
काठमाडौं। सरकारले नेपाल प्रहरीमा रिक्त अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा ६ जनालाई बढुवा गरेको छ। सोमबार बसको मन्त्रिपरिषद् बैठकले ६ जना प्रहरी नायब महानिरीक्ष (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको हो।
सरकारले प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरु चन्द्रकुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र मनोज केसीलाई एआईजीमा बढुवा गरेको हो।

सामाग्री श्रोत :

हेटौंडा–मकवानपुरको हेटौंडामा पहिलो पटक मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।
मकवानपुर जिल्ला फुटबल संघले नियमित गर्दै आएको स्थानीय तह सहिद स्मृति गोल्डकप अन्तर्गत सातौ चरणमा आईपुग्दा महिला गोल्डकपको आयोजना गर्न लागेको हो। मंगलवार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरि संघले बैशाख १९ गतेबाट प्रतियोगिताको आयोजना गर्न लागेको जनाएको छ।
प्रतियोगिताको तयारी पूरा भएको जनाउदै एन्फा केन्द्रीय सदस्य एवम मकवानपुर फुटबल संघका अध्यक्ष टिकाराम लामाले महिला गोल्डकपले देशभर महिला फुटबललाई उत्साह थप्ने विश्वास व्यक्त गरे।
हेटौंडा–६ स्थिर गौरीटार रंगशालामा सञ्चालन हुने प्रतियोगितामा ३ विभागीय टोली र ५ वटा जिल्ला क्लबकल सहभागि रहने संघका मकवानपुर महासचिव छवि सुवेदीले बताए।
प्रतियोगितामा एपीएफ, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी फुटबल क्लब, आयोजक मकवानपुर, चितवन, सर्लाही, रौतहट र बाराले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताको विजेताले ५ लाख र दोस्रो टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ्न भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर दिइनेछ। प्रत्येक खेलको प्लेयर अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन्।
विधागत उत्कृष्ट खेलाडीले समान २५ हजार रुपैयाँ पाउने छ्न। प्रतियोगिता संचालनको लागि ६१ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ । एप्पलले यस वर्ष सार्वजनिक गर्ने तयारी गरिरहेको आईफोन १७ का सबै मोडेलमा १२ जीबी र्याम हुने हल्ला चलेको छ । चिनियाँ सामाजिक सञ्जाल विबोमा मङ्गलबार एक पोस्ट राख्दै चर्चित लिक्स्टर ‘डिजिटल च्याट स्टेसन’ यस्तो खुलासा गरेको हो ।
बाहिरिएको जानकारी अनुसार एप्पलको नयाँ आर्टिफिसियल इन्टेलिजेन्स फिचर ‘एप्पल इन्टेलिजेन्स’लाई उत्कृष्ट ढङ्गले सञ्चालन गर्न स्तरोन्नति गर्न लागिएको हो । यसअघि चर्चित एप्पल विश्लेषक मिङ-ची कुओले यस्तै विश्लेषण गरेका थिए । त्यसको केही दिनमै एप्पलको आपूर्ति शृङ्खलामा पहुँच भएको दाबी गर्ने ती चिनियाँ लिकस्टरले सबै आईफोन १७ मोडेलमा १२ जीबी र्याम हुने दाबी गरेका हुन् ।
कुओले पनि आईफोन १७ एयर, आईफोन १७ प्रो र आईफोन १७ प्रो म्याक्समा १२ जीबी र्याम हुने बताएका थिए ।
कुओले बेस मोडेल आईफोन १७ मा पनि १२ जीबी र्याम हुनसक्ने तर त्यो आपूर्ति शृङ्खलामा आउनसक्ने अभावलाई समाधान गर्न सकिनेमा निर्भर रहने उल्लेख गरेका थिए । उनका अनुसार एप्पलले साधारण आईफोन १७ मोडेलमा रहने र्यामको क्षमता बारे अन्तिम निर्णय आगामी मे महिनासम्ममा लिनेछ ।
यदि बेस मोडेल आईफोन १७ मा ८ जीबी र्याम नै कायम रहे पनि कुओले अर्को वर्ष (२०२६ मा) आउने आईफोन १८ का सबै मोडेलहरूमा भने १२ जीबी र्याम हुने अपेक्षा राखेका छन् । हाल बजारमा उपलब्ध आईफोन १६ का सबै मोडेलहरूमा ८ जीबी र्याम रहेको छ । त्यसैले १२ जीबीमा स्तरोन्नति गर्नु कम्पनीका लागि एक महत्त्वपूर्ण कदम मानिएको छ ।
म्याकर्युमर्सका अनुसार अधिक र्यामले ठुला र सक्षम एआई मोडेललाई क्लाउड सेवामा त्यति धेरै निर्भर नभई सिधै फोनमै छिटो र प्रभावकारी रूपमा चल्न सक्षम बनाउँछ । हाल बजारमा सामसङको ग्यालेक्सी एआई र एप्पलको एप्पल इन्टेलिजेन्सको जेनेरेटिभ फिचरलाई लिएर चर्चा गर्ने गरिएको छ । त्यसमा ग्यालेक्सी एआईले एप्पल इन्टेलिजेन्सलाई उछिन्ने गरेको प्रयोगकर्ताको दाबी छ । यसमा पनि सामसङमा हुने बढी र्यामले कुनै न कुनै रूपमा एआईलाई परिष्कृत बनाउन सघाउने गरेको बताइन्छ ।
र्याम बढी हुँदा फोनमा एआईले काम गर्ने गति, प्रतिक्रिया दिने समय र जटिलतामा सुधार आउने बताइएको छ । र्याममा हुने यो ५० प्रतिशतको वृद्धिले सहज मल्टिटास्किङमा पनि मद्दत पुग्नेछ । एप्पलले आईफोन १७ सिरिज आफ्नो नियमित समय तालिका अनुसार यसै वर्षको सेप्टेम्बर महिनातिर सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख १६, २०८२ २०:१८
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं- चिकित्सा क्षेत्र सुधारका अभियान्ता प्राडा गोविन्द केसीले एमबीबीएस सिट संख्या बढाउने नमिल्ने बताएका छन्।
म्यान्मारका भूकम्पका घाइतेको उपचारमा सक्रिय रहेका डा केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको बैठकले एमबीबीएस तथा बीडीएसको सीट बढाउने तयारी अगाडि बढाएको प्रति असन्तुष्टि जनाउँदै सिट बढाउन नहुने बताएका हुन्।
मंगलबार विज्ञप्ति जारी गर्दै डा केसीले एमबीबीएस सिट हालको संख्या भन्दा एक सिट पनि नबढाउन, निजी मेडिकल कलेजबाट श्रम शोषणबाट पीडित रेजिडेन्ट डाक्टरहरूको माग सम्बोधन गर्न र विगतमा भएका सम्झौताहरू तुरुन्त कार्यान्वयन गर्न माग गरेका छन्। उनले आफूले राखेका माग तत्काल पूरा गर्न सरकार तयार नभए सत्याग्रहमा बस्ने चेतावनी दिएका छन्।
हेरौं डा केसीको विज्ञप्तिको पूर्णपाठ
प्रेस विज्ञप्ति
हामी लामो समयदेखि चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको गुणस्तरमा सुधार र सो क्षेत्रमा देशका कुनाकाप्चाका विपन्न वर्गदेखि सबै विद्यार्थी लगायत नागरिकहरूको समतामूलक पहुँचका लागि संघर्षरत छौँ । आम नेपालीहरूको अथक प्रयास र दबाबमा चिकित्सा शिक्षा ऐन लागु भयो चिकित्सा शिक्षा आयोग बन्यो र प्रधानमन्त्री, मन्त्रीहरू, सांसद, अन्य नेता /नेत्री, कार्यकर्ता, न्यायाधीश, माफियाहरू लगायत विभिन्न स्वार्थपरक समूहको बारम्बार गैरकानुनी हस्तक्षेपका बाबजुद आयोगका पदाधिकारीहरूले सन्तोषजनक काम गरिरहेका थिए त्यसैले विद्यार्थी र आम नेपालीहरू लाभान्वित भएका थिए। आयोगमा पदाधिकारीको नेतृत्व परिवर्तनसँगै माथि उल्लिखित गलत तत्वहरूको बेलगाम र निर्लज्ज हस्तक्षेपका कारण चिकित्सा शिक्षा ऐनको अस्तित्व नै गुम्ने अवस्थामा छ। ठग, फटाहा र खुराफातको लहैलहैमा लागेर नागरिकको ठूलो तप्कालाई आफ्नो घुँडामा बन्चरो हानेको थाहा छैन।
म म्यानमारको भूकम्प पीडितहरूको सेवा गरेर नेपाल फर्कने क्रममा राजधानी यांगुन आइपुग्दा डा.जीवनको वोध-वार्ता मार्फत रेजिडेन्ट डाक्टरहरू हडतालमा र स्वास्थ्य मन्त्रालयले बनाएको एक समिति एमबीबीएसको सिट एक सयबाट बढाएर डेढ सय बनाउने तयारी भन्ने खबरले मेरो गम्भीर ध्यानाकर्षण भएको छ।
एमबीबीएस सिट हालको संख्या भन्दा एक सिट पनि नबढाउन र निजी मेडिकल कलेजबाट श्रम शोषणबाट पीडित रेजिडेन्ट डाक्टरहरूको माग सम्बोधन गर्न र विगतमा हामीसित भएका सम्झौताहरू तुरुन्त कार्यान्वयन गर्न साथै गत चैत ३१ गते जारी गरेको प्रेस विज्ञप्तिमा उल्लिखित पहिलेदेखिकै मागहरू शीघ्रातीशीघ्र पूरा गर्न सरकार समक्ष जोडदार माग गर्दछु । अन्यथा नेपाल फर्के पश्चात् सत्याग्रह गर्न बाध्य हुने कुरा जानकारी गराउँदछु ।
प्रा. डा. गोविन्द केसी
म्यानमार,
२९ अप्रिल, २०२५ ।
सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं। गायक पुर्षोत्तम गैरेको ‘बैनीको काँ पर्यो, दाजैको काँ पर्यो’ बोलको गीत दास्रो पटक युट्युब ट्रेंडिङ्गमा आएको छ। ३७ लाख बढी भ्युज रहेको उक्त गीतको भिडियो पुनः ट्रेंडिङ्गमा आएको हो। गीत युट्युब ट्रेंडिङ्गको १३औँ स्थानमा रहेको छ।
पुर्षोत्तम गैरे नामक युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा गायक गैरेसँगै गायिकाहरु रुपी सिंजाली मगर र सिमरन परियारले आवाज दिएका छन्।
गैरे स्वयंको शब्द रहेको गीतमा उनीसँगै आकाश नेपालीले संगीत भरेका छन। गीतको भिडियोमा तेजश रेग्मी, सिमरन परियार, आकाश नेपाली, रचना न्यौपाने र श्रेया गैरेको अभिनय रहेको छ। भिडियोमा स्मृति तिमिल्सिना (गुरुआमा)को निर्देशन रहेको छ भने अमृत चापागाईँले सम्पादन गरेका छन्।
सामाग्री श्रोत :
३७ लाख भ्युजसहित दोस्रो पटक युट्युब ट्रेंडिङ्गमा ‘बैनीको काँ पर्यो, दाजैको काँ पर्यो’

काठमाडौं– आन्दोलनरत आवासीय चिकित्सकहरुसँग शिक्षा मन्त्री रघुजी पन्तले गरेको छलफल निस्कर्षहीन बनेको छ । छलफलबाट निस्केर डाक्टरहरुले सरकार मेडिकल माफिया र विचौलीयाको प्रभावमा परेको आरोप लगाएका छन् ।
आज शिक्षा मन्त्रालयमा चिकित्सक संघका प्रतिनिधिहरु शिक्षामन्त्रीसँग अनौपचारिक वार्तामा बसेका हुन् । दुई दिनअघि चिकित्सा शिक्षा सेवा आयोगको वैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो ।
सम्बन्धित पक्षसँग भएका छलफल र प्राप्त प्रतिवेदनसमेतका आधारमा आवासीय चिकित्सकको समान सुविधा (मासिक रु ४८ हजार सात सय) कायम गर्ने निर्णय भएको छ ।
चिकित्सक संघको टोलीले सो निर्णय सकारात्मक भए पनि ‘आठौं तह’ भनेर स्पष्ट उल्लेख नगरिएकोमा असन्तुष्टि जनाएको थियो । यसअघि संघले विज्ञप्ति जारी गर्दै नेपालका आवासीय चिकित्सकहरूको निर्वाह भत्तालाई सरकारी आवासीय चिकित्सक आठौँ तह सरह गर्ने निर्णय एवं हप्तामा ८० घण्टा हुने तथा बिदालगायत अन्य विषयमा सरकार देखिएकोमा सरकारलाई धन्यवाद दिएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले कीर्तिपुरको डाँडामा बसेर लाखौँ कमाउन सकिने आफ्नो पुरानो अभिव्यक्ति फेरि दोहोर्याएका छन् । मंगलबार पार्टीको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाली युवालाई सीप र क्षमतायुक्त बनाउनुपर्नेमा जोड दिए ।
“एउटा डाँडामा बसेर दुई-चार लाख कमाउन सकिन्छ भनेर मैले एउटा इम्याजिनेसनको कुरा गरेँ । कतिलाई रमाइलो पनि लाग्यो । त्यो सपना हो, सम्भव छ,” थापाले भने ।
उनले युवाको हातमा सीप र क्षमता पुगेमा त्यो सपना यथार्थ बन्न सक्ने उल्लेख गरे । नेपाल अहिले नलेज इकोनोमी (ज्ञानमा आधारित अर्थतन्त्र) मा प्रवेश गरिसकेको उल्लेख गर्दै उनले यसको अपार सम्भावना रहेको बताए ।
थापाले चीनका ४० वर्षीय लियाङ वेनफेङको उदाहरण दिँदै भने, “सिलिकन भ्यालीले उसलाई अनुमोदन नगरे पनि उसले आर्टिफिसियल इन्टेलिजेन्स च्याटजीपीटीसँग प्रतिस्पर्धा गर्न सक्ने डीपसीक एआई बनायो । यसले देखाउँछ कि सम्भावनाका ढोका सबैका लागि खुलेका छन् ।”
उनले ‘नलेज इकोनोमी’बाट उत्पन्न हजारौँ अवसरबाट विपन्न समुदाय वञ्चित हुन नहुनेमा जोड दिए । विगतमा सरकारको विपन्न लक्षित कार्यक्रम भूमि, कृषि र सामान्य सीपमा केन्द्रित हुने गरेको उल्लेख गर्दै उनले अब सूचना प्रविधि र ज्ञान–आधारित सीपमा केन्द्रित कार्यक्रम आवश्यक भएको बताए ।
“अब विपन्न लक्षित कार्यक्रममा त्यस्ता परिवारका छोराछोरीले सूचना प्रविधिको अवसर उपयोग गर्न सक्ने सीप पाउनुपर्छ । त्यो कतार–मलेसिया गएर गारो लगाउने, ढुङ्गा जोर्ने सीप मात्र होइन, प्रविधिको प्रयोग गरेर घरमै बसेर कमाउने क्षमता हुनुपर्छ,” उनले भने ।
पछिल्लो अध्यावधिक: बैशाख १६, २०८२ १९:४१
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं- आवासीय चिकित्सकहरुको निर्वाह भत्ता सरकारी आठौं तहका मेडिकल अधिकृत सरह हुनु पर्ने माग राख्दै देशभरका चिकित्सक आन्दोलनमा छन्।तर चिकित्सा शिक्षा आयोगले उनीहरुको माग अनुसार निर्णय नगरी भत्ताका विषयमा रकम तोकेर निर्णय गरेको छ।
आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको आयोगको १९औं बैठकले आवासीय चिकित्सकहरुलाई आठौं तह बराबर भन्दा पनि हाल उनीहरुको तलब रहेको रकम ४८ हजार ७३७ रुपैयाँ उल्लेख गरेर भत्ता तोक्ने निर्णय गरेको हो।
यो निर्णयपछि आवासीय चिकित्सकहरुको निर्वाह भत्ता तत्काललाई बढ्ने देखिन्छ तर सरकारी आठौं तहका चिकित्सकहरुको तलब बढ्दै जाँदा आवासीय चिकित्सकहरुको भत्ता भने ४८ हजार ७३७ रुपैयाँ नै रहने अवस्था आउने छ।
निजी मेडिकल कलेज सञ्चालकहरुले निजीमा तहको विषयमा कुनै जानकारी नहुने भन्दै रकम तोक्नुपर्ने अडान लिएका थिए। प्रधानमन्त्रीले ओलीले निजी मेडिकल कलेजकै माग अनुसार तह नलेखी रकम तोक्न निर्देशन दिएका थिए।
आन्दोलनरत चिकित्सकहरुले निजी मेडिकल कलेजले भने अनुसार गर्न प्रधानमन्त्रीले नै निर्देशन दिएको आरोप लगाएका छन्। उनीहरुले प्रधानमन्त्रीको निर्देशनमा आवासीय चिकित्सकको निर्वाह भत्ताका विषयमा धोका भएको भन्दै थप आन्दोलन चर्काउने चेतावनी दिएका छन्।
यसैबीच,मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पनि आठौं तह भन्ने विषय उल्लेख नै भएको छैन। शिक्षा मन्त्री रघुजी पन्त र एशोशियशन अफ प्राइभेट मेडिकल एण्ड डेण्टल कलेज अफ नेपालका अध्यक्ष डा ज्ञानेन्द्रमान सिंह कार्कीसहितको प्रतिनिधिहरुले मंगलबार छलफल गरेका थिए।
छलफलका क्रममा अध्यक्ष डा कार्कीले चिकित्सा शिक्षा आयोगको माघ २५ गते बसेको १६औं बैठकबाट निर्देशन भए बमोजिम सम्पूर्ण आवासीय चिकित्सकलाई बैठकवाट पारित भएको निर्वाह भत्ता मासिक अठ्चालिस हजार सात सय सैतीस रुपैयाँ रकम प्राइभेट मेडिकल एण्ड डेण्टल कलेजको तर्फबाट सम्बन्धित शिक्षण संस्थामा उपस्थित हुनासाथ उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
मन्त्रालयले उक्त सहमती भइसकेको भन्दै प्रदर्शनमा उत्रिएका सबै चिकित्सकलाई प्रदर्शन कार्यक्रम स्थगित गरी अस्पतालमा फर्केर बिरामीहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न आग्रह गरेको छ।
चिकित्सक संघका अध्यक्ष डा अनिल कार्कीले शिक्षा मन्त्रालयको विज्ञप्तिमा आठौं तह भन्ने शब्द नै नपरेका कारण आन्दोलनका कार्यक्रम स्थगित नहुने जानकारी दिए। उनले शिक्षा मन्त्रालयको विज्ञप्ति लगत्तै यो विषयमा गम्भीर ध्यानाकर्षण गर्दै शिक्षा र स्वास्थ्य मन्त्रीसँग छलफल गरेको र उक्त निर्णय मान्य नहुने जानकारी गराइसकेको बताए।
सामाग्री श्रोत :
swasthyakhabar

बैतडी। केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीबाट पुनः स्वास्थ्य बिमा सुरु गर्ने तयारी भएको छ। स्वास्थ्य बिमा ‘अनलाइन’ प्रणालीमा गएपछि गएको दुई वर्ष यतादेखि रोकिएको सेवा पुनः सञ्चालन गर्ने तयारी गरिएको स्वास्थ्य बिमा बोर्ड बैतडीका प्रमुख जमन बडालले बताए।
उनका अनुसार स्वास्थ्य बिमा सेवा सुरु गर्नका लागि आवश्यक सफ्टवेयर किन्ने तयारी भएको छ। सफ्टवेयर खरिदका लागि नगरपालिकाले रु पाँच लाख बजेट विनियोजन गरेको बडालले बताए। सफ्टवेयर खरिद गरेपछि केही दिनभित्र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रथम विन्दु मानेर सेवा दिइने बडालले बताए।
यसअघि त्यो क्षेत्रका नागरिकका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रथम विन्दु तोकिएको थियो। स्वास्थ्य बिमामा आबद्ध भएका नागरिकलाई प्रथम विन्दुबाट प्राप्त हुने सेवा सोही ठाउँमा उपलब्ध हुन्छ भने ‘रेफर’ गर्नुपर्नेलाई पनि सोही ठाउँबाट रेफर गर्नुपर्ने प्रावधान रहिआएको छ।
बैतडीमा २९ हजार ८३ परिवारका ५२ हजार जना स्वास्थ्य बिमामा आबद्ध भएका बडालले बताए। स्वास्थ्य बिमामा आबद्ध भएका सदस्यले रु एक लाखसम्मको उपचार निःशुल्क रूपमा पाउने गरेका छन्।
सामाग्री श्रोत :

काठमाडौं– सर्वोच्च अदालतले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई अदालतको अवहेलनामा किन कारबाही नगर्ने भनी उनको लिखित जवाफ माग्न आदेश दिएको छ ।
सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा बोलेको भन्दै थापाविरुद्ध अदालतको अवहेलनामा कारबाही हुनुपर्ने मागसहित सर्वोच्चमा निवेदन पेश भएको थियो ।
कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले उनको लिखित जवाफ माग्ने आदेश गरेको हो ।
केही दिनअघि एक कार्यक्रममा कांग्रेस महामन्त्री थापाले ५२ जना संवैधानिक पदाधिकारीहरुको मुद्दा ‘सर्वोच्च अदालतले डिल गरेको’ भन्ने अभिव्यक्ति दिएका थिए ।
यस्तै अदालतमा विचाराधीन मुद्दामा प्रतिकुल असर पर्ने गरी कुनै अभिव्यक्ति नदिन कांग्रेस महामन्त्री गगन थापालाई आदेश दिएको छ ।
थापाविरुद्ध पेश भएको अदालतको अवहेलनासम्बन्धी निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले ‘न्यायसम्पादनको न्यायिक प्रक्रियाको संवेदनशीलता समेत विचार गर्न’ भन्दै विचाराधीन मुद्दा अभिव्यक्ति नदिनू भनेको हो ।
सर्वोच्चले आदेशमा भनेको छ, ‘अदालतमा विचाराधीन मुद्दामा निष्पक्ष न्याय सम्पादनको न्यायिक प्रक्रियाको संवेदनशीलता समेतलाई विचार गरी अदालत समक्ष विचाराधीन मुद्दामा प्रतिकूल असर पर्ने गरी कुनै अभिव्यक्ति दिने कार्य नगर्नू नगराउनू ।’
वैयक्तिक स्वतन्त्रता निरपेक्ष नहुने भन्दै सर्वोच्चले विचाराधीन मुद्दामा संघीय संसद्को सदनमा समेत छलफल नगरिने मान्यता भएको भन्दै ध्यानाकर्षण गराएको हो । न्यायनिरुपणमा प्रतिकूल असर पर्नेगरी संसदमा समेत अभिव्यक्ति दिन नमिल्ने संवैधानिक व्यवस्था रहेको भन्दै सर्वोच्चले अन्यत्र दिने अभिव्यक्तिमा अझ संवेदनशील हुनुपर्ने आशयमा आदेश जारी गरेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ









