
काठमाडौँ । चीनको साङ्घाइमा ‘साङ्घाइ अटो शो २०२५’ सुरु भएको छ । विद्युतीय सवारीमा तीव्र प्रगति गरिरहेको चीनले यसपटकको अटो शोमा १०० भन्दा बढी नयाँ गाडी सार्वजनिक गर्ने तयारी गरेको छ । तीमध्ये मानवजस्ता रोबोट चालक, पाँच मिनेटमै चार्ज हुने ईभी, अत्याधुनिक स्मार्ट ड्राइभिङ प्रणालीजस्ता प्रविधिहरू मुख्य आकर्षणका रूपमा प्रस्तुत हुने बताइएको छ । धेरै कम्पनीहरूले पहिलोपटक अटो शोमा भाग लिँदै छन् ।
चीन हाल विद्युतीय सवारी उत्पादनमा विश्वको अगुवाको रूपमा उभिएको छ । यस वर्षको अटो शोमा बीएमडब्लू, फक्सवागन, जेनरल मोटर्सजस्ता विश्व प्रसिद्ध कम्पनीहरूसँगै नयाँ ईभी निर्माता कम्पनीहरू पनि सहभागी भएका छन् । प्रदर्शनीमा २६ देशका करिब १,००० चिनियाँ तथा विदेशी कम्पनीहरूको सहभागिता रहेको छ । ३.६ लाख वर्गमिटर क्षेत्रफलमा फैलिएको प्रदर्शनीको केन्द्रविन्दु भनेकै विद्युतीय तथा स्मार्ट सवारी साधनहरू हुन् ।
यसपटक साओमी अटो जस्ता नयाँ ब्रान्डहरू पहिलोपटक सार्वजनिक रूपमा प्रस्तुत भइरहेका छन् । बीवाईडी, गिल्ली, ग्रेट वाल र चेरीजस्ता चिनियाँ कम्पनीहरूले ‘डिप लर्निङ’ प्रविधिमार्फत विकास गरेका ड्राइभर असिस्टेन्ट सिस्टमहरू प्रदर्शनीमा देखाइनेछन् । सोनी, इन्टेल, थ्रीएमजस्ता करिब ५० प्रविधि कम्पनीहरू पनि पहिलोपटक अटो टेक्नोलोजी तथा सप्लाइ चेन क्षेत्रमा आफ्नो उपस्थिति जनाउँदै छन् ।
फक्सवागन समूहले चीनको जटिल ट्राफिक अवस्थालाई ध्यानमा राखी विकास गरिएको पहिलो एआई-सञ्चालित स्वचालित ड्राइभिङ प्रणाली सार्वजनिक गर्दैछ । साथै, अडी र फोक्सवागनका लागि चीनमै विकास गरिएका नयाँ पुस्ताका स्मार्ट ईभीहरू पनि प्रस्तुत गरिनेछन् ।
अमेरिकाको कर नीति र बजारको मागबिचको सन्तुलन कायम राख्दै आयोजना गरिएको यो अटो शोले चिनियाँ अटो उद्योगका लागि महत्वपूर्ण मोडको संकेत गरेको विश्लेषकहरूको धारणा छ । हाल चीनको कुल गाडी बिक्रीको करिब दुई तिहाइ हिस्सा घरेलु कम्पनीहरूको नियन्त्रणमा छ भने तिनको विश्व निर्यात समेत तीव्र गतिमा वृद्धि भइरहेको छ । चिनियाँ सरकारले पुराना गाडी हटाएर नयाँ मोडल किन्न दिने अनुदान कार्यक्रम सुरु गरेपछि ईभीप्रतिको आकर्षण अझ बढेको हो ।
सन् १९८५ मा पहिलोपटक आयोजना गरिएको अटो साङ्घाइले चीनमा जर्मन कम्पनी फोक्सवागनको सहकार्यमा अटोमोबाइल उत्पादन सुरु भएको सन्दर्भमा ऐतिहासिक महत्त्व बोकेको छ । साइकलको देशको रूपमा चिनिने चीनले त्यतिबेला अटो युगमा पाइला टेकेको थियो । १९९० को दशकदेखि घरेलु ब्रान्डहरूले विदेशी कम्पनीहरूलाई चुनौती दिन थालेपछि अहिले चीन विश्वकै ठूलो ईभी बजार बनेको छ । विदेशी ब्रान्डहरूका लागि यो चुनौतीपूर्ण भए पनि बेवास्ता गर्न नसकिने बजार भएको विश्लेषण गरिन्छ ।
‘साङ्घाइ अटो शो २०२५’ आगामी मे २ तारिखसम्म चल्नेछ ।
-एजेन्सीको सहयोगमा
पछिल्लो अध्यावधिक: बैशाख ११, २०८२ ८:९
सामाग्री श्रोत :
टेक पाना
बुटवल –भारतको जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा मृत्यु भएका बुटवलका सुदीप न्यौपानेको शव बुटवलस्थित उनको घरमा ल्याइएको छ ।
उनको शव सुनौली नाका हुँदै बिहीबार बिहान घरमा ल्याइएको हो । सुदिपको मृत्युपछि बुधबार साँझ ५ बजे श्रीनगरबाट नयाँ दिल्ली र राति ९ः३० बजे नयाँ दिल्लीबाट लखनउसम्म हवाई जहाजमा ल्याइएको थियो । लखनउबाट नेपाल भारत सुनौलीसम्म र सुनौलीबाट घरसम्म नेपालको एम्बुलेन्समा ल्याइएको हो ।
उनको पार्थिव शरीर बिहीबार (आज) नै अन्त्येष्टि गर्ने तयारी छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका १४ घर भए पनि उनी बुटवल ११ मा बस्दै आएका थिए ।
आमा बहिनी र ज्वाइँसहित घुमघामका लागि कश्मीर गएका बुटवलका युवा सुदीप न्यौपानेको आतंककारी हमलामा ज्यान गएको थियो । आतंककारीहरूले पर्यटकलाई लक्षित गर्दै गरिएको हमलामा उनी पनि मारिएका हुन् । हमलामा उनी सहित अन्य २६ जनाको मृत्यु भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

ब्रसेल्स। युरोपेली संघले एप्पल र मेटा (फेसबुक) लाई ब्लकको ल्यान्डमार्क डिजिटल मार्केट्स ऐन उल्लङ्घन गरेको भन्दै७०० मिलियन यूरो जरिवाना गरेको छ।
विश्वका बिग टेक फर्महरूको शक्तिमा लगाम लगाउन डिजाइन गरिएको नयाँ नियम अन्तर्गत पहिलो पटक यो जरिवान र प्रतिबन्ध जारी गरिएको हो।
एप विकासकर्ताहरूले वैकल्पिक बिक्री र प्रस्तावहरूको बारेमा प्रयोगकर्ताहरूसँग सञ्चार गर्ने तरिकालाई प्रतिबन्धित गरेकोमा एप्पललाई ५०० मिलियन जरिवाना लगाइएको थियो।
मेटालाई भने यसको विवादास्पद ‘भुक्तानी वा सहमति’ मोडेलको लागि २०० मिलियन यूरो जरिवाना गरेको छ । जसले इयुमा प्रयोगकर्ताहरूलाई या त फेसबुक र इन्स्टाग्राममा विज्ञापन रहित पहुँचको लागि भुक्तान गर्न वा लक्षित विज्ञापनहरूमा हेर्न बाध्य पारेको छ ।
इयुको युरोपेली दण्ड आयोगका कार्यकारी निकायद्वारा एक वर्ष लामो अनुसन्धान पछिकम्पनीहरूले डिएमए ९युरोपेली कानुन० को पालना गरिरहेका छन कि छैन भनेर गत वर्ष अध्ययन गरेको थियो ।
यसको जरिवानाको साथसाथै एप्पलले बन्द आदेश प्राप्त गरेको छ, अबको जुन महिनाको अन्त्यसम्ममा यसको एप स्टोर सञ्चालनहरूमा थप परिवर्तनहरू गर्न आवश्यक छ। यदि कम्पनीले पालना गर्न असफल भयो भने आयोगले निरन्तर उल्लंघनको लागि पुनः दैनिक रूपमा जरिवाना लगाउन सक्छ।
उता, दण्ड अधिकारीहरूले मेटाले गत वर्षको अन्त्यमा प्रस्तुत गरिएका परिवर्तनहरू पनि समीक्षा गरिरहेका छन् कि यसको अद्यावधिक मोडेलले नियमलाई सन्तुष्ट गर्छ कि गर्दैन भनेर मूल्याङ्कन गर्ने जनाएको छ।
सो आयोगले जोड दियो कि बुधवारको जरिवाना प्रक्रियागत प्रकृतिको हो । युरोपेली आयोगको ‘एन्टी ट्रस्ट’ नियम अन्तर्गत जारी गरिएको जरिवाना भन्दा उल्लेखनीय रूपमा सानो छ । जसले प्रतिस्पर्धालाई प्रोत्साहित गर्ने र कम्पनीहरूलाई एकल बजारमा एकाधिकार अन्त्य गर्ने लक्ष्य लिएको छ ।
सामाग्री श्रोत : https://www.dcnepal.com/2025/04/652837/
काठमाडौँ । सामाजिक सञ्जालको भर्चुअल संसारमा लाइक र कमेन्टको वर्षालाई धेरैले लोकप्रियताको मापदण्ड मान्छन् । तर, पछिल्लो समय किशोरकिशोरीहरू यो दौडबाट विस्तारै टाढा हुँदै गएको एक अध्ययनले देखाएको छ । सामाजिक सञ्जालले आफ्नो मानसिक स्वास्थ्यमा नकारात्मक असर गरिरहेको महसुस गर्दै उनीहरू अब यसको प्रयोग घटाउन र शान्त जीवनशैली अपनाउन थालेका छन् ।
हालै सार्वजनिक भएको प्यू रिसर्च सेन्टरको एक प्रतिवेदनले यो तथ्यलाई उजागर गरेको छ । प्रतिवेदन अनुसार झण्डै आधा अमेरिकी किशोरहरूले सामाजिक सञ्जाल आफ्ना उमेर समूहका लागि नकारात्मक भएको बताएका छन् । यसका साथै, ४४ प्रतिशत किशोरकिशोरीहरूले आफूले सामाजिक सञ्जालमा बिताउने समयलाई कटौती गरेको जानकारी दिएका छन् ।
अध्ययनमा सहभागी किशोरकिशोरीहरूले सामाजिक सञ्जालका कारण आफूहरूमा आत्मविश्वासको कमी, सुत्ने समयमा गडबडी र मानसिक तनाव जस्ता समस्याहरू बढेको महसुस गरेको बताएका छन् । विशेषगरी किशोरीहरूमा यसको नकारात्मक प्रभाव बढी देखिएको छ । उनीहरूले सामाजिक सञ्जालका कारण आफ्नो पढाइमा ध्यान केन्द्रित गर्न गाह्रो भएको र उत्पादनशीलतामा कमी आएको गुनासो गरेका छन् ।
यद्यपि, सामाजिक सञ्जालका केही सकारात्मक पक्षहरूलाई पनि किशोरकिशोरीहरूले स्वीकारेका छन् । लगभग ६० प्रतिशतले यसलाई आफ्नो सिर्जनात्मकता देखाउने माध्यम मानेका छन् भने धेरैले साथीभाइहरूसँग जोडिन र उनीहरूको जीवनका बारेमा अपडेट हुन मद्दत पुगेको बताएका छन् ।
तर, मानसिक स्वास्थ्यलाई प्राथमिकता दिँदै किशोर पुस्ताले सामाजिक सञ्जालको प्रयोगमा पुनर्विचार गर्न थालेको यो प्रवृत्तिले अभिभावक र शिक्षाविद्हरूलाई आशाको सञ्चार गराएको छ । ८९ प्रतिशत अभिभावक र ७७ प्रतिशत किशोरकिशोरीहरूले मानसिक स्वास्थ्यको विषयमा चिन्ता व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाललाई मानसिक स्वास्थ्यमा प्रतिकूल असर पार्ने मुख्य कारकको रूपमा ४४ प्रतिशत अभिभावकले चिन्हित गरेका छन्, जबकि त्यस्तो धारणा राख्ने किशोरकिशोरीको संख्या २२ प्रतिशत मात्र छ ।
पछिल्लो अध्यावधिक: बैशाख ११, २०८२ ८:२६
सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ – अहिले मुलुकमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले उच्च पहाडी तथा हिमाली भेगबाहेक देशका अधिकांश भागमा तापक्रम बढ्ने बताएको छ ।
काठमाडौँ उपत्यकाको तापक्रम पनि विगत केही दिनदेखि निरन्तर बढिरहेको छ । आज यहाँको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ ।
महाशाखाका अनुसार मधेस प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा अत्याधिक गर्मीको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका तराईका क्षेत्रमा तातो लहरको सम्भावना छ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
त्यसैगरी, आज राति मधेस प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा अत्याधिक गर्मीको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका तराई भेगमा तातो लहर चल्ने सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली र बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

काठमडौं। आजदेखि विश्व खोप सप्ताह प्रारम्भ हुँदैछ। आजै ‘इन्टरनेशनल ग्रल्स आइसिटी डे’ पनि परेको छ। खोप सप्ताह र इन्टरनेशनल ग्रल्स आइसिटी डे संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष एप्रिल २२ मा आयोजना हुने गरेको छ।
विश्व खोप सप्ताहको उद्देश्य आवश्यक सबै उमेरका मानिसलाई रोगबाट जोगाउनु तथा खोपको प्रयोगलाई प्रवद्र्धन गर्नु हो। विश्व स्वास्थ्य संगठनका अनुसार विगत ५० वर्षमा खोपका १५ करोड ४० लाख जीवन जोगिएको छ। शिशुको बाँच्ने अवस्थामा ४० प्रतिशतले योगदान पुगेको तथा बचाइएका जीवनको ६० प्रतिशत हिस्सा दादुरा खोपले ओगटेको छ।
बालकदेखि वृद्धसम्मलाई रोगप्रतिरोधात्मक क्षमतायुक्त बनाउने विभिन्न खोपले औलो, इन्फ्लुएन्जा, गर्भवतीहरूलाई टिटानस किशोरीहरुलाई एचपिभीबाट जोगाउँछ। ‘सबैका लागि खोप मानव रूपमा सम्भव छ’ नारायका साथ यो वर्ष खोप सप्ताह मनाइँदैछ।
सूचना प्रविधिको क्षेत्रमा केटीहरुलाई पनि समान रुपमा अवसर दिनुपर्ने जोड दिँदै समावेशी डिजिटल रूपान्तरणका लागि सूचना प्रविधिमा केटीहरू शीर्षकमा आज किर्गिस्तान र इस्लामिक गणतन्त्र मोरिटानियामा डिजिटल विकास र नवीन प्रविधिबारे भौतिक रुपमा उपस्थित भएर तथा श्रव्यदृश्यका माध्यमबाट छलफल गरिने छ।
अन्तरराष्ट्रिय बहुपक्षीयता र शान्तिका लागि कूटनीति दिवस पनि आजै परेको छ। यो दिवस सन् २०१८ देखि मनाउन थालिएको हो। अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाप्रतिको प्रतिबद्धतालाई दोहो¥याउँदै विश्वका १४४ राष्ट्रका सरकार प्रमुख एवं प्रतिनिधिले अन्तरराष्ट्रिय बहुपक्षीयता दिवस मनाउने प्रस्ताव गरेका थिए।
सामाग्री श्रोत :

काठमाडौँ – आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९ जेठ ८ मा विघटित संसद्को पुनःस्थापना गरी आफू देशको कार्यकारी प्रमुखबाट हटेको तथा निरङ्कुशता पराजय भएको विसं २०६३ वैशाख ११ को स्मरण गर्दै लोकतन्त्र दिवस मनाइने गरिएको छ ।
त्यस दिन पूर्वराजा शाहको घोषणामा भनिएको थियो, “राज्यशक्तिको स्रोत नेपाली जनता नै भएको र नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा नै निहित रहेको तथ्यलाई हृदयङ्गम गर्दै वर्तमान जनआन्दोलनमार्फत अभिव्यक्त भएको जनभावनाअनुरुप प्रतिनिधिसभालाई पुनःस्थापित गरिएको छ ।”
निरङ्कुशताको विरोधमा आन्दोलनरत सात राजनीतिक दल र तत्कालीन विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी) सहितको सहभागितामा भएको जनआन्दोलनको बलमा उक्त घोषणामार्फत विसं २०६३ वैशाख १५ गते प्रतिनिधिसभाको बैठक आह्वान गरिएको थियो ।
जनआन्दोलनका बलमा स्थापना भएको लोकतन्त्रपछि भएका दुईवटा संविधानसभाको निर्वाचनद्वारा गठित संविधानसभाबाट विसं २०७२ साल असोज ३ गते जारी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले नेपाललाई सङ्घीयतामा प्रवेश गराएको हो । सोहीबमोजिम सङ्घ, प्रदेश र स्थानीय तहको दुईपटक निर्वाचन भई अहिले मुलुक सङ्घीयताको अभ्यासमा छ ।
राज्यद्वारा उपलब्ध गराउनुपर्ने सेवासुविधा जनताको घरदैलोमै सरल र सहज रूपमा पुर्याउने तथा विपद्का बेलामा तत्कालै राहत र सहयोग उपलब्ध गराउने सन्दर्भमा सङ्घीताको अभ्याससँगै सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वयले प्रभावकारी र सकारात्मक नतिजा प्रदान गर्दै आएको छ ।
यसैबीच, लोकतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै परिवर्तन र शान्तिकामी राजनीतिक दलका नेताहरूले देशको समृद्धिका निम्ति सबै शक्ति एकजुट हुनुपर्नेमा जोड दिएका छन् । लोकतन्त्रभन्दा राम्रो अर्को शासन व्यवस्था हुन नसक्ने भएकाले यसै कुरालाई हृदयङ्गम गरी सम्पूर्ण राजनीतिक शक्ति समृद्धितर्फ केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याइएको छ ।
विसं २०६२/६३ को आन्दोलनपछि तत्कालीन राजाको प्रत्यक्ष र निरङ्कुश शासनको अन्त्य भएको दिनको सम्झनामा २०६५ सालदेखि वैशाख ११ गते लोकतन्त्र दिवस मनाउन थालिएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
बालबालिकालाई मोबाइल दिँदा ठूला मानिसहरूले आफ्नो घरको कामकाज गर्न फुर्सद पाउँछन् भन्ने लाग्न सक्छ, तर उनीहरूले यो बिर्सन्छन् कि यस्ता उपकरणमा घण्टौँ टोलाउँदा बच्चाको आँखामा असर, मस्तिष्कको विकासमा प्रभाव, मनस्थितिमा गडबडी तथा विचारधारामा विकृति आउन सक्छ।
सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं। हाल देशमा मूख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको आँशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ। दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया […]
सामाग्री श्रोत :

काठमाडौं–नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफ्नो आधिकारिक पेजमार्फत सूचना जारी गर्दै नेपाली राष्ट्रिय टिमले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने जनाएको हो।
एन्फाका अनुसार फिफा विन्डो अन्तर्गत नेपाल र हङकङबीचको खेल आगामी जुन ५ मा हङकङमा आयोजना हुनेछ।
हङकङ फुटबल संघले आयोजना गर्ने सो खेल फिफाको आधिकारिक अन्तर्राष्ट्रिय म्याच क्यालेन्डर अन्तर्गत नै रहनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ









