

काठमाडौं। सरकारले गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिको सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर सिफारिस समितिको रिक्त सदस्यमा महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको हो।
यसअघि १० चैतमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा गठित समितिका सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि अधिकारीलाई समितिको सदस्यमा नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो।
यस्तै बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम समेत पारित गर्ने निर्णय गरेको छ। सरकारले आगामी शुक्रबार नीति तथा कार्यक्रम ल्याउँदैछ।
सामाग्री श्रोत :
काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमको सञ्चालक समितिले बिहीबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो।
निगमले इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेर आएकाले मूल्य समायोजन गरिएको जनाएको छ। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा १ रुपैयाँले मूल्य घटाइएको छ।
यस्तै हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर रु ४ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर २९ डलरका दरले घटाइएको छ भने पोखरा र भैरहवाका लागि ब्रेक इभन पोइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ।
नयाँ मुल्यअनुसार अब पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १५५.५०, दोस्रोमा १५७ र तेस्रोमा १५८ रुपैयाँ भएको छ भने डिजेल पहिलो वर्गमा १४२.५०, दोस्रोमा १४४ र तेस्रोमा १४५ रुपैयाँ भएको छ।

सामाग्री श्रोत :

काठमाडौं –आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ
बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय लिएको सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
सरकारले आगामी शुक्रबार वैशाख १९ गते नीति तथा कार्यक्रम ल्याउँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ । एलजी इलेक्ट्रोनिक्सले आउँदो ३० जुन देखि आफ्ना सबै मोबाइल फोनको सफ्टवेयर अपडेट सेवा बन्द गर्ने घोषणा गरेको छ । एक सूचना जारी गर्दै कम्पनीले अबदेखि आफ्ना मोबाइलमा सफ्टवेयर अपग्रेड र अपडेटसम्बन्धी सेवा स्थायी रूपमा बन्द गरिने जानकारी दिएको हो ।
चार वर्षअघि नै कम्पनीले स्मार्टफोन बजारबाट बाहिरिने घोषणा गरेको थियो । जारी सूचना अनुसार अब एलजीले आफ्नो मोबाइल सफ्टवेयर अपग्रेड, अपडेट सेन्टर (एप सेवा) र एलजी ब्रिज (पीसी टुल) सबै सेवाहरू बन्द गर्दैछ । यी सबै सेवा ३० जुनपछि बन्द हुनेछन् ।
सेवा बन्द भएपछि कुनै पनि एलजी मोबाइल फोनमा सफ्टवेयर अपडेट उपलब्ध नहुने एलजीले स्पष्ट पारेको छ । त्यसैले प्रयोगकर्तालाई उक्त म्याद अगावै आवश्यक परेमा सफ्टवेयर अपडेट गर्न सुझाव दिइएको छ ।
साथै, एप अपडेट सेवा पनि बन्द हुने भएकाले कुनै कारणवश रिमुभ भएका डिफल्ट एपहरू पुनः डाउनलोड गर्न नपाइने चेतावनी कम्पनीले दिएको छ ।
एलजीले मोबाइल फोन निर्माण व्यवसाय २०२१ मै बन्द गरिसकेको भए पनि, यसअघि बिक्री भएका उपकरणमा केही समयसम्म सफ्टवेयर सेवा उपलब्ध गराउँदै आएको थियो । अब उक्त सेवा पनि पूर्ण रूपमा अन्त्य हुँदैछ ।
पछिल्लो अध्यावधिक: बैशाख १७, २०८२ १३:२४
सामाग्री श्रोत :
टेक पाना

काठमाडौं। काठमाडौं महानगरपालिका–८ गुहेश्वरी पञ्चकुमारी मार्ग नजिक सडक पेटीमा एक महिला मृत अवस्थामा फेला परेकी छन्।
हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिला आज मृत अवस्थामा फेला परेकी केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए।
उनले भने, ‘गुहेश्वरी पञ्चकुमारी मार्ग नजिक एक महिला मृत अवस्थामा फेला पर्नुभएको छ। यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ।’
सामाग्री श्रोत :

काठमाडौं – शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरुसँग ९ बुँदे सहमतिमा पुगेको जानकारी दिएका छन्।
वार्तापछि पत्रकार सम्मेलनमा शिक्षकहरुको माग पूरा गर्दा सरकारलाई ८ अर्ब रुपैयाँ थप दायित्व पर्ने उनले जानकारी दिए।
त्यस्तै, मन्त्री पन्तले मन्त्रिपरिषदको आजैको बैठक शिक्षकसँग भएको सहमित कार्यान्वयन गर्ने निर्णय गरेको बताए। उनका अनुसार आजैबाट सहमति कार्यान्वयनको बाटामा अघि बढेको छ।
सात बुदाको जगमा टेकेर शिक्षा मन्त्रालयले सहमति गरेको हो। त्यसका लागि शिक्षामन्त्री पन्तले निर्तमान शिक्षामन्त्री विद्या भट्टराईलाई धन्यवाद दिए।
यी हुन् ९ बुदे सहमति
१) शिक्षकहरूको स्वास्थ्य उपचारका सम्बन्धमा काठमाडौँमा अवस्थित निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई सहुलियत उपलब्ध गराउने व्यवस्था गर्ने।
२) अस्थायी प्रकृतिका शिक्षक – राहत,अस्थायी, साबिक उमावि, सिकाई अनुदान, प्राविधिक धार, विशेष शिक्षा र बाल विकास सहजकर्ताको बिरामी बिदा सञ्चित हुने र सो बापतको रकम अवकाश भएका बखतमा एकमुष्ट प्राप्त गर्ने।
३) प्रारम्भिक बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिकका सम्बन्धमा नेपाल सरकारबाट तोके बमोजिम व्यवस्था गर्ने।
४) आगामी आर्थिक वर्ष २०८२/८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक तृतीय, प्राथमिक द्वितीय, निम्न माध्यमिक तृतीय र माध्यमिक प्रथम श्रेणीका शिक्षकहरूको लागि निजामती सरह ग्रेड सङ्ख्या र रकम कायम गर्ने।
५) स्थायी तथा अस्थायी प्रकृतिका कोटा (राहत, अस्थायी, करार साविक उमावि, प्राविधिक धार र विशेष शिक्षा) का सबै शिक्षकले प्रचलित कानुन बमोजिम दुर्गम भत्ता पाउने व्यवस्था गर्ने।
६) सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक तथा कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न नियमावलीमा व्यवस्था गर्ने।
७) नेपाल सरकारको मर्यादाक्रम सूचीमा शिक्षकहरूलाई समावेश गर्ने।
८) नेपाल शिक्षक महासङ्घको आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण शिक्षक, सुरक्षाकर्मी, कर्मचारी तथा पत्रकारहरूको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने।
९) निम्न माध्यमिक तह प्रथम श्रेणी का शिक्षकको तलब तथा ग्रेड माध्यमिक द्वितीय श्रेणीका शिक्षक सरह हुनेगरी कायम गर्ने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ । आईफोन १७ सिरिजका डमी युनिटहरूको नयाँ भिडिओ सार्वजनिक भएको छ । यसअघि केही तस्बिर र मोडल देखाइएकोमा हालै सार्वजनिक भिडिओमा सबै कोणबाट नयाँ मोडेलहरू प्रस्तुत गरिएको छ ।
सबैभन्दा बढी ध्यान तानेको मोडल भनेको ‘आईफोन १७ एयर’ हो । यो फोन निकै पातलो अर्थात् करिब ५.६५ मिलिमिटर मोटाइ मात्र रहने बताइएको छ । खबर अनुसार यो मोडेल यूएसबी–सी पोर्टभन्दा थोरै मात्र मोटो देखिन्छ ।
यो मोडलले ‘आईफोन १६ प्लस’लाई रिप्लेस गर्ने चर्चा छ । ‘आईफोन १६ प्लस’ केही वर्षदेखि सबैभन्दा कम बिक्री हुने मोडल भएको भन्दै नयाँ प्रयोगको तयारी गरिएको हो ।
भिडिओमा ‘आईफोन १७ प्रो’ र ‘प्रो म्याक्स’ का डमी मोडलहरू पनि छन् । यी मोडलहरूको क्यामेरा डिजाइन नयाँ देखिन्छ, जुन केही समयअघि सार्वजनिक पोको ब्रान्डका फोनहरूसँग मेल खाने खालका छन् ।
यसअघि एल्मुनियम फ्रेम, एकै टुक्राको मेटल डिजाइन र रिभर्स वायरलेस चार्जिङ सपोर्ट गर्ने म्यागसेफ कटआउट हुने भनिएको थियो । तर, अहिले देखिएका डमी युनिटहरूमा ती फिचरहरू देखिँदैनन् । त्यसैले, यी डमीहरू अझै अन्तिम नमुना होइनन् वा केही फिचरहरू परिवर्तन हुन सक्छ भन्ने स्पष्ट छैन ।
आईफोन १७ का सबै मोडेलमा १२ जीबी र्याम हुने !
आईफोन १७ का सबै मोडेलमा १२ जीबी र्याम हुने हल्ला चलेको छ । चिनियाँ सामाजिक सञ्जाल विबोमा मङ्गलबार एक पोस्ट राख्दै चर्चित लिक्स्टर ‘डिजिटल च्याट स्टेसन’ यस्तो खुलासा गरेको हो ।
बाहिरिएको जानकारी अनुसार एप्पलको नयाँ आर्टिफिसियल इन्टेलिजेन्स फिचर ‘एप्पल इन्टेलिजेन्स’लाई उत्कृष्ट ढङ्गले सञ्चालन गर्न स्तरोन्नति गर्न लागिएको हो । यसअघि चर्चित एप्पल विश्लेषक मिङ-ची कुओले यस्तै विश्लेषण गरेका थिए । त्यसको केही दिनमै एप्पलको आपूर्ति शृङ्खलामा पहुँच भएको दाबी गर्ने ती चिनियाँ लिकस्टरले सबै आईफोन १७ मोडेलमा १२ जीबी र्याम हुने दाबी गरेका हुन् ।
कुओले पनि आईफोन १७ एयर, आईफोन १७ प्रो र आईफोन १७ प्रो म्याक्समा १२ जीबी र्याम हुने बताएका थिए ।
कुओले बेस मोडेल आईफोन १७ मा पनि १२ जीबी र्याम हुनसक्ने तर त्यो आपूर्ति शृङ्खलामा आउनसक्ने अभावलाई समाधान गर्न सकिनेमा निर्भर रहने उल्लेख गरेका थिए । उनका अनुसार एप्पलले साधारण आईफोन १७ मोडेलमा रहने र्यामको क्षमता बारे अन्तिम निर्णय आगामी मे महिनासम्ममा लिनेछ ।
यदि बेस मोडेल आईफोन १७ मा ८ जीबी र्याम नै कायम रहे पनि कुओले अर्को वर्ष (२०२६ मा) आउने आईफोन १८ का सबै मोडेलहरूमा भने १२ जीबी र्याम हुने अपेक्षा राखेका छन् । हाल बजारमा उपलब्ध आईफोन १६ का सबै मोडेलहरूमा ८ जीबी र्याम रहेको छ । त्यसैले १२ जीबीमा स्तरोन्नति गर्नु कम्पनीका लागि एक महत्त्वपूर्ण कदम मानिएको छ ।
एप्पलले आईफोन १७ सिरिज आफ्नो नियमित समय तालिका अनुसार यसै वर्षको सेप्टेम्बर महिनातिर सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।
यो पनि पढ्नुहोस्: आईफोन किन्दै हुनुहुन्छ ? १६ रोज्ने कि १७ पर्खिने ?
पछिल्लो अध्यावधिक: बैशाख १७, २०८२ २३:५
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं – विद्यालयका शिक्षक-कर्मचारीले स्वास्थ्य उपचारमा उपचारमा छुट पाउने भएका छन्।
सरकार र शिक्षक महासंघबीच भएकाे ९ बुँदे सहमति मन्त्रिपरिषद्ले पारित गरेको छ ।
उनीहरूले निजामती अस्पातलबाट छुट पाउने छन् ।
शिक्षकहरूसँग भएका ९ बुँदे सहमतिकाे पहिलाे बुँदामा यस्ताे भनिएकाे छ,
१. शिक्षकहरूको स्वास्थ्य उपचारका सम्बन्धमा; काठमाडौंमा अवस्थित निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई उपचार सहुलियत उपलब्ध गराउने व्यवस्था गर्ने।
सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं। नेपाल र अजरबैजानका परराष्ट्र मन्त्रालयबीच पहिलो पटक राजनीतिक परामर्श बैठक आज काठमाडौंमा सम्पन्न भएको छ।
बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव अमृतबहादुर राईले तथा अजरबैजान गणराज्यका उपविदेशमन्त्री एलनुर मम्मादोभले आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए।
बैठकमा दुवै पक्षले नेपाल–अजरबैजान सम्बन्धका समग्र पक्षहरूको समीक्षा गर्दै आगामी दिनहरूमा यी सम्बन्धहरूलाई थप सुदृढ पार्ने प्रतिबद्धता पुनःपुष्टि गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
बैठकमा द्विपक्षीय सहयोग तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चहरूमा सहकार्यलगायत पारस्परिक हितका विषयहरूमा पनि छलफल भएको थियो। दुबै पक्षले व्यापार तथा लगानी, पर्यटन तथा संस्कृति, शिक्षा, जलवायु परिवर्तन तथा स्वच्छ ऊर्जालगायत क्षेत्रहरूमा द्विपक्षीय सहयोगलाई थप अभिवृद्धि गर्ने उपायहरूबारे छलफल गरेका मन्त्रालयले जनाएको छ। दुई देशका परराष्ट्र मन्त्रालयबीच द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन नियमित संवादका लागि द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने विषयमा पनि छलफल भएको थियो।
बैठकपश्चात्, परराष्ट्र सचिव राईले उपविदेशमन्त्री मम्मादोभ तथा उनको प्रतिनिधिमण्डलको सम्मानमा रात्रिभोजको आयोजना गरेका थिए। आफ्नो नेपाल भ्रमणका क्रममा उपविदेशमन्त्री मम्मादोभले उच्चस्तरीय व्यक्तित्वहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। उनी लगानी बोर्ड नेपालद्वारा आयोजना गरिने एक गोलमेच छलफलमा सहभागी हुने तथा एक छुट्टै कार्यक्रममा अजरबैजानको परराष्ट्र नीतिबारे प्रवचन दिने कार्यक्रम पनि रहेको छ।
उप विदेशमन्त्री मम्मादोभ र उनको प्रतिनिधिमण्डल यही वैशाख २० गते काठमाडौंबाट प्रस्थान गर्नेछन्।
सामाग्री श्रोत :

काठमाडौं– नेपाल शिक्षक महासंघले २९ दिनदेखि जारी शैक्षिक हडताल सहितको काठमाडौंकेन्द्रित आन्दोलन स्थगित गरेको छ । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले विज्ञप्ति जारी गर्दै आन्दोलन स्थगितको निर्णय गरेका हुन् ।
बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शिक्षकका मागसँग सम्बन्धित ९ बुँदामा निर्णय गरेको छ । शिक्षा मन्त्रालयमा भएको वार्तामा सहमतिपछि सरकारले मन्त्रिपरिषद्बाट मागहरु सम्बोधन गरेको हो ।
त्यस्तै सत्तारुढ कांग्रेस एमालेको संसदीय दल र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक असार १५ गतेभित्र पारित गर्ने प्रतिबद्धता जनाएका छन् । मन्त्रिपरिषद्बाट केही मागहरु सम्बोधन भएको र विद्यालय शिक्षा ऐन जारी गर्ने प्रतिबद्धतासमेत प्राप्त भएकाले हड्ताल र प्रदर्शन स्थगित गरिएको महासंघले जनाएको छ ।
महासंघले शिक्षकहरुलाई विद्यालय भर्ना, नियमित कक्षा सञ्चालन, परीक्षा सञ्चालनमा सहभागी हुन आग्रह गरेको छ । तोकिएको समयमा ऐन जारी नभए कडा सडक आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी पनि महासंघले दिएको छ ।
विगतमा भएका सहमतिअनुसार विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै गत चैत २० गतेदेखि महासंघले सडक प्रदर्शन थालेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ









