२०८३ बैशाख २९ मंगलवार
२०८३ बैशाख २९ मंगलवार

एजेन्सी –अष्ट्रेलियामा आमनिर्वाचनका लागि आज मतदान शुरु भएको छ । यो निर्वाचनमा बहालवाला प्रधानमन्त्री एन्थोनी अल्बानिज र विपक्षी नेता पीटर इटनबीच मुख्य प्रतिस्पर्धा छ । 

करिब ३० वर्षदेखि संसदमा रहेका लेबर पार्टीका नेता अल्बानिज सन् २०२२ देखि प्रधानमन्त्री छन् । प्रधानमन्त्री बनेपछि सुरुवाती समयमा राम्रो लोकप्रियता हासिल गरेका अल्बानिज पछिल्लो समय आवासको समस्या, जनजाति मामिला तथा कतिपय धार्मिक मुद्दाको दबाब खेप्नु परेको छ । 

Ncell 2
Ncell 2

प्रधानमन्त्रीका अर्का आकांक्षी कन्जर्भेटिभ लिबरल–राष्ट्रिय गठबधनका नेता पिटर आफ्ना सामाजिक तथा धार्मिक अभिव्यक्तिका कारण विवादमा पर्दै आएका छन् । पीटरसँग रक्षा र गृहलगायतका महत्त्वपूर्ण मन्त्रालय सम्हालेको अनुभव छ । अष्ट्रेलियाका मतदाताले देशमा बढ्दै गएको महँगीलाई प्रमुख मुद्दा बनाएका छन् । प्रधानमन्त्रीका दुवै आकांक्षीले आफ्नो नेतृत्वमा सरकार बने महंगी नियन्त्रण गर्ने आश्वासन दिइरहेको बीबीसीले जनाएको छ ।

shivam cement
shivam cement

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

सिरहा । हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने १३ वर्षदेखि निर्माणाधीन कमला पुल निर्माण कम्पनीले काम रोकेपछि ठेक्का सम्झौता तोड्ने तयारी थालिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरले जनाएको छ।

निर्माण कम्पनी ‘लुम्बिनी बिल्डर्स’ लाई आगामी असार मसान्तसम्म भासिएको पुलको पुनःनिर्माण सम्मन्न गरिसक्ने गरी अन्तिम पटकलाई ठेक्का सम्झौता भएकोमो उक्त निर्माण कम्पनीले महिनादिन अघिदेखि काम ठप्प गरेपछि ठेक्का सम्झौता रद्द गरी कारबाही प्रक्रिया अघि बढाइएको निर्देशनालयका योजना प्रमुख कृष्णकुमार महतोले बताए। ‘सम्झौताअनुसार असार मसान्तसम्म काम सम्पन्न हुनुपर्ने हो। तर, एक महिनाअघिदेखि निर्माण कम्पनीले काम ठप्प पारेको छ। म्याद थपको लागि निवेदन पनि दिएको छैन’, उनले भने, ‘सम्झौताअनुसार काम नभएपछि कारबाहीको लागि केन्द्रमा सिफारिस गरेका छौँ।’

यसअघि निर्माण कम्पनी र बिमा कम्पनीबीचको विवाद उच्च अदालत पाटनसम्म पुगेको थियो। पुल निर्माणको क्रममा पुलको दुईवटा पाएर भासिएपछि निर्माण कम्पनीले बिमाबापतको रकम दाबी गरेको थियो। हाल उक्त मुद्दा अदालतमा विचाराधीन भएकाले निर्माण सम्झौता र कारबाही प्रक्रिया के हुने भन्नेबारेमा निर्देशनालयले कानुनी परामर्श गरिरहेको प्रमुख महतोले बताए।

पुलको निर्माणको अन्तिम चरणमा रहेको बेला बाढीले क्षति पुर्‍याएपछि कम्पनीले क्षतिबापत बिमाबाट पाउनुपर्ने रु आठ करोड रकम नपाएपछि आफूहरू अदालत जानुपरेको निर्माण कम्पनीका ‘लुम्बिनी बिल्डर्स’ का ‘साइट इञ्चार्ज’ सुदीप थापाको भनाइ छ। उक्त रकम प्राप्त नगर्दा आर्थिक अभावले पुल निर्माणको बाँकी काम रोक्नुपरेको उनले जानकारी दिए।

विसं २०६८ मा तीन वर्षभित्र पुल निर्माण गरिसक्ने सम्झौता भएको थियो। तर, पटक–पटक म्याद थपेर १३ वर्ष बितिसक्दा पनि पुल निर्माणको काम अधुरै छ। ‘पप्पु कन्ट्रक्सन’ले तीन वर्षमा निर्माण गर्नुपर्ने पुल अलपत्र पारेसँगै पप्पु कालोसूचीमा परेपछि बाँकी काम ‘लुम्बिनी बिल्डर्स’ले गर्दै आएको थियो। यसबिचमा अन्तिमपटकका लागि ०८२ असारसम्मको थपिएको म्याद पनि त्यत्तिकै गुज्रिएको छ।

स्थानीयले वर्षौंदेखि कमलामा काम चलाउ काठेपुल बनाएर आवतजावत गरिरहे पनि वर्षायाममा भने सोही पुल बगाएर सधैँ सास्ती भोग्नुपरेको सिरहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजित यावदले बताए। उनका अनुसार सिरहा र सप्तरीका मानिसलाई प्रदेश राजधानी जनकपुर आउजाउ गर्न भारतीय बजार जयनगर वा रू एक सय तिरेर डुंगाको जोखिमपूर्ण यात्रा गर्नुपर्ने हुन्छ। त्यस्तै आधा घण्टाको बाटोलाई मिर्चैया, ढल्केवर हुँदै करिब तीन घण्टा लामो घुमाउरो यात्रा गर्नुपर्ने हुनेछ।

तराई मधेसको ‘लाइफ लाइन’का रूपमा हेरिएको हुलाकी सडक मधेस प्रदेशको राजधानी जनकपुरधामसँग जोड्ने छोटो दूरीको राष्ट्रिय गौरवको आयोजना हो। सम्पन्न भई उद्घाटनको तयारी भइसकेको अवस्थामा कमला नदीमा आएको बाढीले भासिएको अलपत्र पुलको पुनः निर्माण कार्यमा ढिलाइ मात्र भएको छैन, पुल बन्नेनबन्ने अनिश्चित भएको छ। रासस


सामाग्री श्रोत :

तेह्र वर्षमा पनि बनेन कमला पुल, ठेक्का तोड्ने तयारी

बेलायत – लण्डनको वाटरलु नजिकै थेम्स नदी किनारमा भेटिएको शव नेपालली विद्यार्थीको भएको पुष्टि भएको छ । लन्डन मेट्रोपोलिटन प्रहरीले औँठा छाप परीक्षण गर्दा सो शव रुकुम पश्चिम मुसीकोट नगरपालिका–१२ का २० वर्षीय सुशान ओलीको भएको पुष्टि गरेको नेपाली दूतावासका प्रवक्ता एवं उपनियोग प्रमुख विपिन दुवाडीले जानकारी दिए । 

गत मङ्गलबार फेला पारेको शव नेपाली  विद्यार्थीको हुनसक्ने आशङ्कामा  लन्डन  प्रहरीले औँठा छाप परीक्षण गर्दा  शव नेपाली  विद्यार्थीको भएको पुष्टि भएको हो । दूतावासले नेपालीको राहदानी विभागबाट  मगाएको औँठा छाप परीक्षण गर्दा शवसँग सो औँठा छाप मिलेको लन्डन प्रहरीलाई उद्धृत गर्दै दुवाडीले जानकारी दिए । 

प्रहरीले अहिलेसम्मको अनुसन्धानमा ओलीले आत्महत्या गरेको हुनसक्ने आशङ्का गरेको र मृतकका परिवारसँगको समन्वयमा शव व्यवस्थापनको तयारी भएको उनको भनाइ छ । हालसम्मको अनुसन्धान र घटनाक्रमबारे परिवारलाई खबर भइसकेको जानकारी दिँदै दुवाडीले भने, “प्रारम्भिक अनुसन्धानका आधारमा प्रहरीले मृत्यु शङ्कास्पद नरहेको बताएको  छ । बाँकी कुरा थप अनुसन्धानपछि बाहिर आउँला ।” 

Ncell 2
Ncell 2

शव परीक्षण सकिएपछि शव नेपाल लाने वा बेलायतमै अन्तिम संस्कार गर्ने भन्ने विषयमा परिवारसँग समन्यव भइरहेको उनले जानकारी दिए । अप्रिल २१ देखि सम्पर्कबिहीन भएपछि ओली अध्ययनरत  क्याम्पसका  विद्यार्थीले लन्डन प्रहरी र नेपाली दूतावासलाई जानकारी गराएका थिए । 

shivam cement
shivam cement

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

वीरगञ्ज (पर्सा) । सिर्सियास्थित वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा ३६ अर्ब ८३ करोड ५८ लाख ४८ हजार राजस्व संककलन गरेको छ।

कार्यालयले सो अवधिमा वार्षिक लक्ष्यको ६१ दशमलव ३४ प्रतिशत राजस्व संकलन गरेको छ। कार्यालयका सूचना अधिकारी युवराज भट्टराईले पछिल्ला महिनामा राजस्व संकलनमा बढोत्तरी हुँदै आएको जानकारी दिए।

कार्यालयले साउन तीन अर्ब ७५ करोड, भदौमा चार अर्ब ६४ करोड, असोजमा चार अर्ब ३६ करोड, कात्तिकमा तीन अर्ब ७९ करोड राजस्व संककलन गरेको थियो।

त्यस्तै मङ्सिरमा तीन अर्ब २२ करोड, पुसमा तीन अर्ब ५६ करोड, माघमा चार अर्ब २९ करोड, फागुनमा चार अर्ब ६८ करोड र चैतमा चार अर्ब ५० करोड राजस्व संकलन गरेको छ। भन्सार विभागले कार्यालयलाई वर्षभरिमा ६० अर्ब चार करोड ८७ लाख ९७ हजार राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो।


सामाग्री श्रोत :

वीरगञ्ज सुक्खाबन्दरगाहद्वारा नौ महिनामा ३६ अर्ब ८३ करोड राजस्व संकलन

काठमाडौँ । फ्रान्सका स्वास्थ्य विशेषज्ञहरूले ६ वर्ष मुनिका बालबालिकाहरूले स्क्रिन (जस्तै: मोबाइल, टेलिभिजन) बाट जोगिनुपर्ने बताएका छन् । उनीहरूका अनुसार यसो नगरेमा उनीहरूको मस्तिष्कको विकासमा स्थायी रूपमा क्षति पुग्न सक्छ।

बाल स्वास्थ्य, जनस्वास्थ्य, आँखा स्वास्थ्य, बाल तथा किशोर मनोचिकित्सा र स्वास्थ्य तथा वातावरणसँग सम्बन्धित पाँच प्रमुख स्वास्थ्य संस्थाहरूले सरकारलाई खुल्ला पत्र नै लेखेका छन् । जसमा भनिएको छ, “टेलिभिजन, ट्याब्लेट, कम्प्युटर, भिडिओ गेम र स्मार्टफोनजस्ता स्क्रिनले युवा पुस्तामा ठुलो प्रभाव पारेको छ ।”

उनीहरूले भविष्यका पुस्तालाई जोगाउन सार्वजनिक नीतिहरूमा तत्काल पुनर्विचार गर्नुपर्नेमा जोड दिएका छन् । विज्ञहरूका अनुसार, स्क्रिनले कुनै पनि रूपमा बालबालिकाको आवश्यकता पूरा गर्दैन । झन् यसले मस्तिष्कको विकासमा बाधा पुर्‍याउँछ र परिवर्तन गर्छ । जसले गर्दा उनीहरूको स्वास्थ्य र बौद्धिक क्षमतामा दीर्घकालीन असर पर्ने विशेषज्ञहरूले बताएका छन् ।

उनीहरूले स्क्रिनको प्रयोग घर र विद्यालय दुवै ठाउँमा बन्द गर्नुपर्ने सुझाव दिएका छन् । खुला पत्रमा भनिएको छ, “स्क्रिन प्रविधि वा त्यसका सामग्री (तथाकथित ‘शैक्षिक’ सामग्री समेत) विकासको प्रारम्भिक चरणमा रहेको सानो मस्तिष्कका लागि उपयुक्त हुँदैनन् । बालबालिका वयस्क होइनन्: उनीहरूको आवश्यकता फरक हुन्छ ।”

स्वास्थ्यकर्मी र शिशु कक्षाका शिक्षकहरूले हरेक दिन बालबालिकामा नियमित स्क्रिन प्रयोगले पुर्‍याएको क्षति अवलोकन गर्ने गरेको बताएका छन् । उनीहरूका अनुसार शिशुहरूमा प्राथमिक विद्यालय भर्ना हुनुअघि नै भाषा सिकाई ढिलो हुने, ध्यान नदिने, स्मरणशक्तिमा समस्या आउने र शारीरिक चञ्चलता जस्ता समस्या देखिने गरेका छन् । छोटो समयको लागि भए पनि नियमित स्क्रिन प्रयोगले बालबालिकाको सामाजिक र भावनात्मक विकासमा पनि नकारात्मक असर पारेको उनीहरूले बताएका छन् । यो समस्या सबै सामाजिक समूहमा देखिए पनि विशेषगरी गरिब घर परिवारमा बढी देखिने र यसले सामाजिक असमानतालाई अझ बढाउने चिन्ता व्यक्त गरिएको छ।

स्क्रिनको विकल्पका रूपमा ठुलो स्वरले पढ्न, स्वतन्त्र रूपमा खेल्न, बोर्ड गेम खेल्ने वा बाहिरी खेल खेल्न, शारीरिक, सिर्जनात्मक र कलात्मक गतिविधिहरू गर्न सकिने विज्ञहरूले सुझाएका छन् । फ्रान्समा ३ वर्ष भन्दा कम उमेरका बालबालिकालाई स्क्रिन देखाउन नहुने व्यवस्था लागु भइसकेको छ । र ३ देखि ६ वर्षसम्मका बालबालिकाले वयस्कको उपस्थितिमा मात्र ‘कहिल्यैकाहीँ मात्र प्रयोग’ गर्नुपर्छ ।

-द गार्डियन 

 

पछिल्लो अध्यावधिक: बैशाख १९, २०८२ १५:५





सामाग्री श्रोत :
टेक पाना

नेपालका चिकित्सकहरू विशेषतः शिक्षण संस्थामा अध्ययनरत र कार्यरत रेजिडेन्ट डाक्टरहरू, विगत केही समयदेखि आक्रोशित र आन्दोलित छन्। अहिले देशभरका सरकारी शिक्षण अस्पतालहरू प्रभावित छन्, जुनियर डाक्टरहरू महिनौं लामो हडतालमा छन्, र बिरामीहरूले उपचार सेवा नपाएर अन्योलमा परेका छन्। यस्तो स्थितिमा जनताले सोच्नु स्वाभाविक हो, किन डाक्टरहरूले हडताल गरेका हुन्?

साधारणतया, ‘डाक्टर’ भन्ने बित्तिकै समाजले सेवा, निष्ठा, र समर्पणको प्रतीक ठान्छ। तर, जब ती सेवकहरू स्वयं शोषण, अन्याय र अपमानको शिकार बन्छन्, तब उनीहरू आवाज उठाउन बाध्य हुन्छन्। आजको यो हडताल सेवा अस्वीकार होइन, यो चेतावनी हो, सुधारको आग्रह हो, र स्वास्थ्य प्रणालीको संकटमाथिको संकेत हो।

स्वास्थ्य सेवा: बजार होइन, उत्तरदायित्व हो
स्वास्थ्य सेवा कुनै पनि सामान जस्तो होइन, जुन बजारमा मोलतोल गरेर किनबेच गरियोस्। यो मानवीय जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको संवेदनशील र अत्यावश्यक सेवा हो। यद्यपि, विगत दुई दशकदेखि नेपालमा स्वास्थ्य क्षेत्रलाई पनि ‘फ्री मार्केट इकोनोमिक्स’को नाममा निजीकरण र व्यापारीकरणतर्फ धकेलिएको छ।

सरकारी अस्पतालहरू उपेक्षित छन्, सरकारी चिकित्सकहरू न्यून पारिश्रमिकमा काम गर्न बाध्य छन्, तर निजी मेडिकल कलेज र अस्पतालहरू दिनदिनै फस्टाइरहेका छन्। निजी क्षेत्रको मुनाफामूलक चिन्तनले गुणस्तरीय उपचार पहुँचविहीन बनाएको छ। अब स्वास्थ्य सेवा ‘सेवा’ नभई ‘विलासिता’ बन्दै गएको छ, जुन केवल धनीहरूका लागि उपलब्ध छ।

चिकित्सक: सेवक मात्र होइन, श्रमिक पनि हुन्
सरकारी अस्पतालका रेजिडेन्ट डाक्टरहरू देशको स्वास्थ्य प्रणालीको मेरुदण्ड हुन्। उनीहरू बिहान बेलुकी होइन, दिनरातको सीमाना विना बिरामीको सेवा गर्छन्। तर, त्यही चिकित्सकहरूले महिनौंसम्म तलब पाउँदैनन्, छात्रवृत्तिको नाममा न्यूनतम रकममा वर्षौंदेखि खटिरहेका हुन्छन्। 

आजको हडतालको एउटा मूल कारण भनेकै यस्ता कठिन अवस्था सुधारको माग हो। चिकित्सकहरू केवल पैसा मागेका होइनन्,  उनीहरूले न्याय, सुरक्षा र सम्मानको माग गरेका छन्।सरकारी असफलता र व्यापारीकरण: जरो समस्याको
नेपालमा मेडिकल शिक्षा अहिले व्यापारीकरणको चरम सीमामा पुगेको छ। हरेक वर्ष दर्जनौं निजी मेडिकल कलेजहरूले बिना माग–बिना योजना डाक्टर उत्पादन गरिरहेका छन्। डाक्टर उत्पादन गर्नुपर्छ भन्ने होइन, तर कति र किन भन्ने कुरा राज्यले तय गर्नुपर्ने हो, मेडिकल व्यवसायीले होइन।

सरकारले बजेटको न्यूनतम हिस्सा मात्र स्वास्थ्य क्षेत्रमा खर्च गर्छ। परिणामस्वरूप, सरकारी अस्पतालहरू चरम संसाधन अभावमा छन्, चिकित्सकहरू असन्तुष्ट छन्, र बिरामीहरू बिचल्लीमा परिरहेका छन्। जब राज्यले आफ्नै अस्पताल र डाक्टरको ख्याल गर्दैन, तब निजी क्षेत्रलाई छुट दिनुपर्ने बाध्यता बढ्छ, र यिनै निजी मेडिकल कलेजहरूले उच्च शुल्क लिई डाक्टर उत्पादन गर्छन्,जो फेरि बेरोजगार वा शोषित बन्छन्।

के गर्नु आवश्यक छ?
यो समस्या समाधान गर्न तुरुन्त कदम चाल्नुपर्छ:

1.    स्वास्थ्यमा कुल बजेटको कम्तीमा १०% लगानी गर्नुपर्छ, जसले पूर्वाधार, जनशक्ति र औषधोपचार सुधार गर्छ।
2.    सरकारी चिकित्सकहरूलाई न्यूनतम जीवनस्तर सुनिश्चित गर्ने तलब र सेवा सुविधा दिनुपर्छ, अन्यथा ‘ब्रेन ड्रेन’ हुने खतरा बढ्दो छ।
3.    निजी मेडिकल कलेजहरूलाई कडाइका साथ नियमन गर्नुपर्छ—गुणस्तरीय शिक्षा र डाक्टरहरूको हकहित सुनिश्चित गर्न।
4.    डाक्टर उत्पादन राष्ट्रको आवश्यकता अनुसार गर्नुपर्छ, व्यापारीहरूको माग अनुसार होइन।
5.    रेजिडेन्ट डाक्टरहरूलाई उचित तालिम, कार्यस्थल सुरक्षा, मानसिक स्वास्थ्य सहयोग, र नियमित छात्रवृत्ति प्रदान गर्नुपर्छ।निष्कर्ष: यो लडाइँ हाम्रो स्वास्थ्यको हो
हाम्रो आवाज केवल हाम्रो लागि होइन, तपाईंहरूको लागि हो, जो उपचार खोज्दै सरकारी अस्पतालको लाइनमा उभिनुहुन्छ। आज हामी बोलिरहेका छौं, भोलि तपाईंको स्वास्थ्य सुरक्षित रहोस् भनेर।
हडताल हाम्रो चाहना होइन, बाध्यता हो। अब समय आएको छ, जब सरकारले स्वास्थ्य सेवा क्षेत्रलाई बजारीकरण होइन, उत्तरदायित्वका रूपमा स्वीकार गरोस्। डाक्टरहरूलाई सेवा गर्न दिनुहोस्, तर सम्मानसाथ, न्यायसाथ र सुरक्षासाथ।

(डा बुद्धिमान तामाङ राष्ट्रिय चिकित्सा शिक्षा प्रतिष्ठान (न्याम्स)का तृतीय वर्षका रेजिडेन्ट हुन्। नेपाल आँखा अस्पतालमा कार्यरत उनी रेजिडेन्ट एसोसिएसन अफ न्याम्सकाउपाध्यक्ष पनि छन्।)

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ – नेपाली दूतावास अबुधावीले सञ्चालन गरेको राहदानी नवीकरण सेवा शिविरमा ८०० भन्दाबढीले प्रत्यक्ष लाभ लिएका छन् । दूतावासले यही वैशाख १७ गतेदेखि १८ गतेसम्म उक्त शिविर सञ्चालन गरेको थियो ।

सो शिविरमध्ये शुक्रबार युएइमा कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीको निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको थियो । उक्त शिविरमा तीन सय बढीले सेवा लिएका थिए ।

नेपाली सेवाग्राहीलाई अहिल्या हस्पिटल अबुधावीका डा. याशिर श्रेष्ठसहितको स्वास्थ्यकर्मीको टोलीले  निःशुल्करुपमा आँखा, मधुमेह, ब्लड प्रेसरको परीक्षण गरेको थियो ।

Ncell 2
Ncell 2

स्वास्थ्य परीक्षणसँगै डा. श्रेष्ठले शारिरीक तथा मानसिक समस्या र समाधानका विषयमा जानकारी गराउँदै उपस्थित नेपाली नागरिकसँग अन्तरक्रियासमेत गरेको नेपाली दूतावासले जनाएको छ ।

उक्त कार्यक्रममा दूतावासले श्रमसँग सम्बन्धित विविध विषयमा सचेतनामूलक जानकारीसमेत उपलब्ध गराएको थियो । सो  अवसरमा कन्सुलर प्रमाणीकरणलगायत अन्य सेवा नियमितरुपमा सञ्चालन गरिएको थियो ।

shivam cement
shivam cement

राजदूतावासले सेवा प्रवाहसँगै यूएइमा कार्यरत नेपालीलाई शारिरीक तथा मानसिक स्वास्थ्य र श्रमसम्बन्धी विषयमा आवश्यकता अनुसार समय समयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । राहदानी नवीकरण सम्बन्धी विशेष काउन्टर सञ्चालन गरी सेवा उपलब्ध गराउने कार्यमा गैरआवासीय नेपाली सङ्घ, युएइ तथ नेपाली समाज, युएइले स्वयंसेवक उपलब्ध गराइ सहयोग गरेको थियो ।  

राहदानी नवीकरण प्रक्रियालाई सरल, सहज र छिटोछरितो बनाई प्रभावकारी सेवा प्रदान गर्न दूतावास सधैँ क्रियाशील र कटिबद्ध रहेको दूतावासले जनाएको छ । दूतावासले यसअघि पनि आवश्यकताअनुसार विभिन्न समयमा विशेष काउन्टर सञ्चालन गरेर यस किसिमका शिविर सञ्चालन गर्दै आएको छ । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। बलिउडका बादशाह शाहरुख खानले हलिउडका दिग्गजलाई पछाडी विश्वका धनी अभिनेताको शीर्ष १० मा सामेल हुने कुरा के तपाईंले कहिल्यै सोच्नुभएको थियो?

भर्खरै ‘एस्क्वायर’ ले एउटा सूची सार्वजनिक गरेको छ, जसमा विश्वका सबैभन्दा धेरै कमाउने कलाकारको नाम सार्वजनिक गरिएको छ र चौथो नम्बरमा भारतको नाम चम्केको छ, उनी हुन्-शाहरुख खान।

कुनै प्यासिङ क्रेज होइन। ब्राड पिट, टम ह्यान्क्स, ज्याकी च्यानजस्ता विश्वव्यापी स्टारहरूलाई पछाडि छोडेर शाहरुख खानले प्रमाणित गरे कि उनको स्टारडम सीमाहरू पार रहेकाे छ।

आजका कलाकारहरूले फिल्मबाट मात्र नभई ब्रान्ड, प्रोडक्सन हाउस, टेक स्टार्टअप, रियल स्टेट र अन्य व्यवसायबाट पनि अर्बौं कमाइ गरिरहेका छन्। यही कारणले गर्दा पनि यो सूचीमा धेरै नामले तपाईलाई छक्क पार्न सक्छ।

शाहरुखको कमाई फिल्मबाट मात्रै होइन। उनको प्रोडक्सन हाउस, ब्रान्ड डील, क्रिकेट टिम, घर जग्गा लगानी र विश्वव्यापी फ्यानबेस सबै मिलेर उनलाई यो स्थितिमा ल्याएको हो। उनको २०२३ ब्लकबस्टर फिल्म ‘पठान’ र ‘जवान’ ले बक्स अफिसमा २००० करोड भन्दा बढी कमाएकाे थियाे।

शाहरुखको अन्तर्राष्ट्रिय अपील बढ्दै गएको र नयाँ परियोजनाहरू लाइनमा रहेकाले यो हेर्न रोचक हुनेछ कि उनले आगामी वर्षहरूमा शीर्ष ३ मा आफ्नो स्थान बनाउन सक्षम हुनेछन् ? याे सम्भव देखिएकाे छ।

१ं. अर्नोल्ड श्वार्जनेगरः १.४९बिलियन
२. ड्वेन द रक जोन्सनः १.१९ बिलियन
३. टम क्रूजः ८९१ मिलियन
४. शाहरुख खानः ८७६.५मिलियन
५. जर्ज क्लुनीः ७४२.८ मिलियन
६. रोबर्ट डी निरोः ७३५.३५ मिलियन
७. ब्राड पिटः ५९४.२३ मिलियन
८. ज्याक निकोल्सनः  ५९०मिलियन
९. टम ह्यान्क्सः ५७१.९४ मिलियन
१०. ज्याकी च्यानः५५७.०९  मिलियन


सामाग्री श्रोत :

शाहरूख बने संसारकै चौथो धनी सेलिब्रेटी, टम क्रुज भन्दा थोरै कम

काठमाडौं । साइबर सुरक्षाको जटिल र चुनौतीपूर्ण क्षेत्रमा नेपाली प्रतिभाले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउँदै लगेका छन् । विश्वभर प्रतिष्ठित मानिने युरोपेली संघ (ईयू) को महत्त्वपूर्ण साइबर सुरक्षा निकाय सर्ट-ईयू (CERT-EU) ले आफ्नो ‘हल अफ फेम’ मा १२ नेपाली साइबर सुरक्षा अनुसन्धानकर्तालाई समावेश गरेको छ । ‘कम्प्युटर इमर्जेन्सी रेस्पोन्स टिम फर द ईयू इन्स्टिच्युसन्स, बडिज एन्ड एजेन्सिज’ को संक्षिप्त रूप सर्ट-ईयू हो ।

यी अनुसन्धानकर्ताले उक्त निकायको प्रणालीमा रहेका सुरक्षा कमजोरी सफलता पूर्वक पत्ता लगाए बापत उक्त सम्मान पाएका हुन् । सन् २०११ मा स्थापित भई २०१२ देखि पूर्ण रूपमा सक्रिय सर्ट-ईयूले युरोपेली संघका सबै संस्था, निकाय र एजेन्सीलाई साइबर खतरा विरुद्ध सुरक्षा दिने महत्त्वपूर्ण जिम्मेवारी बहन गर्दै आएको छ । 

यी हुन् सर्ट-ईयूको हल अफ फेममा अटाउने १२ नेपाली ?

१) विपिन साउद (ओके बोस) -२ पटक

२) राजन क्षेडाल

३) आशुतोश देवकोटा -३ पटक

४) रेहन मोहमद-३ पटक

५) किसान शाह-९ पटक

६) शुभम अधिकारी-५ पटक

७) अजित भट्ट-२ पटक

८) सङ्कल्प दाहाल (ड्रिमित्री) 

९) भेषराज घिमिरे

१०) लक्ष्मी कुमारी ठाकुर-२ पटक

११) पंकज कुमार ठाकुर -३ पटक

१२) आशुतोष नाथ रिमाल

पछिल्लो अध्यावधिक: बैशाख १९, २०८२ २०:३८





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी नाम र केबलकार खारेजी तथा पहिचानको आन्दोलनको कार्यदिशा विषयक गोष्ठी गर्न लागेको छ ।

पार्टीका सह–अध्यक्ष रकम चेम्जोङ संयोजक रहेको ‘१ नं प्रदेश पुनः नामाङ्कन आन्दोलन परिचालन तथा समन्वय समिति’ को आयोजनामा सुनसरीको धरानमा शनिबार गर्न लागिएको उक्त गोष्ठीका प्रमुख वक्ता पार्टी अध्यक्ष उपेन्द्र यादव रहने छन् । अन्य वक्ताहरुमा पहिचानवादी नेता, लेखक तथा अभियन्ताहरु हुने बताइएको छ ।

  

मानव जाति उत्पत्ति कालदेखि नै आफ्नो अस्तित्व र पहिचानको लागि निरन्तर सङ्घर्षरत छ । पहिचानको राजनीतिले जाति÷ समुदायबीचको विभेद, उत्पीडन, असमानतालाई न्यायोचित रुपमा हल गर्न सहयोग गर्दछ भन्ने विषयमाथि प्रकाश पार्न गोष्ठीको आयोजना गरिएको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।

Ncell 2
Ncell 2

 ‘बहुजातीय देशहरुमा राजनीतिक, आर्थिक स्वतन्त्रताले मात्र समुहगत विभेद अन्त्य हुन नसक्ने भन्दै सामाजिक, सांस्कृतिक स्वतन्त्रता पनि मानवीय मूक्तिका लागि आवश्यक छ भन्ने चिन्तन नै पहिचानको राजनीतिको चिन्तन हो,’ बस्नेतले भने । गोष्ठीमा ऐक्यबद्धता र सक्रिय सहभागिता जनाउन सबै पहिचान पक्षधरहरुमा उनले आग्रह गरेका छन् ।

 

shivam cement
shivam cement

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट