

काठमाडौं – २१औँ दिन देखि काठमाडौँमा जारी शिक्षक आन्दोलन आजबाट थप चर्किने भएको छ । नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन आज ११ बजे देखि २ बजे सम्म गर्ने समय सिमा तोकेको छ । जस अनुसार सम्पूर्ण शिक्षकहरुलाई माइतीघर मण्डला आउन अपिल महासंघले गरेको छ ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलनलाई थप कडा र दरिलो बनाउनको लागि गाउँ गाउँमा भएका साथीलाई काठमाडौं बोलाउन सम्पूर्ण शिक्षकहरुलाई अनुरोध गरेका छन् ।
अध्यक्ष सुवेदीले फेसबुक मार्फत भनेका छन्, ‘गाउँघरमा रहेका आफ्ना साथीलाई काठमाडौं बोलाउनुहोला ताकि निर्णायक घडीमा आन्दोलनमा समाहित भएको गौरव उहाँहरुलाई पनि प्राप्त होस् ।’
महासंघले बिहान ९ बजेदेखि आन्दोलन गर्दै आएकोमा बुधबारदेखि भने बिहान ११ बजेदेखि सुरु गरेर दिउँसो २ बजेसम्म प्रदर्शन गर्ने जानकारी गराएका हुन् ।
विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै महासंघको आह्वानमा देशभरका सामुदायिक विद्यालयका अधिकांश शिक्षक चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । शिक्षक आन्दोलनकै कारण कक्षा १२ को परीक्षा सरकारले वैशाख २१ गतेदेखि गर्नेगरी सारेको छ ।
अध्यक्ष सुवेदीले राष्ट्रिय समितिको मंगलबारको बैठकले आन्दोलनलाई अझ कडा र दरिलो बनाउने निर्णय गरेको जानकारीसमेत गराएका छन् । उनले आजसम्मको प्रदर्शन देखिएको अनुशासन र संयमको सबैले प्रशंसा गरेको भन्दै सदा झैं जुलुशमा सहभागी हुन अनुरोध गरेका छन् ।
उनले महासङ्घले निषेध गरेका कुनै पनि काम नगर्न शिक्षकसँग आग्रह गरेका छन् । बुधबारको आन्दोलनमा राष्ट्रिय समितिको मुख्य ब्यानरपछि क्रमशः सुदूरपश्चिम, कर्णाली, लुम्बिनी गण्डकी, बागमती, मधेश र कोशी प्रदेश बस्ने व्यवस्था गरिएको उनको भनाइ छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- नेपाल जनस्वास्थ्य संघले स्वास्थ्य सेवा र निजामती कर्मचारीको साझा ऐन हुनुपर्ने धारणा राखेको छ। एक विज्ञप्ति जारी गर्दै एउटै ऐन मार्फत् नेपाल सरकारका सम्पूर्ण कर्मचारीलाई व्यवस्थापन गर्नुपर्ने बताएको हो। ‘ हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नयाँ स्वास्थ्य सेवा ऐन निर्माण गर्ने प्रकृयामा रहेको विषय नेपाल जनस्वास्थ्य संघको जानाकारीमा आएको छ। साथै संघीय निजामति ऐन पनि हाल संघीय संसदमा छलफल प्रकृयामा रहेको सन्दर्भमा एउटै ऐन मार्फत नेपाल सरकारका सम्पूर्ण कर्मचारीलाई व्यवस्थापन गर्नुपर्ने यस संघको धारणा रहेकोछ । यस सम्बन्धमा संघको तर्फबाट स्वास्थ्य सेवा ऐन संग सम्बन्धित विषयमा निम्न अनुसारको सुझाव पेश गर्न चाहन्छौं,’ अध्यक्ष कृष्णमान शाक्य हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ। संघले तीन बुँदे सुझाव दिएको छ। पहलो, निजामति सेवा ऐन भित्र स्वास्थ्य सेवालाई समुहकृत तथा लकप्टरीङ गरी समावेश गर्नुपर्ने, दोस्रो स्वास्थ्य सेवाको विशिष्टिकृत प्रकृतिलाई सम्मान गर्दै स्वास्थ्य समुहका कर्मचारीहरुलाई छुट्टै नियमावली बनाई सेवा, सुविधा र शर्तहरुको सुनिश्चित गर्ने र स्वास्थ्यकर्मीहरुको स्तरवृद्धि हुने प्रावधान कायम राख्दै सबै तहरुमा लोकसेवा आयोगबाट जनस्वास्थ्य अधिकृतको पदपूर्ति हुने सुनिश्चित गर्नुपर्ने
सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं। ओस्कार अवार्ड दिने संस्था एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेजले ९८औँ ओस्कार अवार्डका लागि ठूलो परिवर्तन गरेको छ । जस्तो कि, अबदेखि कुनै सदस्यले कुनै विधामा भोट हाल्न चाहेमा उक्त विधामा मनोनित भएका सबै चलचित्र पुरा हेर्नु पर्ने भएको छ ।
यो नियम बाफ्टामा पहिले देखि नै अवस्थित छ र यसको उद्देश्य मतदान जिम्मेवारी र बुद्धिमानीसँग हुने सुनिश्चित गर्नको लागि गरिएको हो । सदस्यहरूले हेरेका चलचित्रहरूको ट्रयाक राख्न ‘एकेडेमी स्क्रिनिङ रुम’ नामक प्लेटफर्म प्रयोग गरिने भएको छ। यो एकेडेमी सदस्यहरूको लागि मात्र हो।
यदि कुनै सदस्यले प्लेटफर्म बाहिर फिल्म हेर्छ, जस्तै फिल्म महोत्सव, स्क्रिनिङ वा निजी कार्यक्रममा उसले कहिले र कहाँ फिल्म हेरेको हो रु भनी लेखिएको फारम भर्नुपर्नेछ। यो नियम यसअघि अन्तर्राष्ट्रिय फिचर र एनिमेटेड सर्टजस्ता केही विशिष्ट श्रेणीमा लागु भईरहेको भए पनि अब सबै विधामा लागु गरिएको छ । अब फाइनल मतपत्रमा फिल्मको नाम मात्र नभई मनोनयनमा परेका व्यक्तिको नाम पनि यस सँगैसँगै दिइने भएको छ।
साथै, ‘एचिभमेन्ट इन कास्टिङ’ नामको नयाँ श्रेणी पनि थपिएको छ। यसमा कास्टिङ डाइरेक्टरको भूमिकाको प्रशंसा हुनेछ । जसअनुसार कास्टिङ शाखाले १० चलचित्र सर्टलिस्ट गर्नेछ । यी चलचित्रहरू ‘बेक अफ’ नामक कार्यक्रममा प्रस्तुत गरिने छन्, जसमा ५ मिनेटको क्लिपका साथै प्रश्न र उत्तरहरू समावेश हुनेछन्। त्यसपछि १० वटै चलचित्र हेरिसकेका सदस्यले ५ मनोनयनमा मतदान गर्नेछन् । अन्तमा सबै एकेडेमी सदस्यहरूले मतदानमा भाग लिन सक्षम हुनेछन्, जसलाई सम्पूर्ण प्रस्तुतिको सम्पादित संस्करण पठाइने भएको छ।
उता, अब ‘उत्कृष्ट सिनेम्याटोग्राफी’ विधामा पनि अग्रिम सर्ट लिस्ट बनाइने भएको छ । जसअनुसार यसमा १० देखि २० फिल्म राखिनेछ । अब सर्टलिस्ट प्रक्रिया लागू हुने गरी कुल १२ प्राविधिक विधा हुने भएका छन् । यो प्रक्रिया उत्पादन डिजाइन, पोशाक डिजाइन र फिल्म सम्पादनमा मात्र अब हुने छैन।
उता, जेनेरेटिभ एआई सम्बन्धी पहिलो पटक एकेडमीले नियम बनाएको छ । नयाँ नियमअनुसार फिल्ममा एआई वा डिजिटल टुल प्रयोग गरिएको भए नोमिनेशनमा न त फाइदा हुन्छ, न नोक्सान । फिल्ममा कलाकारले कति वास्तविक काम गरेको छ भन्ने आधारमा निर्णय हुनेछ ।
आगामी सिजनका लागि केही महत्त्वपूर्ण मितिहरू तय गरिएका छन्, सेप्टेम्बर १० र १३ नोभेम्बर। यी मितिहरू फिल्म कहिले रिलिज हुन्छ भन्नेमा निर्भर हुनेछ र त्यसको आधारमा उत्कृष्ट चलचित्रको विधामा यसको प्रवेश तय हुनेछ। ओस्कार अवार्डको ९८ औं समारोह मार्च १५, २०२६ मा हुनेछ।
सामाग्री श्रोत :
ओस्कारमा गरियो परिवर्तनः निर्णायकले अब पुरै फिल्म हेर्नु पर्ने देखी एआइ नियमसम्म

नवलपरासी – सुक्खा पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–बुटवल सडक दुईतर्फी सञ्चालनमा आएको छ ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने क्षेत्रमा मङ्गलबार दिउँसो सुक्खा पहिरो खसेर अवरुद्ध भएको सडक आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार सुक्खा पहिरो खसिरहेका कारण आवतजावत रोकेर पहिरो पन्साइएको थियो । सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन बाटोमा अलपत्र परेका थिए । हाल दाउन्ने खण्डमा राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म सवारी आवागमन रोकेर सडक विस्तार भइरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
युरिक एसिड रगतमा नभई नहुने महत्वपूर्ण तत्व हो। यसले शरीरमा ‘एन्टी अक्सिडेन्ट’को काम गर्छ। तर, युरिक एसिडको मात्रा चाहिनेभन्दा बढी भएमा यसले जोर्नीहरुमा समस्या ल्याउँछ र ‘गाउट’ भन्ने रोग लाग्छ। युरिक एसिडलाई एक प्रकारको बाथरोगका रुपमा बुझ्न सकिन्छ। यसले जोर्नीहरुमा अत्याधिक दुखाइ गराउँछ। रगतमा युरिक एसिड बन्ने र युरिक एसिड पिसाबबाट बाहिर निस्किने प्रक्रियामा गडबडी भयो भने रगतमा पर्याप्त मात्रामा युरिक एसिड घुल्न पाउँदैन र विस्तारै गाउटको रुप लिन्छ। एउटा स्वस्थ मानिसमा युरिक एसिडको मात्रा ६ दशमलब ८ एमजी/डिएल हुनुपर्छ। जसलाई गाउट वा युरिक एसिडको समस्या छ त्यस्ता व्यक्तिमा युरिक एसिडको मात्रा ५ एमजी/डिएलभन्दा कम राख्नुपर्ने हुन्छ।कुनै व्यक्तिमा युरिक एसिड बढी देखिए पनि जोर्नीको दुखाइ नहुन सक्छ। यस्ता व्यक्तिलाई गाउट नभएर ‘हाइपरयुरेसिमिया’ भएको हुन सक्छ। त्यसले जोर्नीमा असर गर्दैन। जसलाई युरिक एसिड भएकै कारण जोर्नी (खुट्टाको बुढी औँला र आसपास) मा दुख्छ, त्यो गाउट हो भनेर बुझ्नुपर्छ। युरिक एसिडबाट हुने बाथरोग नै गाउट हो। यो वंशाणुगत समस्या पनि हुन्छ। यसलाई दुई तरिकाले हेर्न सकिन्छ।दीर्घकालीन गाउट: यो कडा खालको जोर्नी दुख्ने समस्या हो। लामो समयसम्म युरिक एसिडको समस्या हुनेहरु दीर्घकालीन गाउटका बिरामी हुन्। यस्तो अवस्थाका बिरामीलाई औषधि खाँदा केही समय निको हुने र पछि फेरि बल्झिने र जोर्नीहरुमा अत्याधिक दुखाइ हुने गर्छ। प्रायःजसो ६ महिना वा वर्ष दिनभन्दा बढी युरिक एसिडको समस्या भएकाहरुलाई गाउटको दीर्घरोगीका रुपमा लिन सकिन्छ। यस्तो समस्या भएकाहरुमा दुखेको जोर्नी माथिबाट ‘टोफाइ’ भन्ने सानो कमलो मासुको डल्लो जस्तो देखा पर्छ। यस्तो समस्या भएकालाई खुट्टाको बुढी औँला र आसपासमा मात्र होइन शरीरका अन्य जोर्नीमा पनि दुखेको महसुस हुन्छ।एक्युट: तुरुन्तै खुट्टाका जोर्नीहरु रातो भएर सुन्निनु वा अचानक दुख्नु एक्युटको लक्षण हो। छुँदा पनि दुख्ने र हिँड्न असहज हुने यस्तो समस्या भएकाहरुले औषधि खाँदा वा खानपिनमा नियन्त्रण गर्दा सन्चो हुन्छ। यो समस्या मध्यपान र धूमपान गर्नेलाई बढी देखिन्छ।सामान्यतया जोर्नी दुख्दैमा गाउट भएको भन्न मिल्दैन। जोर्नी दुख्ने विभिन्न कारण हुन्छन्। गाउट भए/नभएको जान्नका लागि जोर्नी दुखेको वा सुन्निएको ठाँउबाट पानी झिकेर जाँच गराउनुपर्छ। जाँच गराउँदा जोर्नीहरुमा सुइको टुप्पो जस्तो आकार भएका साना-साना ‘क्रिस्टल’हरु देखा परेपछि गाउट भएको थाहा पाउन सकिन्छ।कसरी हुन्छ युरिक एसिड?युरिक एसिड पहिलो पटक खुट्टाको बुढी औँला र त्यसको आसपासको जोर्नीहरुबाट दुख्न सुरु हुन्छ। यसलाई ‘मेटाटार्सल जोइन्ट’ भनिन्छ। प्रायः राति सुतेको बेला जोर्नीहरु अत्याधिक दुख्ने गर्छ र बिहान उठ्दा सुन्निएको हुन्छ। सुरुसुरुमा खुट्टाको बुढी औँलामा मात्र हुने दुखाइ समयमा उपचार नहुँदा अन्य ठूला जोर्नीहरुमा पनि सर्न थाल्छ। युरिक एसिड भएको थाहा नपाएकाहरुलाई रातो मासुको अधिक प्रयोग र मध्यपान सेवन गर्दा एक्कासी बुढी औँलाको जोर्नी सुन्निने र दुख्ने समस्या आउँछ। युरिक एसिडको समस्या महिनावारी नरोकिएका महिलालाई भने निकै कम मात्रामा देखिन्छ। महिनावारी हुँदा निस्कने हर्मोनले जोर्नी दुख्ने समस्यालाई कम गराउँछ।खाना पूरै बार्नेभन्दा सन्तुलित भोजन जरुरीयुरिक एसिडको समस्या भएकाहरुलाई प्रायः मुख बार्नुपर्छ भनेर बुझाइन्छ र अधिकांशले त्यसै गर्छन्। तर, यो बुझाइ नै गलत छ। युरिक एसिडको समस्या भएकाहरुले गेडागुडी, रातोमासु, काउली खानै नहुने होइन, खान सक्छन् तर त्यसको मात्रा मिलाएर खान सक्नुपर्छ। एकैचोटि धेरै होइन कि थोरै-थोरै गरेर खान सकिन्छ। यस्तै, चिकित्सकको परामर्श अनुसार औषधिको नियमित प्रयोग गरेमा खाना बार्नुपर्दैन। तर, यस्तो समस्या भएकाहरुले धूमपान र मध्यपान भने गर्नु हुँदैन। अमिलो हालेको, खाँदेको वा गालेको अचार, तामा जस्ता खानेकुरा चाहिँ बार्नुपर्छ।यस्ता खानेकुराले युरिक एसिडको दर बढाउँछ। युरिक एसिड ‘प्युरिन मेटाबोलिजम’को गडबडीले हुने भएकाले प्युरिन तत्व भएका खानेकुरा (जस्तै: फूलगोभी, च्याउ, पालुङ्गो, गेडागुडी आदि) कम खानुपर्छ। यस्तै, गुलियो पदार्थले पनि युरिक एसिड बढाउँछ। यस्तै, सामुद्रिक खानाले पनि युरिक एसिडको मात्रा बढाउँछ। क्यान्सर र पिसाब लगाउने औषधिको अत्याधिक प्रयोगले पनि युरिक एसिडको मात्रा ह्वात्तै बढाउँछ।युरिक एसिडको समस्या भएका वा गाउटका बिरामीले दूधजन्य पदार्थ भने ढुक्कले खाँदा हुन्छ। यस्ता पदार्थले कुनै बिगार गर्दैन। युरिक एसिडको समस्या प्रायः ३० वर्ष नाघेकाहरुमा बढी देखिन्छ। क्यान्सर, मुटुरोग र मिर्गौला रोगीहरुमा युरिक एसिडको समस्या आउन सक्छ। ट्युमरका कोषहरु टुक्रेर पनि युरिक एसिड बन्छ। त्यस्तै उच्च रक्तचाप चिनीरोग र मोटोपना धेरै भएकाहरुमा पनि युरिक एसिडको समस्या आउन सक्छ। एकचोटि युरिक एसिडले दुखेको जोर्नी फेरि नदुख्न पनि सक्छ तर प्रायः दुईदेखि ६ महिनाभित्रमा फेरि दुखाइ सुरु हुन्छ।लक्षण- खुट्टाको बुढी औँला र आसपासका जोर्नीहरु सुन्निनु।- जोर्नी राति बढी दुख्नु।- दुखाइ सहनै नसक्ने हुनु।- लामो सयम युरिक एसिडको समस्या भएकालाई घुँडा, कुइनो लगायतका जोर्नीहरुमा पनि दुख्नु।- ज्वरो आउनु, आदि।असरयुरिक एसिड बढेमा वा गाउटको समयमै उपचार नभएमा मिर्गौलामा असर पार्न सक्छ। यसले मिर्गौला फेल बनाउन सक्छ र मिर्गौलामा पत्थरी हुनसक्छ। गाउटले जोर्नीहरुमा ‘डिफर्मेसन’ (जस्तैः खुट्टाको बुढी औँला र जोर्नीहरुको आकार वा स्वरुप बिग्रनु) ल्यादिन्छ। युरिक एसिडले विस्तारै मुटुमा पनि असर पुर्याउँछ। यस्तै, शरीरका विभिन्न अंगमा जटिल समस्या ल्याइदिन सक्छ।बच्ने उपाय१. नियमित व्यायम गर्ने।२. पर्याप्त मात्रामा पानी पिउने। तर, मुटुका बिरामीले भने पानीको मात्रा चिकित्सकको सल्लाह अनुसार पिउनुपर्छ।३. धूमपान र मध्यपानबाट टाढै बस्ने।४. प्युरिन तत्व बढी हुने रातो मासु, गेडागुडी, गालेको अचार, फुलगोभी, च्याउ, पालुङ्गोको सेवन कम गर्ने।५. गुलियो पदार्थ वा यस्ता अन्य पेय पदार्थको प्रयोग कम गर्ने।६. शरीरको वजन घटाउने।७. नियमित औषधिको प्रयोग गर्ने।८. समय-समयमा चिकित्सकको परामर्श लिने।
सामाग्री श्रोत :
swasthyakhabar

पाँचथर। पाँचथरको हिलिहाङ गाउँपालिका–१ मा अवस्थित श्री अमरपुर माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धि, प्रविधिमैत्री शिक्षाको विस्तार र पूर्वाधार विकासका लागि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ-२०८२ सुरु गरेको छ। विद्यालय प्राङ्गणमा वैशाख ६ गतेदेखि सुरु भएको महायज्ञ वैशाख १३ गतेसम्म सञ्चालन हुनेछ।
पूर्व मन्त्री प्रेमराज आङदेम्बेको पहलमा वि.सं. २०१६ सालमा ‘आदर्श प्रेम मिडिल स्कुल’को रुपमा स्थापना भएको विद्यालयले हाल कक्षा १२ सम्म पठनपाठन गराउँदै आएको छ।
विद्यालयले अंग्रेजी माध्यमका आवासीय कक्षाहरू सञ्चालन गर्दै व्यवस्थापन विषयसहितको कक्षा १२ सम्मको अध्यापन सुनिश्चित गर्न र विद्यार्थीहरूलाई अन्यत्र जान नपर्ने वातावरण तयार पार्न दिगो कोष स्थापना गर्नका लागि महायज्ञको आयोजना गरेको हो।
विद्यालयका प्रधानाध्यापक डम्मरबहादुर कार्की र व्यवस्थापन समिति अध्यक्ष भवानीप्रसाद लिङ्देनले महायज्ञमार्फत संकलित आर्थिक तथा सामाजिक सहयोगले विद्यालयको भौतिक पूर्वाधार, प्रविधि शिक्षाको विस्तार, अंग्रेजी माध्यम कक्षाहरूको स्थायी सञ्चालन तथा गुणस्तरीय शिक्षाको पहुँच अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।
विद्यालयमा हाल कक्षा ३ सम्म अंग्रेजी माध्यममा पढाइ भइरहेको छ भने कक्षा ११/१२ मा मानविकी, शिक्षा र व्यवस्थापन विषयहरू सञ्चालनमा छन्।
विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरू विपन्न वर्गका रहेका छन्। ग्रामीण क्षेत्रबाट शिक्षा प्राप्तिका लागि शहर जान नसक्ने अवस्था भएका विद्यार्थीलाई लक्षित गर्दै विद्यालयले गुणस्तरीय शिक्षाको दिगो स्रोत सुनिश्चित गर्न महायज्ञ आयोजना गरेको हो।
महायज्ञको पहिलो दिन वैशाख ६ गते बिहान ९ बजे कलश शोभायात्रा तथा दिउँसो १ बजे उद्घाटन, मण्डप पूजन र पूर्वाङ्ग कार्यक्रम सम्पन्न भएको छ। वैशाख ७ गतेदेखि १३ गतेसम्म दैनिक पूजा, पाठपारायण, कथा वाचन, भजनकीर्तन, झाँकी प्रदर्शन र ज्ञानमञ्च कार्यक्रम सञ्चालन भइरहेका छन्।
भागवत कथा वाचन प्रसिद्ध पण्डितहरू राजेन्द्र ढकाल, मेघराज भण्डारी र डम्बर भण्डारीले गरिरहेका छन्। साथै, रुद्राभिषेक तथा हवन कार्यक्रम पनि निरन्तर सञ्चालन भइरहेको छ।
महायज्ञमा दिवंगत संस्थापक, शिक्षक, विद्यार्थी तथा सरोकारवालाहरूको आत्माको शान्तिको कामनार्थ दीप प्रज्वलन गरिएको छ। साथै, समापन समारोहसम्म प्रत्येक दिन दाताहरूको सम्मान, पूर्व शिक्षक तथा विद्यार्थीहरूको अभिनन्दन कार्यक्रम पनि सञ्चालन हुने आयोजक समितिले जनाएको छ।
विद्यालयबाट हजारौं विद्यार्थीहरू दीक्षित भई राज्यका विभिन्न तह र क्षेत्रहरूमा पुगी नेतृत्व गरिसकेका छन्। उक्त विद्यालयका पूर्व विद्यार्थीहरू हाल देश–विदेशका विभिन्न स्थानहरूमा विविध जिम्मेवारी सम्हाल्दै आएका छन्।
यही पृष्ठभूमिमा, विद्यालय परिवारले देश–विदेशमा रहेका सम्पूर्ण पूर्व विद्यार्थीहरू तथा अभिभावकहरूलाई अभियान सफल पार्न सहयोग गर्न अपिल गरेको छ।
आर्थिक सहयोग गर्न इच्छुक व्यक्तिहरूले हिमालयन बैंक लिमिटेड, हिलिहाङ शाखामा Shree Amarpur Ma. Vi. – Puran Akshay Ko को नाममा रहेको खाता नं. 26351311420025 मा रकम जम्मा गरी सहयोग गर्न सक्नेछन्।
विद्यालय परिवारले आसपासका पालिका र जिल्लाहरूबाट समाजसेवी, व्यवसायी, राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी, पत्रकार, धर्मानुरागी तथा सम्पूर्ण शुभेच्छुकहरूलाई परिवार सहित महायज्ञमा उपस्थित भई कार्यक्रम सफल बनाउन आग्रह गरेको छ।
महायज्ञको समापन वैशाख १३ गते विशेष समारोहका साथ गरिनेछ।
सामाग्री श्रोत :
शैक्षिक रूपान्तरण र पूर्वाधार विकासका लागि पाँचथरको अमरपुर माविमा महायज्ञ सुरु

काठमाडौं – इन्डियन प्रियिमयर लिग (आईपीएल)मा दिल्ली क्यापिटलले लखनउ सुपर जायन्ट्सलाई आठ विकेटले हराएको छ । यो संगै दिल्लीको प्ले अफ प्रवेशको सम्भावना बलियो बनाएको छ । १६० रनको लक्ष्य पाएको दिल्लीले १३ बल बाँकी रहँदा दुई विकेटको क्षतिमा १६१ रन बनाएको हो ।
दिल्लीका लागि लोकेश राहुल (केएल)ले ५७ रन बनाए । ४२ बलको सामना गरेका उनले तीन चौका र तीन छक्का प्रहार गरे । उनले कप्तान अक्षर पटेलसँग मिलेर तेस्रो विकेटका लागि ५९ रनको साझेदारी गरे । पटेलले २० बलमा ३४ रन जोडे । प्रारम्भिक ब्याटर अभिषेक पोरेलले ५१ रन जोडे । लखनउका आइडन म्याक्रमले दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले ६ विकेटको क्षतिमा १५९ रन बनाएको थियो । पहिलो १० ओभरमा ८७ रन बनाउँदै १ विकेट गुमाएको लखनउलाई कम योगफलमा सीमित गर्ने क्रममा दिल्लीका मुकेश कुमारले चार ओभरमा ३३ रन खर्चेर चार विकेट लिए ।
लखनउका म्याक्रमले ३३ बलमा ५२ रज जोडे । मिचेल मार्सले ३६ बलमा ४५ रनको योगदान गरे । आयुश बडानीले २१ बलमा ३६ रन बनाए । सातौँ क्रममा झरेका ब्याट्सम्यान ऋषभ पन्त दुई बलमा कुनै रन नजोड्दै आउट भए । उनले पारीको अन्तिम दुई बल सामना गरेका हुन् । दिल्ली ८ खेलमा १२ अङ्कसहित दोस्रो स्थानमा छ भने लखनउ ९ खेलमा १० अङ्कसहित पाँचौँ स्थानमा छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको आँशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ। दिउँसो कोशी प्रदेशमा र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। […]
सामाग्री श्रोत :

काठमाडौं–डा. भगवान कोइरालाले स्थापना गरेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआईओसीएच)लाई महिला सशक्तिकरण र समतामूलक समाज निर्माणको वकालत गर्दै आएकी प्रमिला आचार्य रिजालले एक करोड रुपैयाँ दिएकी छन्।
आचार्यले सोमबार उक्त रकमको चेक केआईओसीएचका संस्थापक डा कोइरालालाई प्रदान गरेकी हुन्।
शहरी गरिब, दुर्गम क्षेत्रका बालबालिका र अन्य विपन्न समुदायमा विशेष ध्यान केन्द्रित गर्दै सेवा दिँदै आएको उक्त संस्थाको अभियानमा सहयोग पुगोस भनेर आचार्यले एक करोड नेपाली रुपैयाँको चेक कोइरालालाई हस्तान्तरण गरेकी हुन्।
सकारात्मक सामाजिक परिवर्तनका लागि नागरिकहरु पनि जिम्मेवार बन्नुपर्छ भनेर उक्त रकम सहयोग वापत उपलब्ध गराएको आचार्यले बताएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

सिरहा। सिरहाबाट पेस्तोलसहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले सोमबार बरियारपट्टी गाउँपालिका–१ मा गरेको चेकको क्रममा बिना नम्बर प्लेटको मोटरसाइकलमा भारततर्फ जाँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए।
उनका अनुसार पक्राउ पर्नेमा मोटरसाइकल चालक भारत मधुवनीका १९ वर्षीय राजीव सिंह र सोही मोटरसाइकलको पछाडी सवार १९ वर्षीय प्रिन्स सिंह रहेका छन्। प्रहरीले प्रिन्सको साथबाट सानो कटुवा पेस्तोल कम्मरमा भिरेको अवस्थामा एक थान र सो को गोली एक थान बरामद गरेको छ। उनीहरूलाई नियन्त्रणमा लिएर जिल्ला अदालत सिरहाबाट आज पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सामाग्री श्रोत :









