२०८३ बैशाख ३० बुधबार
२०८३ बैशाख ३० बुधबार

काठमाडौं । नागरिकको तथ्याङ्क व्यवस्थित र सुलभ सरकारी सेवा प्रदान गर्ने उद्देश्य सहित सरकारले राष्ट्रिय परिचयपत्रको सुरुवात गरेको हो । प्राविधिक कामहरूमा कहिलेकाही सावधानी अपनाउँदा अपनाउँदै पनि समस्याहरू आउन सक्छ । त्यसपछि परिचयपत्र वितरणमा ढिलाई, जथाभावी तथ्याङ्क संकलन जस्ता कुराले नागरिकमा थप समस्या थपेको छ । यही समस्यालाई सम्बोधन गर्दै गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले विभिन्न सम्पर्क व्यक्ति र टोल-फ्रि नम्बर सार्वजनिक गरेको छ ।

यसले नागरिकलाई परिचयपत्र सम्बन्धी पर्ने कुनै पनि समस्यालाई समाधान गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ । विभागले राष्ट्रिय परिचयपत्र, सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता, तथा राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली सम्बन्धी समस्याहरू समाधानका लागि सम्पूर्ण प्रदेशमा सम्बन्धित अधिकृत तथा प्राविधिकहरू तोकेको छ ।

राष्ट्रिय परिचयपत्र सम्बन्धी समस्याका लागि स्मृति बुढाथोकी, टीका देवी पौडेल र मुनि पौडेललाई सम्पर्क गर्न सकिनेछ । सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्तासम्बन्धी समस्याका लागि सरस्वती न्यौपाने, लुना खड्का, अस्मिता काफ्ले र विमला पौडेल अर्याल जिम्मेवार रहनेछन् ।

यस बाहेक, समस्या समाधानका लागि विभागले टोल-फ्रि नम्बर १६६००१६६६६६ मा पनि सम्पर्क गर्न सकिनेछ । 

प्रदेशहरूमा सूचना प्रणाली व्यवस्थापन तथा अनलाइन फारम सम्बन्धी प्राविधिक सहायताका लागि ज. ढुंगाना, बालकृष्ण प्रसाद भट्ट, टेकेन्द्रकुमार झा र विश्वराज भिमिरेलगायत प्राविधिकहरू खटाइएको विभागले जनाएको छ । नागरिक पोर्टलमार्फत हुने जानकारी तथा राष्ट्रिय परिचयपत्र वितरणसम्बन्धी समस्याका लागि पनि विभिन्न अधिकारीहरू तोकिएका छन्।

तोकिएका सम्पूर्ण कर्मचारीहरूको नाम, जिम्मेवारी र सम्पर्क नम्बरसहितको सूची यहाँ उल्लेख गरिएको छ ।  

 

पछिल्लो अध्यावधिक: बैशाख १५, २०८२ ९:०





सामाग्री श्रोत :
टेक पाना

नयाँ दिल्ली। काश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारतमा पुरै सुरक्षा अलर्ट जारी राखिएको छ।

जोखिम ठानिएका सबै क्षेत्रका सबैजसो कुरामा मसिनो गरी सावधानी अपनाइएको छ। त्यसैले तनावपूर्ण वातावरणका बीच अब आईपीएल २०२५ मा पनि सुरक्षा बढाउने निर्णय गरिएको छ।

जसअनुसार अबदेखि एयर स्पेसको सुरक्षाका लागि आईपीएलको प्रत्येक स्थानमा एन्टी ड्रोन प्रणाली तैनाथ गरिने भएको छ। यो हतियारले आकाशबाट बाज जस्तै हरेक खेल र दर्शकमा नजर राख्ने छ। यसको सुरुवात इडेन गार्डेनमा कोलकाता नाइट राइडर्स र पञ्जाब किंग्सबीचको खेलबाट सुरू भएको हो।

राष्ट्रिय सुरक्षालाई ध्यानमा राखेर निजी कम्पनीले यस्तो पहल गरेको हो। आईपीएल विश्वको सबैभन्दा ठूलो क्रिकेट लिग हो, जसमा धेरै ठूला खेलाडीहरु संलग्न छन्। जोखिम मोल्नु पर्ने कारण यही हो र सुरक्षा ब्यवस्था थप कडाइ गरिएको छ।

यो एन्टी ड्रोन प्रणालीले स्टेडियमको चार किलोमिटरको दायरा भित्र कुनै पनि संदिग्ध ड्रोन पहिचान गर्न मद्दत गर्नेछ। यो हतियारको नाम ‘बज्र सुपर शट’ हो, जसले ड्रोनको कम्युनिकेशन सिग्नललाई बिगार्न सक्ने कुनै पनि सम्भावित खतरालाई रोक्न सक्षम छ। हल्का भएकाले यसलाई सजिलै जहाँ पनि तैनाथ गर्न सकिन्छ। साथै, यो कुनै पनि प्रकारको आवृत्ति पहिचान गर्न र रोक्न मा विशेषज्ञताले भरिपूर्ण छ।

तसर्थ, स्टेडियम जस्ता भीडभाड हुने ठाउँहरूको लागि यो धेरै प्रभावकारी छ। राष्ट्रिय सुरक्षा र स्वदेशी रक्षा प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यले यो पहल गरिएको हो।

गत २२ अप्रिलमा पहलगाममा आतंकवादीहरूले निहत्था र निर्दोष पर्यटकहरूमाथि गोली चलाएको थियो, जसमा २६ बाह्य र स्वदेशी पर्यटकहरू मारिएका थिए र अरू धेरै घाइते भएका थिए। यस हमलाको जिम्मेवारी लश्कर–ए–तैयबा (एलईटी) सँग सम्बन्धित पाकिस्तानी आतंकवादी संगठन द रेजिस्टेन्स फोर्स (टीआरएफ) ले लिएको थियो।

यो डरलाग्दो घटनापछि क्रिकेटको सुरक्षाको चर्चाको विषय बनेको हो। साथै, सो घटनाको दुःख व्यक्त गर्दै बीसीसीआईले मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावादबीचको खेलमा नाचगान र गीत गाउन प्रतिबन्ध लगाएको थियो।

साथै लिगमा आवद्ध खेलाडी सबैजना कालोपट्टी लगाएर मैदानमा आएका थिए। यो सबै आतंकवादी हमलाको बिरोधका साथै मृतक प्रति गहिरो शोक तथा घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामनाका लागि गरिएको थियो।


सामाग्री श्रोत :

आईपीएलमा बढाइयो सुरक्षा, अब ‘बज्र सुपर शट’ ले गर्नेछ थप सुरक्षा

काठमाडौं– चिकित्सा शिक्षा आयोगको १९ औँ बैठक आज बस्दै छ।

बैठक आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा विहान ११ बजे सिंहदरबारमा बस्न लागेको हो।

Ncell 2
Ncell 2

चिकित्सा शिक्षा तर्फ पोष्ट ग्राजुएट्स (पीजी) अध्ययनरत चिकित्सकलाई निजी मेडिकल कलेजले सरकारी सरह निर्वाह भत्ता नदिएको भन्दै आन्दोलन चर्किरहेकाे छ। आन्दोलनरत चिकित्सकका मागबारे आयोगको बैठकमा छलफल हुने जनाइएको छ।

shivam cement
shivam cement

सरकारले निजि मेडिकल कलेजमा कार्यरत आवासिय चिकित्सकलाई सरकारी सरह ४८ हजार ७३७ रुपेयाँ निर्वाह भत्ता दिने गरेकाे थियाे। तर निजी मेडिकल सञ्चालकहरूले साढे दुई महिना बितिसक्दा पनि उक्त निर्णय कार्यान्वयन गरेका छैनन्।

शुक्रबारदेखि झन् आन्दोलन सशक्त बनाउँदै आवासीय चिकित्सकले देशव्यापी रूपमा सेवा बहिष्कार गरेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं- नेपाल जनस्वास्थ्य संघ (नेफा)का केन्द्रीय अध्यक्ष कृष्णमान शाक्यको अध्यक्ष पद गुम्ने भएको छ।

संघको पदमा एक वर्षअघि गत वर्ष २०८० चैत २७ गते निर्विरोध निर्वाचित भएका अध्यक्ष शाक्य विधान विपरित अध्यक्षमा नियुक्ति भएको पाइएपछि उनको अध्यक्ष पद गुम्ने पक्का भएको हो।

जिल्ला प्रशासन कार्यालय ललितपुरले कृष्णमान शाक्य अध्यक्षको पदमा रही काम कारबाही गर्ने कार्य विधान सम्मत् भएको नदेखिएकाले सोही अनुसार कार्यान्वयन गर्न गराउन भनेको छ। 

जिल्ला प्रशासनले संघका सदस्य टोपेन्द्र खड्काले हालेको उजुरीको छानबिनपछि शाक्यको अध्यक्ष पद विधान विपरित रहेको भन्दै सोही अनुसार अगाडि बढ्न पत्र काटेको हो। प्रशासनको यो पत्रपछि शाक्यको अध्यक्ष पद गुम्ने भएको हो।

सदस्य खड्काले २०८१ साउन १७ गते प्रशासन कार्यालयमा उजुरी दिएका थिए। प्रशासन कार्यालय ललिपतुरले सो सम्वन्धी विषयको जाँचवुझ गर्न २४ साउन २०८१, १५ भदौ २०८१ र ३१ भदौ २०८१ गरी तीन पटक पत्राचार गरी नेफासंग आवश्यक सूचनाहरु माग गरेको थियो।

नेफाले नै दिएको सूचनाको आधारमा जिप्रकाले शाक्यको अध्यक्ष पद विधान विपरित रहेको जानकारी गराएको हो। प्रशासन कार्यालयले शाक्यलाई पनि बोधार्द दिँदै उनको पद विधान अनुसार नभएको जानकारी गराइसकेको छ।

प्रशासनको पत्रपछि वैशाख ९ गते बसेको बैठकको अध्यक्षता उपाध्यक्ष तेजप्रसाद दुलालले गरेका थिए। उक्त बैठकमा शाक्य आफैंले जिल्ला प्रशासन कार्यालय ललितपुरबाट आएको पत्रबारे जानकारी गराएको एक सदस्यले जानकारी दिए।

हेरौं पत्र

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं। प्रतिनिधिसभाको बैठक बस्दैछ। संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक बिहान ११ः०० बजे बोलाइएको छ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतको बिषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने जानकारी गराउने छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपालको संविधानको धारा ५३ एवम सुशासन (ब्यावस्थापन र सञ्चालन ) ऐन, २०६४ को दफा ४१ बमोजिमको नेपाल सरकारको बार्षिक प्रतिवेदन आर्थिक बर्ष २०७९८०, २०८०८१ पेश गर्नेछ्न्।

उता, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाली नागरिक उडडयन प्राधिकरण, २०८१ माथी बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

साथै, शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले ‘शिक्षा, स्वास्थ्य तथा सूचना प्रबिधि समितिको प्रतिवेदन सहितको शहीद दशरथ चन्द स्वास्थ्य बिज्ञान विश्वबिद्यालय बिधेयक, २०८० माथि छलफल गरियोस् र सो बिधेयक पारित गरियोस्’ भन्ने प्रस्ततु गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।

 


सामाग्री श्रोत :

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

सुनसरी – भारतको जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि नेपाल–भारत सीमा क्षेत्रमा पनि निगरानी बढाइएको छ ।

खुला सीमाका कारण कुनै किसिमका अवाञ्छित गतिविधि हुन नदिन निगरानी बढाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए ।

Ncell 2
Ncell 2

जिल्लाको बर्जु, हरिनगर र कोसी गाउँपालिकामा पर्ने नेपाल–भारत सीमा क्षेत्रको निरीक्षण गर्नुका साथै सुरक्षा सतर्कता बढाइएको उनले बताए ।

shivam cement
shivam cement

सशस्त्र प्रहरी, नेपाल प्रहरी र भारतीय सीमा सुरक्षा बल एसएसबीसहितको टोलीले संयुक्त गस्ती गर्नुका साथै सीमा क्षेत्र भएर आवतजावत गर्ने मानिसलाई जाँच गरेर मात्र आवतजावत गर्न दिएको सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाले जानकारी दिएका छन् । पहलगाममा भएको हमालामा नेपालका सुदीप न्यौपाने सहित २६ जनाको मृत्यु भएको थियो । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

हामीलाई सबैभन्दा मनपर्ने स्वाद सोध्यो भने कमै मात्रको जवाफ गुलियो नआउँला। हामी सबै जना गुलियो भनेपछि हुरुक्कै हुन्छौं। सजिलै उपलब्ध भएको अनि सबैको भान्सामा पाइने चिनी हाम्रो गुलियोको बलियो श्रोत बनेको छ। यधपि धेरैले यो चिनी हाम्रो स्वास्थ्यको लागि अत्यन्तै हानिकारक छ भनेर बुझिसकेका भने छौं। 

चिनी नखाने भन्ने बित्तिकै हाम्रो दिमागमा एउटा प्रश्न आउँछ चिनीको सट्टा के खाने त? हामीले देखेका अनेकौं विकल्पहरु मध्येको एक हो भेली। नेपाली बजारमा सहजै पाउन सकिने भेलीलाई मानिसहरु चिनीको विकल्पको रुपमा निर्धक्क प्रयोग गरेको पाइन्छ। त्यसैले अलिकति यसको बारेमा केहि चर्चा गर्नु आवश्यक छ। 

के भेली स्वास्थ्यको लागि फाइदाजनक छ त ? 
भेली नेपाली समाजमा सदियौंदेखि विविध रुपमा प्रयोग हुँदै आइरहेको पदार्थ हो। विशेषगरी नेपाल तथा भारतमा अत्याधिक रुपमा पाइने भेलीमा कार्बोहाइड्रेट बाहेक पनि विभिन्न पोषण तत्त्वहरू पाउन सकिन्छ। जसमध्ये मुख्य आइरन, म्याग्नेसियम, पोटासियम, फोस्फोरस, सोडिएम, जिंक, क्लोराइड रहेका छन् भने विभिन्न भिटामिनहरु जस्तै भिटामिन ए, विविध भिटामिन बी का प्रकारहरु, भिटामिन सी तथा भिटामिन इ समेत पाइन्छ। यसका अतिरिक्त भेलिमा केहि मात्रामा प्रोटिन समेत पाइने कुरा बिभिन्न अध्ययनहरुमा पाउन सकिन्छ। 

माथी उल्लेख गरिएका सम्पूर्ण पोषण तत्त्वहरू मानव शरीरका लागि नभई नहुने अत्यावश्यक तत्वहरु हुन् जो भेलीमा हामीले पाउन सक्छौं। तर यतिले मात्र हामी यो निर्क्यौल गर्न सक्दैनौ कि भेली हाम्रो स्वास्थ्यको लागि फाइदाजनक छ। त्यसैले यसको उत्तर “हो” अथवा “होइन” मा भन्दापनि केहि विश्लेषण गरेर दिनुपर्ने हुन्छ। 

माथि भनिएका तत्वहरु भेलीमा पाउने कुरामा दुइमत छैन तर कति मात्रामा पाउने अथवा त्यी तत्वहरु पाउनको लागि कति भेली खानुपर्ने भन्ने कुराले निर्धारण गर्छ यसको आवश्यकता तथा महत्त्व। 

सामान्य मानिसलाई दैनिक जीवनमा माथी उल्लेखित तत्वहरुको फरक फरक मात्रा आवश्यक पर्दछ। तर भेलीमा उक्त तत्त्वहरु नगन्य मात्रामा पाइन्छन्। अझै भनौं भेलीबाट पोषणतत्त्वहरू पर्याप्त मात्रामा पाउनको लागि हामीले धेरै भेलीको सेवन गर्नुपर्ने हुन्छ जुन अन्य खानाको स्रोतबाट सहजै पाउन सकिन्छ ।

उदाहरणको लागि यसरी बुझ्न सकिन्छ : एक सामान्य वयस्क पुरुषलाइ लगभग ८ मिलिग्राम आइरन बाहिरी स्रोत (विभिन्न खाने कुराहरु) बाट चाहिन्छ। यदि भेलीलाई उक्त स्रोतको रुपमा लिने हो भने लगभग १०० ग्राम भेलीमा उल्लेखित मात्रामा आइरन पाउन सकिन्छ। तर हामीले चिनीको सट्टा प्रयोग गर्ने भेलीको मात्रामा हिसाब गर्दा एक चिया चम्चा भेलीमा लगभग ०.७५ मिलिग्राम मात्र आइरन पाउन सकिन्छ जुन अत्यन्तै नगन्य हुन जान्छ।

अर्कोतिर धेरै भेलीको सेवन गर्दा यसका नकारात्मक असरहरू धेरै छन् किनभने भेली र चिनीले हामीलाई दिने क्यालोरीमा खासै अन्तर छैन। आइरन जसरी नै अन्य तत्त्वहरूलाइ पनि यसरी नै तुलना गरेर हेर्दा भेलीबाट हामीले पाउने फाइदा अत्यन्तै नगन्य छ। त्यसैले माथि “भेलीमा पाइने” भनिएका तत्त्वहरू सन्तुलित रुपमा हामीले खाने फलफुल तथा तरकारीहरूमा सजिलोसँग पाउन सकिन्छ। कुनैपनि पोषण विशेषज्ञले उल्लेखित तत्त्वहरूको लागि प्रमुख श्रोतको रुपमा भेली सेवन गर्ने सल्लाह दिनुभएको पाइदैन।  

अब फेरी घुमेर पुरानै प्रश्नमा पुगौं। के भेली खानु ठिक छ? यो प्रश्नलाई दुई पाटोबाट उत्तर दिनुपर्ने हुन्छ। यदि तपाइँ चिनीलाई भेलीले प्रतिस्थापन गर्नुहुन्छ भने यसमा कुनै शंका छैन भेली चिनी भन्दा सबै तुलनामा उत्कृष्ट हुन सक्छ। स्वास्थ्यमा फाइदा गर्छ भन्ने मनशाय राखेर भेली सेवन गर्नुहुन्छ भने भेली खानु ठिक कदापी छैन। अझै क्लियर कट शब्दमा कम हानिकारक हुनुमा फाइदा देख्नुहुन्छ भने भेलीले चिनीको तुलनामा फाइदा गर्छ तर कसैसँग तुलना नगरी एक्लो भेलीको मात्र कुरा गर्दा भेली पनि फाइदाजनक छैन।

भेली खाने कि चिनी ?
चिनी र भेली दुबैले शरीरलाई बराबर मात्रामा क्यालोरी प्रदान गर्दछन् त्यसैले मोटोपन, पेटको गोलाई लगायतका जोखिमहरु दुबैमा बराबर छन् (तर चिनीबाट प्राप्त क्यालोरीलाइ Empty calori भनिन्छ ) यी दुइको Glycemic Index मा केहि अन्तर भएको कुरा विभिन्न अध्ययनले देखाउछन्। यस अर्थमा जसरी चिनी तुरुन्तै रगतमा घुलेर रगतमा चिनीको मात्रा बढाउछ (Blood sugar spike) भेलीले केहि समय बढी लिने भएकोले ह्वात्तै रगतमा चिनीको मात्रा बढाउदैन (चिनीको तुलनामा)। 

कति चिनी सेवन गरेपछि यो हाम्रो लागि हानिकारक छ भन्ने विषयमा विश्व स्वास्थ्य संगठनले भन्छ “स्वस्थ जीवनशैलीका लागि चिनीको सेवनबाट आउने क्यालोरी जम्मा क्यालोरीको ५ प्रतिशत भन्दा कममा सीमित गर्नुपर्ने हुन्छ” (यसमा भेली पनि पर्दछ)। यसरी तोकिएको जति चिनीको स्रोतको लागि हामीले भेली प्रयोग गर्दा भेलीबाट कुनैपनि पोषण तत्त्व महत्त्वपूर्ण रुपमा हामीले पाउदैनौ भने अर्कोतिर चिनी जत्तिकै गुलियो पाउनको लागि तुलनात्मक रुपमा बढी भेली प्रयोग गर्दा अझै क्यालोरीको मात्रा बढ्न सक्ने जोखिम त रहन्छ नै। त्यसैले चिनिसँग तुलना गर्दा बाहेक अन्य कुनैपनि अवस्थामा भेलीले स्वास्थ्यको लागि फाइदा गर्दैन तर हामीले सेवन गर्ने मात्रामा सूक्ष्म रुपले तुलना गर्दा भेली र चिनीमा  पनि त्यति ठूलो फरक छैन। यदि तौल कम गर्ने हाम्रो उद्देश्य हो भने त चिनी र भेलीमा केहि पनि फरक नै छैन भन्दा हुन्छ। यी दुवैले हाम्रो तौल बढाउने नै हुन्। भेलीले तौल कम गर्न सहयोग गर्छ भन्नु सरासर गलत हो।

भेलीले पाचनक्रियामा मद्दत गर्छ ?
भेलीको बारेमा अर्को भनाई के छ भने यसले पाचनक्रियामा अत्यन्तै राम्रो भूमिका खेल्नुको साथै कलेजोको सफाइमा पनि महत्वपूर्ण भूमीका खेल्छ। तर यो भनाइलाई सपोर्ट गर्ने कुनैपनि अध्ययनहरु पाइदैन। यसको लागि फाइबरयुक्त खानेकुराहरु सेवन गर्नु र प्रशस्त पानी पिउनु नै पर्याप्त हुन्छ। भेली चाहिँदैन।

त्यसैले निष्कर्षमा भेलीलाई सुरक्षित मानेर प्रयोग गर्ने सम्पूर्णले यो बुझ्नु जरुरी छ कि भेली कुनैपनि व्यक्तिको स्वास्थ्यको लागि निर्धक्कसँग सेवन गर्न मिल्ने पदार्थ होइन।

सामाग्री श्रोत :
swasthyakhabar

आजको राशिफल बि.सं २०८२ वैशाख १५ गते साेमवार, ई.सं २०२५ अप्रिल २८, नेपाल सम्बत ११४५ बछलाथ्व पारू, नाम संवत्सर, सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख शुक्ल प्रतिपदा, चन्द्रमा मेष राशीमा, सुर्य मेष राशीमा, नक्षत्रः भरणी, करणः किस्तृघ,योगः आयुष्यमान् । आज नेपालमा सूर्योदय बिहान ०५ः२९ मा भएको छ, सूर्यास्त साँझ ०६ः३८ मिनेटमा हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर ०५ मिनेट देखि ८ बजेर ५१ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

कुनै काम त्यस्ता हुन्छन्, जसमा घरव्यवहार छलेर पनि काम गर्नुपर्ने हुन्छ, कुनै निजी काम वा छोराछोरीको खुसीका लागि थप खर्च गर्ने परिस्थिति बन्नसक्छ । महत्त्वाकाङ्क्षा जाग्नेछ, कुनै दीर्घ प्रयोजनका योजना छन् वा विदेशमा पढ्ने सपना छ भने अझ धेरै मिहिनेत गर्नु जायज हुन्छ । लगनशीलता र मिहिनेतको पुरस्कार हातपार्ने तथा आत्मविश्वास र सुदृढ लक्ष्यका कारण सफलतातर्फ अग्रसर भइने सुन्दर समय छ । रचनात्मक र सिर्जनात्मक सोचका कारण कार्यक्षेत्रमा अद्भूत परिणाम प्राप्त हुनेछन् ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

पुरस्कार प्राप्त गर्ने ग्रहयोग बनेको छ, त्यसैले आलस्य त्यागेर मिहिनेत गरेमा राम्रो उपलब्धि हासिल हुने दिन हो, प्रतिस्पद्र्धीसमेत सहयोग माग्दै तपाईंसामु आउनसक्छन् । भेटघाटको समयमा व्यक्तिगत उन्नति÷प्रगति वा पदप्रतिष्ठाको चर्चा नगर्नु होला, नत्र सम्बन्धमा खाडल सिर्जना हुने तथा तनाव बढ्ने समय हो । मिहिनेत र कर्मठताले कामधन्धामा प्रगति र विकास हुनेछ । वरिष्ठ व्यक्तित्वसँग चिनजान हुने वा सम्बन्ध कायम हुने दिन छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

साझेदारीको कामबाट फाइदा हुनेछ । धार्मिक र आध्यात्मिक चेतना बढ्नेछ, इमानजमानको ख्याल राख्नु तथा नियमकानूनको पालना गर्नु उचित हुनेछ । कुनै पारम्परिक वा सामाजिक क्रियाकलापमा संलग्नता जनाउने राम्रो दिन छ, तर योजना अनुरूप आफ्ना नियमित कामधन्दामा केही बाधा उत्पन्न हुनसक्छ । सपनालाई साकार तुल्याइने छ, लक्ष्य पहिल्याउन सजिलो हुनेछ तर लक्ष्य पूरा गर्न अलि धेरै मिहिनेत गर्नुपर्छ अनि मात्र सफल भइने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

जोखिम र सङ्कटले भरिपूर्ण समय हो, यस अवधिमा नैराश्यता, दिकदारी र चिडचिडेपन बढ्नसक्छ । परिबन्द र बाध्यताका कारण आर्थिक बोझ बढ्नेछ, साथमा लगानी र दौडधूपको समुचित मूल्यसमेत प्राप्त हुनेछैन । हाकिमको कचकच बढ्नेछ, अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने बाध्यता हुनेछ, तापनि प्रयत्न गर्दा लाभमूलक क्षेत्रको पहिचान गर्न सकिने छ । परिवार र साथीहरूप्रतिको तपाईंको भावनाले चिन्ता बढाउन सक्छ, त्यस्तै स्वभावमा चिडचिडेपन र तनाव बढ्नाले आपसी भेटघाटमा नोकझोक र किचलोसमेत हुनसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

एक्लै घोरिरहन मन लाग्छ, व्यक्तित्वमा घमण्ड र अहङ्कारले प्रवेश गर्ने समय छ, तर आज संयम भएर अर्काका कुरा सुनेको राम्रो हुन्छ । कलात्मक कार्य अभिनय, गायन, वादन, नृत्य, भिडियो वा चलचित्रको काम, डेकोरेशन, ड्रेस डिजाइनिङ जस्ता काम अथवा उपहार वा मनोरञ्जनका सामाग्रीमा राम्रो देखिन्छ । पारिवारिक सुखमा कमी देखिंदैन, तथापि आजको कुनै समय वैवाहिक सम्बन्धका सुमधुर पलहरूको स्मृतिमा बित्ने तथा हृदय भावुक बन्नसक्ने दिन हो ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

बेकरिङ, क्याटरिङ, फास्टफुड, माटोको सामाग्री, औजार, भाँडाकुँडा आदिका व्यवसायी खुसी हुने दिन हो, तर सेवाग्राहीको विश्वास जित्न केही समय लाग्नसक्छ । अनावश्यक चिन्ता सलबलाउने दिन हो, नियमित कामधन्दामा पनि जाँगर लाग्दैन । हरेक काममा सफलता प्राप्त गर्न निकै खट्नुपर्ने समय छ । ओभर कन्फिडेन्समा नरहनु होला, परीक्षा वा प्रतिस्पद्र्धा नजिकै आएको छ भने खेलवाड र मनोरञ्जनलाई पूर्णतया त्यागेर थप मिहिनेत गर्नु समुचित हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

तालिम वा ज्ञान बढाउने विषयमा सरिक हुने र लाभ पाउने समय हो, जुनियर स्टाफ वा छोराछोरीका माध्यमबाट पनि लाभ हुनेछ । व्यक्तिगत खुसी, आनन्द र मौजमस्तीका निम्ति समय निस्कनेछ । आफ्नो अनुकूलता हेरी सबै कार्य सहज ढंगले गरिँदै जानेछन् । आज विधि, कानून र अनुशासनको पालना गर्नैपर्ने समय हो, लापरवाही गरेमा दण्ड वा जरिवाना तिर्नुपर्ने वा कानूनी फन्दामा फँस्ने सम्भावना देखिन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

बुढाबुढीको सेवा गर्दा भाग्य बढ्ने दिन हो, तर पनि एक किसिमको जमघट र रामरमाइलोमा सरिक हुँदा मन प्रसन्न नै रहनेछ । पारिवारिक समस्याले खिन्न बनाउनेछ, तर आज लापरबाही गर्ने वा भुलिने दिन होइन किनभने आज गरेको मिहिनेतले राम्रो रिजल्ट दिनसक्छ । निर्णयात्मक काममा ध्यान केन्द्रित हुँदैन, घरायसी समस्या र सुखका बारेमा चिन्तन गर्ने दिन हो । विशेष काम गर्नुछ भने अभिभावक, पत्नी वा छोराछोरीका इच्छा बुझेर अघि बढ्नु ठीक हुन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

नजानेको वा नसुल्झिएको विषयवस्तुमा सहपाठीको सहयोग लिनुहोला, किनकि जब तपाईंको उद्देश्य सुदृढ हुन्छ, कडा परिश्रम विकल्प होइन आवश्यकता बन्ने गर्दछ । बन्धुवान्धव र छरछिमेकका काममा सघाउनुपर्ने परिस्थिति छ, त्यस्तै खाँचो परेमा उनीहरूबाट सहयोग लिन पनि सकिने छ । आध्यात्मिक मनोभावको विकास हुनेछ, साथै मन्दिर वा स्मारकको भ्रमणबाट शान्तिको अनुभूति हुनेछ । नयाँ प्रविधिको प्रयोगले ज्ञान र क्षमतामा बृद्धि हुनेछ, अझ कलात्मक विषयमा रुचि छ भने वरिष्ठ कर्मचारीलाई समेत प्रभावित तुल्याउन सकिने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

सकेसम्म समुचित कार्यका लागि कम बोलेको ठीक हुन्छ, तर बोल्न नपाए पनि हाउभाउ र सङ्केतका आधारमा काम निकाल्न सकिने छ । विधि र नियमको पालना गर्नुपर्छ, गलत तरिकाले धन कमाउने वा सुख खोज्ने जमर्को गर्नु भयो भने फन्दामा पर्न सक्नुहुन्छ । नाफाका दृष्टिले राम्रै समय देखिन्छ, तर वाचा पूरा गर्न नसक्नाले सेवाग्राहीको आलोचना खेप्नुपर्ने हुन्छ, बोली र व्यवहारमा नम्रता अपनाउनु होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

पार्टनरको इच्छा र भावना बुझ्न सकेमा उत्साह बढ्न गई मन चङ्गा हुने दिन छ, रूप सौन्दर्य र व्यक्तित्वमा निखार आउने छ । नेटवर्किङको क्षेत्र वा सामाजिक सम्बन्धमा विस्तार हुनेछ । दृढ़ इच्छा शक्ति कायम राख्दा विपरीत परिस्थितिमा पनि विवेक गुम्दैन र समुचित काम बन्नेछ । आम्दानी बढ्नेछ । कुनै प्रशासनिक वा व्यवस्थापकीय कार्यका लागि अनुकूल समय छ । तामा र रातो चिजबीजमा फाइदा देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

महत्त्वहीन र बेकारका काममा समय नबिताउनु होला, बरु मन स्थिर छैन भने एकछिन आराम गरेर फेरि पठनपाठनमा जुट्नु ठीक हुनेछ । अवसर प्राप्तिका निमित्त दौडधूप र परिश्रम गर्नुपर्ने समय हो, तर आफ्ना भावनालाई नियन्त्रणमा राखी व्यवहार गर्नु समुचित हुन्छ, नत्र यसबाट अरुलाई मात्र होइन, आफू स्वयंलाई समेत हानी पुग्नसक्छ । विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्दा धन लाभ भए पनि आत्मसम्मानमा बाधा पर्न सक्छ । बाध्यात्मक काममा सञ्चित धनको उपयोग हुनेछ ।


सामाग्री श्रोत :

आज सोमबार, कस्तो छ तपाईंको राशिफल?

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ४३ पैसा र बिक्रीदर १३७ रूपैयाँ ०३ पैसा कायम भएको छ । 

युरोपियन युरो एकको खरिददर १५५ रूपैयाँ ०५ पैसा र बिक्रीदर १५५ रूपैयाँ ७३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८१ रूपैयाँ ६६ पैसा र बिक्रीदर १८२ रूपैयाँ ४६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६४ रूपैयाँ ८० पैसा र बिक्रीदर १६५ रूपैयाँ ५३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ २६ पैसा र बिक्रीदर ८७ रूपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रूपैयाँ ४६ पैसा र बिक्रीदर ९८ रूपैयाँ ८९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ७३ पैसा र बिक्रीदर १०४ रूपैयाँ १९ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Ncell 2
Ncell 2

त्यसैगरी केन्द्रीय बैंकले जापानी येन १० को खरिददर नौ रूपैयाँ ४९ पैसा र बिक्रीदर नौ रूपैयाँ ५४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ७२ पैसा र बिक्रीदर १८ रूपैयाँ ८० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३७ पैसा र बिक्रीदर ३६ रूपैयाँ ५३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ४२ पैसा र बिक्रीदर ३७ रूपैयाँ ५९ पैसा तोकेको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ०७ पैसा र बिक्रीदर चार रूपैयाँ ०८ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ १४ पैसा र बिक्रीदर ३७ रूपैयाँ ३१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ १९ पैसा र बिक्रीदर ३१ रूपैयाँ ३३ पैसा निर्धारण भएको छ ।

shivam cement
shivam cement

यसैगरी, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ४९ पैसा र बिक्रीदर नौ रूपैयाँ ५३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ ०९ पैसा र बिक्रीदर १४ रूपैयाँ १५ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ७७ पैसा र बिक्रीदर २० रूपैयाँ ८६ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ५९ पैसा र बिक्रीदर १७ रूपैयाँ ६६ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रूपैयाँ ९० पैसा र बिक्रीदर ४४६ रूपैयाँ ८६ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रूपैयाँ ८८ पैसा र बिक्रीदर ३६३ रूपैयाँ ४७ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रूपैयाँ ८२ पैसा र बिक्रीदर ३५६ रूपैयाँ ३८ पैसा रहेको छ ।

भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने खुलाबजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ । 

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काभ्रेपलाञ्चोक । बनेपामा तीन दिनदेखि सञ्चालन भएको नवदुर्गा जात्रा आज सम्पन्न भएको छ । जात्राका क्रममा आज साँझ देवगणले नवदुर्गाको भेषमा नाचसँगै ‘माछा मार्ने’ काम सकेर जात्रा सम्पन्न गरिएको हो।

विशेषगरी बनेपा नगरपालिका–७ स्थित तीनधारा डबलीमा समापनका अवसरमा भएको नवदुर्गा जात्रामा नवदुर्गाको भेषमा देवगणहरूको नाच हेर्न स्थानीयको भीड लागेको थियो। जात्राका क्रममा श्वेतभैरवले मान्छेरूपी माछा (स्थानीय व्यक्ति)लाई समात्न खोज्ने र जात्रामा सरिक स्थानीय मुखमा हातले थपथपाएर आवाज निकाल्दै भाग्ने चलन रहेको छ। यसरी भागेकालाई श्वेतभैरवले पक्रन खोज्ने भएकाले देवगणद्वारा पक्रियो भने ‘अपसकुन’ हुने डरले व्यक्तिहरू भागिरहने प्रचलन रहिआएको छ।

नवदुर्गा जात्रा बनेपाबाहेक काभ्रेपलाञ्चोकको पनौती, धुलिखेल, चौकोट, श्रीखण्डपुरलगायत स्थानमा पनि लाग्ने प्रचलन रहेको छ। यस्तै, बनेपामा जात्रा सकिएपछि ‘नवदुर्गा’ पनौती जाने मान्यता छ। जात्राको संस्कृतिअनुसार वैशाख महिनामा भक्तपुरबाट नवदुर्गाको आगमन हुने र नवदुर्गाले तीन दिनसम्म विभिन्न हाउभाउका साथ ऐतिहासिक सहर बनेपाका डबलीहरूमा नृत्य देखाउने गर्छन्।

नवदुर्गाको आगमन हुँदा स्थानीयले आ–आफ्ना घरबाट विशेष पूजा सामग्रीसहित पूजा गर्छन्। श्रद्धालुले पञ्चबली दिने, नवदुर्गा देवगणलाई भोजन गराउनेसमेत गर्छन्। स्थानीय कान्छामान रंजितका अनुसार यस जात्राको मुख्य आकर्षण ‘ङा–लाकेगु’ अर्थात् माछा मार्नु हो। माछा मार्ने जात्रा देखाउने क्रममा विभिन्न बोल, बाजागाजाको तालमा देवगणबाट नाच प्रस्तुत गरिन्छ। यसअघि वरपर पैसा (दक्षिणा) माग्ने र त्यसपछि मात्रै माछा मार्ने जात्रा प्रारम्भ गरिन्छ।

पहिले जात्रामा सरिक युवालगयात मान्छेलाई देवताले लखेट्ने र दोस्रो चरणमा साँझपख श्वेतभैरवको ङा–लाकेगु नाच प्रदर्शन गरिन्छ। यस्तै, नाच प्रदर्शन पूर्व महाकाली र श्वेतभैरवको आकर्षक नृत्य देखाइन्छ। जात्रा अवधिभर स्थानीयले नवदुर्गाको पासुका (एक प्रकारको धागोको रङ्गीचङ्गी माला) र मोहनी (कालोटीका) लगाउने प्रचलन छ।


सामाग्री श्रोत :

नवदुर्गा जात्रा सम्पन्न

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट