

काठमाडौं। नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले वार्तामार्फत शिक्षकको समस्या समाधान गर्ने बताएका छन्।
बिहीबार शितल निवासमा सपथ गरेपछि सिंहदरबार पुगेर पदभार ग्रहण गर्दै मन्त्री पन्तले शिक्षकका विषयमा आफ्नो सम्पूर्ण ध्यान केन्द्रीत हुने र वार्तामार्फत शिक्षकको समस्या समाधान गर्ने बताएका हुन्।
उनले शिक्षकसँग मन्त्रालयले यसअघि गरेको छलफलका विषयमा जानकारी लिने उल्लेख गरे। मन्त्रालयबाट शिक्षकहरुसँग भएका वार्ताका लागि धन्यवाद दिदै राम्रोसँग जानकारी लिएर अघि बढ्ने उनले बताए।
उनले अब बोल्ने भन्दा पनि काम गर्नमा ध्यान केन्द्रीत गर्ने जिकिर गरे।
सामाग्री श्रोत :
पदभार ग्रहण गर्दै शिक्षामन्त्रीले भनेः वार्तामार्फत शिक्षकहरूको समस्या समाधान गर्छु
काठमाडौँ । यतिबेला सामाजिक सञ्जालमा एउटा भिडिओ भाइरल भइरहेको छ । भिडिओमा एकजना ट्राफिक प्रहरीले एक पुरुषलाई निर्घात कुटपिट गरिरहेका छन् भने तीनजना ट्राफिक प्रहरी कुटपिट गरेको दृश्य हेरिरहेका छन् ।
‘हेमन्त खत्री’ नामको फेसबुक आईडीबाट बिहीबार दिउँसो १:५८ मा सार्वजनिक भएको उक्त भिडिओ तीव्र गतिमा सामाजिक सञ्जालमा फैलिएको छ । यो सामाग्री तयार पार्दासम्म उक्त भिडिओलाई आठ लाखभन्दा धेरै पटक हेरिएको छ भने ३४ सयभन्दा धेरै पटक शेयर भएको छ ।
खत्रीले उक्त भिडिओ सार्वजनिक गर्दै लेखेका छन्, “सरकारी पदमा रहेर एउटा देशको रक्षकले सर्वसाधारण जनतामाथि देखाएको हर्कत नागरिकमा के सन्देश दिन्छ ?” ।
उक्त भिडिओमा एक पुरुष लडिरहेका छन् । उनलाई ट्राफिक प्रहरीले भुईँमा लछार्दै निर्घात कुटपिट गरिरहेका छन् । छेवैमा सेतो रङको हेलमेट लडिरहेकाले ती पुरुष मोटरसाइकल चालक हुन् भन्ने अनुमान लगाउन सकिन्छ ।
यस्तै सडकमा सवारीसाधनहरू गुडिरहेका छन् । त्यहाँ ‘कीर्तिपुर यातायात सेवा’ लेखिएको बस पनि देख्न सकिन्छ । उक्त घटना काठमाडौँको हो भन्ने प्रस्ट हुन्छ । भिडिओ देखेपछि प्रहरीले रक्षकको भूमिका निभाउनु पर्नेमा भक्षक भएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले टिप्पणी गरिरहेका छन् । यस्तै उनीहरूले सर्वसारधण माथी दुर्व्यवहार गर्ने प्रहरीलाई छिटोभन्दा छिटो कारबाही गर्नुपर्ने माग राखेका छन् ।
खत्रीले भिडिओमा युट्युबबाट साभार गरेको भन्दै एउटा लिङ्क राखेका छन् । जहाँ पुष्प कमल शाही नामको युट्युब अकाउन्टबाट उक्त भिडिओ पोस्ट भएको देखिन्छ ।
युट्युबमा उक्त भिडिओ नेपाली समयअनुसार बुधबार राति ९:३७ मा अपलोड भएको देखिन्छ । सो पोस्टभन्दा पहिला सामाजिक सञ्जालमा उक्त भिडिओ सार्वजनिक भएको फेला परेको छैन ।
ट्राफिक प्रहरीको दुर्व्यवहारका विषयमा बुझ्न टेकपानाले काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीलाई सम्पर्क गरेको थियो । आफूले पनि हालै यसबारे जानकारी पाएको भन्दै गिरीले भिडिओउपर अनुसन्धान भइरहेको बताए ।
“उपत्यकाका ट्राफिक प्रहरीले माघको अन्तिम सातादेखि ज्याकेट लगाएका छैनन् । सायद यो भिडिओ पुरानो हुनुपर्छ,” उनले भने, “अनुसन्धान गरेपछि त्यहाँ के भएको हो, थाहा हुन्छ । ट्राफिक प्रहरीको गल्ती भेटियो भने उनीहरूमाथि कारबाही प्रक्रिया अघि बढ्छ ।”
पछिल्लो अध्यावधिक: बैशाख ११, २०८२ १७:३७
सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ–नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आधारभूत कुरा पूरा गर्न नसके सरकारबाट बाहिरिने बताएका छन्।
लोकतन्त्र दिवसको अवसरमा बिहिबार आयोजित ‘आजको लोकतन्त्रः अवसर र चुनौती’ विषयक कार्यक्रममा महामन्त्री थापाले जनताको कुरा गर्दा वास्ता नगरे सरकारबाट बाहिरिने बताएका हुन्।
थापाले भने, ‘हाम्रा केही आधारभूत कुराहरू छन् त्यो पूरा नहुने अवस्था भए सरकारबाट बाहिरिने छौँ। यो सरकारबाट मात्रै होइन हाम्रा कुराहरू सम्बोधन नहुने, जनताको कुरा उठाउँदा वास्ता नगर्ने हो भने जुनसुकै सरकारबाट बाहिरिन्छौँ।’
थापाले पुराना नेताका काण देशमा बेचैनी बढिरहेको बताउदै उनले भने ‘नागरिकले जसका कारणले असन्तुष्टि र बेचैनी बढिरहेको महसुस गरेका छन्, उसैलाई ड्राइभिङ सिटमा देखिरहेका छन्। हामी अब यो गाडी तिम्ले चलाएर हुँदैन भनिरहेका छौँ। यसका लागि काम गरिरहेका छौँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- काठमाडौं उपत्यकामा रहेका चिकित्सकहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेर्ने कार्यक्रम लिएर सडकमा उत्रेका छन्। माइतीघरबाट मन्त्रालय तर्फ जान लागेका चिकित्सकहरुलाई प्रहरीले अगाडि बढ्न दिएन।
नेपाल चिकित्सक संघको अगुवाईमा आवासीय चिकित्सकहरुसहित माइतीघरको सडकमा उत्रेका चिकित्सकहंलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले छलफलमा बोलाएका छन्।
माइतीघरमा रहेका चिकित्सक संघका प्रतिनिधिसहित आवासीय चिकित्सकहरु मन्त्रालयमा छलफलमा पुगेका छन्।
आवासीय चिकित्सकलाई सरकारी आठौं तह सरह निर्वाह भत्ता दिने निर्णय कार्यान्वयनमा सरकारले निजी मेडिकल कलेजलाई बाध्य नबनाएको भन्दै चिकित्सकले आज मन्त्रालय घेराउ कार्यक्रम राखेका हुन्।
सामाग्री श्रोत :
swasthyakhabar

मोरङ । १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ग्रामथान गाउँपालिका-१ बस्ने २० वर्षीय आबिद अलि (मिया)लाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।
अलिले ती बालिकालाई ललाई फकाई सोही गाउँपालिका-१ स्थित सिमरिया भन्ने स्थानमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय हरैंचाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
सामाग्री श्रोत :
काठमाडौँ । अनलाइन शपिङ प्लेटफर्म दराज नेपालले ‘च्वाइस’ नामको नयाँ सेक्सन थप्ने भएको छ । ग्राहकले सिधै उत्पादकबाट छानिएका हजारौं राम्रा सामान सुपथ मूल्यमा किन्न सक्नेगरी दराजले आफ्नो प्लेटफर्ममा यो सेक्सन थप गर्न लागेको हो ।
‘च्वाइस’ सेक्सनमा सामानको मूल्य १३० रुपैयाँबाट सुरु हुने र किन्दा विशेष छुट पनि पाइने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार सामान किन्दा धेरैथोक एकैपटक एउटै कार्टमा राखेर किन्न मिल्नेछ । साथै, सामान एकदेखि तीन दिनभित्र आइपुग्नेछ ।
तीन वा त्योभन्दा बढी सामान किन्दा डेलिभरी शुल्क नलाग्ने र चार वा त्योभन्दा बढी सामान किन्ने ग्राहकले स्टक अनुसार पहिलो आउनेलाई पहिलो प्राथमिकतामा निःशुल्क उपहार पाउने कम्पनीले जनाएको छ ।
यसमा ग्राहकले १४ दिनभित्र सजिलै सामान फिर्ता गर्न, ‘लाइटनिङ डिल्स’, ‘अर्ली बर्ड अफर’, ‘फ्ल्याश सेल्स’ जस्ता अफर पनि पाउने बताइएको छ ।
दराजले भोलि अर्थात् २५ अप्रिलदेखि २९ अप्रिलसम्म चल्ने ‘पे डे सेल’ सँगै यो ‘च्वाइस’ सेक्सन सुरु गर्दैछ । यसमा ग्राहकले किराना सामान, घरका सामान, व्यक्तिगत स्याहारका सामान, आमा र बच्चाका सामान, स्वास्थ्य र सौन्दर्यका सामान लगायत धेरै प्रकारका सामान किन्न सक्नेछन् ।
दराज एपमा होमपेज र ‘च्वाइस’ सर्च फिल्टरबाट सजिलै यो सेक्सनमा पुगेर सामान किन्न सकिने कम्पनीले जनाएको छ।
दराज नेपालकी प्रबन्ध निर्देशक आँचल कुँवरले भनिन्, “हामीले ग्राहकहरूको राम्रो किनमेल अनुभवको चाहनालाई ध्यानमा राखेर ‘च्वाइस’ अप्शन ल्याएका हौं। राम्रो सामान उचित मूल्यमा, छिटो र निःशुल्क डेलिभरीसहित उपलब्ध गराएर दराजले ग्राहकलाई गरेको वाचा पूरा गर्न लागेको छ ।”
पछिल्लो अध्यावधिक: बैशाख ११, २०८२ १६:५४
सामाग्री श्रोत :
टेक पाना

हेटौँडा–मकवानपुरको रातेमाटेबाट ४ लाख रुपैयाँ बढीको लागुऔषध ट्रामाडोलसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
हेटौँडा–१५ रातोमाटेस्थित प्रहरी चौकीबाट ५ हजार ७५० थान लागुऔषध ट्रामाडोलसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो।
बिहीबार बिहान ९ः ३० बजेको समयमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले सो परिमाणको लागुऔषध ट्रामाडोलसहित २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार पक्राउ पर्नेमा बारा पचरौता नगरपालिका–७ बेनौली बस्ने २५ को तीर्थलाल पासवान र सह–चालक सोही स्थानका वर्ष २३ को सुनिल पटेल रहेका छन्।
बारा जिल्लाको सिम्ररौनगढबाट हेटौडातर्फ आउँदै गरेको मधेस प्रदेश ०२–००१ च १४३८ नम्बरको योद्धा पिकअप गाडीलाई हेटौँडा–१५ रातोमाटे चेक प्वाइन्ट स्थित पूर्व पश्चिम लोकमार्ग सडक खण्डमा सवारी चेकजाँच गर्ने क्रममा सो परिमाणको ट्रामाडोल बरामद भएको प्रहरी उपरीक्षक खड्काले बताए।
पिकअप गाडीका चालक पासवान र सह–चालक पटेलले उनीहरूलाई शङ्का लागेर खानतलासी गर्दा गाडीको अगाडीको इन्जिन भएको भागमा लुकाई ल्याइएको अवस्थामा ट्रामाडोल ५ हजार ७५० थान (५७ हजार ५०० क्यापसुल) बरामद भएको थियो। सो लागुऔषध ट्रामाडोलको बजार मूल्य प्रति पत्ता ७२ रुपैयाँका दरले ४ लाख १४ रुपैयाँ हुने प्रहरी उपरीक्षक खड्काले बताए।
प्रहरी उपरीक्षक खड्काका अनुसार सो लागुऔषध ट्रामाडाल हेटौँडाका लागि ल्याइएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ। पक्राउ परेका पासवान र पटेललाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान कार्य भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- धुलिखेल अस्पतालमा विश्व प्रयोगशाला सप्ताह विभिन्न कार्यक्रम गरी मनाइएको छ। हरेक वर्ष अप्रिल २१ देखि २७ सम्म विश्वभरका मेडिकल प्रयोगशालाकर्मीहरुले ‘ल्याब वीक’ अर्थात प्रयोगशाला सप्ताह मनाउँदै आएका छन्।
सप्ताहकै अवसरमा धुलिखेल अस्पतालले पनि विभिन्न कार्यक्रमका साथ सप्ताह मनाएको हो। सप्ताहको सुरुवातमा ल्याब पेशाको सम्मान, जनचेतना र वैज्ञानिक योगदानको पहिचानका लागि धुलिखेल वरिपरी प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो।
प्रभातफेरीमा सहभागीले स्वास्थ्य सेवामा प्रयोगशालाको भूमिकालाई उजागर गर्ने ब्यानर र प्लेकार्ड बोकेर सन्देश प्रवाह गरेका थिए।
कार्यक्रम धुलिखेल अस्पताल-काठमाडौं विश्वविद्यालय अस्पतालअन्तर्गत ल्याबोरेटरी मेडिसिनका विद्यार्थी तथा बायोकेमिस्ट्री, माइक्रोबायोलोजी र प्याथोलोजी विभागका शिक्षकहरूको सहभागितामा मनाइएको हो।
सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले लोकतन्त्र सुदृढिकरणका लागि सबै एकजुट हुनु जरुरी रहेको बताएका छन्। लोकतन्त्र दिवस र नयाँ वर्ष २०८२ को अवसर पारेर आज आफ्नो निवास महाराजगञ्जमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले लोकतन्त्र सुदृढिकरणका लागि सबै राजनीतिक दल, सरोकार भएका निकाय, जनता एकजुट हुनुपर्नेमा जोड दिए।
लोकतन्त्रलाई संरक्षण गर्दै प्रभावकारी कार्यान्वयनका लागि नेपाली कांग्रेस बलियो हुनुपर्ने बताउँदै उनले त्यसका लागि कांग्रेसमा गुटउपगुट नभई एक ढिक्का हुनुपर्ने आवश्यकता औंल्याए। नेता कोइरालाले लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुने बताउँदै यसको रक्षार्थ सबै सजग र सचेत रहनुपर्नेमा जोड दिए।
कार्यक्रममा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री दिपक खडका, नेताहरू कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ, एनपी साउद, प्रवक्ता डा प्रकाशशरण महत, महेश आचार्य, दिपक गिरी, पार्टीका केन्द्रीय सदस्यहरू, विभिन्न भ्रातृ र शुभेच्छुक संस्थाका नेता, कार्यकर्तालगायतको उपस्थिति थियो।
सामाग्री श्रोत :
लोकतन्त्र सुदृढिकरणका लागि सबै एकजुट हुनु जरुरी छ : शशांक कोइराला
काठमाडौँ । नागरिक एपमा निजी क्षेत्रका सेवा समेत समावेश गरिने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नागरिक एप (सञ्चालन तथा व्यवस्थापन) दिग्दर्शन, २०८२ जारी गर्दै यस्तो व्यवस्था थप गरेको हो ।
सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ बमोजिम तयार पारिएको यस दिग्दर्शनमार्फत नागरिक एपलाई सार्वजनिक निकायसँग मात्र नभई निजी सेवा प्रदायकसँग पनि अन्तरआवद्ध गर्ने व्यवस्था गरिएको छ । योसँगै निजी क्षेत्रले प्रदान गर्ने सार्वजनिक प्रकृतिका सेवा पनि अब नागरिक एपबाट प्राप्त गर्न सकिनेछ ।
दिग्दर्शन अनुसार नेपाल सरकार, संवैधानिक निकाय, प्रदेश सरकार, स्थानीय तह र सरकारी स्वामित्वका प्रतिष्ठानसँगै निजी क्षेत्रका संस्थाहरूले आफ्ना सेवा नागरिक एपमा समावेश गर्न सक्नेछन् । त्यसका लागि सम्बन्धित निकायले सूचना प्रविधि विभागमा अनुरोध गर्नुपर्नेछ । विभागको सिफारिसमा प्राविधिक समितिको सुझाव लिएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्वीकृति दिनेछ ।
स्वीकृति पाएका निजी निकायहरूलाई नागरिक एपसँग अन्तरआवद्धता कायम गरिने उल्लेख छ । सेवा सुरक्षासम्बन्धी मापदण्ड, तथ्यांकको गोपनीयता, कानुनको पालना जस्ता सन्दर्भ उल्लेख गरेर निजी कम्पनीले अनुरोध गर्नुपर्ने छ ।
नागरिक एप प्रयोग गर्न प्रयोगकर्ताले आफ्नै नाममा रहेको सिम प्रयोग गरी युजर आईडी लिनुपर्नेछ । एपमा दर्ताका लागि ‘वन टाइम पासवर्ड’ (ओटीपी) को व्यवस्था गरिएको छ । यसबाट पहिचान प्रमाणित गरिनेछ । सिममा प्राप्त ओटीपी सही रूपमा प्रविष्ट गरेपछि नागरिकता, नाम र जन्ममिति प्रविष्ट गरी प्रक्रिया पूरा गर्न सकिनेछ । एप प्रणालीले यो विवरण टेलिकम सेवा प्रदायकको केवाईसी विवरणसँग मिलाएर प्रमाणित गर्ने दिग्दर्शमा उल्लेख छ ।
यदि प्रमाणित नभएमा आवेदकलाई कारणसहित एसएमएसमार्फत जानकारी दिइनेछ भने सही विवरण भएमा दर्ता प्रक्रिया सम्पन्न भई सेवाहरूमा पहुँच सुनिश्चित गरिने व्यवस्था मिलाइएको छ ।
दिग्दर्शनमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सेवा प्रदायक निकायसँग समन्वय गर्ने, निजी सेवालाई पनि एपमा समावेश गर्न स्वीकृति दिने तथा सञ्चालन र व्यवस्थापनका लागि आवश्यक निर्देशन दिने जिम्मेवारी तोकिएको छ । साथै, वर्षको कम्तीमा एक पटक एपको व्यवस्थापन र सेवा सुधार सम्बन्धी मूल्यांकन गरिने व्यवस्था पनि दिग्दर्शनमा उल्लेख छ ।
यस्तो छ नागरिक एप (सञ्चालन तथा व्यवस्थापन) दिग्दर्शन, २०८२
पछिल्लो अध्यावधिक: बैशाख ११, २०८२ १५:२१
सामाग्री श्रोत :
टेक पाना









