२०८३ बैशाख ३१ बिहीबार
२०८३ बैशाख ३१ बिहीबार

काठमाडौं। एकजना सर्वसाधारणलाई कुटेको अभियोगमा चार जना ट्राफिक प्रहरीहरु कारबाहीमा परेका छन्। चार जना प्रहरीहरुले एकजना सर्वसाधारणलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमार्फत प्राप्त भएपछि उनीहरुलाई ट्राफिक प्रहरी वृत्त जनसेवाको जिम्मेवारीबाट हटाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं ट्राफिक प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिए।

उनले भने, ‘सर्वसाधारणलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जाल, विभिन्न सञ्चार माध्यमहरूमा आएपछि हामीले खोजीनिती गर्‍यौँ र उक्त कार्यमा संलग्न देखिएका चार जना ट्राफिक प्रहरीलाई जिम्मेवारीबाट हटाइएको र आवश्यक छानबिन तथा अनुसन्धान भइरहेको छ।’

‘वैशाख ११ गते सामाजिक सञ्जाल, विभिन्न सञ्चार माध्यमहरूमा ट्राफिक प्रहरीद्धारा एकजना पुरूष व्यक्तिमाथि कुटपिट तथा दुर्व्यवहार गरेको भिडियो प्रकाशन भएको सम्बन्धमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ’, प्रवक्ता एवं ट्राफिक प्रहरी उपरीक्षक गिरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रारम्भिक अनुसन्धान अनुसार उक्त घटना गत मङ्सिर २३ गते सुन्धारास्थित आकाशे पुल मुनि भएको पाइएको छ। ती प्रहरीहरुलाई ट्राफिक प्रहरी वृत्त, जनसेवाको जिम्मेवारीबाट हटाइ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा झिकाइएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।रासस


सामाग्री श्रोत :

सर्वसाधारण कुट्ने चार जना ट्राफिक प्रहरी कारबाहीमा

काठमाडौँ । सोमबार (८ वैशाख) मा विद्या भट्टराईले शिक्षामन्त्री पदबाट राजीनामा दिइन् । यसै विषयलाई जोडेर नेपाल टाइम्स नामको अनलाइन मिडियाले प्रधानमन्त्री केपी शर्मा ओलीबारे विभिन्न टिप्पणी भएको भन्दै एक भिडिओ सामग्री सार्वजनिक गर्‍यो । भिडिओमा ओलीले ‘मोदीको आलोचना हुँदैन, मेरो किन हुन्छ ?’ भनेर प्रश्न गरेका छन् भन्ने दाबी गरिएको छ । 

मंगलबार (९ वैशाख) नेपाल टाइम्सले नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा प्रधानमन्त्रीको भाषणलाई उद्धृत गर्दै उक्त दाबी गरेको हो । तर टेकपानाले गरेको फ्याक्टचेकमा प्रधानमन्त्री ओलीले त्यस्तो अभिव्यक्ति दिएको कुनै प्रमाण भेटिएन ।

दाबी 

प्रधानमन्त्री ओलीप्रति जनतामा असन्तुष्टि रहेको भन्दै नेपाल टाइम्सले मंगलबार साँझ ५:५३ मा एउटा भिडिओ सार्वजनिक गर्‍यो, जसको शीर्षक थियो- “ओलीले सोधे मोदीको आलोचना हुँदैन, मेरो किन हुन्छ ?”

चार मिनेट लामो भिडिओमा शिक्षामन्त्रीको राजीनामा र नेकपाको ७६औँ स्थापना दिवसको अवसरमा प्रधानमन्त्रीले दिएको सम्बोधन समेटिएको छ । भिडिओमा प्रधानमन्त्रीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग तुलना गर्दै आफ्नाबारे अनावश्यक आलोचना भएको गुनासो गरेको दाबी गरिएको छ ।

भिडिओको १:५५ सेकेन्डमा समाचारवाचिका भन्छिन्, “नेपाल कम्युनिस्ट पार्टीको ७६ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री स्वयम्‌ले आफू आलोचनाको केन्द्रमा रहेको स्वीकारेका छन् ।” 

यस्तै २:४२ सेकेन्डमा समाचारवाचिका अगाडि भन्छिन्, “राजनीतिक स्थायित्व, भ्रष्टाचार नियन्त्रण र समृद्धिको सपना देखाउँदै केपी ओली नेतृत्वको सरकार बनेको एक वर्ष पुग्न लागेको छ । तर सरकारप्रति जनताको आस्था भन्दा अविश्वास बढिरहेको छ । प्रशंसाभन्दा आलोचना बढिरहेको छ । यसको खुलासा स्वयम् प्रधानमन्त्रीले नै गरेका छन् । उनले भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना नहुने गरेको समेत बताएका छन् ।”

उक्त सामग्री नेपाल टाइम्सले आफ्नो फेसबुक पेज र युट्युब च्यानलमा अपलोड गरेको छ । यो सामग्री तयार पार्दासम्म फेसबुक पेजमा सार्वजनिक भिडिओमा एक लाख ८७ हजारभन्दा धेरै पटक हेरिएको छ भने ६३ सयभन्दा धेरै रियाक्ट र १८७ कमेन्ट आएका छन् । हेर्नुहोस् फेसबुक पेजमा अपलोड भएको भिडिओ आर्काइभ लिङ्क । 

त्यस्तै यही भिडिओ युट्युबमा २८ हजार ६०० भन्दा धेरै पटक हेरिएको छ । भिडिओमा एक हजार बढी लाइक र १४० कमेन्ट छन् । हेर्नुहोस् नेपाल टाइम्सको युट्युब च्यानलमा अपलोड भएको ओरिजिनल भिडिओ आर्काइभ लिङ्क । 

भिडिओका कमेन्टमा अधिकांश प्रयोगकर्ताले नेपालका प्रधानमन्त्री ओलीले नरेन्द्र मोदीसँग आफूलाई तुलना गर्न नसुहाउने आशयका प्रतिक्रिया दिएका छन् । युट्युबमा प्रकाश कार्की कमेन्ट गर्छन्, “मोदीले आफन्तलाई ठाउँ ठाउँमा ठूला पद दिन्नन्, तर ओली? मोदीको देशमा झाडूवाला देखि शिक्षक, कर्मचारी सबैको सम्मान गर्छन्, तर ओली? मोदीले आफ्नो दलका नेतादेखि विरोधीको आवाज सुन्छन् र सुधार गर्छन्, तर ओली? कति उदाहरण दिने हो?”

कार्कीजस्तै अन्य प्रयोगकर्ताले भिडिओको शीर्षक हेरेर प्रधानमन्त्री ओलीलाई गाली गरेका छन् । केही प्रयोगकर्ताले ओलीमाथि अश्लील शब्दसमेत खन्याएका छन् ।

तथ्य-जाँच 

काठमाडौँको कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमका बिच ९ वैशाखमा नेकपा एमालेले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ७६ औँ वर्षगाँठ मनायो । जहाँ एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले १ घण्टा लामो भाषण दिएका थिए । उक्त कार्यक्रमको लाइभ एमाले आफैँले सामाजिक सञ्जालमा राखेको छ भने विभिन्न सञ्चारमाध्यमले पनि लाइभ गरेको छ । हामीले नेपाल खबरले गरेको लाइभ भिडिओलाई स्रोत बनाएर हेर्‍यौँ । 

नेपाल खबरको लाइभ भिडिओको १:३३:२५ देखि २:४२:२२ सम्म ओलीको भाषण छ । जहाँ उनले नेकपाको इतिहासदेखि पार्टीभित्र आफ्नो विरोधमा भएका असन्तुष्टि र अन्य विषयमा कुरा गरेका छन् । उनले शिक्षामन्त्रीले स्वास्थ्यका कारण राजीनामा दिँदा त्यसलाई गलत तरिकाले व्याख्या गरेको भन्दै नेपाली मिडियाप्रति नकारात्मक टिप्पणीसमेत गरे । 

नेपाल टाइम्सको समाचारमा जस्तो ओलीले मोदीको आलोचना नहुने, तर आफ्नो हुने गरेको भनेर दाँजेका छन् कि छैनन् भनेर पूरा भिडिओ हेर्‍यौँ । उनले भारतका प्रधानमन्त्री मोदीका बारेमा उक्त लाइभ भिडिओको २:३८:४३ देखि २:४०:२७ सम्म बोलेका छन् । जहाँ उनले छिमेकी देशहरूबाट समर्थन नमिल्ने भनेर हुने गरेको टिप्पणीमा सत्यता नभएको भन्दै थाइल्याण्डमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ४५ मिनेट लामो कुराकानी निकै सकारात्मक कुरा भएको उल्लेख गरे । 

उनले भने, “अस्ति थाइल्याण्डमा भर्खर मोदीजी र मेरो लामै कुराकानी भएको छ । अझ लामो कुराकानी हुन्थ्यो । तर मोदीजीको अर्को कार्यक्रममा जानै पर्ने पूर्वनिर्धारित कुराले गर्दा ४५ मिनेट जति कुरा गरेर हामी छुट्यौँ । बहुत राम्रो कुरा भएको छ । अनि विरोध छ, समर्थन छ आदि ? अब त्यत्रो भारतमा कसैले विरोध गर्ला । यी नेपालभित्र पनि त हाम्रो विरोध गर्ने छन् नि त । त्यत्रो भारतमा कसैले विरोध गर्ला ! त्यत्रो चीनमा विरोध गर्ला ! कसैले सक्छ ? अमेरिकामा.. कसैले विरोध गर्दा कुन व्यक्तिले के गर्छ तर हाम्रा सम्बन्धहरू बहुत राम्रा छन् ।…. देशभित्र हाम्रो सम्बन्ध जनताको पक्षमा, लोकतन्त्रको पक्षमा, लोकतान्त्रिक गणतन्त्रको पक्षमा, संविधानको पक्षमा, शान्ति, सामाजिक न्याय, समानता, सुरक्षा र सम्मानित जीवनको सबैका निम्ति प्रत्याभूतिको पक्षमा छ ।”

उक्त भाषणमा ओलीले आफ्नो आलोचना भएको, तर मोदीको भने नहुने जस्तो भाव जनाउने कुनै वाक्य बोलेका छैनन् । त्यसमा उनले भारत एमाले-काङ्ग्रेस गठबन्धन सरकारप्रति सकारात्मक रहेको बताउँदै ठुलो जमातमा अलि अलि गठबन्धनको विरोध हुनु स्वाभाविक रहेको टिप्पणी गरेका छन् । 

उक्त भाषणबाहेक अन्य स्थानमा पनि ओलीले नेपाल टाइम्सको जस्तो दाबी दिने भाषण गरेका छन् भनेर “भारतीय प्रधानमन्त्री मोदी ओली आलोचना”, “मोदी ओली आलोचना”, “नरेन्द्र मोदी प्रशंसा ओली आलोचना”, “मोदीलाई ताली ओलीलाई गाली” जस्ता किवर्डहरू राखेर फेसबुक र गुगलमा खोज्यौँ । तर उक्त दाबीसँग मिल्दोजुल्दो सामग्री फेला परेन । 

प्रधानमन्त्री ओलीका भाषणलाई नेपाली मिडियाले मुख्य प्राथमिकतामा राख्दै आएका छन् । तर भारतका प्रधानमन्त्रीसँग तुलना गरेर आफ्नो आलोचना बढी हुने कुरा ओलीले स्वीकारेको भए यसले स्थान नपाउने अवस्था हुँदैन । त्यसैले पनि यो दाबी पुष्टि हुँदैन । 

यता नेपाल टाइम्स आफैँले पनि शीर्षकमा राखेको जस्तै ४ मिनेटको भिडिओमा प्रधानमन्त्री ओलीले “मोदीको आलोचना हुँदैन, मेरो किन हुन्छ ? ” बोलेको कुरा स्पष्ट रुपमा प्रस्तुत गर्न सकेको छैन । यसले धेरै प्रयोगकर्तालाई आकर्षित गर्ने उद्देश्यले मात्र तथ्यहीन शीर्षक राखेको देखिन्छ । 

दाबी 

प्रधानमन्त्री केपी शर्मा ओलीले “मोदीको आलोचना हुँ‍दैन, मेरो किन हुन्छ ? ” भन्दै प्रश्न गरे । 

दाबीकर्ता 

नेपाल टाइम्स 

तथ्य 

प्रधानमन्त्री ओलीले नेपाल टाइम्सले दाबी गरेजस्तो भारतका प्रधानमन्त्रीसँग दाँज्दै आफ्नो आलोचना किन हुन्छ भनेर प्रश्न गरेका छैनन् । 

निष्कर्ष

नेपाल टाइम्सले प्रधानमन्त्री केपी शर्मा ओलीले “मोदीको आलोचना हुँ‍दैन, मेरो किन हुन्छ ?” भनेर प्रश्न गरेका हुन् भन्ने दाबीसहित भिडिओ सामग्री प्रस्तुत गर्‍यो । तर उपलब्ध प्रमाणहरूले ओलीले आफ्ना कुनै पनि सम्बोधनमा यस्तो भनाइ गरेका छैनन् भन्ने पुष्टि गर्छ । नेपाल टाइम्सले प्रयोग गरेको वाक्य न त प्रधानमन्त्रीको वास्तविक भाषणमा भेटिन्छ, न त त्यस अर्थमा कुनै अभिव्यक्ति दिएका छन् । बरु, ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग सकारात्मक वार्ता भएको उल्लेख गर्दै छिमेकी देशहरू सरकारप्रति सकारात्मक रहेको दाबी गरेका छन् । यस्तो पृष्ठभूमिमा नेपाल टाइम्सको शीर्षक र दाबी तथ्यहीन र भ्रामक ठहरिन्छ । यसले दर्शकको ध्यान तान्न बनाइएको गलत शीर्षक र सामग्रीको प्रयोग भएको प्रस्ट हुन्छ ।

प्रतिक्रिया

तपाईंले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।


पछिल्लो अध्यावधिक: बैशाख ११, २०८२ २०:२४





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– गत चैत्र २० गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुका जायज माग पूरा गरी विद्यालय फर्काउने वातावरण सुनिश्चित गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । 

न्यायाधीश नहकुल सुवेदीको एजलासले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका नाममा उक्त आदेश दिएको हो । साथै कक्षा १२ को परीक्षा नसार्न पनि आदेशमा भनिएको छ । 

आदेशमा शिक्षकहरूका जायज र संविधानसम्मत माग तत्काल सम्बोधन गर्न सरकारका नाममा उचित र आवश्यक निर्णय गरी ३ दिनभित्र शिक्षकहरू विद्यालय फर्की पठनपाठन गराउने वातावरण सुनिश्चित गर्न भनिएको छ ।

शिक्षकहरू शिक्षा ऐन जारी गर्ने लगायत माग राखी आन्दोलनरत रहेको र हालसम्म टुंगिने अवस्था नदेखिँदा यसले देशभरका लाखौँ विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै अधिवक्ता चौधरीले गत चैत १० गते रिट दायर गरेका थिए ।

उनले रिटमा आन्दोलनका कारण कक्षा १२ को परीक्षा अन्योलमा परेको र विद्यार्थीको शिक्षासम्बन्धी हकमा गम्भीर असर परेको भन्दै समयमै पढ्न,लेख्न पाउने वातावरण मिलाइदिन माग गरेका थिए ।

Ncell 2
Ncell 2

आन्दोलनरत शिक्षकहरुका जायज र संविधानसम्मत मागहरु तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरुले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले ३ दिन भित्र आन्दोलनरत शिक्षकहरु विद्यालयमा फर्की नियमित पठन पाठन गर्ने वातावरण सुनिश्चित गर्नू,देशभरका बालबालिकालाई नियमत रुपमा विद्यालयमा पठनपाठन गर्न पाउने हकबाट वञ्चित नगर्नू नगराउनू,आदेशमा भनिएको छ,तत्काल आवश्यक र उपयुक्त प्रबन्ध गरी आन्दोलनरत शिक्षकका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) बोर्डको परीक्षाफल समयमा प्रकाशन हुन नसक्ने अवस्थाको सृजना हुन नदिनू । 

यस्तै शिक्षक आन्दोलनका कारण कक्षा १२ को बोर्डको परीक्षा समयमा नभई लाखौं विद्यार्थीको भविष्य अन्योलमा पर्ने जोखिम रहेको देखिंदा उक्त परीक्षा तोकिएको समयमा नै गर्ने, परीक्षा नसार्ने सार्न नलगाउने आदेश समेत सर्वोच्चले दिएको छ । 

उल्लिखित आदेश कार्यान्वयनको प्रगतिका सम्बन्धमा यो आदेश प्राप्त भएको मितिले चौथो दिन प्रत्यर्थी शिक्षा मन्त्रालयले यस अदालतमा प्रतिवेदन पेश गर्नू र मुद्दा महाशाखा प्रमुखले उक्त प्रतिवेदनलाई सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २४ (२) (ख) बमोजिम इजलास समक्ष पेश गर्न भनिएको छ । 

shivam cement
shivam cement

उक्त रिटमाथि सर्वोच्चले चार बुँदे आदेश जारी गरेको हो ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

इस्लामाबाद। भारतले पाकिस्तानमाथि सीमापार आतङ्कवादलाई समर्थन गरेको आरोप लगाएको एक दिनपछि पाकिस्तान सरकारले बिहीबार भारतको कदमहरूको कडा प्रतिवाद गरेको छ।

प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय सुरक्षा समितिको विशेष बैठक बोलाए, जसमा सेना प्रमुख जनरल आसिम मुनीरसहित सुरक्षा निकायका उच्च अधिकारीहरू सहभागी थिए।

बैठकपछि जारी गरिएको वक्तव्यमा भनिएको छ, ‘पाकिस्तानको सार्वभौमिकता र जनताको सुरक्षालाई असर पुग्ने कुनै पनि कार्यको जवाफ दृढ र समुचित ढंगले दिइनेछ।’

भारतले कश्मीरमा भएको एक आक्रमणपछि पाकिस्तानसँगको पानी बाँडफाँट सन्धि निलम्बन गर्ने, प्रमुख सीमा नाका बन्द गर्ने, कूटनीतिक सम्बन्ध घटाउने र पाकिस्तानी नागरिकहरूको भिसा खारेज गर्ने निर्णय लिएको थियो।

पाकिस्तानले जवाफमा भारतीय कूटनीतिज्ञहरूलाई देश छोड्न आग्रह गरेको छ र भारतीय नागरिकहरूको भिसा रद्द गरिएको छ, यद्यपि सिख तीर्थयात्रीहरूलाई यसबाट छुट दिइएको छ।

इस्लामाबादले सिन्धु नदीको पानी रोक्ने प्रयासलाई गम्भीर रूपमा लिने र आवश्यक परे सम्पूर्ण राष्ट्रिय क्षमता प्रयोग गरेर प्रतिक्रिया दिने चेतावनी दिएको छ।

पाकिस्तानले आफ्ना आकाशमार्गहरू भारतीय विमान कम्पनीहरूका लागि तत्काल प्रभावबाट बन्द गरेको छ। साथै, पञ्जाबस्थित वाघा नाका पनि बन्द गरिएको छ।

वक्तव्यमा भनिएको छ, ‘यस सीमाबाट हुने सबै प्रकारको पारवहन अविलम्ब रोकिनेछ।’

पाकिस्तानले भारतसँग हुने सबै व्यापार, चाहे तेस्रो मुलुकमार्फत होस् वा प्रत्यक्ष, तत्काल स्थगित गर्ने निर्णय गरेको छ।


सामाग्री श्रोत :

भारतबाट उत्पन्न हुने कुनै पनि खतरा प्रति कडा र उपयुक्त प्रतिक्रिया दिइनेछ: पाकिस्तान

काठमाडौँ । सामाजिक सञ्जालमा ट्राफिक प्रहरीले सर्वसाधारणलाई निर्घात कुटपिट गरेको भिडिओ भाइरल भएपछि घटनामा संलग्न प्रहरीहरूमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार भिडिओमा देखिएका चार जना ट्राफिक प्रहरीलाई तत्कालै जनसेवा ट्राफिक प्रहरी वृत्तको जिम्मेवारीबाट हटाइएको हो ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार उक्त घटना मंसिर २३ गते सुन्धारास्थित आकाशे पुलमुनि घटेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको हो । उनले भने, “भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि अनुसन्धान सुरु गर्यौं । अहिले प्रहरीहरूलाई जिम्मेवारीबाट हटाइएको छ । थप कारबाहीका लागि यकिन अनुसन्धान भइरहेको छ ।”

गिरीका अनुसार, कुटपिटमा संलग्न प्रहरीहरूको परिचय हाल सार्वजनिक गरिएको छैन, तर ‘चार जनामध्ये कुटपिट कसले गरेको हो भन्ने यकिन भएपछि प्रहरी नियमावली २०७१ अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ’ ।

बिहीबार दिउँसोदेखि भाइरल भएको उक्त भिडिओमा एक ट्राफिक प्रहरीले मोटरसाइकल चालकलाई निर्घात कुटपिट गरेको देखिन्छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ‘प्रहरीले रक्षकको भूमिका निभाउनु पर्नेमा भक्षकको भूमिका खेलेको’ भन्दै आलोचना गरेका छन् । 

पछिल्लो अध्यावधिक: बैशाख ११, २०८२ १९:४३





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– अमेरिकाबाट डिपोर्ट भएर नेपाल आएका चार जना भुटानी शरणार्थीलाई अमेरिका जानु अघिको शरणार्थी शिविरमा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

बिहीबार बन्दीप्रत्यक्षीकरण रिटमाथि सर्वोच्च न्यायाधीशद्वय बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले आङ्शिक रिट जारी गर्दै शिविरमा राख्न आदेश दिएको सर्वोच्चका प्रवक्ता अच्युत कुईंकेलले बताए ।

शिविरमा राख्ने आदेशसँगै अध्यागमन कार्यालयलाई ६० दिनभित्र अनुसन्धान सक्नसमेत सर्वोच्चले भनेको छ ।

Ncell 2
Ncell 2

गएको बिहीबार सर्वोच्चका न्यायाधीश न्यायाधीश हरिप्रसाद फुयालको इजलासले उनीहरूलाई देश निकाला नगर्न अन्तरिम आदेशसँगै एक हप्ताभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।

अमेरिकाले डिपोर्ट गरेका आशिष सुवेदी, रोशन तामाङ र सन्तोष दर्जी चैत १६ गतेदेखि र अशोक गुरुङ चैत १९ गतेदेखि झापामा अध्यागमन कार्यालयको हिरासतमा छन् । यो आदेशसँगै अब उनीहरुलाई शरणार्थी शिविरमा राखिने छ ।

shivam cement
shivam cement

शरणार्थीहरूलाई थुनामुक्त गराउन हिरासतमा रहेका आशिसका बुवा नारायणप्रसाद सुवेदीले ३ वैशाखमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता गराएका थिए । भुटानी शरणार्थीको रुपमा नेपालमा रहेका नारायणप्रसाद बेलडाँगी शरणार्थी शिविरमा रहेका छन् ।

पक्राउ परेका चार जनालाई गएको ११ चैतमा अध्यागमन कार्यालयले देश निकाला गर्ने निर्णय गरेको थियो । अमेरिकाले डिपोर्ट गरेर भुटान पुर्‍याएका १२ जना शरणार्थीलाई भुटानले नेपालतिरै पठाइदिएको थियो । कागजात खोसेर भुटानले नेपाल पठाएका उनीहरू अवैध रूपमा नेपाल प्रवेश गरेको अभियोगमा रहेका थिए ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं- आवासीय चिकित्सकलाई सरकारी आठौं तह सरह निर्वाह भत्ता दिने निर्णय कार्यान्वयनलाई लिएर नेपाल चिकित्सक स‌ंघ (एनएमए)ले थप आन्दोलन घोषणा गरेको छ। शुक्रबार सबै सरकारी अस्पताल, प्रतिष्ठान, मेडिकल कलेज, क्लिनिकलगायत बन्द गरेर आन्दोलनमा ऐक्यबद्धता जनाउन आह्वान गरिएकझो हो।

बिहिबार माइतिघर मण्डलामा आन्दोलन र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलसँग गरिएको संवाद्बाट निकास ननिस्केपछि थप आन्दोलनका कार्यक्रम अघि सारिएको हो। 

केन्द्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ र जिल्ला प्रशासन कार्यालय घेराउलाई निरन्तरता दिने बताइएको छ। 

एनएमएले २४ घण्टाभित्र आफ्ना माग सम्बोधन नभएमा १२ गते देशभरिका आकस्मिक तथा सघन उपचार सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पार्न बाध्य हुने चेतावनी समेत दिइएको थियो। 

चिकित्सा शिक्षा आयोगको १६ औ पूर्ण बैठकले आवासीय चिकित्सकलाई ४८ हजार ७ सय ३७ रुपैयाँ दिने निर्णय गरेको थियो। उक्त निर्णय भूतप्रभावी नहुने भन्दै निजी मेडिकल कलेजले कार्यान्वयन गर्न आनाकानी गरिरहेका छन्।
 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं । सप्तरीमा एक पुरुष सुतेकै अवस्थामा मृत फेला परेका छन्। कञ्चनरुप नगरपालिका-८ कञ्चनपुर ४८ वर्षीय श्याम कुमार गुप्ता सुतेकै अवस्थामा मृत फेला परेका हुन्

बिहान १० बजेतिर उनकी छोरीले उठाउन खोज्दा गुप्ता ओछ्यानमै मृत फेला परेपछि उनकी श्रीमती गुञ्जा गुप्तालाई प्रहरीले पक्राउ गरेको छ। घटना शंकास्पद देखिएपछि उनकी श्रीमतीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

शव पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अञ्चल अस्पताल पठाइएको छ। श्रीमती मानसिक रोगी रहेकाले हत्या गरेको हुन सक्ने प्रहरी आशंका छ।


सामाग्री श्रोत :

श्रीमान् सुतेकै अवस्थामा मृत फेला, श्रीमती प्रहरी नियन्त्रणमा

काठमाडौँ । फेसबुकमा हातहतियार प्रदर्शन गर्दै समाजमा डर त्रास फैलाएको आरोपमा कपिलवस्तुका दुई युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा शुद्धोधन गाउँपालिका-३ असैरनाका २१ वर्षीय दुर्गेश यादव र वडा नं. ४ का २५ वर्षीय अनिल कुमार कहार रहेका छन् ।

फेसबुकमा हातहतियार प्रदर्शन गरेको फोटो र भिडिओ सार्वजनिक गरेको सूचनाका आधारमा लवनीस्थित प्रहरी चौकीबाट खटिएको टोलीले उनीहरूलाई घरैबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका दुवै जनामाथि सार्वजनिक शान्ति विरुद्धको कसुरमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुबाट सात दिनको म्याद थप गराएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

पछिल्लो अध्यावधिक: बैशाख ११, २०८२ १८:५८





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– आगामी जेठ २ गतेदेखि प्रदर्शनको तयारीमा रहेको ‘हेल्लो काँशीराम’ को गीत ‘झ्यामकी मादल झ्याम’ सार्वजनिक गरिएको छ।

बिहीबार बुढासुब्बा डिजिटल युट्युबमार्फत सार्वजनिक गीतमा गायक प्रताप दास र गायिका मेलिना राईको स्वर सुन्न सकिन्छ। 

नरेन्द्र वियोगीको संगीत संयोजन रहेको यो डान्सिङ गीत हो। यसको भिडिओमा प्रियंका कार्की, दिलीप रायमाझी, उमेश राई, सुमन खाँड, सरोज केसीलगायत कलाकारहरूको नृत्य छ। भिडिओका कोरियोग्राफर कविराज गहतराज हुन्।

प्रचार प्रसारलाई अझ तिव्र बनाउने उद्देश्यले निर्माण टिमले यो गीत सार्वजनिक गरेको हो। 

रेडलाइन फिल्म्स प्रा.लि.को ब्यानरमा निर्माण भएको फिल्म रिम विश्वकर्माले लेखन तथा निर्देशन गरेका हुन्।

Ncell 2
Ncell 2

पि.बि थापा निर्माता रहेको फिल्ममा यम आलेको छायांकन, मित्र डि. गुरूङको सम्पादन र रंग संयोजन छ। 

‘हेल्लो काँशीराम’ मा दिलीप रायमाझी, सुरविर पण्डित, रामचन्द्र अधिकारी, सुशील पोखरेल, उमेश राई (फुलन्देको आमा), अर्जुन गुरूङ, नवज्योति रसाइली, सुमन खाँण लगायत कलाकारहरूको अभिनय छ। अभिनेत्री प्रियंका कार्की विशेष भूमिकामा देखिन लागेकी हुन्।

फिल्म ‘हेल्लो काँशीराम’ जेठ २ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।

shivam cement
shivam cement

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट