

काठमाडौं–काठमाडौं महानगरापलिकाले खुला स्थानमा फोहोर नबाल्न महानगरवासीलाई आग्रह गरेको छ।
प्लास्टिकजन्य फोहरबाट निस्कने धुँवा मानव स्वास्थ्यका लागि हानिकारक हुने भएकाले जथाभावी फोहोर नबाल्न महानगरले आग्रह गरेको हो।
महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख सरीता राईले प्रद्रषित वायुले बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वास र मुटुका रोगीलाई सबैभन्दा बढी हानि गर्ने बताइन्।
महानगरबाट फोहर सङ्कलन गर्न आउने सवारी साधनमा सबै किसिमका फोहर विसर्जन गर्न उनले महानगरवासीलाई अनुरोध गरिन्। उद्योग कलकारखानालाई ‘प्रदूषण नियन्त्रण मापदण्ड,२०८१’ अनुसार गर्न पनि विभाग प्रमुख राईले आग्रह गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- दुई दिन अघि संयुक्त अरब इमिरेट्सको दुबईमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले घोषणा गरेको नेपाली श्रमिकहरुको उपचार तथा मानसिक स्वास्थ्य परामर्शका लागि निर्णय भएको छ।मन्त्री पौडेलले विदेशिएका श्रमिकलाई स्वदेशमा फर्कंदा तथा त्यहीं रहँदा परेका स्वास्थ्य समस्या समाधानका लागि अघि बढाएको योजनाअनुसार काम गर्ने गरी शहीद धर्भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले काम थाल्ने निर्णय गरेको हो । मन्त्री पौडेलले केही दिनभित्रै रोजगारीमा रहेका तथा वैदेशिक रोजगारीबाट फर्किएको स्वास्थ्य रक्षाका लागि निर्णय गर्ने घोषणा गरेका थिए । उनले यसका लागि युएईका स्वास्थ्य विभाग अध्यक्षसँग समेत वार्ता गरेका थिए।केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठका अनुसार अब वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको स्वास्थ्य परीक्षणका लागि केन्द्रले बेग्लै निःशुल्क ओपीडी वार्ड स्थापना गर्ने निर्णय गरेको छ । वैदेशिक रोजगारीबाट फर्केका जोकोहीले केन्द्रमा गएर निःशुल्क परीक्षण गराउन सक्ने उनले बताए।यसैगरी केन्द्रले वैदेशिक रोजगारीमा जानेका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गर्ने अभिमुखिकरण तालिममा नसर्ने रोगसम्बन्धी जानकारी र बच्न अपाउन सकिने उपायबारे जानकारीका लागि विज्ञ चिकिन्त्सक खटाउने भएको छ । वैदेशिक रोजगार बोर्डलाई नसर्ने रोगसम्बन्धी जानकारीमूलक सामग्रीसमेत उपलब्ध गराउने निर्णय केन्द्रले गरेको छ।यसैगरी, विदेशमै रहेका बखत देखिएका स्वास्थ्य समस्या समाधानका लागि बेग्लै हटलाइन नम्बर र सामाजिक सञ्जालबाट परामर्श दिनका लागि ड्युटीमा रहेका मेडिकल अधिकृतलाई धर्मभक्तले खटाउने भएको छ।यसैगरी, वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि वैदेशिक रोजगार विभागबाट अनुरोध आएमा लागत खर्चमा मात्र परीक्षण रिपोर्टसमेत उपलब्ध गराउने निर्णय केन्द्रले गरेको छ।यी निर्णयहरु कार्यान्वयनमा आए पछि वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्यमा निरोधात्मक तथा उपचारात्मक दुवै सुधार हुने भएकाले अहिले देखिएको स्वास्थ्य समस्यामा कमी आउने मन्त्रालयको विश्वास रहेको प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए।‘वैदेशिक रोजगारीमा जानेहरुको स्वास्थ्यमा देखिएका जटिल समस्याबारे जानकार मन्त्रीज्यूले त्यसमा परिवर्तन ल्याउन केही कार्यक्रम ल्याउने सोच्नुभएको थियो,’ उनले भने, ‘अहिले धर्मभक्तमार्फत भएको निर्णयले सकारात्मक योगदान दिनेछ।’
सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सक्षम, इमान्दार र असल भएकैले विद्या भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिनुपरेको हो भन्दै प्रश्न गरेकी छन्।
भट्टराईले सोमबार शिक्षामन्त्रीबाट राजीनामा दिएपछि विभिन्न टिकाटिप्पणी भइरहेको बेला शाक्यले यस्तो प्रश्न गरेकी हुन्। पार्टी अध्यक्ष रहेका प्रधानमन्त्री केपी शर्मा ओलीबाटै असहयोग भएकाले भट्टराईले राजीनामा दिनु परेको उनको भनाइ छ।
‘शिक्षक आन्दोलन चलिराखेको बेला शिक्षामन्त्री भट्टराईले राजीनामा किन दिनुपर्यो?, विद्या भट्टराई सक्षम, इमान्दार, नैतिकता उच्च भएको, एउटा असल नेता भएको कारणले राजीनामा दिनुपरेको हो? उहाँलाई सहयोग किन भएन?,’ उनले प्रश्न गरेकी छन्।
भट्टराईको राजीनामाले उनको नैतिक धरातल कमजोर नभक्ष थप उच्च बनाएको शाक्यले टिप्पणी गरिन्। ‘विद्या! तपाईंको इमान र नैतिकता सबैको लागि सधैँ प्रेरणा बनोस्,’ शाक्यले सामाजिक सञ्जालमा भनेकी छन्।
सामाग्री श्रोत :
‘सक्षम, असल र इमान्दार भएकै कारण विद्याले राजीनामा दिनु परेको हो?’

काठमाडौँ–सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुख विरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाइ हुँदैछ।
न्यायाधीशद्वय महेश शर्मा पौडेल र बालकृष्ण ढकालको इजलासमा एघारौँ नम्बरमा पेसी तोकिएको छ।
अधिवक्ता चन्द्रप्रकाश भुसालले केन्द्र र प्रदेश गरी मुख्यमन्त्री र प्रदेश प्रमुखलाई दोहोरो सुविधा प्रदान गरी आर्थिक अनुशासनको गम्भीर उल्लङ्घन गरेको भन्दै चैत १३ गते रिट निवेदन दर्ता गरेका थिए।
ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं. १८ र वडा नं. २५ भैंसेपाटीमा सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखहरूका लागि २७ रोपनी १२ आनाभन्दा बढी क्षेत्रफलमा अत्यधिक विलासितायुक्त आवास निर्माण गरी दोहोरो सुविधा प्रदान गरिएको छ।
भुसालले दोहोरो सुविधा निषेध गर्ने स्पष्ट कानुनी व्यवस्था गर्न सरकारका नाममा परमादेश जारी अनावश्यक रूपमा लिइएका आवास सुविधाको वित्तीय अडिट गरी राज्य कोषमा फिर्ता गराउन र राज्य स्रोतको सदुपयोग सुनिश्चित गर्दै आर्थिक अनुशासन कायम राख्न सरकारका नाममा परमादेश जारी गर्न रिट निवेदनमा माग गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं सुनको भाउ आज एकैदिन ६ हजार ९०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एकैदिन ६ हजार ९०० रुपैयाँ बढेर १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको हो। अघिल्लो दिन तोलामा १ लाख ९१ हजार रुपैयाँ कारोबार भएको थियो। यसैबीच चाँदीको मूल्य पनि सामान्य बढेर तोलामा १ हजार ९७० रुपैयाँ कायम […]
सामाग्री श्रोत :
काठमाडौँ । फेसबुकका संस्थापक मार्क जुकरबर्गले गुगलले इन्स्टाग्राम किन्न सक्ने डर व्यक्त गरेको गोप्य ईमेल सार्वजनिक भएको छ । अमेरिकी अदालतमा प्रतिस्पर्धा ऐन उल्लङ्घनसम्बन्धी मुद्दाको सुनुवाइ भइरहेका क्रममा संघीय व्यापार आयोग (एफटीसी) ले अदालतमा ती ईमेल प्रस्तुत गरेको हो ।
सन् २०११ र २०१२ मा पठाइएका ती आन्तरिक ईमेलमा जुकरबर्गले इन्स्टाग्राम मोबाइल एपको बजारमा तीव्र रूपमा बढिरहेको र यदि गुगलले यसलाई किन्यो भने आउने केही वर्षमा फेसबुकले प्रदान गरिरहेका जस्तै सेवाहरू सजिलै थप्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।
सार्वजनिक ईमेलहरूमा जुकरबर्गले इन्स्टाग्रामको प्रयोगकर्ता संख्या र फोटो शेयरिङ सुविधामा भइरहेको तीव्र वृद्धिलाई नजिकबाट नियाल्नुपर्ने बताएका छन् ।
जुकरबर्गले २०११ को सेप्टेम्बरमा पठाएको ईमेलमा लेखेका छन्, “यदि इन्स्टाग्रामले मोबाइलमा यस्तै राम्रो गरिरह्यो वा गुगलले उनीहरूलाई किन्यो भने आउँदो केही वर्षमा उनीहरूले सजिलैसँग हाम्रो जस्तै सेवा थप्न सक्छन् । अनि यदि उनीहरूसँग धेरै मानिसहरूको फोटो जम्मा हुँदै गयो भने त्यो हाम्रो लागि ठूलो समस्या बन्छ । अहिले उनीहरू अत्यन्तै छिटो बढिरहेका छन् । जस्तो लाग्छ, हरेक दुई–तीन महिनामा उनीहरूको प्रयोगकर्ता संख्या दोब्बर भइरहेको छ र अहिले नै उनीहरूसँग झण्डै ५० देखि १० लाख प्रयोगकर्ता छन् । जब हामीले राम्रो उत्पादन ल्याउँछौं, धेरै मानिसहरूले हाम्रो सेवा प्रयोग गर्नेछन् र भविष्यका इन्स्टाग्राम प्रयोगकर्ताहरूलाई त्यहाँ जान कुनै कारण नै रहने छैन । तर, अहिलेको गतिमा, हरेक केही महिनाको ढिलाइले उनीहरूको संख्या दोब्बर गराइरहेको छ र हाम्रो लागि स्थिति झन् अप्ठ्यारो बनाइरहेको छ ।”
त्यसअघि सोही वर्षको फेब्रुअरीमा जुकरबर्गले पठाएको ईमेलमा इन्स्टाग्रामको वृद्धिलाई नजिकबाट नियाल्नुपर्ने उल्लेख गरेका थिए । उनले लेखका छन्, “इन्स्टाग्राम छिट्टै बढिरहेको जस्तो देखिन्छ । चार महिनामा उनीहरूका २० लाख प्रयोगकर्ता र दैनिक ३० हजार फोटो अपलोड भएका छन् । यो धेरै हो । हामीले यसलाई नजिकबाट नियाल्नुपर्छ । साथै, स्पष्ट रूपमा ड्रपबक्सको अर्को ठुलो योजना फोटो शेयरिङमा हुनेछ ।”
एफटीसीले अदालतमा पेश गरेको कागजातअनुसार फेसबुकले इन्स्टाग्रामलाई प्रतिस्पर्धीको रूपमा हेर्दै सन् २०१२ मा एक अर्ब अमेरिकी डलरमा किनेको थियो । जुकरबर्गले प्रतिस्पर्धी एपहरू किन्दा कम्तीमा एक-दुई वर्ष समयभित्रै किन्ने र त्यसबिचमा अरू प्रतिस्पर्धीलाई ठुलो स्तरमा पुग्न नदिने योजना बनाएको एफटीसीको आरोप छ ।
अमेरिकी सरकारले मेटामाथि प्रतिस्पर्धा कानुन उल्लङ्घन गर्दै सम्भावित प्रतिस्पर्धीहरूलाई किनेर बजार कब्जा गर्ने रणनीति अपनाएको दाबी गरेको छ । यसपछि एफटीसीले मेटालाई इन्स्टाग्राम र ह्वाट्सएप जस्ता एपहरू बिक्री गर्न लगाउनुपर्ने माग गर्दै मुद्दा दायर गरेको हो ।
यदि एफटीसीका वकिलहरू सफल भएमा अमेरिकी सरकारले मेटालाई इन्स्टाग्राम र ह्वाट्सएप बेचेर उसको व्यवसाय टुक्र्याउन बाध्य पार्न सक्छ ।
-विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा
पछिल्लो अध्यावधिक: बैशाख ९, २०८२ ११:१६
सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य अहिले सम्मकै उच्च बिन्दुमा परेको छ । मंगलबार एकैदिन तोलामा ६ हजार ९०० रुपैयाँ बढेर २ लाख रुपैयाँ नजिक पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ९१ हजार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको हो ।
यसैबिच चाँदीको मूल्य पनि सामान्य बढेको छ । सोमबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
नेपाल जस्तो विकासोन्मुख देशमा मानसिक स्वास्थ्यको अवस्था अझै पनि उपेक्षित क्षेत्रहरूमध्ये एक हो। सामान्य स्वास्थ्य सेवाहरूको पहुँच विस्तार हुँदै जाँदा पनि मानसिक स्वास्थ्य भने अझै पनि छायाँमा परेको छ। यो विषयमा खुला बहसको अभाव, सामाजिक कलंक, जनचेतनाको कमी, र स्रोत-साधनको अभावका कारण मानसिक स्वास्थ्य समस्याहरू गम्भीर बन्दै गइरहेका छन्।नेपालमा मानसिक स्वास्थ्यको अवस्था चिन्ताजनक छ, जसमा विभिन्न सामाजिक, आर्थिक र संरचनात्मक चुनौतीहरू छन्। तथ्यांकहरू अनुसार, देशको कुल जनसंख्याको करिब २० प्रतिशत मानिस कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्याबाट प्रभावित छन्। विशेषगरी, किशोर-किशोरीहरू र प्रजनन उमेरका महिलाहरूमा मानसिक समस्याहरूको दर उच्च छ, जसले आत्महत्याको जोखिम पनि बढाउँछ।नेपाल स्वास्थ्य अनुसन्धान परिषद्द्वारा गरिएको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण २०२० अनुसार, १० प्रतिशत वयस्कले आफ्नो जीवनकालमा कुनै न कुनै समयमा मानसिक स्वास्थ्य समस्या अनुभव गरेका छन्, र हालको समयमा ४.३ प्रतिशत वयस्कमा मानसिक स्वास्थ्य समस्या रहेको पाइएको छ। किशोर-किशोरीहरूमा यो दर ५.२ प्रतिश रहेको छ।मानसिक स्वास्थ्य सेवाको पहुँच अझै पनि सीमित छ। ग्रामीण क्षेत्रमा सेवा अझै कम उपलब्ध छ, र विशेषज्ञ जनशक्तिको अभाव छ। मानसिक स्वास्थ्य सेवामा लगानी न्यून छ, र सामाजिक कलंकका कारण धेरै मानिसहरू उपचार खोज्न हिच्किचाउँछन्। साथै, मानसिक स्वास्थ्य सम्बन्धी जनचेतना अभावले समस्या थप जटिल बनाएको छ। नेपालमा मानसिक स्वास्थ्य सेवा अत्यन्तै सीमित छन्। ग्रामीण क्षेत्रहरूमा त अझ अवस्था दयनीय छ। देशभरिका केही ठूला अस्पतालहरूमा मात्रै मानसिक रोग विशेषज्ञ उपलब्ध छन्। साथै, मानसिक स्वास्थ्य सेवा पाउने व्यक्तिहरूको संख्या अत्यन्त न्यून छ। नेपालको स्वास्थ्य बजेटमा मानसिक स्वास्थ्यका लागि छुट्याइएको अंश १ प्रतिशत भन्दा पनि कम रहेको तथ्यले यसलाई स्पष्ट गर्छ।विश्व स्वास्थ्य संगठनका अनुसार, विश्वभर कुल रोगभारको एक ठूलो हिस्सा मानसिक समस्याले ओगटेको छ। नेपालमा पनि तनाव, चिन्ता, अवसाद, आत्महत्या र लागूऔषध दुर्व्यसन जस्ता समस्याहरू तीव्र गतिमा बढ्दो छन्। विशेषगरी युवाहरू, किशोर-किशोरीहरू र द्वन्द्व प्रभावित समुदायहरूमा मानसिक स्वास्थ्य समस्या गम्भीर बन्दै गएको देखिन्छ।मानसिक स्वास्थ्यको महत्वमानसिक स्वास्थ्य भनेको केवल रोग नहुनु मात्र होइन, व्यक्तिको सोच, भावना र व्यवहार सन्तुलित हुनु पनि हो। मानसिक रूपमा स्वस्थ व्यक्ति आत्मविश्वासी, प्रेरित र निर्णय क्षमतायुक्त हुन्छ, जसले उसलाई व्यक्तिगत, पारिवारिक तथा सामाजिक जीवन सन्तुलित बनाउन मद्दत पुर्याउँछ। मानसिक स्वास्थ्यले व्यक्तिको कार्यक्षमता, उत्पादनशीलता, सम्बन्ध व्यवस्थापन, र संकट समाधान गर्ने क्षमतामा प्रत्यक्ष प्रभाव पार्छ। साथै, राम्रो मानसिक स्वास्थ्यले शारीरिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्दछ, किनभने दीर्घकालीन तनाव वा मानसिक समस्या हुँदा विभिन्न शारीरिक रोगहरू देखा पर्न सक्छन्। त्यसैले मानसिक स्वास्थ्यलाई समग्र स्वास्थ्यको आधार मानिन्छ र यो प्रत्येक व्यक्तिको जीवनमा अत्यन्त महत्वपूर्ण पक्ष हो। मानसिक स्वास्थ्यप्रति सजग भई समयमै उपचार र सहयोग खोज्नु दीर्घकालीन सुखद र सफल जीवनको आधार बन्न सक्छ।नेपालमा मानसिक स्वास्थ्यको अवस्था पछिल्ला वर्षहरूमा चासोको विषय बन्दै गएको छ। मानसिक स्वास्थ्य भनेको केवल रोगको अभाव मात्र होइन, यो समग्र रुपमा शारीरिक, सामाजिक, र भावनात्मक स्वास्थ्यसँग गाँसिएको एक महत्त्वपूर्ण पाटो हो। मानसिक रूपमा स्वस्थ व्यक्ति नै आफैंप्रति सकारात्मक सोच राख्न सक्छ, सम्बन्ध राम्रो बनाउन सक्छ, कठिन परिस्थितिमा निर्णय गर्न सक्छ र सामाजिक रूपमा सक्रिय रहन सक्छ।नेपालजस्तो विकासोन्मुख देशमा बेरोजगारी, गरिबी, प्राकृतिक विपद्, शिक्षा र स्वास्थ्य सेवाको पहुँचको अभाव जस्ता कारणहरूले मानिसहरू मानसिक तनाव, चिन्ता, डिप्रेसनजस्ता समस्याको चपेटामा पर्न थालेका छन्। विशेषतः युवा, महिलाहरू, तथा सवारी दुर्घटना वा प्राकृतिक विपद्को सिकार भएका व्यक्तिहरू मानसिक समस्याको उच्च जोखिममा छन्। यस्तो अवस्थामा मानसिक स्वास्थ्यको संरक्षण अत्यन्तै महत्वपूर्ण छ।सामाजिक लाज, पूर्वाग्रह र गलत धारणाका कारण धेरै मानिसहरू मानसिक समस्या भए पनि गोप्य राख्छन् र उपचार खोज्न हिच्किचाउँछन्। यसले समस्या थप जटिल बनाउँछ। मानसिक समस्याको समयमै पहिचान र उपचार भएमा व्यक्तिले पुनः सामान्य जीवन यापन गर्न सक्ने सम्भावना धेरै हुन्छ।मानसिक स्वास्थ्यलाई प्राथमिक स्वास्थ्य सेवाको अभिन्न अङ्ग बनाइनु, विद्यालय तथा कार्यस्थलहरूमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गरिनु, तथा समुदायमै परामर्शदाताको उपलब्धता सुनिश्चित गरिनु जरुरी छ। साथै, सञ्चार माध्यममार्फत जनचेतना फैलाउनु, मानसिक स्वास्थ्यसम्बन्धी सेवामा लगानी बढाउनु, र सामाजिक समर्थन प्रणाली विकास गर्नु दीर्घकालीन समाधानका आधार हुन्।अन्ततः, मानसिक रूपमा स्वस्थ नागरिकले मात्र आफ्नो परिवार, समाज, र राष्ट्रको समृद्धिमा योगदान दिन सक्छ। त्यसैले, मानसिक स्वास्थ्यलाई प्राथमिकता दिँदै खुला रूपमा छलफल गर्न र सकारात्मक वातावरण निर्माण गर्न हामी सबैले आ–आफ्नो ठाउँबाट प्रयास गर्नु आवश्यक छ।समाधान र सुधारका उपायहरूनेपालमा मानसिक स्वास्थ्यको अवस्थालाई सुधार गर्नका लागि बहुआयामिक प्रयास आवश्यक छ। पहिलो, जनस्तरमा मानसिक स्वास्थ्यप्रति चेतना फैलाउनु अत्यन्त जरुरी छ, जसका लागि विद्यालय, कलेज, समुदाय तथा सञ्चार माध्यममार्फत व्यापक जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ। दोस्रो, मानसिक समस्यालाई लाज वा अपराधको विषय नबनाई स्वाभाविक रूपमा बुझ्ने सामाजिक वातावरण तयार गर्नु आवश्यक छ, जसले गर्दा पीडितहरू खुला रूपमा सहायता खोज्न सकून्। तेस्रो, सरकार र गैरसरकारी संस्थाहरूले ग्रामीण तहसम्म मानसिक स्वास्थ्य सेवा विस्तार गर्नु आवश्यक छ, जसमा तालिम प्राप्त स्वास्थ्यकर्मी, परामर्शदाता र मनोचिकित्सकको पहुँच सुनिश्चित गरिनुपर्छ। साथै, प्राथमिक स्वास्थ्य केन्द्रहरूमा मानसिक स्वास्थ्य सेवा समावेश गरिनु र बजेट वृद्धि गरिनु अत्यावश्यक छ। अन्ततः, परिवार, विद्यालय र कार्यस्थलजस्ता ठाउँहरूमा सहयोगी, सहानुभूतिपूर्ण र समझदारी वातावरण सिर्जना गर्नु मानसिक स्वास्थ्य सुधारको महत्वपूर्ण खम्बा बन्न सक्छ। नेपालमा मानसिक स्वास्थ्य समस्याहरूको समाधान र सुधारका लागि विभिन्न उपायहरू आवश्यक छन्। पहिलो कदम भनेको मानसिक स्वास्थ्य सेवामा पहुँचको वृद्धि गर्नु हो, विशेष गरी ग्रामीण र पहाडी क्षेत्रहरूमा, जहाँ यस सेवाको अभाव छ। साथै, मानसिक स्वास्थ्यको शिक्षा र प्रशिक्षण पनि महत्वपूर्ण छ, जसले व्यक्तिहरूलाई लक्षण पहिचान र समयमै उपचार लिनमा मद्दत पुर्याउँछ। मानसिक स्वास्थ्यसम्बन्धी स्पष्ट र प्रभावकारी नीतिहरूको निर्माण र कार्यान्वयनले पनि ठूलो भूमिका खेल्न सक्छ। यसका साथै, मानसिक स्वास्थ्य सेवाका लागि आवश्यक बजेट र संसाधनको वृद्धि गर्नु पर्छ, जसले गुणस्तरीय सेवाको पहुँचलाई सुनिश्चित गर्दछ।सामाजिक कलंक हटाउनका लागि सार्वजनिक र निजी क्षेत्रको सहकार्य र जनचेतना अभियानको सञ्चालन पनि अत्यन्त महत्वपूर्ण छ। परिवार र समुदायको भूमिका बलियो बनाउँदै, सकारात्मक सहयोग र सहायक वातावरण सृजना गर्न सकिन्छ। अन्ततः, मानसिक स्वास्थ्यसम्बन्धी अनुसन्धान र डेटा संकलनले समस्याको सही मूल्याङ्कन र समाधानका उपायहरूलाई प्रभावकारी बनाउँछ। यी सबै प्रयासहरू मिलेर नेपालमा मानसिक स्वास्थ्यको सुधार र यसको महत्त्वपूर्ण स्थान सुनिश्चित गर्न मद्दत पुर्याउँछन्।(कालाखेती स्वास्थ्य कार्यालय इलाममा बागमती सेवा समाजद्वारा सञ्चालित राष्ट्रिय क्षयरोग कार्यक्रमको जिल्ला कार्यक्रम संयोजक हुन् ।)
सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं। कक्षा १२ को परीक्षाबारे निर्णय गर्न बसेकाे परीक्षा बोर्डको बैठकले परीक्षा सञ्चालन गर्ने निर्णय गरेकाे छ। शिक्षकहरूको निरन्तर आन्दोलनका कारण कक्षा १२ को परीक्षा अन्यौलमा परेपछि बिहान बसेकाे बोर्ड बैठकले परीक्षा नराेक्ने निर्णय लिएकाे हाे।
आजको बैठकले कक्षा १२ को परीक्षा सञ्चालन नराेक्ने निर्णय गरेकाे बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए।
शिक्षक महासंघको आह्वानमा गत २० चैतदेखि सडक आन्दोलनमा रहेका शिक्षकहरूले माइतीघरबानेश्वर सडक खण्डमा प्रदर्शन गरिरहेका छन्, शिक्षा ऐन जारी नभएसम्मका आन्दोलन नरोकिने उनीहरूको भनाइ कायमै रहेकाे बेला बाेर्डले याे निर्णय लिएकाे हाे।
उनीहरू आन्दोलनमा नै रहेको खण्डमा प्लस टुको परिक्षा प्रभावित हुन सक्ने देखिएकाे छ। साथै, शिक्षकहरू माग पूरा नभएसम्म कक्षा १२ को परीक्षामा सहभागी नहुने अडानमा उनीहरू कायमै रहेका छन्।
सामाग्री श्रोत :
काठमाडौँ । आजकल मोबाइल, क्यामेरा, ड्रोन, गेमिङ कन्सोल चलाउने प्रायः सबैलाई मेमोरी कार्ड चाहिन्छ । ठुलाे डेटा स्टोर गर्न, भिडिओ खिच्न, गेम खेल्न मेमोरी कार्डले नै काम गर्छ । तर बजारमा कतिपय नक्कली मेमोरी कार्ड पनि छन्, जसले तपाईँको डेटाको सुरक्षा गर्ने नभइ हराइदिने, बिगारिदिने वा करप्ट गरिदिन सक्छन् ।
धेरैलाई लाग्छ- ‘कार्ड त हेर्दा ठिकै छ नि ! प्याकेट पनि राम्राे छ । ब्राण्डको लोगो छ । अनि साइज पनि लेखिएको छ’ । तर त्यहीँबाट त नक्कली मेमोरी कार्डको खेल सुरु हुन्छ । नक्कली कार्ड बनाउनेहरू यति चलाख भइसकेका छन् कि प्याकेजिङदेखि कार्डको छाप, लेबल, ब्राण्ड सबै नक्कल गरिदिन्छन् । अनि कार्ड भित्र चाहिँ सस्तो वा नकम्मा चिप राखिदिन्छन् ।
धेरैजसो अवस्थामा नक्कली कार्डमा क्षमता बढी देखाइन्छ । जस्तो : १२८ जीबी लेखिएको छ तर भित्र १६ जीबी मात्र काम गर्छ । सुरुमा तपाईंले काम चलाउँदा केही थाहा हुन्न, तर कुनै दिन तपाईँले भिडिओ, फोटो धेरै सेभ गरिसक्नुभयो भने अब कार्ड फुल भयो भन्छ । तर साँचोमा त्यो कार्डले त्यो साइजकै डेटा समात्न सक्दैन । नतिजा ? डेटा करप्ट हुन्छ, हराउँछ वा रेकर्ड नै बन्द हुन्छ ।
धेरैजसो गेम खेल्ने र भिडिओ खिच्नेहरूले त झन् मेमोरी कार्डको स्पिड हेरेर किन्छन् । केही कार्डमा‘Ultra High Speed’ समेत लेखेको पाइन्छ । तर नक्कली कार्डले त्यो स्पिड दिन सक्दैन । ड्रोनले त यस्तै कार्ड पाएपछि फोरके भिडिओ खिच्नै नदिने गर्छ ।
अब कसरी थाहा पाउने त ? सबैभन्दा पहिले त प्याकेट हेर्नुहोस् । ब्राण्डको स्पेलिङ मिल्यो ? लोगो राम्रो छ ? छाप सफा छ ? केही टेडा-मेडा छ भने शंका गरिहाल्नुहोस् । अनि कार्डको साइज पनि मिल्यो कि मिलेन हेर्नुहोस् ।
धातुको भाग (मेटल कन्ट्याक्ट) राम्रोसँग मिलेको छ कि छैन हेर्नुहोस् । धेरै पटक पुनः प्याक गरेर बेचिएको भए कन्ट्याक्ट बिग्रिएको देखिन सक्छ ।
धेरैजसो राम्रा कम्पनीहरूले कार्डमा सिरियल नम्बर राख्छन् । सिरियल नम्बर छैन भने वा अलि अचम्मको देखियो भने नक्कली हुनसक्छ ।
अर्को उपाय चाहिँ कार्डमा ठुलो फाइल राखेर टेस्ट गर्नु हो । सब ठीक छ कि छैन भनेर भिडिओ वा ठुलो डेटा सेभ गरेर त्यसलाई फेरि खोलेर हेर्नुहोस् । कपी गर्दा कतिसम्म राइट हुन्छ भनेर स्पिड पनि हेर्न सकिन्छ ।
सबैभन्दा भरपर्दो उपाय त भनेको कार्ड खरिद गर्दा ब्राण्डको आधिकारिक डिलर वा विश्वसनीय सप्लायर्सबाट मात्र किन्न हो । खासगरी अनलाइन शपिङ गर्दा झन् धेरै होसियार हुनु पर्छ । किनकि सस्तोको लोभमा फसेर नक्कली कार्ड किनियो भने पछि डेटा गयो गयो ।
एउटा राम्रो कुरा के भने अहिले मोबाइल र कम्प्युटरका लागि केही निःशुल्क एप पनि छन्, जसले कार्डको क्षमतादेखि स्पिड टेस्ट गर्छन् । जस्तै : कम्प्युटरका लागि ‘H2testw’ र मोबाइलका लागि ‘True SD Card Capacity’ जस्ता टुलले यस्तो स्पिड टेस्ट गर्छन् । केही नकली कार्डले देखाउने क्षमता बढी हुन्छ तर वास्तविक क्षमता कम हुन्छ ।
यसकारण कार्ड सस्तो पाइयो भनेर खुसी नहोस् । सस्तो वा भारी छुट देखेपछि सोधपुछ नगरी नकिन्नुहोस् ।
सस्तोको लोभले तपाईंको महत्त्वपूर्ण फोटो, भिडिओ र डेटा सधैँका लागि हराउन सक्छ । नक्कली सामानले त तपाईंलाई ढाँट्छ नै, साथसाथै फोन, क्यामेरा, ड्रोन जस्ता तपाईँका डिभाइसलाई समेत बिगार्छ ।
–एन्ड्रोइड पुलिसको सहयोगमा
पछिल्लो अध्यावधिक: बैशाख ९, २०८२ ९:३७
सामाग्री श्रोत :
टेक पाना









