

काठमाडाैं। नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले शिक्षकहरुको मागलाई सम्बोधन गर्ने बिषयमा शिक्षामन्त्रीले सदनबाट जानकारी गराउनुपर्ने माग गरेका छन्।
सोमबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा थापाले शिक्षकहरुको मागका लागि भइरहेको प्रयासका बारेमा शिक्षामन्त्रीले सदनबाट जानकारी गराउन माग गरेका हुन्।
सिंगो संसद् त्यसप्रति गम्भीर छ भन्ने अनुभूति सिंगो देशले गर्ने गरी शिक्षामन्त्रीले सदनबाट आश्वस्त पार्नुपर्ने उनले बताए। शिक्षा विधेयक संसद्को यस अधिवेशनबाट टुंग्याउने प्रक्रियामा रहेको र त्यसका लागि संसदीय समितिको उपसमितिमा निरन्तर छलफल भइरहेको जानकारी गराए।
शिक्षक आन्दोलनका क्रममा भएको घटनाप्रति दुखद रहेको भन्दै उनले आन्दोलनका नाममा हुने दमन उचित नभएको बताए। उनले शिक्षकहरुलाई समेत संयमित भएर आफ्ना मागहरुका बारेमा शान्तिपूर्ण तवरले ध्यानाकर्षण गराउन सुझाव दिए।
सामाग्री श्रोत :
शिक्षकको माग सम्बोधन गर्ने बिषयमा शिक्षामन्त्रीले सदनबाट जानकारी गराउन सूर्य थापाको माग

एजेन्सी – भारत सरकारले सोमबार १६ वटा पाकिस्तानी युट्युब च्यानलहरूमाथि प्रतिबन्ध लगाएको छ ।
यसमा डन न्युज, समा टिभी र जियो न्युज पनि समावेश छन् ।
यी च्यानलहरूले भारत र सुरक्षा एजेन्सीहरू विरुद्ध झूटा र भ्रामक समाचार चलाइरहेका सरकारले बताएको छ । गृह मन्त्रालयको सिफारिसपछि सरकारले यो कारबाही गरेको हो ।
यसैबिच, जम्मू कश्मीर प्रहरीले १५ स्थानमा छापा मारेको छ । यी छापा पीओकेबाट सञ्चालित भइरहेका अनि पहलगाम आक्रमणसँग सम्बन्धित आतंककारीहरूको लुकेर बसेको ठाउँमा गरिएको दाबी गरिएको छ । आइतबार राति र सोमबार बिहान पाकिस्तानी सेनाले नियन्त्रण रेखामा गोलीबारी गरेका र भारतीय सेनाले पनि यसको जवाफ दिएको बताइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ । चीनको प्रविधि कम्पनी ह्वावे टेक्नोलोजिजले शक्तिशाली आर्टिफिसियल इन्टेलिजेन्स (AI) प्रोसेसर तयार पारेको छ । एसेन्ड ९१० डी (Ascend 910D) नाम दिइएको यो शक्तिशाली एआई प्रोसेसर अमेरिकी चिप कम्पनी एनभिडियाका लागि चुनौती बन्न सक्ने अनुमान गरिएको हो ।
द वाल स्ट्रिट जर्नलमा प्रकाशित समाचार अनुसार ह्वावेले केही चिनियाँ कम्पनीहरूलाई यो चिप परीक्षणका लागि उपलब्ध गराउने तयारी गरिरहेको छ । कम्पनीले यो चिप एनभिडियाको एच१०० भन्दा शक्तिशाली हुने विश्वास गरेको छ । यो चिपको पहिलो स्याम्पल ब्याच मे महिनासम्म तयार हुने बताइएको छ ।
ह्वावे लगायत अन्य चिनियाँ कम्पनीहरूले लामो समयदेखि एनभिडियालाई चुनौती दिनसक्ने शक्तिशाली चिप उत्पादनमा काम गरिरहेका छन् । चीनको प्राविधिक विकास, विशेष गरी चिनियाँ सैनिक लक्षित प्रविधि विकासलाई सीमित गर्न अमेरिकाले एनभिडियाका सबैभन्दा शक्तिशाली एआई चिपहरू चीनलाई बिक्री गर्नबाट रोक लगाएको छ । यसमा बी२००, एच१०० लगायतका चिपहरू छन् ।
यस विषयमा एनभिडियाले केही बोल्न नचाहेको र ह्वावेले भने अहिले नै यस विषयमा तत्काल कुनै प्रतिक्रिया नदिएको रोयटर्सको समाचारमा उल्लेख छ ।
पछिल्लो अध्यावधिक: बैशाख १५, २०८२ ११:२१
सामाग्री श्रोत :
टेक पाना

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की शान्ति सम्झौताको एक भागको रूपमा क्रिमिया रूसलाई सुम्पन इच्छुक रहेको’ आफूले विश्वास गरेको बताएका छन्।’
ट्रम्पलाई सोधिएको थियो ‘के युक्रेनी राष्ट्रपति आफ्नो दक्षिणी प्रायद्वीपको नियन्त्रण त्याग्न इच्छुक छन् भन्ने उनलाई लाग्छ ? जुन रूसले २०१४ मा अवैध रूपमा कब्जा गरेको थियो।’
यसको जवाफमा ट्रम्पले भने, “मलाई त्यस्तै लाग्छ।” ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अन्त्य गर्न “गोलीबारी रोक्न र सम्झौतामा हस्ताक्षर गर्न” पनि आह्वान गरे।
ट्रम्प यो दुई हप्ता भित्र हासिल गर्न सकिन्छ भन्ने विश्वास गर्छन् । भ्याटिकनबाट फर्केपछि ट्रम्पले पत्रकारहरूलाई यो कुरा बताए।
पोप फ्रान्सिसको अन्त्येष्टिमा भाग लिने क्रममा ट्रम्पले अप्रिल २६ मा जेलेन्स्कीसँग छोटो भेटघाट गरेका थिए। ट्रम्पले बैठक राम्रो भएको र क्रिमियाको बारेमा धेरै छोटो छलफल भएको बताए।
ट्रम्पको हालैको टिप्पणीमा युक्रेन र रुसबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।
सामाग्री श्रोत :
क्रिमिया रूसलाई सुम्पिन युक्रेन तयार भएको हो ? ट्रम्पको दाबीको अर्थ के हो ?

काठमाडौँ – नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार ३०० रुपैयाँ कायम भएको हो ।
आइतबार भने मूल्य १४०० बढी अर्थात् तोलामा १ लाख ८९ हजार ७०० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

गोरखा। गोरखामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।
चट्याङ लागेर मुत्यु हुनेमा सहिद लखन गाउँपालिका-१, बक्राङका ४२ वर्षका राजु खनाल रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धुब्रप्रसाद शर्माले जानकारी दिए।
आइतबार साँझ अन्दाजी ७ः५० बजे घरमा बसिरहेका बेला एक्कासी परेको चट्याङ लागेर खनाल गम्भीर घाइते भएका थिए। घाइते खनाललाई प्रदेश अस्पताल गोरखामा उपचारका लागि ल्याएको भएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक शर्माले जानकारी दिए।
मृतकको शव अहिले परीक्षणका लागि अस्पतालमा राखिएको छ। त्यस्तै आइतबार साँझ नै पालुङटार नगरपालिका-७ स्थित च्याङलीमा चट्याङ लागेर ५० वर्षकी सुकमायाँ आले, १८ बर्षीया विपना आले घाइते भएका छन्। घाइते दुवैजनाकोे चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
सामाग्री श्रोत :

बागमती– पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटाँैडा उपमहानगरपालिका– ८ स्थित सडकमा यात्रुबाहक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
पोखराबाट उदयपुर कटारीतर्फ जाँदै गरेको ना ७ ख ११०१ नम्बरको यात्रुबाहक बसको ठक्करबाट पैदलयात्री पर्साको सखुवा पर्सौनी गाउँपालिका–३ कटैया निवासी ३६ वर्षीय परबेज अन्सारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिएका हुन्।
बसको ठक्करबाट गम्भीर घाइते अन्सारीको हेटाँैडा अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो। मृतक अन्सारी ना५ख ८६६८ नं को ट्रकको धनी रहेको खुलेको छ। सोही एरियामा बिग्रिएको ट्रक मर्मतका लागि मिस्त्री बोलाई ट्रक मर्मत गरी मिस्त्री र सामान पु¥याउन पैदल जाने क्रममा बसको ठक्करबाट अन्सारीको मृत्यु भएको उपरीक्षक अन्सारीको भनाइ छ।
ठक्कर दिने बस र चालक उदयपुरको कटारी नगरपालिका– २ निवासी ३९ वर्षीय युवराज माझीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं । नयाँ फोनसँगै एप्पलले सार्वजनिक गरेको एउटा नयाँ फिचर हो भिजुअल इन्टेलिजेन्स । यो फिचरमार्फत प्रयोगकर्ताले आईफोनको क्यामेरा प्रयोग गरेर आफ्ना वरिपरि भएका वस्तुहरूको विषयमा जानकारी पाउन सक्छन् । उदाहरणको लागि तपाईँले क्यामेराबाट कुनै रेस्टुरेन्टको फोटो लिनु भयो भने यसले तपाईँलाई सो रेस्टुरेन्टको विषयमा सम्पूर्ण जानकारी उपलब्ध गराउने क्षमता राख्छ ।
तर याद गर्नुपर्ने कुरा भनेको यो फिचर आईफोन १६ मा मात्रै उपलब्ध छ । यदि तपाईँसँग आईफोन १६, १६ प्लस, १६ प्रो र १६ प्रो म्याक्स छ र त्यसमा आईओएस १८.२ इन्स्टल छ भने यो फिचर प्रयोग गर्न सक्नुहुन्छ । यस्तै आईफोन १६ ई को लागि भने आईओएस १८.३ इन्स्टल भएको हुनुपर्छ ।
एप्पलले अलिकति सुविधा यहाँ आईफोन १५ लाइ पनि दिएको छ । तर यसको लागि आईओएस १८.४ इन्स्टल भएको १५ प्रो र १५ प्रो म्याक्स चाहिन्छ । अब यदि तपाईँ यहाँ उल्लेख गरिएका मध्ये आईफोनको कुनै पनि नयाँ मोडल प्रयोग गरिरहनु भएको छ भने भिजुअल इन्टेलिजेन्स प्रयोग गर्ने तरिका पनि यहाँ उल्लेख गरिएको छ ।
यदि तपाईँसँग क्यामेरा कन्ट्रोल बटन भएको आईफोन १६ छ भने सो बटनमा ट्याप गरेर तपाईँले भिजुअल इन्टेलिजेन्स प्रयोग गर्न सक्नुहुन्छ ।
यदि तपाईँसँग आईफोन १६ ई, आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्स छन् भने निम्न तरिकाबाट भिजुअल इन्टेलिजेन्स प्रयोग गर्न सक्नुहुन्छ:
– फोनको सेटिङमा जानुहोस्
– एक्सन बटनमा ट्याप गर्नुहोस्
– यसपछि स्क्रिनलाई दायाँ वा बायाँ स्वाइप गरेर भिजुअल इन्टेलिजेन्स एक्टिभेट गर्न सक्नुहुन्छ
लकस्क्रिनबाट भिजुअल इन्टेलिजेन्स एक्टिभेट गर्नुहोस्
– फोन लक हुँदा लकस्क्रिनमा ट्याप गरेर अलि समय होल्ड गर्नुहोस्
– कस्टमाइजमा ट्याप गर्नुहोस् र लक स्क्रिनमा ट्याप गर्नुहोस्
– स्क्रिनको सबैभन्दा तल भएको दुवै आइकनमा देखिएको माइनस (-) को सिम्बोलमा ट्याप गर्नुहोस्
– यसपछि त्यहाँ भएको प्लस (+) सिम्बोलमा क्लिक गर्नुहोस् र भिजुअल इन्टेलिजेन्स एड गर्नुहोस् ।
कन्ट्रोल सेन्टरबाट भिजुअल इन्टेलिजेन्स एक्टिभेट गर्नुहोस्
– स्क्रिनको दायाँबाट तलतिर स्वाइप गर्नुहोस्
– कन्ट्रोल सेन्टरमा भिजुअल इन्टलिजेन्सको सर्टकट देखिन्छ । यदि त्यहाँ सर्टकट छैन भने स्क्रिनको माथि बायाँतिर भएको प्लस (+) सिम्बलमा ट्याप गर्नुहोस् र भिजुअल इन्टेलिजेन्स एड गर्नुहोस्
पछिल्लो अध्यावधिक: बैशाख १५, २०८२ १०:६
सामाग्री श्रोत :
टेक पाना

मुम्बई। हरेक पटक झैं यस पटक पनि बलिउड सुपरस्टार अक्षय कुमार २०२५ मा धेरै फिल्म लिएर फ्यानहरु माझ उपस्थित देखि रहेका छन् ।
तर, २०२५ को पहिलो दुई महिनामा अक्षय कुमारका दुई वटा फिल्म थिएटरमा आएका छन् । तर दुःखको कुरा के छ भने अक्षयले आफ्ना दुवै फिल्मबाट धेरै पीडा भोग्नु परेको छ । २०२५ मा पनि कलाकारका फिल्म नचल्ने क्रम जारी छ ।
पछिल्लो दशकमा अक्षयको श्रेयमा धेरै ठूला प्रोजेक्ट आएका छन् तर तीमध्ये केही फिल्मले मात्रै राम्रो कमाइ गर्न सकेका छन् । यस्तो अवस्थामा अक्षय कुमारको ‘केसरी २’ ले बक्स अफिसमा बबाल कमाइ गर्ने अपेक्षा गरिएको थियो तर यो सोचे जस्तो भएन् । फिल्म समिक्षकहरूले केशरीः २ ले बक्स अफिसमा कमाइ गर्न नसकेका ती ५ कारणहरु केलाएका छन, त्यो जानौँ ।
तथ्यसँग खेलवाड
अक्षय कुमारको यो फिल्म ‘द केस दैट शुक द एम्पायर’ नामक पुस्तकबाट प्रेरित रहेको छ । फिल्मको स्क्रिप्टमा धेरै तथ्य छन् जसलाई काल्पनिक रूप दिइएको छ । यस विषयमा चर्को विरोध भइरहेको छ । फिल्ममा जनरल डायरविरुद्ध पञ्जाबमा मुद्दा चलिरहेको देखाइएको छ तर वास्तविकतामा यो मुद्दा विदेशमा सुनुवाइ भएको थियो । फिल्ममा जसरी तथ्य फेरबदल गरिएको छ, त्यसलाई लिएर सामाजिक सञ्जालमा दर्शकले निकै नै असन्तुष्टि व्यक्त गरिरहेका छन्।
अक्षय-माधवन विवाद हल्का
यो फिल्ममा आर माधवनको कास्टिङ बलियो छ । जसरी शैतानमा अजय देवगनसँग उनको भिडन्त शानदार थियो, त्यो यो फिल्ममा अक्षय कुमारसँग उनको केमेस्ट्री खासै राम्रो देखिएको छैन । सुरुमा, दुवैले धेरै कम स्क्रिन स्पेस पाएका छन् । यसबाहेक दुवैको संवादमा अदालती नाटकका दर्शकलाई मोहित पार्न सक्ने कुनै वाक्यांशरू छैनन् ।
सुस्त कथा
फिल्मको कथा प्रस्तुत गर्ने तरिका निकै नै सुस्त रहेको छ । यसबाहेक यो फिल्म पनि लामो समय देखि खिचिएको हो । त्यसमा मज्जासँग सम्पादनमा काम गर्न सकिन्थ्यो । कोर्टरूमको ड्रामा, राम्रो पटकथा नभएसम्म दृश्य जीवन्त हुँदैन, यहाँ यही भयो । यो चलचित्रको कथा निकै सुस्त गतिमा अघि बढेको छ, जसको प्रभाव दर्शकमा पनि पर्न सक्छ, उनीहरू हाइ काडिरहेका देखिन्थे ।
पहिलो भागको आकर्षण मिलाइएन
अक्षय कुमारको ‘केसरी’ उनको करियरकै उत्कृष्ट प्रदर्शन मानिन्छ । यो फिल्मबाट पहिलो पार्टको आकर्षण मिल्ने अपेक्षा थियो तर अहिले फिल्मले खास केही देखाउन सकेन । फिल्मको बक्स अफिस कलेक्शनको कुरा गर्दा यो फिल्मले १० दिनमा करिब ५७ करोड कमाउन मात्रै सफल भएको सकनिल्कले बताएको छ । तर फिल्मको बजेट करिब १५० करोड भारु रहेको भनिएको छ । यस दृष्टिकोणले यो फिल्मको लागि लगानी उठन पनि लगभग असम्भव देखिन्छ।
राम्रो संवाद र गीतको अभाव
फिल्ममा अन्य कारकहरू छन्, जुन फिल्ममा देखिन्छ। फिल्मको तीव्रता अनुसार संवाद कम थिए । अघिल्लो भागको जस्तो यो पार्टका लागि उत्कृष्ट गीतहरू थिएन, जो दर्शकको जिब्रोमा नै झुन्डिन सकेको होस् । यो पनि चलचित्रको लागि नकारात्मक पक्ष साबित भएको छ ।
सामाग्री श्रोत :
अक्षयका यो बर्षका दुबै फिल्म फ्लप, केशरीः२ फ्लप हुनुका यी हुन् पाँच कारण

काठमाडौँ– आज काममा सुरक्षा र स्वास्थ्यका लागि विश्व दिवस मनाइँदैछ।
यस वर्ष ‘स्वास्थ्य र सुरक्षामा क्रान्तिः काममा कृत्रिम बौद्धिकता (एआई) र डिजिटल प्रविधिको भूमिका’ नाराका साथ यो दिवस मनाइँदैछ।
सन् २००३ मा विश्व श्रम सङ्गठन (आईएलओ)को आह्वानमा कार्यस्थलमा हुनसक्ने दुर्घटना तथा रोगको रोकथाममा जोड दिने उद्देश्यले यो दिवस मनाउन लागिएको हो।
यो दिवस विश्व श्रम सङ्गठनको व्यावसायिक सुरक्षा र स्वास्थ्यसम्बन्धी विश्व रणनीतिको एक हिस्सा हो। कार्यस्थलको सुरक्षा र स्वास्थ्यलाई कसरी सुनिश्चित गर्ने भन्नेबारे जनचेतना फैलाउने र यस विषयलाई राजनीतिक प्राथमिकता ल्याउने महत्त्पूर्ण उपकरणका रुपमा विश्व सुरक्षा तथा स्वास्थ्य दिवसलाई प्रयोग गरिन्छ।
आजको डिजिटल युगमा कृत्रिम बुद्धिमत्ता (एआई) र डिजिटल उपकरणहरूले कार्यस्थलमा स्वास्थ्य र सुरक्षाको परिभाषा नै परिवर्तन गरिरहेका छन्। रोबोटहरू प्रयोग भइरहेका छन्। जसले भारी काम, विषालु पदार्थको व्यवस्थापन तथा अत्यधिक तापक्रममा कामजस्ता जोखिमपूर्ण कार्यहरू गरिरहेका छन्। डिजिटल उपकरण र सेन्सरहरूले खतरा पहिचान गर्न सक्ने क्षमता राख्छन्, जसले सुरक्षामा उल्लेखनीय सुधार ल्याएको छ। तर यिनको सही नियमन र सुरक्षात्मक उपायहरू अपनाउन भने जरुरी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ









