२०८३ बैशाख ३१ बिहीबार
२०८३ बैशाख ३१ बिहीबार

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले तोकिएकै समयमा कक्षा १२ को वार्षिक परीक्षा हुने बताएको छ । बोर्डको आज बसेको बैठकले परीक्षा नसार्ने निर्णय गरेको हो ।

परीक्षाका विषयमा सम्पूर्ण जिल्लाका परीक्षा समन्वय समिति मार्फत परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ । 

Ncell 2
Ncell 2

शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हडताल गर्दै शिक्षकहरु आन्दोलनरत भएपछि वैशाख ११ गतेदेखि सुरु हुने परीक्षा बारे अन्योल रहेको थियो । चैत्र २० गते देखि शिक्षक आन्दोलन काठमाडौँमा जारी छ ।  

shivam cement
shivam cement

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

मुम्बई। यशराज फिल्म्सबाट रानी मुखर्जीको बहुप्रतिक्षित पुलिस एक्शन थ्रिलर मर्दानीः३ को रिलिज मिति तय भएको छ ।

एशराज फिल्मका अनुसार २०२६ को होलीमा यो फिल्म ठूला पर्दामा आउने कन्फर्म भएको छ। सो स्टुडियोले भयंकर फर्स्ट लुक पोस्टर र आधिकारिक रिलिज मिति घोषणा गरेको छ ।

अभिराज मिनावालाद्वारा निर्देशित हिट फ्रेन्चाइजको तेस्रो किस्ता होली पर्वको एक हप्ता अघि २७ फेब्रुअरी २०२६ मा थिएटरमा जानेछ । फर्स्ट लुक पोस्टरमा रानीलाई बन्दुक समातेर कसैलाई लक्षित गरिएको उग्र लुक देखाइएको छ।

नायिकाले निडर र न्याय संचालित प्रहरी अफिसर एसपी शिवानी शिवाजी रोयको भूमिकालाई दोहोरयाउने छिन्। निर्माताहरूका अनुसार आगामी फिल्म सामान्य चाडपर्वमा रिलिज नभई रानीको चरित्र र भयावह शक्तिहरू बीचको नाटकीय र हिंसात्मक सामना हुने जनाइएको छ ।

 


सामाग्री श्रोत :

मर्दानी ३ मा रानी मुखर्जीको उग्र रूप प्रकट

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७६ औँ वर्षका अवसरमा आज विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज दिउँसो  स्थापना दिवसको अवसरमा विशेष कार्यक्रम गर्न लागिएको एमालेले जनाएको हो ।

Ncell 2
Ncell 2

त्यस अवसरमा नेपाली कम्युनिष्ट आन्दोलनको विकास र विस्तारमा महत्वपूर्ण योगदान गरेका सातजना विशिष्ट व्यक्तित्वहरूलाई कम्युनिष्ट योद्धाका रूपमा सम्मान गर्ने एमालेले जनाएको छ । 

shivam cement
shivam cement

सम्मान हुनेमा लालबहादुर विश्वकर्मा कञ्चनपुर, रत्न शर्मा न्यौपाने मरणोपरान्त, बाचस्पति देवकोटा गोरखा, शान्ता मानवी काठमाडौं सत्यनारायण मण्डल सप्तरी, शोभाराम बस्नेत दाङ, हरिचरण शिवाकोटी झापा छन् । 

त्यस्तै, कार्यक्रममा तत्कालीन नेकपा माले र कोर्डिनेसन केन्द्र निर्माणका क्रममा ३४ जना नेता तथा कार्यकर्ताको संस्मरण समेटिएको ‘सेल्टर’ पुस्तक पनि सार्वजनिक हुने बताइएको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

बनियानी (झापा) । झापाको कनकाई नगरपालिका–४ र ५ हुँदै झापा गाउँपालिका जोड्ने लक्ष्मीमार्ग कालोपत्रको काम सुरु भएको छ ।

स्थानीय, प्रदेश र सङ्घीय सरकारको रु सात करोड ५० लाखको लागतमा करिब पाँच किलोमिटर सडकको कालोपत्रको काम थालिएको हो । कुल ११ किमी लक्ष्मीमार्गको छ किमी सडक कालोपत्र भइसकेको र पाँच किमी सडकको निर्माणकार्य यही वैशाख मसान्तभित्र सम्पन्न गर्नेगरी काम भइरहेको कनकाई–४ का वडाध्यक्ष रोशन सुवेदीले जानकारी दिए।

लक्ष्मीमार्ग कालोपत्र भएपछि पूर्वपश्चिम लोकमार्गसँग कनकाई नगरपालिका–४ र ५ हुँदै झापा गाउँपालिकाको सिधा सम्पर्क हुने उनी बताउँछन् । “लक्ष्मीमार्ग पूर्वपश्चिम लोकमार्गसँग जोड्ने हाम्रो एकमात्र सडक हो”, वडाध्यक्ष सुवेदी भन्छन्, “झापा गाउँपालिका हुँदै भारतीय सीमासम्म यो सडकले जोड्छ ।” थोरै बजेटबाट केही सडकखण्ड कालोपत्र गरिएको बताउँदै उनले प्रदेश र सङ्घीय सरकारले यो वर्ष बजेट उपलब्ध गराएकाले सडक कालोपत्र सम्पन्न हुने क्रममा रहेको बताए । वर्षा सुरु हुनुपूर्व वैशाख मसान्तभित्रै सडक कालोपत्र सम्पन्न हुने उनले विश्वास व्यक्त गरे।

कनकाई नगरपालिकाको एकल रु ६५ लाखको लागतमा सात सय मिटर, प्रदेश सरकार र स्थानीय तहको साझेदारी कनकाई नगरको रु ४५ लाख र कोशी प्रदेश सरकारको रु एक करोड २० लाखको लागतमा एक हजार ३०० मिटर र सङ्घीय सरकारको रु पाँच करोड २० लाखको लागतमा तीन हजार २०० मिटर सडक निर्माण भइरहेको वडाध्यक्ष सुवेदीले बताए।

स्थानीय, प्रदेश र सङ्घीय सरकारले छुट्टाछुट्टै बोलपत्र आह्वान गरी ठेक्का लगाएको यो सडकमा विभिन्न पाँचवटा निर्माण कम्पनीले धामधम काम गरिरहेका छन् । सडक निर्माण भएपछि राजमार्गसँग यहाँका नागरिकको सिधा पहुँच पुग्ने वडाध्यक्ष सुवेदी बताउँछन्। “सडक कालोपत्र नहुँदा यहाँ उत्पादित कृषिजन्य वस्तु बजारसम्म पुर्याउन समस्या थियो, हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने यो सडक बनेपछि कनकाई र झापा गाउँपालिकाका स्थानीयवासी लाभाविन्त हुनेछन्”, वडाध्यक्ष सुवेदीले भने।


सामाग्री श्रोत :

लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र

काठमाडौं – संघीय संसद्अन्तर्गत मंगलबार (आज) तीनवटा संसदीय समितिका बैठक बस्दैछ । प्रतिनिधिसभाको एक र राष्ट्रिय सभाको दुई समितिको बैठक बस्न लागेको हो ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धमा खानेपानी मन्त्रालयबाट भएका कामकारबाही, कार्यप्रगति र अगामी आर्थिक वर्षको बजेट सम्बन्धमा मन्त्रालयको तयारीका विषयमा छलफल हुनेछ । बिहान ११ बजे शुरु हुने बैठकमा खानेपानी मन्त्री प्रदीप यादवसँग छलफल गर्ने कार्यसूची छ ।  

Ncell 2
Ncell 2

त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा संविधान अनुसार बन्न बाँकी कानूनको सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग छलफल गर्ने कार्यसूची रहेको छ । 

shivam cement
shivam cement

राज्यव्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो साढे २ बजेका लागि बोलाइएको छ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि कर्मचारी ट्रेड युनियनसँग छलफल गर्ने कार्यसूची रहेको सचिवालयले जानकारी दिएको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

आजको समाजमा, जहाँ तनाव, चिन्ता र भावनात्मक अशान्ति बढ्दो छ, सम्वेगात्मक वैदिकता अत्यन्तै मूल्यवान साधना हो। वैदिक मार्गदर्शनले मानिसलाई आत्म–ज्ञान, शान्ति, र सम्वेगहरूको नियन्त्रणका माध्यमबाट मानसिक र शारीरिक स्वास्थ्यको सन्तुलन कायम गर्न प्रोत्साहित गरेको छ।

भावनात्मक ज्ञान अरू केही हैन, आफ्नो र अरूको भाव बुझ्न सक्ने कलामात्र हो। यसको प्रथम चरण नै बोली हो। तपाईं के–कसरी बोल्नुहुन्छ, केवल त्यही बुझ्छन्, सुन्ने व्यक्तिले तपाईंको मुटु छामी भाव बुझ्न जाँदैनन्।

जीवनमा सकारात्मक रही परिवर्तनलाई स्वीकार गर्न सक्नुपर्छ। परिवर्तनलाई सहज स्वीकार गर्न सक्ने व्यक्ति जुनसुकै परिस्थितिमा पनि धैर्यवान् र शान्त रहिरहन्छन्। शान्तिको अवस्थामा रिस आउँदैन र अनर्गल वाणी बोल्नबाट बचिन्छ। रिसको बेला मौन बस्न सके रिसको प्रभाव स्वतः धेरै न्यून हुन जान्छ।

धेरै खुसी भएका बेला र धेरै निराश भएको बेला भावनामा नियन्त्रण गर्न सक्नु भनी सिकाउँछ भावनात्मक व्यवस्थापनले।सबै गलत क्रियाकलापको पछाडि आफूमा भएको संवेगलाई नियन्त्रण गर्न नसक्नु नै हो।सबै किसिमका संवेगलाई नियन्त्रण गर्न सक्नु, यसलाई सदुपयोग गर्न सक्नु ठूलो सिप र क्षमता हो।

यही क्षमताले व्यक्तिलाई सफलताको चुलीमा पुर्याउछ। मनोविज्ञानको भाषामा भन्नुपर्दा सुख, दुःख, हाँसो, रोदनआदि संवेग हुन्। यी कुरालाई मानिसले अनुभूति गर्न मात्र सक्छ। सुखको पनि अनुभूति मात्र गर्न सकिन्छ। सुखको अनुभूति गर्न सक्ने मान्छे मात्र जीवनमा हरदम सुखी हुन्छन्। विभिन्न कुराले व्यक्तिलाई उत्तेजित गरेपछि मानिसमा यस्ता संवेगहरु जन्मिन्छन्।

अपेक्षा रिसको जननी हो। हामी अपेक्षा पूरा भयो भने खुसी हुन्छौं, पूरा भएन भने यसले दुःखी र दुःखले निराशा जन्माउँछ। निराशाले रिस उत्पन्न गर्छ र रिसले समस्या सिर्जना गर्न थाल्छ। यी पाँचवटै चरण अपेक्षा, खुसी, दुःख, निराशा र रिसमा हाम्रो नियन्त्रणमा हुन सक्नुपर्‍याे।

भावना हामीबाट सञ्चालित हुन्छन्, हामी भावनाबाट नियन्त्रित हुनु हुँदैन। जीवन कठिन हुँदैन, खासै जिउन नजानेर मात्र कठिन लागेको हो। मृत्यु जीवनमा एकपटक मात्र आए पनि हामीले जीवन हरेक बिहानी पाएका हुन्छौं।डर पनि एक भावमात्र हो। परिस्थिति वा भविष्यलाई लिएर डराउन छोडिदिनुस्। भावनात्मक बुद्धिमताले तनाव व्यवस्थापनमा पनि सञ्जीवनीको भूमिका निर्वाह गर्ने गर्छ।

सफलताको मर्म सबैमा समान रहने भनेको एउटै हो र त्यो हो-सन्तोष र त्यस सन्तोषबाट उत्पन्न भएको खुसी।परिवर्तनलाई सहज स्वीकार गर्न सक्ने व्यक्ति जुनसुकै परिस्थितिमा पनि धैर्यवान् र शान्त रहिरहन्छन्। शान्तिको अवस्थामा रिस आउँदैन र अनर्गल वाणी बोल्नबाट बचिन्छ। रिसको बेला मौन बस्न सके रिसको प्रभाव स्वतः धेरै न्यून हुन जान्छ।

अरूको मनस्थिति, भावना बुझेर व्यवहार गर्दा सम्बन्ध राम्रो बन्छ। संवेगात्मक बुद्धि एवं बलियो हुन्छ। अरूलाई बुझ्न सक्दा नै उनीहरुको सफलता, असफलता, हाँसो, खुशी, दुःखता साथ दिन सकिन्छ। संवेगात्मक बुद्धिले व्यक्तिले प्रदर्शन गरेका सकारात्मक एवं नकारात्मक संवेगलाई व्यवस्थापन गर्न मद्दत गर्दछ।

आफ्नो भावना, आफ्नो संवेगात्मक अवस्थालाई बुझेपछि आफूले आफैँलाई ढाड्स दिने, आफूले आफूलाई उत्प्रेरित गर्न सकिन्छ। आफू भित्रबाट उत्प्रेरित, अभिप्ररित हुन सक्दा मात्र जीवनमा सफलता हात लाग्छ। आफ्नो भावनालाइृ चिन्न नसक्दा जीवनमा कहिल्यै सन्तुष्टि मिल्दैन। आफ्नो संवेगलाई बुझ्न सक्दा व्यक्तिमा हौसला, उत्साह, समर्पण जागेर आउँछ।

सम्वेगात्मक बौद्धिकतामा सक्षम हुनका लागि व्यवहारगत रुपमा शारीरिक र मानसिक तवरले सुदृढ र जागरुक हुनु नितान्त आवश्यक छ। यसको पहिलो चरण नै आफूमा लगानी गरेर वा भनौं आफूलाई समय दिन थालेपछि सुरु हुन्छ।

यसका लागि प्रत्येक दिन व्यायाम र ध्यान आवश्यक छ।चिकित्सा विज्ञानले समेत नियमित व्यायाम शरीरका लागि र नियमित ध्यान एकाग्रता र तनावमुक्त मस्तिष्कको महत्वपूर्ण हो भनी घोषणा गरिसकेको अवस्था छ। एउटा स्वस्थ शरीरमै स्वस्थ मन र मस्तिष्कको बास हुन्छ।

कम्तीमा आधा घण्टा भए पनि प्रत्येक दिन केवल आफूलाई एकान्तमा समय दिने बानी बसाल्नुपर्छ। आफूलाई बुझ्न सकेको व्यक्ति खुस र प्रसन्नचित्त हुन्छन्, नत्र मान्छेकै भीडमा मान्छेले एक्लै महसुस गरेको पनि खुब सुनिन्छ।यस अन्तरालमा खालि आफ्नोबारे चिन्तन गर्न सक्नुपर्छ। आफ्ना गुण–अवगुण, सबल र कमजोर पक्ष सब नियाल्दै त्यसलाई सुधार गर्नेतिर अग्रसर हुन सक्नुपर्छ।

हाम्रो मनको पूरा भए राम्रो र नभए झन् राम्रो किनकि जब हाम्रो मनको चलेन भने सिद्ध हो, ईश्वरको मनको चल्ने हो र ईश्वरको मनको हाम्रो मनको भन्दा जहिले पनि हाम्रो लागि फाइदाजनक नै हुन्छ। रिस उठेको बेला आफ्नो रिसलाई फाइदाजनक हुने काममा मोड्न सक्नुपर्छ।

सही र गलत भाव भन्ने केही हुँदैन, यो व्यक्तिको परिस्थिति र योग्यतामा निर्भर हुन्छ। रिस, ईर्ष्या , प्रेम, मोह आदि भाव आएको बेला त्यस भावमाथि आफ्नो नियन्त्रण हुन सक्नुपर्छ र त्यसलाई काम लाग्ने दिशामा उपयोग गर्नुपर्छ।जतिसक्दो आफूलाई व्यस्त राख्नुपर्छ।

कामको समय कुनै पनि नकारात्मक विचार, जसले हाम्रो कार्यमा मनोबल घटाउने काम गर्छ उक्त विचारबाट टाढा बस्नुपर्छ। कुनै काम, परिस्थितिमा अट्किएको बेला छोड्ने बहाना नगरी अगाडि बढ्दै जानुपर्छ। हामी जसरी अगाडि बढ्दै जान्छौं, काममा वा परिस्थितिमा निर्णायक समाधान स्पष्ट हुँदै जान्छ।

हाम्रो लागि हामीलाई हौसला दिने, मनोबल बढाउने साथी हामी स्वयं नै हो। हाम्रो लागि सर्वश्रेष्ठ मोटिभेसनल स्पिकर हामी स्वयं हुन सक्नुपर्छ।यक्तिले अभिव्यक्त गर्ने भावनात्मक प्रस्तुति संवेगिक क्षमता तथा विवेक हो। यो भावनात्मकतासँग सम्बन्धित हुन्छ।

संवेग व्यक्तिको अद्वितीय क्षमता हो। संवेगले व्यक्तिको कार्यक्षमता, कार्यशैली र उपलब्धिलाई प्रत्यक्ष असर पुर्‍याउँछ। व्यक्तिको सफलता, सुखी र सुखमयजीवनलाई संवेगले निर्धारण गर्छ।

संवेग सकारात्मक र नकारात्मक दुवै किसिमका हुन्छन्। सकारात्मक सन्देशले जीवनमा सफलता मिल्छ भने नकारत्मक संवेगले पीडाको स्थिति सृजित हुन्छ।कतिपय मानसिक रोग लागेका व्यक्तिले संवेगलाई नियन्त्रण गर्न मुस्किल पर्छ।

मेनियाको समस्या भएको व्यक्ति चाँडै उत्तेजित हुने भएकाले यस्तो व्यक्तिलाई आफ्नो संवेग नियन्त्रण गर्न कठिन हुन्छ। सिजोफेनिया जस्तो कडा किसिमको मानसिक रोग लागेका व्यक्तिमा पनि सोच, विचार तथा भावनाको सन्तुलन गर्न कठिन हुन्छ

। त्यसैगरि व्यक्तित्वसम्बन्धी समस्या भएका व्यक्तिमा पनि आफ्नो भावनालाई सन्तुलित राख्न मुस्किल पर्छ। ‘बोर्डरलाइन पर्सनालिटी डिसअर्डर’ जस्तो व्यक्तित्वसम्बन्धी मानसिक समस्या भएका व्यक्तिको भावनाको उतारचढाव हुन्छ।

माया, प्रेम, सुःख, आनन्द सकारात्मक किसिमका संवेग हुन्, भने दुःख, चिन्ता, पीर, रिस, डाहा, इस्र्याजस्ताजस्ता नकारात्मक संवेग हुन्। व्यक्ति खुसी भएको अवस्थामा मस्तिष्कबाट अक्सिटोसिन, डोपामिनजस्ता खुसी दिने हार्मोनको सक्रियता बढ्छ। जसले व्यक्तिको सोच, विचार तथा भावनामा सकारात्मक प्रभाव पार्छ।

जसले व्यक्तिको सकारात्मक संवेग पैदा हुन्छ। त्यसैगरी रिस, लोभ, डाहाजस्ता नकारात्मक संवेगको पैदा भएको अवस्थामा मस्तिष्कबाट तनाव उत्पन्न हुने हार्मोनको सक्रियता बढ्छ। जसले व्यक्तिलाई तनावको स्थितिमा पुर्‍याउँछ।

संवेगात्मक क्षमताको ज्ञान भएका व्यक्तिले सकारात्मक तथा नकारात्मक संवेगलाई व्यवस्थापन गर्न मद्दत गर्छ। आफ्नो भावना, संवेगात्मक अवस्थालाई बुझेपछि आफूले आफैँलाई ढाडस दिने, आफूले आफैँलाई उत्प्रेरित गर्न सकिन्छ। सकारात्मक सोच राखी उत्प्रेरित भएको अवस्थामा सफलता प्राप्त गर्न सकिन्छ।

आफैँले आफ्नो भावना तथा संवेगको मूल्यांकन गर्न सक्नुपर्छ। आफ्नो संवेगको मूल्यांकन गर्न सकेको खण्डमा व्यक्तिलाई सन्तुष्टि मिल्छ। तर आफ्नै भावना चिन्न नसक्दा व्यक्तिलाई दुखःमा पर्दछ। यसमा व्यक्ति सचेत हुन आवश्यक देखिन्छ। आफ्नो संवेग बुझेको खण्डमा व्यक्तिमा हौसला, उत्साह, समर्पण भाव जाग्छ।

जसले व्यक्तिलाई सकारात्मकताको बाटोमा डो¥याउँछ।व्यक्तिले आफूमा भएका संवेगप्रति सचेत भएर त्यसको सही रूपमा व्यवस्थापन गर्न नसकेको अवस्थामा समस्या निम्तिने जोखिम हुन्छ। सकारात्मक किसिमको संवेगले व्यक्तिको मन शान्त तथा आनन्दित हुन्छ।

सकारात्मक संवेगको सोचले व्यक्तिको शारीरिक तथा मानसिक अवस्था पनि तनावरहीत हुने भएकाले व्यक्ति शारीरिक तथा मानसिकरुपमा ऊर्जावान् हुन्छ। जसका कारण व्यक्तिको तिक्ष्ण क्षमताको वृद्धि हुन्छ। संवेग सकारात्मक तथा नकारात्मक दुवै विषयसँग सम्बन्धित हुन्छ, भने आवेग नकारात्मकतासँग सम्बन्धित हुन्छ।

रिस, चिन्ता, इर्ष्या , डाहाजस्ता संवेगलाई सहीरूपमा चिन्न र समाधान गर्न नसकिएको अवस्थामा व्यक्तिको भावनात्मक मात्रै हैन शारीरिक क्षमतामा पनि असर पुग्ने जोखिम हुन्छ। व्यक्तिको सुखद् जीवनका लागि डर, ईर्ष्या , घृणा, क्रोधजस्ता नकारात्मक संवेगलाई नियन्त्रण गरेर दया, माया, प्रेम, सद्भाव सहयोगजस्ता सकारात्मक संवेगको वेगलाई बढाउन आवश्यक हुन्छ।

व्यक्तिको बौद्धिक क्षमता, विवेक, चेतनाजस्ता विषयलाई जाँच्ने कसी भनेको व्यक्तिको संवेगात्मक बौद्धिकता नै हो। व्यक्ति मानसिक रूपमा जतिसुकै बौद्धिक भए पनि त्यस्तो बौद्धिक क्षमतालाई स्वस्थ ढंगले व्यवहारमा अभिव्यक्त गर्न नसकेको अवस्थामा व्यक्तिमा नकारात्मक भावनाको पैदा भई तनावको स्तिथि सृजना हुन्छ।

व्यक्तिले सकारात्मक संवेगलाई व्यवहारमा उतार्न उतिकै आवश्यक देखिन्छ।दुःख, सुखमा नआत्तिनु संवेगलाई नियन्त्रण गर्ने क्षमता हो। संवेगलाई नियन्त्रण गर्न सक्ने क्षमता भएका व्यक्तिलाई कुशल र बौद्धिक क्षमता भएका व्यक्तिका रुपमा चिनिन्छ।

यसको विपरीत व्यक्तिको मस्तिष्कबाट उत्पन्न हुने संवेगलाई नियन्त्रण गर्न नसकी झट्ट रिसाइहाल्ने, रिसले चुर हुने व्यक्ति समाजबाट समेत तिरस्कृत हुनुपर्ने अवस्था उत्पन्न हुन्छ।

संवेग नियन्त्रण गर्न नसक्दा समाज मात्रै हैन पारिवारिक कलहको अवस्था पनि सृजना हुन्छ।संवेगलाई नियन्त्रण गर्न नसकेको अवस्था युगल जोडीबीच मनमुटाव भई सम्बन्ध विच्छेदको जोखिम हुन्छ।संवेग नियन्त्रण गर्न जान्नु जीवनको ओखती बन्छ।

संवेगलाई नियन्त्रण गर्न नसक्दा समाजमा हत्या, हिंसा, लडाइँ झै-झगडा कुटपिटजस्ता घटना घट्ने जोखिम हुन्छ। आफ्नो संवेगलाई नियन्त्रण गर्न नसक्दा व्यक्तिले आफ्नो जीवनमा धेरै दुःख, आरोप, प्रत्यारोप, घृणा र तिरस्कार भोग्नुपर्ने अवस्था हुन्छ।

संवेगलाई नियन्त्रण गरी इश्र्या तथा आवेगलाई नियन्त्रण गर्न सकेको खण्डमा त्यसले जीवनमा सकारात्मक परिणाम नै ल्याउँन सक्दछ। संवेगलाई व्यवस्थापन र सदुपयोग गर्न जान्दा यसबाट ठूलाठूला उपलब्धि हासिल गर्न सकिन्छ।

संवेग उत्पन्न गराउन सक्ने घटना र परिस्थितिलाई शान्त, सूक्ष्म अवलोकन तथा मूल्यांकन गरी संवेगहरुको प्रकृति तथा स्वरूपका बारेमा सचेत हुन आवश्यक छ।संवेगलाई नियन्त्रण गर्न नसक्नु मानसिक अस्वस्थताको संकेत हो।

व्यक्तिले संवेगलाई नियन्त्रण गर्न नसक्दा गलत क्रियाकलाप गर्न पुग्छ। लोभ, लालच, चाँडै धनी हुने लालसाका कारण व्यक्तिले चोरी गर्न पुग्छ। त्यसैगरी व्यक्तिले आफूले भनेजस्तो नभएको अवस्थामा अन्य व्यक्तिलाई गाली गर्ने झगडा गर्नेजस्ता व्यवहार देखाउँछ।

संवेगलाई नियन्त्रण गर्न नसकेको खण्डमा काम बिग्रँदा, दुःख पर्दा व्यक्ति निराश भएर मद्यपान तथा धूमपानको लतमा फस्ने जोखिम हुन्छ।संवेगहरुलाई नियन्त्रण गर्न नसक्ने, क्षणमै रुने, क्षणमै हाँस्ने व्यक्ति कहिल्यै सुखी हुन सक्दैन।

संवेगलाई नियन्त्रण गर्न सक्ने व्यक्तिलाई मात्र परिपक्व मानिन्छ। परिपक्व मानिस मात्र सुखी हुन सक्छ। सुखमा नमात्तिनु, दुःखमा नआत्तिनु संवेग नियन्त्रण गर्ने उपाय हो। ध्यान, तपस्याले पनि मन शान्त हुने भएकाले ध्यान नियमित गर्नु आवश्यक हुन्छ। चेतनशील तथा विवेकशील व्यक्तिले संवेगलाई नियन्त्रण गर्न सक्छ।

सुख, हाँसो, खुसी भावनासँग सम्बन्धित विषय हुन्। धन, सम्पत्ति हुँदैमा खुसी प्राप्त गर्न सकिन्छ नै भन्ने हुन्न। सधैँ सुखी भएर बाँच्न सक्नु पनि संवेग नियन्त्रणको एउटा राम्रो कला हो। त्यो व्यक्ति मात्र जीवनमा सुखी हुन्छ, जसमा मनोवैज्ञानिक तरिकाले बाँच्ने उच्च कला रहेको हुन्छ।

भावनात्मक रूपमा दक्ष व्यक्तिले अरूको भावना बुझ्ने प्रयास हरदम गरिरहेको हुन्छ। अरूलाई धेरै सुन्ने र आफू सकेसम्म कम बोल्ने प्रयास गर्नुपर्छ। यसले अरूको भावना बुझ्न वा भनौं अरूलाई बुझ्न धेरै सहयोग गर्छ।

हामी जति धेरै कम बोल्छौँ, गल्ती बोल्ने सम्भावना पनि उत्तिकै कम हुन्छ र जति कम गलत बौल्छौँ, उति कम समस्यामा फस्छौँ। धेरै सुन्ने बानी बसाल्नुपर्छ। शान्त चित्त र आत्मविश्वासका लागि कम बोल्नुलाई धेरै महत्त्व दिइएको पाइन्छ।अरूलाई सुन्ने कला विकसित गर्न सक्नुपर्छ।

नकारात्मक संवेगलाई नियन्त्रण गरेको खण्डमा व्यक्तिले विपक्षी तथा विरोधीका आरोप तथा आलोचना पनि धैर्य भएर ग्रहण गर्न सक्छ। यस्ता व्यक्ति शालिन पनि हुन्छन्। तर संवेगलाई नियन्त्रण गर्न नसक्दा व्यक्तिले झट्ट प्रतिक्रिया जनाउँछ, यसले कलहको स्थिति सृजना हुन्छ।

आफू बाहेकका व्यक्तिकोे मानसिक अवस्थालाई बुझ्न सक्नु ठूलो उपलब्धि हो। कुनै पनि पेशा-व्यवसाय गर्ने व्यक्तिले अन्य व्यक्तिको भावना तथा संवेगलाई बुझेर व्यवहार गर्न सके व्यक्ति पेशा तथा व्यवसायमा सफल हुन सहयोग मिल्छ।

आफ्नो मात्रै हैन अन्य व्यक्तिको रुचि, इच्छा, भावनात्मक अवस्था, मुडलाई चिन्न र त्यसअनुरूप व्यवहार गर्न सकेको अवस्थामा सफल हुन सकिन्छ। तर संवेगलाई नियन्त्रण गर्न नसकेको अवस्थामा असमझदारी, कलह, वैमनस्यता नै हात लाग्छ।

यसले व्यक्तिलाई मानसिक शान्ति र भावनात्मक सन्तुलनमा केन्द्रित गराउन मद्दत गर्छ, जसले व्यक्तिगत जीवन र समाजमा शान्ति र समृद्धि ल्याउन योगदान पुर्याउँछ।सम्वेगात्मक बौद्धिकताले कुनै व्यक्तिको आफ्ना भावनाहरू व्यवस्थापन गर्न सक्ने योग्यतालाई दर्साउँछ।

संवेगलाई नियन्त्रण तथा सदुपयोग गरेको खण्डमा सफलता हात पार्न सकिन्छ। तर त्यही संवेगलाई नियन्त्रण गर्न नसक्दा संवेग आवेगमा परिणत हुन जान्छ। आवेगले व्यक्तिलाई दुर्घटनाको बाटोमा पुर्‍याउने जोखिम हुन्छ।प्रसिद्ध मनोवैज्ञानिक र शोधकर्ता डानियल गोलमैनले सम्वेगात्मक बौद्धिकतालाई आफ्नै अध्ययन र अनुसन्धानका आधारमा पृथक् दृष्टिकोणका साथ समाजमा उतारेका थिए।

अन्त्यमा,सम्वेगात्मक बौद्धिकताको राम्रो प्रयोगले मानवीय मूल्य, इमान्दारिता, नैतिक दर्शन, नैतिक मूल्य मान्यता, पूर्वीय दर्शन, अध्यात्मवाद, कार्य संस्कृति, कमजोर वर्गप्रति समानुभूति र सहयोगी व्यवहारले सार्वजनिक प्रशासनलाई जवाफदेहि र भ्रष्टाचारमुक्त वनाउन सकिन्छ।

अर्थपूर्ण जीवन जिउने र सार्थक परिणामका लागि काम गर्ने कलाले अध्यात्मवादको माग गर्दछ।यसका लागि सम्वेगात्मक बौद्धिकताको उच्च प्रयोग गर्नु पर्दछ। मानवीय, नैतिक, व्यावसायिक, लोकतान्त्रिक मूल्यहरुको प्रवर्धन गर्दै कानुनी शासन स्थापना गर्न सकेमा हरेक नेपालीले सुशासनको अनुभूति गर्न सक्नेछन्।

सर्वजनिक प्रशासनलाई सक्षम, निष्पक्ष, जवाफदेहि, पारदर्शी, नतिजामुलक वनाउन नैतिक, सामाजिक, आध्यात्मिक, मानवीय र नैतिक मूल्यको कार्यान्वयन गरी मुलुकलाई दिगो शान्ति, विकास र समृद्धितर्फ लम्काउन सम्वेगात्मक बौद्धिकताको कुशल र प्रभावकारी प्रयोग गर्न आवश्यक रहेको छ।

(उप्रेती नेपाल सरकारका उपसचिव हुन्।)


सामाग्री श्रोत :

संवेगात्मक बौद्धिकता र समृद्धि सुशासनमा यसको प्रभाव

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सोमबार रातिको खेलमा गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सविरुद्ध ३९ रनको सानदार जित निकालेको छ । १९९ रनको लक्ष्य पछ्याएको कोलकाताले आठ विकेट गुमाउँदै १५९ रन मात्र बनाउन सक्यो ।

कोलकाताका कप्तान अजिंक्य रहाणेले सर्वाधिक ५० रन बनाए । आन्द्रे रसेल २१, रिन्कु सिंह १७ र सुनील नारायण १४ रनमा आउट हुँदा अंगक्रिस रघुवंशी २७ रनमा नटआउट रहे । गुजरातका प्रशिद्ध कृष्ण र राशिद खानले समान दुईदुई विकेट हात पारे भने मोहम्मद सिराज, इशान्त शर्मा, वासिंटन सुन्दर र साई किशोरले एकएक विकेट लिए ।

Ncell 2
Ncell 2

इडेन गार्डेन्स कोलकातामामा टस हारेर सुरुमा ब्याटिङ थालेको गुजरातले मात्र तीन विकेट गुमाउँदै १९८ रन बनाएको थियो । गुजरातका कप्तान सुभमन गिलले सर्वाधिक ९० रन बनाए । ५५ बलको सामना गरेका उनले १० चौका र तीन छक्का हिर्काए । साई सुदर्शनले ५२ रन बनाउँदा ६ चौका र एक छक्का प्रहार गरे । उसका लागि जोश बटलरले अविजित ४१ रन जोडे ।

shivam cement
shivam cement

कोलकाताका वैभव अरोरा, हर्षित राना र आन्द्रे रसेललले एकएक विकेट हात पारे । यो जितसँगै आठ खेलबाट १२ अंक जोडेको गुजरात शीर्ष स्थानमा छ भने कोलकाताको समान खेलबाट ६ अंक मात्र छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

आजको राशिफल बि.सं २०८२ वैशाख ९ गते मंगलबार, ई.सं २०२५ अप्रिल २२, नेपाल सम्बत ११४५ चाैलागा नवमी, नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख कृष्ण नवमी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, करणः बणिज, योगः शुभ । आज नेपालमा सूर्योदय बिहान ०५ः ३३ मा भएको छ, सूर्यास्त साँझ ०६ः३२ मिनेटमा हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जाैकाे सातु पिएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर १७ मिनेट देखि ८ बजेर ५३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 

मनोरञ्जन र खेलवाडले लक्ष्यप्राप्तिमा कठिनाइ उत्पन्न गर्नेछ, आफ्ना विषयवस्तुमा अरुले अधिकार जमाउन सक्छन् । प्रगतिका निमित्त सचेत र संयम हुनु ठीक हुन्छ । शङ्कालु बानी र विश्वासको कमीले आपसी समन्वय कमजोर बन्नसक्छ । भावनाप्रधान दिन हो, सकेसम्म एकअर्काप्रति समर्पित हुनु बुद्धिमानी हुनेछ । थोरैमात्र प्रयास गर्दा प्रशस्त लाभ उठाउन सकिने राम्रो समय छ, कुनै भौतिक उपकरण वा विलासिताको चिजबीज खरिद गर्न सक्नुहुन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 

कार्ययोजना र व्यवस्थापन पक्षमा समन्वय गरी अघि बढ्दा थप लाभ हुनेछ, अर्काको जिम्मामा काम छाडेर अन्त भुलिने हुँदा काम बिग्रन सक्छ । मान्यजनसँग निकटता बढ्ने वा उहाँहरूलाई आदरभाउ गर्नुपर्ने दिन हो । दाजुभाइ वा माइतीपक्षसँग समेत सम्पर्क गरी भलाकुसारी गर्नु ठीक हुन्छ । दार्शनिकता र चिन्तन प्रति झुकाव बढ्नेछ, कुनै समसामयिक विषयका बारेमा साथीहरूसँग छलफल गर्ने र गम्भीर भएर जानकारी बटुल्ने दिन हो ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) 

निर्णय लिन सक्नुपर्छ, नबन्ने काम पनि बन्नेछन्, व्यक्तित्व विकासमा मद्दत पुग्नेछ, आफन्त र सहकर्मीसँगको सम्बन्धसमेत मजबुत बन्नेछ । विवाद वा मतभेद छ भने पनि समाधानको बाटो पहिल्याउनु होला । गरेको कामको सर्वत्र प्रशंसा हुनेछ, सिनियर स्टाफ र सेवाग्राही दुवै पक्षलाई सन्तुष्ट तुल्याउन सकिने छ । कुनै उपहार वा सम्मान प्राप्त गर्ने सम्भावना छ । मनले चाहेको व्यक्तिबाट कुनै नौलो कुरा सुन्न पाउँदा अझ हर्षित हुने वा कुनै उपहार प्राप्त गरेर दङ्गपर्ने समय हो ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

अत्यन्त सुखभोग गर्न पाइने छ । प्रतिभा, दक्षता र योग्यता प्रदर्शन गर्नाले राम्रो परिणाम प्राप्त हुनेछ । महत्त्वपूर्ण व्यक्तित्व र विद्वान्हरू सम्पर्कमा रहनेछन् । उधारोमा गएको धन वा ऋणकारोबार मुख्य विषय बन्नसक्छ, यद्यपि चिकित्सा क्षेत्र, औषधी, काष्ठ, फर्निचर आदि कारोबार छ भने प्रशस्त लाभ पाउन सक्नुहुन्छ । आफन्त र प्रियजनसँग भेटघाट हुनाले आनन्दित भइने छ, जीवनसाथीलाई प्रसन्न तुल्याउने प्रयास गर्नुहोस्, प्रसन्नतामा अझ बृद्धि हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 

महत्त्वाकाङ्क्षी र आशावादी बन्नु सकारात्मक पक्ष हो, तर खेलवाड र मनोरञ्जनमा भुलिंदा वा कुनै लापरबाहीले भविष्यमा पछुतो मान्ने परिस्थिति बन्नसक्छ । एकाग्रतामा कमी हुने भएकाले कुनै एउटा विषयमा मात्र ध्यान केन्द्रित गर्न सकिंदैन, हेर्दा बाहिरबाट सामान्य झैं देखिनु हुन्छ, तर भित्रबाट मँडारिएको भावनाको बेगलाई कसैले पनि बुझ्न सक्दैनन् । चुनौती र जोखिम झेल्ने समय भएकाले टार्न सकिने ठाउँ छ भने काम स्थगित गरी दिमागी उलझन घटाउनु तथा विश्राम लिनु जाती हुन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 

बौद्धिक सामर्थ्यका आधारमा समान विचारधारा भएका व्यक्तिहरू आकर्षित बन्नेछन्, मित्रताका वा साझेदारीका लागि अनुकूल समय छ । तर आफूभित्रका आवेगलाई नियन्त्रण गर्दै अनुशासनको दायरालाई पालना गर्नु महत्त्वपूर्ण मानिन्छ । पदोन्नति हुने वा विशेष जिम्मेवारी पाउन सकिने समय हो, कामविशेषले कतै काजमा जाने वा देश÷विदेशको यात्रामा निस्कने संयोग जुरेको छ । सबै कार्य योजनानुसार सम्पन्न हुँदै जानेछन्, आपसी समन्वय र आन्तरिक सुख बढ्ने समय छ, पार्टनरसँग सानोतिनो यात्राको कार्यक्रम बन्नसक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 

कारोबारमा राम्रै प्रतिफल प्राप्त हुनेछ, कुनै नयाँ प्रस्ताव वा योजना छ भने साझेदार र प्रतिस्पर्द्धीसँग अन्तक्र्रिया गरी अनुभव बटुल्नु महत्त्वपूर्ण मानिन्छ । घरायसी रमझम र कामधामबाट फुर्सद निकाल्न सकिंदैन, कामकाजी महिलाले कार्यक्षेत्रमा उन्नति गर्नेछन्, तर पनि पारिवारिक जिम्मेबारी बढिरहने समय हो । कुनै नयाँ विषयवस्तु वा प्राविधिक ज्ञानले आकर्षण गरेको समय छ, परिश्रम गर्ने छात्रछात्राले उत्कृष्ट परिणाम प्राप्त गर्नेछन् ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 

आफ्नो क्षेत्रमा साख र इज्जत कमाउने दिन हो, सहयोगीहरूको समेत साथ पाउनाले आत्मबल र हिम्मत पलाउने राम्रो समय छ । शरीर हलुका र मन प्रसन्न रहनेछ, लामो समयदेखि एकान्तमा बसेर भलाकुसारी भएको छैन भने अब निराश हुनुपर्दैन, भेटघाटको अनुकूलता मिल्नेछ । गरिआएको कामधन्दा र पेसामा उन्नति हुने र सम्मान पाउने समय हो । ज्ञान र सीप बढाउने मनसाय बन्नसक्छ, त्यस्तै ठूलाबडा र विद्वान्हरूका साथमा घुलमिल हुने अवसर मिल्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 

पार्टनरको चासो र चिन्तामा मात्र केन्द्रित हुने समय होइन, केही समय आफ्नो मनको खुसी र सुस्वास्थ्यका निम्ति छुट्याएको राम्रो हुन्छ । दायित्व र बोझ बढ्दै गएको आभास हुनेछ, सानो काम भए पनि बढी नै परिश्रम गर्नुपर्ने हुनसक्छ । उता ससाना कुराका कारण सहकर्मीका बीचमा विवाद बढ्ने सम्भावना देखिन्छ । सहयोगीको साथ पाइँदैन, एैनमौकामा बन्नै लागेको काम पनि बिग्रनसक्छ, उता शरीरमा पनि कमजोरी देखिने छ, तथापि कारोबारमा आफैं खटेको जाती हुन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 

सुखद वातावरणमा सुखपूर्ण र आनन्दपूर्वक समय व्यतीत हुनेछ । दाम्पत्यसुख बढ्नेछ, साथीभाइ र मित्रवर्गले पनि साथ दिने समय छ । कला, साहित्य र अभिनयका क्षेत्रमा रुचि बढ्ने दिन हो, तथापि अहिले बाह्य विषयवस्तुमा भन्दा पनि निर्धारित पाठ्यक्रममा ध्यानकेन्द्रित गर्नुपर्ने समय हो । नयाँ मित्रता वा सम्बन्धका बारेमा मन उत्सुक रहने छ, तर कुनै पनि बाचाबन्धन नगर्नु राम्रो हुन्छ । आत्मीय मित्र वा विपरीतलिङ्गी सहकर्मीको साथ पाउनाले चिताएको काममा सफलता मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 

दैनिक कामहरू सजिलै सम्पन्न हुनेछन्, होचोहेला गर्ने र कुरा काट्नेहरू आफै चुप लाग्नेछन्, तथापि झगडा र कलहबाट टाढिएको जाती हुन्छ । प्रतिस्पर्द्धा र परीक्षामा सफलता पाउने दिन हो, तर राम्रो रिजल्टको चाहना छ भने गोप्य ढंगले तैयारी गरेको राम्रो हुन्छ । ताकेको काम सम्पन्न हुनेछ, तर सानातिना विवादको बेवास्ता गर्दै अघि बढ्नुपर्छ । शत्रु र प्रतिद्वन्द्वीसँग सतर्क रहने समय हो, त्यस्तै रिस र घमण्ड बढ्नाले पनि अप्ठ्यारोमा पर्न सकिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) 

मनको कुरो साथीले बुझिदिंदा आपसी सम्बन्धमा विश्वास र भरोसाको वातावरण बन्नेछ, एकान्तमा रमाउँदै भावना आदानप्रदान हुने समय हो । बुद्धिको सही प्रयोग गरी प्रतिष्ठा आर्जन गर्न सकिने राम्रो दिन छ, तर कल्पना र भावनामा मन रुमल्लिन सक्छ । सचेतताका साथमा काममा लागी पर्नु ठीक हुन्छ । सांसारिक सुखप्रतिको झुकाव बढ्नेछ । जुनियर स्टाफको अभावमा कारोवार प्रभावित बन्नसक्छ, तर घरका कनिष्ठ नातेदारको सहयोग लिन सकिने छ ।


सामाग्री श्रोत :

आज मंगलबार, कस्तो छ तपाईंको राशिफल?

काठमाडौँ– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बढ्दो अव्यवस्थित शहरीकरणले विश्वमै समस्या ल्याएको र एसिया तथा प्रशान्त क्षेत्र पनि यसबाट प्रभावित हुनुपरेको बताएकी छिन्।

बैङ्ककमा आजदेखि सुरु संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युएनस्केप) को ८१औँ सत्रको अध्यक्षतापछि दिएको मन्तव्यमा उनले यस क्षेत्रले कैयौँ गम्भीर चुनौतीहरूको सामना गरिरहेको र तीमध्ये अव्यवस्थति शहरीकरण पनि एक रहेको बताइन्।

‘एसिया र प्रशान्त क्षेत्रमा सहनशील र दिगो शहरी विकास’ विषयक सत्रलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री डा राणाले भनिन्, “शहरी क्षेत्रहरू विकास, नवप्रवर्तन र अवसरका इञ्जिन पनि हुन्। तर योजनाविहीन शहरीकरणले धेरै समस्याहरु निम्त्याइरहेको छ। त्यसैले हामीले राम्रोसँग योजनाबद्ध शहरी विकास गर्नुपर्छ।”

उनले वातावरणमैत्री र दिगो शहरी विकासमा जोड दिँदै यसका लागि समावेशी र हरित शहरहरूमा लगानी वृद्धि गर्नुपर्ने बताइन्। शहरहरुबीचको सञ्जाललाई मजबुत बनाउनुपर्ने, जनसाङ्ख्यिक रूपान्तरणका लागि सशक्त योजना बनाउनुपर्ने र विविध स्रोतबाट वित्तीय सहयोगका उपायहरू अपनाउनुपर्नेमा उनले जोड दिइन्।

मन्त्री डा राणाले एसिया तथा प्रशान्त क्षेत्रमा वित्तीय जोखिम र सीमा, दिगो पूर्वाधारका क्षेत्रमा लगानीको अभाव, व्यापारको खण्डीकरण र संरक्षणवादी प्रवृत्ति, ‘डिजिटल डिभाइड’जस्ता समस्या देखिएका बताइन्। उनले डिजिटल डिभाइडका कारण शहरी र ग्रामीण समुदायबीचको सम्बन्धमा ठूलो खाडल पैदा भएकाले यसको सम्बोधन गर्नेतर्फ हामी सबैको ध्यान जानुपर्नेमा जोड दिइन्। परराष्ट्रमन्त्री डा राणाले एसिया र प्रशान्त क्षेत्रको सामाजिक सुरक्षा प्रणाली अझै अपूरो र कमजोर अवस्थामा रहेकाले यसमा विश्वका उत्कृष्ट अभ्यासहरूबाट सिकेर लगानी बढाउनुपर्ने धारणा व्यक्त गरिन्।

Ncell 2
Ncell 2

उनले जलवायुजन्य विपद्को दृष्टिले यस क्षेत्र जोखिममा रहेको उल्लेख गर्दै हाम्रा शहर र समुदायहरू बाढी, खडेरी र चरम मौसमी दुर्घटनाजस्ता जोखिममा रहेका स्पष्ट गरिन्।

परराष्ट्रमन्त्रीले भनिन्, “पानीको स्रोत मात्र नभएर जीविकोपार्जन र सभ्यताको आधारका रुपमा रहेका हाम्रा हिमालयहरू जलवायु परिवर्तनको प्रभावबाट अकल्पनीय रुपमा प्रभावित भइरहेका छन्। त्यसैले जलवायु सहनशीलता तथा पूर्वसूचना प्रणालीमा लगानी बढाउनुपर्ने अहिलेको आवश्यकतालाई मध्यनजर गरी सहयोग र सहकार्यका साथ समस्या समाधानतर्फ जुटौँ।”

वर्तमान अवस्थाको समाधान, भोलिको पुस्ताको भविष्य एवं समग्र पृथ्वीकै सुरक्षालाई सुनिश्चित गर्न नेपालले पनि यस क्षेत्रमा कदम चालिरहेको उनले बताइन्। मन्त्री डा राणाले आगामी ‘मे’मा नेपालले आयोजना गर्न लागेको सगरमाथा संवादमार्फत जलवायु परिवर्तनको अवस्था र यसका चुनौतीको समाधानका लागि पहल गर्ने जानकारी दिइन्।

shivam cement
shivam cement

उनले यी सबैखाले समस्याको समाधानका लागि क्षेत्रीय एकता र सामूहिक सहकार्य आवश्यक रहेकामा जोड दिइन्। उनले भनिन्, “अहिलेको युगमा कुनै पनि मुलुकले यस प्रकारका सबै चुनौतीहरू एक्लै समाधान गर्न सक्दैनन्। हाम्रा सामूहिक प्रयासहरुलाई सार्थक बनाउन क्षेत्रीय सहकार्य अपरिहार्य छ।” नेपाल समावेशी विकास, क्षेत्रीय सहकार्य र संयुक्त राष्ट्रसङ्घका मूल्य मान्यताहरूप्रति सदैव प्रतिबद्ध रहेको उनको भनाइ थियो। रासस

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

सुरेश भट्ट आश्रिन

दोहा। नेपाली दूतावास दोहा कतारका प्रथम सचिव कृशु क्षेत्रीले पासपोर्ट नविकरणमा दूतावासले पहिले भन्दा निकै सहजता प्रदान गरेको बताएका छन्। उनले श्रमिकहरुको सेवा प्रदानमा कुनै कन्जुस्याइँ नगरी कर्मचारीहरुले पासपोर्ट नविकरण र वितरणमा काम गरेको बताएका हुन्।

‘दैनिकजसो आउने गुनासाहरु र दूतावास परिसरमा सयौंको संख्यामा हुने भिडभाड तुलनात्मक रूपमा निकै कम भएको छ’, उनले भने। ‘पासपोर्ट नविकरण गर्न आउने , नयाँ पासपोर्ट लिन आउने र श्रमिकका समस्याहरु लिएर आउनेहरुका कारण सामान्य भिडभाड देखिनु स्वाभाविक हो। दूतावासबाट प्रदान हुने सेवा सुविधामा ढिलाई भएर समयमा काम नभएर होइन।’

क्षेत्री एक दिनमा झण्डै २५० देखि ३०० जना सम्मको पासपोर्ट नविकरणको काम गरेको बताए। टोकन लिएर आफ्नो पालोमा आउनेहरुको काम हुने तर मलाई हतार छ ,भन्दै समय घर्केपछि आउने र आफूलाई प्राथमिकतामा राखिदिन अन्डर टेबल काम गराउन खोज्नेहरुका कारण दूतावासको काममा बाधा पुग्ने गरेको सचिव भोजराज भुसाल बताउँछन्।

नेपाली दूतावास कतारमा बीस वर्षदेखि सेवारत कर्मचारी दिल सुनारले कार्यलय बन्द गर्ने समयमा आउने, दूतावासले काम गरेन भन्दै अफवाह फैलाउने गिरोहहरुका कारणले गर्दा दूतावासको छविमा आँच आएको बताए। उनले समाजका अगुवाइ गर्नेहरुले विहान नौ बजेदेखि मध्याह्न दुई बजेसम्म आउँदा सेवा लिन सकिने र पासपोर्ट लिन चार बजेभित्र आउनुपर्ने कुराको प्रचारप्रसार नगरिदिँदा धेरैले दुख पाएको बताए।


सामाग्री श्रोत :

‘पासपोर्ट नविकरणमा दूतावासले पहिले भन्दा सहजता प्रदान गरेको छ’

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट