

काठमाडौं – दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हान डक-सूले बिहीबार राजीनामा दिने घोषणा गरेका छन्।
उनले आगामी राष्ट्रपति चुनावमा उम्मेदवारको रूपमा प्रतिस्पर्धा गर्नका लागि राजीनामा दिने बताएsf छन्।
हानले एक टेलिभिजन ब्रीफिंगमा भने, “मैले देशको लागि ठूलो जिम्मेवारी लिनको लागि यो निर्णय लिएको छु।” दक्षिण कोरियाली मिडियाका अनुसार, हानले शुक्रबार आफ्नो राष्ट्रपति अभियान औपचारिक रूपमा सुरु गर्ने योजना बनाएका छन्।
हानलाई तत्कालीन राष्ट्रपति युन सुक येओलले प्रधानमन्त्रीको रूपमा नियुक्त गरेका थिए, तर अब उनको पदबाट हटाइने र उपचुनावको प्रक्रिया सुरु गरिनेछ।
हानलाई सम्भावित रूढिवादी उम्मेदवारको रूपमा देखिन्छ, र उनी पिपुल पावर पार्टीसँग एकीकृत अभियानको नेतृत्व गर्न सक्ने अनुमान गरिएको छ। यसो गर्दा, उनले आगामी राष्ट्रपति चुनावमा उदारवादी नेता ली जे-म्युङसँग प्रतिस्पर्धा गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

काठमडौं। भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेही नेपाल आउने भएकी छन्।
सामाजिक संस्था ‘ह्युुमन रेस्पेक्ट नेपाल’ को सहयोगार्थ आयोजना हुने च्यारिटी कार्यक्रमका लागि अभिनेत्री फतेही नेपाल आउन लागेको आयोजक वल्र्डवाइड फिल्मस् नेटवर्क प्रालिले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।
संस्थाका अध्यक्ष देव मगरका अनुसार शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युुमन रेस्पेक्ट नेपाल’ को सहयोगार्थ च्यारिटी कार्यक्रमका लागि अभिनेत्री फतेही नेपाल आउन लागेकी हुन्। उनले भने, ‘मनोरञ्जनमार्फत सामाजिक कार्यलाई सहयोग गर्ने उद्देश्यले हामीले यो कार्यक्रम गर्न लागेका हौँ।’
आगामी जेठ ३ गते ‘नोरा फतेही लाइभ इन नेपाल’ कार्यक्रम आयोजना हुने भएको हो। नेपाल आउन र नेपालीलाई भेट्न आफू उत्साहित रहेको अभिनेत्री फतेहीले बताएकी छन्। उनले एक श्रव्यदृश्य सन्देशमार्फत आफू पहिलो पटक नेपाल आउने र यहाँबाट अहिलेसम्म प्राप्त गरिरहेको मायाका लागि धन्यवाद व्यक्त गर्दै आफ्नो प्रस्तुति दिने बताएकी छन्।
‘म काठमाडौं आउन उत्साहित छु, यो मेरो पहिलो भ्रमण हुनेछ, सामाजिक कार्यका यो कार्यक्रमलाई सफल बनाउन सबैलाई आग्रह गर्दछु’, उनले भनिन्। इभेन्टको व्यवस्थापन मनु मिडिया प्रालिले गर्नेछ। अभिनेत्री फतेहीको ‘दिलबर दिलबर’, ‘कुसु कुसु’, ‘ओ साकी साकी’, ‘नाच मेरी रानी’, ‘स्नेक डान्स’लगायत गीत लोकप्रिय छन्।
उक्त कार्यक्रममा नेपाली कलाकारहरु दुर्गेश थापा, नृत्यांगना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामालगायतले प्रस्तुती दिने आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो। उक्त कार्यक्रमको टिकट ‘खल्ती’ एपमा उपलब्ध रहेको आयोजक तथा कार्यक्रम संयोजक मनिष कार्कीले जानकारी दिए।
सामाग्री श्रोत :
काठमाडौँ । भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत अर्की एक नेपाली छात्रा मृत अवस्थामा फेला परेकी छन् । ओडिशाको स्थानीय सञ्चारमाध्यम ओटीभी अनुसार बिहीबार केआईआईटीको होस्टेलभित्र झुन्डिएको अवस्थामा नेपाली छात्राको शव फेला परेको हो ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ भने विश्वविद्यालय प्रशासनले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया नदिएको ओटीभीले जनाएको छ । यसबारे स्थानीय प्रहरी आयुक्त एस. देवदत्त सिंहलाई जानकारी पुगिसकेको बताइएको छ ।
दुई महिनाअघि केआईआईटीकै होस्टेलमा नेपाली छात्रा प्रकृति लम्सालको शव फेला परेको थियो । लम्सालको निधन रहस्यमयी भएको भन्दै कलेजमा अध्ययनरत विद्यार्थीहरूले प्रदर्शन गरेका थिए ।
विरोध प्रदर्शनका क्रममा नेपाली विद्यार्थीले आफूहरूमाथि जातीय तथा राष्ट्रिय पहिचानका आधारमा दुर्व्यवहार भएको र मानसिक त्रासदी र असुरक्षा महसुस गरिरहेको जनाएका थिए । उक्त घटनापछि केही नेपाली विद्यार्थीहरूलाई जबर्जस्ती गाडीमा राखेर रेलवे स्टेशनमा पुर्याइएको थियो ।
दुई महिनाको फरकमा एउटै होस्टेलमा नेपालका दुई छात्राले ज्यान गुमाएपछि केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षालाई लिएर फेरि सामाजिक सञ्जालमा बहस सुरु भएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख १८, २०८२ २२:४३
सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) किट विश्वविद्यालयमा फेरि अर्की नेपाली विद्यार्थी मृत फेला परेकी छन् ।
उक्त विश्वविद्यालयको प्रथम वर्षमा अध्ययनरत नेपाली छात्रा वीरगञ्जकी प्रिसा साह बिहीबार साँझ फेला परेकी हुन् । उनको शव कलेज होस्टेलमा फेला परेको थियो ।
गत ४ फागुनमा यही विश्वविद्यालयमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टलमा मृत फेला परेकी थिइन् ।
उनी प्रथम वर्षको परीक्षा दिनका लागि विश्वविद्यालयको होस्टेलमै बस्दै आएकी थिइन् । प्रकृति लम्साल बस्दै आएको होस्टेलमै उनी पनि बस्दै आएकी थिइन्। परीक्षा सकिएसँगै अन्य कक्षाका विद्यार्थीहरू घर गइसकेका थिए।
प्रथम वर्षका विद्यार्थीहरू त्यही बस्दै आएको ती विद्यार्थीको भनाइ छ। उनले के कति कारणले आत्महत्या गरेको भन्ने विषयमा खुलिनसकेको ती विद्यार्थीको भनाइ छ। उनको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत एक नेपाली विद्यार्थी मृत फेला परेकी छिन्।
उक्त विश्वविद्यालयको स्नातक तह प्रथम वर्षमा अध्ययनरत नेपाली छात्रा वीरगञ्जकी प्रिसा साह बिहीबार साँझ मृत फेला परेकी हुन्।
उनको शव होस्टेलमा झुन्डिएको अवस्थामा फेला परेको स्थानीय प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थलमा घटनाको अनुसन्धान गरिरहेको छ।
अहिलेसम्म कलेजले भने घटनाको बारेमा कुनै आधिकारिक बयान जारी गरेको छैन।
गत ४ फागुनमा पनि केआईआईटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टलमा मृत फेला परेकी थिइन्।
सामाग्री श्रोत :
काठमाडौँ । गुगलले एन्ड्रोइड प्रयोगकर्ताका लागि डकुमेन्ट स्क्यान प्रणालीमा नयाँ सुविधा थपेको छ । यसअन्तर्गत गुगल ड्राइभ, फाइल्स बाइ गुगल, पिक्सेल क्यामेरा लगायतका एपहरूमा डकुमेन्ट स्क्यान गर्दा फाइल आफैं स्वचालित रूपमा प्रष्ट, सफा र पढ्न योग्य हुने कम्पनीले जनाएको छ ।
यसअघि प्रयोगकर्तालाई स्क्यान गरिएको डकुमेन्टमा सुधार गर्न फिल्टर मेनुमा जानु पर्थ्यो । अब भने स्क्यान गरेलगत्तै डकुमेन्ट स्वचालित रूपमा प्रष्ट देख्न सकिनेछ ।
स्क्यान सकेपछि स्क्रिनको माथिल्लो दायाँ कुनामा देखिने बटन थिचेर आवश्यक परेमा इन्हान्स (सुधार) हटाउन पनि सकिनेछ ।
यो सुविधा गुगलले आफ्नो ‘एमएलकिट डकुमेन्ट स्क्यानर’ मार्फत ल्याएको हो, जुन एन्ड्रोइडका विभिन्न एपहरूमा एकीकृत गरिएको छ ।
प्रयोगकर्ताको समय बचत गर्ने, सहज अनुभव दिने र स्मार्टफोनको क्यामेरालाई अझ उपयोगी बनाउने लक्ष्यले कम्पनीले यो सुविधा थप गरेको हो ।
डिजिटल डकुमेन्ट म्यानेजमेन्टमा स्मार्टफोन प्रयोग बढ्दो क्रममा रहेका बेला यस्तो सुविधा अत्यन्तै उपयोगी हुने विश्लेषण गरिएको छ । खासगरी स्कुल, कार्यालय वा प्रशासनिक काममा स्क्यान गरिएका डकुमेन्टहरूलाई तत्काल स्पष्ट बनाउनुपर्ने अवस्था आउँदा अब प्रयोगकर्ताले अलग्गै एडिटिङ सीप अपनाउनु पर्नेछैन ।
गुगलको यो नयाँ सुविधा हाल गुगल ड्राइभ र फाइल्स बाइ गुगलमा सुरु भइसकेको छ । छिट्टै अन्य एपहरूमा पनि विस्तार हुने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १८, २०८२ २१:४३
सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ – बजेट अधिवेशनका रुपमा रहेको संसद्को पाँचौ बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ।
बिहीबार संघीय संसद् सचिवालयले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको हो।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ। त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधनको प्रति टेबुल गर्ने कार्यसूची छ।
त्यस्तै सभामुख घिमिरेले राष्ट्रपतिबाट नेपालको संविधानको धारा ९५ बमोजिम संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई वैशाख १९ गते शुक्रबारगरेको सम्बोधनको लागि धन्यवाद ज्ञापन गर्ने सम्भावित कार्यसूची छ।
शुक्रबार दिउँसो तीन बजे राष्ट्रपति पौेडेलले संघीय संसद्का दुवै(प्रतिनिधि सभा र राष्ट्रिय सभा) बैठकलाई सम्बोधन गर्दैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

कीर्तिपुर। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले जलवायु परिवर्तनको असरलाई सम्बोधन गरी प्रभाकारी कार्यान्वयनमा जान नेपालले अन्तरराष्ट्रियस्तरबाटै साथ पाउनुपर्ने बताएका छन्।
जलवायु परिवर्तनमा नेपालले आफूले नगरेको गल्तीको सजाय भोग्नुपर्ने स्थिति रहेको उपराष्ट्रपति यादवले बताए। जलवायु परिवर्तनका गम्भीर असर देखिन थालेको उल्लेख गर्दै उनले भने, ‘तराईमा पानीका स्रोतहरु सुक्दै छन् र नेपालसहित नदीका तल्लो तटीय क्षेत्रका करिब दुई अर्ब जनता जलवायु परिवर्तनबाट प्रत्यक्ष रूपमा प्रभावित हुने देखिएको छ।’
नेपालले सन् २०४५ सम्ममा कार्बन उत्सर्जनलाई शून्यमा झार्न प्रतिबद्धता गरेको स्मरण गर्दै उपराष्ट्रपति यादवले यसका लागि विश्व समुदायबाट वित्तीय र भौतिक सहयोग आवश्यक भएको बताए।
कायममुकायम प्रधानन्यायाधीश सपना मल्ल प्रधानले जलवायु परिवर्तन अब न्यायिक मुद्दा बन्न पुगेको बताए। ‘सगरमाथा क्षेत्रको फोहोर तथा शव व्यवस्थापनसम्बन्धीलगायत पटकपटकका फैसलामार्फत न्यायालयले जलवायु परिवर्तनप्रति आफ्नो संवेदनशीलता प्रकट गरेको छ। आजको प्रश्न जलवायु परिवर्तनको जोखिमबाट सीमान्तकृत वर्गलाई कसरी न्याय दिने भन्ने रहेको छ।’ उनले भने।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले जलवायु परिवर्तनका कारण नेपालको विकास लक्ष्य प्राप्तिमा प्रतिकूल असर परिरहेको बताए। यसलाई सम्बोधन गर्न नेपालले कार्बन नियमावली २०८२ ल्याउने तयारी गरिरहेको उनले जानकारी दिए। सरकारले जलवायु परिवर्तनबारे विश्वकै ध्यानाकर्षण गर्न ‘सगरमाथा संवाद’ आयोजना गरेको र यसलाई सफल पार्न मन्त्री शाहीले आग्रह गरे।
नेपालका लागि राष्ट्रसंघीय प्रतिनिधि हाना सिंगर हम्दीले हिमालको काखमा रहेको नेपालले जलवायु परिवर्तनको असरसम्बन्धी न्याय सबभन्दा पहिले पाउनुपर्ने बताए।
सामाग्री श्रोत :
जलवायु परिवर्तनलाई सम्बोधन गर्न नेपाललाई विश्वकै साथ चाहिन्छ: उपराष्ट्रपति यादव
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा तोकिएको समयमै हुने स्पष्ट पारेको छ । सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलिएपछि बोर्डले निर्धारित तालिकामै परीक्षा सञ्चालन हुने र आधिकारिक सूचनाका लागि आफ्नो वेबसाइट हेर्न अनुरोध गरेको छ ।
सामाजिक सञ्जालमा अनधिकृत रूपमा लोगो र नाम दुरुपयोग गरी भ्रम फैलिएकोमा बोर्डले आपत्ति जनाएको छ । बोर्डले आफ्नो कुनै आधिकारिक फेसबुक पेज नरहेको स्पष्ट पार्दै आधिकारिक सूचना वेबसाइटबाट मात्र सार्वजनिक गर्दै आएको जनाएको छ ।
“आगामी दिनमा समेत सो (वेबसाइट) मार्फत आधिकारिक सूचना प्रवाह गरिने हुँदा बोर्डको सूचना प्राप्त गर्न अन्य स्रोतबाट प्रवाह हुने सूचनामा भर नपरी बोर्डको आधिकारिक वेबसाइटमार्फत प्रवाह हुने सूचनाबाट मात्र जानकारी लिनु हुन समेत अनुरोध छ,” बोर्डले भनेको छ ।
यसअघि वैशाख ११ गतेदेखि तय गरिएको कक्षा १२ को परीक्षा शिक्षक आन्दोलनका कारण वैशाख २१ देखि जेठ २ गतेसम्मका लागि सारिएको थियो । उक्त तालिका पनि स्थगित भएको भन्दै सामाजिक सञ्जालमा भ्रम फैलिएपछि बोर्डले सूचना जारी गर्दै नझुक्किन सचेत गराएको हो ।
पछिल्लो अध्यावधिक: बैशाख १८, २०८२ १७:५२
सामाग्री श्रोत :
टेक पाना
चितवन- दोस्रो अन्तर्राष्ट्रिय मानसिक स्वास्थ्य सम्मेलन सुरु भएको छ। अमेरिका, नर्वे, भारत, नेपाल लगायतका देशका सहभागी सहित सम्मेलन सुरु भएको हो।
सम्मेलनको उद्घाटन गर्दै भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुर मेडिकल सिटीकाे रुपमा विकास भएतापनी मानसिक राेगकाे उपचारमा कमी भएकाे बताइन्। उनले साे कमिलाई पूरा गर्न भरतपुरमा मानसिक अस्पताल निर्माण गर्ने साझा संकल्प गर्नुपर्ने उल्लेख गरिन्।
उनले भनिन् ‘विशेषज्ञ सेवा लिने थलोको रुपमा विकास भएको भरतपुरमा मानसिक रोगको उपचारमा कमी भएको महसुस भएकाे ।’ उनले मेडिकल सिटीमा अर्काे एउटा आयाम थप्न इच्छुक र तत्पर रहेकाे समेत बताइन्।
उद्घाटन सम्मेलनमा बाेल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले सीमित साधन र स्रोतका भरमा मानसिक स्वास्थ्य क्षेत्रमा काम गर्नुपर्ने बाध्यता रहेको बताए। तथापि समुदायस्तरमा अझै पनि मानसिक रोगको उपचारको पहुँच पुग्न नसकेको बताए । उनले मानसिक स्वास्थ्य सम्बन्धी विशेषज्ञ उत्पादन गर्नेतर्फ राज्य लागेकाे बताए।
कार्यक्रमका अध्यक्ष एवं चितवन मेडिकल कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्राडा हरिश्चन्द्र न्यौपानेले समाजका लागि केही गर्न सकियोस् भनेर कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रम संयोजक डा श्रीधर पौडेलले विकसित देशहरुमा पनि मानसिक रोग विकराल रुपमा रहेको बताए। उनले विकसित देशमा मानसिक रोग लुकाउने प्रचलन हड्दै गएतापनि नेपाल जस्ता विकासाेन्मुख देशहरुमा अझै पनि लुकाउने प्रचलन रहेकाे बताए ।उनले स्वदेशी तथा विदेशी विशेषज्ञ, अनुसन्धानकर्ता, चिकित्सक, समाजसेवीहरुको छलफलबाट निष्कर्ष निकालिने भन्दै जसका कारण नेपालको मानसिक स्वास्थ्यका समस्या न्यूनिकरण गर्न सम्मेलन फलदायी हुने बताए।
सामाग्री श्रोत :
swasthyakhabar









