२०८३ बैशाख २९ मंगलवार
२०८३ बैशाख २९ मंगलवार

काठमाडौं- नेपाल फार्मेसी परिषद्को अध्यक्षमा प्रज्वलजङ्ग पाण्डे नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै पाण्डेलाई थप चार वर्षका लागि परिषद्को अध्यक्ष पदमा नियुक्त गरेका हुन्।

पाण्डे यसअघि पनि परिषद्को अध्यक्ष थिए। 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले नेपालमा बालश्रम उन्मूलन गरेर अन्तरराष्ट्रिय मञ्चमा गरेको प्रतिबद्धता पूरा गरी सफल स्थापित हुनुपर्ने बताएका छन।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आज ललितपुरमा आयोजित कृषिमा बालश्रमसम्बन्धी राष्ट्रिय संवादमा कार्यक्रममा बोल्दै विश्व समुदायमा बालश्रम उन्मूलन गर्ने सन्दर्भमा नेपालले अन्तरराष्ट्रिय मान्यतालाई पालना गर्दै संविधान, ऐन, कानुन र कार्यविधिमार्फत सम्बोधन गरेको बताए।

उनले भने, ‘कृषि क्षेत्र धेरै मजदुर छन। डोल्पा र मधेसका कतिपय ठाउँमा विद्यालय जानेको संख्या एकदम न्यून छ, मानसिकता नै कमजोर छ, यसलाई परिवर्तन गर्नुपर्ने छ, हामीले दिगो विकासका लक्ष्य परिपूर्ति गर्न बालश्रम उन्मूलनलाई व्यवहारमा उतार्नुपर्छ।’

उनले बालश्रम उन्मूलनका लागि तीनै तहका सरकारले जोड दिनुपर्ने छ भन्दै स्थानीय तहमा बालश्रम उन्मूलन नभएसम्म प्रदेश र सङ्घले पनि घोषणा गर्न सकिँदैन भन्नेमा ध्यानाकर्षण गराए।

‘सचेतना अभिवृद्धि महत्त्वपूर्ण छ, बालश्रम उन्मूलनका लागि जसको लागि ऐन कानुन बनेको छ, उसलाई नै थाहा भएन भने काम हुँदैन, बालबालिकालाई विद्यालय जान पाउने, आर्थिक अधिकारमा सबल हुने वैकल्पिक व्यवस्थाका बारेमा पनि सोच्नुपर्ने छ,’ उनको भनाई छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव चक्रपाणि पाण्डेले बालबालिकाको संरक्षण, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत अधिकारहरु सुरक्षित गर्दै कृषि क्षेत्रमा रहेको बालश्रम अन्त्य गर्नुपर्ने बताए। उनले कृषि क्षेत्रमा रहेको ८७ प्रतिशत बालश्रमलाई अन्त्य गर्न यसलाई कानुनीरुपमा परिभाषित गर्दै प्रचार प्रसार गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए।


सामाग्री श्रोत :

बालश्रम अन्त्य गरी विश्व मञ्चमा गरिएका प्रतिबद्धता पूरा गर्नुपर्छः श्रममन्त्री

काठमाडौं–  प्रतिपक्षी एकीकृत समाजवादीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न विषयमा मागपत्र बुझाएको छ । एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा पार्टीका नेताहरूले प्रधानमन्त्री ओलीलाई मुलुकको आर्थिक, सामाजिकलगायतका क्षेत्रमा सुधारका लागि गर्नुपर्ने कामबारे मागपत्र बुझाएका हुन् । 


प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार ओलीलाई एकीकृत समाजवादीले बुझाएको मागपत्रमा मुलुक बेरोजगारी र कुशासनबाट मुक्त हुन नसकेको उल्लेख गर्दै व्यवस्थामा सुधार गर्नुपर्ने माग गरिएको छ । ‘हाम्रो अपमानपूर्ण इतिहासलाई बदल्न, हाम्रो राजनीतिका नालायकीबाट शिक्षा लिन, बरालिएको राजनीतिलाई राष्ट्र निर्माणमा फर्काउन र लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै समृद्धि र समाजवादका आधार तयार गर्ने एउटा सार्थक राजनीतिका लागि ढिलो भैसकेको छ,’ मागपत्रमा उल्लेख छ, ‘त्यसबाट आजको राजनीतिक अस्थिरता, अन्योल, निराशा, उकुसमुकुस र आक्रोश उत्पन्न भैरहेको छ । समयको यही मागलाई दृष्टिगत गरेर हाम्रो पार्टीले ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ नाराका साथ मुलुकका सामु प्रस्तावका अगाडि सारेको छ ।’

एकीकृत समावादीले कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, पर्यटन, सूचना प्रविधि, पूर्वाधार, सुशासन, विदेश नीति लगायतका विषयमा आफ्ना धारणा राखेको छ । त्यस्तै, संविधान कार्यान्वयनको विषयमा पुनरावलोकन गर्नुपर्ने प्रस्ताव पनि एकीकृत समाजवादीको छ ।

राजावादीहरूले गत चैत १५ मा तीनकुनेमा गरेको प्रदर्शन, आगजनी, लुटपाट, तोडफोडका क्रममा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड भएकाले त्यसको उचित क्षतिपूर्तिका लागि पनि अध्यक्ष नेपालले सरकारसँग माग गरेका थिए ।

मागपत्र बुझ्दै प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटको पूर्वसन्ध्यामा सुझाव दिएकोमा धन्यवाद दिँदै नीति तथा कार्यक्रमको अन्तिम तयारी भइसकेकाले बजेट निर्माणका क्रममा यी सुझावलाई समेट्ने कोसिस गर्ने बताएका थिए ।

Ncell 2
Ncell 2

प्रधानमन्त्री ओलीले प्रतिगामी र अतिवादी तत्वहरूका अवाञ्छित क्रियाकलाप भइरहेको सन्दर्भमा त्यस्ता क्रियाकलापको विरोध हुनुपर्नेमा जोड दिएका थिए ।

एकीकृत समाजवादीको प्रतिनिधिमण्डलमा अध्यक्ष नेपालका साथै वरिष्ठ नेता प्रवेश हमाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्षहरू प्रकाश ज्वाला, गंगालाल तुलाधर, भानुभक्त जोशी, महासचिव घनश्याम भुसाल, सचिव सावित्राकुमारी भुसाललगायत सहभागी थिए ।

प्रधानमन्त्रीसँग एकीकृत समाजवादीको प्रतिनिधिमण्डलले करिब एक घन्टा भेटघाट गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । त्यस क्रममा प्रधानमन्त्री र एकीकृत समाजवादीका नेताहरूबीच समसामयिक राजनीतिक विषयमा अनौपचारिक कुराकानी र विगतका कतिपय घटनाहरूको स्मरण गरिएको बताइएको छ ।

shivam cement
shivam cement

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

 

काठमाडौँ । भारत कर्नाटक राज्यको उच्च अदालतले इन्ड-टु-इन्ड इन्क्रिप्टेड ईमेल सेवाप्रदायक प्रोटोनमेललाई देशभर ब्लक गर्न आदेश दिएको छ । एम मोसर डिजाइन एसोसिएटेड इन्डिया प्रालिले गत जनवरीमा दायर गरेको मुद्दामा सुनुवाइ गर्दै मङ्गलबार अदालतले प्रोटोन मेल ब्लक गर्ने आदेश दिएको हो । 

कानुनसम्बन्धी जानकारी दिने भारतीय सञ्चारमाध्यम ‘लाइभ ल’का अनुसार उजुरीमा कम्पनीका कर्मचारीले आफूलाई अश्लीलजन्य सामग्री भएको ईमेल आएको दाबी गरेका थिए । खासगरी ईमेलमा अश्लील, अपमानजनक र अभद्र भाषा, एआई निर्मित डिपफेक तस्बिर र अन्य यौनजन्य आपत्तिजनक सामग्री समावेश भएका ईमेल उक्त प्रोटोनमेलमार्फत आएको उनीहरूको आरोप थियो ।

त्यसैको सुनुवाइमा न्यायाधीश एम नागप्रसन्नाले भारत सरकारलाई ‘सूचना प्रविधि ऐन, २००८ को धारा ६९ ए र सूचना प्रविधि नियम, २००९ को नियम १० बमोजिम प्रोटोनमेल ब्लक गर्न प्रक्रिया सुरु गर्न आदेश दिएका हुन् ।

“जबसम्म भारत सरकारले यस्तो कारबाही अघि बढाएर टुङ्ग्याउँदैन, तबसम्म आपत्तिजनक युनिफर्म रिसोर्स लोकेटर तुरुन्तै ब्लक गरिनुपर्छ,” आदेशमा थप भनिएको छ ।

यो समाचार तयार पार्दासम्म प्रोटोनमेल भारतमा पहुँचयोग्य नै छ । भारतमा यस प्लेटफर्ममाथि प्रतिबन्धको खतरा देखिएको यो दोस्रो पटक हो । गत वर्षको सुरुवातमा प्रोटोनमेल मार्फत बम विष्फोटका झुटो धम्की पठाइएको रिपोर्ट आएपछि कम्पनीले ‘स्विस कानुन विपरीत हुने उद्देश्यका लागि प्रोटोन सेवाको प्रयोगको कडा विरोध गर्ने’ बताएको थियो ।

प्रोटोनले स्विस कानुन अन्तर्गत विदेशी अधिकारीलाई कुनै पनि डेटा हस्तान्तरण गर्न अनुमति नभएको बताउँदै आएको छ । यद्यपि गैरकानुनी गतिविधिलाई सम्बोधन गर्न बाह्य एजेन्सीसँग सहकार्य गर्न सक्ने स्विस अधिकारीको आदेशको पालना गर्न भने कम्पनी बाध्य छ ।

“इन्ड-टु-इन्ड इन्क्रिप्सनको अर्थ प्रयोगकर्ताको ईमेल, फाइल, क्यालेन्डर र पासवर्डमा बलियो गोपनीयता सुरक्षा हुन्छ । तर स्विस कानुन विपरीतका उद्देश्यका लागि प्रोटोनमेल प्रयोग गर्न अनुमति छैन,” कम्पनीले भनेको छ । 

पछिल्लो अध्यावधिक: बैशाख १७, २०८२ १६:८





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दैछ।

शिक्षामन्त्रीसँगको वार्ता सकिएपछि बैठक बस्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा नेपाल शिक्षक महासंघले अघि सारेका केही मागहरू सम्बोधन गर्ने तयारी गरिएको बताइएको छ।

सरकारसँग विगतमा भएका सहमति सम्बोधन हुने गरी विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने एकसूत्रीय माग अघि सारेर देशभरका शिक्षकहरूले संघीय राजधानी काठमाडौंमा आन्दोलन गरिरहेको आज २९ दिन पुगिसकेको छ।


सामाग्री श्रोत :

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै, शिक्षकका माग सम्बोधन होलान्?

काठमाडौं– सर्वोच्च अदालतले रेशम चौधरीलाई पक्राउ गर्न  जारी भएको पत्र आधिकारिक नभएको बताएको छ ।

कारागार कार्यालय डिल्लीबजारलाई पत्र लेख्दै सर्वोच्चबाट नाउपाका संस्थापक चौधरीलाई पक्राउ गर्न  जारी भएकाे पत्र आधिकारिक नभएको दाबी गर्दै यसअघि पठाएकाे पत्र आधिकारिक नभएकाे भन्दै त्यसलाई कार्यान्वय नगर्न नयाँ पत्र पठाएको हो ।

Ncell 2
Ncell 2

साथै, पक्राउ परेका चौधरीलाई तत्काल थुनामुक्त गरिदिन अनुरोध गरेको छ । आन्तरिक छानबिनपछि त्यो पत्र कार्यान्वयन नगर्न भन्दै कारागार प्रशासन र प्रहरीलाई अर्को पत्र पठाइएको सर्वोच्च अदालतले जनाएको छ । 

shivam cement
shivam cement

पत्रमा भनिएको छ, ’अदालतको मुद्दा तथा रिट महाशाखा उल्लेख भई च.नं. १९२७७, मिती २०८२।१।१७ मा कैदमा राख पठाईएको सम्बन्धमा भन्ने विषयमा श्री कारागार कार्यालय डिल्लीबजारका नाममा लेखिएको पत्र यस अदालतको आधिकारीक पत्र नभएको हुँदा उक्त पत्र कार्यान्वयन नगरी उक्त पत्र बमोजिम कैलाली जिल्ला साविक दुर्गौली गा.वि.स.वडा नं. ८ हाल जानकी गाँउपालिका वडा नं. ६ घर भएका लालविर चौधरीको छोरा रेशमलाल चौधरी पक्राउ परेको भए तत्काल कैद / थुनामुक्त गरिदिनुहुन अनुरोध छ ।’

त्यस्तै अदालतल कारागार कार्यालय डिल्लीबजार काठमाडौंलाई अनधिकृत पत्र लेख्ने शाखा अधिकृतमाथि कारबाही प्रक्रिया सुरु भइरहेको जनाएको छ । अनधिकृत रुपमा सो पत्र लेख्ने अधिकृतलाई कानून बमोजिमको कारबाहीको प्रकृया सुरु गरिएको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

 

काठमाडौँ । विशाल स्टोरेज क्षमता चाहने स्मार्टफोन पारखीहरूका लागि नेपाली बजारमा नयाँ फोन भित्रिएको छ । हालै चिनियाँ ब्रान्ड अनरले आफ्नो नयाँ स्मार्टफोन अनर एक्स एट सी (Honor X8c) सार्वजनिक गरेको छ । यो फोनले ५१२ जीबीको इन्टर्नल स्टोरेज प्रदान गर्छ । कम्पनीले यो प्राइस रेन्जमा यति धेरै स्टोरेज दिने यो नै पहिलो फोन भएको दाबी गरेको छ ।

मार्स ग्रीन रङ र विशेष बनावटमा उपलब्ध यो फोनमा ६.७ इन्चको एमोलेड डिस्प्ले, २८०० निट्सको म्याक्सिमम ब्राइटनेस र १२० हर्जको रिफ्रेस रेट रहेको छ । फोटोग्राफीका लागि फोनमा ईआईएस र ओआईएस सहितको १०८ मेगापिक्सेल मुख्य क्यामेरा, ५ मेगापिक्सेल अल्ट्रा वाइड क्यामेरा र ५० मेगापिक्सेल सेल्फी क्यामेरा रहेको छ । यसमा एआई इरेजर जस्ता आधुनिक फिचरहरू पनि उपलब्ध छन् ।

एन्ड्रोइड १५ मा आधारित यो फोन क्वालकम स्न्यापड्रागन ६८५ प्रोसेसरबाट सञ्चालित छ । यसमा म्याजिक ओएस नाइनको यूआई छ । त्यस्तै यसमा ३५ वाटको फास्ट चार्जिङसहित ५००० एमएएचको ब्याट्री छ । ८ जीबी र्‍यामलाई भर्चुअल रूपमा थप ८ जीबीसम्म बढाउन सकिन्छ ।

यो फोनको सबैभन्दा ठूलो विशेषता भनेकै यसको ५१२ जीबी इन्टर्नल स्टोरेज हो । साथै, यो फोन आईपी६४ रेटिङको साथ आउँछ । नेपाली बजारमा यो फोनको मूल्य ३३ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

यदि तपाईंले मे १० तारिखभित्र यो फोन खरिद गर्नुभयो भने चार हजार ९९९ रुपैयाँ पर्ने अनर च्वाइस इयरबड्स एक्स सेभेन लाइट मात्र दुई हजार ८२ रुपैयाँमा पाउनुहुनेछ । ग्राहकले दराज लगायत अन्य आधिकारिक स्टोरहरूबाट यो फोन किन्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: बैशाख १७, २०८२ १६:४४





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं – वीरगन्जको नारायणाी अस्पतालमा क्यान्सरको किमोथेरापी सेवा सुरु भएको छ। भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा मधेश प्रदेशको वीरगन्जस्थित नारायणी अस्पतालमा क्यान्सर बिरामीका लागि किमोथेरापी सेवा सुरु भएको हो। 

सातै प्रदेशमा क्यान्सर उपचार सेवालाई विस्तार गरिने स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको योजना अनुरुप गत भदौ २५ गतेदेखि नारायणी अस्पतालमा क्यान्सर ओपिडी सेवा सञ्चालन भइरहेको छ। 

सात प्रदेशमध्ये मधेश र कोशी प्रदेशमा क्यान्सर उपचार सेवा प्रदान गर्नका लागि प्राविधिक सहयोग गर्ने जिम्मेवारी स्वास्थ्य मन्त्रालयले भक्तपुर क्यान्सर अस्पताललाई दिएको थियो। यसअघि नारायणी अस्पतालले क्यान्सर स्क्रिनिंग तथा ओपिडी सेवा मात्रै प्रदान गर्दै आएको भक्तपुर क्यान्सर अस्पतालका निमित्त निर्देशक डा उज्वल चालिसे बताए। 

‘मधेश प्रदेशमा ओपिडी परीक्षण भएपनि किमोथेरापी सहितको सेवा यसअघि सञ्चालन गरिएको थिएन’, आजदेखी सुरु भएको छ’ डा चालिसेले भने ‘अब क्यान्सर उपचारका लागि काठमाडौं लगायत अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य भएको छ।’ यो सँगै दुवै भक्तपुर क्यान्सरले जिम्मेवारी पाएको दुवै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार भएको डा चालिसेले बताए। 

स्तन क्यान्सरको उपचार गराइरहेकी एक महिलालाई किमोथेरापी दिएर उक्त सेवाको सुरुवात गरिएको डा चालिसेले बताए। आगामी दिनमा प्यालिएटिभ केयर पनि सुरुवात गरिने उनले जानकारी दिए। 

भक्तपुर क्यान्सर अस्पतालका मेडिकल अंकोलोजिष्ट डा प्रभु शाहको नेतृत्वमा किमोथेरापी सेवा सुरुवात गरिएको थियो। निर्देशक डा चालिसेले सेवामा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

नारायणाी अस्पतालमा क्यान्सर ओपिडी सञ्चालनका लागि भक्तपुर अस्पतालले चिकित्सक पठाउँदै आइरहेको छ। एक पटकको परीक्षणमाा २०,२५ जना बिरामीले उपचार सेवा लिने गरेका छन् ।अस्पतालमा उपचारका लागि आउने बिरामीहरुमा नाक, कान घाँटीको क्यान्सर बढी देखिएको डा चालिसेले बताए । तुलनात्मक रुपमा सूर्तीजन्य पदार्थको बढी सेवन हुने कारण नाक तथा घाँटीको क्यान्सर मधेस प्रदेशमा बढी देखिएको डा चालिसे बताउँछन्। 

कोशीमा किमोथेरापी सहितको सेवा यसअघि नै प्रदान भइरहेको छ। आवश्यक परेमा भक्तपुर क्यान्सर अस्पतालले प्राविधिक सहयोग गर्दै आइरहेको छ। कोशीमा क्यान्सर उपचारका लागि विशेषज्ञ चिकित्सकको अभाव नभएका कारण यसअघि नै सञ्चालनमा किमोथेरापी सेवा सञ्चालनमा थियो।  शल्यक्रियाको समयमा भने अस्पतालले चिकित्सक भने पठाउने गरेको छ।

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न पत्र लेख्ने सर्वोच्च अदालतका अधिकृत महिमानसिंह बिष्ट आफैं पक्राउ परेका छन् । स्रोतका अनुसार उनलाई पक्राउ गरेर जिल्ला प्रहरी परिसरमा राखिएको छ ।

सर्वोच्चका अधिकृत बिष्टले प्रहरीलाई पत्र लेख्दै रेशम चऔधरीलाई पक्राउ गर्न पठाएका थिए । उनले लेखेको प्त्र अनाधिकृत भएको भन्दै उनलाई हिरासतमा लिइएको बताइएको छ । उनले लेखेको पत्रकै आधारमा प्रहरीले चौधरीलाई पक्राउ गरेर डिल्लिबजार कारागार चलान गरेको थियो ,

रेशमलाई रिहा गर्न सर्वोच्च अदालतले पत्र पठाउने भएको छ । बुधबार बिहान जारी भएको भनिएको पत्र आधिकारिक नभएको भन्दै सर्वोच्च अदालतले कारागार कार्यालय डिल्लीबजारलाई अर्को पत्र पठाएर चौधरीलाई रिहा गर्ने तयारी गरेको हो ।

सर्वोच्च प्रशासनको बैठकमा विष्टसँग पत्र लेख्नुको आधार सोधिएको थियो । उनले आफ्नै विवेकले पत्र लेखेको बयान दिएका थिए ।


सामाग्री श्रोत :

रेशम चौधरीलाई पक्राउ गर्न पत्र काट्ने सर्वोच्चका कर्मचारी आफैं पक्राउ

काठमाडौं – सिंहदरबारमा सरकार र शिक्षक महासंघबीच वार्ता सुरू भएको छ। शिक्षामन्त्री रघुजी पन्तको उपस्थितिमा अहिले वार्ता जारी छ।

शिक्षा ऐनलाई बटमलाइन बनाएर शिक्षकहरू २९ दिनदेखि सडक आन्दोलनमा छन्। यसअघि हिजो र अस्ति रातिको वार्तामा भएका द्विपक्षीय कुराकानीमा टेकेर आज सहमति हुने मन्त्रालय स्रोतले जनाएको छ। आजको वार्ता ‘निर्णायक’ बनाउने भन्दै मन्त्री पन्तले तयारी गरेको स्रोतले बतायो।

Ncell 2
Ncell 2

महासंघले मन्त्रिपरिषद् बैठकबाट निर्णय गर्ने गरी तत्काललाई ९ वटा माग बुझाएको र त्यसकै वरिपरि रहेर सहमति गर्ने तयारी भएको बताइएको छ।

 

shivam cement
shivam cement

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट