्चको सुरुमा संयुक्त अरब इमिरेट्स (युएई) मार्फत् इरानी नेताहरूलाई इरानको आणविक कार्यक्रमबारे वार्ताको प्रस्ताव सहितको पत्र पठाएको बताउनुसभएको थियो। प्रस्तावलाई स्वीकार गर्दै इरानले ‘अप्रत्यक्ष’ वार्ताका लागि सहमति जनाएको थियो।

इरानले सन् २०१५ को जुलाईमा बेलायत, चीन, फ्रान्स, जर्मनी, रूस र संयुक्त राज्य अमेरिकासँग आणविक सम्झौता गरेको थियो। यस सम्झौताअन्तर्गत तेहरानले प्रतिबन्धबाट राहतको बदलामा आफ्नो आणविक गतिविधि सीमित गर्न सहमत भएको थियो।

यद्यपि ट्रम्पले आफ्नो पहिलो कार्यकाल अन्तर्गत सन् २०१८ को मेमा एकतर्फी रूपमा आफ्नो देशलाई सम्झौताबाट बाहिरिएको घोषणा गर्नुभएको थियो र इरानमाथि पुनः प्रतिबन्धहरू लगाइएको थियो। यसले गर्दा तेहरानले सम्झौता अन्तर्गतका आफ्ना प्रतिबद्धताहरू फिर्ता लिन बाध्य भएको बताउँर्दै क्रमिकपमा वार्ताबाट फिर्ता भएको थियो। त्यसयता आणविक सम्झौतालाई पुनर्जीवित गर्ने प्रयासमा खासै प्रगति भएको छैन।
 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ


वीरगञ्ज (पर्सा)। जिल्ला प्रशासन कार्यालय पर्साले शुक्रबार बिहानदेखि वीरगञ्ज महानगर क्षेत्रमा लगाइएको निषेधाज्ञा हटाउने निर्णय गरेको छ। पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगञ्जको शान्ति सुरक्षाको अवस्था सामान्य बनेको भन्दै शुक्रबार बिहान ७ बजेदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको हो। प्रजिअ अर्यालले जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था सामान्य रहेकाले […]
सामाग्री श्रोत :

शुक्रबारदेखि वीरगञ्जको निषेधाज्ञा हटाइने

काठमाडौँ । गुगलले जेमिनाई एडभान्स्ड प्रयोगकर्ताका लागि भिडिओ बनाउने नयाँ सुविधा सार्वजनिक गरेको छ । बुधबारदेखि प्रयोगमा आएको यस सुविधामार्फत अब प्रयोगकर्ता‍ले टेक्स्ट लेखेर भिडिओ बनाउन सक्ने भएका छन् ।

गुगलले भियो टु (Veo 2) नामक भिडिओ मोडेलमार्फत यो सेवा सुरु गरेको हो । जेमिनाईमा प्रयोगकर्ताले आफूले चाहेको दृश्य लेखेर भिडिओ बनाउन सक्नेछन् ।

कम्पनीले आफ्नो ब्लगमा बताए अनुसार यो मोडेलले ७२० पिक्सेल रेजोलुसनसहित ८ सेकेन्ड लामो भिडिओ तयार पार्नेछ । प्रयोगकर्ताले महिना अनुसार सीमित भिडिओ बनाउन पाउनेछन् ।

भिडिओ बनाउन प्रयोगकर्ताले जेमिनाईको मोडेल ड्रपडाउनबाट ‘Veo 2’ छान्नुपर्नेछ । त्यसपछि मनपर्ने दृश्यबारे प्रम्प्ट लेख्न सकिनेछ । जति विस्तृत विवरण लेखिन्छ, भिडिओ उति नै उत्कृष्ट र चाहेजस्तै बन्ने कम्पनीको दाबी छ ।

यही अवसरमा गुगल ल्याब्सले ‘Whisk’ नामक अर्को सुविधा समेत सार्वजनिक गरेको छ । यस सुविधाबाट फोटो तथा टेक्स्ट लेखेर भिडिओ बनाउन सकिनेछ । यो सेवा अहिले ६० भन्दा बढी देशमा सुरु गरिएको छ ।

भिडिओ सुरक्षित बनाउने उद्देश्यले गुगलले ‘SynthID’ नामक डिजिटल वाटरमार्क समेत राखेको छ । जसले भिडिओ एआईबाट बनाइएको हो भन्ने प्रमाण दिन्छ ।

भिडिओ बनाउने यो सुविधा गुगल वन एआई प्रिमियम सदस्यता लिएका प्रयोगकर्ताका लागि मात्रै उपलब्ध हुने बताइएको छ ।

अनलाइनमार्फत यो सुविधा यहाँ यहाँ प्राप्त गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: बैशाख ४, २०८२ १२:२७





सामाग्री श्रोत :
टेक पाना

कास्की– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित ७ जनाविरुद्धको पेसी स्थगित भएको छ । 

जिल्ला अदालत कास्कीको फैसलाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले उच्च अदालत पोखरामा दर्ता गरेको निवेदन र त्यससँग सम्बन्धित अन्य निवेदनको पेसी बिहीबारका लागि तोकिएको थियो । 

सरकारी वकिलको कार्यालयको निवेदनविरुद्ध सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणका प्रतिवादी रामबहादुर खनालले पनि उच्चमा निवेदन दिएका थिए । खनालका कानुन व्यवसायीले बिहीबारको पेसी स्थगित गरेपछि त्यससँग सम्बन्धित सबै निवेदनको पेसी पनि स्थगित भएको उच्च अदालत पोखराका सूचना अधिकारी निलप्रसाद पनेरुले बताए । ‘एउटै मुद्दा भएकाले एक जनाले निवेदन दिएपछि त्यसैका कारण अरु मुद्दा पनि रोकिएको हो,’ उनले भने ।

Ncell 2
Ncell 2

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजालसले गत पुस २५ मा रविसहित छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ, मिना गुरुङ, आरती गुरुङलाई धरौटीमा छोड्न आदेश दिएको थियो । 

उक्त निर्णयविरुद्ध सरकारी पक्षले थुनामै राखेर पुर्पक्ष हुनुपर्ने मागसहित उच्च अदालत पोखरामा निवेदन दियो । सरकारी पक्षको निवेदनविरुद्ध प्रतिवादीले पनि निवेदन दर्ता गराए । त्यसैले यसमा दुवै पक्षको निवेदनलाई उच्च अदालतले एकैठाउँमा राखेर फैसला सुनाउनेछ ।

shivam cement
shivam cement

यो निवेदनमा उच्च अदालत पोखराले जिल्लाबाट रिहा भएका प्रतिवादीलाई थुनामा पठाउने, रिहा गर्ने जिल्लाकै फैसला सदर गर्ने वा धरौटी नलिई साधारण तारेखमा छोड्नेमध्ये एउटा फैसला गर्नेछ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं।आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटबारे अर्थ मन्त्रालयले पूर्व अर्थमन्त्रीहरूसँग परामर्श गरेको छ। बिहीबार अर्थ मन्त्रालयमा भएको छलफलका क्रममा कार्यान्वयनयोग्य र यथार्थपरक बजेट ल्याउन पूर्वअर्थमन्त्रीहरूबाट सुझाव आएको छ।

आगामी आवको बजेटसम्बन्धी परामर्शमा पूर्व अर्थमन्त्रीहरूले लोकप्रिय र नारामा केन्द्रित नभइ व्यवहारिक बजेट ल्याउन सुझाव दिएका हुन्। त्यसैगरी उनहरूले बजेटलाई उत्पादन र रोजगारीमा केन्द्रित गर्न पनि सुझाव दिएका छन्।

पूर्व अर्थमन्त्रीहरूले धेरै आयोजनाहरू प्रस्ताव गर्नेभन्दा ठूला, प्रतिफलयुक्त र कार्यान्वयनयोग्य आयोजनामा प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। त्यस्तै स्वास्थ्य, शिक्षा र आयआर्जनका कार्यक्रमलाई प्राथमिकता दिन पनि सुझाव दिएका छन्।

पूर्वप्रधानमन्त्री एवं अर्थमन्त्री डा बाबुराम भट्टराईले वैचारिक र नीतिगत स्पष्टतासहित कार्यान्वयन योग्य बजेटलाई प्राथमिकता दिनुपर्ने बताए। पर्याप्त साधनस्रोत नभइकन राज्यले सबै कुरा गर्न खोज्दा समस्या आएको उल्लेख गर्दै पूर्व अर्थमन्त्री डा भट्टराईले सार्वजनिक, निजी, सहकारी र समुदायको भूमिका पनि स्पष्ट हुनुपर्नेमा जोड दिए।

पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले आयोजना वर्गीकरणको मापदण्ड पालना गर्दै सिमित र कार्यान्वयन हुने खालका आयोजनाहरू ल्याउन आग्रह गरे। उनले वित्त नीति र मौद्रिक नीतिबीच तालमेल हुनुपर्नेमा जोड दिए।

पूर्वअर्थमन्त्री वर्षमान पुनले राष्ट्रिय गौरवका आयोजनालाई चरणवद्ध रूपमा सम्पन्न गर्न जरूरी रहेको धारणा व्यक्त गर्दै बनेका पूर्वाधारहरूलाई सदुपयोग गर्नुपर्ने बताए। उनले सूचना प्रविधिलाई विशेष महत्त्व दिनुपर्ने उल्लेख गर्दै प्रादेशिक हिसाबले पनि सुन्तलित बजेट ल्याउन सुझाव दिए।

त्यसैगरी पूर्वअर्थमन्त्री जनार्दन शर्माले आयातमा आधारित राजस्वलाई आन्तरिक उत्पादनमा आधारित बनाउनुपर्ने बताए। उनले नयाँ नीति बनाउनुभन्दा परिणाममुखी बजेट बनाउन जरूरी रहेको उल्लेख गर्दै ठूला पूर्वाधार निर्माणका लागि निजी क्षेत्रलाई जिम्मा दिनुपर्ने धारणा व्यक्त गरे।

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चुनौतीलाई अवसरका रूपमा लिनुपर्ने बताउँदै क्षेत्रीय, प्रादेशिक र भौगोलिक सन्तुलन कायम हुनेगरी बजेट विनियोजन गर्नुपर्ने बताए। उनले जनताले अनुभूति गर्ने खालको र सबै निर्वाचन क्षेत्रको विकासमा ध्यान दिनुपर्ने धारणा व्यक्त गरे। वैदेशिक लगानीलाई विशेष जोड दिन पनि पूर्व अर्थमन्त्री कार्कीले सुझाव दिए।

यस्तै पूर्व अर्थमन्त्री शंकर कोइरालाले पुराना आयोजनाहरूलाई सम्पन्न गर्ने र रू तीन करोडको सीमालाई ख्याल गर्न सुझाव दिए। तीन करोडभन्दा कम लागतका आयोजनाका लागि संघ सरकारबाट बजेट बिनियोजन गर्न नहुनेमा उनको जोड थियो। विगतको तुलनामा पर्यटन, पूर्वाधार, सिंचाइ, उर्जालगायत क्षेत्रमा धेरै प्रगति भएको उल्लेख गर्दै प्रतिफल दिने उद्योगहरूमा केन्द्रित हुन सुझाव दिए।

पूर्व अर्थमन्त्री डा प्रकाशचन्द्र लोहनीले संघ, प्रदेश र स्थानीय तहमा आम्दानी र खर्चको योजनासहित अनुशासित बजेट ल्याउन आवश्यक रहेको बताए। उनले उद्योग र कृषिलाई समन्वय गर्ने संयन्त्र जरूरी रहेको उल्लेख गर्दै बजेट निर्माणलाई प्रभावकारी र परिणामुखी बनाउनेमा जोड दिए।

पूर्व अर्थमन्त्री डा रूप ज्योतिले निजी क्षेत्रलाई सहजीकरण गर्न नीतिगत सुधारमार्फत प्रतिष्पर्धालाई प्रवर्द्र्धन तथा प्रोत्साहन गर्न आग्रह गरे। छलफलका क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकप्रियताको खोजी गरेर बजेट ल्याउने सुविधा नभएको उल्लेख गर्दै यथार्थपरक र अनुशासित बजेटको तयारीमा रहेको बताए।


सामाग्री श्रोत :

आगामी बजेटबारे पूर्व अर्थमन्त्रीहरूसँग परामर्श, कार्यान्वयन योग्य बजेट ल्याउन सुझाव

काठमाडौँ । तपाईँ आफ्नो मोबाइल फोन कति वर्षसम्म प्रयोग गर्नु हुन्छ ? दुई वर्ष, अढाई वर्ष वा पाँच वर्षभन्दा बढी ?

अब, आईफिक्सिट र ब्ल्याक मार्केट जस्ता कम्पनीहरू छोटो समयमा नयाँ फोन लिने प्रयोगकर्ताको बानी परिवर्तन गर्न चाहन्छन् । यी दुई कम्पनीले मिलेर एउटा अभियान सुरु गरेका छन्, जसले मानिसहरूलाई औसत दुईदेखि तीन वर्षमा नयाँ फोन किन्नुको साटो पाँच वर्ष वा त्योभन्दा बढी समयसम्म चलाउन प्रोत्साहन गर्दछ ।

पृथ्वी दिवस (अप्रिल २२) को अवसरमा सुरु भएको यो अभियानको मुख्य उद्देश्य मोबाइल फोनको आयु बढाउनु हो । कम्पनीहरूले नीति निर्माता र मोबाइल फोन निर्माताहरूलाई स्मार्टफोनका पार्ट्स र सफ्टवेयरको सपोर्टलाई १० वर्षसम्म पुर्‍याउन आग्रह गरेका छन् ।

अहिले एप्पल, गुगल र सामसङ जस्ता ठुला कम्पनीले लगभग सात वर्षसम्म सपोर्ट दिने गरेका छन् । तर अन्य धेरै कम्पनीहरूको फोनमा त्यो भन्दा कम समयको लागि मात्र सपोर्ट उपलब्ध हुने गरेको छ ।

आईफिक्सिटका प्रमुख कार्यकारी अधिकृत (सीईओ) काइल विएन्स र ब्ल्याक मार्केटका सीईओ थिबाउड हग डे लारौजले पुरानो डिभाइसलाई लामो समयसम्म टिकाउनुपर्ने आवश्यकतामा जोड दिएका छन् । उदाहरणका लागि, यदि कसैले आईफोन १३ को ब्याट्री बदलेर साढे दुई वर्षमा नयाँ फोन किन्ने बानीलाई पाँच वर्षसम्म लम्ब्याउँछ भने त्यसबाट हुने कार्बन उत्सर्जन ४९ प्रतिशतले कम हुन्छ ।

यदि फोनलाई मर्मत र रिफर्बिस गरेर १० वर्षसम्म चलाउन सकियो भने कार्बन उत्सर्जन ६८ प्रतिशतले घट्न सक्छ । ब्ल्याक मार्केटका अनुसार यी तथ्याङ्कहरू एप्पलको प्रोडक्ट इन्भाइरोमेन्ट रिपोर्ट र अन्य विभिन्न अध्ययनमा आधारित छन् ।

यो साझेदारी अझ अगाडि बढेको छ । रिफर्बिस्ड फोन, ल्यापटप र गेम कन्सोल जस्ता सामानहरू बेच्ने ब्ल्याक मार्केटले अब आफ्नो एप र वेबसाइटमा आईफिक्सिटका हाउ-टु-रिपेयर (कसरी मर्मत गर्ने) गाइडहरू पनि राख्नेछ, जुन सुरुमा आईफोनका लागि हुनेछन् ।

यसले गर्दा अब प्रयोगकर्ताहरूले तुरुन्तै आफ्नो पुरानो फोन बेचेर नयाँ फोन किन्नुको साटो आफैँ मर्मत गर्ने प्रयास गर्न सक्नेछन् । धेरैजसो मर्मतहरू सामान्य र सजिलो हुन्छन्, जस्तै स्क्रिन वा ब्याट्री बदल्ने ।

प्रयोगकर्ताले आईफिक्सिटको रिपेयर टुलकिट सिधै ब्ल्याक मार्केटबाट पनि किन्न सक्नेछन् । र यदि कसैले आईफिक्सिटको वेबसाइटमा गएर मर्मत गर्ने सोच बनाए पनि समय वा जाँगर नभएमा, त्यहाँ ब्ल्याक मार्केटमा आफ्नो पुरानो डिभाइस बेचेर रिफर्बिस्ड मोडेल लिने विकल्प पनि देखाइनेछ ।

ब्ल्याक मार्केटका सीईओ थिबाउड हग डे लारौज भन्छन्, “हाम्रो लक्ष्य एउटै हो । हामी प्राविधिक उत्पादनहरूको आयु लम्ब्याउन चाहन्छौँँ, ताकि मानिसहरूलाई ब्याट्री सकिएको वा स्क्रिन फुटेको स्मार्टफोन हुँदा पनि नयाँ किन्नुभन्दा मर्मत गर्ने सजिलो विकल्प मिलोस् ।”

वायर्डबाट

पछिल्लो अध्यावधिक: बैशाख ४, २०८२ १४:२१





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनको नयाँ मिति तोकेको छ। 

बिहीबार पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको नयाँ मिति तोकेको हो।

२०८२ आश्विनसम्ममा वडा अधिवेशन,कार्तिक सम्ममा पालिका अधिवेशन, मङ्सिर सम्ममा जिल्ला अधिवेशन, माघ १५ सम्ममा प्रदेश अधिवेशन सम्पन्न गरिसक्ने निर्णय गरेको छ।

Ncell 2
Ncell 2

२०८२ फागुन ७, ८ र ९ गते चितवनमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गगरिएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले बताए।

हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीको १ हजार ९ सय ७५ वडा समिति गठन भइसकेको छ भने त्यसमध्ये ७ सय वटा वडामा अधिवेशन सम्पन्न भइसकेको छ। 

shivam cement
shivam cement

७ सय ५३ पालिकामध्ये ४ सय ५८ वटा पालिकामा समिति गठन भइसकेको छ। 

यस्तै ७० वटा जिल्लामा भेला आयोजना भएर समिति गठन भइसकेको छ। सात वटै प्रदेशमा समिति गठन भएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

मध्यविन्दु (नवलपरासी)। दाउन्ने क्षेत्रको बाटो हिलो र चिप्लो भएका कारण नारायणगढ–बुटवल सडकखण्ड अवरूद्ध भएको छ। बिहीबार भएको वर्षाका कारण दाउन्ने क्षेत्रमा सवारीसाधन आवतजावत गर्न कठिनाइ भएपछि अहिले यो राजमार्गमा सवारी सञ्चालन गर्न समस्या भएको हो।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा वर्षाका कारणले सडक हिलो भएकाले गाडी उकालो र ओरालोमा चिप्लिएर सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालले बताए।

दाउन्ने क्षेत्रमा सयौँ सवारी जाममा परेका छन्। हिलोमा गाडी फसेकाले सडक अवरुद्ध भएको हुँदा जेसिभीले तानेर सवारी सञ्चालन गरिरहेको प्रहरी उपरीक्षक ढकालले जानकारी दिए।

राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म दाउन्ने सडक बन्द गरेर विस्तारको काम गर्ने गरिए पनि आज दिउँसोदेखिको जामले सयौँ सवारी बीच सडकमा रहेकाले विस्तारको कामसमेत रोकिएको छ।

अहिले दाउन्ने खण्डमा पहाड काट्ने, पर्खाल लगाउने र कल्भर्ट निर्माणको काम भइरहेको अवस्थामा वर्षाले सडक अवरुद्ध बनाएको हो। दाउन्ने क्षेत्रमा गत वैशाख १ गतेदेखि १५ गतेसम्म राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म आवागमन रोकेर विस्तारको काम भइरहेको छ।


सामाग्री श्रोत :

हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट