२०८३ बैशाख ३१ बिहीबार
२०८३ बैशाख ३१ बिहीबार

काठमाडौं- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा मंगल रावलले मेडिकल कलेज सञ्चालक सांसद् डा सुनिल शर्मालाई प्रश्न गरेका छन्। बुधबारको पत्रकार सम्मेलनमा डा शर्माले डा रावलसँगै नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिल कार्कीलाई ‘अन्तर्राष्ट्रिय दलाल’ भन्दै आरोप लगाएका थिए।उक्त विषयमा जवाफ दिँदै रावलले भने,  ‘सांसद् जस्तो जिम्मेवार पदमा रहेको व्यक्तिबाट यो तहको अभिव्यक्तिको अपेक्षा थिएन। तर, उहाँले आरोप लगाइसकेपछि मेरो प्रश्न छ- विदेशबाट कर्णालीमा डाक्टर पढ्न ल्याउने अन्तर्राष्ट्रिय दलाल कि चिनमा नेपाली विद्यार्थी पठाउने?’डा शर्माले नेपालमा मेडिकल कलेजको स्वामित्व लिनुअघि चिकित्सा पढ्न चाहने नेपाली विद्यार्थी चिन पठाउने कार्य गरेको कुरालाई उनले स्मरण गराएका हुन्। डा रावल उपकुलपति रहेकै बेला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पठन/पाठन सुरु भएको थियो। उनकै पालामा तीनजना भारतीय विद्यार्थी चिकित्सा शास्त्र अध्ययन गर्न त्यहाँ आइपुगेका छन्। त्यसैगरी नेपाल चिकित्सक संघका अध्यक्ष डा कार्कीले प्रमाणित गर्न चुनौती दिएका छन्। संघले जारी गरेको बिज्ञप्तिमा भनिएकव छ,  ‘समस्याको समाधान गर्न जिम्मेवार हुनुपर्ने भन्दा यस संस्थाका पदाधिकारी र संस्थालाई तुच्छ शब्द प्रयोग गरी कपोकल्पित आरोप लगाई भ्रम छर्ने काम गर्ने एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेजका पदाधिकारीको कार्यको घोर भत्सर्ना गर्दछौं। साथै आरोप पुष्टि गर्न पनि खुल्ला चुनौती दिन चाहन्छौं।’
सामाग्री श्रोत :
swasthyakhabar

किमाथाङ्का । उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी भोटखोला सडकखण्ड सञ्चालन भएको छ । पहिरो हटाउपछि अवरुद्ध यातायात झण्डै १० घण्टापछि सञ्चालनमा आएको छ।

आज बिहान ६:३० बजे अविरल वर्षासँगै आएको बाढीले उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी भोटखोला सडकखण्डको मकालु गाउँपालिका–३ आलफाट्टेमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।

खाँदबारी–भोटखोला सडकखण्डको मकालु गाउँपालिका–३ आलफाट्टेमा स्काभेटर पहिरो हटाएपछि आज दिउँसो ४ बजेदेखि सडक सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिए।

उत्तर दक्षिण कोशी सडक कार्यालयको स्काभेटरको सहयोगमा पहिरो हटाएर सडक सञ्चालन गरिएको प्रहरी निरीक्षक श्रेष्ठले बताए। रातभरको वर्षापछि आएको बाढीले खाँदबारी–भोटखोला सडक खण्डको कच्ची सडक बगाएको थियो।

सो क्षेत्रमा लगातार पहिरो खसिरहने भएका कारण बेलाबेला राजमार्गको भोटखोला सडकखण्ड अवरुद्ध हुने गरेको छ। भोटखोलाका लागि सदरमुकाम खाँदबारीबाट दैनिक एक दर्जनभन्दा बढी साना तथा ठूला सवारीसाधन आवतजावत गर्ने गरेका छन्।


सामाग्री श्रोत :

पहिरोले अवरुद्ध उत्तर दक्षिण कोशी राजमार्ग १० घण्टापछि सञ्चालन

काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेड राष्ट्रिय भुक्तानी प्रणाली अन्तर्गतको एनपीएस- नेसनल कार्ड स्विच (NPS-NCS) तथा नेपालपे कार्डमा आवद्ध भएको छ । यस सम्बन्धमा बैंक र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) बिच हालै सम्झौता भएको हो ।

सम्झौतापत्रमा बैंकका महाप्रबन्धक अमृत चरण श्रेष्ठ र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । एनसीएचएलले हालै एनपीएस-एनसीएसको पूर्वाधार तयार भएको घोषणा गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई नेपालपे कार्ड इस्यु तथा अक्वायर गर्न आग्रह गरेसँगै प्राइम बैंकले सहभागिता जनाएको हो ।

अब बैंकले नेपालपे कार्ड ग्राहकलाई वितरण गर्न सक्नेछ भने उक्त कार्डमार्फत कारोबारको स्विचिङ्ग र सेटलमेन्ट एनपीएस-एनसीएस मार्फत हुनेछ । यसले डोमेस्टिक कार्ड कारोबारको लागत घटाउनुका साथै डेटा लोकलाइजेसनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

देशभर १९३ शाखा र १३७ एटीएममार्फत सेवा दिँदै आएको प्राइम बैंकले डिजिटल कार्ड प्रणालीमा थप उन्नति गर्ने विश्वास व्यक्त गरेको छ ।

के हो डोमेस्टिक कार्ड स्किम (नेपाल पे कार्ड) ?

एटीएममा पैसा झिक्न जाँदा सम्पूर्ण विवरण प्रविष्ट गरिसकेपछि पैसा निस्किन केही समय लाग्छ । त्यो समय के को लागेको होला ? हाल नेपालका बैंक तथा वित्तीय संस्थाहरूले अन्तर्राष्ट्रिय कार्ड उपलब्ध गराइरहेका छन् । यसले गर्दा तपाईं एटीएममा गएर पैसा झिक्दा केही समय लाग्छ अन्तर्राष्ट्रिय डेटा राउटिङका कारण ।

अर्थात् तपाईंले पैसा प्राप्त गर्नुभन्दा अगाडिको जुन ५-६ सेकेन्ड समय छ, त्यो समयमा तपाईंले प्रविष्ट गरेको डेटा तपाईंको बैंक हुँदै तपाईंले बोकेको कार्डको डेटा सर्भर भएको देशसम्म पुगेर फर्कन्छ । जसले गर्दा पैसा निस्किन समय लाग्छ । यो प्रक्रिया अन्तर्राष्ट्रिय कार्ड स्किमभित्र पर्दछ ।

अब यही प्रक्रियालाई डोमेस्टिक कार्ड स्किमको रूपमा बुझ्दा, हामीले एटीएममा गएर आफ्नो विवरण प्रविष्ट गरिसकेपछि जुन डेटा विदेश घुमेर आउँथ्यो, अब त्यो नेपालभित्रै एनसीएचएलको सर्भरमा घुम्नेछ ।

अर्थात्, नेपालको डेटा नेपालमै रहनेछ । अर्को कुरा, यो स्किम अन्तर्गत तपाईंले कुनै एउटा बैंकको एटीएम अन्य बैंकको एटीएमहरूमा पनि प्रयोग गर्न सक्नुहुनेछ । जसरी अहिले आफ्नो बैंकको कार्ड अन्य बैंकको एटीएममा पनि प्रयोग गरिरहनु भएको छ । सोही अनुरूप यो कार्ड पनि सम्पूर्ण नेपाली बैंकहरूको नेटवर्कमा काम गर्नेछ । त्यसैले पनि यसलाई डोमेस्टिक कार्ड स्किम भनिन्छ ।

यस प्रणालीको महत्त्वपूर्ण पक्ष भनेको, यसअन्तर्गत हुने कारोबारको डेटा स्थानीय स्तरमै नियन्त्रण हुनु हो । यही अवधारणा अनुरूप नेपाल पे कार्ड तयार गरिएको हो । राउटिङ, क्लियरिङ र सेटलमेन्ट नेपालभित्र नै हुनेछ । यसलाई विश्वस्तरमा हेर्ने हो भने हाल छिमेकी देश भारतसँगै विश्वका विभिन्न देशले अन्तर्राष्ट्रिय कारोबारको सुविधासहित डोमेस्टिक कार्ड स्किम सञ्चालन गरिरहेका छन् ।

नेपाल पे कार्डले केके काम गर्छ ? 

अहिले हामीले जसरी हाम्रो बैंकहरूबाट डेबिट वा क्रेडिट कार्ड पाउँछौं, त्यसैगरी नेपाल पे कार्ड पनि डेबिट, क्रेडिट, प्रिपेड र भर्चुअल कार्डका रूपमा उपलब्ध हुनेछ । यसमा अनलाइन भुक्तानीदेखि लिएर अन्तरआबद्ध भएका बैंकको एटीएमबाट पैसा झिक्न पनि मिल्नेछ ।

हाल यो सुरुवाती चरणमा नै भएकाले, देशभित्र मात्र यो कार्ड प्रयोग गर्न सकिनेछ । तर, यसलाई अन्तर्राष्ट्रिय स्तरमा पनि प्रयोगमा ल्याउनका लागि काम भइरहेको एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत प्रधान बताउँछन् । यस्तै, छिट्टै नै नेपाल पे डलर कार्डका लागि पनि काम भइरहेको उनको भनाइ छ । 

पछिल्लो अध्यावधिक: बैशाख १०, २०८२ १९:२८





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ — भारतको जम्मु–कश्मीरस्थित पहलगाममा मंगलबार भएको आक्रमणमा मृत्यु भएका नेपाली सुदीप न्यौपानेको शव नेपाल ल्याउने प्रक्रिया सुरू भएको छ । नयाँदिल्लीस्थित नेपाली दूतावासका अनुसार उनको शव दिल्ली-लखनऊ हुँदै आजै मध्यरातसम्ममा बुटवल ल्याइने भएको हो ।

बुटवल उपमहानगरपालिका–१४ का २७ वर्षीय सुदीप न्यौपानेको जम्मू-कश्मीरको पहलगाममा मंगलबार आतंककारीले गरेको आक्रमणमा मृत्यु भएको थियो । दूतावासका अनुसार मृतक र उनीसँगै रहेका ४ जनालाई साँझ ५ बजेको उडानमा श्रीनगरबाट विमानमार्फत नयाँदिल्ली ल्याइँदैछ ।

Ncell 2
Ncell 2

दूतावासका कन्सुलर सन्जिव शर्माका अनुसार दिल्लीबाट राति साढे ९ बजेको उडानमार्फत उनीहरूलाई लखनऊस्थित विमानस्थल पुर्‍याइनेछ । उनका अनुसार उक्त विमान राति १०:४० मा लखनऊ विमानस्थलमा अवतरण हुनेछ । त्यहाँबाट भारतीय सुरक्षा निकायले नेपालस्थित सीमासम्म ल्याएर नेपाली अधिकारीको जिम्मा लगाउने योजना तय भएको छ । त्यसपछि शव परिवारजनको जिम्मा लगाइनेछ ।

shivam cement
shivam cement

आतंकवादी आक्रमणमा सुदीपसहित २७ जनाको ज्यान गएको छ । मारिनेमध्ये संयुक्त अरब इमिरेट्सका एक नागरिकसँगै भारतीय राज्य उत्तरप्रदेश, गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडू र ओडिसका पर्यटक छन् । जम्मू–कश्मीरमा सन् २०१९ को पुलवामा आक्रमणपछि यो सबैभन्दा ठूलो आक्रमण हो । त्यसबेला सीआरपीएफका ४० जवान मारिएका थिए । पहलगाम आक्रमणपछि भारतका अन्य सहरहरूमा पनि उच्च सतर्कता अपनाइएको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं- निर्वाह भत्ताको विषयलाई लिएर निजी मेडिकल कलेजले विभिन्न विकल्पमा आफू छलफल गर्न तयार रहेको बताएका छन्। अहिलेकै शुल्कमा पोष्ट ग्र्याजुएट (पीजी) पढाउन नसकिने बताएका छन्। काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै उनीहरुले लिइने शुल्क  र लाग्ने खर्चको वासलात देखाउँदै  ४८ हजार ७ सय ३७ रुपैयाँ दिँदा आफूले जम्मा १६ हजार १७ रुपैयाँमा पाउने बताए। कार्यक्रममा निजी मेडिकल कलेजका तर्फबाट कुरा राख्दै एशोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेजका अध्यक्ष डा ज्ञानेन्द्रमान सिंह कार्कीले समस्या बल्झाउनु भन्दा समाधानतिर लाग्नुपर्ने बताए।  त्यसका लागि सरकारी सरह सञ्चालन खर्च दिने वा युजीको सिट र दुवै तहको शुल्क परिमार्जन हुनुपर्ने धारणा उनले राखेका हुन्। आफ्नो सहमति बिना निर्वाह भत्ता ४८ हजार ७ सय ३७ रुपैयाँ दिने निर्णय भएको पनि उनले बताए। उक्त निर्णय आगामी शैक्षिक सत्रदेखि मात्रै लागु हुने समेत प्रस्ट पारेका छन्। उनले भने,  ‘कुनैपनि निर्णय भुतप्रभावी नहुने हुँदा आगामी शैक्षिक सत्रदेखि उक्त नियम लागु हुने हाम्रो बुझाइ थियो र कतिपय कार्यदलका सदस्यले अहिले पढिरहेका चिकित्सकका हकमा लागु हुने बताइरहनु देखिन्छ । कतिपय सदस्यज्यूहरुले अहिले पढिरहेका पीजीका विद्यार्थीका हकमा पनि लागु हुनुपर्ने कुरा उठाउनुभएको थियो। तर, हामीले त्यहीबेला नै आपत्ति जनाएका थियौं । निर्णय लेखिने बेला केही शब्द फरक परेको विषयमा हामीले १७ औं बैठक बस्नुअघि र बैठकका क्रममा उठाएका थियौं र निर्णय आगामी शैक्षिक सत्रबाट सुरु हुने कुरा प्रस्ट भइसकेको छ।’ उनले आगामी शैक्षिक सत्रमा पनि यथास्थितिमा यो निर्णय कार्यान्वयन गर्न नसकिने बताए। मेडिकल कलेजको पूर्वाधारको विकास, सञ्चालन खर्च, मुद्रास्फिति अनुसार सिट संख्या र  समयानुकुल शुल्क परिमार्जन हुनुपर्ने उनीहरुको भनाइ छ। ‘तर चिकित्सा शिक्षा आयोग गठन भएपछि तोकिएको शुल्क  र सिट संख्यामै हामीले झन्डै ९ वर्षदेखि सेवा दिँदै आएका छौं । त्यसैले अब त्यस विषयमा समेत छलफल गर्ने बेला भएकाले सिट र शुल्क परिमार्जनका लागि १८ औं बैठकले कार्यदल बनाएको छ । जसले केही दिनभित्र प्रतिवेदन पेश गर्नेछ । आगामी वैशाख १५ गतेको बैठकले प्रतिवेदन उपर छलफल गरेर थप अगाडि बढाउने कुरा यसअघिको बैठकबाटै तय भइसकेको छ,’ निजी मेडिकल कलेको बिज्ञप्तिमा भनिएको छ।आफूहरुले युजी (एमबीबीएस/बीडीएस)को स्टाइपेन्ड र शुल्क परिमार्जन तथा पीजीका विद्यार्थीको स्टाइपेन्ड मिक्स गरेर नहेरेको बताउँदै समस्याहरु समग्रमा टुंग्याउनुपर्ने बताएको प्रस्ट पारेका छन्। ‘यी फरक विषय हुन् तर पीजीको स्टाइपेन्ड बढाउने निर्णय भइरहँदा युजीको सिट र शुल्क समेत समयानुकुल हुनुपर्ने कुरा उठेको हो। जसलाई प्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीले स्वभाविक रुपमा लिनुभएर शिक्षा मन्त्रालयका सचिव डा दिपक काफ्लेको संयोजकत्वमा  कार्यदल गठन गर्नुभएको हो,’ अध्यक्ष डा कार्कीले भने। युजीको सिट र दुवैको शुल्क समयानुकुल हुने अवस्थामा १६ औं बैठकमा निर्णय भएको भनिएको सरकारी आठौं तह बराबर निर्वाह भत्ता आफूहरुले दिन सक्ने संकेत उनीहरुले गरेका छन्। उक्न निर्णय कार्यान्वयनको अर्को विकल्प समेत उनीहरुले सुझाएका छन्। उपाध्यक्ष डा बुद्धिमान श्रेष्ठले सरकारी सरह शुल्कको ५० प्रतिशत सञ्चालन खर्च निजी मेडिकल कलेजलाई पनि दिइनुपर्ने उल्लेख गरे। उनले थपे,  ‘सरकारले एक पीजीको विद्यार्थी बराबर ११ लाख रुपैयाँ दिन्छ । हामीले मासिक २० हजारका दरले ७ लाख ८० हजार दिन्छौं।’अहिले गठन भएको कार्यदलको कार्यादेश भनेको अधिकतम सिट संख्या र शुल्क कतिसम्म  तोक्न सकिन्छ भन्ने निर्धारण गर्ने रहेको आफूहरुले बुझेको बताए।  उनले भने,  ‘सिट निर्धारण गर्दा आयोगले तोकिएका मापदण्ड हेर्नेछ। यदि मापदण्ड पूरा भयो भने बढाउन पनि सक्छ । तर, अधिकतम सिट तय गर्दा हामी त्यो तहसम्म पुग्नका लागि हाम्रो भौतिक पूर्वाधार, जनशक्तिलगायतको विकासका लागि निरन्तर सक्रिय रहन्छौं भन्ने हाम्रो बुझाइ छ।’आवासीय चिकित्सकहरुले आफ्नो श्रम शोषण गरेको आरोप लगाइरहेका बेला त्यस्तो नरहेको निजी मेडिकल कलेजले प्रस्ट पारेका छन्। विश्वविद्यालयको पाठ्यक्रमअनुसार मात्रै उनीहरुलाई काम लगाइएको उल्लेख गरे।  आफूले काममा लगाउने भन्दा पनि उनीहरुले ज्ञानसीपका लागि आफूलाई सहभागी गराउने बताए। बिदा पनि युनिभर्सिटीले तोकेअनुसार पाइरहेको निजी मेडिकल कलेज सञ्चालकको दाबी छ।नोबेल र काठमाडौं मेडिकल कलेजका सञ्चालक तथा सांसद् डा सुनिल शर्माले नेपाल चिकित्सक संघ नेतृत्व र त्यसको नेतृत्वमा पुग्न चाहनेले ‘डर्टी पोलिटिक्स’ गरिरहेको बताए। उनले भने,  ‘एनएमएका लागि डर्टी पोलिटिक्स हुन्छ। कांग्रेस र एमालेका पक्षधर डाक्टरहरुले कुनै न कुनै फन्डा निकाल्छन्।’
सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं । यहाँको तारकेश्वर नगरपालिका–५ मुड्खु चेकपोष्ट नजिकै मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ।

बा ५७ प ६१६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार तारकेश्वर नगरपालिका–३ मुड्खु बस्ने काठमाडौं सिनामङ्गल घर भएका २९ वर्षीय सुरज हुमागाईँको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक अपिल बोहराका अनुसार दुर्घटनामा गम्भीर घाइते हुनुभएका बोहराको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचारका क्रममा मृत्यु भएको हो।

साथै दुर्घटनामा घाइते मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।


सामाग्री श्रोत :

मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

काठमाडौँ । । रोजगारको प्रलोभन देखाएर कम्बोडिया पुर्‍याई साइबर दास बनाएको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलाली घर भई हाल काठमाडौं ज्ञानेश्वर बस्दै आएका २२ वर्षीय सन्देश शाही रहेका छन् ।

मानव बेचबिखन अनुसन्धान ब्युरोले आरोपी शाहीलाई मङ्गलबार ज्ञानेश्वरबाटै नियन्त्रणमा लिएको हो । ब्युरोका सूचना अधिकारी प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार केही समयअघि २६ वर्षीय एक पीडित युवकले ब्युरोमा शाहीविरुद्ध किटानी जाहेरी दिएका थिए ।

उजुरी अनुसार शाहीले सबैभन्दा पहिले पीडित युवकलाई कम्बोडियामा मासिक एक लाख रुपैयाँदेखि डेढ लाख रुपैयाँसम्म आम्दानी हुने अनलाइन काममा लगाइदिने प्रलोभन देखाएका थिए । त्यही प्रलोभनमा परी युवक पनि कम्बोडिया जान तयार भए ।

त्यसका लागि १६ माघ २०८१ मा ती युवकलाई शाहीले नेपालगञ्ज नाकाबाट भारतको लखनउ पुर्‍याए । त्यसपछि लखनउको विमानस्थलबाट मलेसिया ट्रान्जिट हुँदै कम्बोडिया पुर्‍याए । कम्बोडिया पुर्‍याएपछि युवकलाई चिनियाँ नागरिकले सञ्चालन गरेको अवैध कम्पनीमा लगाइयो ।

अनलाइन जागिरको आशमा कम्बोडिया पुर्‍याइएका युवकलाई बन्धक बनाएर क्रिप्टोकरेन्सीको काम गर्ने दबाब दिइयो । ती युवकले त्यहाँ केटी बनेर भारतीय व्यक्तिहरूलाई सम्पर्कमा ल्याई बिटक्वाइनमा लगानी गर्न लगाउनुपर्थ्यो । यसरी महिनामा २० लाख भारु कमाउनुपर्ने टार्गेट दिइएको थियो । त्यो टार्गेट पूरा गर्न युवकलाई दिनमा १३ देखि १५ घण्टासम्म लगातार काम गर्नुपर्ने उनको आरोप थियो । यसरी अन्य मान्छेलाई अनलाइन ठगी गर्न लगाएर साइबर दास बनाई श्रम शोषण गरिएको भन्दै पीडित युवकले उजुरी दिएका थिए । त्यही उजुरीका आधारमा ब्युरोले शाहीलाई नियन्त्रणमा लिएको हो ।

“अहिलेसम्म एक जना मात्र पीडित देखिएका छन् । हामीले पीडितले दिएको उजुरीकै आधारमा पक्राउ गरेका हौं,” प्रहरी उपरीक्षक कुँवरले टेकपानासँग भने, “पक्राउ परेका व्यक्तिको सम्पर्क बाहिर कोसँग छ भन्ने पनि अनुसन्धान भइरहेको छ । नेपालमै पनि अन्य व्यक्तिसँग संलग्नता छ कि छैन भन्ने बुझिरहेका छौं ।”

आरोपी शाहीले पीडित युवकलाई कम्बोडिया पुर्‍याए वापत कति रकम लिएका थिए, पीडित युवक कसरी फुत्किन सफल भए भन्ने जानकारी बाहिर आइसकेको छैन । ब्युरोका अनुसार जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको अनुमति लिई शाहीमाथि थप अनुसन्धान भइरहेको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १०, २०८२ १८:१४





सामाग्री श्रोत :
टेक पाना

Ncell 2
Ncell 2
shivam cement
shivam cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङलाई हटाएका छन् ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं – वीर अस्पतालमा ९ बेडको सर्जिकल आइसियु थपिएसँगै कुल आइसियु बेड संख्या ११० पुगेको छ। बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललको उपस्थितिमा उक्त सर्जिकल  आइसियुको उद्घाटन भएको हो। उक्त उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नागरिकको भरोसा जित्न सफल भएको वीर अस्पतालका सेवालाई आगामी दिनमा थप विस्तार गर्न आवश्यक भएको बताए । वीर अस्पतालमा बिरामीको संख्या बढ्नु भीडभाड नभई अस्पतालप्रतिको आकर्षण भएको मन्त्री पौडेलको भनाई थियो। उनले भने– ‘अस्पताल प्रति विश्वास नभएको भए यतिका मान्छे अस्पतालमा आउँदैन थिए’ उनले भने–‘यहाँ चिकित्सकहरुले राम्रो उपचार गर्छन्,नर्सहरुले राम्रो हेरचाह गर्छन् भनेर नै बिरामीको संख्या बढेको हो।’ वीर अस्पतालप्रतिको आकर्षणलाई अझै बढाउन सबैले मिलेर काम गर्ने बेला आएको उनको भनाई थियो। राष्ट्रको ढुकुटी कमजोर अवस्थाामा रहेकाले भएका स्रोत साधनको प्रयोग गरी अधिकतम फाइदा लिनुपर्ने अवस्था रहेको मन्त्री पौडेलको भनाई थियो । अस्पतालमा भिआईपी कक्ष तथा क्याबिनलाई व्यवस्थित तरिकाले प्रयोग गर्नका लागि मन्त्री पौडेलले निर्देशन दिए । ‘यसले पैसा भएका मानिसहरु पनि वीर अस्पतालमा उपचारका लागि आउने स्थिती बन्छे’, मन्त्री पौडेलले भने, ‘जसले अस्पतालको कमाई बढ्नुका साथै अस्पतालप्रति विश्वास पनि बढ्दै जान्छ।’चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका उपकुलपति बस्नेतले न्याम्सको स्थापनासँगै संघमा केन्द्रीकृत विशेषज्ञ चिकित्सकीय सेवालाई जिल्ला अस्पतालसम्म पु¥याउन सफल भएको बताए।  हालसम्म न्याम्सले ३ हजार भन्दा बढी विशेषज्ञ चिकित्सक उत्पादन गरिसकेको उनको भनाई छ। न्याम्सले एमडीएस कार्यक्रमका साथै अनुसन्धानका क्षेत्रलाई पनि प्राथमिकतामा राखेर काम गरिरहेको छ। न्याम्सले अक्सफोर्ड विश्वविद्यालयको रिसर्च टिमसँग मिलेर काम गरिरहेको उनले जानकारी थिए। न्याम्सले हाल काठमाडौ उपत्यका तथा बाहिर गरेर विभिन्न २४ अस्पतालहरुमा अध्यापन तथा तालिम दिँदै आएको उनले बताए। ९ सर्जिकल आइसियु बेड थपिएसँगै अस्पतालले आइसियु र एचडियु गरी करिब ११० बेडबाट सेवा दिने उनले बताए। उनले आफुले वीर अस्पतालमा निर्देशकका रुपमा काम गर्दाे ५ वटा मात्रै आइसियु बेड रहेको सम्झिएँ। त्यतिबेलाको स्मरण गर्दै डा बस्नेतले भने,  ‘आइसियु बेड मिलाइदिनका लागि उच्च तहबाट धेरै दबाब आउने गर्थ्यो। धेरै दबाबका बीच काम गर्नु परेको थियो। निर्देशकका रुपमा काम गर्न धेरै गाह्रो भएको थियो। हाल आइसियु बेड सजिलै पाइने उनले बताए। अझै ९ बेड थप भएसँगै आगामी दिनमा वीर अस्पतालमा आइसियु नपाएर बिरामी रेफर गर्नुपर्ने अवस्थाकोे अन्त्य नै भएको डा बस्नेतको दाबी छ। हाल १८ शल्यक्रिया कक्षबाट सेवा दिँदै आएको अस्पतालले कुल ९ शय ६० बेड सञ्चालन गर्दै आइरहेको छ। गत वर्ष वीर अस्पतालले ६ लाख ७५ हजारलाई ओपिडी सेवा दिएको अस्पतालको तथ्यांक छ । त्यस्तै इर्मर्जेन्सीमा ३५ हजार,  शल्यक्रियातर्फ २६ हजार ९ शय ३३ बिरामीलाई अस्पताले सेवा दिएको थियो। अस्पतालले हाल ६ फार्मेसी तथा १८ वटा काउन्टरबाट सेवा दिइरहेको छ। कुन–कुन आइसियु कति ?वीर अस्पतालले हाल रेस्पेरेटिभ आइसियु ५, मेडिकल ८, सीसीयु ८, एआईसीयु १४, न्युरो आइसीयु ५, आइसियु ७३, सर्जिकल आइसीयु ९, बर्न आइसीयु  ५ लगायत आइसियु र एचडीयु गरी ११० वटा सञ्चालनमा गरिरहेको छ।  
सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङलाई बर्खास्त गरेका छन्।

उनको कार्यशैलीमा प्रश्न उठेपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिन सुझाए पनि राजीनामा नदिएपछि प्रधानमन्त्री ओलीले बर्खास्त गरेका हुन्।

कांग्रेसबाट ऊर्जा राज्यमन्त्री बनेका तामाङ नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्न नहुने भन्दै सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए।

पछिल्लो समय आफ्नै मन्त्रालयका‍ सचिव सुरेश आचार्यसँग स्पष्टीकरण मागेका थिए।


सामाग्री श्रोत :

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट