
काठमाडौं । हेवलेट प्याकार्ड इन्टरप्राइज (एचपीई) र एचपीई अरुबा नेटवर्किङले आईसीटी डिस्ट्रिब्युसनसँगको सहकार्यमा ‘इन्टरप्राइज टेक काठमाडौं २०२५’ कार्यक्रम आयोजना गरेका छन् । नेपालको उद्यमशील भविष्यलाई सशक्त बनाउने लक्ष्यसहित शुक्रबार राजधानीको मेरियट होटेलमा यो कार्यक्रम गरिएको हो ।
यी दुई कम्पनीले नेपालमा पहिलो पटक यस्तो कार्यक्रम गरेका हुन् । कार्यक्रममा हाई पर्फमेन्स भएको डेटा स्टोरेज (एचपीई अलेट्रा एमपी), आधुनिक कम्प्युट पूर्वाधार (एचपीई भीएमई), इन्टेलिजेन्ट नेटवर्किङ र जेरो ट्रस्ट सेक्युरिटी (अरुबा क्लियरपास पोलिसी म्यानेजर) जस्ता अत्याधुनिक उद्यम पूर्वाधार प्रविधि प्रदर्शन गरिएको थियो ।
आयोजक आईसीटी डिस्ट्रिब्युसनका अनुसार कार्यक्रमले विश्वव्यापी प्रविधि बिक्रेता र नेपालको बढ्दो डिजिटल अर्थतन्त्रबीच संलग्नताका लागि आधार तयार पारेको छ । कार्यक्रममा आईटी क्षेत्रका पेसेवर, कस्पोरेट कस्टमर, सिस्टम इन्टिग्रेटर र प्रविधि साझेदारहरूको उपस्थिति थियो ।
आईसीटी डिस्ट्रिब्युसन (सिंगापुर) की कर्पोरेट अफेयर्स महाप्रबन्धक पेनी लाइले नेपाल डिजिटल पूर्वाधारका लागि एक उत्साहजनक वृद्धि बजार भएको बताइन् । “यो कार्यक्रम हाम्रा साझेदार र ग्राहकका लागि स्मार्ट, बलियो र अधिक सुरक्षित रूपान्तरण यात्रा सक्षम पार्ने हाम्रो प्रतिबद्धता पनि हो,” उनले भनिन् । यसैगरी आईसीटी डिस्ट्रिब्युसन (सिड्नी)का समूह सीईओ अली ओबेदले नेपालमा दीर्घकालीन लगानी र अवसर निर्माणमा जोड दिए ।
विगतमा नेपालमा एचपीईको उपस्थिति सीमित रहेकोमा आईसीटी डिस्ट्रिब्युसनसँगको यो सहकार्यले निरन्तर स्थानीय संलग्नताको नयाँ चरण सुरु गरेको बताइएको छ । आईसीटी डिस्ट्रिब्युसनले साझेदार र ग्राहकलाई निरन्तर समर्थन, तालिम र सक्षमता प्रदान गर्ने जनाइएको छ । कार्यक्रमको स्थानीय नेतृत्व क्षेत्रीय प्रबन्धक राजु कोइरालाले गरेका हुन् ।
कार्यक्रममा अन्तरक्रियात्मक टेक क्विज, साझेदार प्रोत्साहन र नेटवर्किङ सत्रहरू थिए । साथै, अप्रिल २५ देखि ३० सम्म सामाजिक सञ्जालमा #hpetechnepal2025 र #HPEarubanepal2025 ह्यासट्याग प्रयोग गरी प्रतियोगिता सञ्चालन गरिएको छ । त्यसमा उत्कृष्ट तीन सहभागीलाई १०० अमेरिकी डलर बराबरको पुरस्कार प्रदान गरिने आयोजकले घोषणा गरेका छन् ।
यसै अवसरमा आईसीटी डिस्ट्रिब्युसनले आगामी नोभेम्बरमा सिंगापुरस्थित एचपीई कस्टमर इनोभेसन सेन्टर भ्रमणका लागि ‘एक्सपिरियन्स इनोभेसन: सिंगापुर सीआईसी डिस्कभरी टुर’ कार्यक्रमको पनि घोषणा गरेको छ । निश्चित मापदण्ड पूरा गर्ने नेपाल र दक्षिण एसियाका साझेदार तथा ग्राहकले यस भ्रमणको अवसर पाउनेछन् ।
पछिल्लो अध्यावधिक: बैशाख १६, २०८२ १५:२८
सामाग्री श्रोत :
टेक पाना

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले शिक्षक आन्दोलनलाई सत्ता ढाल्ने अस्त्र नवनाउन माओवादीलाई चेतावनी दिएका छन्।
मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै गैरेले पेशागत आन्दोलनबाट सरकारलाई अप्ठेरो बनाउने, सत्ता ढाल्ने अस्त्र बनाउने र र त्यसैबाट आफू प्रधानमन्त्री हुने असफल प्रयत्न अन्त्य हुनुपर्ने समेत बताए।
उनले छलफलमा एउटा कुरा गर्ने र सडकमा गएर अर्को कुरा गर्न खोजे नेपालको शिक्षाको विकास हुन नसक्ने तर्क गरे। विद्यालय शिक्षा विधेयक अघि नबढ्नुको आरोप सत्तापक्षलाई मात्रै लगाएर कसैले छुट नपाउने उनले बताए।
त्यस्तै गैरेले सडकमा शिक्षक र सुरक्षाकर्मीबीच झडप गराएर पनि छुट पाउने परिस्थिति नभएको उल्लेख गरे।
उनले समितिमा बिचाराधीन रहेको विधेयकलाई छिटो पारित गर्नका लागि सामूहिक प्रतिवद्धता आवश्यक पर्ने जिकिर गरे।
सामाग्री श्रोत :
शिक्षक आन्दोलनलाई सरकार ढाल्ने अस्त्र नबनाउन एमालेको चेतावनी

एजेन्सी–आइतबार र सोमबार छ हजार छ सय १९ सदस्यसहित कुल एक हजार चार सय १४ अफगान परिवार छिमेकी इरान र पाकिस्तानबाट आफ्नो मातृभूमि फर्केको अफगानिस्तानको फिर्ती समस्याहरू सम्बोधन गर्ने उच्च आयोगले मङ्गलबार रिपोर्ट गरेको छ।
शरणार्थीहरू पूर्वी नङ्गरहार प्रान्तको तोरखाम सीमा क्रसिङ, दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा क्रसिङ, पश्चिमी हेरात प्रान्तको इस्लाम काला सीमा पोइन्ट र पश्चिमी निमरोज प्रान्तको अब्रिसम सीमा क्रसिङ पोइन्ट हुँदै घर फर्केका छन्।
अप्रिल १ देखि २४ सम्म पाकिस्तानबाट करिब एक लाख २० हजार अफगानी शरणार्थी स्वदेश फर्केको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसिआर) ले बिहीबार रिपोर्ट गरेको छ।
करिब ७० लाख अफगान शरणार्थीमध्ये अधिकांश कागजातविहीन आप्रवासीहरू छन् र हाल विदेशमा बसिरहेका छन्। तीमध्ये अधिकांश अफगानिस्तानको पाकिस्तान र इरानमा बसिरहेका छन्।
अफगान अन्तरिम सरकारले बारम्बार अफगान शरणार्थीहरूलाई फर्कन र आफ्नो युद्धग्रस्त मातृभूमि पुनर्निर्माण गर्न सहयोग गर्न आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
सुनसरी- धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा (बीपीकेआईएचएस) धरानमा ‘सिम्फोसिएम कम टक शो’ सम्पन्न भएको छ। दुई दिन चलेको शोको आयोजना परिक्रमा विद्यार्थी परिवारले गरेको हो भने सहयोग स्टुडेन्ट वेलफेयर सोसाइटी एवं जुनिएर वेलफेयर सोसाइटीले गरेका हुन्।
दुई दिन चलेका कार्यक्रममा विभिन्न विषयमा संवाद, विशेष मन्तव्य र वर्कसपहरु गरिएका थिए। पहिलो सेसन ‘डिजिटल वेलबिङ: द इम्प्याक्ट अफ सोसल मिडिया अन मेन्टल हेल्थ’ रहेको थियो। यसैगरी दोस्रो सेसनमा ‘ब्यालेन्स फ्रिडम स्पिच एन्ड कम्युनिटी सेन्टिमेन्टस् : ह्वेर सुड वी ड्र द लाइन’ रहेका थिए।
दोस्रो दिन ‘सेफगार्डिङ हेल्थ केयर : द इम्प्याक्ट अफ एब्युज वर्कर, हेल्थकेयर सिस्टम एन्ड फ्युचर वर्कफोर्स’ र ‘चेजिङ ड्रिम्स : च्यालेन्ज एन्ड अपरच्युनिट्स इन कन्ट्री लाइक आवर्स’ विषयमा आधारित रही छलफल गरिएको थियो।
कार्यक्रममा उक्त प्रतिष्ठानका निमित्त उपकुलपति डा सञ्जीव शर्मा, पूर्व विद्यार्थी समेत रहेका कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा मंगल रावल, त्यस्तै डा विकास गौचन, लेखक केदार शर्मा, गणेश लाठ, भूषिता वशिष्ठ, कमेडियन आदर्श कुमार मिश्र, गायिका लोचन भट्टराई, कन्चन राई घुमन्ते, चिकित्सक, पत्रकार र अन्य विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्व रहेका थिए।
दुई दिनको उक्त संवाद कार्यक्रम उपलब्धीमूलक रहेको परिक्रमका अध्यक्ष आर्जव शर्माले बताए। उनले भने, ‘दुई दिनको यस कार्यक्रममा महत्वपूर्ण विषयमा घनिभूत छलफल भयो। जसले विभिन्न विषयमा जानकारी हासिल गर्नुका साथै आफूसँग भएका जिज्ञासा मेट्ने अवसर दियो।’
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । नेपाली बजारमा नथिङले आफ्नो नयाँ स्मार्टफोन ‘फोन थ्री ए प्रो’ सार्वजनिक गरेको छ । नथिङको नेपालस्थित वितरक सीजी मोबाइल्सले १२ जीबी र्याम तथा २५६ जीबी स्टोरेज क्षमता भएको यो फोन भित्र्याएको हो ।
कालो रङमा उपलब्ध यो फोनको बजार मूल्य ६२ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
फोनमा ५० मेगापिक्सेलको सोनी पेरिस्कोप जुम सहितको चार क्यामेरा सिस्टम रहेको छ । त्यस्तै ६.७७ इन्चको १२० हर्ज सुपर-ब्राइट एमोलेड डिस्प्ले, एआई इन्जिन सहितको क्वालकम स्न्यापड्रागन सेभेन एस जेन थ्री प्रोसेसर र ५० वाटको फास्ट चार्जिङ सुविधासहित ५००० एमएएचको ब्याट्री छ ।
नथिङ फोन थ्री ए प्रोमा कम्पनीकै आइकोनिक ग्लिफ इन्टरफेस र नथिङ एसेन्सियल स्पेस जस्ता विशेष फिचर पनि छन् ।
पछिल्लो अध्यावधिक: बैशाख १६, २०८२ १४:३१
सामाग्री श्रोत :
टेक पाना

काठमाडौं । क्यानडाको आम चुनावमा मार्क कार्नीको लिबरल पार्टीले जित हासिल गरेको छ। यो जितपछि कार्नीले आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई निशाना बनाए। प्रधानमन्त्री कार्नीले भने: “राष्ट्रपति ट्रम्पले हामीलाई तोड्न खोजिरहेका छन् ताकि अमेरिका हामीमाथि प्रभुत्व जमाउन सकोस् – त्यो कहिल्यै हुनेछैन।” उनले भने, “अमेरिकासँगको हाम्रो पुरानो सम्बन्ध अब समाप्त भएको छ। […]
सामाग्री श्रोत :

काठमाडौँ –राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबराले मुलुकको कुल विद्युत् खाँचो स्वदेशी उत्पादनले आपूर्ति गरी वृहत् मात्रामा बिजुली निकासी गर्ने कुरा सरकारको उद्देश्य हुनुपर्ने बताएका छन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै जबराले मुलुकको राजश्वले साधारण खर्च पनि धान्न नसकेको भन्दै देशको युवाहरू विदेशमा गएर बगाएको खुन पसिनाले कमाएको रेमिट्यान्सले जिडिपीको ७५ प्रतिशत वार्षिक सामान आयात गर्ने क्षमता रहेको बताएका हुन् ।
उनले कुल रिजर्भ १५ महिनाको आयात धान्ने क्षमता रहेको बताउँदै जनवरी २०२५ को रिपोर्टअनुसार लगभग १५.६६ बिलियन डलर मुद्राको सञ्चिति भएको बताए । भारतबाट विद्युत् आयात गरे पनि वर्षा मौसममा २०८१ भदौ ७ मा ७ सय ४४ मेगावाट विद्युत् भारतमा निर्यात गरेको उनको भनाई छ ।
उनले भने, ‘यस मुलुकको राजश्वले साधारण खर्च पनि धान्न सक्दैन । तर हाम्रो देशको युवाहरू विदेशमा गएर बगाएको खुन पसिनाले कमाएको रेमिट्यान्सले टोटल जिडिपीको ७५ प्रतिशत वार्षिक सामान आयात गर्ने क्षमता राख्छ । कुल रिजर्भ १५ महिनाको आयात धान्ने क्षमता छ । र जनवरी २०२५ को रिपोर्टअनुसार लगभग १५.६६ बिलियन डलर मुद्राको सञ्चिति भएको छ । हामीले इन्डियाबाट विद्युत् इम्पोर्ट गरे पनि वर्षा मौसममा हामीले २०८१ भदौ ७ मा ७ सय ४४ मेगावाट विद्युत् भारतमा निर्यात गरेका छौँ । साथै बंगलादेशलाई ५ महिनाको लागि वर्षात मौसममा ४० मेगावाट विद्युत् निर्यात गर्ने सम्झौता पनि भएको छ ।’
उनले थपे, ‘हामी ८३ हजार मेगावाट विद्युत्को सम्भाव्यता भएको देशले ३५ सय मेगावाट विद्युत् उत्पादन गर्दछौँ । हाम्रो मूल उद्देश्य मुलुकको कुल विद्युत् खाँचो स्वदेशी उत्पादनले आपूर्ति गरी वृहत् मात्रामा बिजुली निकासी गर्नुपर्नेमा विडम्बना यस्तो छ सभामुख महोदय, की अहिले हामी त्यस उद्देश्यको नजिक पनि पुगेका छैनौँ । यस्तो स्थितिमा हामीले धेरै सुधार गर्न सक्नुपर्छ । तर त्यो उद्देश्यअनुसार नेपाल सरकारले मात्रै लगानी गर्न कदापि सक्दैन । त्यसको समाधानको लागि व्यापक विदेशी र स्वदेशी लगानीकर्तालाई आकर्षित गराउनुपर्छ ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं – भरतपुर अस्पतालले स्वास्थ्य बीमामा तोकिएका २४ प्रकारका परीक्षणहरुलाई बीमा सेवाबाट हटाएको छ।
परीक्षणका लागि आवश्यक केमिकल खरिद महँगो पर्ने भएपछि स्वास्थ्य बीमा बोर्ड कै निर्देशनमा बीमामा तोकिएका २४ प्रकारका परीक्षण बन्द गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले स्वास्थ्यखबरलाई बताए।
‘२४ वटा परीक्षण स्वास्थ्य बीमा बोर्डले नै तीन तीन महिना क्यापिङ गरेका कारण बन्द गरेका छौं’, उनले भने -‘यो बीमा बोर्डकै निर्णय हो, अस्पतालले गरेको निर्णय होइन।’
वैशाख १ गतेदेखि रोकिएका ती परीक्षण अत्यावश्यक समेत नभएको उनको प्रष्टोती छ। भिटामीन डी, भिटामिन १२ जस्ता परीक्षण बीमामार्फत गर्ने सुविधा रोकिएको तथा त्यो अत्यावश्यक नभएको उनले बताए।
पौडेलले भने, ‘अत्यावश्यक परीक्षण हामीले रोकेका छैनौँ, ती परीक्षणको कीट एवं केमिकल खरिद महँगो हुने हुँदा परीक्षण पनि खर्चिलो हुने गर्दछ, त्यसैले रोक्नु परेको हो।’
बीमा बोर्डबाट भरतपुर अस्पतालले हालसम्म ६० करोड भुक्तानी पाउन बाँकी छ। बीमा बोर्डले भुक्तानी नदिँदा, फार्मेसीमा औषधि ल्याउन तथा केमिकल र प्रयोगशालामा प्रयोग हुने अन्य सामग्री खरिदमा समस्या भएको उनले बताए।
बीमा बोर्डबाट भुक्तानी नआउँदा अस्पतालका कर्मचारीलाई तलब खुवाउनसमेत कठिन हुन थालेको र अस्पताल सञ्चालनका लागि तत्काल रु २५ करोड भुक्तानी भयो भने अन्य आर्थिक गतिविधि सञ्चालन गर्न सहज हुने बताउँछन्।उनले भने, ‘यस्तै अवस्था रहे फार्मेसीमा औषधि र प्रयोगशालामा आवश्यक परीक्षण गर्न कठिन हुन्छ।
अस्पतालमा दैनिक २८/२९ सय बिरामी आउने गर्छन्। जसमध्ये ४० शल्यक्रिया हुँदै आएको छ।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । अब कनेक्ट आईपीएस प्रयोग गरेर लुम्बिनी विकास बैंकको एटीएमबाट अन्य कुनै पनि बैंकको खाताबाट रकम झिक्न सकिने भएको छ । यसअघि प्राइम कमर्सियल बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको एटीएमबाट मात्रै कनेक्ट आईपीएसको ‘कार्डलेस विथड्रल’ फिचर प्रयोग गरेर रकम निकाल्न सकिन्थ्यो ।
प्रयोगकर्ताले कनेक्ट आईपीएसमा लिङ्क गरेको आफ्नै बैंक खाताबाट मात्र रकम निकाल्न सक्ने बताइएको छ । यसरी प्रयोग गर्नुहोस् कनेक्ट आईपीएसको कार्डलेस विथड्रल फिचर:
-
मोबाइलमा कनेक्ट आईपीएस एप खोल्नुहोस् ।
-
होमस्क्रिनको दायाँतर्फ रहेको ‘Cardless Withdrawal’ मा ट्याप गर्नुहोस् । त्यसपछि कनेक्ट आईपीएसमा लिङ्क भएको बैंक खाताको विवरण देखिन्छ ।
-
त्यहाँ ‘Amount’ लेखिएको बक्समा आफूले निकाल्न चाहेको रकम टाइप गर्नुहोस् र ‘Withdraw’ मा क्लिक गर्नुहोस् ।
-
त्यसपछि देखिएको विवरण ठीक भए/नभएको जाँच गरेर ‘Confirm’ मा ट्याप गर्नुहोस् ।
-
त्यसपछि तपाईंको मोबाइल नम्बरमा एउटा ओटीपी कोड आउँछ ।
-
एटीएममा गई प्रक्रिया पूरा गरेपछि सो ओटीपी कोड प्रयोग गरेर रकम झिक्न सकिन्छ ।
पछिल्लो अध्यावधिक: बैशाख १६, २०८२ १३:३७
सामाग्री श्रोत :
टेक पाना

काठमाडौं । प्राध्यापक कृष्ण गौतमद्वारा लिखित रानीहार निबन्ध सङ्ग्ह प्रकाशित भएको छ।
गौतमद्वारा लिखित सङ्ग्रहमा ४० थान निबन्ध संग्रहित छन्। निबन्धको बारेमा समीक्षक/पत्रकार राजकुमार बानियाँ लेख्दछन्, ‘प्राध्यापक कृष्ण गौतम सिर्जनादेखि सिद्धान्तसम्म चिन्तनको नयाँ परिपाटी बसाल्ने लेखक हुन्। नेपाली साहित्यमा उत्तरआधुनिकताको सरगर्मी ल्याएर होस् या भाषा र मानवीयताको प्रश्नमा जागरुक भएर। गौतमका हरेक सिर्जनामा समाजका बहुल विचार भेटिन्छन्। अन्तर्विधात्मकता र कलात्मकताको बेजोड हातेमालो हुन्छ।’
रानीहार पृथक् अस्तित्व र अनुपमता जाहेर गर्न सक्षम निबन्धकृति भएको बताइएको छ। यसले विधागत रूप र अर्थ, शिल्प र अभिप्रायमा सामयिक औचित्य र उत्तेजना भरेर रोचकता थपेको ममीक्षकले बताएका छन्।
भाषाको विलक्षण चलखेलमा सम्मोहक ऊर्जा र अतिरिक्त आस्वाद्यता छ। यसमा हार्दिकता, सिर्जनात्मकता, विश्वसनीयता, अनौपचारिकता, अलमस्तीपना आदि गुण तथा गरिमाको उचाइ जगमगाएको छ।
प्रस्तुत कृति निबन्धको जामा दिइने यात्रा, नियात्रा, समीक्षा, संस्मरण, टिप्पणी, लेख, रिपोर्ताज आदि चलनचल्तीका लेखनबाट सम्पूर्णतः अलग्गिएको छ। तर, ती विधाका तरल स्वरूप भने यसमा पनि उत्तिकै सलबलाइरहेका देखिन्छन्।
शिखा बुक्सले प्रकाशन गरेको रानीहारलाई पुस्तक घरमार्फत कार्यालय तथा घरसम्मको डेलिभरीको व्यवस्था मिलाइएको छ। यसको पेज संख्या ३४० र मूल्य ६७५ रहेको छ। गौतमद्वारा लिखित अद्वैत उपन्यासले २०८० को पद्मश्री साहित्य पुरस्कार र कविडाँडा आख्यान पुरस्कार प्राप्त गरेको थियो।
सामाग्री श्रोत :









