२०८३ बैशाख ३० बुधबार
२०८३ बैशाख ३० बुधबार

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामीहरुको उपचारमा संलग्न सबै सरकारी चिकित्सकहरुलाई कागजातमा आफ्ना सबै विवरण खुलाउन निर्देशन जारी गरेको छ।

मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले सबै संघीय अस्पताल तथा प्रतिष्ठानहरुलाई पत्राचार गर्दै अस्पतालमा उपचारका लागि आउने बिरामीको आवश्यकताअनुसारको रेडियोलोजी, प्रयोगशाला र अन्य परीक्षणमा सिफारिस गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीको पूरा नाम, विशेषज्ञता, काउन्सिल दर्ता नम्बर तथा सहि छाप बिरामी रिपोर्टमा खुलाउन भनेको छ।

निर्देशनले बिरामीको उपचार तथा फलोअपमा सहजता ल्याउने अपेक्षा गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए।

साथै, यस व्यवस्थाले अनावश्यक परीक्षण रोक्न तथा परीक्षण सम्भव हुँदा हुँदै अस्पतालबाहिर हुने रेफरसमेत रोक्ने अपेक्षा गरिएको छ।

हाल चिकित्सकीय विवरण पेस्क्रिप्सनमा पूरा नहुँदा बिरामीको उपचार तथा त्यसका क्रममा भएका खराबी पहिचानमा समेत समस्या परेको बताइन्छ।

अब चिकित्सकीय विवरण अनिवार्य गरिंदा त्यसले चिकित्सकलाई थप जिम्मेवार र जवाफदेही बनाउन समेत मद्दत मिल्ने विश्वास गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा बिरामीहरुलाई प्रभावकारी सेवा दिनका लागि उपचारात्मक सेवा सुधारमा जोड दिँदै आइरहेका छन् । जारी निर्देशनले यसमा मद्दत पुग्ने अपेक्षा गरिएको उनको निजी सचिवालयले जनाएको छ।

 

सामाग्री श्रोत :
swasthyakhabar

नमस्कार ! नमस्ते, नमस्ते, नमस्ते !

म कवीन्द्र सिटौला,

आज एउटा कविता सन्देश लिएर फेरि उपस्थित भएको छु यहाँहरूको समक्ष। यस घडिमा हामी जीवनमा, जहाँ जहाँ छौं, यो जीवन, यो पृथिवीमा हामी जहाँ छौं, सबैलाई हाम्रा जीवन यात्राका, हाम्रो शिशु अवस्थाका पहिला हाम्रा गुरु, माता, पितालाई सम्झूँ यस घडीमा।

हामी प्राथमिक शिक्षाको बेलामा जो हाम्रा गुरुहरू हुनुहन्थ्यो प्राथमिक स्कुल चाहे त्यो गाउँको होस्, चाहे शहरको होस् , हामी जहाँबाट आयौं त्यहाँका गुरुहरूलाई एकपटक सम्झौं जसले हामीलाई पारिवारिक प्राथमिक स्कुलमा ज्ञान दिन शुरु गर्नु भयो। माता पिता गुरुदेखि हाम्रा सबै स्कुलका गुरुहरूलाई यस घडिमा सबैलाई एक पटक सम्झिन अनुरोध गर्दछु।

नववर्ष २०८२ को सुखद् घडीमा सबैलाई शान्ति मिलोस्, समृद्धि मिलोस्, खुसी मिलोस्, आनन्द मिलोस् भन्ने मंगलमय शुभकामना अर्पण गर्दछु। यसै अवसरमा म एउटा कविता पनि लिएर आएको छु फेरि अमेरिकाबाट।

आन्दोलनरत आदरणीय शिक्षकहरू र सबैको अविभावक नेपाल सरकारलाई एउटा विशेष सन्देश दिन चाहन्छु।

आदरणीय शिक्षक महोदयहरू, गुरुज्यूहरू,

मेरो पहिलो कृति हृदयका स्पन्दनहरूबाट यहाँहरूलाई मेरो सिर्जना ‘शिक्षक ज्ञानको श्रीगणेश’बाट सम्मान गर्न गइरहेको छु। यहाँहरूले आफ्नो शैक्षिकक्षेत्रबाट अनवरत गर्दै आएको राष्ट्रसेवाको उच्च सम्मान गर्दै यहाँहरूको अभियान र नेपाल सरकारबीचमा अर्थपूर्ण सहमति हुन सकोस् भन्ने हार्दिक आग्रह र शुभेच्छा प्रकट गर्दै पूर्ण सफलताको शुभकामना ज्ञापन गर्दछु।

श्रद्धेय नेपाल सरकार,

शिक्षा नै राष्ट्रलाई द्रुत गतिमा अगाडि बढाउने सुख, शान्ति, समृद्धि र प्रगतिको आधार हो। शिक्षकहरू यसका मेरुदण्ड र संवाहक हुन् । उहाँहरूका मागहरूलाई सम्बोधन र सहमति हुन्छ भन्ने आग्रह, अनुरोध एवम् विश्वास राखेको छु।

साथै विद्यार्थीको ज्ञान, जीवन, भविष्य र सपनामा परिरहेको प्रतिकूल असरमा श्रद्धेय नेपाल सरकार, आदरणीय गुरुज्यूहरूबाट यथाशीघ्र सहमति भई शिक्षाको सम्मान होस् भन्ने कामना गर्दै, प्रार्थना गर्दै सम्पूर्ण आदरणीय शिक्षकज्यूहरूमा मेरो कविता “शिक्षक ज्ञानको श्री गणेश” समर्पण गर्दछु।

पृष्ठभूमि संगीत सौजन्यको लागि

अपरमिता युट्युब परिवारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु।

शिक्षक ज्ञानको श्रीगणेश

हे शिक्षक !
तिमी नै मेरो शिक्षाको श्रीगणेश गर्ने
जीवनपथमा ज्ञानको ज्योति फैलाउने
अज्ञानताको अँध्यारो हटाउने
अटुट प्रकाश हौ!
तिमी नै जीवनको पथप्रदर्शक हौ
तिमी नै मेरो जीवनको पथप्रदर्शक हौ
तिमी नै जीवनको पथप्रदर्शक भइरहनेछौ

अक्षर अक्षर आरम्भका प्रत्येक सूत्रहरू-
कपुरी क, कान्दानी का
बाइमात्रा, तलकुरे,
क बाट कलम, ख बाट खरायो
एक, दुई, तीन, एकलाई शुन्ना दश
ए ,वी, सी,डी, ए फर एप्पल, बी फर बस
दुई एकान दुई, दुई दुना चार
तारबाजी लै लै, मामा आए घोडा, माइज्यू आइन् डोली
ट्विङ्कल, ट्विंकल लिटिल स्टार
हाऊ आई वण्डर, ह्वाट यु आर!
ए स्क्वाएर, बी स्क्वाएर लगायत
अरू धेरै अपरिहार्य ज्ञान
सुसूचित गराउँदै औँला समाउँदै
चेतनाको उज्यालो प्रवाह फैलायौ
मलाई अचम्मको संसारमा प्रवेश गरायौ!

हे शिक्षक !
तिमी मेरो पुस्तकको अक्षर, शब्द र पानाहरू हौ!
तिमी नै मेरो वाक्य वाक्यको अर्थ हौ!
तिमी मेरो जीवनको
रहस्यमय ढोका खोलिदिने चाबी,
मेरो जीवनलाई बाटो देखाइदिने सहयोगी,
मेरो हरप्रश्न र उत्सुकताको उत्तर
मेरा हर समस्याको निराकारण तिमी नै हौ!

तिमी वेदव्यास, वाल्मीकि
अरू धेरै धेरै ऋषिमुनि र तपसी गुरुहरू हौ मेरो लागि!
तिमी मेरो मात्र होइन
समस्त मानवको ज्ञान र विज्ञानको
असीमित आकाश हौ! असीमित आकाश!
ज्ञानको बिम्व हौ तिमी, प्रतीक हौ प्रतीक!
नवनव सिर्जना देखाउँदै
तिमी मलाई विश्व देखाइदिने
ब्रह्माण्डको रहस्य बुझाइदिने
सृष्टिसित परिचय गराइदिने
मेरा दुईटा आँखालाई ज्योति दिने
ती आँखालाई पनि दृष्टि दिने
अझ सचेत अन्तर्दृष्टि दिने
सूक्ष्म चेतनाको अन्तर्चक्षु हौ!
तिमी नै मेरो कल्पना र सपनाको स्पन्दन हौ, स्पन्दन!

हे शिक्षक!
तिमी मेरो बाल्यकालको प्यारो साथी
मेरो जीवनको अनुशासन र आधारशिला हौ !
‘एकता नै बल हो’ भन्ने
जीवनको पहिलो मन्त्रको संकेत दिने
हातका पाँच औँला हौ!
मलाई लेफ्ट्, राइठ्, लेफ्ट् गराउँदै
देब्रे, दाईने, देब्रे गराउँदै
रेडी, अण्डर मार्क्
गेट् सेट्, गो गराउँदै
दौडाउने मेरो प्रगतिको गति हौ! गति!
मेरो लक्षको निसाना हौ!
मलाई जीवनको हारजितमा
स्थिर रहन सिकाउने, मेरो धैर्यता तिमी!

यति मात्र होइन,
तिमी राष्ट्रलाई उठाउने
वीर, वीराङ्गना, सहिद, समाजसेवी,
डाक्टर, इन्जिनियर, पाइलट, वकिल, न्यायाधीश,
उद्यमी, वैज्ञानिक, साहित्यकार, कलाकार, प्राध्यापक,
पत्रकार, किसान, खेलाडी, तालिम दिने कोच,
कर्मचारी, सैनिक, प्रहरी, सबै सबै राष्ट्रसेवक,
असल नागरिक
अनि
राष्ट्राध्यक्ष, सुयोग्य सपूतहरू, ऋषिमुनिहरू पैदा गर्ने
आमा हौ
हो, शिक्षक साँच्ची नै तिमी मातृतत्व हौ!

हे शिक्षक !
तिमी नैतिकता, जिम्मेवार र स्वाभिमान सिकाउने पिता हौ पिता
मलाई असल मानव बनाउने श्रद्वेय गुरु हौ
हो, मलाई असल मानव बनाउने तिमी श्रद्वेय गुरु हौ
तिमी स्वयम् नै सरस्वती र भगवानको दूत हौ
तिमीलाई दण्डवत गर्ने कुनै भाव नै बाँकी छैन
मसँग तिमीलाई अभिनन्दन गर्ने कुनै शब्द नै छैन
तिमीलाई बधाई दिने कुनै पुष्पहार नै छैन मसँग।

जो शिक्षक यस समय मसँग छैनौ
भौतिक रूपमा तिमी नभए पनि,
तिमी मेरो प्यारो सम्झनामा छौ
प्यारो सम्झनामा मेरो
तिमी अमर छौ!
तथापि
तिमीलाई श्रद्धाञ्जली अर्पण गर्ने
मेरो अञ्जुलीमा केही पनि छैन!
तिमीलाई चढाउने कुनै भेटी नै मेरो पासमा छैन,
शिक्षक केही पनि छैन!
किनकि
त्यो भन्दा धेरै धेरै माथि छौ तिमी!
त्यो भन्दा धेरै धेरै गहिराइमा छौ तिमी!

हो, त्यो भन्दा तिमी धेरै धेरै उच्च स्थानमा छौ तिमी!
गहिराइमा छौ तिमी!
तिमी मेरो हृदयको केन्द्रबिन्दुमा छौ-केन्द्रबिन्दुमा
मसँग तिमीलाई दिने केवल प्रेमको मुस्कान छ
आत्मीय सम्मान!
मात्र प्रेमको मुस्कान, अनि आत्मीय सम्मान!
मीठो सम्झनाको मुस्कान!
मीठो सम्झनाको मुस्कान।

श्रद्धेय गुरुदेवहरू, गुरु माताहरू!

हामी सृष्टि चक्रसँगै, सृष्टि चक्रको गतिसँगै, समयचक्रसँगै नयाँ युगमा प्रवेश गर्दैछौं, चेतनाको युगमा ! हाम्रो अँध्यारो युगलाई उज्यालो युगमा रूपान्तरण गर्न यहाँहरूको सबैभन्दा ठूलो भूमिका रहनेछ। मैले यहाँहरुलाई एउटा निवेदन पठाएको छु voiceofkabin मार्फत ।

मेरो भर्चुअल घर voiceofkabin.com मा गएर हेरिदिनु हुन र युग परिवर्तनको लागि आफूलाई तयारी अवस्थामा राख्नको लागि पनि हार्दिक अनुरोध गर्न चाहन्छु, आह्वान पनि गर्न चाहन्छु। हामीसँगै हुनेछौं हामी जानकारी गराउँदै हुनेछौं।

हार्दिक धन्यवाद।

तपाईँको जीवन तपाईंको परिवारको जीवन सुखमय होस्, शान्तिमय होस्, समृद्धमय होस्, आनन्दितमय होस्, यति भन्दै यो घडीमा म यहाँहरुबाट बिदा माग्न चाहन्छु।
यहाँहरूको सदा जय होस्
यहाँहरूको सदा जय होस्
यहाँहरूको सदा जय होस्।


सामाग्री श्रोत :

नेपालमा आन्दोलनरत शिक्षकहरू र अविभावक नेपाल सरकारलाई अमेरिकाबाट विशेष सन्देश

काठमाडौं– काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२ मा कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्तिको सम्पूर्ण विवरण पेस गर्न महानगरभित्रका विद्यालयलाई अनुरोध गरेको छ । 

महानगरले एक एक सूचना जारी गरी महानगरपालिका अन्तर्गत सञ्चालित संस्थागत विद्यालयहरूले कक्षा १ देखि १० सम्म छात्रवृत्ति उपलब्ध गराउँदा जेहनदार, विपन्न, असहाय तथा गरिब, अपाङ्ग, महिला, दलित, जनजाति, द्वन्द्व पीडित र शहीद परिवारका विद्यार्थीलाई समावेशी आधारमा गर्नुपर्ने स्मरण गराएको छ ।

महानगरले शैक्षिक सत्र २०८२ का लागि विद्यालयमा भर्ना भएका कूल विद्यार्थी सङ्ख्याको कम्तिमा दश प्रतिशतमा नघट्ने गरी ऐन बमोजिम छात्रवृत्ति उपलब्ध गराउन विद्यालयमा सूचना निकाली आवेदन लिइ यही जेठ पहिलो साताभित्र छात्रवृत्ति वितरणको व्यवस्था मिलाउन अनुरोध गरेको छ ।

Ncell 2
Ncell 2

महानगरपालिकाले छात्रवृत्ति छनोटको नामावली छनौट समितिको निर्णय मान्य हुने जनाएको छ । छनौट समितिमा सम्बन्धित वडाको वडाध्यक्ष वा निजले तोकेको वडा सदस्य– संयोजक, विद्यालयको प्रधानाध्यापक– सदस्य, महानगरपालिका शिक्षा विभागको सम्बन्धित विद्यालय हेर्ने विद्यालय निरीक्षक–शिक्षा अधिकृत– सदस्य र विद्यालय व्यवस्थापन समितिमा रहेका अभिभावक प्रतिनिधि १ जना– सदस्य रहने छन् ।

ktm-mahanagar-notice-1745986031.jpg

 

shivam cement
shivam cement


 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को क्षेत्रमा तीव्र रुपमा अगाडि बढिरहेको देश चीन विश्वकै सबैभन्दा धेरै एआई प्याटेन्ट हुने देश बन्न सफल भएको छ । विश्व बौद्धिक सम्पत्ति संगठन (World Intellectual Property Organization) ले हालै सार्वजनिक गरेको रिपोर्टअनुसार चीनसँग अहिले विश्वका ६० प्रतिशत एआई सम्बन्धी पेटेन्ट छन्।

यो तथ्याङ्क चीनको राष्ट्रिय बौद्धिक सम्पत्ति प्रशासन (National Intellectual Property Administration) का प्रमुख शेन चाङयुले स्टेट काउन्सिलद्वारा आयोजित एक पत्रकार सम्मेलनमा सार्वजनिक गरेका हुन् । कार्यक्रममा बोल्दै उनले चीनले पछिल्लो केही वर्षमा एआई प्रविधिसँग सम्बन्धित क्षेत्रमा बौद्धिक सम्पत्तिको नीति तथा व्यवस्थापनमा उल्लेखनीय सुधार ल्याएको उल्लेख गरेका थिए ।

एआईको दौड चीनले ढिला सुरु गरे पनि अन्य देशहरू भन्दा अहिले चीन धेरै अगाडि पुगिसकेको छ । जनसंख्याको हिसाबले ठूलो बजार भएको यो देशमा सरकारको समय सान्दर्भिक नीतिहरू बनेर पनि यो क्षेत्रमा काम गर्नेहरूलाई निकै सहज भएको छ । अमेरिकाले उच्चस्तरीय एनभिडिया चिप्समा निर्यात प्रतिबन्ध लगाएर चीनको एआई प्रगति रोक्ने प्रयास गरे पनि, चीनको एआई उद्योग अझै तीव्र गतिमा बढिरहेको छ । 

पछिल्लो अध्यावधिक: बैशाख १७, २०८२ ९:५२





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं। सत्तारूढ राजनीतिक दलको बैठक बस्दैछ।

शिक्षक आन्दोलन, चिकित्सक आन्दोलन, सहकारी आन्दोलन र कर्मचारी आन्दोलनलगायत लगातार काठमाडौंमा प्रदर्शन हुन लागे पछि सत्तारूढ दलको बैठक बस्न लागेको हो।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा सो बैठक बस्ने जनाइएको छ।

बैठक बिहान ११ः०० बजे बालुवाटारमा बस्ने प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ।


सामाग्री श्रोत :

सत्तारूढ घटक दलको बैठक बस्दै

अर्घाखाँची – पाणिनी गाउँपालिका–६ वडा कार्यालयले वाडका ४६ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्रा गराएको छ । 

वडाध्यक्ष कृष्णप्रसाद पौडेलका अनुसार उनीहरुलाई बागलुङ कालिका, म्याग्दीको तातोपानी कुण्ड र मुक्तिनाथको यात्रा गराइएको हो । यात्रामा ९० वर्षीया गोमा पौडेललगायत ज्येष्ठ नागरिक सहभागी थिए । वडाले आफूहरुका लागी तीर्थयात्राको व्यवस्था गरेकामा ७२ वर्षीय धाचाबहादुर रास्कोटीले आभार व्यक्त गरेका छन् । 

Ncell 2
Ncell 2

चालु आर्थिक वर्षका लागि स्वीकृत कार्यक्रमअन्तर्गत रु तीन लाख खर्चेर तीर्थयात्रा गराइएको हो । यात्रामा ४६ जना ज्येष्ठ नागरिक, जनप्रतिनिधि, कर्मचारी गरी ६५ जना सहभागी थिए ।

shivam cement
shivam cement

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

लस एन्जलस। भनिन्छ, आमाबाबुको कर्मको फल सन्तानले पनि पाउँछन्। कतिपय अवस्थामा अभिभावकको कारणले पनि बालबालिकालाई समस्याको सामना गर्नुपर्ने हुन्छ।

अमेरिकाको फ्लोरिडामा बस्ने एक महिलासँग यस्तै भएको छ। यी महिलाको नाम सारा ब्लेक चीक हो, जसले आफ्ना व्यक्तिगत तस्बिर र भिडियोहरू वन्ली फ्यान्समा बेच्ने गर्थिन्। यस्तो अवस्थामा मानिसहरू आफ्ना छोराछोरीलाई  ‘तिम्री आमाले अश्लिल काम गर्छिन्’ भनेर जिस्काउने गर्थे। यो सबै सुनेर बच्चाहरु रुन थाले।

तर, यस्तो अवस्थामा करोडौं रुपैयाँ कमाउने साराले सन्तानको लागि ठूलो निर्णय लिइन्। फ्लोरिडा निवासी सारा आफ्नो शहर छोडेर लस भेगास गइन्। अब साराले मानिसहरूको वास्ता गर्दिनन् र आफ्ना छोराछोरीलाई नयाँ जीवन दिइरहेका छिन्।

उनको १० वर्षीय छोरालाई एक पटक आइस हक्की खेल्नबाट प्रतिबन्ध लगाइएको थियो। तर, अब उही बच्चा लस भेगासमा राम्रो फुटबल कार्यक्रमको हिस्सा बनेका छन्। यसबाट सारा निकै खुसी छिन्।

३३ वर्षीया सारा चार सन्तानकी आमा हुन् र यसअघि फ्लोरिडामा ६ एकडको फार्ममा बस्दै आएकी थिइन्। तर जब मानिसहरूले उनको काम देखाउँदै वरपरकाले छोराछोरीलाई गाली गर्न थाले, उनले लस फ्लोरिडाबाट २००० माइल टाढा लस भेगासमा बस्ने निर्णय गरिन। साराले लास भेगासमा मानिसहरूले उनको काम र त्यहाँको वातावरण आफ्ना छोराछोरीका लागि राम्रो छ भन्दै अब प्रश्न नगरेको बताइन्।

सारा नोभेम्बर २०२० मा ‘वन्ली फ्यान्स’ मा सामेल भएकी थिइन्, त्यसपछि उनको जीवन परिवर्तन भयो। पहिले उनी सैलुन चलाउने गर्थि तर केवल ‘वन्ली फ्यान्स’ले उनलाई प्रसिद्धि र पैसा दुवै दियो।

तर, जब गत वर्ष उनको छोरालाई फ्लोरिडाको हक्की क्लबबाट निष्कासन मात्रै गरिएन, क्लबले परिवारको ‘अनुपयुक्त व्यवहार’ को कारणले उनका छोरालाई रिंकमा अनुमति नदिइएको भन्दै इमेल पठायो। यो सबै आफ्नो ‘अश्लिल काम’ का कारण भएको साराले बताइन्।

हक्की खेलको क्रममा स्ट्यान्डमा केही अभिभावकहरू बीच विवाद भयो, तर सारालाई यसको लागि जिम्मेवार ठहराइएको थियो। यो खबर सुनेर उनको छोरा रोयो र साराको मन दुख्यो। साराले आफ्ना छोराछोरीलाई यस्तो परिवेशमा नराख्ने निर्णय गरिन्, जहाँ उनीहरुको मेहनतलाई गलत अर्थ लागेको उनको बुझाइ रहेको छ। त्यसपछि उनले फ्लोरिडा छोडेर लस भेगास जाने निर्णय गरिन्।

अहिलले साराले लास भेगासमा नयाँ अवसर पाएको बताइन् र आफ्ना छोराछोरीहरू अहिले बच्चाहरूसँग छन्, जसका अभिभावकहरू उनीजस्तै खुला विचारका छन्। पाँच महिना अघि लस भेगास आएपछि साराको जीवन परिवर्तन भयो।

उनका फ्यानहरूले उनलाई पहिलो पटक उनी आफ्ना भिडियोहरूमा भन्दा अहिले धेरै खुसी र शान्त देखिएकी थिइन्। साराले फ्लोरिडामा आफूलाई नराम्रो बोल्ने मानिसहरूलाई छाडेर अहिले सम्बन्धविच्छेदबाट गुज्रिरहेको समेत बताइन्।

साराका छोराछोरीहरू अब लस भेगासमा अमेरिकाको उत्कृष्ट फुटबल कार्यक्रममा भाग लिइरहेका छन्। सारा आफै खेलकुद प्रशंसक हुन् र एनएफएलसँग सम्बन्धित मिडियामा काम गर्छिन्। यस वर्ष फेब्रुअरीमा उनी सुपर बाउलको रेड कार्पेट कार्यक्रम होस्ट गर्न लस भेगास गएकी थिइन्। त्यतिबेला उनलाई यो सहर यति मन पर्यो कि उनले त्यही बस्ने निर्णय गरिन्।

उनले भने कि लसभेगासमा मानिसहरू आफ्नो जीवनमा यति तल्लीन छन् कि अरूलाई न्याय र अन्याय गर्ने पनि समय छैन। उनलाई यहाँ कसैले अपरिचित ठान्दैन । सारा अब ‘रिल मी’ प्लेटफर्मको ब्रान्ड एम्बेसेडर छिन्, जहाँ उनी खेलकुद र मोडलिङको आफ्नो जोश सँगै बिताउँछन्।

उनको करियर पहिले भन्दा धेरै सफल भएको छ। साराले लास भेगासमा आफू जस्तै काम गर्ने महिला रहेको बताइन्। उनी अब एक्लो महसुस गर्दिनन्। उनले यो सहर आफ्नो जीवनको सबैभन्दा रमाइलो ठाउँ भएको बताइन, जहाँ कसैले कसैको वास्ता गर्दैन।

साराको कथा ती सबै महिलाहरूका लागि उदाहरण हो, जो आफ्नो कामका कारण भेदभावको सामना गरिरहेका छन्। उनी भन्छिन् कि या त आफ्नो परिवेश बदल्नुहोस् वा मिहिनेत गरिरहनु होस्, अन्त्यमा जित तपाइँको हुनेछ। सारा र उनका छोराछोरी अहिले लस भेगासमा सुखी जीवन बिताइरहेका छन् र आफ्नो सपना पनि पूरा गरिरहेका छन्।


सामाग्री श्रोत :

साराले छाडिन् करोडौं कमाउने ‘वन्ली फ्यान्स’को अश्लिल जब

डोटी – धनगढीबाट बैतडीको पुर्चौडी गइरहेको सूपप्र ०२००१ ज ०५६७ नम्बरको जिप डोटीको जोरायल गाउँपालिका–२ मेलखोला स्थित भीमदत्त राजमार्गमा गए राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद शर्माका अनुसार दुर्घटनामा ४५ वर्षीय हर्कबहादुर नेगीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते हुनुभएका नेगीलाई धनगढीस्थित माया मेटो अस्पतालका डाक्टरले उपचार गर्नुपूर्व नै मृत घोषणा गरेका थिए ।  

Ncell 2
Ncell 2

बैतडी डिलासैनी गाउँपालिका–४ का २७ वर्षीय धीरेन्द्र नेगी, ४४ वर्षीय जगदीश जोशी, ५३ वर्षीय रामबहादुर नेगी, ६५ वर्षीया धना नेगी, २८ वर्षीय वीरबहादुर नेगी र चालक २४ वर्षीय अशोक बम घाइते भएका छन् । घाइतेमध्ये ६५ वर्षीया धना र चालक बमको अवस्था गम्भीर छ । घाइतेहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

shivam cement
shivam cement

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

नयाँदिल्ली। आईपीएलको ४८ औँ खेलमा कोलकाता नाइट राइडर्स (केकेआर) ले दिल्ली क्यापिटल्स (डीसी) लाई १४ रनले पराजित गरेको छ। दिल्लीको अरुण जेटली स्टेडियममा टोलीले ८ वर्षपछि जित हात पारेको हो। उसको अन्तिम जित २०१७ को सिजनमा थियो।

मंगलबार दिल्लीले टस जितेर बलिङ रोजेको थियो। कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर २०४ रन बनाएको थियो। यो सँगै कोलकाताले २८ औं पटक २०० प्लस बनाउन सफल भएको छ। २०५ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १९० रन बनायो। फाफ डु प्लेसिसले ६२, अक्षर पटेलले ४३ र विपराज निगमले ३८ रन बनाउन सफल भएका।

खेलको प्लेयर अफ द म्याच केकेआरका सुनिल नारायण भए। उनले ३ विकेट लिएका थिए। उनले केएल राहुललाई पनि रनआउट गरेका हुन्। वरुण चक्रवर्तीले २ विकेट लिए। अनुकुल रोय, वैभव अरोरा र आन्द्रे रसेलले समान एक-एक विकेट लिए।

अङ्क्रिश रघुवंशीले ४४ र रिंकु सिंहले ३६ रनको योगदान दिए। दिल्लीका मिचेल स्टार्कले ३ विकेट लिएका थिए। दिल्ली क्यापिटल्सः अक्षर पटेल (कप्तान), फाफ डु प्लेसिस, अभिषेक पोरेल, करुण नायर, केएल राहुल (विकेटकीपर), ट्रिस्टन स्टब्स, विप्रराज निगम, मिचेल स्टार्क, कुलदीप यादव, मुकेश कुमार र दुष्मन्थ चमेरा।

कोलकाता नाइट राइडर्सः अजिंक्य रहाणे (कप्तानं), सुनील नारायण, रहमानउल्लाह गुरबाज (विकेटकिपर), भेंकटेश अय्यर, रिंकु सिंह, अङ्क्रिश रघुवंशी, आन्द्रे रसेल, रोभमान पावेल, हर्षित राना, अनुकुल रोय र वरुण चक्रवर्ती।


सामाग्री श्रोत :

घरेलु मैदानमा दिल्लीलाई हराउँदै कोलकाता १४ रनले बिजयी

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ ।
सामाग्री श्रोत :
नेपाललाइभ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट