

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक स्टुअर्ट लले नेपालको क्रिकेटसँग जोडिन पाउन निकै उत्साहित भएको बताएका छन्।
शनिबार मुलपानी क्रिकेट मैदानमा सञ्चारकर्मीसँगको अन्तक्रियामा उहाले नेपाली युवा खेलाडीको प्रतिभा देखेर आफुले नेपालको प्रशिक्षकका लागि आवेदन दिएको उल्लेख गर्दै नेपालको क्रिकेटसँग जोडिन पाउन निकै उत्साहित भएको बताए।
उनले सवैको मुख्य लक्ष्य नेपाललाई फेरि विश्वकपमा पुर्याउनु भएको र त्यसमा ध्यान केन्द्रीत गर्ने उल्लेख गरे। नेपालमा व्यावसायिक क्रिकेट संरचना र अभ्यास सुविधा निकै राम्रो देखिएको उनले बताए। उनले अहिले क्रिकेट टीममा व्यापक परिवर्तन भन्दा पनि खेलाडीलाई दिनुपर्ने भूमिकामा स्पष्टता देखिएको जिकिर गरे।
त्यस्तै नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले अहिले नै प्रशिक्षकलाई धेरै बोझ दिने भन्दा पनि एकदिवसीय मान्यतामा ध्यान केन्द्रीत गर्नुपर्ने बताए। नयाँ प्रशिक्षकसंग रहेर नेपाली टीमले राम्रो नजिता निकाल्ने उनले बताए।
खड्काले नेपाली क्रिकेटमा राम्रो जग बसाल्नका लागि क्रिकेट संघ लागिपरेको धारणा राखे। नवनियुक्त प्रशिक्षक स्टुअर्ट लले शनिबारबाटै जिम्मेवारी सम्हाल्दै राष्ट्रिय क्रिकेट टोलीसँग प्रशिक्षणमा समेत सहभागी भएका छन्। नेपाली टोली आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग–२ शृंखलाको तयारीमा रहेको छ।
सामाग्री श्रोत :
नेपाली क्रिकेटकसँग जोडिन पाउँदा उत्साहित छु : प्रशिक्षक स्टुअर्ट
काठमाडौँ । नेपालका दुई प्रमुख डिजिटल वालेट खल्ती र आइएमई पे एक आपसमा गाभिने चर्चा भइरहेको छ । यी दुई गाभिएर एउटै प्लेटफर्मबाट सेवा दिएमा ग्राहक संख्या र सेवा दायरा दुवैका हिसाबले देशकै ठुलो डिजिटल वालेट बन्ने विश्लेषण गरिएको छ ।
मर्जर प्रक्रिया अघि बढाउने विषयमा खल्ती र आइएमईपेले दुई महिना पहिले नियामक नेपाल राष्ट्र बैंकलाई सामान्य जानकारी गराएका थिए । यसपछिका प्रक्रिया पूरा गरी नियामकबाट सैद्धान्तिक सहमति वा लेटर अफ इन्टेन्ट (एलओआई) पाएपछि सम्झौताको थप बाटो खुल्ने बताइएको छ ।
खल्तीका सह-संस्थापक अमित अग्रवालले हाल मर्जर प्रक्रिया अध्ययन र अन्वेषणको प्रारम्भिक चरणमै रहेको जानकारी दिए । “हामीले नेपाल राष्ट्र बैंकलाई मात्र एक-आपसमा गाभिने इच्छा व्यक्त गरेका छौं । मर्जर प्रक्रियाको विस्तृत अध्ययन सकिएको छैन,” उनले भने, “संयुक्त मर्जर समिति गठन गरी लेखापरीक्षण, वित्तीय व्यवस्थापन तथा मूल्यांकन सहितको सम्भाव्यता अध्ययन पूरा गर्नुपर्छ । ती काम बाँकी नै भएकाले हामी प्रारम्भिक प्रक्रियामै छौं ।”
यी सबै प्रक्रिया पूरा भएपछि मात्र राष्ट्र बैंकमा औपचारिक रूपमा अनुमतिको लागि प्रस्ताव पेश हुने उनले बताए । योजनाअनुसार प्रक्रिया अगाडि बढेर अन्तिम स्वीकृति पाएमा नयाँ आर्थिक वर्षमा एकीकृत कारोबार सुरु गर्न सकिने उनको विश्वास छ ।
खल्ती र आईएमई पे मर्जर प्रक्रियामा सामेल भएसँगै जारी नेपाल सुपर लिग फुटबल प्रतियोगितामा संयुक्त रूपमा टिकेटिङ पार्टनर बनेका थिए । दुवै डिजिटल वालेटको संयुक्त टिकटिङ साझेदारीले नयाँ ऊर्जा थपेको उनीहरूले बताएका छन् ।
नेपाल राष्ट्र बैंकले भुक्तानी तथा फर्छ्योट विनियमावली, २०७७ संशोधन गर्दै डिजिटल वालेट कम्पनीहरूलाई मर्जर र प्राप्तिको बाटो खुला गरेको थियो । संशोधित विनियमावलीअनुसार अनुमतिप्राप्त संस्थाहरू एक आपसमा गाभ्न, गाभिन वा प्राप्ति गर्न सक्ने व्यवस्था गरिएको छ ।
नेपालमै पहिलो पटक दुई डिजिटल वालेट एक आपसमा गाभिने तयारी भइरहेको छ । मर्जर सम्पन्न भएपछि ग्राहकले एउटै एपमार्फत खल्ती र आइएमई पे दुबै सेवाहरू उपयोग गर्न सक्नेछन् । साथै, एकीकृत कारोबार सुरु भएपछि ग्राहक संख्या र सेवा दायरा दुवैका हिसाबले खल्ती-आइएमई पे मिलेर देशकै ठूलो डिजिटल वालेट बन्ने अपेक्षा गरिएको छ ।
अग्रवालका अनुसार हाल मर्जर प्रक्रिया अध्ययन र अन्वेषणको प्रारम्भिक चरणमै छ । “हामीले नेपाल राष्ट्र बैंकलाई मात्र एक आपसमा गाभिने इच्छा व्यक्त गरेका छौं । अहिले मर्जर प्रक्रियाको विस्तृत अध्ययन भइरहेको छ,” उनले भने, “अहिलेसम्म संयुक्त मर्जर समिति गठन गरिएको छैन । साथै, वित्तीय व्यवस्थापन, लेखापरीक्षण र सम्भाव्यता अध्ययनका प्रक्रिया पूरा गर्नु पर्ने बाँकी नै छ ।”
मर्जर प्रक्रिया अघि बढाउन संयुक्त समिति गठन, लेखापरीक्षक नियुक्ति, वित्तीय मूल्यांकन लगायतका चरणहरू पूरा गर्नुपर्नेछ । यी सबै प्रक्रिया पूरा भएपछि मात्र राष्ट्र बैंकमा औपचारिकरूपमा अनुमतिको लागि निवेदन पेश गरिने बताइएको छ ।
सैद्धान्तिक स्वीकृति भइसकेको अवस्थामा दुवै कम्पनीले सम्भाव्यता अध्ययन सकेर छिट्टै औपचारिक प्रस्ताव पेश गर्ने तयारी गरेका छन् । यदि सबै प्रक्रिया सुचारु रूपमा सम्पन्न भए, नयाँ आर्थिक वर्षदेखि एकीकृत कारोबार सुरु गर्न सकिने बताइएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख १३, २०८२ १३:११
सामाग्री श्रोत :
टेक पाना

जनकपुरधाम — जिल्ला प्रहरी कार्यालय धनुषाले आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान र सीआइबीको कर्मचारी भन्दै ठगी गर्दै हिँड्ने एकजनालाई पक्राउ गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान र सीआइबीको कर्मचारी हुँ भन्दै ठगी गर्ने एक जनालाई सहिदनगर नगरपालिकाबाट पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा बटेश्वर गाउँपालिका–५ कालिपुरका ३० वर्षीय रामभजन मण्डल रहेका छन्। उनले आम सर्वसाधारण र प्रहरीलाईसमेत झुक्याएर ठगी गर्ने गरेको धनुषा प्रहरीले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ।
अख्तियार दुरुपयोग अनुसन्धान बर्दिबास र केन्द्रीय अनुसन्धान ब्यूरोको कर्मचारी हुँ भन्दै विभिन्न लाभ लिने गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौं कांग्रेसका पूर्वसभापति तीर्थराम डङ्गोलको निधन भएको खबरले आफू मर्माहत भएको बताएका छन्।
नेता डङ्गोलको निधनमा आज शोक वक्तव्य जारी गर्दै उनले “नेपाली कांग्रेस काठमाडौंका पूर्वसभापति, पूर्वस्वास्थ्य राज्यमन्त्री, मुलुकको लोकतान्त्रिक आन्दोलनका योद्धा डङ्गोलको निधनको खबरले मलाई अत्यन्त दुखित बनाएको छ। उहाँले कांग्रेसको सङ्गठन निर्माण र देशको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिका पार्टीले विर्सने छैन।’
सभापति देउवाले शोकाकूल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । नेता डङ्गोलको शुक्रबार राति ७७ वर्षको उमेरमा निधन भएको हो। उनको पार्थिव शरीरलाई आज बिहान ११ बजेदेखि नै पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको छ।
दिउँसो १ बजेसम्म शव राखिने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। अपराह्न २ बजे काठमाडौंको टेकु दोभानमा उहाँको दाहसंस्कार गरिनेछ।
सभापति देउवाले नेता डङ्गोलको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्।
सामाग्री श्रोत :
काठमाडौँ । पोखरा महानगरपालिका वडा नं २६ मा एसईई परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरी डिजिटल प्रविधिसम्बन्धी सीपमूलक तालिम सुरु गरिएको छ । वडाको समन्वय र आकार समूहको पहलमा डाँडाको नाकस्थित रविमहलमा नि:शुल्क तालिम सञ्चालन गरिएको हो ।
वडा अध्यक्ष नरेन्द्र थापाको प्रमुख आतिथ्यतामा आयोजित उद्घाटन कार्यक्रममा मोबाइल ब्लुटुथ प्रणाली प्रयोग गरी फ्लेक्स पर्दा खोलेर प्रविधिमैत्री शैलीमा तालिमको सुरुवात गरिएको थियो । कार्यक्रममा शिक्षाविद् रवि बरालसहित विभिन्न क्षेत्रका व्यक्तित्वहरूले तालिमको प्रयोगात्मक पक्षबारे धारणा राखेका थिए ।
करिब ८० जना सहभागी रहेका यस तालिममा भिडिओ एडिटिङ, कन्टेन्ट क्रिएसन, ग्राफिक डिजाइन, व्यक्तित्व विकास, सार्वजनिक वक्तृत्व, रोबोटिक्स एन्ड प्रोग्रामिङ तथा पाइथन प्रोग्रामिङ सम्बन्धी प्रशिक्षण दिइने वडा अध्यक्ष थापाले जानकारी दिए ।
पाँचदेखि छ हप्ता सञ्चालन हुने तालिमले ‘पढ्दै, कमाउँदै’ अवधारणालाई आत्मसात गर्दै विद्यार्थीहरूलाई आत्मनिर्भर बनाउने लक्ष्य राखिएको आयोजक संस्थाले जनाएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख १३, २०८२ ११:३८
सामाग्री श्रोत :
टेक पाना

बुटवल – ‘नेपाल–चीन बौद्ध संस्कृति र कला’ विषयक अन्तर्राष्ट्रिय सेमिनारको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आएका छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्री ओलीलाई स्वागत गरेका छन् । नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध विस्तारका लागि चौथो महोत्सव लुम्बिनीमा आयोजना गरिएको छ ।
महोत्सव अन्तर्गत अन्तरराष्ट्रिय सेमिनारको आयोजक लुम्बिनी बौद्ध विश्वविद्यालय रहेको छ भने महोत्सवको समन्वय सारीपुत्र फाउन्डेसनले गरेको छ । नेपाल र चीनबीचको कला र संस्कृति प्रवर्द्धनको उद्देश्य सहित महोत्सव हुन लागेको हो । चीनको वल्र्ड एलायन्स फर बुद्धिष्ट कल्चरल एक्सचेन्ज लिमिटेड र वीचो पिस क्यालिग्राफी एण्ड पेन्टिङ एकेडेमीले सहकार्य गरेका छन् ।
संस्कृति तथा पर्यटन मन्त्रालय र लुम्बिनी विकास कोषले पनि सहकार्य गरेका छन् । महोत्सवमा ४० देशका प्रतिनिधिहरु सहभागी हुने जनाइएको छ । महोत्सवमा पाँच हजारभन्दा बढीको सहभागिता रहने बताइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । स्कुटर दुर्घटनामा परेर नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल गम्भीर घाइते भएका छन्।
शनिबार बिहान ८ बजेतिर पोखरेल आफैँले चलाएको स्कुटर ब्रेकफेल हुँदा हेटौंडा उपमहानगरपालिका-५ स्थित पुष्पलाल पार्कअगाडि दुर्घटनामा परेको हो।
बागमती प्रदेश ०३–००१ प ५८०७ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ।
अध्यक्ष पोखरेलको अचेत अवस्थामा हेटौंडा अस्पतालको आईसीयूमा उपचार भइरहेको छ।
उनको टाउको, निधार तथा दायाँ हातमा चोट लागेको छ।
सामाग्री श्रोत :
काठमाडौँ । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले सेवाग्राहीलाई आफ्नै नाममा दर्ता भएको सिमकार्ड प्रयोग गर्न आग्रह गरेको छ । एक सूचना जारी गर्दै कम्पनीले डिजिटल युगमा सिमकार्ड व्यक्तिको पहिचान बन्ने भएकाले आफ्नै नाममा दर्ता भएको सिमकार्ड प्रयोग गर्नुपर्ने आवश्यकता औँल्याएको हो ।
नेपाल टेलिकमका अनुसार सरकारी सेवा तथा बैंकिङ सुविधा प्राप्त गर्न सिमकार्ड आफ्नै नाममा दर्ता हुनु अनिवार्य छ ।
अहिले राष्ट्रिय परिचयपत्र बनाउन, बैंक खाता खोल्न वा चलाउन, सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिन, नागरिक एपमा दर्ता हुन तथा सरकारी सेवाका लागि आवश्यक एकपटक प्रयोग हुने पासवर्ड (ओटीपी) प्रयोग गर्न आफ्नै नाममा दर्ता भएको सिमकार्ड अनिवार्य गरिएको छ । त्यस्तै अनलाइन फारम भर्न, पासपोर्ट बनाउन वा नागरिकताको सम्पर्क नम्बरका लागि समेत आफ्नै नामको सिमकार्ड चाहिन्छ ।
हाल प्रयोग गरिरहेको सिमकार्ड आफ्नै नाममा दर्ता नभएको खण्डमा सेवा लिन समस्या आउन सक्ने र व्यक्तिगत डेटा सुरक्षामा समेत जोखिम पैदा हुन सक्ने टेलिकमले जनाएको छ ।
सिमकार्ड कुन नाममा दर्ता भएको छ भनेर थाहा पाउन नेपाल टेलिकम प्रयोगकर्ताले *922# डायल गर्नुपर्छ ।
सिमकार्ड अर्काको नाममा दर्ता भएमा आवश्यक कागजातसहित नजिकको नेपाल टेलिकम कार्यालयमा गई आफ्नो नाममा ट्रान्सफर गर्न वा नयाँ सिम लिन सकिने व्यवस्था गरिएको टेलिकमले जनाएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख १३, २०८२ ११:१२
सामाग्री श्रोत :
टेक पाना

काठमाडौं –सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता बिनानिष्कर्ष सकिएको छ । शनिबार बिहान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्ता फेरि छलफल गर्ने निर्णयसहित सकिएको नेपाल राष्ट्रिय शिक्षक महासंघका अध्यक्ष लक्ष्मिकिशोर सुवेदीले जानकारी दिए ।
उनका अनुसार अर्को छलफलको समय भने तोकिएको छैन । ‘आन्दोलनका क्रममा हामीले उठाएका मागका विषयमा शिक्षा मन्त्रीजीसँग छलफल भयो । फेरि फेरि बसेर संवाद गर्ने निर्णय भएको छ,’ उनले भने, ‘छलफल र संवादलाई निरन्तरता दिने निर्णय भएको छ । कहिले बस्ने भन्ने टुंगो भएको छैन ।’
शुक्रबार दिउँसो तीन तीन बजे बस्ने भनिएको वार्ता भाँडिएपछि आज बसेको थियो । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले वार्ताबाटै समाधान खोज्न शिक्षकहरूलाई वार्तामा बोलाएका थिए ।
यसअघि बिहीबार सर्वोच्च अदालतले विद्यार्थीको पठनपाठन सञ्चालन गर्ने गरी तीनभित्र शिक्षकका माग सम्बोधन गर्न आदेश दिएको थियो । अध्यक्ष सुवेदीले अग्रगामी विध्यालय शिक्षा ऐन जारी गराउनु नै आन्दोलनको अडान भएको र त्यो नहुञ्जेल आन्दोलन निरन्तर रहने बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २०, आलु रातो प्रतिकिलो रु ३३, आलु रातो (भारतीय) प्रतिकिलो रु ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु ३५, गाजर (तराई) प्रतिकिलो रु २०, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु ३०, मूला रातो प्रतिकिलो रु ४५, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ३०, भन्टा डल्लो प्रतिकिलो रु ३०, तने बोडीको मूल्य प्रतिकिलो रु ९० कायम गरिएको छ ।
यसैगरी, मटरकोसा प्रतिकिलो रु ९०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ९०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ९०, टाटे सिमी प्रतिकिलो रु ९०, भटमास कोसा प्रतिकिलो रु २००, तितो करेला प्रतिकिलो रु ३५, लौका प्रतिकिलो रु ३०, परबर (लोकल) प्रतिकिलो रु ६०, परबर (तराई) प्रतिकिलो रु ६०, चिचिण्डो प्रतिकिलो रु ५०, घिरौला प्रतिकिलो रु ५०, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३०, सलगम प्रतिकेजी रु ६०, भिण्डी प्रतिकिलो रु ८० कायम गरिएको छ ।
यस्तै, सखरखण्ड प्रतिकिलो ६०, बरेला प्रतिकिलो रु ५०, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ५०, रायो साग प्रतिकिलो रु ६०, पालुङ्गो साग प्रतिकिलो ७०, चमसुरको साग रु ७०, तोरीको साग प्रतिकिलो रु ३५, मेथीको साग प्रतिकिलो रु ९०, प्याज हरियो प्रतिकिलो रु ५०, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु १००, च्याउ (कन्य) प्रतिकिलो रु २२०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, कुरिलो प्रतिकिलो रु ६०० निर्धारण गरिएको छ ।
निगुरो प्रतिकिलो रु ५०, ब्रकाउली प्रतिकिलो रु ६०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु १००, कोइरालो प्रतिकिलो रु ३००, रातो बन्दा प्रतिकिलो रु ६५, जिरीको साग प्रतिकिलो रु ६५, ग्याठकोभी प्रतिकेजी रु ६०, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ३००, सौफको साग प्रतिकिलो रु ८०, पुदिना प्रतिकिलो रु २५०, गान्टे मूला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।
समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु ३००, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, भारतीय सुन्तला रु १४०, तरबुजा हरियो प्रतिकिलो रु ७०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ८०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, रुख कटहर प्रतिकिलो रु १००, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २६०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, अम्बा प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु ८०, उखु प्रतिगोटा रु ९०, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकिलो रु २५०, किबी प्रतिकिलो रु ४५०, आभोकाडो प्रतिकिलो रु ६५० तथा अमला प्रतिकिलो रु १०० निर्धारण गरिएको छ ।
यसैगरी, अदुवा प्रतिकिलो रु १३०, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ६०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ७०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ४००, भेडे खुर्सानी प्रतिकिलो रु ७०, लसुन हरियो प्रतिकिलो रु १००, हरियो धनिया प्रतिकिलो रु १००, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३२०, लसुन सुकेको नेपाली प्रतिकिलो रु ३००, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १६०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ८०० तोकेको छ ।
सामाग्री श्रोत :









