२०८३ बैशाख २९ मंगलवार
LATEST NEWS
२०८३ बैशाख २९ मंगलवार

काठमाडौँ – सभामुख देवराज घिमिरेले लेखापढी क्षेत्रलाई प्रभावकारी बनाउन चुनौतीहरू देखिएको बताएका छन्।

बिहीवार ललितपुरमा नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसनको नवौँ राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

सभामुख घिमिरेले मुलुकमा धेरै खालका समस्याहरू देखिएको र समस्या समाधानका लागि चुनौतीहरू पनि थपिएको बताए। 

Ncell 2
Ncell 2

उनले चुनौतीहरूभित्र पछिल्लो समय विकास भइरहेको इलेक्ट्रोनिक डिभाइसबाट गर्ने कामहरू लेखापढीसँग पनि सम्बन्धित रहेको उल्लेख गरे।

उनले अझै पनि मुलुकमा ठूलो सङ्ख्या सामान्य लेखपढ गर्न पनि नसक्ने अवस्था रहेको जिकिर गरे।

shivam cement
shivam cement

उनले विश्व एआईको अवस्थामा पुग्दा लेखापढीलाई पनि त्यस ढङ्गबाट लैजानको लागि कानूनी प्रवन्ध, व्यवहारिक उतार्ने र जनताका कामहरूलाई गाँसेर कार्यसम्पादनलाई प्रभावकारी बनाउने विषय मुख्य चुनौततिको रूपमा रहेको धारणा राखे।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका-१ सिरुटारका वडा सचिव राम श्रेष्ठ पक्राउ परेका छन्।

जुवा खेलिरहेको अवस्थामा वडा सचिव श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई मध्यपुर थिमि नगरपालिका-४ एसएस चोकको एउटा घरमा तास खेलिरहेको बेला पक्राउ गरिएको हो। श्रेष्ठलाई नगद ६ हजार ९ सय रुपैयाँसहित पक्राउ गरिएको हो।

पक्राउ परेका वडा सचिव श्रेष्ठ मध्यपुर थिमि नगरपालिकाका एउटा वडाका वडा अध्यक्षका भाइसमेत हुन्। उनी मध्यपुर थिमि नगरपालिका-५ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठका भाइसमेत हुन्।

सोही समूहमा स्वास्थ्य मन्त्रालयका अधिकृत मीनबहादुर श्रेष्ठ पनि पक्राउ परेका छन्। उनलाई नगद ११ हजार दुई सय रुपैयाँसहित पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। उनीहरू दुवै जनासहित ९ जनाको समूहमा तास खेलिरहेको बेला एकैचोटी उनीहरू पक्राउ परेका हुन्।


सामाग्री श्रोत :

सूर्यविनायकका वडा सचिव एवं मध्यपुर थिमिका वडा अध्यक्षका भाइ पक्राउ

काठमाडौँ । नेपालको कुल गार्हस्थ ​उत्पादनमा सञ्चार तथा सूचना प्रविधि क्षेत्रको योगदान १.९४ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ । बुधबार राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक राष्ट्रिय लेखा तथ्याङ्कमा यस्तो उल्लेख गरिएको हो ।

तथ्याङ्कअनुसार आ.व. २०८१/८२ मा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर ४.८१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ ।

चालु आर्थिक वर्षमा कम्प्युटर प्रोग्रामिङ तथा इन्फर्मेसन सर्भिससम्बन्धी क्रियाकलापमा भएको वृद्धि, इन्टरनेट सेवा प्रदायकको कारोबार तथा ताररहित सञ्चार सेवामा भएको वृद्धिको कारणले यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा वृद्धि हुने प्रारम्भिक अनुमान रहेको कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्ष २०८०/८१ मा यस क्षेत्रको वृद्धिदर ४.९१ प्रतिशत रहने संशोधित अनुमान गरिएको थियो । आर्थिक वर्ष २०७९/८० तथ्याङ्कअनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ४.१५ प्रतिशत कायम भएको थियो ।

 

पछिल्लो अध्यावधिक: बैशाख १८, २०८२ १६:३१





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा जाने कुनै रुचि नभएको बताएका छन्।

१ सय ३६ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासङ्घले बिहीवार काठमाडौंमा गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

अध्यक्ष दाहालले यथास्थितिवादी पार्टीहरूसँग मिलेर सरकारमा जाने कुनै रुचि नभएको बताउँदै आफूहरू जनताहरूसँग ठिक रहेको बताए।

Ncell 2
Ncell 2

उनले सञ्चारमाध्यममा आउने विभिन्न समाचारहरूबाट अलमलमा नपर्न नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरे। अध्यक्ष दाहालले आफूहरू फेरि एकचोटी नयाँ आर्थिक क्रान्तिद्वारा मुलुकमा देखिएका तमाम समस्याहरूको समाधान गर्न अग्रसर भएको जिकिर गरे। 

‘फेरि यथास्थितिवादी पार्टीहरूसँग मिलेर सरकारमा जाने हामीलाई कुनै रुचि छैन । हामी जनतासँगै ठिक छौँ । हामी हाम्रो वर्गसँगै ठिक छौँ। तपाईँहरू कन्फ्युजनमा नपर्नु होला, विभिन्न खालका मिडियामा आउने समाचारबाट गम्भीर नहुनु होला। हामी आन्दोलनमार्फत फेरि एकचोटी नयाँ आर्थिक क्रान्तिद्वारा यी तमाम समस्याहरूको समाधान गर्नतिर अग्रसर छौँ ।’ उनले भने,  ‘मैले तपाईँहरूलाई गम्भीरपूर्वक अपिल गर्न चाहन्छु, तपाईंहरू अगाडि आउँदा यो देशले फेरि एकचोटी नयाँ आन्दोलन र नयाँ अभियानलाई सफल बनाएर संविधानको समीक्षा, संविधान संशोधनसहित तपाईँ हामीले अहिले भोगिरहेका समस्याहरूलाई समाधान गरिनेछ।’

shivam cement
shivam cement

उनले नेपाली काँग्रेस र नेकपा (एमाले)का विद्यार्थी सङ्गठनहरू मिल्दासमेत गत स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा आफूहरूले धेरै ठाउँ जितेको र ऐतिहासिक रेकर्ड बनेको जिकिर गरे।

‘हामीलाई अरू कसैको खुट्टामा नटेकी उभिन नसक्ने भयो माओवादी भनेर आरोपित गर्न खोजियो । हामीलाई अपमानित गर्न खोजियो । तर, तपाईं हामीले देख्यौँ, जब हाम्रो पार्टीले अब कसैसँग नमिली आफ्नै खुट्टामा उभिएर चुनाव लड्ने, एक्लै अगाडि बढ्ने भन्यौँ, उपनिर्वाचनमा तपाईँहरूले देख्नुभयो, हामी देशकै एक नम्बर पार्टी बन्यौँ । काँग्रेस र एमाले मिल्दा पनि हामीले स्ववियु निर्वाचनमा धेरै ठाउँमा जितेका छौँ र ऐतिहासिक रेकर्डहरू बनेका छन् ।’ उनले भने।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । जहाँ प्रहरी चौकी छ त्यहाँ कानून र सुरक्षाको ग्यारेन्टी हुने विश्वास गरिन्छ । तर पाकिस्तानको कराँचीमा प्रहरी चौकी परिसरबाटै चोरी भएको छ । कराँचीको अल-फलाह प्रहरी चौकी बाहिर एक जनाको मोटरसाइकल चोरी भएको छ। जब उनी प्रहरी अधिकारीलाई भेट्न भित्र गए त्यही समयमा चोरी भएको हो ।

जियो न्यूजका अनुसार पाकिस्तानको कराँची शहरमा बढ्दो सडक अपराधको अर्को स्तब्ध पार्ने घटना प्रकाशमा आएको छ। कराँचीको कोरंगी जिल्लाको अल-फलाह प्रहरी चौकी बाहिरबाट एक जना व्यक्तिको मोटरसाइकल चोरी भएको छ जब उनी प्रहरी चौकी भित्र एक प्रहरी अधिकारीलाई भेट्न गएका थिए।

पीडित शाहिद इकबालले आफ्नो १२५ सीसीको मोटरसाइकल प्रहरी चौकीको मुख्य ढोका बाहिर पार्क गरेर प्रहरी चौकी भित्र पसे। जब उनी बाहिर आए बाइक हराएको थियो। यो घटनापछि प्रहरी चौकीमा हंगामा मच्चियो।

सबैभन्दा अचम्मलाग्दो कुरा के थियो भने सीसीटीभी फुटेजमा चोरी हुनुभन्दा केही मिनेट अगाडि नै आरोपी युवक प्रहरी चौकीमा प्रवेश गरेको देखियो। उनले ड्युटी अफिसर र अन्य प्रहरीलाई भेटे र हराएको परिचयपत्रको बारेमा गुनासो गरेको नाटक गरे। यस क्रममा उनले प्रहरी चौकीको वातावरण बुझे र बाहिर निस्केर बाइक चोरेर केही सेकेन्डमै भागे।

प्रहरीले अब सीसीटीभी फुटेजको सहयोगमा अभियुक्तको खोजी सुरु गरेको छ। फुटेजमा देख्न सकिन्छ कि आरोपी पहिले प्रहरी चौकी भित्र पसे र त्यसपछि चलाखीपूर्वक बाइक लिएर भागे। कराँचीमा सडक अपराध निरन्तर बढिरहेको बेला यो घटना प्रकाशमा आएको हो। नागरिक-प्रहरी सम्पर्क समितिको तथ्याङ्क अनुसार फेब्रुअरी २०२५ मा मात्र कराँचीमा ३,७७३ मोटरसाइकल र १९५ कार चोरी वा लुटिएका थिए।

प्रहरीले २०२४ मा अपराधमा २१% कमी आएको दाबी गरिरहेको भए पनि धरातलीय वास्तविकताले अर्कै कुरा बताउँदैछ। गत वर्ष मात्र सडक अपराधका घटनाहरूमा १०६ जनाले ज्यान गुमाए, जसमा आम नागरिक, प्रहरी र पेशेवरहरू समावेश थिए भने ३०० भन्दा बढी घाइते भएका थिए।

 


सामाग्री श्रोत :

प्रहरी चौकीबाटै मोटरसाइकल चोरी !

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय सदस्य डा. बबी सिंह यादवले पड्काएको भनिएको पेस्तोल प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले आज दिउँसो मलंगवा नगरपालिका वडा नम्बर-५ स्थित अञ्जनी कुमारको घरबाट उक्त उपकरण बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले बरामद भएको वस्तुको मुचुल्का उठाउने काम भइरहेको बताए । उनले उक्त वस्तु हेर्दै नक्कली रहेको बताउँदै आधिकारिक पुष्टि गर्न काठमाडौंस्थित विधि विज्ञान प्रयोगशाला पठाइने जानकारी दिए । 

डीएसपी राईका अनुसार यो घटना वैशाख ११ गते मलंगवा नगरपालिकाकै बसन्त कुमारकी छोरी कोमल सुप्रियाको विवाहको हल्दी कार्यक्रममा भएको थियो । सामाजिक सञ्जालमा भाइरल भिडिओ फुटेजको आधारमा अञ्जनी कुमारको घरबाट उक्त शंकास्पद वस्तु बरामद गरेको राईले जानकारी दिए । 

यसअघि नेतृ डा. यादवले भाइरल भिडिओलाई लिएर स्पष्टीकरण दिएकी थिइन् । उनले एक वैवाहिक समारोहमा ‘रेन्जर टोय’ नामक खेलौनाबाट फायर गरेको र त्यसलाई अतिरञ्जित गरी सामाजिक सञ्जालमा प्रचार गरिएको बताएकी थिइन् ।

यस विषयमा सप्तरी जिल्ला प्रहरी कार्यालयले डाक्टर डा. यादवसँग पनि सोधपुछ गरिरहेको एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।

*समाचारको शीर्षक परिवर्तन गरिएको छ । स.

पछिल्लो अध्यावधिक: बैशाख १८, २०८२ १५:३७





सामाग्री श्रोत :
टेक पाना

नेपालको स्वास्थ्य नीति हाल गम्भीर मोडमा उभिएको छ- जहाँ नीतिगत अस्पष्टता, अल्पकालीन सोच र पेशागत सम्मानको अभावले विशेषगरी डेन्टल चिकित्सकहरूको भविष्य झनै अन्योलमा परेको छ। 

भर्खरै स्वास्थ्य मन्त्रालयले स्थानीय तहमा ५/१०/१५ सैय्याको अस्पतालहरूमा डेन्टल डाक्टर नराख्ने र त्यसको साटोमा डेन्टल हाईजिनिष्ट राख्ने मन्त्रीस्तरीय निर्णय गर्योय। यो निर्णयले देशभरिका डेन्टल चिकित्सक र चिकित्सक समुदायलाई स्तब्ध बनाएको छ।

यो कदम न केवल डेन्टल डाक्टरहरूको अपमान हो, यो सम्पूर्ण नागरिकहरूको मौखिक स्वास्थ्यप्रति गरिएको लापरवाही पनि हो।
सैद्धान्तिक रूपमा, स्वास्थ्य सेवा सबै नागरिकको मौलिक अधिकार हो। तर व्यावहारिक रूपमा, योग्य जनशक्ति उपेक्षित हुँदा, यो अधिकारको अभ्यास असम्भव बन्छ।

नीति निर्माणमा देखिएको विरोधाभास

अचम्म त तब लाग्छ जब सरकारले एकातर्फ निजी कलेजहरूमा डेन्टल सिटको संख्या बढाउने निर्णय गर्न खोज्दैछ, भने अर्कोतर्फ डेन्टल चिकित्सकहरूलाई अवसरविहीन बनाउने नीति मन्त्रिस्तर बाट कार्यान्वयन गर्छ। 

यदि डेन्टिस्टहरूका लागि कुनै पद छैन भने, सरकार डेन्टल सिट किन बढाउँदैछ? यो स्पष्ट विरोधाभासले सरकारको दीर्घकालीन सोचप्रति प्रश्नचिह्न खडा गर्छ।

डेन्टल हाईजिनिष्टको काम के हो ?
डेन्टल हाइजिनिस्टहरू मौखिक स्वास्थ्यको पूरक सेवा दिन सक्षम छन्, तर उनीहरू चिकित्सक होइनन्। हाइजिनिस्टले जाँच गर्न, उपचार योजना बनाउने, जटिल केसहरूको व्यवस्थापन गर्न सक्दैनन्- जुन सबै कार्य डेन्टल डाक्टरको भूमिकाभित्र पर्छ। हाईजिनिस्टलाई डाक्टरको स्थानमा नियुक्त गर्नु भन्नु भनेको सर्जनको ठाउँमा कम्पाउन्डर राख्नु जत्तिकै घातक हो।

दीर्घकालीन परिणामहरू
यदि अहिलेको निर्णय यथावत् रह्यो भने यसको दीर्घकालीन असर गम्भीर हुनेछन्:

* बेरोजगारीको वृद्धि: हरेक वर्ष सयौँ डेन्टल डाक्टरहरु स्नातक हुँदैछन्। तर, रोजगारीका अवसर हराउँदै गएमा उनीहरू निराश हुँदै बेरोजगारको सूचीमा थपिनेछन्।

* शैक्षिक लगानीको विफलता: अभिभावकहरूले लाखौँ खर्च गरेर छोराछोरीलाई डेन्टल पढाएका छन्। जब काम नपाउँदा उनीहरू आर्थिक र भावनात्मक रूपमा क्षतिग्रस्त हुनेछन्।

* ब्रेन ड्रेन: योग्य चिकित्सकहरू विदेश पलायन हुने सम्भावना बढ्नेछ। जुन देशका लागि दीर्घकालीन दृष्टिमा घातक हुन्छ।

* सेवाको गुणस्तरमा गिरावट: हाइजिनिस्टले दिने सेवा सिमित र प्राथमिक प्रकृतिको हुन्छ। जटिल केसहरूमा योग्य डाक्टरको अभावले जनस्वास्थ्यमा प्रतिकूल असर पर्नेछ।

* क्वाकेरीको प्रसार: जब कानुनी रुपमा योग्य चिकित्सकको ठाउँ हाइजिनिस्ट वा अयोग्य व्यक्तिले लिन्छ, तब गैरपेशेवर उपचार बढ्नेछन् र जनताको ज्यान जोखिममा पर्न सक्छ।

समाधान के हो?
१. नीतिगत पुनरावलोकन: यो निर्णय तुरुन्त फिर्ता लिनुपर्छ। स्थानीय तहमा अनिवार्य रूपमा डेन्टल डाक्टरको पद सिर्जना गरिनुपर्छ।
२. सेवा र शिक्षा बीच समन्वय: कति चिकित्सक उत्पादन गर्ने र कति रोजगारी उपलब्ध छन् भन्ने बीच समन्वय गर्न आवश्यक छ।
३. पेशागत सम्मानको प्रत्याभूति: डेन्टल चिकित्सकलाई पूर्ण सम्मान र भूमिका दिनु राज्यको दायित्व हो।
४. मूल्यांकन प्रणालीको पुनर्संरचना: स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चित गर्न, हाईजिनिष्ट र डाक्टरका भूमिका स्पष्ट रूपमा छुट्याइनुपर्छ।

राज्यले बनाउने नीति नागरिकको स्वास्थ्य सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ। अल्पकालीन बचत वा व्यवस्थापनको नाममा यस्तो निर्णय गर्नु न केवल पेशागत अन्याय हो, यो सम्पूर्ण जनस्वास्थ्यप्रति पनि गैरजिम्मेवार रवैया हो। आजको निर्णय भोलिको सार्वजनिक स्वास्थ्य संकटको बीउ बन्न सक्छ। समयमै सचिनु अबको आवश्यकता हो। सस्तो निर्णयले राज्यको स्वास्थ्य जगमाथि नै दरार पार्नेछ। नीति बनाउनेहरूलाई यति चेत रहोस्- स्वास्थ्य नीति केवल प्रशासनिक निर्णय होइन, त्यो हरेक नागरिकको जिउने अधिकारसँग प्रत्यक्ष जोडिएको विषय हो।

१५ बेड को अस्पतालले एउटा नगरपालिका भरीको जनसंख्याको स्वास्थ्योपचार गर्ने अवधारणा रहेको अवस्थामा राज्यले वार्षिक ५०० दन्त चिकित्सक उत्पादन गर्दा नगरपालिका स्तरमा दन्त चिकित्सक सहितको उपचारात्मक दन्त सेवा को परिकल्पना नगर्नु नागरिकको स्वास्थ्यप्रति गम्भीर खेलवाड हो त हो नै,  समाजवादउन्मुख संविधानको समेत ठाडो उपहास हो । बहुदलीय व्यवस्था आएको ३५ वर्ष पछि गाउँ गाउँ मा चिकित्सक पुर्याउने सरकारी नीति प्रसंशनीय छ, तर ग्रामीण भेग त पर छोडौं, नगरपालिका स्तरमा समेत दन्त चिकित्सक को अनुहार हेर्न हाम्रो व्यवस्थाले कति दशक पार गर्नु पर्ने हो, एउटा दन्त चिकित्सकको रूपमा नीतिनिर्माता हरुलाई मेरो यही  प्रश्न छ ।

हाम्रो माग- स्पष्ट र न्यायसंगत छ

१. डेन्टल हाईजिनिष्ट पूरक हुन सक्छन्, विकल्प होइनन्।
२. डेन्टल डाक्टरलाई स्थानीय तहका अस्पतालमा अनिवार्य रूपमा राखियोस्।
३. गैर-चिकित्सकबाट दाँत झिकाउने, उपचार गराउने कार्य अवैध घोषणा गरी कारबाही गरियोस्।
४. ‘क्वाक मुक्त’ हैन – ‘क्वाकेरी निर्मूल’ अभियान देशभर सञ्चालन गरियोस्।
५. स्वास्थ्य नीति बनाउँदा चिकित्सक समुदायको राय अनिवार्य गरियोस्।

हिजो यसै सन्दर्भमा नेपाल डेन्टल एसोसियसनका पदाधिकारीहरुले ५/१०/१५ शैयाको दरबन्दी मध्ये १५ शैय्यामा डेन्टल सर्जनको दरबन्दी सम्बन्धी हामीलाई मन्त्रालय बाट भएको ‘धोखा’को बारेमा स्वास्थ्यमन्त्रिलाई भेटेर ध्यानाकर्षण गराउनु भएछ। र यदि सो दरबन्दी नसच्याए सम्पूर्ण दन्तचिकित्सकहरु आन्दोलनमा उत्रिने कडा चेतावनी दिनुभएछ। 

स्वास्थ्य मन्त्रालयले मिति २०८२ वैशाख ९ गते गरिएको निर्णय त्रुटिपूर्ण रहेको र उक्त निर्णयलाई चाडै नै सच्याउने समेत बाचा गरेको भन्ने खवर आएको छ। शुक्रवार सम्ममा मन्त्रालयले कुनै पनि आधिकारिक सूचना ननिकालेमा आईतबार सबै दन्तचिकित्सकहरु काठमाडौंमा स्वास्थ्य मन्त्रालय रामशाहपथ, र उपत्यका भन्दा बाहिर आफ्नो जिल्लाको जिल्ला प्रशासन कार्यालय, र सात वटै प्रदेशको स्वास्थ्य मन्त्रालयमा उपस्थित भई आन्दोलनको सुरुवात गर्ने घोषणा भएको छ। 

हिजोआज देशभर नेपाल डेन्टल एसोसियसनको १६ औँ कार्यसमितिको चुनावी माहोल छ। अब एनडीएको निर्वाचन पनि त्यही सन्दर्भमा महत्त्वपूर्ण भएको छ। यसपालिको निर्वाचन केवल नेतृत्व चयन होइन, डेन्टल डाक्टरको भविष्य सुरक्षित गर्ने अवसर पनि हो।

यदि हामीले अहिले आवाज उठाउन सकेनौँ भने:

* हामी निरन्तर उपेक्षित हुनेछौँ
* अल्प-प्रशिक्षित जनशक्तिले हाम्रो ठाउँ लिनेछ
* बिरामीको जीवन फेरि जोखिममा पर्नेछ।

अब एनडीए  नीति निर्माणमा हस्तक्षेप गर्ने सशक्त संस्था बन्नुपर्छ। हामीलाई यस्तो नेतृत्व चाहिएको छ, जसले:
* सरकारसँग आँखा जुधाएर कुरा गर्न सकोस्
* डेन्टल डाक्टरको अधिकारको रक्षाका लागि रणनीतिक योजना बनाउन सकोस्
* क्वाकेरी विरुद्ध व्यापक जनचेतना फैलाउन सकोस्

अन्तत अबको चुनाव एउटा आवाज हो – हाम्रो हक र पहिचानको लागि। यो अभियान केवल ‘मत माग्ने’ कामको लागि मात्र होइन- यो हाम्रो अस्तित्व, पेशागत सम्मान र जनताको जीवनको सुरक्षा सुनिश्चित गर्ने अभियान हुन पर्छ।
अब चुप लागेर बस्ने होइन 
अब ‘समस्या छैन’ भन्ने होइन 
अब हामी उठ्ने, बोल्ने र झनै संगठित हुने समय हो।

(डा काफ्ले अल्का डेन्टल होम गोगंबु, काठमाडौंमा कार्यरत छन्)
 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं–नेपाल विद्युत् प्राधिकरणले भारतबाट मागेजति बिजुली नपाए लोडसेडिङ हुने बताइरहेका बेला पिकआवरबाहेकको बिजुली पाउने भएको छ।

यसअघि दैनिक १२ घन्टा बिजुली आयात गर्दै आएको प्राधिकरणले आजदेखि १५ घन्टासम्म आयात गर्न पाउने भएको हो।

भारतबाट बिहान ६ देखि साँझ ५ बजेसम्म निरन्तर बिजुली आइरहेको प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारले बताए। 

Ncell 2
Ncell 2

भारतले पुरानै सहमतिअनुसार अब निरन्तर ६०० मेगावाट विद्युत् दिने प्रवक्ता शिल्पकारले बताए।

‘पहिला नै हामीले ६०० मेगावाट रातीका लागि मागेका थियौं। सुरुमा भारतले १५ घन्टासम्म दिइए पनि बीचमा अत्यधिक लोड बढ्यो। नेपालले रातीमा मागेको बिजुली दिउँसो पाइरहेको थियो। बेलुकाको पिकआवरमा अझै पनि पाइरहेका छैनौं। बिहान ६ देखि ५ बेलुका समस्या थिएन। रातीको समयमा पनि विस्तार पाउँछौं,’ प्रवक्ता शिल्पकारले भने। 

shivam cement
shivam cement

अहिले सुक्खा मौसममा नदीनालाको बहाव कम हुँदा जलाशय र सौर्य ऊर्जासहित आन्तरिक उत्पादन औषत १ हजार १७५ मेगावाट रहेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। गर्मीमा छालाको स्वास्थ्य प्रमुख चिन्ताको विषय हो। यस मौसममा, सूर्यको किरण सिधै पृथ्वीमा आउँछ, जसले गर्दा घामले डढ्न थाल्छ। यस्तो अवस्थामा, धेरै समयसम्म घाममा बस्दा छाला पोल्ने, ट्यानिङ, पिग्मेन्टेसन, चाउरीपना, गर्मीको दाग जस्ता छालाका समस्याहरूको जोखिम बढ्छ।

यस्तो अवस्थामा, यसबाट बच्न, धेरैजसो मानिसहरू प्रायः महँगो सनस्क्रिन लोशन र जेल प्रयोग गर्छन्, जसले सूर्यको तेज किरणबाट जोगाउने दाबी गर्छन्। तर तपाईं यी चीजहरूलाई आहारमा समावेश गरेर आफ्नो छालालाई क्षतिबाट पनि बचाउन सक्नुहुन्छ।

यहाँ हामी तपाईंलाई केही यस्ता उत्कृष्ट गर्मीका खानेकुराहरूको बारेमा बताउँदैछौं, जसले तपाईंलाई हाइड्रेटेड मात्र राख्दैन, तर तपाईंको छालालाई पनि जोगाउँछ।

कागतीको रसः कागतीमा पाइने भिटामिन सी र एन्टिअक्सिडेन्टले छालालाई घामको यूभी किरणहरूबाट जोगाउने काम गर्छ। नियमित रूपमा कागती पानी पिउनाले छालालाई घामबाट हुने फ्री रेडिकल क्षतिबाट पनि बचाउँछ।

लस्सी र छाछः गर्मीमा लस्सी र छाछ पिउनाले धेरै आरामदायी महसुस हुन्छ। यी दुवै दहीबाट बनेका हुन्छन् र यसमा पाइने पोषक तत्वहरूले छालालाई घामको हानिकारक किरणबाट जोगाउन मद्दत गर्छन्।

हरियो चियाः हरियो चियामा पाइने पोलिफेनोल एन्टिअक्सिडेन्टले घामबाट हुने क्षति कम गर्न र छालालाई टेनिङ हुनबाट जोगाउन मद्दत गर्छ। यस्तो अवस्थामा हरियो चियाको नियमित सेवनले सूर्यको किरणको प्रभाव कम गर्न सकिन्छ।

गोलभेडाः गोलभेडामा पाइने लाइकोपीन नामक तत्वले UV-A र UV-B  किरणहरू अवशोषित गर्छ। गोलभेडाले घामबाट हुने जलन र टेनिङ कम गर्न मद्दत गर्छ। गोलभेडा नियमित रूपमा खाँदा छालामा कडा घामको प्रभाव पनि कम हुन्छ।

नरिवल पानीः नरिवल पानी एक प्राकृतिक मोइस्चराइजर हो, जसले छालालाई ओसिलो बनाउँछ र नरम बनाउँछ। यो घामबाट हुने छालाको क्षतिबाट बच्नको लागि घरेलु उपचार पनि हो। नरिवल पानीले छालालाई भित्रबाट डिटोक्स गर्छ र रंग सुधार गर्छ।


सामाग्री श्रोत :

यी ५ खानेकुराले छालालाई घामबाट बचाउँछ!

काठमाडौँ । गुगलले आफ्नो एआई एप जेमिनाईमा फोटो एडिटिङ टुल राख्ने भएको छ । गत वर्षदेखि परीक्षणमा रहेको यो टुल अब भने प्रयोगकर्ताले प्रयोग गर्न पाउने भएको हुन् । 

यो टुलमार्फत् प्रयोगकर्ताले जेमिनाईमा उसैले तयार पारेको तस्विर वा आफ्नै फोटो अपलोड गरेर एडिट गर्न सक्नेछन् । फोटोको ब्याकग्राउन्ड परिवर्तन गर्नेदेखि लिएर, कुनै वस्तु हटाउने, अरू शेप वा इमेजहरू थप गर्ने लगायतका काम गर्न सकिनेछ ।

यसको साथै फोटोको स्टाइल पनि परिवर्तन गर्न सकिनेछ । जस्तै तपाईँले कुनै बगैँचामा बसेर फोटो खिच्नु भएको छ भने त्यो फोटोबाट बगैँचा हटाएर कुनै सडकको ब्याकग्राउन्ड राख्न सक्नुहुन्छ । साथै तपाईँले चस्मा लगाउनु भएको छैन भने चस्मा पनि जोड्न सक्नुहुन्छ । कम्पनीले यो टुल विस्तारै सबै प्रयोगकर्ता माझ पुग्ने बताएको छ । 

 यसरी तयार गरिएका तस्विरमा नदेखिनेगरी वाटरमार्क भने हुने बताइएको छ । अर्कातिर गुगलले जेमिनाईबाट एडिट गरिएको फोटो भन्ने थाहा होस् भनेर सबै फोटोमा देखिनेगरी वाटरमार्क राख्ने तयारी पनि गरिरहेको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १८, २०८२ १४:१५





सामाग्री श्रोत :
टेक पाना

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट