२०८३ बैशाख ३० बुधबार
२०८३ बैशाख ३० बुधबार

मुस्ताङ – वर्षाले यहाँका फूल्न लागेको स्याउको बोटमा असर पुर्याएको छ । यसबाट स्याउ उत्पादन घट्ने प्रक्षेपण गरिएको छ । जिल्लामा स्थानीय जातका स्याउका बोटमा यसवर्ष निकै कम फूल फुलेको थिए ।

वर्षा भइरहँदा फुल्दै गरेका स्याउ बोटमा असर पुर्याएकाले यस वर्ष स्याउ उत्पादन कम हुने प्रक्षेपण गरिएको शीतोष्ण बागवानी विकास केन्द्र मार्फा फार्मका कार्यालय प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिए ।

उनले भने, ‘गत वर्ष धेरै फूल फुलेर स्याउ उत्पादन बढी भएको थियो । यसवर्ष बोटमा सञ्चित इनर्जी निकै कम हुँदा फूल पनि निकै कम फुलेको थिए । फुलेका फूल पनि हावा र पानीले असर गर्यो । स्याउ बोटमा फूल धेरै फुल्न इनर्जी आवश्यकता पर्छ, बोटमा स्याउको फूल धेरै भए पनि अर्को वर्ष फूल फुलाउन स्याउ बोटले आवश्यक सञ्चित इनर्जी प्राप्त गर्न सक्दैन ।’

जिल्लामा गत वर्ष स्याउ उत्पादन राम्रो भएको केन्द्र प्रमुख आत्रेयले बताए । गत वर्ष सात हजार ३३० मेट्रिक टन स्याउ उत्पादन भएको थियो । यसभन्दा अघिल्लो वर्षभन्दा सात सय ३४ मेट्रिक टन स्याउ उत्पादन वृद्धि भएको थियो ।

जिल्लाका स्थानीय जातका स्याउ बगैँचा बोटमा फूल कम देखिए पनि उच्च घनत्व प्रविधिमा आधारित (हाइब्रिड) स्याउको बोटमा भने खासै असर नपुगेको केन्द्र प्रमुख आत्रेयले सुनाए । ‘हामीले कोवाङ, टुकुचे, मार्फा, स्याङ, ठिनी, जोमसोम र मुक्तिनाथका स्याउ बगैँचाका अवलोकन गरेका थियौँ, जहाँ स्थानीय जातका बोटमा फूल निकै कम देखिए पनि हाइब्रिड स्याउमा भने खासै असर परेको देखिएन,’ उनले भने ।

Ncell 2
Ncell 2

यस वर्ष स्थानीय जातका स्याउ कम फल्ने लक्षण देखिए पनि हाइब्रिड स्याउ उत्पादनमा कुनै असर नपर्ने केन्द्र प्रमुख आत्रेयको भनाइ छ ।

जिल्लामा स्याउ उत्पादनका लागि मौसमसमेत प्रतिकूल बनेको छ । स्याउको फूल फुल्दै गरेको अवस्थामा निरन्तरको वर्षा र कुहिरोका कारण स्याउ बोटको फूलमा फल लाग्न बाधक बनेको हो । अगौटे जातका फलफूल यतिबेला फूल फुलेर फल लागिसकेका छन् ।अगौटे जातलाई वर्षाले असर नपुर्याए पनि ढिलो फूल फुल्ने मध्यम जातका फलफूलखेतीलाई निरन्तरको वर्षा र कुहिरोले असर पुर्याउने केन्द्र प्रमुख आत्रेयले उल्लेख गरे ।

यहाँ फरकफरक स्थानमा लगाएको स्याउ बगैँचामा तापक्रम घटीबढी हुँदा कुनै स्थानमा ढिलो फूल फुल्ने र कुनै स्थानमा फूल फुलेर फल लागिसकेको केन्द्र प्रमुख आत्रेयको भनाइ छ । फूल लागेको स्याउ बोटमा वर्षाले असर नपुग्ने केन्द्रले जनाएको छ ।

shivam cement
shivam cement

यस वर्ष यहाँका स्याउ बगैँचामा फूल एकदमै कम फुलेकाले उत्पादन घट्ने लक्षण देखिएको थासाङ– १ टुकुचेका किसान सरोज तुलाचनले जानकारी दिए । उनले भने,’स्थानीय जातका स्याउ बोटमा असर पर्ने देखिए पनि उच्च घनत्वमा प्रविधिमा आधारित स्याउखेतीमा भने कुनै असर पर्दैन ।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

निसन्तान दम्पत्तिको मानसिक स्वास्थ्य सधैं छाँयामा परिरहेको हुन्छ। अधिकांश दम्पत्तिले सन्तान नहुँदाको निराशापन, चिडचिडाहट, समाजले हेर्ने नकारात्मक दृष्टिकोण लगायतका समस्याको सामना गरिरहेका हुन्छन्। तर, तिनको समाधानमा ध्यान पुगेको पाइँदैन। 

यस्तो बेला दम्पत्ति भावनात्मक रुपमा निकै कमजोर हुन्छन्। उनीहरुमा एक अर्कालाई साथसहयोग त चाहिन्छ नै, परिवार, साथीभाइ तथा चिकित्सकको पनि सहयोग र समन्वय आवश्यक हुन्छ, जसबाट उनीहरुलाई सही मार्गदर्शन गर्न सकिन्छ। दम्पत्तिलाई मानसिक रुपमा मात्र नभएर भावनात्मक रुपमा पनि बलियो बनाउन सकियो भने भविष्यमा आइभीएफ उपचारमा जाँदा पनि नतिजा सकारात्मक आउनेहुन्छ।  

मानसिक तनाव कसरी समाधान गर्ने ? 
निसन्तानपनको मानसिक तनाव र समस्याको सामना गर्न केही उपाय अपनाउन सकिन्छ। सर्वप्रथमतः आफैंले आफूलाई ध्यान दिनुपर्छ। केही उत्प्ररेणा जगाउने खालका क्रियाकलापमा दम्पत्ति संलग्न हुन सक्छन्। योगा तथा ध्यान गर्न एवं बिहान–साँझ हिँडडुल गर्न सकिन्छ, जसले गर्दा केही ताजा अनुभूति गर्न सकियोस्।

अर्को विषय हो दम्पत्तिबीचको प्रभावकारी सञ्चार। आफ्नो मनभित्रको कुरा जीवनसाथीलाई खुलेर भन्नुपर्छ। साथै, आफूले विश्वास गर्ने परिवारका सदस्य तथा साथीभाइलाई पनि मनका कुरा भन्न सकिन्छ। सकारात्मक सोचलाई बढावा दिने यस्ता क्रियाकलापको निसन्तान दम्पत्तिको जीवनयात्रा सहज हुन्छ। 

यस्तै, निसन्तानपनले गर्दा निराशा छाइरहेको छ भने मानसिक स्वास्थ्य विशेषज्ञ  तथा थेरापिस्टसँग परामर्श लिन हिच्किचाउनु हुँदैन। 

निसन्तानपन भएका दम्पत्तिले ख्याल गर्नुपर्ने अर्को कुरा हो सामाजिक सञ्जाल।सामाजिक सञ्जालहरुमा सूचनाहरु प्रशस्त हुन्छन्। तर, तिनै सूचनाका कारण नकारात्मक सोच आउन सक्छ। जस्तो, सामाजिक सन्जालमा एकदम खुशी दम्पत्ति देखिए भने नराम्रो अनुभूति हुनसक्छ। त्यसैले आइभीएफ प्रक्रियामा लागेका दम्पत्तिले यस्ता सामाजिक सञ्जालको प्रयोगलाई सीमित गराउनुपर्छ। अनावश्यक सूचना र नकारात्मकताका कारण आइभीएफको नतिजालाई पनि असर गर्ने जोखिम रहन्छ। त्यसैले सामाजिक सञ्जालबाट सकारात्मक कुरामात्र लिनुपर्छ।

यदि आइभीएफबाट सन्तान सुखको प्रयास गर्दा पनि नतिजा नकारात्मक आएको छ भने केही समय ब्रेक लिन हिच्किचाउनुहुन्न। विशेषज्ञसँग परामर्श लिएर केही महिनाको अन्तरालमा पुनः आइभीएफ प्रक्रियामा जान सकिन्छ। आइभीएफसम्बन्धी सबै खालका परामर्श तथा उपचार सेवा नर्भिकमा उपलब्ध छ र यस्ता खालका मानिसक स्वास्थ्य समस्यामा उचित परामर्श पनि नर्भिकको आइभीएफ क्लिनिकले दिँदै आएको छ।  

आइभीएफबारे सचेतना जरुरी
‘आइभीएफ गर्नु भनेको सामाजिक लोकलाजको विषय हो, यसमा अन्य मानिसको वीर्य र अन्डाबाट सन्तान जन्माइन्छ’ भन्ने भ्रम छ, जुन गलत हो। निसन्तानपनबाट सन्तान सुखको यात्रामा लैजाने आइभीएफलाई समाजमा सामान्यीकरण गर्नु जरुरी छ। यही प्रविधिका माध्यमबाट हाल विश्वमा लाखौं महिला आमा बन्न सम्भव भएको छ। यसबारे सचेतना सिर्जना गर्न आवश्यक छ। 

कस्तो अवस्थामा विशेषज्ञसँग सल्लाह लिने ? 
दम्पत्तिको भावनात्मक अवस्था एकदम गम्भीर भइरहेको छ, मनमा पूर्ण निराशपन सिर्जना भइरहेको छ, अब जीवनमा केही पनि छैन भन्नेजस्ता भावना आइरहेको छ भने तत्काल विज्ञ चिकित्सकसँग परामर्श लिन सकिन्छ। अर्कोतिर, डिप्रेसन बढ्दै जाने, आफूलाई गर्न मन लागेको विषयमा रुचि हराउँदै जाने, परिवारबीच पनि एक्लै बस्न रुचाउनेजस्ता समस्या देखिन्न सक्छन्। आपसी सम्बन्धसमेत बिगार्न सक्ने यस्ता खालका भावनालाई बेलैमा समाधान गर्न विज्ञको सहयोग जरुरी छ। 

(डा शेरचन नर्भिक अस्पतालकी कन्सल्ट्यान्ट रिप्रोडक्टिभ मेडिसिन तथा आइभीएफ स्पेसलिस्ट हुन्) 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले बदलिँदो अपराधको प्रकृतिसँग जुध्न नेपाल प्रहरीलाई परम्परागत तरिकाभन्दा आधुनिक डिजिटल प्रविधि आवश्यक रहेको बताएका छन् । आइतबार हिमालय टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा थापाले साइबर अपराध, क्रिप्टोकरेन्सी लगायतका वित्तीय अपराधका घटनाहरू बढिरहेको र नेपाल हाल ‘ग्रे लिस्ट’को अब्जरबेसनमा परेको सन्दर्भमा यस्तो धारणा राखेका हुन् ।

“अहिलेको समयमा चोर समाउन वा अपराधी समाउन कुद्ने होइन । हामीलाई डिजिटल प्रविधि चाहिएको छ,” आईजीपी थापाले भने, “साइबर अपराध बढेका छन् । क्रिप्टोकरेन्सी लगायतका वित्तीय अपराधका घटना बढेका छन् ।”

उनले नेपाल ‘ग्रे लिस्ट’को अब्जरबेसनमा परेको अवस्थामा वित्तीय अपराधको अनुसन्धानलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिए । यसका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) अन्तर्गत रहेको आर्थिक अनुसन्धान पिलरलाई सुदृढ गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

“त्यो अनुसन्धान गर्नका लागि हाम्रो सीआईबीमा आर्थिक अनुसन्धान पिलर छ । त्यसलाई प्रभावकारी रूपमा अगाडि बढाउन हामीलाई आधुनिक प्रविधि आवश्यक छ । र, हामीले माग गरेका छौँ,” उनले थपे ।

आईजीपी थापाले आवश्यक प्रविधि र स्रोत साधनका लागि नेपाल सरकार र गृह मन्त्रालय समक्ष माग गरिएको र यस विषयमा सरकार सकारात्मक रहेको पनि जानकारी दिए । “यसका लागि हामीले माग गरेका छौँ । यसमा नेपाल सरकार, गृह मन्त्रालय पनि यो (प्रविधि) चाहिन्छ भनेर सकारात्मक छन्,” उनले अन्तर्वार्तामा भने । त्यस्तै सङ्गठनभित्र विभिन्न किसिमका सञ्चार उपकरणको आवश्यकता पनि आईजीपी थापाले औँल्याएका छन् ।

पछिल्लो अध्यावधिक: बैशाख १६, २०८२ १२:१८





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं। प्रतिनिधिसभा बैठक सुरु हुने वित्तिकै प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका छन्।

सोमबार संघीय संसद् सचिवालयमा दर्ता गराएको चिकित्सक र शिक्षकको आन्दोलनबारे दर्ता गराएको सार्वजनिक महत्वको प्रस्तावलाई कार्यसूचीमा नराखेको भन्दै बिपक्षी दलहरूले बिरोध जनाएका हुन्।

सो बिरोध पछि सभामुख देवराज घिमिरेले बस्न भन्दा पनि विपक्षी सांसदहरू बस्न नमानेपछि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न दिए।

शिक्षक र चिकित्सकआन्दोलनबारे दर्ता गराएको सार्वजनिक महत्वको प्रस्तावलाई कार्यसूचीमा राख्न  माग गरेको तर सभामुखले नमानेको पाण्डेको आरोप थियो। उनले आजको कार्यसूचीमा सो प्रस्ताव राख्न माग गरेका छन।


सामाग्री श्रोत :

प्रतिनिधिसभा बैठक सुरू हुने बितिक्कै प्रतिपक्षी दलको बिरोध

म्याग्दी – बेनी नगरपालिका–७ मङ्गलाघाटमा एक व्यक्तिले दाउरा प्रहार गरी आज बिहान श्रीमतीको हत्या गरेका छन् । पर्वतको जलजला गाउँपालिका–३ पारिबेनी घर भई हाल मङ्गलाघाटको आरनटोलका राजु विकले दाउरा प्रहार गर्दा श्रीमती २७ वर्षीय भगवती विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरी निरीक्षक सागर पौडेलले मृतकको शवपरीक्षणका लागि बेनी अस्पतालमा राखिएको र घटनापछि फरार भएका राजुलाई बेनी नगरपालिका–२ को ज्यामरुककोट सामुदायिक वनमा लुकेर बसेको अवस्थामा पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए । 

Ncell 2
Ncell 2

घरायसी विषयमा विवाद हुँदा राजुले श्रीमतीको टाउकोमा दाउरा प्रहार गरेका भगवतीको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

shivam cement
shivam cement

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। सुनको मुल्यमा सामान्य बृद्धि भएको छ। साताको तेस्रो दिन, मंगलबार सुनको मूल्यमा ५ सय रूपैयाँले सामान्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन मंगलबार तोलामा १ लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार हुनेछ । हिजो तोलामा १ लाख ८८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

तर, चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदीको मूल्य तोलामा १ हजार ९७० रुपैयाँमा कारोबार हुनेछ।


सामाग्री श्रोत :

फेरि बढ्यो सुनको मूल्य

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको धनकौल गाउँपालिकाको कृषि बाटो निर्माणका क्रममा भ्रष्टाचार भएको आरोप लगाउँदै प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

कृषि बाटो निर्माण कार्यमा प्राविधिक लागत अनुमानविपरीत गएर अनियमितता गरेको अभियोगमा प्रमुख प्रशासकीय अधिकृत कृष्णमोहनप्रसाद साह, इञ्जिनियर उपेन्द्रप्रसाद साह, सहायक पाँचौँ मोहम्मद रफिक, सबइञ्जिनियर शशिञ्जनकुमार सिंहविरुद्ध ७ लाख ७९ हजार २०५ बराबरको बिगो माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

Ncell 2
Ncell 2

आयोगद्वारा धनकौल गाउँपालिकाका लेखापाल अभयकुमार साह, उपभोक्ता समितिका अध्यक्ष वोपेन्द्र राय, सचिव इनरजित साह, कोषाध्यक्ष सुरतिया कुमारी, वडा नं ६ का वडाअध्यक्ष श्यामबाबु साहविरुद्ध पनि समान बिगो माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिएका छन् । 

shivam cement
shivam cement

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। सवाई मानसिंह स्टेडियममा गुजरात टाइटन्सविरुद्ध ३५ बलमा शतक प्रहार गर्दै राजस्थानका वैभव सूर्यवंशीले इन्डियन प्रिमियर लिग (आईपीएल) को इतिहासमा सबैभन्दा कान्छो खेलाडी बन्ने कीर्तिमान हासिल गरेका छन्।

सूर्यवंशी (१४ वर्ष ३२ दिन) ले मनिष पाण्डे (१९ वर्ष २५३ दिन), ऋषभ पन्त (२० वर्ष २१८ दिन) र देवदत्त पडिक्कल (२० वर्ष २८९ दिन) लाई पछि पार्दै उनीहरूको कीर्तिमान तोडेका हुन्।

खासमा यो ३० बलमा शतक प्रहार गर्ने क्रिस गेल पछिको प्रतियोगिताको दोस्रो सबैभन्दा छिटो शतक पनि हो र युसुफ पठानको ३७ बलमा शतक प्रहार गर्ने कीर्तिमान तोड्दै भारतीयको सबैभन्दा छिटो शतक हो।

गुजरात विरुद्ध २१० को लक्ष्य पछ्याउँदै सूर्यवंशी आक्रमण गर्न तयार थिए। उनले अनुभवी इशान्त शर्माको ओभरमा तीन छक्का र दुई चौका प्रहार गर्दै केही अतिरिक्तसहित बनाएर २८ रन बनाए। उनले वासिङ्टन सुन्दरको बलमा दुई छक्का र एक चौका प्रहार गर्दै ५० रनको कोसेढुंगा पूरा गरेका थिए।

यसपछि उनले जीटी डेब्यु गरेका करिम जनातलाई तीन चौका र तीन छक्का प्रहार गर्दै ३० रन बनाएका थिए भने १० औं ओभरमा कुल ११ छक्का प्रहार गर्दै फिल्डरहरूलाई दर्शक माझ ल्याए। प्रसिद्ध कृष्णले बोल्ड गरे पछि उनको इनिङ १०१ रनमा सकियो।

वैभव आईपीएल खेल्ने सबैभन्दा कान्छो खेलाडी पनि हुन्। यो कीर्तिमान पहिलो पटक रे बर्मन (आरसीबीबाट खेलेका) को नाममा बनाउने प्रयास गरिएको थियो, जसले आईपिएल २०१९ मा सनराइजर्स हैदरावाद विरुद्ध १६ वर्षको उमेरमा डेब्यू गरेका थिए।

गत वर्ष वैभव आईपीएल लिलामीमा किनिने सबैभन्दा कान्छो खेलाडी बने, जब उनलाई राजस्थान रोयल्सले १.१ करोड भारुमा किनेको थियो। २०२४ सिजनले उसले घरेलु र अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गरेको देखेको थियो।

बिहारमा २७ मार्च २०११ मा जन्मेका वैभवले १२ वर्ष २८४ दिनको उमेरमा जनवरी २०२४ मा बिहारका लागि पहिलो श्रेणीमा डेब्यु गरेका थिए। आफ्नो डेब्यूको क्रममा, वैभवले विजय हजारे ट्रफी २०२४–२५ मा बडोदा विरुद्ध ४२ बलमा ७१ रन बनाएका थिए र लिस्ट एमा अर्धशतक बनाउने सबैभन्दा कान्छो भारतीय खेलाडी पनि बनेका थिए।

अन्तर्राष्ट्रिय स्तरमा भने वैभवले चेन्नईमा अस्ट्रेलिया विरुद्ध ५८ बलमा शतक बनाएर भारतीयले सबैभन्दा छिटो युवा टेस्ट शतकको कीर्तिमान बनाएका थिए। उनले दुई महत्वपूर्ण अर्धशतक बनाएर भारतलाई एसीसी अन्डर १९ एसिया कपको फाइनलमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका थिए।


सामाग्री श्रोत :

बैभव सूर्यबंशी बने आईपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी

काठमाडौं– काठमाडौंमा जारी शिक्षक आन्दोलन आज पनि जारी रहनेछ । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन बिना केही नपाइने भएकाले थप बलियो बनाउन शिक्षक तथा विद्यालय कर्मचारीलाई आग्रह गरेका छन् ।

उनले भनेका छन्– ‘हाम्रो आन्दोलन जारी छ । आज पनि ठिक  ११ बजे माइतीघर मण्डला आउनुहोला । राज्य दिन चाहँदैन, आन्दोलन बिना केही पाइँदैन  । त्यसैले आन्दोलन  बलियो गराऔँ ।’

Ncell 2
Ncell 2

उनले सोमबार राति शिक्षा मन्त्रालयमा विभिन्न विषयमा लामो छलफल भए पनि निष्कर्षमा पुग्न नसकिएको बताएका छन् ।

सोमबारको वार्तापछि शिक्षामन्त्री पन्तले वार्ता सकारात्मक दिशामा अगाडि बढेको प्रतिक्रिया दिएका थिए । महासङ्घका अध्यक्ष सुवेदीले भने केही विषयमा छलफल भए पनि धेरै विषय बाँकी रहेकाले निकास निस्केपछि मात्रै आन्दोलन निष्कर्षमा पुग्ने प्रतिक्रिया दिएका छन् ।

shivam cement
shivam cement

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । स्याटलाइट इन्टरनेट उपलब्ध गराउने उद्देश्य सहित अमेजनले प्रोजेक्ट काइपर अन्तर्गतको पहिलो २७ स्याटलाइट सोमबार प्रक्षेपण गरेको छ । स्पेसएक्सको स्टारलिंक जस्तै स्याटलाइट इन्टरनेट उपलब्ध गराउने उद्देश्य सहित कम्पनीले यो प्रोजेक्ट सुरु गरेको थियो । पछिल्लो समय स्याटलाइटको परीक्षण गरिरहेको कम्पनीले अन्ततः स्याटलाइटको पहिलो ब्याच अन्तरिक्षमा प्रक्षेपण गरेको हो ।  

कम्पनीले कुल तीन हजार २३६ वटा स्याटलाइट पृथ्वीको तल्लो कक्षमा प्रक्षेपण गर्नेछ । सन् कम्पनीले २०१९ मा १० अर्ब अमेरिकी डलरको लगानीमा यो प्रोजेक्ट सुरु गरेको थियो, जसले उपभोक्ता, व्यवसाय तथा सरकारहरूलाई इन्टरनेट सेवा दिने र मूल्य पनि कम पर्ने कम्पनीको दाबी छ । 

बोइङ र लकहिड मार्टिनको संयुक्त व्यवसाय ‘युनाइटेड लञ्च अलायन्स’ (ULA) द्वारा एटलास भी रकेटमार्फत क्याप क्यानभेरल स्पेस फोर्स स्टेसनबाट सोमबार यी स्याटेलाइटहरू प्रक्षेपण गरिएको हो । यसअघि  अप्रिल ९ को निर्धारित प्रक्षेपण प्रयास खराब मौसमका कारण स्थगित भएको थियो । 

अमेजनका अनुसार संसारभर अर्बौँ मानिसहरू अझै पनि भरपर्दो इन्टरनेट पहुँचबाट वञ्चित छन् । कमजोर इन्टरनेट जडानका कारण सञ्चार, शिक्षा, स्वास्थ्य सेवा र अन्य आवश्यक सेवामा सीमित पहुँच हुँदा धेरै समुदाय आर्थिक अवसरबाट समेत वञ्चित हुने अमेजनको निष्कर्ष छ । यस्तोमा ‘प्रोजेक्ट काइपर’ ले उच्च गुणस्तरको इन्टरनेट सेवा सुलभ मूल्यमा उपलब्ध गराउने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।

इन्टरनेट जडानका लागि नागरिकहरूलाई आवश्यक हुने एन्टेना लगायतका उपकरणहरू पनि कम्पनीले सार्वजनिक गरिसकेको छ । योसँगै अब अमेजनको इन्टरनेट पनि चाँडै नै उपलब्ध हुने अनुमान गरिएको छ । 

पछिल्लो अध्यावधिक: बैशाख १६, २०८२ ९:८





सामाग्री श्रोत :
टेक पाना

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट