२०८३ जेष्ठ १ शुक्रबार
२०८३ जेष्ठ १ शुक्रबार

काठमाडौं । लक्जरी स्पोर्ट्सकार ब्रान्ड फरारीले आउँदो अक्टोबरमा आफ्नो पहिलो विद्युतीय कार ‘फरारी इलेट्रिका’ सार्वजनिक गर्ने भएको छ । हालै सम्पन्न कम्पनीको एक बैठकमा फरारीका अध्यक्ष जोन एलकानले आउँदो ९ अक्टोबरमा यो गाडी सार्वजनिक हुने जानकारी दिएको रोयटर्सले जनाएको छ । 

फरारीले पछिल्लो समय विभिन्न स्थानमा यो लक्जरी कार परीक्षण गरिरहेको छ । परीक्षणका क्रममा देखिएअनुसार यो कार एसयूभी भर्सनमा हुने चर्चा छ‍ । तर कम्पनीले यस विषयमा आधिकारिक जानकारी दिएको छैन ।

गाडीको बारेमा धेरैजसो विवरण अझै बाहिर आएका छैनन् । गएको जुनमा रोयटर्सले नै यस कारको मूल्य ५ लाख डलरभन्दा बढी (झन्डै ७ करोड रुपैयाँ बढी) हुनसक्ने समाचार लेखेको थियो ।

विश्वको अटोमोबाइल क्षेत्रमा लक्जरी स्पोर्ट्सकार बिक्री गर्ने कम्पनीको रूपमा स्थापित फरारीले सन् २०१९ देखि हाइब्रिड मोडेलहरू बिक्री गर्न सुरु गरेको थियो । फर्मुला वनबाट सुरु गरेर अब कम्पनीले स्पोर्ट्सकारलाई पनि ईभीमा परिणत गर्न लागेको हो । कम्पनीले पहिलो पटक सन् २०१४ मा हाइब्रिड फर्मुला वन कार सार्वजनिक गरेको थियो ।

बिजुली कार‍ उत्पादन गरेपनि पेट्रोल र हाइब्रिड कारको उत्पादन रोक्ने कम्पनीको योजना छैन । तीन वर्षअगाडि आफ्ना कारलाई स्मार्ट बनाउन कम्पनीले क्वालकमसँग पनि सम्झौता गरेको थियो ।

पछिल्लो अध्यावधिक: बैशाख ७, २०८२ १७:११





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं –नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा परिवारसहित थाइल्याण्ड प्रस्थान गरेपछि नफर्कुञ्जेलसम्मका लागि उपसभापति पूर्णबहादुर खड्काले पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी पाएका छन्।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिइएको हो।

Ncell 2
Ncell 2

मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने, ‘उहाँ देश बाहिर प्रस्थान गर्नु भएकोले नेपाली कांग्रेसको विधान, २०१७ ९संशोधन सहित० को धारा २५ को उपधारा ९१३० बमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्कालाई पार्टीको कार्यवाहक सभापति तोक्नु भएको छ ।’

shivam cement
shivam cement

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं- उपकुलपति रिक्त रहेका चार प्रतिष्ठानको उपकुलपतिको जिम्मेवारी रेक्टर र डिनले पाएका छन्। उनलाई प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले वैशाख ४ गते नियुक्त गरेका हुन्। बिपी कोइरालामा डा सञ्जीव शर्मा, पाटनमा डा पवन शर्मा र कर्णालीमा डा डबलबहादुर धामीले  जिम्मेवारी पाएका हुन्। पोखरामा भने रेक्टर नभएका कारण डिन डा श्रीकृष्ण श्रेष्ठले जिम्मेवारी पाएका हुन्। उनीहरुले जिम्मेवारी तोकिएको पत्र भने आइतबार पाएका छन्। पत्रमा भनिएको छ,  ‘उपकुलपति पदमा नियुक्ति नभएसम्मका लागि शैक्षिक, प्रशासनिक र आर्थिक कार्य सुचारु गर्न शिक्षाध्यक्ष डा डबलबहादुर धामीलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको छ।’   
सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपतिलाई राजनीतिमा आउन संविधान, कानुन, अन्तर्राष्ट्रिय अभ्यास केहीले पनि नरोक्ने बताएका छन्।

विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले गणतन्त्र नामले नभइ कामले मात्रै बच्ने धारणा राखे। ‘संवैधानिक, कानुनी र अन्तर्राष्ट्रिय परम्परा कुनै कुराले पनि उहाँहरूलाई रोक्दैन, राजनीतिमा आउने यदि इच्छा भयो भने, आउन रोक्ने हाम्रो केही पनि छैन,’ उनले भने, ‘हाम्रो उपराष्ट्रपतिजी पार्टीको सिपाहीकै रूपमा काम गर्न चाहन्छु भनेपछि, सबै कुराले हेर्दा केही कुराले रोक्दैन। मुख्य कुरा गणतन्त्रमा राम्रो काम हुनुपर्‍यो। गणतन्त्र सुदृढ हुँदै जानुपर्‍यो।’

प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपतिले मात्रै बचाएर गणतन्त्र नबच्ने बताए। ‘गणतन्त्र नामले बच्ने कुरा होइन, कामले बच्ने हो,’ उनले भने।

प्रमुख दलका बीचमा गणतन्त्रमा बिमति नरहेको बताउँदै प्रचण्डले भने, ‘उहिले देखि नै सहमति नै छ नि! दलहरूको बीचमा त उहिले पनि त असहमति थिएन। अहिले नै गणतन्त्रप्रति त्यस्तो गम्भीर खतरा आयो भन्याजस्तो गरी सोच्न पनि जरुरी छैन, जनआधारको दृष्टिले जनमतको दृष्टिले पनि।!

दलहरूबीच गणतन्त्रको रक्षाको निम्ति एक हुनुपर्ने नत्र गणतन्त्र खतरामा पर्ने भन्ने भाष्यचाहिँ ठीक नभएको प्रचण्डले बताए। भ्रष्टाचारका इस्युहरूमा सरकारलाई कहीँ कतै समर्थन नभनेको प्रष्टीकरण पनि दिए।

‘अहिलेको गठबन्धनलाई समर्थन बिलकुल होइन, त्यो भ्रम नपरोस्। हिजो भेट भएपछि लौ समर्थन भयो रे! यही गठबन्धनमा पनि जाने भयो कि क्या हो! भन्याजस्ता चर्चा भएका छन्। यो गठबन्धनमा जाने कुरा र यो गठबन्धनलाई समर्थन गर्ने कुरा कदापि हुन सक्दैन,’ उनले भने।


सामाग्री श्रोत :

पूर्वराष्ट्रपति–उपराष्ट्रपतिलाई राजनीतिमा आउन केहीले रोक्दैन: प्रचण्ड

काठमाडौँ । नबिल बैंकको डिजिटल सेवा एनबैंकमा समस्या आएको छ । एनबैंकको मोबाइल एप तथा वेब दुवै प्लेटफर्ममा लगइन नहुने समस्या देखापरेको हो ।

लगइन गर्न समय लाग्ने तथा कारोबार गर्दा लोडिङ समय बढी हुने समस्या देखिएको बैंकले जनाएको छ ।

आफ्नो फेसबुक पेजमा एक सूचना जारी गर्दै बैंकले एनबैंकमा ​देखिएको समस्या समाधानका लागि प्रयास भइरहेको जानकारी दिएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ७, २०८२ १६:८





सामाग्री श्रोत :
टेक पाना

मकवानपुर–मकवानपुर प्रहरीले ५ किलो ९४० ग्राम अफिमसहित एक जनालाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय मकवानपुरले आइतबार बिहान हेटौंडा–१९, नेवारपानीबाट लागुऔषध अफिमसहित चितवन राप्ती नगरपालिका–११ का २५ वर्षीय बाबुराम तामाङलाई नियन्त्रणमा लिएको हो।

Ncell 2
Ncell 2

इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१९, नेवारपानीस्थित पूर्व–पश्चिम लोकमार्ग सडकखण्डमा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख २८८७ नम्बरको यात्रुबाहक बसमा सवार तामाङलाई अफिमसहित नियन्त्रणमा लिएको थियो।

shivam cement
shivam cement

तामाङले बोकेको झोलाभित्र लुकाएर राखेको अवस्थामा तीनवटा प्याकेटमा ५ किलो ९४० ग्राम अफिम फेला परेको थियो।

उनलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवम प्रवक्ता श्यामु अर्यालले जानकारी दिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौँ। सङ्घीय सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म आयोजना गर्ने सगरमाथा संवादको पूर्वतयारीका रूपमा हिमाली संवाद आयोजना गरिँदै छ । यही वैशाख ९ र १० गते जुम्लाको खलङ्गामा हुने हिमाली संवादमा कर्णालीका बालबालिका र सीमान्तकृत समूहहरूको समस्या उठाइने छ ।

सगरमाथा संवादको सचिवालयसँगको समन्वयमा सेभ द चिल्ड्रेन, युथ एलाइन्स फर इन्भायरोन्मेन्ट ९वाइएई०, कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (क्रिडाक) लगायत विकास साझेदारसँगको सहयोग र सहकार्यमा हिमाली संवाद हुन लागेको हो । यसमा सीमान्तीकरणबाट प्रभावित बालबालिका, युवा र हिमाली समुदायहरूलाई अनुभव आदानप्रदान गर्न, आफ्ना विशेष आवश्यकताहरू व्यक्त गर्न र बाल–संवेदनशील जलवायु समाधानका लागि वकालत गर्न मञ्च प्रदान गर्नेछ ।

स्थानीय मुद्दाहरूलाई राष्ट्रिय मञ्चहरूसँग जोड्दै, हिमाली संवादले हिमाली समुदायहरूभित्र एक प्रमुख मञ्चका रूपमा काम गर्ने वाइएइका अध्यक्ष सनोत अधिकारीले जानकारी दिए । “सगरमाथा संवादको बृहत् एजेन्डा ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ सँग मेल खाने गरी राष्ट्रिय र अन्तरराष्ट्रिय नीतिगत वार्ताहरूमा समुदायका आवश्यकताहरूको अर्थपूर्ण एकीकरणका लागि बालबालिका र युवाका लागि स्थान र आवाज उठाइनेछ”, उनले भने ।

हिमाली संवादका मुख्य उद्देश्यहरू बालबालिका र युवाको आवाजलाई बुलन्द गर्ने, उमेर–संवेदनशील जलवायु नीतिहरूको वकालत गर्ने, स्थानीय वास्तविकताहरूलाई विश्वव्यापी जलवायु ढाँचाहरूसँग जोड्ने र सफल समुदाय–नेतृत्वका जलवायु पहलहरू प्रदर्शन गर्ने रहेका छन् ।

संवादमा कर्णाली प्रदेशका हिमाली समुदायका बालबालिका, आदिवासी र सीमान्तकृत समुदाय, महिला र किशोरी, हिमाली क्षेत्रमा कार्यरत नागरिक समाज सङ्गठन, विकास साझेदार, संयुक्त राष्ट्रसङ्घीय निकाय, सरकारीतर्फका सहभागी, स्थानीय सरकारका प्रतिनिधि र नीति निर्माता, प्रदेश र सङ्घीय सरकारबाट प्रतिनिधित्व गरी करिब एक सय ५० जनाको सहभागिता रहने छ । जलवायु परिवर्तन र वातावरणीय ह्रासले बालबालिका तथा हिमाली क्षेत्र जोखिमपूर्ण बन्दै गएको विज्ञ बताउँछन् ।

वातावरणीय क्षति र उत्सर्जनमा नगण्य योगदान गरे तापनि, यी क्षेत्रका बालबालिकाले यसका विनाशकारी परिणामहरूको सबैभन्दा बढी मार खेपिरहेका छन् । नेपालका हिमाली समुदायहरूमा, बालबालिकाहरूले जलवायु परिवर्तनका चरम मौसमी घटनाहरू, वायूप्रदूषण र पानीजन्य रोगहरूको सामना गरिरहेका छन्, जसले उनीहरूको जीवन रक्षा, शिक्षा, संरक्षण र समग्र कल्याणमा असर पारिरहेको छ । त्यस्ता प्रभावित समुदायको न्यायका लागि आवाज बुलन्द गर्न हिमाली संवाद आयोजना गर्न लागिएको क्रिडाकका कार्यकारी निर्देशक गोविन्दबहादुर शाहीले जानकारी दिए।

विसं २०७८ को जनगणना अनुसार मुलुकको कूल जनसङ्ख्याको ३३ दशमलव आठ प्रतिशत बालबालिका छन् । नेपाल भूगोल र सामाजिक–आर्थिक चुनौतीहरूका कारण विश्वका सबैभन्दा जलवायु जोखिमयुक्त देशहरूमध्ये एक हो । हिमाली क्षेत्रहरूमा जलवायु परिवर्तनका असरहरू झनै गम्भीर छन् । मौसममा परिवर्तन, हिमनदी पग्लनु र पानीको आपूर्ति घट्नुले पहिरो, बाढी र खडेरीजस्ता विपद्हरूको आवृत्ति बढाउँछ ।

पछिल्ला केही दशकमा नेपालले जलवायुजन्य घटनाहरू बढ्दै गएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला विपद्मा सेती बाढी, जुरे पहिरो, मेलम्ची बाढी, कर्णाली÷पश्चिम तराई पहिरोरबाढी, थामे बाढी पहिरो र काठमाडौँ उपत्यका बाढीलगायत रहेका छन् ।

कर्णाली क्षेत्रले बढ्दो खडेरी र चरम पानीको अभावको सामना गरिरहेको छ, जसले कृषि उत्पादकत्व घटाएको छ । यी चुनौतीहरूले जीविकोपार्जनलाई गम्भीर रूपमा कमजोर बनाएका छन् । बसाइँसराइ, कुपोषण, शिक्षामा अवरोध र बालविवाहमा योगदान पु¥याएका छन्, जसले बालबालिकामा दीर्घकालीन प्रभावहरूलाई बढाउँदै लगेको क्रिडाकका कार्यकारी निर्देशक शाहीले बताए।


सामाग्री श्रोत :

सगरमाथा संवादको तयारीका लागि हिमाली संवाद गरिँदै

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले सूचना प्रविधि (आईटी) सम्बन्धी विभिन्न पदमा प्राविधिक कर्मचारी माग गरेको छ । आइतबार सार्वजनिक सूचना प्रकाशित गर्दै बैंकले अफिसर तथा असिस्टेन्ट तहका लागि दरखास्त आह्वान गरेको हो ।

बैंकको इन्टिग्रेटेड रिस्क र सूचना प्रविधि विभाग अन्तर्गत सूचना सुरक्षा विश्लेषक (Information Security Analyst), डेटा साइन्टिस्ट (Data Scientist), डेटा इञ्जिनियर/विश्लेषक (Data Engineer/Data Analyst) र रिपोर्टिङ विश्लेषक/बीआई ड्यासबोर्ड डेभलपर (Reporting Analyst/BI Dashboard Developer) पदमा योग्य उम्मेदवारहरूबाट आवेदन माग गरिएको छ ।

अफिसर तहका लागि आवेदकको उमेर ४० वर्षभन्दा बढी नहुने र कम्तीमा दुई वर्ष बैंकिङ वा वित्तीय संस्थामा काम गरेको अनुभव अनिवार्य गरिएको छ । असिस्टेन्ट तहका लागि भने ३५ वर्ष उमेर सीमा तोकिएको छ र कम्तीमा एक वर्ष सम्बन्धित क्षेत्रमा अनुभव हुनुपर्ने उल्लेख छ ।

शैक्षिक योग्यता अनुसार सबै पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्प्युटर साइन्स, सूचना प्रविधि वा सो सरह विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने छ ।

इच्छुक उम्मेदवारहरूले बैंकको आधिकारिक वेबसाइट career.gibl.com.np मा गएर आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम मिति वैशाख १३ गते तोकिएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ७, २०८२ १४:२१





सामाग्री श्रोत :
टेक पाना

दमौली – डुम्रे–बेँसीसहर खण्डअन्तर्गतको भानु नगरपालिका–१० कालीमाटीमा आज माइक्रोबस र स्कुटर ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।

डुम्रेबाट लमजुङतर्फ जाँदै गरेको बा२ख ४०२२ नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आउँदै गरेको ग२६प ४०५८ नम्बरको स्कुटर आपसमा ठोक्किँदा माइक्रोमा सवार एक र स्कुटरमा सवार एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।

Ncell 2
Ncell 2

मृतकको सनाखत हुन बाँकी छ। माइक्रोबसमा सवार पुरुषको लमजुङमा र स्कुटरमा सवार महिलाको दमौली अस्पतालमा मृत्यु भएको थापाले बताए।

shivam cement
shivam cement

उनका अनुसार गम्भीर घाइते भएका स्कुटर चालकलाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको छ। माइक्रोबस चालक सिन्धुपाल्चोकका मानबहादुर घलेलाई नियन्त्रणमा लिइएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। नेपाल राष्ट्र बैंकको गभर्नर बन्न डा.गुणाकर भट्टको योग्यता नै नपुगेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन हेर्न नभ्याइनेमा परेको छ।

अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले गभर्नर डा.भट्टको योग्यता नपुग्ने दाबीसहित शुक्रबार रिट दायर गरेका थिए। उक्त रिटको पेशी न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा तोकिएको थियो।

नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच डा.भट्टलाई गभर्नर बनाउने सहमति भएको थियो। सोही सहमतिअनुरुप डा.भट्टले नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट राजीनामा दिइसकेका छन्। गभर्नर नियुक्ति थप पेचिलो बन्दै गएको छ।

गभर्नर नियुक्तिबारे संशोधित मापदण्ड तत्काल कार्यान्वयन नगर्न, नगराउन सर्वोच्चले अन्तरिम अल्पकालीन आदेश पनि जारी गरिसकेको छ।


सामाग्री श्रोत :

गभर्नर बन्न डा.भट्टको योग्यता नपुग्ने दाबीसहित दायर भएको रिट हेर्न नभ्याइनेमा

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट