
काठमाडौं – निजामती अस्पताल सेवाग्राहीको उच्च चाप भएको अस्पतालमध्ये एक हो। सीमित स्रोतसाधनका बीच सेवा दिइरहेको उक्त अस्पतालमा थप १० लाख सेवाग्राही थपिँदै छन्।
बुधबार सरकारले शिक्षकसँग गरेको सहमतिअनुसार विद्यालयका शिक्षक-कर्मचारीले निजामती अस्पतालबाट स्वास्थ्य उपचारमा छुट पाउने छन्।
भनिएको छ, ‘काठमाडौंमा अवस्थित निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई उपचार सहुलियत उपलब्ध गराउने व्यवस्था गरिनेछ।’
अहिले देशभरीका सामुदायिक विद्यालयमा २ लाख हाराहारीमा शिक्षक-कर्मचारी रहेको तथ्यांक छ। उनीहरुका परिवार समेत गर्दा छुट पाउने सेवाग्राहीको संख्या १० लाख पुग्ने अनुमान गरिएको छ।
निजामती अस्पतालमा अहिले डेढ लाख हाराहारी निजामती कर्मचारीका परिवार गरी ७ लाख सेवाग्राही ४०-५० प्रतिशत छुट पाइरहेका छन्।
धान्छ त ?
अस्पतालका कार्यकारी निर्देशक डा मोहनचन्द्र रेग्मी आफूले यसलाई अवसरका रुपमा लिएको बताउँछन्। उनका अनुसार अहिले ८० प्रतिशत सेवाग्राही सर्वसाधरण र २० प्रतिशत कर्मचारी रहेका छन्।
अस्पतालले ८० प्रतिशतबाट पूर्ण शुल्क लिएर २० प्रतिशतलाई ४०-५० प्रतिशत छुटमा सेवा दिइरहेको छ। अधिकृत भन्दा माथिकाले ४० र त्यसभन्दा तलकालाई ५० प्रतिशत छुट दिने व्यवस्था छ।
अस्पतालको आयका साथै निश्चित अनुदान समेत पाउने भएकाले अस्पतालले अहिलेसम्म जेनतेन धानिरहेको छ। सरकार आफैंले छुट प्राप्त गर्ने सेवाग्राही बढाएका कारण आगामी वर्षमा अनुदान त्यही अनुपातमा बढ्ने अपेक्षा अस्पतालले गरेको छ।
अहिले पनि बिरामीको चाप रहेका कारण जनशक्ति, भौतिक पूर्वाधार, उपकरण बढाउँदै लैजाने तयारी अस्पतालले गरिनै रहेको थियो । त्यसैगरी दुई सिफ्टमा सेवा सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको र अहिले त्यसका लागि तयारी भइरहेको डा रेग्मी बताउँछन्।
अस्पतालका निर्देशक डा रेग्मी सेवालाई विकेन्द्रीकरण गर्ने योजना रहेको बताउँछन्। आगामी आर्थिक वर्षभित्र कम्तिमा तीन प्रदेशबाट अस्पतालले सेवा दिएर रिफरल सेन्टरका रुपमा केन्द्रको अस्पताललाई विकास गर्ने योजना रहेको बताउँछन्।
सरकारले सहुलियत दिइरहेका कर्मचारी र शिक्षकलाई सामान्य समस्यामा सम्बन्धित प्रदेशमै उपचार पाउनेगरी ७ वटै प्रदेशबाट सेवा दिनेगरी अघि बढ्नुपर्नरे निर्देशक डा रेग्मीले देखेका छन्। उनले भने, ‘हामीले यसलाई अवसरका रुपमा लिएर अस्पताललाई अझ सशक्त बनाउन सकिने देखेका छौं। त्यही अनुसार अघि बढ्छौं।’
भविष्यमा निजामती सेवा स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुप दिने योजना डा रेग्मीको छ। उनले भने, ‘अति विशिष्टिकृत अस्पतालको रुपमा अघि बढाउँदै यसलाई एकेडेमिक प्रतिष्ठानको रुपमा विकास गर्ने हाम्रो योजनालाई मूर्त रुप दिन पनि यसलाई अवसरका रुपमा लिनेछौं।’
सामाग्री श्रोत :
swasthyakhabar

म्याग्दी –रघुगङ्गा गाउँपालिकामा ३७ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजना निर्माण भएको छ ।
तुदी पावर कम्पनी लिमिटेड प्रवद्र्धक रहेको आयोजनाले आगामी १५ दिनभित्र परीक्षण उत्पादन सुरु गर्ने जनाएको छ । आयोजनाका आवासीय इञ्जिनियर प्रकाश तिमिल्सिनाका अनुसार विद्युत्गृहमा उपकरण जडान हुनाका साथै र प्रसारण लाइन पनि तयार भएको छ ।
आयोजनाबाट उत्पादित बिजुली केन्द्रीय प्रणालीमा प्रवाह गर्न १४ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइन निर्माण गरिएको छ । राहुघाट ‘बेसिन’मा निर्माण भएको यो पहिलो जलविद्युत् आयोजना हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । संयुक्त राज्य अमेरिकाले युक्रेनसँग प्राकृतिक स्रोत सम्झौतामा हस्ताक्षर गरेको घोषणा गरेको छ। अमेरिकी अर्थ विभागले जारी गरेको प्रेस विज्ञप्ति अनुसार दुवै देशले “पुनर्निर्माण लगानी कोष” सिर्जना गर्न सहमत भएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौताले ‘अमेरिकालाई बढी फाइदा’ पुर्याउने बताएका छन्।
उनले भने, “बाइडेनले युक्रेनलाई ३५० अर्ब डलर दिए। अब हामीले एउटा सम्झौता गरेका छौं जसले हामीलाई त्योभन्दा बढी पैसा दिनेछ।”
यसअघि बुधबार अमेरिकी अर्थमन्त्री स्कट बेसान्ट र युक्रेनका उपप्रधानमन्त्री युलिया स्विरिडेन्कोले सम्झौतामा हस्ताक्षर गरेका थिए।
अमेरिकी ट्रेजरी विभागले जारी गरेको विज्ञप्ति अनुसार , सम्झौता अन्तर्गत दुई देशहरूले “पारस्परिक सम्पत्ति, प्रतिभा र क्षमताहरू” ले किभको पुनर्प्राप्तिलाई गति दिन सक्छ भनी सुनिश्चित गर्न सहकार्य गर्नेछन्।
युक्रेनको दुर्लभ खनिज पदार्थमा अमेरिकी पहुँच सुनिश्चित गर्न किभ र वासिङ्टनले महिनौंदेखि सम्झौताको लागि वार्ता गरिरहेका छन्।
सामाग्री श्रोत :
काठमाडौँ । फेसबुक मेसेन्जर प्रयोगकर्ताका केही च्याटहरूमा ‘This chat will be archived soon’ (यो च्याट छिट्टै अर्काइभ गरिनेछ) भन्ने एउटा नयाँ नोटिफिकेसन देखिन थालेको छ । यो नोटिफिकेसनले मेसेन्जरले सुरक्षा अपग्रेड गरिरहेको र अब एन्ड-टु-एन्ड इन्क्रिप्टेड (End-to-End Encrypted – E2EE) च्याटहरू मात्र सक्रिय रहने भनेर बताउँछ । धेरै प्रयोगकर्ताहरूले आफ्ना वर्षौँ पुरानो च्याटहरू (हिस्ट्री) हराउने चिन्ता व्यक्त गरेका छन् ।
किन देखिँदैछ यस्तो नोटिफिकेसन ?
यो समस्या तब देखा पर्छ, जब तपाईँ र तपाईँले च्याट गरिरहनुभएको व्यक्तिबिच पहिले नै एउटा छुट्टै एन्ड-टु-एन्ड-इन्क्रिप्टेड च्याट वा ‘सिक्रेट कन्भर्सेसन’ (गोप्य कुराकानी) सुरु गरिएको थियो । केही वर्षअघि ‘सिक्रेट कन्भर्सेसन’ सुविधा हुँदा झुक्किएर यस्ता च्याटहरू बनेको हुन सक्छन् ।
मेसेन्जर सबै च्याटहरूलाई डिफल्ट (पूर्व निर्धारित) रूपमा एन्ड-टु-एन्ड-इन्क्रिप्टेड बनाउने प्रक्रियामा रहेको छ । यदि तपाईँ र तपाईँको कुनै साथीबिच पहिलेदेखि नै एन्ड-टु-एन्ड-इन्क्रिप्टेड च्याट (सिक्रेट कन्भर्सेसन) छ भने, सिस्टमले त्यसैलाई मुख्य च्याट बनाउन खोज्छ । यस अवस्थामा, तपाईँको नियमित, पहिले प्रयोग गरिरहनु भएको (एन्ड-टु-एन्ड-इन्क्रिप्टेड बाहेकको) च्याटलाई सङ्ग्रह (Archive) गरिनेछ ।
च्याट अर्काइभ भए के हुन्छ ?
च्याट अर्काइभ गरिनु भनेको च्याट डिलिट गरिनु होइन । अर्काइभ गरिएका च्याटहरू तपाईँको मेसेन्जरको ‘Archived Chats’ फोल्डरमा रहनेछन् । तपाईँले ती च्याटहरू कुनै पनि बेला हेर्न सक्नुहुन्छ ।
यद्यपि, अर्काइभ गरिएका च्याटहरूमा मेसेज खोज्ने (Search) सुविधाले काम नगर्न सक्छ वा फरक तरिकाले काम गर्न सक्छ भन्ने चिन्ता प्रयोगकर्ताहरूले व्यक्त गरिरहेका छन् । केही प्रयोगकर्ताहरूले डेस्कटपमा खोज्न मिल्ने तर मोबाइलमा नमिल्ने बताएका छन् । साथै, च्याट एन्ड-टु-एन्ड-इन्क्रिप्टेडमा अपग्रेड भएपछि पहिले पठाइएका मेसेजहरूमा रिप्लाई वा रियाक्ट गर्न नमिल्ने हुन सक्छ।
अब के गर्ने ?
मेसेन्जर कर्मचारीहरू र अन्य प्रयोगकर्ताहरूले पुष्टि गरेअनुसार, यो समस्या समाधान गर्ने तरिका भनेको तपाईँ र तपाईंको साथी दुवैले पहिले तयार गरेको त्यो छुट्टै एन्ड-टु-एन्ड-इन्क्रिप्टेड वा सिक्रेट कन्भर्सेसन च्याटलाई डिलिट गर्नु हो ।
-
यसका लागि आफ्नो च्याट लिस्टमा गएर त्यो छुट्टै ‘सिक्रेट कन्भर्सेसन’ खोज्नुहोस् ।यहाँनिर सर्च बार प्रयोग गर्न पनि सक्नुहुन्छ।
-
यदि त्यो च्याट फेला पार्न सक्नुभएन वा कुन हो भन्ने यकिन भएन भने, देखिएको ‘This chat will be archived soon’ नोटिससँगै रहेको ‘Switch to other chat’ बटनमा क्लिक गर्नुहोस् । यसले तपाईँलाई सिधै समस्या आएको एन्ड-टु-एन्ड-इन्क्रिप्टेड च्याटमा लैजान्छ ।
-
च्याटमा पुगेपछि, त्यसलाई डिलिट गर्नुहोस् । यो डिलिट गर्दा ‘This will delete your entire conversation with [सम्बन्धित साथी], not just recent end-to-end encrypted messages’ भन्ने चेतावनी दिन्छ । अर्थात् यसले भर्खरका एन्ड-टु-एन्ड इन्क्रिप्टेड मेसेजहरू मात्र नभएर सम्बन्धित साथीसँगको तपाईँको सम्पूर्ण कुराकानी डिलिट गर्ने भन्ने अर्थ लाग्छ । नडराउनुहोस्, यसले तपाईँले डिलिट गरिरहनुभएको त्यो सिक्रेट च्याटलाई मात्र डिलिट गर्छ, तपाईँको मुख्य (नियमित) च्याटलाई डिलिट गर्दैन ।
-
यो प्रक्रिया तपाईँ र तपाईँले च्याट गरिरहनुभएको व्यक्ति दुवैले अपनाउनु पर्छ ।
-
साथै, यो डिलिट गर्ने प्रक्रिया तपाईँहरू दुवैले प्रयोग गर्ने सबै डिभाइसहरूमा (फोन, ट्याब्लेट, कम्प्युटर ब्राउजर/एप) गर्नुपर्ने हुनसक्छ ।
डिलिट गरेपछि के हुन्छ ?
दुवै पक्षले छुट्टै रूपमा रहेको सिक्रेट च्याट डिलिट गरिसकेपछि, तपाईँको नियमित च्याटमा देखिएको ‘This chat will be archived soon’ सूचना हट्नेछ । त्यसपछि केही घण्टा (प्रायः १२ घण्टा वा १-२ दिन) भित्रै तपाईँको नियमित च्याट स्वचालित रूपमा एन्ड-टु-एन्ड इन्क्रिप्टेडमा अपग्रेड हुनेछ । जब च्याट अपग्रेड हुन्छ, तपाईँले च्याटमा ‘Messenger upgraded the security of this chat. New messages and calls are secured with end-to-end encryption’ भन्ने सन्देश देख्नु हुनेछ।
यसरी, त्यो छुट्टै सेक्रेट च्याट डिलिट गरेर तपाईँले आफ्नो पुरानो, नियमित च्याट हिस्ट्रीलाई अर्काइभ हुनबाट जोगाउन सक्नुहुन्छ र त्यसलाई एन्ड-टु-एन्ड-इन्क्रिप्सनमा अपग्रेड गराउन सक्नुहुन्छ । यद्यपि, केही प्रयोगकर्ताहरूले अपग्रेडपछि पुराना मेसेजहरूमा रिप्लाई वा रियाक्ट गर्न नमिल्ने जस्ता केही परिवर्तन देखिएको बताएका छन् ।
पछिल्लो अध्यावधिक: बैशाख १८, २०८२ १०:२९
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं- स्वास्थ्य बीमाको सुविधा आफू बसेकै स्थानबाट लिने सकिने भएको छ। आफू अस्थायी रुपमा बसोबास गरिरहेकै स्थानमा प्रस्थान विन्दु कायम गर्ने प्रावधानज मन्त्री परिषद्ले पास गरेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको स्वास्थ्य बीमा नियमावली संशोधन गरेर उक्त व्यवस्था गर्ने प्रस्ताव मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको उनको सचिवालयले जनाएको छ।
भनिएको छ, ‘ स्वास्थ्य बीमाको रिफर लिन प्रथम विन्दु (गाउँ-गाउँ) नै पुग्नुपर्ने झन्झटिलो प्रावधान हटेको छ। अब: आफू बसेकै स्थानमा (अस्थायी ठेगाना) प्रथम विन्दु छनोट गरी सोही अनुसार सेवा लिन सकिने छ।’
स्वास्थ्य बीमाको सेवा लिनका लागि तीन महिना पर्खनु पर्ने व्यवस्था गरिएकोमा त्यसलाई घटाएर एक महिनाभित्रै सेवा लिन सकिने बनाइएको छ। ‘ बीमा गरेको वा नवीकरण गरेको १ महिनामै एक्टिभेट हुनेछ र सोही अनुसार सेवा लिन सकिने छ,’ सचिवालयले भनेको छ।
त्यसगरी सबै स्वास्थ्य बीमाको प्रथम सेवा विन्दु कायम गर्ने व्यवस्था गरिएको छ। मन्त्री पौडेलले स्वास्थ्य बीमालाई प्राथमिकतामा राखेर काम गरिरहेका छन्।
बीमा गरेको स्थानबाट अन्यत्र गएका व्यक्तिले सुविधा लिँदा त्यहीँबाट रिफर गराउनुपर्ने बाध्यता थियो। जुन प्रावधानका कारण सेवा झन्झटिलो भएको गुनासो आइरहेको थियो। यसलाई सहजिकरण गर्ने प्रतिबद्धता मन्त्री पौडेलले यसअघि नै गरेका थिए।
सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं– कोशी प्रदेश सरकारले आजबाट लगानी सम्मेलनको सुरुवात गर्दैछ । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
सम्मेलनमा विभिन्न ७१ वटा परियोजना प्रस्तुत गरिने प्रदेश लगानी प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइरालाले लगानी सम्मेलनकै क्रममा दुई दर्जनभन्दा बढी परियोजनामा सम्झौता (एमओयू) हुने जानकारी दिए । जसमा कृषि, पर्यटन, ऊर्जा, उद्योग, पूर्वाधार, सूचना प्रविधिलगायत क्षेत्रहरू छन् ।
सम्मेलनमा कृषि र पर्यटनमा कोशी प्रदेशको सम्भावना, औद्योगिक उत्पादन र बजारीकरण, पूर्वाधार विकास र ऊर्जा, स्वास्थ्य सेवा र मेडिकल शिक्षामा लगानीका अवसर र सम्भावनाका विषयमा छलफल हुनेछ ।
पहिलो दिनको मुख्यसत्रमा कोशी प्रदेशका हकमा लगानीमैत्री वातावरण र तीन तहका सरकारहरू बीचको अन्तरसम्बन्धका विषयमा विज्ञहरू र जनप्रतिनिधिहरूबाट धारणा प्रस्तुत हुने आयोजकले जनाएको छ ।
लगानी सम्मेलनमा नेपालको निजी क्षेत्रसँगै चीन, रुस, अमेरिका, दक्षिण कोरिया, भारत लगायतका देशका लगानीकर्ता र गैरआवासीय नेपालीहरूको सहभागिता रहने छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

म्याग्दी। रघुगंगा गाउँपालिकामा ३७ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला-मंगले-राहुघाट जलविद्युत् आयोजना निर्माण भएको छ।
तुदी पावर कम्पनी लिमिटेड प्रवद्र्धक रहेको आयोजनाले आगामी १५ दिनभित्र परीक्षण उत्पादन सुरु गर्ने जनाएको छ।
आयोजनाका आवासीय इञ्जिनियर प्रकाश तिमिल्सिनाका अनुसार विद्युत्गृहमा उपकरण जडान हुनाका साथै र प्रसारण लाइन पनि तयार भएको छ।
आयोजनाबाट उत्पादित बिजुली केन्द्रीय प्रणालीमा प्रवाह गर्न १४ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइन निर्माण गरिएको छ। राहुघाट ‘बेसिन’मा निर्माण भएको यो पहिलो जलविद्युत् आयोजना हो।
सामाग्री श्रोत :
नेपालमा राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्ले २०२० मा गरेको सर्वेक्षण अनुसार वयस्कहरुमा सबैखालको मानसिक स्वास्थ्य समस्या १० प्रतिशत देखिएको छ भने बालबालिकाहरुमा ५.२ प्रतिशत छ। बालबालिकामा आत्महत्याको विचार आउने ४.१ प्रतिशत देखिन्छ जबकी वयस्कहरुमा आत्महत्याको समस्या ७.२ प्रतिशत देखिएको छ । २०७८ सालमा गरिएको जनगणना अनुसार १५-१९ बर्षको किशोरकिशोरी तथ्यांक हेर्ने हो भने २९ लाख ७७ हजार ४ सय ४ जना देखिन्छ। माथिको सर्वेक्षणलाई आधार मानेर १५-१९ बर्ष समुहका किशोर किशोरीहरुमा सबैखालको मानसिक स्वास्थ्य समस्या करिव १ लाख ५४ हजार २५३ जना, त्यसैगरी आत्महत्या विचार आउने करिव १ लाख २२ हजार ४७४ जना देखिन्छ । विभिन्न अध्ययनले विश्वमा रोगको कुल भार मध्ये मानसिक स्वास्थ्यले १३ प्रतिशत ओगटेको देखिन्छ । त्यस्तै गरी अल्पविकसित राष्ट्रहरुमा करिव ७७/७८ प्रतिशत मानसिक स्वास्थ्य समस्या अनुभव गरेका व्यक्तिहरु उपचार सेवाको पहुँच वाहिर रहेको देखिन्छ।
जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ३ को उपदफा ४ (ङ) मा मानसिक स्वास्थ्य सेवालाई आधारभूत स्वास्थ्य सेवाको सूचीमा समाबेस गरीएको छ। भने यो सेवालाई पहुँचयुक्त, सरल र सर्वसुलभ बनाउनु पर्ने व्यवस्था गरिएको छ । यसैगरी जनस्वास्थ्य नियमावली २०७७ को अनुसूची १ र २ मा पनि मानसिक स्वास्थ्य समस्याहरुलाई क्रमश: आधारभूत र आकस्मिक स्वास्थ्य सेवामा समावेश गर्दै सङ्घ, प्रदेश र स्थानीय स्तरबाट उपलब्ध गराउने व्यवस्था गरेको छ। राष्ट्रिय मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना २०७७ ले मानसिक स्वास्थ्य सेवालाई समुदाय स्तरका स्वास्थ्य संस्थाबाट सरल, सहज र पहँचयुक्त हुनुपर्ने कुरा उल्लेख गरिएको छ। यद्यपि नेपाल सरकारको कुल बजेटको ५ प्रतिशत भन्दा कम स्वास्थ्य क्षेत्रका लागि छुट्याइने गरेको देखिन्छ । भने एक प्रतिशत भन्दा कम बजेट मात्र मानसिक स्वास्थ्य क्षेत्रमा छुट्याउने गरिएको छ। नेपालको करिव ४० प्रतिशत जनसंख्या रहेको बालिबालिका तथा किशोर किशोरीहरुको मानसिक स्वास्थ्यको क्षेत्रमा राज्यको लगानी शुन्य प्रायः रहेको छ।
मानसिक रोग मध्ये ५० प्रतिशत रोगको शुरुवात १४ वर्ष भन्दा कम उमेरमा नै भइसक्ने र ७५ प्रतिशत रोगको शुरुवात २४ वर्ष भन्दा अगाडी नै हुने विभिन्न अनुसन्धानले देखाएको छ। बालबालिका एवं किशोर किशोरीमा हेर्ने हो भने त १०-२० प्रतिशत मा कुनै किसिमका मानसिक स्वास्थ्य समस्या रहेको एवं १-२ प्रतिशतमा गम्भिर खालको मानसिक समस्या हुने बिभिन्न अध्ययनहरुले देखाएका छन् । विश्व मानसिक स्वास्थ्य दिवस सन् २०१८ देखि २०२० सम्मको एउटै नारा ‘बदलिदो विश्व परिवेशमा युवा र मानसिक स्वास्थ्य’ रहनुले समेत किशोरकिशोरीको मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखिनुपर्ने स्पष्ट पारेको छ। विश्वमा हरेक ५ जना व्यक्ति मध्ये एकजनामा कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या रहेको अनुमान गरिएको छ। नेपालको पछिल्लो अवस्था हेर्ने हो भने करिव ५० देखि ५५ लाख मानिस कुनै न कुनै मानसिक स्वास्थ्य समस्याबाट पीडित रहेको अनुमान छ।
सन् २००८/२००९ मा स्वास्थ्य सेवा विभाग, परिवार स्वास्थ्य महाशाखाले सार्वजनिक गरेको अध्ययनले १५ देखि ४९ वर्ष उमेर समूहमा रहेका महिलाको मुत्यको पहिलो कारण आत्महत्या रहेको देखाएको छ। नेपाल प्रहरीको गत आ.व. २०७४/०७५ को तथ्यांक अनुसार ५ हजार ३ सय ४६ जनाले आत्महत्या गरेको तथ्यांक छ । यसको प्रमुख कारण मानसिक समस्या रहेको चिकित्सकको भनाई छ।
कर्णाली प्रदेशमा प्रदेश अन्तर्गत नेपालकै पहिलोपटक मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना २०७९-८७ कार्वान्वयनमा ल्याएको देखिन्छ । सोही कार्ययोजनाको अनुसूची २ को उपदफा १.६ मा टेलिमेडिसिन सेवालाई प्रभावकारी साथै सबै बर्गलाई समान पहुँच एवं टेलिमेडिसिन मार्फत बिशिस्टकृत सेवा प्रदान गर्ने कुरा उल्लेख गरिएको छ । ता पनि पर्याप्त बजेट अभाव रहेको छ । जनस्वास्थ्य सेवा ऐन, २०७५ बमोजिम प्रत्यक नागरिकलाई गुणस्तरिय स्वास्थ्य सेवा सहज र सर्वसुलभ रूपमा प्राप्त गर्ने अधिकार सुनिश्चित गरेको छ । नेपालको प्रमुख शहरहरुमा मात्रै मानसिक स्वास्थ्यको विशेषज्ञ सेवा पाउन सकिने अवस्था । नेपालको सुदूरपश्चिम, कर्णाली प्रदेश लगायतका दुरदराजका बिभिन्न जिल्लाहरुमा अझै पनि विशेषज्ञ सेवा पुर्याउन सकिएको छैन । अझैपनि यहाँका जनताहरु मानसिक स्वास्थ्य सेवाको विशेषज्ञ सेवाबाट वञ्चित हुने अवस्था छ। बालबालिका एवं किशोर किशोरीहरूको मानसिक स्वास्थ्यका कुनै पनि विशेषज्ञ डाक्टरहरु काठमाडौं, पोखरा जस्ता विकसित शहरहरुमा मात्र उपलब्ध छन्।
यस्तो परिस्थितीमा जनताको संविधान प्रदत्त अधिकारको सुनिश्चित गराउनका लागि एउटा प्रभावकारी उपायको रुपमा टेलिमेडिसिन सेवा लिन सकिन्छ । आजको समयमा मानसिक स्वास्थ्य समस्या बढ्दै गइरहेको छ, र टेलिमेडिसिन प्रविधिले यस क्षेत्रमा नयाँ सम्भावनाहरू खोलेको छ। धेरै देशहरूले मानसिक स्वास्थ्य सेवा टेलिमेडिसिन मार्फत सहज र पहुँचयोग्य बनाउन उल्लेखनीय प्रयास गरेका छन्। विकसित देशहरु जस्तै, अमेरिकामा, मानसिक स्वास्थ्यका लागि विशेषगरी टेली स्याक्याट्री सेवाहरू विकास गरिएका छन्। भिडियो कन्सल्टेसन, अनलाइन थेरापी, डिजिटल एप्लिकेसनहरू (जस्तै बेटर हेल्प, टक स्पेश)को माध्यमबाट मानिसहरूले घरमै बसेर थेरापी र काउन्सेलिङ सेवा उपलब्ध गराउदै आइएको छ युरोपका , धेरै देशहरूले टेलिमेन्टल हेल्थ सेवा अपनाएका छन्। बेलायतमा, एनएचएसले अनलाइन मानसिक स्वास्थ्य परामर्श, भिडियो थेरापी, र स्वयं-सहायता एपहरू (जस्तै सिल्भर क्लाउड, कूथ) मार्फत् सेवा उपलब्ध गराइरहेको छ। नर्वे र नेदरल्याण्ड्स जस्ता देशहरूमा मानसिक स्वास्थ्यका लागि विशेष टेलिहेल्थ प्लेटफर्महरू विकास गरिएको छ, जसले बालबालिका एवं किशोर किशोरीदेखि वृद्धसम्म सबैलाई सहायता एवं गुणस्तरीय सेवा प्रदानमा सहयोग गरिरहेको छ । छिमेकी मित्र रास्ट्र भारतमा टेले-मानस जस्ता राष्ट्रिय कार्यक्रम सुरु गरिएको छ, जसले टेलिफोन र मोबाइल एपमार्फत मानसिक स्वास्थ्य परामर्श दिने सुविधा प्रदान गर्दछ ।
विकसित देशहरुमा अपनाइएका यस्ता सेवाहरुलाई हामीले पनि आत्मसात/अबलम्बन गर्दै टेलिमेडिसिन सेवा हाम्रो जस्तो भौगोलिक हिसाबले पछि परेको क्षेत्रमा बरदान साबित हुन सक्छ किनभने नेपालको दूरदराजका जनतासँग हातहातमा मोबाइल ल्यापटप जस्ता प्रविधिहरु भित्री सकेको अवस्था छ। त्यसैले भूगोलको हिसाबले दूरदराजको क्षेत्रमा डिजीटल एवं गुणस्तरीय स्वास्थ्य प्रणालीलाई जोड दिँदै कम लागत र सेवा प्रभावकारी हुने भएकोले काठमाडौंवाट प्रदानहुने विशेषज्ञ सेवा लागत एवं समयको बचत गर्दै कर्णाली एवं दूरदराजको क्षेत्रमा प्रदान गरी यो टेलिकम्युनिकेसन सेवा हरेक जिल्ला एवं हरेक अस्पतालमा बिस्तार गर्दै लैजाने हो भने गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच हरेक नागरिक सम्म पुग्न सक्थ्यो ।
त्यसैले यस्ता प्रबिधिमैत्री स्वास्थ्य सेवा सहज हिसाबले पुर्याउन सकियो भने र संघस्तरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय / स्वास्थ्य सेवा विभाग अन्तर्गत छुट्टै मानसिक स्वास्थ्य महाशाखा र प्रदेश स्तरमा स्वास्थ्य निर्देशनालय अन्तर्गत मानसिक स्वास्थ्य शाखा स्थापना तथा स्थानीय स्तरमा जिल्ला अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालय ईकाई / सम्पर्क व्यक्तिहरू यथाशक्य चाँडो नियुक्ति र अन्य सहयोगी निकायहरुको आशा नगरी मानसिक स्वास्थ्य नर्सहरुको दरबन्दी कायम गरि बजेट बिनियोजन गरी हरेक अस्पतालसम्म टेलिमेडिसिन लैजाने र नियमित सुपरभिजन र मोनिटोरिङ गर्ने एवं स्थानिया सरकारले मानसिक स्वास्थ्य फोकल व्यक्तिको बजेट बिनियोजन गर्दै जनचेतना अभिबृद्धि, तथा काउन्सिलिङ सेवा प्रदान गर्ने हो यदि भने हामीले विकसित मुलुकहरुमा जस्तै प्रबिधि मैत्री टेलिमेडिसिन सेवा बिस्तार गर्न सक्छौं।
मिति २०८१ मंसिर १७ गते सर्वोच्च अदालतले गरेको फैसलालाई मध्यनजर गर्दै राष्ट्रिय मानसिक स्वास्थ्य नीति, २०५३ लाई परिमार्जन समेत गरी वर्तमान संघीय व्यवस्था अनुकूल हुने गरी संघस्तरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय / स्वास्थ्य सेवा विभाग अन्तर्गत छुट्टै मानसिक स्वास्थ्य महाशाखा र प्रदेश स्तरमा स्वास्थ्य निर्देशनालय अन्तर्गत मानसिक स्वास्थ्य शाखा स्थापना तथा स्थानीय स्तरमा जिल्ला अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालय ईकाई / सम्पर्क व्यक्तिहरू यथाशक्य चाँडो नियुक्ति गरी कार्यसञ्चालन गर्नू गराउनू भनी परमादेश जारी गरिदिएको छ। हाल सम्पन्न डिजीटल कर्णाली कन्क्लेभले पनि कर्णालीलाई डिजिटल र प्रबिधि मैत्री प्रदेश बनाउन लागि परिरहेको बेला यो फैसलालाई अवसरको रुपमा लिइ संघ प्रदेश र स्थानीय सरकारहरुले प्रयाप्त बजेट विनियोजन गरी कर्णालीलाई मानसिक स्वास्थ्य को क्षेत्रमा अपनत्व लिँदै टेलिकमयुनिकेसन मार्फत मोफसललाई केन्द्रसँग प्रबिधि मार्फत् जोडी डिजिटल मानसिक स्वास्थ्य मैत्री प्रदेश घोषणा गर्न आवश्यक छ ।
(सापकोटा सी. एम. सी नेपालका कार्यक्रम संयोजक हुन्।)
सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ – काठमाडौँमा अहिले वर्षा भइरहेको छ । बिहीबार बिहानैबाट वर्षा भइरहेको हो । बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको प्रभावका कारण देशका विभिन्न स्थानमा वर्षा भएको हो ।
हल्का वर्षा भइरहे पनि काठमाडौँको आकाश धुम्म भइरहेको छ । प्रतिकूल मौसमका कारण आन्तरिक तथा बाह्य उडान समेत प्रभावित बनेका छन् । काठमाडौँबाट विभिन्न स्थानमा हुनुपर्ने उडानहरू डिले भएका छन् ।
मौसमविद्ले आगामी दुई दिनसम्म देशका अधिकांश स्थानमा बदली र वर्षाको सम्भावना रहेको बताएका छन् । बागमतीसँगै कोशी र मधेस प्रदेशका जिल्लाहरूमा बिहानैदेखि पानी परिरहेको छ ।
काठमाडौँ लगायत देशका धेरै क्षेत्रमा मौसम बदली भएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा हावाहुरीको समेत सम्भावना रहेकोले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । देशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

हैदाराबाद। साउथ सुपरस्टार र थलाइवा भनेर चिनिने रजनीकान्तको सन २०२३ मा फिल्म ‘जेलर’ले सफलताका धेरै रेकर्ड बनाएको थियो ।
यही सफलतावाट उत्साहित भएर अब जेलरको सिक्वेल बनिरहेको छ र यो फिल्म यही वर्षको डिसेम्बर ३१ मा विश्वभर रिलिज हुने बताइ सकिएको छ ।
थलाइवाको यो फिल्मले पनि नयाँ कीर्तिमान बनाउन लागेको कुरा जेलर २ को शानदार टिजरले देखाइसकेको छ । पोङ्गल र मकर संक्रान्तिको शुभ अवसरमा जनवरी १४ मा टिजरमार्फत फिल्मको घोषणा गरिएको थियो ।
टिजर रिलिज हुने बित्तिकै सामाजिक सञ्जालमा निकै चर्चा र रजनीकान्तको सिन निकै नर्भा इरल भयो र फ्यानहरु आफ्नो मनपर्ने स्टारलाई जेलरको रुपमा फेरी पनि हेर्न आतुर देखिए । नेल्सन दिलीप कुमारको निर्देशनमा बन्न लागेको ‘जेलर २’ मा पनि दर्शकले जबरदस्त एक्सन र थ्रिलर सिन देख्न पाउनेमा अब कुनै शंका छैन ।
खासमा जेलरः २ को सुटिङ मार्च ९ मा चेन्नईबाट सुरु भएको छ र अब यो छिट्टै प्याकअप हुने र फिल्मको पोस्ट निर्देशनमा काम गरिने बताइएको छ। जेलर २ को कास्टिङको कुरा गर्दा रजनीकान्तसँगै बालकृष्ण उर्फ बलैया, मिर्ना मेनन, शिव राजकुमार, मोहनलाल, फहद फासिल, राम्या कृष्णन, योगी बाबु लगायतका कलाकारको अभिनय रहने भएको छ । फिल्ममा एसजे सूर्या पनि विशेष भूमिकामा देखिनेछन् ।
जेलरः २ मा रजनीकान्त नायकको भूमिकामा देखिएका छन् तर यसका साथसाथै फिल्ममा खलनायकको भूमिकामा को हुनेछ भन्नेमा पनि फ्यानहरूको उत्तिकै उत्सुकता रहेको छ । फिल्ममा मुख्य खलनायकको भूमिका फहद फासिलले निभाउन सक्ने बताइएको छ ।
फहद फासिल यसअघि रजनीकान्तसँग फिल्म ‘वेट्टियान’मा पनि देखिएका थिए । तपाईलाई बताउ कि जेलरः पार्ट वन २०२३ मा रिलिज भएको थियो र यसले साउथ इन्डस्ट्रीमा हलचल मच्चाएको थियो। यो फिल्म रजनीकान्तको करियरको दोस्रो सर्वाधिक कमाउने फिल्मको रेकर्ड पनि बनाएको थियो ।
यस्तो अवस्थामा, फ्यानहरू रजनीकान्तको जेलर २ को उत्सुकताका साथ पर्खिरहेका छन् र निर्माताहरू पनि यसले ठूलो नाफा कमाउने आशा गरिरहेका छन्।
सामाग्री श्रोत :
रजनीकान्तसँगै जेलरः२ मा देखिनेछन् साउथका आधा दर्जन सुपरस्टार









