२०८३ बैशाख ३० बुधबार
२०८३ बैशाख ३० बुधबार

बझाङ- बझाङको जयपृथ्वी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएको छ।  सुदूरपश्चिमका ८८ पालिकामध्ये जयपृथ्वी नगरपालिका पहिलो पालिका घोषित भएको हो।

नगरपालिका अन्तर्गतका ११ वटै वडाका बालबालिकाहरुले १५ महिनाको उमेर भित्र पाउनुपर्ने सम्पुर्ण खोपहरु प्राप्त गरेको सुनिश्चित गरि पूर्ण खोप पालिका सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो।
पूर्णखोप कार्यक्रमको सुनिश्चितताको निरन्तरता र दिगोपनाका लागि प्रतिवद्धता सहित जनप्रतिनिधि सबैले लाग्नुपर्ने पालिका खोप समन्वय समितिका अध्यक्ष एवं नगर प्रमुख चेतराज बजालले बताए।

पूर्ण खोप सुरक्षित भविष्य तथा स्थानीय स्रोतको उपयोग स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्तिता हाम्रो प्रतिबद्धता भन्य मुल मर्म अनुसार फागुन महिनादेखी  क्रमश टोल बस्तिहरुमा महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीहरुले घरधुरी सर्वेक्षण गरि खोज र खोप अभियान गरि सर्वेक्षणबाट खोप लगाउन छुटेका बालबालिकाहरुलाई खोप लगाई सकेपछि पुर्ण खोप पालिका घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य साखाका सह संयोजक जनकबहादुर सिंहले बताए।

राष्ट्रिय खोप कार्यक्रमलाई सुदृढिकरण गर्न, दिगो विकास लक्ष्य हासिल गर्न, अन्तराष्ट्रिय प्रतिवद्धता पूरा गर्न, देशलाई समृद्धि गर्न, खोपबाट बचाउन सकिने रोगहरुलाई नियन्त्रण, निवारण तथा उन्मूलन गर्नमा पूर्ण खोप कार्यक्रमको महत्वपूर्ण भूमिका रहेको छ। नेपाल सरकारले पनि खोप कार्यक्रमलाई पहिलो प्राथमिकता राखेर खोपमा ठूलो लगानि गर्दै आईरहेको छ र पालिकाबाट पनि यस कार्यक्रमलाई निरन्तर उच्च प्राथमिकतामा राखि कार्यक्रम गरिने पुर्ण खोप सुनिश्चीतता दिघोपनाका लागि सबै वडा स्तर बाट सबै वडा खोप समन्वय समितिले बिशेष रुपमा निरन्तर लाग्नुपर्ने र आफु पनि कटिबद्द भएर लागिपर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिद्धराज पण्डितले बताए।

राष्ट्रिय खोप कार्यक्रममा पुर्णखोप कार्यक्रमलाई नगरपालिकाले यस बर्ष पनि पूर्णखोप निर्देशिका बमोजिम सबै प्रकियाहरु पुरा गर्दै नगरपालिका भित्रका जन्मेदेखि १५ महिना सम्मका ३४७ जनाले नियमित खोप लगाइ रहेको र १६ महिनादेखि ५९ महिना सम्मका ११७५ जना बालबालिकाले पूर्ण खोप पाएका छन भने ७ जना खोप लगाउन छुटेका बालबालिका लाई घरधुरि सर्बेक्षण गरि खोजेर खोप दिइएको छ। 

आर्थिक बर्ष २०८१/०८२ मा खोप कार्यक्रममा विभिन्न सुचाङकको आधारमा मुल्यांकन गर्दा सबै भन्दा बढि अंक ल्याउन सफल चैनपुर स्वास्थ्य चौकिका सि अ नमि सुनिता ओली सम्मानित भएकी थिइन्।
यस्तै नगरपालिकाका वडाहरुमा सबै भन्दा पहिले पुर्ण खोप वडा घोषणा गर्ने जयपृथ्वी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष र स्वास्थ्यकर्मी लगायत १० वटै वडाका वडा अध्यक्ष स्वास्थ्यकर्मी लाई वडा घोषणा प्रमाण पत्र प्रदान गरिएको थियो ।


पूर्ण खोप सुनिश्चित पालिका घोषणा कार्यक्रममा वडा खोप समन्वय समितिका अध्यक्ष एव वडा अध्यक्षहरु कार्यपालिकाका सदस्यहरु विभिन्न शाखाका प्रमुख,जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख लाल बहादुर धामी ,स्वास्थ्यकर्मीहरु महिला स्वास्थ्य स्वयमसेबिका सर्व साधारण कर्मचारी आमा समुहका प्रतिनिधि लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।

पालिका भित्र १५ वटा स्वास्थ्य संस्था १ जिल्ला अस्पताल गरि १६ वटा संस्थाका २१ वटा खोपकेन्द्र बाट नियमित खोप सेवा संचालन भईरहेको सिअहेब नरेन्द्र बहादुर थापाले जानकारी दिए।
 

सामाग्री श्रोत :
swasthyakhabar

सुनसरी । धरान उपमहानगरपालिका-१३ बाट अवैध लागूऔषध गाँजा करिब ३ सय किलोग्राम शुक्रबार राति प्रहरीले बरामद गरेको छ।

अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरीले सुर्यमार्गको बाटो हुँदै कृषि बजार छिर्ने बाटोमा को.१ च ७३३५ नम्बरको स्कारपियो फेला पारी तलासी गर्दा पछाडीको सिटमा १० वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।


सामाग्री श्रोत :

करिब ३ सय किलोग्राम गाँजा बरामद

काठमाडौं । अभिनेत्री ऋचा शर्माले सहकर्मी सुरक्षा पन्तलाई सामाजिक सञ्जालमार्फत समर्थन गरेपछि आफैं अभद्र गालीगलौजको शिकार भएकी छिन् । पन्तको पक्षमा आवाज उठाएपछि एक फेसबुक प्रयोगकर्ताले आपत्तिजनक शब्द प्रयोग गर्दै उनलाई गाली गरेको आरोप लगाउँदै शर्माले त्यसको स्क्रिनशट समेत सार्वजनिक गरेकी छन् ।

पछिल्लो समय अभिनेत्री सुरक्षा पन्त एक अन्तर्वार्तामा पूर्वराजा ज्ञानेन्द्रका नाति हृदयेन्द्र शाहबारे दिएकोअभिव्यक्तिका कारण चर्चामा छिन् । शाहलाई चलचित्र हेर्न चाहेको अभिप्राय व्यक्त गरेपछि कतिपय राजावादी समर्थकले पन्त अभिनित चलचित्र ‘खेल’ माथि बहिष्कार अभियान नै चलाएका छन् । अर्कातर्फ, धेरैले अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै पन्तको बचाउ गरेका छन् ।

यसैबिच, ऋचा शर्माले शुक्रबार सामाजिक सञ्जालमार्फत पन्तलाई समर्थन गर्दै तस्बिरसहित पोस्ट लेखेकी थिइन् । उक्त पोस्टमा उनले विचार राख्न, प्रश्न उठाउन र असहमति जनाउन पाउने अधिकार पन्तलाई रहेको उल्लेख गर्दै ढाडस दिएकी छन् । उनले कसैलाई मन नपर्दैमा कुनै धारणा गलत नहुने र सत्य बोल्दा आउने आलोचना व्यक्तिको कमजोरी भएको तर्क समेत गरेकी छन् ।

नायिका शर्माले पोस्ट गरेपछि बाबुराम धिताल नामका फेसबुक प्रयोगकर्ताले मेसेजमा अत्यन्तै आपत्तिजनक र तुच्छ शब्दहरू प्रयोग गर्दै गालीगलौज गरेको पाइएको छ । शर्माले सार्वजनिक गरेको स्क्रिनशटमा उनलाई व्यक्तिगत रूपमा मात्र नभई समग्र अभिनय क्षेत्रलाई नै लक्षित गरी निकृष्ट भाषा प्रयोग गरिएको देखिन्छ ।

त्यसपछि शर्माले अभद्र गालीसहितको उक्त स्क्रिनशट आफ्नो फेसबुक पेजमा सार्वजनिक गरेकी छन् । उनले क्याप्सनमा ‘बाबुराम धिताल, यो तिम्रो परिवार, तिम्रो छोरी, आमा र तिम्री श्रीमतीलाई’ भन्दै गहिरो कटाक्ष गरेकी छिन् ।

शर्माको पोस्टमा धेरैले उनलाई साइबर ब्युरोमा उजुरी दिन सुझाव दिएका छन् । त्यस्तै, कतिपयले सामाजिक सञ्जालमा अभद्र व्यवहार गर्नेहरूलाई सार्वजनिक गर्नु जरुरी रहेको टिप्पणी गरेका छन् । यो घटनाले सामाजिक सञ्जालमा हुने अभिव्यक्ति स्वतन्त्रताको बहस र अनलाइन दुर्व्यवहारको मुद्दालाई फेरि सतहमा ल्याएको छ ।

हाल ‘Baburam Dhital’ नाम फेसबुक सर्चमा पपुलर नाउमा देखिन्छ । केही प्रयोगकर्ताले धितालको आईडीमा गएर उनका पुराना पोस्टमा ऋचाको स्क्रिनशटसहित नानाथरी कमेन्ट गरेका छन् । 

यसअघि टिकटकर प्रिज्मा खतिवडाले पनि आफूलाई दुर्व्यवहार गर्ने व्यक्तिको कमेन्ट स्क्रिनशट आफ्ना आफन्तलाई पठाएको भिडिओ सार्वजनिक गरेकी थिइन्, जसको व्यापक प्रशंसा भएको थियो ।

पछिल्लो अध्यावधिक: बैशाख १३, २०८२ १६:२१





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं –आन्दोलनरत शिक्षक महासंघका नेताहरूसँग नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले छलफल गरेका छन्।

शनिबार सरकारसँग वार्ता गरेर निष्किएपछि महामन्त्रीद्वय थापा र शर्माले महासंघका नेताहरूसँग भेटेर छलफल गरेका हुन्।

आन्दोलनरत शिक्षकहरुको माग सम्बोधन गरेर विद्यालयमा फर्काउने जिम्मा सभापति शेरबहादुर देउवाले यसअघि नै महामन्त्रीद्वयलाई दिएका थिए।यसअघि पनि उनीहरूले एक चरणमा शिक्षक महासंघका नेताहरूसँग छलफल गरेका थिए।

Ncell 2
Ncell 2

शिक्षकहरू गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन्। पटकपटक सरकारसँग वार्ता भए पनि सफल हुन सकेको छैन।

विशेषगरी विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राखेर शिक्षकहरू आन्दोलनमा जुटेका हुन्।

shivam cement
shivam cement

छलफलमा कांग्रेसका महामन्त्रीद्वयसहितसहमहामन्त्री जीवन परियार, शिक्षा विभाग प्रमुख महर, पार्टीबाट विधेयक उपसमितिमा सदस्य रहेको सांसदद्वय डिगबहादुर लिम्बू र महेन्द्र राय यादवलगायत सहभागी थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्व र द्वेष बढेको वर्तमान अवस्थामा बैद्धधर्मका प्रवर्तक महात्मा बुद्धद्वारा प्रतिपादित शान्तिको मार्गमा हिँड्न सबैलाई प्रेरित गर्नुपर्नेमा जोड दिएका छन्।

साथै उनले बुद्धले देखाउनुभएको अहिंसा र शान्तिको मार्गलाई संसारभर फैलाउने बेला आएको पनि बताएका छन्।

बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि सुरु भएको चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले यस किसिमका कार्यक्रमले लुम्बिनीलाई अन्तरराष्ट्रिय बौद्ध दर्शन र शिक्षाको अझ ठूलो केन्द्रबिन्दु बनाउन सहयोगी हुने विश्वास व्यक्त गरे।

प्रधानमन्त्रीले दुनियाँमा युद्धका बादलहरू मडारिरहेको अवस्थामा युद्ध गर्नका लागि, सैन्य शक्तिलाई परिचालन गर्नका लागि जल, स्थल र आकाश सबै ठाउँबाट सबै ठाउमा युद्ध गर्न सकिने अत्याधुनिक हतियार निर्माण भएका छन्, विश्वशान्तिका लागि चुनौती बनेका बताए। ‘संसारमा खतरनाक हतियार निर्माण भएका छन्, युद्ध र हिंसाबाट शान्ति स्थापना हुँदैन’, प्रधानमन्त्री ओलीले भने।

उनले बौद्धधर्म, कला, साहित्य, इतिहास, अनुसन्धान र अन्तरसंवादका माध्यमबाट एसियाली बौद्धसंस्कृति र सम्पदाको प्रवद्र्धन गरी विश्वशान्ति स्थापनामा महोत्सवबाट सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री ओलीले दुनियाँमा अशान्ति मच्चिरहेका बेला नेपालको अगुवाइमा गौतमबुद्धले देखाउनुभएका अहिंसा, शान्ति, मानवता र करुणा विस्तार भइरहेको बताए। उनले लुम्बिनीमा बुद्धका विचारहरुका बारेमा शिक्षा ग्रहण गर्ने, प्रवचन दिने, मन्थन गर्ने, ध्यान विपश्यना गर्नेजस्ता कार्यक्रमका लागि उपयुक्त स्थानको व्यवस्था गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको ध्यानाकर्षण गराए।

बौद्ध संस्कृति, चिनियाँ संस्कृति, कला, परम्परागत बौद्ध चिकित्सा तथा बौद्ध शिक्षामा केन्द्रित रहेर ४० वटा कार्यपत्र महोत्सवमा प्रस्तुत गरिने जनाइएको छ।

महोत्सवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो। महोत्समा ४० देशका प्रतिनिधि सहभागी छन्। महोत्वस लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामाको अध्यक्षतामा भएको हो।

महोत्सव बौद्धदर्शन र संस्कृतिको प्रवद्र्धन गरी विश्वमाशान्ति, सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले लुम्बिनी विकास कोष, सारिपुत्र फाउण्डेशन नेपाल र चिनियाँ संस्कृति प्रवद्र्धन समाजले आयोजना गरेको हो।


सामाग्री श्रोत :

बौद्ध शिक्षा संसारभर फैलाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौं । पहलगाम आतङ्कवादी हमलामा मारिएका एक व्यक्तिकी श्रीमतीले नै हत्याको षड्यन्त्र गरेको भन्दै सामाजिक सञ्जालमा पोस्ट गर्ने एक व्यक्ति पक्राउ परेका छन् । मध्यप्रदेशको जबलपुरबाट प्रहरीले शुक्रबार आरोपी ओसाफ खानलाई नियन्त्रणमा लिएको हो ।

भारतीय सञ्चारमाध्यम इन्डिया टुडेका अनुसार खान चिकित्सा पेसासँग सम्बन्धित व्यक्ति हुन् । उनले फेसबुकमा पोस्ट गर्दै जम्मु कश्मिरमा २२ अप्रिलमा भएको नरसंहारमा पतिको ज्यान गुमाएकी महिलाले नै सुटर भाडामा लिएर श्रीमान्‌को हत्या गराएको दाबी गरेका थिए । श्रीमान् गुमाएकी ती महिलाको हृदयविदारक तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेका बेला खानले एउटा पोस्टमा यस्तो कमेन्ट गरेका थिए ।

भाइरल तस्बिरमा रातो चुरा लगाएकी ती महिला आफ्ना श्रीमान्‌को शव छेउमा मुर्छा परेको अवस्थामा देखिन्छिन् । यो तस्बिर पहलगाम हमलाको सबैभन्दा मार्मिक दृश्यमध्ये एक मानिएको छ ।

आरोपी खानले कमेन्ट गर्दै लेखेका थिए, “यी महिलामाथि अनुसन्धान हुनुपर्छ । सायद उनले मौका पाउने बित्तिकै सुटर भाडामा लिएर श्रीमान्‌को हत्या गराइन् ।” उनको यस्तो दाबी सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक भर्त्सना र आलोचना भएको थियो । आलोचनापछि खानले सामाजिक सञ्जालमै भिडिओमार्फत माफी पनि मागेका थिए ।

उक्त आक्रमणको केही दिनअघि मात्रै ती महिला विवाह बन्धनमा बाँधिएकी थिइन् । घटना भएको केही समयपछि उनले एक भिडिओमा आफ्नो त्रासदीपूर्ण अनुभव सुनाएकी थिइन् । “हामी भेलपुरी खाइरहेका थियौं… बन्दुकधारीले मेरो श्रीमान् मुस्लिम नभएको भन्दै गोली हान्यो,” उनले रुँदै भनेकी थिइन् ।

इन्डिया टुडेका अनुसार खानको आपत्तिजनक पोस्टप्रति आक्रोशित स्थानीय बासिन्दा अभय श्रीवास्तवले प्रहरीमा उजुरी दिएका थिए । यसैको आधारमा खान पक्राउ परेका हुन् । उनको अभिव्यक्तिले स्थानीय समुदायमा पनि चर्को आक्रोश फैलिएको थियो ।

पहलगाम नजिकैको बैसरन क्षेत्रमा भएको उक्त आतङ्कवादी हमलामा ती महिलाका श्रीमान्‌को ज्यान गएको थियो । सोही हमलामा नेपाली युवक सुदीप न्यौपानेको पनि मृत्यु भएको थियो । उनी बहिनी, बहिनी ज्वाइँ र आमासहित जम्मु–काश्मीर घुम्न गएका बेला आक्रमणमा परेका थिए । सुदीपको शव नेपाल ल्याएर अन्त्येष्टि भइसकेको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १३, २०८२ १५:१९





सामाग्री श्रोत :
टेक पाना

एजेन्सी–पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले पहलगाममा भएको आक्रमणपछि भारतले आधारहीन आरोप लगाएको बताउँदै त्यो बन्द हुनुपर्ने बताएका छन्। 

उनले यस मुद्दाको निष्पक्ष अनुसन्धानमा हर सम्भव सहयोग प्रदान गर्न तयार रहेको पनि बताएका हुन्।

Ncell 2
Ncell 2

बीबीसीका अनुसार शाहबाज शरीफले पाकिस्तानी सेना सीमाको रक्षा गर्न तयार रहेको र यसबारे कुनै भ्रम नपाल्न पनि चेतावनी दिए । उनले भने, ‘शान्ति हाम्रो चाहना हो, तर यसलाई हाम्रो कमजोरी मान्नु हुँदैन।’ शरीफले पाकिस्तानले आफ्नो सार्वभौमसत्ता र सुरक्षालाई कुनै पनि हालतमा रक्षा गर्ने स्पष्ट पारे।

shivam cement
shivam cement

मंगलबार जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा २६ जनाको मृत्यु भएको थियो। यसपछि भारतले पाकिस्तानसँगको सिन्धु जल सन्धि निलम्बन गर्ने र अटारी सीमा बन्द गर्ने लगायत धेरै निर्णयहरू गरेको थियो। यसको जवाफमा पाकिस्तानले पनि धेरै कदम चालेको छ।

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले गरिबी, असामनता र शोषणविरुद्धको संघर्ष विश्वव्यापी रुपमा अगाडी बढाउनु पर्ने बताएका छन्।

भारतको हैदरावादमा प्रोग्रेसिभ एलाइन्सले आयोजना गरेको विश्वव्यापी न्याय सम्पादन सम्बन्धि अन्तराष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले विश्वभरिका मानिसहरूका लागि स्वतन्त्रता, समानता, सामाजिक न्याय, मानव अधिकारका साथै आर्थिक, सामाजिक, राजनीतिक र कानूनी न्याय सुनिश्चित हुनुपर्ने बताएका हुन्।

जलवायु परिवर्तनको प्रभावबाट प्रभावित कमजोर राष्ट्रहरूको संरक्षण गर्न जलवायु परिवर्तन, प्रदूषण र प्राकृतिक स्रोतहरूको न्यायपूर्ण प्रबन्ध गरिनु पर्ने उल्लेख गर्दै उनले विकसित देशहरूले उत्पादन गरेको प्रदूषणको असर कमजोर र विकासशील देशहरूले बेहोरिरहेको हुँदा यसका लागि विकसित देशहरूले पर्यावरणीय क्षतिको जिम्मेवारी लिनु पर्ने बताए।

वैश्विक व्यापार, कर प्रणाली र ऋणको बोझले धनी र गरिब देशहरूबीच आर्थिक अन्तर बढदै गएको उल्लेख गर्दै उनले अर्थको न्यायपूर्ण वितरणमा चुनौती उत्पन्न गरेको दावी गरेका छन्।

‘युद्ध, संघर्ष र अत्याचारले विश्वभर मानिसहरूको मौलिक अधिकार हनन गरिरहेको छ। विश्वभरका सबै व्यक्तिहरूको मौलिक अधिकारको संरक्षण, लैंगिक समानता र सामाजिक न्यायलाई प्रवर्धन गरिनु पर्दछ’, उनले भने।

जाति, लिंग, धर्म, वर्ग, राष्ट्रियता आदिको आधारमा भेदभाव बढदै गएको भन्दै अध्यक्ष यादवले मानिसको मौलिक अधिकार को रक्षा, शिक्षा, स्वास्थ्य र रोजगारीमा सबैको पहुँच, महिला, अल्पसंख्यक र सिमान्तकृत वर्ग समुदायहरूको अधिकार, स्रोत साधनमा पहुंच र प्रतिनिधित्वको सुनिश्चित्तता गरिनु आवश्यक रहेको उल्लेख गरे ।

सम्पूर्ण देश या राष्ट्रहरुका समाजवादी, सामाजिक लोकतान्त्रिक, श्रमिक र प्रगतिशील शक्तिहरुले विश्वब्यापी रुपमा स्वतन्त्रता, समानता, सामाजिक न्याय र बन्धुत्वको अभियान निरन्तर जारी राख्न उनले आग्रह समेत गरेका छन्।

भारतको हैदरावादमा तेलांगाना सरकारको संयोजन तथा प्रोग्रेसिभ एलाइन्सको आयोजनामा भईरहेको तीन दिवसीय उक्त सम्मेलनमा एक सय भन्दाबढी मुलुकका चार सयबढी समाजवादी राजनीतिक पार्टीहरुका प्रतिनिधिहरुको सहभागिता रहेको छ।


सामाग्री श्रोत :

गरिबी, असामनता र शोषणविरुद्धको संघर्ष विश्वव्यापी अगाडी बढाउनु पर्छ : उपेन्द्र यादव

काठमाडौँ । सामसङले ​पछिल्लो फ्ल्यागशिप सिरिज एस २५ सार्वजनिक गर्दैगर्दा विश्वभरका स्मार्टफोन पारखीलाई एउटा डेमो फोन देखाएर चकित पारेको थियो । ‘एस २५ एज’ नाम दिइएको उक्त मोडेल सामसङको अहिलेसम्मकै पातलो फोन हुने दाबी गरिएको थियो । 

कार्यक्रममै उपस्थित भएका टेक रिभ्युअर तथा स्मार्टफोन पारखीले त्यो फोन छुन पाएका थिएनन् । अहिले त्यही सामसङ एस २५ एजका विभिन्न फिचर लिक भएका छन् ।

चर्चित लिकस्टर इभान ब्लासले एक्समा पोस्ट राख्दै फोनमा उपलब्ध हुने फिचरबारे जानकारी दिएका छन् । उनले राखेको पोस्टमा एस २५ एको फोटो, कम्पनीको प्रेस विज्ञप्ति (औपचारिक रूपमा सार्वजनिक नभइसकेको) लगायतका जानकारी छन् । पोस्ट अनुसार ग्यालेक्सी एस २५ एजमा टाइटानियम फ्रेम हुनेछ भने फोनको सुरक्षाका लागि कोर्निङ गोरिल्ला ग्लास सेरामिक्स टु ब्याक हुनेछ । 

त्यस्तै यसमा २०० मेगापिक्सेलको मुख्य क्यामेरा हुनेछ । यस मोडेलको चौडाइ ५.८ एमएम हुनेछ भने तौल १६३ ग्राम हुनेछ । यही चौडाइ हुने हो भने यो फोन सामसङको अहिलेसम्मकै सबैभन्दा पातलो फोन हुनेछ ।

यसको डिस्प्ले साइज भने एस २५ प्लस जत्तिकै हुनेछ । यसअघि सामसङले पातलो फोनका रूपमा २०१४ मा ग्यालेक्सी अल्फा सार्वजनिक गरेको थियो । यो फोन अहिलेको ग्यालेक्सी एस २५ को बेस मोडेल जत्तिकै पातलो थियो । 

एस २५ एज पातलो भएपनि यो उत्तिकै बलियो हुने र दैनिक प्रयोगका क्रममा हुने सामान्य किसिमका ठक्कर सहजै सहन सक्ने जनाइएको छ । मल्टिटास्किङ (एकै पटक धेरै एप र फिचर प्रयोग गर्न सकिने), गेमिङ र स्ट्रिमिङमा पनि फोनले उत्तिकै स्तरीय पर्फमेन्स दिने दाबी छ ।

यसमा स्न्यापड्रागन ८ एलिट प्रोसेसर हुनेछ, जसले ब्याट्रीलाई लामो समयसम्म टिकाइराख्न मद्दत गर्नेछ ।

यो मोडेल सामसङको पछिल्लो यूआई वन यूआई ७.० मा सञ्चालित हुनेछ भने यसमा ग्यालेक्सी एआई फिचर पनि हुनेछन् । १२ जीबीसम्म र्‍याम हुने फोन २५६ जीबी र ५१२ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछ ।

यस फोनको २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य १५ लाख कोरियन वन (करिब १०४९ अमेरिकी डलर) र ५१२ जीबी भेरियन्टको मूल्य १६ लाख ३० हजार कोरियन वन (करिब ११४० अमेरिकी डलर) हुने अनुमान छ । यो दक्षिण कोरियामा लागु हुने मूल्य हो । अन्य देशमा फोन केही महँगो हुने बताइएको छ । 

सामसङबारे विशेष जानकारी दिने प्लेटफर्म साम मोबाइलका अनुसार ग्यालेक्सी एस २५ एज आधिकारिक रूपमा १३ मेमा दक्षिण कोरियामा सार्वजनिक हुनेछ । दक्षिण कोरिया र चीनमा यो फोन २३ मेदेखि बिक्री हुनेछ भने अमेरिकाका सामसङ स्टोरमा ३० मेमा उपलब्ध हुनेछ ।

पछिल्लो अध्यावधिक: बैशाख १३, २०८२ १३:५८





सामाग्री श्रोत :
टेक पाना

रूपन्देही–प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका विचारहरूलाई संसारभर अघि बढाउने बेला आएको बताएका छन्।

लुम्बिनी विकास कोष र सारिपुत्र फाउन्डेसनको संयुक्त आयोजनामा आज लुम्बिनीमा भएको चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले संसारमा अशान्ति मच्चिरहेको बेला बुद्धका विचारहरूको महत्व बढ्दै गएको जानकारी दिएका छन्।

Ncell 2
Ncell 2

साथै उनले बुद्धको शान्तिका विचारहरूलाई संसारभर अघि बढाउने बेला आएको बताए। प्रधानमन्त्री ओलीले संसारमा खतरनाक किसिमका हतियार निर्माण भएको छ, युद्धबाट युद्धले शान्तिको सम्भावना हुँदैन त्यसैले आजको सबैभन्दा बढी आवश्यकता शान्ति भएका कारण बुद्धका शिक्षाहरूको महत्त्व झन् बढ्दै गएको बताए।

shivam cement
shivam cement

उनका अनुसार संसारमा एकातर्फ अशान्ति मच्चिरहेको बेला अर्कोतर्फ नेपालको अगुवाइमा गौतमबुद्धका महत्त्वपूर्ण विचारहरू शान्ति, मानवता र करुणा विस्तार भइरहेको बताए।

चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवको उद्घाटन कार्यक्रम लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामाको अध्यक्षतामा भएको थियो। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य लगायतको आतिथ्यता रहेको थियो। कार्यक्रममा ४० देशका प्रतिनिधिहरूको सहभागिता रहेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट