
काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमार्फत लगानीमा प्रलोभन देखाई ठगी गरेको आरोपमा एक व्यक्ति प्रहरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जाजरकोट नलगाड नगरपालिका-७ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका-२६ ठमेल बसोबास गर्दै आएका ४१ वर्षीय दिपेन्द्र सिंह रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार आरोपी सिंहले आफू अमेरिकाबाट फर्किएको पूर्व प्रहरी भएको र हाल यार्सागुम्बा खरिद-बिक्री गर्ने व्यवसाय गरिरहेको भन्दै फेसबुकमार्फत विभिन्न व्यक्तिलाई प्रलोभनमा पार्थे । उनले पटक-पटक गरी १६ लाख दुई हजार १६६ रुपैयाँ ठगी गरेको पाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ ।
प्रहरीका अनुसार सिंहविरुद्ध यसअघि पनि विभिन्न ठगीसम्बन्धी मुद्दा दर्ता रहेका छन् । यसअन्तर्गत जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ३० लाख रुपैयाँ बराबरको बैंकिङ कसुरको मुद्दा, जिल्ला प्रहरी कार्यालय बाँकेमा नेपाल प्रहरीमा भर्ती गराइदिने भन्दै १० लाख बराबरको ठगी मुद्दा र इलाका प्रहरी कार्यालय बुटवलमा नेपाली सेनामा भर्ती गराइदिने भन्दै चार लाख ठगीसम्बन्धी मुद्दा दर्ता रहेका छन् ।
पक्राउ परेका सिंहलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १६, २०८२ १८:१६
सामाग्री श्रोत :
टेक पाना

काठमाडौं। अघिल्लो आर्थिक वर्षभन्दा चालु आर्थिक वर्षमा हनुमान ढोका दरबार संरक्षण कार्यक्रमको आम्दानीमा वृद्धि भएको छ।
गत आवको वैशाख पहिलो हप्तासम्ममा रु १४ करोड छ लाख ६३ हजार पर्यटनबाट शुल्क संकलन गरेको उक्त कार्यक्रमले चालु आवको सोही अवधिमा रु १५ करोड २६ लाख ३५ हजार संकलन गरिसकेको कार्यक्रमका प्रमुख चन्द्रगोपाल प्रधानले जानकारी दिए।
प्रमुख प्रधानका अनुसार पर्यटन सेवा शुल्कसँगै अन्य सेवा शुल्क र अन्य प्रशासनिक सेवा शुल्क गरी आयमा वृद्धि भएको हो। कार्यालयले चालु आवका लागि रु १७ करोड आम्दानी गर्ने लक्ष्य राखेको र सहज रुपमा लक्ष्यमा पुग्न सकिने उनको भनाइ छ। गत आवमा भने उक्त कार्यालयले रु १५ करोडको मात्र लक्ष्य लिएको थियो।
सो कार्यालयको विशेषगरी हनुमानढोका घुम्न आउने पर्यटकबाट प्रवेश शुल्कबाट लिइने रकम नै आम्दानी हो। हाल यहाँ उक्त ऐतिहासिक स्थान घुम्न आउने पर्यटक सार्क राष्ट्रका लागि रु ५०० निर्धारण गरिएको छभने अन्य मुलुकबाट आउने पर्यटकका लागि रु एक हजार निर्धारण गरिएको प्रधानले जानकारी दिए। नेपालीलाई प्रवेशका लागि शुल्क नलागे पनि सङ्ग्रहालय अवलोकनमा भने शुल्क लाग्ने गरेको छ।
हनुमानढोका घुम्नका लागि पर्यटकीय मौसममा दैनिक ७०० सम्म पर्यटक आउने गरेका छन्। विशेषगरी भदौ, असोज र कात्तिकमा पर्यटक बढी आउने गरेको प्रधानले जानकारी दिए। उनका अनुसार गत आवमा सार्क राष्ट्रबाट ४७ हजार ३९९ पर्यटक अवलोकनका लागि आएका थिए भने अन्य देशबाट एक लाख ५३ हजार २६२ पर्यटक अवलोकनका लागि आएका बताइएको छ।
त्यस्तै चालु आवको हालसम्मको अवधिमा सार्क राष्ट्रबाट ३५ हजार ७८५ र अन्य देशबाट भने एक लाख ४५ हजार ६२५ ले हनुमान ढोकाको अवलोकन गरिसकेका छन्। विगतको वर्षमा जस्तो नभई यस वर्ष वैशाखमा पनि पर्यटकको सङ्ख्यामा कुनै कमी नभएको बताइएको छ। इन्द्रजात्राको समयमा अन्य समयभन्दा अत्यन्तै धेरै पर्यटक आउने गरेका छन्।
सामाग्री श्रोत :

एजेन्सी–उत्तरपूर्वी चीनको एक रेस्टुरेन्टमा भएको आगलागीमा मङ्गलबार २२ जनाको मृत्यु भएको र तीन जना घाइते भएको बेइजिङको सरकारी प्रसारकले जनाएको छ।
राजधानी बेइजिङबाट करिब पाँच सय ८० किलोमिटर उत्तरपूर्वमा रहेको लियाओयाङ सहरमा आगलागी भएको हो।
“अप्रिल २९ को दिउँसो १२ः२५ बजे (०४२५ जिएमटी) मा एउटा रेस्टुरेन्टमा आगलागी भएको थियो”, सिसिटिभीले भन्यो, “दिउँसो २ः०० बजेसम्म यस घटनामा २२ जनाको मृत्यु भएको छ र तीन जना घाइते भएका छन्।”
राष्ट्रपति सी जिनपिङले आगलागीले ‘उल्लेखनीय जनधनको क्षति’ निम्त्याएको र यसबाट सिकिएका पाठहरु ‘अत्यन्त गम्भीर’ भएको बताएको सिसिटिभीले जनाएको छ।
उनले ‘घाइतेहरूको उपचारका लागि हरसम्भव प्रयास गर्न, मृतकहरूका लागि उचित अन्त्येष्टि व्यवस्था गर्न र उनीहरूका परिवारलाई सहयोग प्रदान गर्न, आगलागीको कारण द्रुत रूपमा निर्धारण गर्न तथा कानूनअनुसार जवाफदेहिता खोज्न’ आह्वान गरेका छन्।
अनलाइनमा सेयर गरिएको र एएफपीद्वारा प्रमाणित गरिएको फुटेजमा दुई तले रेस्टुरेन्टमा भीषण आगो लागेको र बाक्लो कालो धुवाँ आकाशतिर उडिरहेको देखाइएको छ।
चीनको टिकटकको संस्करण डुयिनमा प्रकाशित अन्य प्रमाणित भिडियोहरूमा प्यारामेडिकहरूले एक पीडितलाई स्ट्रेचरमा एम्बुलेन्समा चढाइरहेको र धेरै अग्नि नियन्त्रकहरू पाइपहरूको सहायताले आगो निभाउँदै गरेको देखाइएको छ।
घातक आगलागीहरू चीनमा फितलो भवन संहिता र कार्यस्थल सुरक्षाप्रति अक्सर लापरवाही दृष्टिकोणका कारण अपेक्षाकृत सामान्य छन्।
यसै महिना उत्तरी चीनको हेबेई प्रान्तमा रहेको एक वृद्धाश्रममा भएको आगलागीमा २० जनाको मृत्यु भएको थियो।
जनवरीमा बेइजिङको उत्तरपश्चिममा रहेको झाङजियाकोउ सहरको एक तरकारी बजारमा भएको आगलागीमा आठ जनाको मृत्यु भएको थियो भने १५ जना घाइते भएका थिए।
त्यसको एक महिनाअघि पूर्वीचीनको रोङचेङ सहरमा रहेको एक निर्माण स्थलमा भएको आगलागीमा नौ जनाको मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ । रुपन्देहीको सैनामैना नगरपालिकाका १४ वर्षीय किशोर आविस्कार खनालले घरमै बसेर भेन्टिलेटर निर्माण गरी सबैलाई चकित पारेका छन् । आफ्नो गाउँ नजिकैको स्वास्थ्य चौकीमा जटिल अवस्थाका बिरामीका लागि आवश्यक उपकरण नदेखेपछि उनले भेन्टिलेटर बनाएका हुन् ।
सैनामैना क्षेत्रका स्वास्थ्य चौकीहरूमा भेन्टिलेटरको अभाव रहेको बताउँदै खनालले भने, “हाम्रो घर बजारभन्दा टाढा छ । यहाँ कसैलाई गम्भीर समस्या परेमा १७ किलोमिटर टाढा जानुपर्छ । इमर्जेन्सीको लागि अक्सिजन सिलिन्डर पनि पाइँदैन । यहाँ सामान्य उपचार मात्र हुन्छ ।”
यही आवश्यकतालाई महसुस गरी उनले स्वास्थ्य चौकीमा प्रयोग गर्न मिल्ने भेन्टिलेटर बनाएका हुन् । यसका लागि उनले भेन्टिलेटरको कार्यविधि र बनाउने तरिकाबारे इन्टरनेटमा अध्ययन गरे । विभिन्न वेबसाइटबाट जानकारी लिएपछि उनी भेन्टिलेटर बनाउन तम्सिए ।
दुई वर्षअघि रोबोटिक्स तालिम लिएका खनालले अर्डुनो (अन्तरक्रियात्मक डिजिटल डिभाइसहरू बनाउन प्रयोग गरिने ओपन सोर्स हार्डवेयर तथा सफ्टवेयर प्लेटफर्म) प्रयोग गरी यो उपकरण तयार पारेका हुन् । उनले अर्डुनो, सेर्भो मोटर, एम्बु ब्याग र एलसीडी जस्ता सामग्री प्रयोग गरेका छन् । यसमा रहेको अर्डुनोले बिरामीलाई आवश्यक अक्सिजनको मात्रा निर्धारण गर्छ र सेर्भो मोटरले सोही अनुसार एम्बु ब्यागमा अक्सिजन प्रवाह गर्छ ।
आफ्नो आविष्कारले सही मात्रामा अक्सिजन प्रवाह गरिरहेको खनालको दाबी छ । यद्यपि, उनी यसलाई अझै परिष्कृत गर्ने योजनामा छन् ।
“यो भर्खर सुरुवात हो। यसमा धेरै सुधार गर्नुपर्नेछ ताकि यसले प्रभावकारी रूपमा काम गरोस्,” उनले टेकपानासँग भने । यसका लागि उनले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गर्ने इच्छा व्यक्त गरेका छन् । परिष्कृत भएपछि यो भेन्टिलेटर स्वास्थ्य चौकीहरूलाई उपलब्ध गराउने उनको लक्ष्य छ ।
बुटवलको इडन इङ्लिश बोर्डिङ स्कुलमा कक्षा ९ मा अध्ययनरत खनालले दुई वर्षअघि कार्बनडाइअक्साइडको मात्रा पत्ता लगाउने उपकरण (CO2 डिटेक्टर) समेत बनाएका थिए । खाली समयमा नयाँ-नयाँ प्रयोग गर्न रुचाउने खनाल भविष्यमा इन्जिनियरिङ पढेर थप आविष्कार गर्ने सोचमा छन् ।
पछिल्लो अध्यावधिक: बैशाख १६, २०८२ १७:३९
सामाग्री श्रोत :
टेक पाना

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले लोकतन्त्र र लेखक एक अर्काका पर्यायवाची भएको बताएका छन्।
मंगलबार तेस्रो राष्ट्रिय लेखक दिवसको अवसरमा आयोजित राष्ट्रिय लेखक पुरस्कार तथा मानार्थ सदस्य सम्मान विशेष समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन्। उनले बीपी कोइरालाको भनाइ उद्धृत गर्दै राजनीतिमा प्रजातन्त्रवादी र लेखनमा अराजकवादी भन्नुको आशय उल्लेख गरे। मन्त्री पाण्डेले भने, ‘लेखकलाई लोकतन्त्रमा नियन्त्रण गर्न खोज्नु अनुचित हुने स्पष्ट पार्नुभयो। लेखन लोकतन्त्रसँग मिल्दोजुल्दो अभ्यास हो। लेखनमा लगाम लगाउने हो भने लोकतन्त्र रहँदैन। लेखक र लोकतन्त्र एक अर्काका पर्यायवाची हुन्।’
मन्त्री पाण्डेले लोकतन्त्रप्रति समर्पित विद्वानहरू जस्तोसुकै कठिन परिस्थितिमा पनि एकजुट हुनसक्ने स्मरण गर्दै वर्तमान समयमा निराशाको खेती बढ्दै गएकाले आशा र सकारात्मक सन्देश दिन लेखकहरूको भूमिकाको आवश्यकता औल्याए।
उनले पछिल्लो समय लेखकहरूबाट गुणस्तरीय पुस्तक, गीत तथा संगीतहरू सिर्जना भइरहेको उल्लेख गरे। साथै, राजनीतिमा पनि पारदर्शिता र स्वच्छता खोजिने वातावरण सिर्जना हुँदै गएको धारणा राखेका थिए।
कार्यक्रममा आख्यानकार ध्रुवचन्द्र गौतमलाई आख्यानकार पुरस्कार प्रदान गरिएको थियो भने वैरागी काइलासहित ३२ जना व्यक्तिहरूलाई मानार्थ सदस्य सम्मान प्रदान गरिएको थियो।
सामाग्री श्रोत :
लोकतन्त्र र लेखक एक अर्काका पर्यायवाची हुन् : मन्त्री पाण्डे

कञ्चनपुर–यहाँको बेलौरी नगरपालिका–६ का कृषक आसरेराम वडायक १० वर्षअघि वैदेशिक रोजगारीमा जाने योजनाका साथ काठमाडौँ पुगेका थिए।
काठमाडौंको एक ‘पोलिहाउस’मा टमाटरखेती देखेपछि उनी स्वदेशमै खेती गर्ने योजना बनाएर फर्किए। काठमाडौंबाट टमाटरको बीउ लिएर कञ्चनपुर फर्किएका उनले त्यसयता विदेश जाने योजना बनाएका छैनन्।
‘काठमाडौँबाट फर्किएपछि सुरुमा आधा कट्ठा जमिनमा तीनवटा पोलिहाउस बनाएर टमाटरखेती गरेँ’, वडायकले विगत सम्झँदै भने, ‘खेतीबाट फाइदा भएन, त्यसपछि तालिम लिएर खेती गर्छु भनेर भारतको पन्तनगर गएर दुई दिनको तालिम लिएँ।’
तालिमपछि खेतीमा लागेका वडायकले खेतीबाटै आम्दानी गरेर एक करोड बढीको कृषियन्त्र जोडेका छन्। उनी हाल वार्षिक रु २६ लाखसम्म आम्दानी गर्छन्। उनले आफ्नो र भाडामा गरी नौ बिघा जग्गामा उखु, तोरी, मुसुरो र धानखेती जस्ता कृषि उपज उत्पादन गर्दै आएका छन्। वडायकले भने “खेती विस्तार गरेर वार्षिक एक करोडसम्म कमाउने लक्ष्य राखेको छु।’ उनले खेतीका लागि अत्याधुनिक कृषि उपकरण भित्र्याएर काम गरिरहेको जानकारी दिए।
उनले भने, ‘ड्रोनको प्रयोग खेतीमा सहज हुने भएकाले गत वर्ष मात्रै दश लाखमा ड्रोन खरिद गरेको छु।’ उनले ड्रोनको प्रयोगबाट खेती गर्दा लागत कम हुनाका साथै उत्पादन समेत वृद्धि भएको बताए।
उनले भारतका विभिन्न शहरमा व्यावसायिक खेतीको तालिम लिएका छन्। ‘दुई वर्ष भारतको साझनपुरमा उखुखेतीसम्बन्धी तालिम लिएँ, महाराष्ट्रको साङ्लीमा व्यावसायिकखेतीको तालिम लिएर यहाँ आएपछि खेतीमा सजिलो भयो’, वडायकले भने।
उनका अनुसार ड्रोनले मानिसले भन्दा धेरै छिटो काम गर्छ यसबाट बीउबिजन र विषादीलगायत आवश्यक कीटनाषक औषधि छर्कने गएका छन्। उनले भने, ‘ड्रोनको प्रयोगले विषादी छर्किंदा मानिसले भन्दा राम्रो छर्किने र किसानको स्वास्थ्यमा विषादीले पनि असर गर्दैन।’
ड्रोनको प्रयोगले बीउबिजन र विषादी छर्किंदा थोरै लागतमा धेरै काम गर्न सकिने उनको भनाइ छ। उनलाई खेतीमा उनका परिवारका सदस्यहरुले समेत सहयोग गरेका छन्। उनले ‘सिजन’को बेला ३० देखि ४० जनालाई रोजगारी दिने गरेका छन्।
‘सामान्य किसानले एक बिघा जग्गामा दुईदेखि तीन लाखसम्मको उत्पादन गर्ने गरेकामा मैले एक बिघामा करिब १४ लाख सम्मको उत्पादन गर्ने लक्ष्य लिएको छु,’वडायकले भने, ‘प्राविधिक कुरामा मात्रै ध्यान दिन सके राम्रो उत्पादन हुन्छ।’ उनले उत्पादन गर्न सके बजारको समस्या भने नरहेको बताए।
वडायक गत वर्ष सुदूरपश्चिम प्रदेश सरकारबाट प्रदेशकै सर्वोत्कृष्ट कृषकका रुपमा सम्मानित भएका थिए। भीमदत्त नगरपालिकाको उत्कृष्ट किसानबाट समेत उनी सम्मानित भइसकेका छन्। ‘अहिले खेती गर्न थप सजिलो होस् भनेर मोबाइल ‘एप लन्च’ गर्ने तयारीमा छु’, उनले भने, ‘त्यो एपबाट कुन समयमा मल हाल्ने, कुन रोगबाट कसरी बच्नेलगायतका पूर्वजानकारी पाउन सकिन्छ।
पछिल्लो समय कृषिमा प्रविधिको प्रयोग बढ्दै गएको छ। परम्परागत रुपमा गोरु र राँगा प्रयोग गरी जोत्ने ठाउँमा ट्याक्टर, मिनिटिलर, पावर टिलरको प्रयोग गर्न थालिएको छ भने बाली काट्न र पिस्न प्रविधिको प्रयोग भइरहेको छ। काट्नलाई ‘रिपर’, ‘बुस कटर’, ‘कम्बाइन हार्भेस्टर’लगायतका अत्याधुनिक उपकरणको प्रयोग बढ्दो छ। खेतबारी खनजोतमा सहज हुने भएपछि यान्त्रिकीकरणतर्फ किसान आकर्षित भएका हुन्।
-रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ । दक्षिण कोरियाको राजधानी सोलमा भएको ‘वर्ल्ड आईटी शो २०२५’ मा नेपालका तीन आईटी कम्पनीले सहभागिता जनाएका छन् । अप्रिल २४ देखि २६ सम्म सोलको सीओईएक्स कनभेन्सन सेन्टरमा भएको तीन दिने प्रदर्शनीमा जेनेरेटिभ एआई, क्वान्टम कम्प्युटिङ, अन-डिभाइस एआई, डिजिटल स्वास्थ्य, स्मार्ट मोबिलिटी, सिक्सजी जस्ता नयाँ प्रविधि प्रस्तुत गरिएको थियो ।
‘द नेक्स्ट वेभ’ भन्ने नारासहित आयोजना गरिएको कार्यक्रम कोरियाको विज्ञान तथा आईसीटी मन्त्रालय र के फेयर्स लिमिटेडले आयोजना गरेका हुन् । कार्यक्रममा ४५० भन्दा बढी अन्तर्राष्ट्रिय प्रविधि कम्पनीको सहभागिता रहेको थियो भने ७० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका थिए ।
नेपालबाट जेनेज सोलुसनका सीईओ अञ्जनी फुयाल, क्विकफक्स कन्सल्टिङका सोना सिंह र पल्लव पराजुली तथा एएमनिल टेक्नोलोजीजबाट अलिशा श्रेष्ठ सहभागी थिए ।
जेनेज सोलुसनका फुयाल युके तथा आयरल्यान्डका लागि एमेज़न वेब सर्भिस (एडब्लूएस) का एम्बासडर पनि हुन् । यस्तो विश्वस्तरीय कार्यक्रममा नेपालको डिजिटल इनोभेसन तथा अन्तर्राष्ट्रिय सहकार्यतर्फको प्रतिबद्धता प्रस्ट देखिएको फुयालले बताए ।

कार्यक्रममा एआई, मेटाभर्स, स्मार्ट सिटी, टेलिकमजस्ता प्रविधि क्षेत्रका छुट्टाछुट्टै जोनहरू राखिएका थिए । साथै, १:१ व्यापारिक भेटघाट, नवप्रवर्तन पुरस्कार तथा अन्य सहायक कार्यक्रमहरू पनि समावेश थिए ।
अप्रिल २५ का दिन नेपाली दूतावास सोल र नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिस कम्पनीज (न्यास-आईटी) को सहकार्यमा ‘डिजिटल भविष्यका लागि नेपाल–कोरिया सहकार्य’ शीर्षकमा एक उच्चस्तरीय नेटवर्किङ कार्यक्रम पनि आयोजना गरिएको थियो ।
यसले क्लाउड कम्प्युटिङ, डिजिटल रुपान्तरण र नवप्रवर्तनका क्षेत्रमा दुवै देशका व्यावसायिक तथा प्रविधि नेताबिच रणनीतिक साझेदारीको सम्भावनालाई थप बलियो बनाएको बताइएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख १६, २०८२ १६:३०
सामाग्री श्रोत :
टेक पाना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले त्यससम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सभासमक्ष वाचन गरेर जानकारी दिएका हुन्।
नेपालको संविधानको धारा ९५ मा राष्ट्रपतिले संघीय संसद्का दुवै सदनका संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्ने व्यवस्था छ।
सभामुख घिमिरेले शुक्रबार अपराह्न २:४५ भित्र निर्धारित पोशाकमा सदनमा उपस्थित भइसक्न सांसदहरुलाई आग्रह गरेकी छन्।
सामाग्री श्रोत :
राष्ट्रपतिबाट शुक्रबार आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत हुने

काठमाडौँ – ‘भन्सार विधेयक, २०८१’ प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ। सभाको मङ्गलबारको बैठकले उक्त विधेयकलाई बहुमतले पारित गरेको हो।
मङ्गलबार विधेयकमाथिको सैद्धान्तिक छलफलपछि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले ‘भन्सार विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए। सो प्रस्तावलाई संसद्का बहुमत सांसदहरूले सहमति जनाएका हुन्।
विधेयकको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले भन्सार बिन्दुहरूमा रहेको बेथिति हटाउनको लागि भन्सारसम्बन्धी कानुनलाई संशोधन एवं एकीकरण गर्नको लागि विधेयक ल्याइएको बताए।
उनले भन्सार नाकामा राजश्व चुहावट, अनियमितता र व्यापारीहरू पीडित नबनुन् भन्ने नै विधेयकको मुख्य उद्देश्य रहेको बताए। उनले विधेयकलाई समृद्ध बनाउनको लागि सुझाव दिने सांसदहरूलाई धन्यावाद समेत दिए।
विधेयकले कानुनको रूप लिएसँगै राजश्व चुहावटमा कमी आउनुका साथै भन्सार व्यापार सहज हुने मन्त्री पौडेलको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
विराटनगर- मोरङ जिल्ला बुढीगंगा -२ (विराटनगर)मा १०० करोडको लगानीमा सलाइन उद्योग स्थापना भएको छ। दिनेश ठाकुर स्वर्णकार र रंजित भगतको संयुक्त लगानीमा एलेक्सा लाइफसाइन्सेज प्रालि खुलेको हो।
सलाइन पानी बजारीकरणमा २५ वर्षको अनुभवपछि आफैं उत्पादनमा होमिएको एलेक्साका अध्यक्ष ठाकुरले जानकारी दिए। विराटनगरमा आयोजित एक पत्रकार सम्मेलनमा उनले भने, ‘अन्तर्रास्ट्रियस्तरको उच्च गुणस्तरीय औषधि उद्योगको स्थापना भएको अवगत गराउन पाउँदा गौरवान्वित महशुस गरेका छौं।’
आफूले यस क्षेत्रमा हासिल गरेको गहिरो अनुभवलाई औषधि उत्पादनमा प्रयोग गर्नका लागि एलेक्सा सञ्चालनमा ल्याउन लागेको उनी बताउँछन्। एलेक्साद्वारा उत्पादित औषधिहरु उच्च गुणस्तरीय हुनुका साथै अन्तर्राष्ट्रिय मान्यताप्राप्त हुने विश्वास उनले जताएका छन्।
आफ्नो उद्योगले ३ चरणमा उत्पादन बजारमा ल्याउने बजार निर्देशक पंकजकुमार झाले बताए। पहिलो चरणमा अत्यावश्यक मानिने सलाइन पानी एलभीपी (आई. भी. फ्लुड्स -१०० एमएल, ५०० एमएल, १००० एमएल ३००० एमएल ), दोस्रो चरणमा एसभीपी सिसाको १ एमलदेखि २० एमएलसम्मका सुईहरु (लिक्युड इन्जेक्टेबल्स) र, तेस्रो चरणमा आई एन्ड एअर ड्रपको उत्पादन गरिने उनी बताउँछन्।
‘हाल नेपालको एलभीपी क्षेत्रमा नेपालमा पूर्णरुपले सञ्चालनमा रहेको एक तथा बिदेशी गरी जम्मा ११ कम्पनीको उत्पादन बजारमा उपलब्ध छन् एलेक्सा सञ्चालनमा आएपछि सम्भवत: मुलुककै सबै भन्दा ठूलो तथा स्तरीय कम्पनी हुने हामीलाई विश्वास छ,’ उनले भने।
निर्माण सम्पन्न हुँदा उद्योगमा १०० करोड लगानी पुग्ने तयारी गरिएको छ। जसको पहिलो चरणमा ७५ करोड लगानी भइसकेको र पूर्ण रुपले सञ्चालन हुँदा थप २५ करोड लगानी रुपैयाँ लाग्ने बताइएको छ।
गुणस्तरीय तथा सुरक्षित औषधि प्रयोग गर्न पाउनु प्रत्येक नेपालीको मौलिक अधिकार रहेको बताउँदै यसै सूत्रलाई ध्यानमा राख्दै औषधिको गुणस्तरमा कुनै सम्झौता नगरिएको र नगरिने अध्यक्ष ठाकुले प्रतिबद्धता व्यक्त गरे। उनले थपे, ‘देशको स्वास्थ्य क्षेत्रमा ठोस योगदान पुर्याउनुका साथै औद्योगीक विकास तथा रोजगारी सृजनामा समेत सकारात्मक योगदान पुऱ्याउने अपेक्षा गरेका छौं । देशमा लगानीको वातावरण नरहेको तथा रोजगारी सृजना हुन नसकेको भन्ने भाष्यले सृजना गरेको निराशाका बीच करोडौं लगानीमा सयौंलाई प्रत्यक्ष/अप्रत्यक्ष रोजगारी दिने उद्देश्यले उद्योग सञ्चालनमा ल्याउन लागिएको हो।’
भन्दा सलाइन पानी भनिए पनि निर्माण प्रक्रिया अत्यन्त संवेदनशील रहेकोमा आफूहरु जानकार रहेको उनले बताए। ‘त्यसैले यसमा अपनाइने निर्माण प्रबिधि तथा नियमन मापदण्डहरु प्रति हामी अत्यन्त सजग छौं । नेपालको औषधि उद्योगमा यो एउटा कोसेढुङ्गा साबित हुने कुरामा हामी ढुक्क छौं,’ निर्देशक भगतले भने।
औषधि उद्योग मार्फत् देशको स्वास्थ्य क्षेत्र र २०० बढी प्रत्यक्ष तथा ५०० बढी अप्रत्यक्ष रोजगारी प्राप्त गर्ने बताइएको छ। जसले आयातलाई केही हदसम्म भएपनि प्रतिस्थापन गर्नेछ।
के हो सलाइन औषधि ?
सामान्य भाषामा भन्दा यसलाई सलाइन पानी भनिछन् । पानी भन्ने शब्दको प्रयोग गर्दा सामान्य जस्तो सुनिएपनि आधुनिक चिकित्सामा बिरामीको उपचारका लागि यो महत्वपूर्ण तत्व हो । अत्यन्तै संवेदनशील र अत्यावश्यक औषधिको वर्गमा यसलाई राखिएको छ।
मुखबाट दिइने औषधि भन्दा पनि यो बढी संवेदनशील हुन्छ । मुखबाट खाने औषधिमा केही गडबडी भएपनि पाचन प्रणाली हुँदै रगतमा पुग्ने भएकाले तत्काल ठूलो हानी नपुर्याधउन सक्छन् । तर, यो सिधै ब्लडबाट प्रवाह भइ मुटु तथा मगज सम्म पुग्छ । यदि यसको गुणस्तरमा कुनै किसिमको कमी कमजोरी भए ज्यानै जोखिममा पर्न सम्भावना उच्च रहन्छ । ब्लडमा जाने भएकाले ब्लड जस्तै शुद्ध बनाउनुपर्ने मान्यता राखिन्छ । अत: यसको उत्पादन प्रक्रिया एकदमै जटिल तथा संवेदनशील हुन्छ।
यस्तो छ एलेक्साको धारणा
सम्पूर्णमा नमस्कार।
कोशी प्रदेश, मोरङ जिल्ला बुढीगंगा – २ को बाइपास रोडमा Alexa Lifesciences Pvt. Ltd नामक अन्तर्रास्ट्रियस्तरको उच्च गुणस्तरीय औषधि उद्योगको स्थापना भएको अवगत गराउन पाउँदा गौरवान्वित महशुस गरेका छौं। अध्यक्ष श्री दिनेश ठाकुर स्वर्णकार रहेको यो औषधी उद्योगमा निर्देशक श्री रंजित भगत लगायत एभरेस्ट बैंक लिमिटेड दुहबी शाखाको लगानी रहेको छ।
उद्योगमा १०० करोड लगानी निर्माण सम्पन्न हुने तय गरिएको छ । जसका पहिलो चरणमा ७५ करोड लगानी भइसकेको र पूर्ण रुपले सञ्चालन हुन थप २५ करोड लगानी रुपैयाँ लागत आवश्यक पर्ने हाम्रो अनुमान छ । विश्व स्वास्थ्य संगठनको कुशल औषधि उत्पादन अभ्यास तथा विभिन्न अन्तराष्ट्रिय मापदण्ड अनुसार अत्याधुनिक प्लान्ट निर्माणको अन्तिम चरणमा छ। प्लान्टमा प्रयोग प्रविधि, उत्पादन पद्धति र प्रणालीबारे जानकारी दिन हामीले उद्योग भ्रमण कार्यक्रम समेत राखेका हौं । भ्रमणमा सहभागी साथीहरुले प्रत्यक्ष रुपमा महशुस गरिसक्नुभएको छ । आज सहभागी हुन नभ्याउनुभएका साथीहरुलाई फेरि पनि हामी त्यो अवसर प्रदान गर्ने जानकारी गराउन चाहन्छौं ।
तमाम कठिनाइ, बाधा, अवरोधका बाबजुद हामी उद्योग सञ्चालनको अन्तिम चरणमा पुगेका छौं। गुणस्तरीय तथा सुरक्षित औषधि प्रयोग गर्न पाउनु प्रत्येक नेपालीको मौलिक अधिकार हो । यसै सूत्रलाई ध्यानमा राख्दै औषधिको गुणस्तरीयतामा कुनै सम्झौता नगरिएको र नगरिने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौं।
देशको स्वास्थ्य क्षेत्रमा ठोस योगदान पुर्या उनुका साथै औद्योगीक विकास तथा रोजगारी सृजनामा समेत सकारात्मक योगदान पुऱ्याउने अपेक्षा गरेका छौं । देशमा लगानीको वातावरण नरहेको तथा रोजगारी सृजना हुन नसकेको भन्ने भाष्यले सृजना गरेको निराशाका बीच हामीले करोडौं लगानीमा सयौंलाई प्रत्यक्ष/अप्रत्यक्ष रोजगारी दिने उद्देश्यले उद्योग सञ्चालनमा ल्याउन लागिएको हो।
यो हाम्रो लागि एउटा महत्वपूर्ण क्षण हो । भन्दा सलाइन पानी भनिए पनि यो निर्माण प्रक्रिया अत्यन्त संवेदनशील विधा हो । त्यसैले यसमा अपनाइने निर्माण प्रबिधि तथा नियमन मापदण्डहरु प्रति हामी अत्यन्त सजग छौं । नेपालको औषधि उद्योगमा यो एउटा कोसेढुङ्गा साबित हुने कुरामा हामी ढुक्क छौं।
हाम्रो उद्योगले ३ चरणमा गरी आफ्नो उत्पादन बजारमा ल्याउने छ । पहिलो चरणमा अत्यावश्यक मानिने सलाइन पानी LVP ( I . V . Fluids -100ml, 500ml, 1000ml र 3000ml ), दोश्रो चरणमा SVP सिसाको 1ml देखि 20ml सम्मका सुईहरु (Liquid injectables ) र, तेस्रो चरणमा eye and ear drop को उत्पादन गरिने छ।
हाल नेपालको LVP क्षेत्रमा नेपालमा पूर्णरुपले सञ्चालनमा रहेको एक तथा बिदेशी गरी जम्मा ११ कम्पनी को उत्पादन बजारमा उपलब्ध छन् । Alexa सञ्चालनमा आएपछि सम्भवत: मुलुककै सबै भन्दा ठूलो तथा स्तरीय कम्पनी हुने हामीलाई विश्वास छ।
वार्षिक करिब ६० अर्ब बजार रहेको औषधि क्षेत्रमा ६५% हिस्सा बिदेशी कम्पनिले ओगटेको देखिन्छ । हाल हाम्रो मुलुकमा १०० भन्दा बढी कम्पनी औषधि ब्यबस्था बिभागमा दर्ता रहेपनि ७५ वटा कम्पनी सञ्चालनमा छन् । स्वदेशी उद्योग र उत्पादनलाई प्रोत्साहन गर्ने राज्यको नीति नहुँदा तीमध्ये २० देखि २५ कम्पनीको अवस्था मात्रै ठीकठाक देखिएको छ। अन्य कम्पनीहरुको अवस्था दयनीय छ।
के हो सलाइन औषधि ?
सामान्य भाषामा भन्दा यसलाई सलाइन पानी भनिछन् । पानी भन्ने शब्दको प्रयोग गर्दा सामान्य जस्तो सुनिएपनि आधुनिक चिकित्सामा बिरामीको उपचारका लागि यो महत्वपूर्ण तत्व हो । अत्यन्तै संवेदनशील र अत्यावश्यक औषधिको वर्गमा यसलाई राखिएको छ।
मुखबाट दिइने औषधि भन्दा पनि यो बढी संवेदनशील हुन्छ । मुखबाट खाने औषधिमा केही गडबडी भएपनि पाचन प्रणाली हुँदै रगतमा पुग्ने भएकाले तत्काल ठूलो हानी नपुर्याधउन सक्छन् । तर, यो सिधै ब्लडबाट प्रवाह भइ मुटु तथा मगज सम्म पुग्छ । यदि यसको गुणस्तरमा कुनै किसिमको कमी कमजोरी भए ज्यानै जोखिममा पर्न सम्भावना उच्च रहन्छ । ब्लडमा जाने भएकाले ब्लड जस्तै शुद्ध बनाउनुपर्ने मान्यता राखिन्छ । अत: यसको उत्पादन प्रक्रिया एकदमै जटिल तथा संवेदनशील हुन्छ।
बिगत २५ वर्षदेखि हामी सलाइनको उत्पादन तथा बजारीकरण र अस्पताल क्षेत्रमा आवद्ध रही आएका छौं। यस क्षेत्रमा हासिल गरेको गहिरो अनुभवलाई हामी औषधि उत्पादनमा प्रयोग गर्नका लागि Alexa सञ्चालनमा ल्याउन लागेका हौं । यस कम्पनी द्वारा उत्पादित औषधिहरु उच्च गुणस्तरीय हुनेछन् । अन्तर्राष्ट्रिय मान्यताप्राप्त हुनेछन् भन्ने विश्वास दिलाउन चाहन्छौं।
नेपाली औषधि उद्योगका चुनौती र सरकारको उदासिनता
नेपालमा औषधि उद्योगको इतिहास लामो नभएता पनि १९७० को दशकमा सरकारले तत्कालिन (शाही औषधि लिमिटेड, नेपाल औषधि लिमिटेड)को स्थापना गरी औषधि उद्योगको स्थापना भैसकेको थियो भने लगभग त्यसै समयमा नेपालमा निजी क्षेत्रले पनि औषधि उद्योगमा प्रवेश गरेको थियो । हाम्रै छिमेकी मुलुक बंगलादेश सन् १९७१ मा मात्र पाकिस्तानबाट छुट्टिएर नयाँ देश बनेको थियो । त्यही नयाँ देश बंगलादेश आज औषधिको क्षेत्रमा उदाहरणीय प्रगति गरेर देखाएको छ । बंगलादेश औषधिमा ९७ प्रतिशतले आत्म निर्भर भएको छ भने त्यहाँको औषधि युरोप लगायतका संसार भरका दुई सय देशमा निर्यात हुन्छ । नेपालमा सरकारी स्वामित्वकै औषधि उद्योग समेत संकटमा रहेको छ।
कुनै पनि उद्योग फस्टाउनु, आत्मनिर्भर हुनुमा त्यो देशले त्यस उद्योगप्रति लिने नीति नियम र रणनीतिको निर्णायक भूमिका रहन्छ । यदि सरकारले सही रणनीति र संकल्पका साथ अगाडी आउने हो भने नेपालमा औषधिमा आत्मनिर्भर हुनेतर्फ अगाडी बढ्ने सुर्वण अवसर छ।
बुँदागत रुपमा प्रस्तुत गर्न चाहन्छौं :
१) बिद्युत आपूर्ति नियमित हुन नसक्नु ।
२) उद्योग स्थापना गर्दा उद्योगमा प्रयोग हुने विभिन्न खाले सामग्रीमा ( प्यानल, चिलर, कम्प्रेसर, बोयलर तथा यसका फिटिङ, एसएटस पाईप, पानी प्रशोधन यन्त्र , ल्याबका फर्निचर आदि) अनुदानको साटो चर्को भन्सार शुल्क असुल गरिनु ।
३) औषधि उद्योग प्यानमा कारोबार गर्ने प्राबधान रहेको तर सम्पूर्ण सामग्री खरिद गर्दा मूल्य अभिबृद्धि कर तिर्नु परेकोले उद्योग लागतमा थप भार पर्नु।
४) अन्य मुलुकमा जुन औषधि स्वदेशी उद्योगले उत्पादन गर्न सक्छ, त्यस्ता औषधि आयातमा रोक लगाउने प्रावधान रहेको हुन्छ तर हाम्रो मुलुकमा एकै खालको औषधि १० भन्दा बढी स्वदेशी कम्पनिले उत्पादन गरेपनि थप २० भन्दा बढी विदेशी कम्पनीलाई खुला आयात गर्न अनुमति दिइएको छ । यसका कारण एक स्वदेशी उद्योगले आफ्नो एक खालको उत्पादन बजारीकरण गर्न २० भन्दा बढी कम्पनीसँग प्रतिस्पर्धा गर्नु पर्ने अवस्था छ।
५) प्रायजसो अस्पताल तथा मेडिकल कलेजमा स्वास्थ्य बिमा लागु रहेको कारण उक्त अस्पतालहरु मा सेवाग्राही को बाक्लो भीड रहन्छ । अस्पताल फार्मेसीले औषधि बाँकीमा खरिद गर्ने गरेको हुन्छ। भुक्तानीको बेला बिमाको पैसा आएपछि भुक्तानी गर्ने भन्ने गरिन्छ। सरकारले स्वास्थ्य बिमाको भुक्तानी समयमा गर्न नसकेका कारण औषधि कम्पनिले समयमा भुक्तानी नपाएर थप मारमा परेको अवस्था रहेको छ।
६) अन्य मुलुकहरुमा समयसापेक्ष अनुसार औषधिको मूल्य समायोजन गर्ने गरिन्छ। मूल्य समायोजन भनेको मूल्य बृद्धि गर्नु मात्र हैन, धेरै औषधि यस्ता हुन्छन् जसको खोज तथा अनुसन्धानमा भएको खर्चका कारण केही वर्ष एकदमै महंगो हुन्छन् तर पछि ती औषधिको मूल्यमा भारी गिरावट हुन्छ र समयमा समायोजन गर्ने हो भने नागरिकले कतिपय औषधि धेरै सस्तो मूल्यमा पाउन सक्छन् । आज भन्दा १५ बर्ष अगाडि अधिकतम खुद्रा मूल्य कायम भएको औषधिको मूल्य हाल सम्म यथावत रहेको छ। जसकाकारण त्यस प्रकारका औषधिहरु सजिलै उपलब्ध नहुनुले बिरामीहरुलाइ सास्ती खेप्नु परेको छ भने अर्कातिर स्वदेशी कम्पनीहरुको उत्पादन लागत मूल्य पनि असुल उपर हुन गाह्रो दखिन्छ।
हाम्रो उद्देश्य तथा लक्ष्य
स्वदेशमै बिस्वस्तरिय उच्च स्तरको औषधि उत्पादन गरि सर्वसुलभ मूल्यमा नेपाली नागरिकको पहुँचसम्म पुर्याउने।
देशको वर्तमान अवस्था तथा सुस्त आर्थिक गतिबिधिको बीचमा देशको आर्थिक विकासमा सघाउन निरन्तर लगानी बढाइरहेको र नयाँ उत्पादन ल्याइरहेको बारे अवगत गराउँदै उत्प्रेरकको भूमिका निर्वाह गर्ने ।
औषधि उद्योग मार्फत् देशको स्वास्थ्य क्षेत्र र २०० बढी प्रत्यक्ष तथा ५०० बढी अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने।
आयातलाई केही हदसम्म भएपनि प्रतिस्थापन गर्ने।
अन्य मुलुकमा औषधि निर्यात गरि मुलुकको जीडि पी बृद्धिमा भूमिका निर्वाह गर्ने ।
अन्तर्राष्ट्रिय मापदण्ड अनुसार औषधि उत्पादन गर्दै आएको कम्पनीले समयानुकुल उपलब्ध हुने प्रविधि र उत्पादन पद्धतिलाई पछ्याउँदै जानेछ । जसले एलेक्सालाई अत्याधुनिक उपकरण, दक्ष जनशक्ति र कुशल व्यवस्थापनयुक्त कम्पनीको दर्जामा स्थापित गर्ने हाम्रो विश्वास छ। धन्यबाद।
दिनेश ठाकुर स्वर्णकार, अध्यक्ष
एलेक्सा लाइफसाइन्सेज प्रालि, विराटनगर
सामाग्री श्रोत :
swasthyakhabar









