२०८३ बैशाख ३० बुधबार
२०८३ बैशाख ३० बुधबार

जनकपुरधाम । सप्तरीमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। दुर्घटनामा २४ जना घाइते भएका छन्।

मृत्यु हुनेमा सप्तरीको सप्तीकोशी नगरपालिका–१ बस्ने ७५ वर्षीय रत्नबहादुर मगराती छन्। मृतक महिलाको पहिचान खुल्न सकेको छैन।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत आइतबार मध्याह्न १२ बजेतिर सप्तरीको कञ्चनरुप नगरपालिका १० बदगामा उदयपुरबाट विराटनगर तर्फ जाँदै गरेको प्र १–०१–००१ ख ३४२० नम्बरको यात्रुबाहक बस अनियन्त्रित भएर पल्टेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।


सामाग्री श्रोत :

सप्तरीमा बस दुर्घटना हुँदा दुईको मृत्यु, २४ जना घाइते

काठमाडौँ । नेपालकै सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले राष्ट्रिय स्तरका ६ जना चर्चित क्रिकेटरलाई आफ्नो नयाँ ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ । कम्पनीले हालै १० लाख घर-परिवारमा इन्टरनेट जडान गर्ने उपलब्धि हासिल गरेको अवसरमा यो घोषणा गरेको हो ।

नयाँ ब्रान्ड एम्बेसडरहरूमा रोहितकुमार पौडेल, सोमपाल कामी, दिपेन्द्रसिँह ऐरी, आसिफ शेख, अनिलकुमार साह र ललित राजवंशी रहेका छन् । यी खेलाडीहरूले वर्ल्डलिंकको डिजिटल सशक्तीकरण अभियान र नेपाली राष्ट्रिय गौरवसँग जोडिएको यात्रामासँगै अघि बढ्ने प्रतिबद्धता जनाएको उल्लेख छ ।

शुक्रबार जावलाखेल स्थित वर्ल्डलिंकको प्रधान कार्यालयमा भएको सम्झौतामा वर्ल्डलिंकको तर्फबाट सह-संस्थापक तथा कार्यकारी निर्देशक मनोज अग्रवाल र मुख्य कार्यकारी अधिकृत केशव नेपालले हस्ताक्षर गरेका थिए । एउटै कम्पनीले एक साथ ६ जना ब्रान्ड एम्बेसडर अनुबन्धन गरेको नेपालमा यो नै पहिलो भएको बताइएको छ ।

यसबाट खेलप्रति कम्पनीको समर्पण, राष्ट्रिय गौरव र सामुदायिक विकासमा रहेको प्रतिबद्धता स्पष्ट रूपमा देखाउने वर्ल्डलिंकले उल्लेख गरेको छ । मनोज अग्रवालले ६ जना क्रिकेट खेलाडीको प्रतिबद्धता, धैर्य, टिमवर्क र अदम्य राष्ट्रिय भावनासँग वर्ल्डलिंकको दृष्टिकोण र मूल्य पूर्ण रूपमा मेल खाने बताए । उनले भने, “उहाँहरूले लाखौँ नेपालीहरूको सपना र आकाङ्क्षाको प्रतिनिधित्व गर्नु हुन्छ, र उहाँहरूलाई वर्ल्डलिंक परिवारमा स्वागत गर्न पाउँदा हामी गर्वित छौँ ।”

यो सहकार्यले वर्ल्डलिंकको ब्रान्डलाई थप ऊर्जावान् बनाउने र देशका विभिन्न भागका समुदायहरूसँग रहेको सम्बन्ध अझ गाढा बनाउने विश्वास उनले व्यक्त गरे । अग्रवालले भने, “हामी सँगै नयाँ पुस्तालाई प्रेरित गर्नेछौँ, नेपालको उपलब्धिहरूलाई मनाउने छौँ र डिजिटल युगमा अझ मजबुत र समृद्ध राष्ट्र निर्माणतर्फ अघि बढ्नेछौँ ।”

सीईओ नेपालले यो सहकार्य केवल ब्रान्ड प्रवर्धन मात्र नभएर नेपाली जनताको भावना र गौरवसँग जोडिएको कम्पनीको आत्मीय प्रतिबद्धता समेत भएको बताए । 

 

पछिल्लो अध्यावधिक: बैशाख १४, २०८२ १६:४४





सामाग्री श्रोत :
टेक पाना

वीरगन्ज – रवि लामिछानेविरुद्ध दर्ता भएकाे मुद्दा पर्सा प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा पठाएको छ। 

बयान र अनुसन्धान सकिएपछि पर्सा प्रहरीले रास्वपा सभापति लामिछानेविरुद्ध ठगी तथा सङ्गठित अपराधको मुद्दामा कारबाहीको माग गर्दै शुक्रबार प्रहरी प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो। 

प्रहरीले बुझाएको प्रतिवेदनमा ४१ जनालाई प्रतिवादी बनाइएको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले बताए। उनका अनुसार दुई वटा मुद्दाको अनुसन्धान सकिएपछि कारबाहीका लागि विभिन्न कम्पनी तथा व्यक्तिलाई प्रतिवादी बनाउँदै प्रतिवेदन अगाडि बढाइएको छ। 

Ncell 2
Ncell 2

यी मुद्दामा ३० जना व्यक्ति, तीन वटा सहकारी र ८ वटा विभिन्न कम्पनीलाई प्रतिवादी बनाइएको पर्सा प्रहरीले जनाएको छ। २ अर्ब ३० करोड १४ लाख २९ हजार ८ सय २९ रुपैयाँ बिगो माग दाबी गर्दै प्रहरी प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ। 

संसदीय छानबिनको समितिले अनुसन्धान गरेर लामिछानेमाथि मुद्दा दर्ता गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउने निर्देशन दिएपछि पर्सा प्रहरीले मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरेको थियो। 

shivam cement
shivam cement

सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको भन्दै लामिछानेसहितका व्यक्तिहरूमाथि मुद्दा दर्ता भएको हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच छ भनेर आरोप लगाउनेहरुलाई त्यस्ता कुराहरु प्रमाणित गर्न चुनौती दिएका छन ।

मदन भण्डारी फाउण्डेशनको चौथो राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिमा छिर्के दाउ हाल्ने, षड्यन्त्र गर्ने र झेली खेलाडीहरुले लाजशरम पचाएर यस्ता आरोपहरु लगाउने गरेको बताए ।

देशमा एमाले र नेपाली कांग्रेसको सहभागितामा सरकार बन्नु समयको आवश्यकता हो भन्दै उनले स्थिरता, विकास र सुशासनले गति लिन थालेका बेला सरकार र नेतृत्वविरुद्ध झुठा आरोप लगाउन थालिएको बताए ।

“झुठा कुराको सहायतामा यस्तो विरोध गरिएको छ कि मानौँ, सरकारले केही गरेको छैन । हामीले देश बर्बाद बनाइरहेका छौँ, हामीले कुनै अपराध गरिरहेका छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘आजकाल निलो रंगका स्यालहरु निकै हाउभाउ गरिरहेका छन् । तिनीहरुको वास्तविक रुप लामो समय टिक्ने छैन । एमालेले आफूूलाई आगामी निर्वाचनमार्फत् निर्णायक राष्ट्रिय शक्तिमा विकसित हुने लक्ष्यमा छौँ । हामी हाम्रा सही विचार, इमान र सत्यको राजनीतिबाट स्थापित हुन्छौँ ।’

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केही दिन अघि ‘प्रधानमन्त्रीको बेडसम्म बिचौलियाको एक्सिस रहने गरेको’ भन्ने अभिब्यक्ति दिएको एक साता पछि प्रधानमन्त्री ओलीले सो जवाफ दिएका हुन् ।

उता, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरुको टाउकामा अहिले चिसो पानी खन्याइएको महसुस भएको टिप्पणीसमेत उनले गरेका छन् ।

पार्टीभित्रको राजनीतिका हकमा धेरै आलोचनात्मक चेतमा जोड दिन नपर्ने उल्लेख गर्दै उनले विश्लेषणत्मक चेत राख्न सुझाव दिए । ‘पार्टीभित्र एकताको चेत चाहिन्छ । विरोधीको आरोपको खण्डन गर्नुपर्छ । विरोधीसँग लड्न नसक्ने अनि पार्टीभित्र आलोचनात्मक चेत बोक्ने बाटो सही बाटो होइन,’ उनले भने ।


सामाग्री श्रोत :

गगन थापासँग प्रधानमन्त्री आक्रोशित, बेडरुमसम्म बिचौलियाको पहुँच भएको प्रमाण दिन चुनौती

काठमाडौँ । सन् २०१० को दशकको शुरुवातमा लामो दूरीको सम्बन्धका लागि महत्त्वपूर्ण माध्यम बनेको स्काइप अब सदाका लागि बन्द हुने भएको छ । माइक्रोसफ्टले घोषणा गरे अनुसार अबको एक सातापछि अर्थात् ५ मे स्काइपका लागि अन्तिम दिन हुनेछ र सधैँका लागि बन्द हुनेछ । यसको सम्पूर्ण डेटा माइक्रोसफ्ट टिम्सको निःशुल्क भर्सनमा समाहित गरिनेछ ।

सन् २०११ मा माइक्रोसफ्टले ८.५ अर्ब डलरमा खरिद गरेको यो प्लेटफर्म त्यसपछि भने ओझेलमा परेको थियो । सन् २०१४ सम्म आइपुग्दा फेसटाइम जस्ता एकीकृत एपहरूको विकाससँगै स्काइप लगभग असान्दर्भिक बन्दै गयो । २०१५ देखि धेरै प्रयोगकर्ताहरूले स्काइप प्रयोग गर्न छाडे ।

स्काइपमा लग इन गर्दा अहिले स्पाम क्रिप्टो च्याट र फिशिङ लिङ्कहरू मात्र बाँकी छन् ।स्काइप बन्द हुने खबरले यस प्लेटफर्मसँग जोडिएका कतिपयले आफ्ना भावनात्मक यादहरू शेयर गरिरहेका छन् । स्काइप त्यतिबेला टाढा रहेका साथीभाइ र नयाँ मानिसहरूसँग जोडिने माध्यम थियो । कलेजका साथीहरूका किस्सा सुन्न होस् वा प्रेम सम्बन्धलाई जीवन्त राख्न, स्काइपले महत्त्वपूर्ण भूमिका खेलेको थियो ।

यो प्लेटफर्मले भावनाहरूलाई गाँसेको र वास्तविक जीवनलाई फरक तरिकाले प्रस्तुत गरेको थियो । स्मरण रहोस्, हालै प्रदर्शन भएको फिल्म ‘पास्ट लाइभ्स’ मा पनि स्काइप मार्फत हुने लामो दूरीको सम्बन्धलाई चित्रण गरिएको थियो र फिल्ममा बज्ने स्काइपको विशेष धुनले धेरैलाई पुरानो समयको याद दिलाएको थियो ।

अहिले भने लामो दूरीको सम्बन्धलाई कायम राख्नका लागि फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, फेसटाइम जस्ता अनेकौँ विकल्पहरू उपलब्ध छन्, जहाँ एकै ठाउँबाट च्याट गर्न, भिडिओ कल गर्न र अन्य गतिविधिहरू हेर्न सकिन्छ । भिडिओको गुणस्तरमा पनि धेरै सुधार आएको छ । तर स्काइपसँग जोडिएका भावनाहरू र त्यो समयको प्रविधि प्रयोग गर्दाको अनुभव भने कतिपयका लागि विशेष रहनेछ । अबको एक साता स्काइपका लागि अन्तिम हुनेछ र छिट्टै डिजिटल इतिहासको एक भाग बन्नेछ ।

 

पछिल्लो अध्यावधिक: बैशाख १४, २०८२ १५:१२





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं–नेपाली कांग्रेसकी सांसद माया राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

काठमाडौं जिल्ला अदालतले राईलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो।

शनिबार साँझ पक्राउ परेकी सांसद राईलाई आइतबार अदालत लगिएको थियो। उनलाई काठमाडौं जिल्ला प्रहरी, परिसर भद्रकालीको हिरासतमा राखिएको छ।

Ncell 2
Ncell 2

राईमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाउन सिफारिस गरिएको थियो।

सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी हुँदा पनि उनी लामो समयदेखि फरार थिइन्।

shivam cement
shivam cement

राई स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समितिमा रहेर सहसचिव पदमा कार्यरत थिइन्। राईलाई भने यो मुद्दामा उन्मुक्ति दिइएको भन्दै चौतर्फी आलोचना भएको थियो।

उनी जनजाती कोटाबाट कांग्रेसको केन्द्रीय सदस्य छिन्। पार्टी सभापति शेरबहादुर देउवा समूहमा रहेकी उनी समानुपातिक सांसद हुन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडाैं। नेकपा एमालेका सांसद पदम गिरीले सरकार छिट्टै ढल्ने प्रचण्डको अभिव्यक्ति गैरजिम्मेवार रहेको बताएका छन्।

आइतबार प्रतिनिधिसभामा बोल्दै गिरीले मुलुकमा स्थीरता कायम गर्न ठूला दल मिलेर सरकार बनेको भन्दै सरकार छिट्टै ढल्दैछ भनेर जनतामा भ्रम छर्नेगरि प्रचण्डले दिएको अभिव्यक्ति गैरजिम्मेवार रहेको बताएका हुन्। राजनीतिक स्थिरताको वातावरण बिथोलिने र जनतामा चिन्ता हुने गरि कसैले पनि गैरजिम्मेवार भएर अभिव्यक्ति दिनु उचित नभएको उनले बताए।

उनले सात बुँदे सहमतिको जगमा वर्तमान सरकार गठन भएकाले मुलुकको बिकास र समृद्धिका लागि निरन्तर अघि बढ्ने जिकिर गरे। त्यस्तै गिरीले राजनीतिक स्वार्थको रोटी सेक्नका लागि शिक्षकहरुलाई उत्तेजित बनाउन खोजिएको आरोप समेत लगाए।

उनले यसअघि आफै सरकारमा बसेर शिक्षकहरुसंग गरेको सहमति कार्यान्वयन नगर्ने तर अहिले वर्तमान सरकारका कारण शिक्षकहरु आन्दोलनमा आउनुपरेको भन्ने तर्क गलत भएको जनाए।


सामाग्री श्रोत :

‘छिट्टै सरकार ढल्ने प्रचण्डको अभिव्यक्ति गैरजिम्मेवार’

काठमाडौं- चिकित्सकीय अभ्याससँगै गीत संगीतमा पनि सक्रिय रहेका त्रिवि शिक्षण अस्पतालका ग्यास्ट्रो तथा कलेजो प्रत्यारोपण सर्जन प्राडा रमेशसिंह भण्डारीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।

डाक्टर भण्डारीले युट्युब च्यानल मार्फत नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका हुन्।  सार्वजनिक भएको नयाँ म्युजिक भिडियोको बोल ‘जीवन यो रहेसम्म…’ रहेको छ।

डा भण्डारीको स्वरमा रहेको गीतको रचना र कम्पोजिसन पनि डा भण्डारीले नै गरेका हुन्। 

गीतको मिक्सिङ प्रदीप जोशीले गरेका हुन्। 

सिलन लम्सालको सम्पादन रहेको म्युजिक भिडियोमा निमा लामाको मेकअप रहेको छ। 

म्युजिक भिडियोको निर्देशन अनिल के मानन्धरले गरेका हुन्। 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । मातातीर्थ ‌औँसी (आमाको मुख हेर्ने दिन) को अवसरमा सीजी नेटले आफ्ना ग्राहकहरूका लागि छुट अफर ल्याएको छ ।

‘ममताको कनेक्सन’ नारा दिइएको यस अफर अन्तर्गत ग्राहकले १५० एमबीपीएस र २५० एमबीपीएस गतिको इन्टरनेट प्याकेजको नयाँ जडान वा नवीकरण गर्दा वार्षिक शुल्कमा २५ सय रुपैयाँ छुट पाउन सक्नेछन् । त्यस्तै ३५० एमबीपीएस इन्टरनेटको नयाँ जडान वा नवीकरण गर्दा वार्षिक शुल्कमा तीन हजार रुपैयाँ छुट पाउन सकिने बताइएको छ । 

यसका लागि ग्राहकले इन्टरनेट जडान गरिसकेपछि अथवा इन्टरनेट नवीकरण गरिसकेपछि आफ्नी आमासँगको तस्विर सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम वा टिकटकमा सीजीनेटलाई ट्याग गरेर राख्नुपर्ने हुन्छ । यसरी सामाजिक सञ्जालमा पोस्ट नराखेका ग्राहकको हकमा भने यो अफर लागु हुने छैन । 

आजदेखि सुरु भएको यो अफर १८ वैशाखसम्म लागु हुनेछ ।    

सीजी नेटको १५० एमबीपीएसको वार्षिक शुल्क नौ हजार सात सय ३४ रुपैयाँ, २५० एमबीपीएको १० हजार छ सय १९ रुपैयाँ र ३५० एमबीपीएसको वार्षिक शुल्क ११ हजार पाँच सय चार रुपैयाँ रहेको छ । 

पछिल्लो अध्यावधिक: बैशाख १४, २०८२ १४:३९





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ–चालु आर्थिक वर्षका लागि छुट्याइएको बजेट खर्च नहुने जनाउँदै विभिन्न निकायबाट रु पाँच अर्बभन्दा बढी बजेट फिर्ता भएको छ।

अर्थ मन्त्रालयका अनुसार चालुभन्दा पुँजीगत शीर्षकको बजेट फिर्ता बढी छ। निकायगत रुपमा विष्लेषण गर्दा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) को बजेट फिर्ता सबैभन्दा बढी रहेको छ।

Ncell 2
Ncell 2

अर्थ मन्त्रालयका सूचना अधिकारी अम्बिकाप्रसाद खनालका अनुसार चालुतर्फ रु पाँच करोड ३४ लाख र पुँजीगततर्फ रु पाँच अर्ब तीन करोड ८१ लाख बराबर बजेट फिर्ता भएको छ।  चालुतर्फ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले रु ९५ लाख, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रु ३९ लाख, निर्वाचन आयोगले रु दुई करोड ४२ लाख र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले रु एक करोड ५८ लाख बजेट फिर्ता गरेको हो।

       

पुँजीगततर्फ सबैभन्दा धेरै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रु दुई अर्ब ३५ करोड ३४ लाख फिर्ता गरेको छ। एमसिए–नेपालले रु दुई अर्ब बराबर बजेट फिर्ता गरेको खनालले जानकारी दिनुभयो। पुँजीगततर्फ बजेट फिर्ता गर्ने अन्य निकायमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले रु ३६ करोड ७८ लाख, परराष्ट्र मन्त्रालयले रु ३० करोड र महालेखा परीक्षकको कार्यालयले रु एक करोड ६१ लाख फिर्ता गरेका छन्।

       

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र नियमावलीको व्यवस्थाअनुसार कुनै योजना तथा कार्यक्रममा विनियोजित बजेट फागुन मसान्तभित्र खर्च हुन नसकेमा र आर्थिक वर्षको बाँकी अवधिमा पनि खर्च गर्न नसक्ने अवस्था भएमा चैत १५ गतेभित्र अर्थ मन्त्रालयमा फिर्ता गरिसक्नुपर्ने प्रावधान छ।       

    

गत वर्ष ७० प्रतिशत बजेट फिर्ता गरेको एमसिए–नेपालले यस वर्ष करिब ५८ प्रतिशत बजेट फिर्ता गरेको छ। अमेरिकी सरकारको अनुदान सहयोगमा सञ्चालित यो परियोजनामा अमेरिकी सहयोग निरन्तर हुन्छ वा हुँदैन भन्ने अन्योल छ भने यो परियोजनाका निम्ति सरकारले छुट्याएको बजेट खर्च नहुने स्थिति छ।

shivam cement
shivam cement

चालु आर्थिक वर्षका लागि एमसिए–नेपालले रु १३ अर्ब ३६ करोड बजेट पाएको थियो। उक्त रकममध्ये रु नौ अर्ब ९० करोड मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) बाट अनुदान लिइने र बाँकी रु तीन अर्ब ४५ करोड १८ लाख आन्तरिक स्रोतबाट व्यहोर्ने अनुमान गरिएको थियो। तर एमसिए–नेपालले बजेट खर्च  नगरेपछि आन्तरिक स्रोतबाट व्यहोर्ने भनिएको रकममा पनि करिब ५८ प्रतिशत बजेट अर्थ मन्त्रालयलाई फिर्ता गरिएको छ।

चालु आर्थिक वर्षमात्र नभई गत आर्थिक वर्षमा पनि एमसिए नेपालको खर्च निकै कमजोर थियो। एमसिए–नेपालले गत आर्थिक वर्षका लागि पाएको कूल बजेटको करिब ३० प्रतिशत मात्रै खर्च गरेपछि बाँकी ७० प्रतिशत बजेट फिर्ता गरेको थियो। एमसिए नेपालअन्तर्गतका परियोजनामा खर्च गर्नेगरी गत आर्थिक वर्षका लागि सरकारले रु १० अर्ब ८४ करोड १७ लाख बजेट विनियोजन गरेकामा रु सात अर्ब ६० करोड ७० लाख फिर्ता गरिएको थियो। विद्युत् प्रसारणलाइन निर्माणका लागि आवश्यक पर्ने जग्गाको मुआब्जा वितरण र अधिग्रहणको काम सुस्त भएपछि लक्ष्यअनुसार बजेट खर्च हुन नसकेको हो।

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट