२०८३ बैशाख २९ मंगलवार
LATEST NEWS
२०८३ बैशाख २९ मंगलवार

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। बिहीबार प्रतितोला ४ हजार ६ सय रुपैयाँले घटेको सुन साताको अन्तिम दिन स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक लाख ८३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य भने बढेको छ। चाँदीको मूल्य १५ रुपैयाँले बढेर १ हजार ९३० रुपैयाँ कायम छ।


सामाग्री श्रोत :

सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोवार?

काठमाडौं– शिक्षक आन्दोलनका कारण झण्डै एक महिना बन्द रहेका सरकारी विद्यालयहरु आजबाट नियमित रुपमा खुलेका छन् । नेपाल शिक्षक महासंघ र सरकारबिच सहमति भए संगै आजदेखि सरकारी विद्यालय खुलेका हुन्।

देशभरका विद्यालय बन्द गरेर शिक्षकहरू आन्दोलनका लागि काठमाडौं आएका थिए । आन्दोलनका कारण पठनपाठन ठप्प हुनुका साथै भर्ना अभियान पनि प्रभावित भएको थियो ।

Ncell 2
Ncell 2

सरकारसँग नौ बुँदे सहमति भएसँगै शिक्षकहरू कर्मथलो फर्किएका हुन् । सहमति अस्ति बुधबार भए पनि हिजो सार्वजनिक भएका कारण स्कुल आजदेखि खुलेका छन् । सुरुमा भर्ना अभियान पूरा हुने र त्यसपछि केही दिनमा पठनपाठन सुचारु हुने बताइएको छ । 

shivam cement
shivam cement

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौँ । ह्युमन मोबाइल डिभाइस (एचएमडी) र लाभा कम्पनीले इन्टरनेट तथा वाई-फाई बिना नै टिभी प्रसारण हेर्न मिल्ने फिचर फोन सार्वजनिक गर्ने घोषणा गरेका छन् । सोमबारको घोषणा अनुसार यी फोनहरू फ्रिस्ट्रिम, सिंकलेयर र तेजस नेटवर्कसँगको सहकार्यमा ल्याउन लागिएको हो ।

यी डिभाइसहरू बिहीबारदेखि भारतको मुम्बईमा सुरु भएको वर्ल्ड अडियो भिजुअल एन्ड इन्टरटेनमेन्ट समिट (वेभ्स) २०२५ मा प्रदर्शनका लागि राखिने समाचार इन्डियन एक्स्पेसले लेखेको छ । यो कार्यक्रम जिओ वर्ल्ड कन्भेन्सन सेेेेेन्टरमा जारी छ ।

इन्टरनेट तथा वाई-फाई बिना नै टिभी प्रसारण हेर्न मिल्ने प्रविधिलाई डाइरेक्ट-टु-मोबाइल (डीटुएम) भनिन्छ । यसले फोनलाई सेलुलर वा ताररहित कनेक्सन बिना टिभी सिग्नल प्राप्त गर्न र मल्टिमिडिया सामग्री स्ट्रिम गर्ने अनुमति दिन्छ । यो प्रविधि हाम्रो फोन वा कारमा एफएम रेडियो सुने जस्तै हुनेछ, जहाँ यसले भिडिओ र अडियो दुवै डेलिभर गर्ने बताइएको छ ।

एक्स्प्रेसले लेखे अनुसार लाभाको फोनमा अल्ट्रा-हाई-फ्रिक्वेन्सी (यूएचएफ) एन्टेना हुनेछ, जसले टेरेस्टेरियल टिभी प्रसारणहरू प्राप्त गर्नेछ । लाभा र एचएमडी दुवैका यी फोनहरू फिचर फोनहरू हुन् र यिनमा साङ्ख्य ल्याब्सले विकसित गरेको एसएल३००० नामक एक डेडिकेटेड चिप जडान गरिएको छ ।

लाभाले आफ्नो फोन तेजस नेटवर्कसँगको सहकार्यमा विकास गरिएको पुष्टि गरेको छ । यसमा मिडियाटेक एमटी६२६१ एसओसी चिप, २,२०० एमएएचको ब्याट्री र २.८ इन्चको स्क्रिन हुनेछ । एचएमडीले पनि किफायती मूल्यमा आफ्नो फिचर फोन ल्याउने पुष्टि गरेको छ । त्यसमा पनि डीटुएम प्रविधि हुनेछ । एचएमडीले प्राविधिक विवरणहरू भने खुलाएको छैन, तर यसमा साङ्ख्य ल्याब्सको एसएल३००० चिपसेट हुने बताइएको छ ।

डीटुएम प्रविधि मल्टिमिडियाका साथै आपत्कालीन अलर्ट र शैक्षिक सामग्रीहरू अझ प्रभावकारी रूपमा प्रदान गर्ने कार्यमा पनि प्रयोग गर्न सकिन्छ । भारतमा, डीटूएम प्रविधिलाई प्रसार भारतीका लाइभ नेटवर्कहरूमा विस्तृत रूपमा परीक्षण गरिएको छ । यो एड्भान्स टेलिभिजन सिस्टम कमिटी (एटीएससी) ३.० स्यान्डर्डमा आधारित छ ।

भारतमा स्मार्टफोन पेनिट्रेसन (आत्मसाथ गर्ने दर) उच्च भए पनि, अझै २३ करोडभन्दा बढी प्रयोगकर्ताले फिचर फोन प्रयोग गर्छन् । डीटुएम प्रविधि स्मार्टफोन किन्न नसक्ने, तर लाइभ खेलकुद, मनोरञ्जन, समाचार अलर्ट लगायतका कुराहरू हेर्न चाहनेहरूका लागि गेम चेन्जर हुन सक्छ । यद्यपि, २.८ इन्चको सानो स्क्रिनमा टिभी हेर्नु कत्तिको उपयोगी होला भन्ने प्रश्न पनि उठिरहेको छ ।

हेर्नुहोस्, डीटुएम प्रविधिको डेमो भिडिओ

पछिल्लो अध्यावधिक: बैशाख १९, २०८२ १०:५०





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं- नेपाल डेन्टल साइन्स हाइजेनिस्ट सोसाइटीले दन्तचिकित्सक डा भूमेश काफ्लेले आफ्नो लेखमा उल्लेख गरेका केही प्रसंगमा आपत्ति जनाएको छ। डेन्टल हाइजेनिस्ट पूरक रहेको उनीहरुले मौखिक सेवा मात्रै दिन सक्ने भनेर लेखकले भ्रम सृजना गर्न खोजेको सोसाइटीको प्रतिक्रिया छ। 

लेख छापिएको swasthyakhabar.com लाई पठाइएको बिज्ञप्तिमा  भनिएको छ,  ‘नेपालका दुर दराजमा अहिले पनी डेन्टलमा सामान्य तालिमको भरमा सरकारी निकायहरुमा सेवा प्रदान भइरहेको अवस्थामा यो जनशक्ति एकेडेमिक तह को ३ वर्ष दाँत र मुखसम्बन्धि अध्ययन गरेको  जनशक्ति भएकोले तह अनुसार ५/१०/१५ मा कार्य गर्न सक्ने कुराको जानकारी सहित अनावस्यक  भ्रम सिर्जना नगर्न अनुरोध छ।’


 

स्वास्थ्यखबर अनलाइनमा दन्तचिकित्सक डा भूमेश काफ्लेको ‘स्वास्थ्य नीतिको अन्योल, डेन्टल डाक्टहरुलाई उपेक्षा’ शिर्षकमा समाचार छापिएको थियो। जुन लेखकको निजी विचार रहेको हामीले लेखमै उल्लेख गरेका छौं।  हामी सबै पेशालाई उत्तिकै सम्मानका साथ हेर्ने जानकारी गराउँछौं । प्रतिक्रियाका लागि धन्यवाद ।  – सम्पादक

 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं – विद्यालय कर्मचारी परिषद्ले नयाँ आन्दोलनको घोषणा गरेका छन् । नेपाल शिक्षक महासंघले धोका दिएको भन्दै विद्यालय कर्मचारी परिषद्‌ले शुक्रबार चरणवद्ध आन्दोलन घोषणा गरेको हो । 

परिषदले शुक्रबार पत्रकार सम्मेलन गर्दै विभिन्न चरणका आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । परिषद्‌ले बब्बनकुमार मिश्रलाई आन्दोलन परिचालन कमिटीको संयोजक तोकेको छ । यसअघि एक महिना लामो आन्दोलनमा विद्यालय शिक्षक कर्मचारी पनि सहभागी भएका थिए ।

Ncell 2
Ncell 2

तर, सरकार र शिक्षक महासंघबीच भएको नौ बुँदे सहमतिमा आफ्ना माग सम्बोधन नभएको भन्दै उनीहरूले छुट्टै आन्दोलन घोषणा गरेका हुन् ।

shivam cement
shivam cement

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। एप्पलले अमेरिकामा बेचिने अधिकांश आइफोन र अन्य उपकरणको उत्पादन अब चीनबाट सार्ने भएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफका कारण एप्पलले अब चीनमा नभइ अन्य देशमा आइफोनको उत्पादन गर्नेछ।

‘आउँदो महिनाहरूमा अमेरिकी बजारको लागि बाध्य अधिकांश आइफोनहरू अब भारतमा बनाइने भएको छ। साथै, भियतनाममा आईप्याड र एप्पल घडीहरू जस्ता वस्तुहरूको लागि प्रमुख उत्पादन केन्द्र हुनेछ,’ प्रमुख कार्यकारी टिम कुकले भने।

नयाँ ट्यारिफहरूबाट प्रमुख इलेक्ट्रोनिक्सलाई छुट दिने ट्रम्पको निर्णयको बावजुद पनि यी टेक्नोलोजी दिग्गजले अमेरिकी आयात करले हालको अवस्थामा यसको लागतमा ९०० मिलिनियम भार थप्न सक्ने अनुमान गरेको छ। तर, ट्रम्प प्रशासनले बारम्बार भनेको छ कि यो एप्पलले अमेरिकामा उत्पादन सार्नु पर्छ।

‘हामी आशा गर्छौं -अमेरिकामा बिक्री हुने अधिकांश आईफोनको मूल देश भारत हुनेछ,’ कुकले भने।

उनका अनुसार भियतनाम संयुक्त राज्य अमेरिकामा बेच्ने लगभग सबै आइप्याड, म्याक, एप्पल वाच र एयरपड्स उत्पादनहरूको लागि मुख्य उत्पादन केन्द्र हुनेछ।

अमेरिका बाहिर बिक्री हुने कुल उत्पादनको ठूलो हिस्साको लागि चीन नै उत्पत्तिको देश रहनेछ।

ट्रम्पले आफ्नो प्रशासनले संयुक्त राज्य अमेरिकामा आयात गरिएका उत्पादनहरूमा पारस्परिक करहरू लगाउने घोषणा गरेपछि एप्पलको सेयरमा गिरावट आएको थियो।

तर उनको प्रशासनले आफ्नो योजनाहरू मध्यस्थता गर्न महत्त्वपूर्ण दबाबको सामना गरेको थियो। ट्यारिफहरू लागू भएको केही समय पछि यसले फोन र कम्प्युटरहरू सहित केही इलेक्ट्रोनिक्सलाई छुट दिने घोषणा गरेको छ तर त्यसमा अरू विश्वस्त छैनन्।


सामाग्री श्रोत :

एप्पलको घोषणाः अब अमेरिकामा बोकिने आइफोनमा लेखिनेछ-मेड इन इन्डिया’

काठमाडौँ । विद्युतीय सवारी ब्रान्ड नामी र सेरेसले नेपाली बजारमा ‘प्रि-बजेट ब्यास’ अफर सुरु गरेका छन् । आगामी ५ मेसम्म चल्ने यो अफरमा ग्राहकले नामी ईभी पाँच लाख ९९ हजार रुपैयाँमा र सेरेस गाडी आठ लाख ९९ हजार रुपैयाँ डाउनपेमेन्टमा किन्न सक्नेछन् । 

साथै, नामीमा एक लाख रुपैयाँ र सेरेसमा दुई लाख रुपैयाँसम्मको थप छुट र लाभ समेत उपलब्ध गराइएको छ । दुई कार्य दिनभित्र गाडी डेलिभरी गर्ने व्यवस्था गरिएको अफरमा टेस्ट ड्राइभ गर्ने सबैले उपहार पाउने भएका छन् । 

कम्पनीका अनुसार गाडी बुक गर्ने जोडीले रोमाञ्चक ‘नाइट स्टे प्याकेज’ समेत प्राप्त गर्नेछन् । साथै बुकिङ गर्ने ग्राहकहरूमध्ये एक भाग्यशाली जोडीलाई थाइल्यान्ड ट्रिप र एकजना टेस्ट ड्राइभ गर्ने सहभागीलाई आईफोन १६ प्रो म्याक्स जित्ने अवसर दिइएको छ । 

पर्यावरणमैत्री विद्युतीय सवारीप्रति आकर्षण बढाउन र नयाँ ग्राहकलाई सजिलोसँग इलेक्ट्रिकमा ट्रान्जिसन गर्न प्रेरित गर्ने उद्देश्यले अफर ल्याइएको कम्पनीले जनाएको छ । इच्छुक ग्राहकले नामी वा सेरेस शोरुममा पुगी यो अफरमा भाग लिन सक्नेछन् । 

पछिल्लो अध्यावधिक: बैशाख १९, २०८२ ९:३१





सामाग्री श्रोत :
टेक पाना

नेपालमा स्वास्थ्य प्रणालीमा समान्यतया जनशक्ति उत्पादन र ब्यबस्थापनको सवालमा राज्यले सामान्य सिद्धान्त पनि अबलम्बन गर्न सकेको छैन । नजसले काम गर्ने क्रममा थुप्रै समस्या देखिएका छन्। जनशक्ति उत्पादन गर्ने आधिकारीक संस्था पुरानै पाठ्यक्रम घोकाइरहेका छन्। जनस्वास्थ्यको जल्दोबल्दो समस्यासँग जुध्न र समस्या समाधान गर्न नसक्ने जनशक्ति उत्पादन धमाधम भइरहेको छ।

उत्पादित जनशक्ति फिल्डमा अथवा समुदायमा कुनै रोगको निदान तथा उपचारमा गर्न सफल हुन सकेका छैनन्। उत्पादित जनस्वास्थ्यमा रिसर्च गर्न असक्षम छन्। खटाएका जनशक्तिबाट बिरामीको स्वास्थ्य समस्या समाधान हुन नसकेर बिरामी हैरान भएका छन्। बिरामीलाई पुरानै शैलीबाट औषधिको मात्र थुप्रै प्रिस्कृप्सन र झोलाभरी औषधि थमाउने र ब्यक्तिगत स्वार्थको लागि प्रयोगशाला जाँचको भारी बोकाएर अन्तमा निदान शून्य हुने प्रवृत्तिको कारणले स्वास्थ्यकर्मीको दक्षतामाथि प्रश्न उठिरहेको छ। 

न बिरामीको रोगको उपचार हुने, न रोगको निदान हुने भएपछि रोगको छिटो उपचार निदानको खोजीमा बिरामी अस्पताल तथा स्वास्थ्य संस्था फेरबदल गरिरहने देखिन्छ। स्वास्थ्यकर्मीको फुस्रो परामर्शका कारणले विशेष फलोअपमा बोलाएका बिरामी पनि अन्त जाने गरेको देखिन्छ। समय, जलवायु परिवर्तन, खानपिन, रहनसहन, कार्यशैली, काम गर्ने स्थल, कामको प्रकृति, जैबिक रसायनिक पदार्थको प्रयोग तथा मानव विकासका असामान्य स्वरुप र स्वभाव र शृङ्खलाहरुका कारण रोगको चिह्न, लक्षण, प्रकार र किसिम परिवर्तन भएको देखिन्छ। हाल रोगको प्रकृति चिह्न लक्षणहरु पहिलेको तुलनामा जुन रोगको औषधिले पहिले निको हुन्थ्यो, त्यो औषधिले अहिले निको भएको देखिँदैन।  औषधिको गुणस्तर र वैकल्पिक उपचार बिधिको बारेमा कुनै नयाँ कार्यक्रम भएको देखिँदैन। बिद्यालयहरुमा कन्भर्जन डिसअर्डर दिन प्रतिदन बढिरहेको छ। आत्महत्याका केस बढिरहेका छन्। निसन्तान दम्मपति संख्या बढिरहेको छ। प्रजनन स्वास्थ्यमा यौन दुर्बलताको समस्या देखिएको छ। जेष्ठ नागरिकमा नसर्ने रोगको भार धेरै भएको कारण जीवन निर्वाहका लागि सहयोग सहायक समाग्रीको खोजीमा छन्। मानसिक स्वास्थ्यका थुप्रै समस्या छन्। 

कार्यलयमा तनावको कारण मानसिक समस्या बढिरहेको छ। सेवा डेलिभरीमा समस्या देखिएको छ। चरम बिषादि खाना तथा पेय पदार्थको कारणले जनस्वास्थ्यको समस्या बिकाराल बनेको छ। तर त्यसको बारेमा खोज अनुसन्धान भएको देखिँदैन। लामो समयदेखि औषधि उत्पादन कम्पनीहरुले पनि गुणस्तरीय औषधि उत्पादनमा चासो गरेको देखिदैन। तर हाम्रा जनशक्ति उत्पादन गर्ने बिद्यालय र विश्वबिद्यालयहरुको पाठ्यक्रम पुरानै छन्। त्यही औषधिले निको हुन्छ भन्ने घोकाइरहेको देखिन्छ। जसका कारण बिरामी निको हुने दर घटेर गइरहेको अवस्था छ। बिरामीले पुरानै शैली र एलोपेथिक उपचार पद्धतिबाट मात्र सेवा दिने स्वास्थ्य संस्था र त्यहाँको जनशक्तिबाट चेकजाँच गर्न र परामर्श लिन बिस्तारै छाडिरहेका छन्।

बजारमा बिरामीलाई झुक्याएर मेडिकल थापेर बसेकाहरुले नाफाको लोभमा प्रतिजैविक औषधिको दुरपयोग गरी क्षणिक निको भएका बिरामीहरु पनि केही समयपछि समस्या सृजना भई प्रतिअसर सहितको प्रतिजैविक औषधिको रेसिटेन्ट थाहा पाएर गाली गर्दैछन्। आजभोलि बिरामी एलोपेथिक औषधि उपचार भन्दा बढि भिडभाड योग र प्राकृतिक चिकित्सा, अध्यात्मिक र मानसिक स्वास्थ्य उपचारबाट तनाब ब्यबस्थापन स्वस्थ्य जिबनशैली अपनाउने प्रमोटिभ वा प्रबर्धनात्मक स्वास्थ्य सेवा तथा परामर्श सेवाको खोजी गरिरहेका छन्।

सरकारले यसको बारेमा अध्ययन गराउने बिश्व बिद्यालय बिद्यालय खोल्ने र पाठ्यक्रम बनाउनने र समयअनुकुन र दक्ष जनशक्ति उत्पादन गर्न ढिलो गर्नु हुँदैन । हाम्रा स्वास्थ्य संस्थामा रहेका जनशक्तिले त्यो बिषय पढेकै छैन, मतलब थोरै पढेको छ। बिरामीलाई शाररिक ब्यायाम, तनाब ब्यबस्थापन, मनोसमाजिक परामर्श, ध्यान, मेडिटेसन, योग, खुशी हुने उपाय, स्वस्थ जीवनशैली अपनाउने ब्यबहार परिवर्तन जस्ता उपचारात्मक र परामर्श सीपज्ञान हुन जरुरी देखिन्छ।


उकति ज्ञानसीप नभएको कारणले सेवाग्राहीलाई चाहे जस्तो सेवा डेलिभर गर्न सकेरहेका छैनौं। त्यसैको कारणले हाम्रा सेवाहरु र परामर्शका चरणहरु पुरना तथा बिरामीसित मेल नखाने भएका छन्। हाम्रो जीवनशैलफको कारणले गर्दा निम्तयािउने रोगहरुको बारेमा सेवा प्रभाव गर्न कठीन भइ गुणस्तरीय सेवा दिन सक्ने अवस्था छैन। किनभने हाम्रा स्वास्थ्य जनशक्तिहरुमा त्यो ज्ञान र सिपको कमी छ। जनशक्ति उत्पादन गर्ने संस्थाले पाठ्यक्रम परिबर्तन गर्न सकेको छैन।

पुराना लोप भएका, उल्मुलन भएका, नियन्त्रण भएका, निर्मुल भएका रोगको बारेमा र पुराना उपचार प्रबिधिको अध्ययन गराउँदैछ तर बर्तमान जनस्वास्थ्यको समस्यको रुपमा देखा परेका र हुन सक्ने रोगको निदान उपचार ब्यबस्थापन परामर्शको बारेमा नयाँ खोजमुलक अध्ययन बारेमा र नयाँ उपचार प्रबिधि र उपकरणको प्रयोग गर्न छुट्टै तालिमको ब्यबस्था नभइकन हाम्रा एकेडेमिक कोर्ष किताबहरुमा पूर्ण रुपमा राखेको देखिदैन। जसको कारणले अबको स्वास्थ्य सेवा प्रदान गर्न झन् झन् कठीन हुँदैछ। किनकि प्रबिधि सित स्वास्थ्यकर्मी भन्दा कयौं बिरामी परिचित भएको भेटिन्छन्।

पुरानै प्रबिधि पुरानै उपकरणबाट गरिने रोग निदानबाट सेवाग्राही दिक्क भएका छन्। धेरै जसो उपकरण र टेस्टकिटहरुको बारेमा स्वास्थ्यकर्मी भन्दा सेवाग्राहीलाई बढी थाहा भएको अवस्थाका कारण हाम्रा स्वास्थ्य संस्थाहरु प्रतिको जनविश्वास घट्दै गएको छ। फिटस्कोपले मात्रै शिशुको जाँच गर्ने स्वास्थ्य संस्थाको तुलनामा ग्रामिण अल्ट्रासाउणडलबाट गर्भवति जाँच गर्ने स्वास्थ्य संस्थाको गर्भवति जाँच सँख्या धेरै छ। किनकि प्रबिधि मैत्री र विश्वसिलो छ तर अझै यो कोर्षमा राखिएको छैन। स्वास्थ्यचौकीहरुमा अझै ल्याबको ब्यबस्थापन गर्न सकेको छैनौं, जबकि बिरामी आफैँ घरमा किटहरुबाट धेरै कुराहरु हेर्न सक्ने अवस्थामा पुगेको समयमा पनि सबै स्वास्थ्य कर्मीहरुको कोर्षमा सामान्य प्रयोगशाला जाँच लगायतका  विषयहरु राखेको छैन। सेवाग्राहीले ससानो जाँचको लागि  पनि आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सेवा नपाएर सुबिधा सम्पन्न अस्पताल धाउनुपर्ने अबस्था देखिन्छ र एकिकृत सेवा दिन नसकेको कारणले हाम्रा सेवाहरु गुणस्तरीय हुन सकेका छैनन्।

सरकारले स्वास्थ्य संस्थाको जिम्मा दिएर पठाएको जनशक्तिबाट जनताले स्वास्थ्य सेवा सम्बन्धि आकांक्षा धेरै गरेको हुन्छ तर पूरा हुँदैन अनि सेवाप्रदायक र सेवाग्राहीबीच लफडा हुन्छ। अहिलेसम्म मध्यम तहको जनशक्ति उत्पादन गर्ने संस्थाको पाठ्यक्रममा ग्रामिण अल्ट्रासाउणडको सिकाइ छैन। फिटस्कोपले जाँच्ने कुरा घोकाइरहेको छ। यो एउटा समान्य उदाहरण मात्र हो यस्ता थुप्रै उदाहरणरणहरु छन। हामी परिवार नियोजनको परामर्शमा छौं तर हाम्रा स्वास्थ्य चौकीहरुमा बाँझोपनको समस्या लिएर आउनेको सँख्या दिनप्रतिदिन बढीरहेको छ।

हामीले समस्याको समाधान हुने परामर्श दिन नसकेर आलटाल गरि पठइरहेका छौं। अझैपनि गर्भरहेको नरहेको यकिन गर्नको लागि पिसाब जाँच गर्न २ घण्टा हिँडाएर स्वास्थ्य चौकी बोलाई रहेका छौं। गुल्कोमिटरले सुगरको मेन्युअल सहितको लेबल हेर्न स्वास्थ्य चौकीमा बोलाइ रहेका छौ । कुपोषण मा मालन्युट्रुसनमा मात्रै ध्यान दिने र मोटोपनलाई ध्यान नदिने प्रवृत्ति अझै देखिएको छ। थुप्रै बिरामी थाईरोइड, चिन्ता तनाव, सुगर, मोटोपना, कोलेस्ट्रोल, मुटुको रोगी, बेखुशी, रिसालु, मादक पदार्थ सेवन, नसालु, आत्महत्या, सडक दुर्घटना, मानसिशिक रोगीहरु तपाईंहाम्रो समाजमा जल्दोबल्दो समस्या तर  दिवसको नाममा फोटो खिचाउने पोष्ट गर्ने बाहेक कुनै दिर्घकालीन योजना छैन। 

न यो कार्यक्रम प्राथमिकता राखेको पाइएको छ। स्वास्थ्यमा परिवर्तनका मार्गदर्शन र निरोगी हुने उपायको खोजी लगायत अन्य कुरामा बढी ध्यान जानु सबैको दायित्व हो। हाम्रा उत्पान भएका जनशक्ति र हुदै गरेको जनश्कति काम नलाग्ने भएको छ,  किनभने ग्राहक अथवा सेवाग्राहीको मागअनुसार उत्पादित जनशक्तिको बजारमा माग बढनुहपर्ने थियो तर बजारमा माग घट्यो। उत्पादन भएको जनशक्ति खेर जाने सम्भावना धेरै छ। सरकारले पुरानै जनशक्ति उत्पादन गरिरहेको छ, न कोर्ष बदलेको छ। प्रचारबाजी धेरै गर्दैछौं जस्तो लाग्छ।

स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा सूचना सबैले पाउनु जरुरी छ। सही र तथ्यपरक सूचना ग्राहकले पाउनु पर्छ तर अनावश्यक प्रचारप्रसार गर्नुहुँदैन। जसको कारणले हाम्रा अभियानहरु प्रभावित भएका छन्। हाम्रा अस्पताल औषधि पसल स्वास्थ्यकर्मिहरुको जताततै जनतालाई झुक्याउने खालका प्रचारप्रसार बजारमा गरेको देखिन्छ। यसले झन् ठूलो स्वास्थ्यमा नराम्रा प्रभाव पारिरहेको छ। अनावश्यक प्रचारले स्वास्थ्यकर्मीहरुको नैतिकता माथि प्रश्न उठ्न थालेको छ । 

हाम्रो ठूलो दक्ष जनशक्ति काम केही नगर्ने अदेश मात्र दिइरहने स्थानमा राज्यले थन्क्याएको छ। धेरैजसो तथाङ्क केलाउने  रिसर्च नगर्ने जागिर पकाउनेहरुको संख्या धेरै छ। बास्तबिक प्रतक्ष्य जनतासँग काम गर्ने जनशक्ति थोरै छ। स्वास्थ्यका सबै तालिम लिएर प्रशासनिक काममा थन्काएकाहरुको अब राज्यले उनैको तथ्याङ्क लिनुपर्ने अवस्था आएको छ। एक जनाले गरेकोकामको प्रगति दशजनाले हेर्ने पुरानो प्रणाली नहटाउने हो भने स्वास्थ्य संस्थामा जहिले नि जनशक्ति अभाव हुन्।

जनस्वास्थ्य पारामेडिक्स चिकित्सक प्रयोगशालाकर्मी नर्सिङ लगायतका धेरै जसो विषय पढेर लोकसेवाबाट पास भएर स्वास्थ्य सेवा प्रभाव गर्नुको साटो एनजिओ आइनजिओ जस्तै तथ्याङ्क मिलाएर जागिर खाइरहने हो भने समुदायमा कामको चाप झन् झन् बढछक। पेशाप्रति पनि जनताको विश्वास घट्छ। जस्तोसुकै आदर्शका कुरा गरेपनि जनताले स्वास्थ्यकर्मी हो भन्ने पत्याउँदैन र स्वास्थ्यको तथाङ्कबाट नयाँ रिसर्च गरेन भने जतिसुकै तह माथिको भएपनि कुनै भूमिका पनि हुँदैन। विदेश पढेर आएका जनस्वास्थ्यकर्मीहरुले नेपालमा त्यस्तो ठूलै रिसर्च गरेको देखिदैन। हाम्रो सानो गाउँको पालिकाको स्वास्थ्यको रिसर्च पनि गर्न सकेको छैन। हाम्रो गाउँको स्वास्थ्य समस्यको अनुसन्धान समेत गर्न सकेको छैन।

त्यसको लागि बिज्ञता गरेको कोही छैन। अरु ठाउँको स्वास्थ्य समास्यालाई अनुमान गरी हामी हाम्रो स्वास्थ्य समास्या समाधान गरिरहेका छौं। आएनजिओ झन् बिदेशी उपचार पद्ति बिदेशी आंकडा र कार्यशैलीको आधार कार्यक्रम बनाएर गाउँ छिरेका हुन्छन् तर कुनै उपलब्धि हुँदैन। कुनै नयाँ अनुसन्धान गरेको पाइन्छ, न कुनै प्रगति छ, न कुनै नयाF प्रतिपादन छ। सरकारले विदेशी विश्वबिद्यालयको समानता प्रमाणपत्र दिनेबेला पनि कम्तिमा पनि १ वर्ष हाम्रो देशको वर्तमान स्वास्थ्य समस्याको अनुसन्धान गरेर प्रतिबेदन बुझाएपछि मात्र दिने ब्यबस्था मिलाउनु पर्छ। नयाँ रिसर्चले जनशक्ति उत्पादन गर्ने संस्थाले हाम्रा जनशक्तिले बिजनेश दिएको छ कि छैन, त्यो संस्थाले फर्केर अध्ययन गर्नुपर्छ। आफ्ना करिकुलमहरु परिमार्जन गर्नुपर्छ।  लोकसेवा नै सबै चिज होइन,  मुख्य कुरा सेवा प्रभाव हो। लोकसेवामा नेपालको स्वास्थ्य समस्या ब्यबस्थापन गर्न सक्ने टुलहरु राखेर क्षमताको जाँच हुनुपर्छ। 

मग्रमा मेरो बिचारमा स्वास्थ्य समस्याहरुमा पहलेको तुलनामा धेरै प्रकृतिका रोग तथा स्वास्थ्य समस्याहरु सृजना भएका छन्। पहिले जनस्वास्थ्यको समस्या नभएको रोगहरु हाल जनस्वास्थ्यको समस्यामा परिणत भएका छन्। त्यसैलै पुराना ज्ञानको ब्यबस्थापन गर्नु जरुरी छ। हालको स्वास्थ्य समस्या समाधान गर्न अनुसन्धानमुलक कार्य गर्न जरुरी छ । म स्वस्थ, मेरो देश स्वस्थको परिकल्पनाको लागि समुदायमा प्रभाव हुने न्युनतम स्वास्थ्य प्रणfली र जनशक्ति र प्रबिधिमा नयाँ रणनिति ल्याउन जरुरी छ। 

सामाग्री श्रोत :
swasthyakhabar

नवलपुर – पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको दुम्कीबासमा डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको छ । 

आज बिहान वियनी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

Ncell 2
Ncell 2

कार्यालयका सूचना अधिकारी मधु नेपालका अनुसार विनयी खोलाको पुल भत्किएपछि राजमार्गमा सवारीसाधन आवागमन गराउन निर्माण गरिएको डाइभर्सन पनि बाढीमा बगेपछि मालवाहक तथा ठूला सवारीसाधन होङ्सी गेट तथा अरुणखोला क्षेत्रमा रोकिएका छन् । 

shivam cement
shivam cement

यात्रुवाहक र साना सवारीसाधन भने वैकल्पिक बाटो हुँदै गन्तव्यतर्फ पठाइएको छ । अवरुद्ध सडक पूर्ण रुपमा सञ्चालन हुन समय लाग्ने सूचना अधिकारी नेपालले बताए । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। १३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अबसरमा राप्रपा नेपाल आबद्ध ट्रेड युनियन महासंघ नेपाल (टुकोन)ले रक्तदान कार्यक्रम आयोजना गरेको छ।

नेपाल प्रज्ञा प्रतिष्ठान कमलादिको सिद्धिचरण हलमा सम्पन्न कार्यक्रममा संगठन आबद्ध नेता कार्यकर्ताहरुले रक्तदान गरेको संगठनका अध्यक्ष हिक्मतजंग भण्डारीले जानकारी दिए।

श्रमिक दिवसको अबसरमा टुकोनले प्रबचन गोष्ठी समेत आयोजना गरेको थियो। राप्रपा नेपालका अध्यक्ष कमल थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा संगठनको मुखपत्र “परिश्रम” का सम्पादक कृष्ण खनाललाई सम्मान सहित पुरस्कृत गरिएको थियो।


सामाग्री श्रोत :

श्रमिक दिवसको अबसरमा टुकोनको रक्तदान र खनाललाई सम्मान

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट