

काठमाडौं । जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबीच तनाव चरम अवस्थामा छ । पछिल्लो घटनाक्रमसँगै दुबै पक्षबाट भएका निर्णयहरूले यी देशहरू युद्धको संघारमा उभिएको विश्नेषण गर्न थालिएको छ ।
आक्रमणको भोलिपल्टै भारतले कूटनीतिक मिसन छोट्याउने, सीमा बन्द गर्ने र सिन्धु जल सन्धिलाई स्थगित गर्ने घोषणा गरेको छ । सिन्धु जल सम्झौताको खारेजीलाई धेरै कठोर कारवाही मानिएको छ । १९६० मा भारत र पाकिस्तानबीच सिन्धु जल सम्झौता भएको थियो ।
सम्झौता भएयता भारत र पाकिस्तानबीच तीनवटा ठूला युद्ध भए । १९६५ को भारत पाकिस्तान युद्ध, १९७१ मा बंगलादेशको स्वतन्त्रताका लागि विद्रोह हुँदा भएको भारत पाकिस्तान युद्ध र १९९९ को कारगिल युद्ध यी देशबीच भएका ठुला युद्ध हुन् । यी युद्धको बेला पनि सिन्धु जन सम्झौता निलम्बन गरिएको थिएन । तर, अहिले भारतले सम्झौता निलम्बन गर्ने घोषणा गरेको छ ।
अर्कोतर्फ पाकिस्तानले पनि यसको जवाफमा कारवाहीको घोषणा गरेको छ । इस्लामाबादमा भएको राष्ट्रिय सुरक्षा परिषदको बैठकले सिन्धु जन सम्झौता अन्तर्गत पाकिस्तानमा बग्ने पानीलाई भारले ‘रोक्ने’ वा ‘मोड्ने’ प्रयास गरेमा यसलाई ‘युद्धको कारवाही’ मान्ने घोषणा गरेको छ । यसको अर्थ भारतले सिन्धु नदीबाट पाकिस्तान जाने पानि चलाएमा पाकिस्तानले यसलाई युद्धको घोषणा मान्नेछ ।
सिन्धु नदी भारतको श्रीनगरबाट बग्दै पाकिस्तानको उत्तरपूर्वी सीमाबाट पाकिस्तान प्रवेश गर्छ र दक्षिणपश्चिम पाकिस्तानको कराची पुगेर समुद्रमा मिसिन्छ । सिन्धु नदीले आफ्नो बहावको क्रममा पाकिस्तानको पूरै लम्बाई पार गर्छ । यो पाकिस्तानको जनस्रोतको लागि सबैभन्दा महत्वपूर्ण नदी हो ।
सिंधु जल सन्धि निलम्बन गर्दा पाकिस्तानमा धेरै नराम्रो प्रभाव पर्नेछ। सिन्धु नदीको ७० प्रतिशत पानी पाकिस्तानमा जाने भएकाले पाकिस्तानको ८० प्रतिशतभन्दा बढी जनसंख्या प्रभावित हुनेछ। पाकिस्तानको ८० प्रतिशतभन्दा बढी कृषि उत्पादन सिन्धु जल सन्धिको पानीमा निर्भर छ। यदि यो पानी आपूर्ति बन्द भयो भने, पाकिस्तानका जनताले ठूलो कठिनाइको सामना गर्नुपर्नेछ।
भारतले सिन्धु सम्झौता निलम्बन गरेपछि पाकिस्तानले पनि १९७२ मा भएको शिमला सम्झौता सहित भारतसँगका सबै द्विपक्षीय सम्झौता निलम्बन गरेको छ । सिन्धु जल सन्धि निलम्बन भएदेखि नै पाकिस्तानमा शिमला सम्झौताबाट पछि हट्नुपर्ने माग उठेको थियो।
प्रसिद्ध पाकिस्तानी पत्रकार हमिद मीरले एक्समा एक पोस्टमा लेखेका छन्, “पाकिस्तानमा नयाँ बहस चलिरहेको छ। यदि भारत विश्व बैंक अन्तर्गत हस्ताक्षर गरिएको सिन्धु जल सन्धिलाई बिदाइ गर्न प्रतिबद्ध छ भने, पाकिस्तानले पनि शिमला सम्झौताबाट पछि हट्नु पर्छ, जसमा कुनै पनि अन्तर्राष्ट्रिय संस्था संलग्न छैन।”
पाकिस्तान प्रशासित कश्मीरका पूर्व ‘प्रधानमन्त्री’ राजा मोहम्मद फारुक हैदर खानले ट्विटरमा लेखे: “भारतले एकतर्फी रूपमा सिन्धु जल सन्धि निलम्बन गर्ने निर्णय गरेको छ। यसको प्रतिक्रियामा, हामीले शिमला सम्झौताबाट पछि हट्नु पर्छ। विशेष गरी कश्मीरसँग सम्बन्धित मामिलाहरूमा।”
अब जब पाकिस्तानले शिमला सम्झौता निलम्बन गर्ने निर्णय गरेको छ, धेरै पाकिस्तानीहरूले यसले उनीहरूलाई फाइदा पुर्याउने भनिरहेका छन्। उनीहरूको तर्क छ कि शिमला सम्झौताले पाकिस्तानलाई कश्मीर मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नबाट रोकेको थियो तर अब पाकिस्तानले कुनै पनि कूटनीतिक दायित्व बिना हरेक अन्तर्राष्ट्रिय मञ्चमा कश्मीर मुद्दा उठाउनेछ।
१९७१ मा भारत-पाकिस्तान युद्ध पछि शिमला सम्झौतामा हस्ताक्षर भएको थियो । यो एक औपचारिक सम्झौता थियो जुन दुई देशहरू बीचको शत्रुता अन्त्य गर्न महत्त्वपूर्ण मानिन्थ्यो। यसका साथै शान्तिपूर्ण समाधानलाई अगाडि बढाउन शिमला सम्झौताको विशेष भूमिका रहेको मानिन्थ्यो।
शिमला सम्झौता अनुसार दुवै देशले द्विपक्षीय वार्ता र शान्तिपूर्ण माध्यमबाट सबै समस्याहरू समाधान गर्नेछन्। १९७१ को युद्ध पछि सिमला सम्झौता अन्तर्गत नियन्त्रण रेखा (एलओसी) सिर्जना गरिएको थियो र दुवै देशहरूले यसलाई सम्मान गर्ने र कसैले पनि एकतर्फी निर्णय नगर्न सहमत भएका थिए।
दुवै पक्षले एलओसीलाई मापदण्डको रूपमा प्रयोग गर्दै एकअर्काको क्षेत्रबाट सेना फिर्ता बोलाउन सहमत भएका थिए। तर, अब पाकिस्तानले शिमला सम्झौताबाट बाहिरिने घोषणा गरेसँगै सीमामा दुवै देशले मानिरहेको लाइन अफ कन्ट्रोल अमान्य भएको छ । यसको अर्थ अब भारत र पाकिस्तानबीच दुवै देशले मान्ने सीमारेखा छैन । सीमारेखा नभएपछि दुवैतर्फबाट गुसपैठ हुने र युद्ध हुने जोखिम धेरै बढेको छ ।
सामाग्री श्रोत :
सिन्धु चलाउनु ‘युद्धको कारवाही’ मान्ने पाकिस्तानको घोषणा, शिमला सम्झौता पनि खारेज
काठमाडौं । एमजी मोटरले आफ्नो साइबर सिरिज अन्तर्गतको नयाँ ईभी सार्वजनिक गरेको छ । हाल चीनको साङ्घाइमा जारी साङ्घाइ अटो शो २०२५ मा कम्पनीले साइबरको लाइनअपको रुपमा नयाँ एसयूभी साइबर एक्स प्रदर्शन गरेको हो । स्टारडस्ट ग्रे कलरको यो इलेक्ट्रिक एसयूभीमा क्लासिक पप-अप हेडलाइट, फुल-विड्थ एलईडी लाइट बार, डुअल-टोन अलोय ह्वील जस्ता फिचरहरू छन्।
यो गाडीको डिजाइन चर्चित अटो डिजाइनर जोसेफ काबानको निर्देशनमा तयार गरिएको बताइएको छ, जसले यो भन्दा अगाडी बुगाट्टी भेरोनको पनि डिजाइन गरेका थिए । साइबर एक्स एसयूभी एसएआईसी (SAIC) कम्पनीको नयाँ ईथ्री (E3) इलेक्ट्रिक प्लेटफर्ममा आधारित रहेको बताइएको छ । यसमा एमजीको नयाँ जेब्रा ३.० अपरेटिङ सिस्टम प्रयोग गरिएको जनाइएको छ । कम्पनीले यो गाडी विशेष गरी शहरी क्षेत्र तथा अफरोडलाई लक्षित गरि तयार गरेको बताएको छ ।
साइबर एक्ससँगै कम्पनीले साइबरस्टर एमवाई २०२६ र साइबरस्टर ब्ल्याक १०१ एनिभर्सरी इडिसन पनि साङ्घाई अटो शोको क्रममा सार्वजनिक गरेको छ । सन् २०२६ मा यी गाडीहरू बजारमा उपलब्ध हुने अनुमान गरिएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख १२, २०८२ १०:२८
सामाग्री श्रोत :
टेक पाना

दाङ – लुम्बिनी प्रदेशमा एक महिनामा चार सय दुईवटा दुर्घटना भएका छन् । १२ वटै जिल्लामा चैतमा ४०२ वटा दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रमुख दानबहादुर कार्कीले जानकारी दिएका छन् ।
फागुनभन्दा चैतमा भने दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या घटेको छ । फागुनमा ३९ जनाको मृत्यु भएको थियो । दुर्घटनाबाट रूपन्देही र दाङमा सबैभन्दा धेरै १०–१० जनाको मृत्यु भएको छ भने पाल्पा, रोल्पा र रुकुमपूर्वमा मृत्युको सङ्ख्या शून्य छ । बाँकेमा सात, कपिलवस्तु, बर्दिया, नवलपरासी पश्चिम र अर्घाखाँचीमा तीन–तीन जनाको मृत्यु भएको छ भने प्यूठानमा दुई र गुल्मीमा एक जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रमुख कार्कीले बताए । साथै दुर्घटनाबाट सात सय ४५ जना घाइते भएका छन् ।
दुर्घटना हुनेमा सबैभन्दा बढी मोटरसाइकल छन् । ६० प्रतिशत मोटरसाइकल दुर्घटना नै हुने गरेको प्रदेश प्रहरी प्रमुख कार्कीले बताए । उनका अनुसार बस ४.३६ प्रतिशत, कार र जीप ८.७१ प्रतिशत, ट्रक, ट्याङ्कर २.६१ प्रतिशत, माइक्रो १.२२ प्रतिशत, टिपर १.९२ प्रतिशत, ट्रयाक्टर ४.७० प्रतिशत, ट्याम्पो ७.४९ प्रतिशत र साइकल ८.०१ प्रतिशत दुर्घटना भएका छन् । सडक र चालककै कारण धेरै दुर्घटना भइरहेको प्रदेश प्रहरी प्रमुख कार्कीले बताए । उनका अनुसार लुम्बिनीका धेरै ठाउँमा सडक स्तरवृद्धि नभएको तथा खाल्डाखुल्डीले धेरै दुर्घटना बढाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

तुलसीपुर (दाङ)। लुम्बिनी प्रदेशमा एक महिनामा चार सय दुईवटा दुर्घटना भएका छन् । १२ वटै जिल्लामा चैतमा ४०२ वटा दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रमुख दानबहादुर कार्कीले बताए।
फागुनभन्दा चैतमा भने दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या घटेको छ । फागुनमा ३९ जनाको मृत्यु भएको थियो । दुर्घटनाबाट रूपन्देही र दाङमा सबैभन्दा धेरै १०–१० जनाको मृत्यु भएको छभने पाल्पा, रोल्पा र रुकुमपूर्वमा मृत्युको सङ्ख्या शून्य छ । बाँकेमा सात, कपिलवस्तु, बर्दिया, नवलपरासी पश्चिम र अर्घाखाँचीमा तीन–तीन जनाको मृत्यु भएको छभने प्यूठानमा दुई र गुल्मीमा एक जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रमुख कार्कीले बताए । साथै दुर्घटनाबाट सात सय ४५ जना घाइते भएका छन् ।
दुर्घटना हुनेमा सबैभन्दा बढी मोटरसाइकल छन् । ६० प्रतिशत मोटरसाइकल दुर्घटना नै हुने गरेको प्रदेश प्रहरी प्रमुख कार्कीले बताए । उनका अनुसार बस ४.३६ प्रतिशत, कार र जीप ८.७१ प्रतिशत, ट्रक, ट्याङ्कर २.६१ प्रतिशत, माइक्रो १.२२ प्रतिशत, टिपर १.९२ प्रतिशत, ट्रयाक्टर ४.७० प्रतिशत, ट्याम्पो ७.४९ प्रतिशत र साइकल ८.०१ प्रतिशत दुर्घटना भएका छन् । सडक र चालककै कारण धेरै दुर्घटना भइरहेको प्रदेश प्रहरी प्रमुख कार्कीले बताए । उनका अनुसार लुम्बिनीका धेरै ठाउँमा सडक स्तरवृद्धि नभएको तथा खाल्डाखुल्डीले धेरै दुर्घटना बढाएको छ ।
सामाग्री श्रोत :
काठमाडौं । नेपाल मोबाइल वितरक संघ (एनएमडिए) को नयाँ कार्यसमितिलाई मोबाइल फोन इम्पोर्टर्स एशोसिएशन (एमपिआइए) ले बधाई तथा स्वागत गर्दै आगामी दिनमा मोबाइल बजारलाई सुरक्षित र मर्यादित बनाउन आपसी सहकार्यलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा एमपिआइएका अध्यक्ष दिपक कुमार मल्होत्राले एनएमडिएका नवनिर्वाचित अध्यक्ष रघु त्रिपाठी र कार्यसमिति सदस्यहरूलाई बधाई दिदैँ सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । साथै, उनले दुई कार्यकालसम्म एनएमडिएको नेतृत्व सम्हालेका निवर्तमान अध्यक्ष दिनेश चुल्याद्योलाई योगदानको उच्च मूल्याङ्कन गर्दै धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा अध्यक्ष मल्होत्राले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) को प्रभावकारी कार्यान्वयनका लागि एमपिआइए, एनएमडिए र नेपाल मोबाइल व्यवसायी महासंघ (एफएनएमबिए) बीच सहकार्य आवश्यक रहेको बताए । उनले उपभोक्तालाई गुणस्तरीय सेवा र सुरक्षित बजार वातावरण सुनिश्चित गर्न सबै पक्ष गम्भीर हुनुपर्ने अभिव्यक्ति दिएका थिए ।
एमपिआइएका उपाध्यक्ष संजय अग्रवालले मोबाइल कारोबारमा बढ्दो असुरक्षित उधारो प्रणाली र अवैध मोबाइल आयातलाई रोक्न तुरुन्त कदम चाल्नुपर्ने धारणा व्यक्त गरे।
कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष रघु त्रिपाठीले व्यावसायिक शुद्धता कायम गर्दै मोबाइल बजारलाई थप व्यवस्थित बनाउन एमपिआइएसँग सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता जनाए। उनले वर्तमान चुनौती र भविष्यका सम्भावनाको चर्चा गर्दै सहकार्यबाट नै समाधानको बाटो खुल्ने विश्वास व्यक्त गरे।
पछिल्लो अध्यावधिक: बैशाख १२, २०८२ ७:५५
सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ – आज वैशाख १२ गते । विसं २०७२ वैशाख १२ गते अर्थात् आजभन्दा ठिक १० वर्ष पहिले गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठूलो जनधनको क्षति गरेको थियो ।
७.६ म्याग्निच्युडको भूकम्पले आठ हजार नौ सय ७९ जनाले ज्यान गुमाएका थिए । उक्त भूकम्पमा परी २२ हजार ३०९ घाइते भएका थिए । सोही विनाशकारी भूकम्पको स्मृतिमा आज विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । सुरक्षित पूर्वाधार निर्माणका लागि सचेतना जगाउने उद्देश्यका साथ आज भूकम्प स्मृति दिवस मनाउन लागिएको हो ।
काठमाडौँको सुन्धारामा अवस्थित धरहरा परिसरमा आज भूकम्प स्मृति दिवसको विशेष कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आथित्यता रहने छ । ‘सुरक्षित पूर्वाधार निर्माण गरौँ, भूकम्पबाट जोगिऔ’ भन्ने सन्देश दिनका लागि भूकम्प स्मृति दिवस मनाउन लागिएको हो ।
यसैबिच राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, बिहीबार साँझ सात बजेर ३४ मिनेटको समयमा चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प गएको छ ।
रुकुमपूर्वको रन्मामैकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्प पश्चिम नेपालमा लगातार गइरहेको भूकम्पमध्येको पछिल्लो हो । भूकम्प स्मृति दिवस मनाउन लागिएको अघिल्लो दिन नै रुकमुपूर्वमा सामान्य प्रकृतिको भूकम्प गएपछि नेपाल अझै पनि भूकम्पीय जोखिममा रहेको विभिन्न अध्ययनले देखाउँदै आएको छ ।
पश्चिम नेपालमा पछिल्ला दिनमा साना प्रकृतिका भूकम्प लगातार गइरहेका छन् । विसं २०८० कात्तिक १७ गते जाजरकोटको बारेकोटलाई केन्द्रबिन्दु बनाएर छ दशमलव चार म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि पनि लगातार जाजरकोटका विभिन्न स्थानलाई केन्द्रबिन्दु बनाएर भूकम्प गइरहेका छन् ।
महाभूकम्पको दशक बित्दा पनि घाउ अझै निको भएको छैन । राजधानी काठमाडौँका गल्लीगल्लीमा, पहाडी गाउँका पाखापखेरामा अझै भत्किएका घरहरू ठडिन सकेका छैनन् । जहाँ घरभन्दा धेरै सम्झनाहरू ढलेका थिए । दशक बित्दा पनि पुनर्निर्माणको पर्खाइमा नै छन् नेपालीहरू ।
अझै भूकम्पका कारण भत्किएका निजी आवास, विद्यालय, पुरातात्विक भवन तथा विभिन्न सरकारी भवनको पुनर्निर्माणकै क्रममा छन् ।
भूकम्पले करिब १० लाख निजी आवास, सात हजार ५५३ विद्यालय, ४९ हजार ६८१ कक्षाकोठा, पाँच सय ४४ स्वास्थ्य संस्थामा पूर्ण क्षति, छ सय ५३ स्वास्थ्य संस्थामा आंशिक क्षति भएको थियो । यसैगरी चार सय १५ सरकारी भवन, विश्व सम्पदा क्षेत्रका एक सय ७० सम्पदासहित नौ सय २० सांस्कृतिक सम्पदा र सुरक्षा निकायका तीन सय ८३ भवनमा क्षति पुगेको थियो । तीन हजार २१२ खानेपानी संरचना, ५३ सडक र दुई सय ९९ मानव बस्तीमा क्षति पुगेको थियो ।
सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको कार्यान्वयन एकाइ (भवन तथा आवास) तथा त्यसअन्तर्गतका निकायबाट सम्पादन भएका आयोजनाको विवरण सार्वजनिक गरेको छ ।
एकाइका अनुसार निजी आवास पुनर्निर्माणतर्फ आठ लाख ३५ हजार १८५ लाभग्राही पहिचान भएकामा आठ लाख ३४ हजार २६७ जनाले पहिलो किस्ता प्राप्त गरेका छन् । पहिलो किस्ता प्राप्त गर्नेमध्ये सात लाख ७० हजार ७७५ (९२.४) प्रतिशतले दोस्रो किस्ता र सात लाख ४३ हजार २४९ (८९.१) प्रतिशतले तेस्रो किस्ताबापतको अनुदान रकम प्राप्त गरेका छन् ।
गोरखा महाभूकम्पले ओखलढुङ्गा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली, भक्तपुर, ललितपुर, काठमाडौँ, रसुवा, नुवाकोट, धादिङ, गोरखा र मकवानपुर गरी १४ जिल्लामा धेरै क्षति गरेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
फाइल तस्विर
काठमाडौं- पछिल्लो केही दिनदेखि बढेको तापक्रममा कारण गर्मीजन्य स्वास्थ्य समस्या लिएर अस्पताल पुग्ने बिरामीको
संख्या बढेको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा गर्मी बढेपछि विशेष बुलेटिन निकालेर तातो हावा चल्न
सम्भावना बढेको भन्दै सतर्कता अपनाउनका लागि सुझाव समेत दिइसकेको छ।
अझै केही दिन पानी पर्ने सम्भावना नभएकाले तापक्रम अझै बढ्ने मौसम पूर्वानुमान महाशाखाले गरेको छ । शुक्रराज
ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा युवानिधी बसौला फागुनको अन्तिम सातादेखि नै गर्मीजन्य स्वास्थ्य
समस्याका बिरामीहरु अस्पताल आउने क्रम बढ्दै गइरहेको बताउँछन्।
उनका अनुसार हाल टेकु अस्पतालमा मात्र गर्मीजन्य स्वास्थ्य समस्या लिएर अस्पताल पुग्ने बिरामी २५ प्रतिशतले बढेका
छन्। कतिपय बिरामीलाई भर्ना नै गरेर समेत उपचार गर्नु परिरहेको उनले जानकारी दिए।
‘दैनिक १ हजार भन्दा माथि ओपिडीमा बिरामी आउने गरेका छन्, इमर्जेन्सीमा दैनिक २० देखि ३० जनासम्म पुग्छन्, डा
बसौलाले भने, ‘मुख्यतया झाडापखालाका बिरामी बढी छन्, त्यस्तै रुघाखोकी, ज्वरो,टाइफाइड,सर्पले टोकेका, मलेरिया,
कालाजारका बिरामी पनि बढ्दै गइरहेका छन्। अहिलेसम्म डेंगुका एक दुई वटा केशहरु मात्रै आएका छन्।’
सर्पले टोकेका बिरामी मात्रै दैनिक इमर्जेन्सीमा ४,५ जना आउने गरेको उनी बताउँछन्।
गर्मीजन्य स्वास्थ्य समस्याबाट बच्नका लागि सकभर चर्काे घाममा नहिँड्ने, बाहिर हिड्नै पर्नेले मास्कको अनिवार्य प्रयोग
गर्ने,खाना खानु अगाडि राम्रोसँग साबुन पानीले हात धुने तथा काँचो खानेकुरालाई राम्रोसँग पखालेर मात्रै खाने बानीको
विकास गर्न डा बसौलाको सुझाव छ। यदि बढी ज्वरो आउने, टाउको दुख्ने, रिगँटा लाग्ने भएमा तुरुन्तै स्वास्थ्य संस्थामा
जानका लागि उनी सुझाउँछन् ।
गर्मीजन्य स्वास्थ्य समस्याबाट यसरी बचौं
सकेसम्म घामसँग सुरक्षित रहने
घाममा धेरैबेर रहँदा छालासम्बन्धी कैयौं समस्या पनि देखिन सक्छन्। यसैले घाममा निस्कँदा छाता, चश्मा, टोपी, पातलो
खालको पछ्यौरा प्रयोग गर्न सकिन्छ। यसले छालालाई बचाउँछ। सनस्क्रीनको प्रयोग पनि गर्मीमा जरुरी हुन्छ।
पानी प्रशस्त पिउने
गर्मीको सामना गर्नका लागि शरीरलाई हाइड्रेट गर्नुपर्छ। साथै नरिवल पानी, कागतीको सर्वत, मोहीजस्ता स्वस्थकर पेयको
प्रयोग गर्नुपर्छ। यसबाट शरीरमा इलेक्ट्रोलाइट्सको सन्तुलन भइरहन्छ र कमजोरी महसुस हुन दिँदैन।
खानेकुरा खाँदा सावधानी अपनाउने
गर्मी मौसममा पाचनप्रणाली कमजोर हुन सक्छ। यस्तो अवस्थामा पेटसँग सम्बन्धी समस्या अपच, एसिडीटी र कब्जियत
हुनसक्छ। यसैले गर्मीमा जहिले पनि पच्ने खालका र हल्का खाना खानुपर्छ। मसालेदार, उच्च प्रोटिन या तेलमा बनेका खाना
सकेसम्म खानुहुँदैन। गर्मी सिजनमा पाइने पालुंगो, गोलभेँडा, काँक्रोजस्ता तरकारी र तरबुजा, सुन्तलाजस्ता फल खानुपर्छ।
सक्रिय रहने
गर्मीको समयमा बिहान या साँझको समयमा हिँड्ने बानी गर्नुपर्छ। यसले क्यालोरी पनि खर्च हुन्छ र चिसो हावामा हिँड्दा
मूड पनि राम्रो हुन्छ। सक्रिय रहँदा रक्तचाप, ब्लड सुगर र तनाव नियन्त्रण गर्न मद्दत मिल्छ ।
सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ। आज विश्व औलो दिवस हो । यस अवसरमा विश्व स्वास्थ्य सङ्गठनले औलो उन्मूलनका निम्ति नीतिगत व्यवस्थाका साथ अझ सशक्त ढङ्गले अघि बढ्न विश्वका सबै देशका सरकार तथा सम्बद्ध निकाय आह्वान गरेको छ ।
सङ्गठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले दृढ राजनीतिक प्रतिबद्धता, दिगो लगानी, बहुक्षेत्रीय कार्य र समुदायको संलग्नताबाट औलो उन्मूलन गर्न सकिने बताएका छन्।
अन्तरराष्ट्रिय प्रतिनिधि दिवस पनि आजै हो । दोस्रो विश्वयुद्धपछि आजकै दिन अर्थात् २५ एप्रिल १९४५ मा विश्वमा शान्ति पुनःस्थापित गर्ने र युद्धपछिको विश्व व्यवस्थालाई विधिको शासनअनुरुप अघि बढाउने उद्देश्यका साथ सान फ्रान्सिस्को सम्मेलनको प्रथम वार्षिकोत्सवका रूपमा यो दिवस मनाइन्छ । यसलाई अन्तरराष्ट्रिय सङ्गठनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन पनि भनिन्छ ।
उक्त सम्मेलनबाट संयुक्त राष्ट्रसङ्घ स्थापनाको बिजारोपण भएको हो । दुई महिनासम्म सञ्चालन भएको उक्त सम्मेलनमा ५० देशका ८५० प्रतिनिधि सहभागी थिए ।
संयुक्त राष्ट्रसङ्घमा सदस्य राष्ट्रका प्रतिनिधि र उनीहरूको भूमिका बारेमा जागरूकता बढाउन सन् २०१९ मा राष्ट्रसङ्घीय महासभाले २५ अप्रिललाई अन्तरराष्ट्रिय प्रतिनिधि दिवसका रूपमा घोषणा गरेको हो ।
सामाग्री श्रोत :
काठमाडौं । विश्वको ध्यान आर्टिफिसियल इन्टलिजेन्स (एआई) मा केन्द्रित भइरहँदा यता चिनियाँ अनुसन्धानकर्ताहरूले भने क्वान्टम क्रिप्टोलोजीमा ठूलो सफलता हात पारेको छ । साङ्घाई विश्वविद्यालयका प्राध्यापक वाङ छाओको नेतृत्वमा रहेको टोलीले क्यानाडामा निर्मित डी-वेभ एड्भान्टेज क्वान्टम कम्प्युटर प्रयोग गरेर ९०-बिटको आरएसए इन्टिजर (RSA Integer) क्रयाक गर्न सफल भएको छ, जुन केही वर्ष अघिसम्म असम्भव मानिएको थियो ।
क्वान्टम क्रिप्टोलोजी भन्नाले उपपरमाणविक (subatomic) स्तरमा क्वान्टम यान्त्रिक प्रयोग गरेर कोड लेख्ने र तोड्ने विज्ञान भनेर बुझिन्छ । यो प्रविधि र एआई मिलेर ‘चौथो औद्योगिक क्रान्ति’ गर्ने विश्वास गरिन्छ । किनभने यसको सफलताले संसारको कुनै पनि कोड तोड्न सक्ने क्षमता विकास हुन्छ भन्ने मान्यता छ ।
तर, यस्तो प्रविधिले ठूलो खतरा पनि निम्त्याउने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । उनीहरूका अनुसार यस्तो प्रविधिले संसारलाई क्यू-डे (Q-Day) नजिक पुर्याइरहेको छ । अर्थात् त्यस्तो दिन जब क्वान्टम कम्प्युटरहरू हालकै सबैभन्दा सुरक्षित इन्क्रिप्सन प्रणालीहरू समेत तोड्न सक्षम हुनेछन्, जसले व्यक्तिगत गोपनीयता र डेटा सुरक्षामा गम्भीर असर पार्न सक्छ ।
यो खतरा रोक्न विश्वभर वैज्ञानिकहरू पोस्ट-क्वान्टम क्रिप्टोग्राफी लगायतका वैकल्पिक उपायहरूमा अनुसन्धान गरिरहेका छन्। तर वाङको टोलीले क्वान्टम एनीलिङ एल्गोरिदम र परम्परागत क्रिप्टोग्राफिक प्रविधिहरूलाई मिलाएर ९०-बिटसम्मको इन्टिजर क्रयाक गर्न सफल भएको छ । यो उपलब्धिले फुजित्सु (९-बिट), लकेड मार्टिन (१३-बिट) र पर्ड्यु विश्वविद्यालय (२०-बिट) का अघिल्ला कीर्तिमानहरूलाई उछिनेको छ।
क्वान्टम एनीलिङ भन्नाले न्यूनतम ऊर्जा अवस्था (optimal solution) पत्ता लगाउने एक प्रविधि हो, जसले कठिन समस्या समाधानमा उच्च दक्षता देखाउँछ।
यस अनुसन्धानले क्वान्टम कम्प्युटिङको प्रयोगमार्फत क्रिप्टोग्राफीमा नयाँ सम्भावना देखाएको मात्र होइन, इन्क्रिप्सन प्रणालीमाथि हमला गर्न क्वान्टम युगको नयाँ अवधारणा समेत प्रस्तुत गरेको छ।
यसबीच, बैंकिङ, ब्लकचेन र सरकारी सेवा क्षेत्रहरूलाई पोस्ट-क्वान्टम क्रिप्टोग्राफी तत्काल अपनाउन विज्ञहरूले सल्लाह दिएका छन्। ‘क्वान्टम माइग्रेसन’ भन्ने अभ्यास विश्वभर सुरु भइसकेको छ, जहाँ संवेदनशील डेटा भविष्यमा क्वान्टम कम्प्युटरले डिकोड गर्न नसक्ने गरी सुरक्षित राख्न हाइ टेक्नोलोजी प्रयोग हुँदैछ ।
पछिल्लो अध्यावधिक: बैशाख १२, २०८२ ८:४६
सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ – आज विश्व औलो दिवस हो । यस अवसरमा विश्व स्वास्थ्य सङ्गठनले औलो उन्मूलनका निम्ति नीतिगत व्यवस्थाका साथ अझ सशक्त ढङ्गले अघि बढ्न विश्वका सबै देशका सरकार तथा सम्बद्ध निकाय आह्वान गरेको छ ।
सङ्गठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले दृढ राजनीतिक प्रतिबद्धता, दिगो लगानी, बहुक्षेत्रीय कार्य र समुदायको संलग्नताबाट औलो उन्मूलन गर्न सकिने बताएका छन् ।
अन्तरराष्ट्रिय प्रतिनिधि दिवस पनि आजै हो । दोस्रो विश्वयुद्धपछि आजकै दिन अर्थात् २५ एप्रिल १९४५ मा विश्वमा शान्ति पुनःस्थापित गर्ने र युद्धपछिको विश्व व्यवस्थालाई विधिको शासनअनुरुप अघि बढाउने उद्देश्यका साथ सान फ्रान्सिस्को सम्मेलनको प्रथम वार्षिकोत्सवका रूपमा यो दिवस मनाइन्छ । यसलाई अन्तरराष्ट्रिय सङ्गठनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन पनि भनिन्छ ।
उक्त सम्मेलनबाट संयुक्त राष्ट्रसङ्घ स्थापनाको बिजारोपण भएको हो । दुई महिनासम्म सञ्चालन भएको उक्त सम्मेलनमा ५० देशका ८५० प्रतिनिधि सहभागी थिए ।
संयुक्त राष्ट्रसङ्घमा सदस्य राष्ट्रका प्रतिनिधि र उनीहरूको भूमिका बारेमा जागरूकता बढाउन सन् २०१९ मा राष्ट्रसङ्घीय महासभाले २५ अप्रिललाई अन्तरराष्ट्रिय प्रतिनिधि दिवसका रूपमा घोषणा गरेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ









