२०८३ बैशाख २९ मंगलवार
२०८३ बैशाख २९ मंगलवार

मुम्बई। टीम इन्डियाका पूर्व दिग्गज ओपनिङ ब्याट्सम्यान शिखर धवनको बारेमा कसलाई थाहा छैन र? अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि पनि उनका फ्यानहरुको फ्यान फलोइङ लामो छ। तर, अहिले उनी क्रिकेटबाट टाढा भए पनि आफ्नो व्यक्तिगत जीवनका कारण चर्चामा रहेका छन्।

२०२३ मा आयशा मुखर्जीसँग डिभोर्स भएपछि उनी एक्लै बस्दै आएकी थिए। तर यस अवधिमा पनि धेरै व्यक्तिसँग उनको सम्बन्धको अफवाह बाहिर आएको थियो। तर यी समाचारहरु अफवाह मात्र बन्न पुगेका छन्।

किनभने  अहिले भारतीय स्टार आफैले नयाँ सम्बन्धको बारेमा पुष्टि गरेका छन्। यी केटी अरु कोहि होइनन्, उनको प्रेमिका सोफी शाइन हो।
इन्स्टाग्राममा उनीसँगको आफ्नो तस्विर सेयर गर्दै धवनले यसको क्याप्शनमा लेखे, ‘मेरी ❤️’

शिखर धवन र सोफी शाइन सँगै आएको यो पहिलो पटक भने होइन। यसअघि पनि उनीहरु धेरै अवसरमा सँगै देखिएका थिए । तर, त्यो अवधिमा दुवैले आफ्नो सम्बन्धको पुष्टि गरेका थिएनन्।

सोफी शाइन आयरल्याण्डमा जन्म भएको थियो। उनले लाइमरिक इन्स्टिच्युट अफ टेक्नोलोजीबाट मार्केटिङ र म्यानेजमेन्टमा डिग्री हासिल गरेकी छिन्। हाल उनी अबुधाबीस्थित नर्दन ट्रस्ट कर्पोरेशनमा महत्वपूर्ण पदमा कार्यरत छिन्।

अहिले धवन र सोफीको सम्बन्धले सबैलाई आकर्षित गरिरहेको छ । तर यी दुई व्यक्तिको पहिलो भेट कसरी भयो? यो जानकारी अझै पाउन सकिएको छैन्। तर, यी दुवै जोडी निकै सुन्दर देखिएका छन्। सामाजिक सञ्जालमा अहिले यो जोडीको निकै तारिफ पनि भइरहेको छ।


सामाग्री श्रोत :

भारतीय क्रिकेटर शिखर धवनले देखाए नयाँ गर्ल फ्रेन्ड, को हुन सोफिया

काठमाडौँ । सरकारले नागरिक एपलाई सरकारी सेवा प्रदानको मुख्य उपकरण बनाउने भएको छ । आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । 

‘नागरिक एपलाई सेवा प्रदान गर्ने मुख्य डिजिटल उपकरणको रुपमा विकास गरेर सम्भव भएसम्मका सबै सेवा अनलाइन गर्ने व्यवस्था गरिनेछ’, राष्ट्रपति पौडेलले बताए । 

यस्तै,  सार्वजनिक सेवा प्रभावकारी बनाउन फेसलेस सेवाको विस्तार गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । 

पछिल्लो अध्यावधिक: बैशाख १९, २०८२ १६:२३





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ – संयुक्त अरब इमिरेट्स (दुबई)मा नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ । नेपाल पर्यटन बोर्डले दुबईमा आयोजित ‘अरबियन ट्राभल मार्केट (एटीएम) २०२५’मार्फत नेपालको विविध पर्यटन गन्तव्य र सम्भावना प्रदर्शन गरेको हो ।

अप्रिल २८ देखि मे १ तारिखसम्म दुबई वल्र्ड ट्रेड सेन्टरमा आयोजित उक्त अन्तरराष्ट्रिय पर्यटन मेलामा नेपालले साहसिक पर्यटन, सांस्कृतिक सम्पदा तथा विलासितापूर्ण पर्यटन क्षेत्रका सम्भावनालाई प्राथमिकताका साथ प्रवर्द्धन गरेको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ ।

बोर्डका वरिष्ठ प्रबन्धक नविन पोखरेलको नेतृत्वको प्रतिनिधिमण्डलले अन्तरराष्ट्रिय टुर अपरेटर, ट्राभल एजेन्ट तथा सञ्चारकर्मीसँग विभिन्न व्यवसायिक भेटघाट (बीटुबी) कार्यक्रम गर्दै नेपालको पर्यटन विशेषता प्रस्तुत गरेको थियो ।

Ncell 2
Ncell 2

मेलामा बोर्डले ब्रोशर, यात्रा गाइड र परम्परागत नेपाली हस्तकला सामग्री वितरण गरी नेपालको पर्यटकीय विविधता र अनुभवलाई प्रवद्र्धन गरेको थियो । एटीएमजस्तो प्रतिष्ठित अन्तरराष्ट्रिय मेलाले नेपाललाई विश्वव्यापी पर्यटन बजारमा हिमाली सौन्दर्य, समृद्ध सांस्कृतिक विरासत तथा साहसिक र वातावरणमैत्री पर्यटन अवसर प्रस्तुत गर्ने महत्त्वपूर्ण प्लेटफर्म उपलब्ध गराएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

बोर्डसँगै १२ वटा निजी क्षेत्रका नेपाली यात्रा तथा पर्यटन कम्पनीसमेत एटीएम–२०२५ मा सहभागी भएका थिए । निजी क्षेत्रको सक्रिय सहभागिताले नेपालको पर्यटन क्षेत्रको अन्तरराष्ट्रिय उपस्थितिलाई थप मजबुत बनाएको बोर्डले जनाएको छ ।

shivam cement
shivam cement

बोर्डका वरिष्ठ प्रबन्धक नविन पोखरेलले एटीएमको सहभागिताले नेपाललाई नयाँ बजारमा चिनाउने अवसर प्रदान गर्ने भन्दै यस्ता मेलामा हुने सहभागिता नेपालको पर्यटन क्षेत्रको दिगो विकासका लागि महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

टोरोन्टो। क्यानडाको संघीय निर्वाचन २०२५ पञ्जाबी समुदायका लागि ऐतिहासिक कोसेढुंगा साबित भएको छ।

यस निर्वाचनमा पञ्जाबी मूलका २२ जना उम्मेदवारले हाउस अफ कमन्समा सिट जितेका छन्। यो प्रभावशाली प्रतिनिधित्व हो किनकि अब क्यानाडाको संघीय संसदमा ६ प्रतिशत भन्दा बढी सांसदहरू पंजाबी मूलका हुनेछन्। यो तथ्याङ्कले देशको राजनीतिमा पञ्जाबी डायस्पोराको बढ्दो प्रभावलाई देखाएको छ।

ब्राम्पटन क्षेत्र बलियो पंजाबी जातीय उपस्थितिको लागि परिचित छ र यहाँको चुनावी परिणामहरू विशेष गरी उल्लेखनीय थिए। ब्राम्पटनका पाँचवटा निर्वाचन क्षेत्रमा पञ्जाबी मुलका उम्मेदवार थिए, जसमा लिबरल र कन्जरभेटिभ दुवै दलले जित हासिल गरेका छन्। लिबरल रुबी सहोताले ब्राम्पटन नर्थमा कन्जरभेटिभका अमनदीप जजलाई हराए भने उदारवादी मनिन्दर सिद्धुले ब्र्याम्पटन इस्टमा कन्जरभेटिभ बब दोसाँझलाई हराएका छन्।

यद्यपि, सबै उदारवादी पञ्जावी उम्मेदवारहरू विजयी भएनन् किनकी कन्जरभेटिभ सुखदीप काङले ब्राम्पटन साउथमा लिबरल सोनिया सिद्धुलाई हराएर विजयी भए।

अन्य पञ्जाबी क्यानाडाली राजनीतिज्ञहरूले ब्राम्प्टनभन्दा बाहिर महत्त्वपूर्ण विजय हासिल गरेका छन्। पूर्व आविष्कार मन्त्री अनिता आनन्दले ओकभिल ईस्टमा आफ्नो सीट कायम राखिन भने जबकि दिग्गज राजनीतिज्ञ बर्दिश चग्गर, विविधता र समावेशीकरणमा उनको कामका लागि परिचित, वाटरलूमा विजयी भएका छन्।

अन्य उदारवादी विजेताहरूमा अन्जु ढिलोन, सुख धालिवाल, रणदीप सराइ र परम बैन्स छन्। कन्जरभेटिभ पार्टीले जसराज हलान, दलविन्दर गिल, अमनप्रीत गिल, अर्पण खन्ना, टिम उप्पल, परम गिल, सुखमान गिल, जगशरण सिंह महल र हर्ब गिललगायत पञ्जाबी मूलका उम्मेदवारहरू पनि जितेका छन्।

यद्यपि, यो होइन कि सबै प्रमुख पञ्जाबी राजनीतिज्ञहरूले राम्रो प्रदर्शन गरेका छन्। न्यू डेमोक्र्याटिक पार्टी (एनडीपी) नेता जगमीत सिंहले बर्नाबी सेन्ट्रलमा आफ्नो सीट गुमाउनु परयो उनी तेस्रो स्थानमा सिमित भए र अन्ततः एनडीपी अध्यक्ष पदबाट राजीनामा दिए। उनको आफ्नै कमजोर प्रदर्शन शायदै अपेक्षा गरिएको थियो र परिणामले क्यानाडाको राजनीतिक परिदृश्यलाई स्तब्ध बनायो।

२०२५ को चुनावमा पञ्जाबी क्यानेडियनहरूको सफलताले विश्वको सबैभन्दा प्रगतिशील लोकतन्त्र मध्ये एक क्यानडामा नीतिहरू बनाउने क्रममा भारतीय डायस्पोरा त्यसमा पनि विशेष गरी पंजाबी सिख समुदायको बढ्दो प्रभावलाई झल्काएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।


सामाग्री श्रोत :

क्यानडाको चुनावमा २२ पञ्जावी बिजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२/८३ मा जङ्गली जनावरबाट हुने क्षति न्यूनीकरणका लागि प्रविधि प्रयोग गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

“जङ्गली जनावरबाट हुने क्षति न्यूनीकरणका लागि उपयुक्त प्रविधि प्रयोग गरिनेछ,” राष्ट्रपति पौडेलले भने । त्यस्तै उनले किसानले प्राप्त गर्ने सेवा सुविधालाई राष्ट्रिय परिचयपत्रमा आवद्ध गरिने योजना प्रस्तुत गरेका हुन् ।

पछिल्लो अध्यावधिक: बैशाख १९, २०८२ १६:२३





सामाग्री श्रोत :
टेक पाना

आजको राशिफल बि.सं २०८२ वैशाख २० गते शनिवार, ई.सं २०२५ मे ३, नेपाल सम्बत ११४५ बछलाथ्व षष्ठी, नाम संवत्सर, सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख शुक्ल षष्ठी, चन्द्रमा बृष राशीमा, सुर्य मेष राशीमा, नक्षत्रः भरणी, करणः गर, योगः धृतु । आज नेपालमा सूर्योदय बिहान ०५ः२५ मा भएको छ, सूर्यास्त साँझ ०६ः३८ मिनेटमा हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जाैकाे सातु खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर १७ मिनेट देखि ८ बजेर ४३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

काममा प्रगति हुने समय छ, तर एकोहोरोपन, जिद्दीपन र घमण्ड आजका शत्रु हुन् भन्ने बुझेर आफूलाई संयम बनाएर काम गर्ने दिन हो । पार्टनरबाट कुनै कुराको अपेक्षा गरेको जाती हुन्छ, कुनै व्यक्तिगत समस्या छ भने पनि बताएमा सही निकास पाउन सक्नुहुन्छ । साथीभाइ, संघसङ्गठन, राजनैतिक क्षेत्र वा प्रशासनिक कामकाजमा झुकाव बढ्ने वा सहभागी बन्नुपर्ने समय हो । बाहिर अलमलिनाले कार्यक्षेत्रमा असर पर्नसक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

दौडधूप गर्नुपर्ने काम, ढुवानी÷यातायात वा मार्केटिङमा राम्रो छ, तर काममा आफू स्वयं उपस्थित भएमा मात्र लाभ पाइने दिन हो । तालसाँचो बलियो बनाउनु होला, सानो भुलचुकमा ठूलो नोक्सानी हुनसक्छ । अनावश्यक खर्चको योग भएकाले किनमेल गर्दा पनि सजग रहनुपर्छ । मनको हठ र कुण्ठामा भुलिने समय छ, तर पढाइ छाडेर अन्त भुलिनु भविष्य बिगार्ने कुरा हो भन्ने हेक्का राख्नुपर्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

बौद्धिक सामथ्र्यका आधारमा समान विचारधारा भएका व्यक्तिहरू आकर्षित बन्नेछन्, मित्रताका वा साझेदारीका लागि अनुकूल समय छ । तर आफूभित्रका आवेगलाई नियन्त्रण गर्दै अनुशासनको दायरालाई पालना गर्नु महत्त्वपूर्ण मानिन्छ । परिस्थितिवश जिम्मेबारीबाहिरको काममा अलमलिनु पर्ने हुन्छ । काममा विलम्ब भए पनि कुनै विशेष काम सम्पादन गर्ने दिन हो । आन्तरिक सम्बन्ध सुदृढ हुने तथा एकआपसमा राम्रो समझदारी कायम हुने दिन हो, कुरा काट्ने, खिसीट्युरी गर्ने वा प्रतिस्पद्र्धीहरू आफैं तर्किएर हिँड्नेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

बौद्धिक क्रियालाप र आध्यात्मिक पक्षमा आकर्षण देखापर्नसक्छ । प्राविधिक विषयवस्तु र आधुनिकतम ज्ञानका क्षेत्रमा सक्रियता जनाउने समय छ । कारोबारमा राम्रै प्रतिफल प्राप्त हुनेछ, कुनै नयाँ प्रस्ताव वा योजना छ भने साझेदार र प्रतिस्पद्र्धीसँग अन्तक्र्रिया गरी अनुभव बटुल्नु महत्त्वपूर्ण मानिन्छ । कामको चटारो परेको समय छ, ससाना कुरामा पनि आफै नखटी पार लाग्दैन, आत्मसम्मान झल्कने दिन हो, नेतृत्व र निर्णय फलदायी हुनेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

विदेश यात्रा वा छात्रवृत्तिका लागि तैयारी गरिंदै छ भने आजको प्रयासले नयाँ गति समात्ने र लाभ पाउने दिन हो । हातमा सह भएको दिन छ, नयाँ काममा हात हाल्दै हुनुहुन्छ भने यसले सकारात्मक गति समात्नेछ । सही समय र स्थान छनौट गर्न सके हरेक कदम सफल हुनेछन् । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ, विभिन्न अवसर प्राप्त हुनाका साथै उच्च अधिकृतहरूसँग उठबस र मित्रता हुनसक्ने समय हो ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आवेग र रिसरागमा नियन्त्रण राखी खासगरी ड्राइभिङका क्रममा घुम्ती र मोडमा सावधानी अपनाउनु होला । आजको दिन आफूले गल्ती नगरे पनि अरुको लापरवाहीको सजाय व्यहोर्नुपर्ने समय छ । नियम÷कानूनसँग असङ्गत विषयवस्तु र गलत काममा दिलचस्पी राख्नु हुँदैन, साँच्चै भन्ने हो भने आज रिस्क र जोखिमबाट टाढा भाग्ने दिन हो । मनमा कुनै नवीन कार्य गर्ने भावना जागृत हुनेछ, तर आज त्यस्तो दिन हो, जसमा मनको कुरो मनैमा रहन सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

कुशल नेतृत्व र व्यवस्थापकीय क्षमताको उपयोग हुनेछ, पारिवारिक जीवन र आत्मिक आनन्दका लागिसमेत उत्कृष्ट समय रहेको छ । आनन्द र मनोरञ्जक गतिविधिमा केन्द्रित भइने छ । कामकाजी महिलाको व्यक्तिगत समुन्नति र प्रतिष्ठाको योग छ । छोराछोरीले मनको कुरो बुझ्नेछन् । जागरुकता र इच्छा बढ्ने समय हो, तपाईं कला वा अभिनय क्षेत्रको शिक्षार्थी हो भने सोचेको कुरा लिपिबद्ध गर्नुहोला, भविष्यमा काम दिनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आफूले गरेको मिहिनेतको प्रतिफल अरुले हत्याउने चेष्टा गर्नेछन्, तर शुभचिन्तकहरूको साथ पाउनाले अप्ठ्यारो परिस्थितिमा समेत काम बनाउन सकिने दिन हो । एकान्तमा बस्न पाउने तथा दुःखसुख सेयर गरी आत्मिक आनन्दमा रमाउने दिन हो, तर कुनैकुनै कुरामा तपाईंको हठ र जिदले नरमाइलो गर्नसक्छ । भोगविलासका सरसामाग्रीको जोहो गर्ने इच्छा जाग्नेछ, त्यस्तै आज मनोरञ्जनात्मक र उच्छृङ्खल क्रियाकलापमा नजानिंदो आकर्षण बढ्ने दिन हो ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

सँगीसाथी र प्रियजनहरू जीवनका महत्त्वपूर्ण पक्ष हुन्, त्यसैले व्यक्तिगत जिम्मेवारी र हार्दिकताका बीचमा सन्तुलन राख्न प्रयास गर्नुपर्ने दिन हो । कल्पना र भावनालाई व्यवहारमा उतार्न र प्रस्फूटन गर्ने राम्रो समय छ । आज कुनै पुस्तकविशेष वा लेखरचना प्रतिको आकर्षण समेत देख्न पाइने छ । सांसारिक सुखप्रतिको झुकाव बढ्नेछ । जुनियर स्टाफको अभावमा कारोवार प्रभावित बन्नसक्छ, तर घरका कनिष्ठ नातेदारको सहयोग लिन सकिने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

कुनै कुरालाई लिएर दाम्पत्य जीवनमा वैचारिक मतभेद देखा पर्नेछ, जुनसुकै कुरामा धैर्य र सकारात्मक रहनु कल्याणकारी र लाभदायक ठहरिने छ । अध्ययन÷अध्यापनका दृष्टिले कमजोर समय छैन, मिहिनेतको उत्कृष्ट नतिजा मिल्नेछ, तर पनि गेम र इन्टरनेटमा झुम्मिने हुँदा पढाइ बिथोलिन सक्छ । मानसिक अस्थिरताको समय हो, मेसो नमिल्नाले पनि काममा ढिलासुस्ती हुनसक्छ, असाध्यै दौडधूप गर्नुपर्ने समय छ, सानो लापरवाहीले पनि ठूलो नोक्सानी हुनसक्छ, अतः महँगा चिजबीजको प्रयोग गर्दा सावधान रहनुहोला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

दाम्पत्य जीवनमा नयाँ आयाम थपिने छ, पुराना साथीभाइ र सहयोगीहरूसँग अप्रत्यासित भेटघाट हुनसक्छ । बहुप्रतीक्षित अभिलाषाको पूर्ति हुने समय छ । मिहिनेतको राम्रो नतिजा प्राप्त हुने समय हो, सोचेको उपलब्धी हात पार्नाले साथीभाइ र अभिभावकका बीचमा आत्मसम्मान झल्किने अवसर मिल्नेछ । उत्कृष्ट खाना, रोमान्टिक पलहरू र इष्टमित्रको साथ नै आजको विशेषता हो भन्दा फरक पर्दैन, व्यक्तित्व विकास र करियर निर्माणको सही समय भएकाले उचित कार्ययोजनाका साथमा अघि बढ्नु जायज हुन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

एकआपसमा भेटघाट हुने र रमाउने वेला छ, तर बोल्दा निकै विचार पुर्याउनु होला, नत्र ससाना कुरामा पनि नोकझोक बढ्न सक्छ । बोलीमा सामथ्र्य भएको दिन हो । कलात्मक कुरा गरेर कुनै काम बनाउन सक्नुहुन्छ । आँखाको सङ्केत र हाउभाउद्वारा पनि व्यवहार गर्ने परिस्थिति बन्नसक्छ । सागसब्जी र चिसोजन्य कारोबारीहरूले राम्रो गर्न सक्नुहुन्छ, आम्दानीको पाटो सहज नै देखिन्छ, तर पनि फुइँ लाउने क्रममा मोटै रकम खर्च हुनेछ ।


सामाग्री श्रोत :

आज शनिबार, कस्तो छ तपाईंको राशिफल?

काठमाडौं । सरकारले नवीकरणीय ऊर्जाका वैकल्पिक स्रोतका रूपमा सौर्य, वायु र हाइड्रोजन ऊर्जाको विकास गर्ने घोषणा गरेको छ । शुक्रबार सङ्घीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन्  ।

नीति तथा कार्यक्रममा आधुनिक तथा नवीकरणीय ऊर्जामा सबै नागरिकको पहुँच स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । यसका लागि ऊर्जा विकास मार्गचित्र २०८१ लाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने उनले बताए । मार्गचित्र कार्यान्वयनका क्रममा आवश्यक पर्ने कानुनी, नीतिगत, संस्थागत र प्रक्रियागत सुधारहरू गरिने पनि राष्ट्रपति पौडेलले उल्लेख गरे ।

त्यसैगरी सुक्खा याममा समेत विद्युतको मागलाई सम्बोधन गर्न र देशको ऊर्जा सुरक्षा सुनिश्चित गर्न बहुउद्देश्यीय तथा जलाशययुक्त जलविद्युत आयोजनाहरूको विकासमा जोड दिइनेछ । यी महत्त्वपूर्ण आयोजनाहरू निर्माणका लागि उपयुक्त वित्तीय मोडेल (वित्तीय ढाँचा) तयार पारिने सरकारको योजना छ ।

पछिल्लो अध्यावधिक: बैशाख १९, २०८२ १६:२२





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं। सरकारले संघीय शासन प्रणालीमा सेवा प्रवाहको प्रभावकारिताका लागि संघ, प्रदेश र स्थानीय तहका सरकारहरूको काम कारबाहीमा समन्वय र सहकार्य अभिवृद्धि गर्ने भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै तीन तहका सरकारबीच संघीयता कार्यान्वयनमा देखिएका द्विविधा हटाउन तयार गरिएको कार्य विस्तृतीकरण प्रतिवेदन आवश्यक परिमार्जनसहित लागू गर्ने उल्लेख गरे।

राष्ट्रपति पौडेलले भने, ‘सरकारी र सार्वजनिक सेवामा नागरिकको पहुँचलाई सहज बनाउन र दक्षता बढाउन अधिकांश सेवालाई नागरिक एपमा आबद्ध गरिने छ, नागरिक सेवा पहुँचलाई सजिलो र छिटो बनाउन विभिन्न निकायबाट प्रदान गरिने सार्वजनिक सेवाहरू एकै स्थानबाट प्रदान गर्न स्थानीय तहसँगको सहकार्यमा नागरिक सेवा केन्द्र सञ्चालनमा ल्याइने छ।’

सरकारले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानलाई संघीयता अध्ययन प्रतिष्ठानमा रूपान्तरण गर्नुका साथै नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानलाई सार्वजनिक प्रशासन, विकास व्यवस्थापन र शासकीय अभ्यासको अध्ययन अनुसन्धान गर्ने शैक्षिक प्रतिष्ठानको रूपमा विकास गर्न कानुनी व्यवस्था गर्ने भएको छ।

नीति तथा कार्यक्रममा भनिएको छ, ‘संघ, प्रदेश र स्थानीय तहका सङ्गठन तथा व्यवस्थापनको राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयनमा ल्याइने छ, तीन तहका सरकारका कर्मचारीको अभिलेख व्यवस्थापन प्रणालीमा अन्तर आबद्धता कायम गरिनेछ।’

निजामती कर्मचारीको सेवा सुविधा र व्यवसायजन्य सुरक्षालाई उत्प्रेरक र पूर्वानुमानयोग्य बनाई राष्ट्रसेवकलाई उच्च मनोबलयुक्त बनाइने छ। संघीय निजामती सेवासम्बन्धी विधेयक यही बर्खे अधिवेशनबाट पारित गर्ने सरकारको योजना छ।


सामाग्री श्रोत :

तीन तहको सरकारबीच समन्वय र सहकार्य अभिवृद्धि गरिने

काठमाडौं । विद्यालय शिक्षा पूरा गर्नासाथ विद्यार्थीलाई उनीहरूको ग्रेडिङको आधारमा प्राविधिक तथा व्यावसायिक शिक्षाका लागि विश्वविद्यालय शिक्षामा प्रवेश गराइने राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन् । शुक्रबार सङ्घीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले यस्तो व्यवस्था गरिने उल्लेख गरेका हुन् ।

नीति तथा कार्यक्रममा विद्यमान शिक्षा पद्धतिलाई आधुनिक, विज्ञान प्रविधिमैत्री र अनुसन्धान तथा अन्वेषण लक्षित बनाइने लक्ष्य राखिएको छ । राष्ट्रपति पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रम अनुसार, विद्यालय तहको अध्ययन सकिएपछि प्राप्त ग्रेडका आधारमा विद्यार्थीलाई सोझै प्राविधिक धार वा विश्वविद्यालय शिक्षातर्फ पठाइनेछ ।

उनले प्राविधिक शिक्षाको धारलाई भविष्यमा विश्वविद्यालय तहसम्मै पुर्‍याइने पनि बताए ।

यसका साथै, शिक्षामा सबैको पहुँच सुनिश्चित गर्न भर्चुअल शिक्षण प्रणालीको विकास गरिने, विद्यार्थी परामर्शको प्रबन्ध मिलाइने र अन्तरक्रियात्मक ई-लर्निङ सामग्रीका लागि डिजिटल प्लेटफर्मको व्यवस्था गरिने राष्ट्रपति पौडेलले उल्लेख गरे । शिक्षकका लागि मेन्टरिङमा आधारित आकर्षक शिक्षण कलासम्बन्धी तालिमको व्यवस्था गरिने पनि उनले घोषणा गरे ।

 

पछिल्लो अध्यावधिक: बैशाख १९, २०८२ १६:२२





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग अजरबैजानका उपविदेशमन्त्री एलनुर मामेडोभले शुक्रबार शिष्टाचार भेट गरेका छन्।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विविध पक्षमा छलफल भएको थियो। भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल र परराष्ट्र मन्त्रालयका उच्चाधिकारीको सहभागिता थियो।


सामाग्री श्रोत :

प्रधानमन्त्रीसँग अजरबैजानका उपविदेशमन्त्रीको भेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट