२०८३ बैशाख २९ मंगलवार
२०८३ बैशाख २९ मंगलवार

त्रिशूली (नुवाकोट)। ‘बागमती प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगिता’को उपाधि सशस्त्र प्रहरी बल (एपिएफ)ले जितेको छ। खेलको दोस्रो हाफको अतिरिक्त ६ मिनेटमा एपिएफका अनिता केसीले लागि निर्णायक गोल गरेपछि एपिएफ विजयी भएको हो।

नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेलमैदान बट्टारमा आज आयोजित फाइनलमा नेपाल पुलिस क्लब (एनपिसी) लाई १-० गोलले हराउँदै एपिएफले ‘प्रथम बागमती प्रदेश मुख्यमन्त्री कप’को उपाधि जितेको आयोजकले जनाएको छ।

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले प्रतियोगिताको विजेतालाई नगद रु पाँच लाखसहित सिल्ड, मेडल र ट्रफी तथा उपविजेता एनपिसीलाई नगद रु दुई लाख ५० हजारसहित सिल्ड, मेडल र ट्रफी प्रदान गरे। उनले यस्ता प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा समेत टेवा पुग्ने भन्दै आयोजकको प्रशंसा गरे।

प्रवक्ता महतले प्रदेश सरकारको आर्थिक लगानीमा स्थानीय सरकारमार्फत पूर्वाधार विस्तार गरी सञ्चालन गरिएका प्रतियोगिताले खेल क्षेत्रको विकास हुनुका साथै र खेलाडीलाई प्रोत्साहन गरेको बताए।

नुवाकोट जिल्ला खेलकुद विकास समितिको मुख्य आयोजना तथा नुवाकोट जिल्ला फुटबल संघको आयोजनामा यही वैशाख १३ गतेदेखि सुरु भएको प्रतियोगितामा देशका आठवटा क्लबले सहभागिता जनाएका थिए। प्रतियोगिता सञ्चालनमा आर्थिक सहयोगसहित बागमती प्रदेश खेलकुद परिषद् र विदुर नगरपालिका संरक्षक रहेको थियो।


सामाग्री श्रोत :

बागमती प्रदेश मुख्यमन्त्री कपको उपाधि एपिएफलाई

काठमाडौं । मोबाइलबाट पैसा पठाउँदा वा पसलमा क्यूआर कोडमार्फत भुक्तानी गर्ने क्रममा कहिलेकाहीँ सेवा अवरुद्ध हुँदा तपाईंले पनि सास्ती भोग्नुभएको होला । डिजिटल भुक्तानीले दैनिक जीवन सहज बनाए पनि बेलाबेलामा देखिने यस्ता समस्याले प्रयोगकर्तालाई हैरान बनाउने गर्छ भने सेवा प्रदायकलाई तत्काल समाधानका लागि दबाब पर्छ । आखिर दैनिक जीवनको अभिन्न अंग बनिसकेको डिजिटल भुक्तानी प्रणाली कहिलेकाहीँ किन अवरुद्ध हुन्छ त ?

डिजिटल भुक्तानी प्रणाली हामीले प्रयोग गर्दा जति सहज देखिन्छ, यसको पछाडिको संरचना त्यति नै जटिल र अन्तरनिर्भर छ । काठमाडौं फिनटेकका संस्थापक संजिव सुब्बा भन्छन्, “हामीले प्रयोग गर्ने सेवा बैंक, वालेट वा भुक्तानी सेवा प्रदायकमा मात्र सीमित हुँदैन । यसको पछाडि विद्युत, इन्टरनेट, टेलिफोन, डेटा सेन्टर र अन्य थुप्रै तेस्रो पक्ष (थर्ड पार्टी) हरूको महत्त्वपूर्ण भूमिका हुन्छ ।”

उनी एक अनुभव सुनाउँछन्, “एकपटक कार्ड सिस्टम अवरुद्ध भयो । कारण खोज्दै जाँदा थाहा भयो, कतै कुनै मजदुरले अन्जानमा इन्टरनेटको फाइबर अप्टिक काटिदिनु भएको रहेछ, जसले गर्दा कार्डसँगको कम्युनिकेशन नै बन्द भयो ।” उनको अनुभवले देखाउँछ, समस्या सेवा प्रदायकको आफ्नै प्रणालीमा मात्र नभई बाह्य कारणले पनि आउन सक्छ, जसको समाधानमा अरूमाथि निर्भर हुनुपर्दा समय लाग्छ ।

डिजिटल बैंकिङ क्षेत्रका जानकार रोबिन कुमार नेपालका अनुसार प्रयोगकर्ताले २४ सै घण्टा सेवा सुचारु होस् भन्ने अपेक्षा राख्नु स्वाभाविक हो । तर, डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर (डीपीआई) सधैं एकनासले बलियो नहुन सक्छ । उनी भन्छन्, “डीपीआई सबै ठाउँमा उत्तिकै राम्रो र रोबस्ट नहुन सक्छ, कहिलेकाहीँ समस्या देखिन सक्छ । समस्या आउँदैमा सीधै बैंक वा वालेटलाई मात्र दोष दिन मिल्दैन, समस्याको जड कहाँ छ भनेर पहिल्याउनुपर्छ ।”

यो प्रणालीलाई सुचारु राख्न र सुधार गर्न निरन्तर ठुलो लगानी आवश्यक पर्छ । खल्ती डिजिटल वालेटका सीईओ विनय खड्का पूर्वाधार र लगानीको महत्व दर्शाउँदै भन्छन्, “कुनै पनि क्षेत्र सुधार हुन त्यसमा गरिएको लगानीको सुनिश्चितता चाहिन्छ । सर्भर आयात, कर, दक्ष जनशक्ति, सुरक्षा प्रणाली र मर्मतसम्भारमा ठुलो लागत हुन्छ ।” उनी थप्छन्, “यो लागत धान्ने र प्रणालीलाई थप सुदृढ गर्न पुनः लगानी गर्ने खालको दिगो आर्थिक मोडेल (रेभिन्यु फ्रेमवर्क) आवश्यक छ । उदाहरणका लागि, हामीले ग्राहक सेवाका लागि मात्रै पचासौं जनशक्ति राखेका छौं, जसले सञ्चालन खर्च बढाउँछ ।” प्रभावकारी ग्राहक सेवा र समस्या समाधान संयन्त्र पनि उत्तिकै महत्त्वपूर्ण रहेको उनको भनाइ छ ।

डिजिटल भुक्तानीमा अवरोध आउनु नेपालको मात्र समस्या नभइ विश्वव्यापी चुनौती भएको जानकार बताउँछन् । संजिव सुब्बा भारतको लोकप्रिय यूपीआईमा पनि बारम्बार ठूला आउटेज (सेवा अवरोध) हुने गरेको उदाहरण दिन्छन् । यस्तो अवस्थामा प्रयोगकर्ताले धैर्य गर्नुपर्ने र उपलब्ध वैकल्पिक माध्यम प्रयोग गर्नुपर्ने उनको सुझाव छ । “कहिलेकाहीँ समस्या आउँछ, तर यसलाई लिएर प्रणाली नै खत्तम भयो भनेर निराश हुनुभन्दा हौसला दिनुपर्छ । नेपाली कम्पनी र बैंकहरूले विश्वस्तरीय सेवा दिइरहेका छन्,” सुब्बा भन्छन् ।

विगतमा नेपालमा पनि नबिल बैंकको एनबैंक एप, इसेवा, एफवानसफ्टद्वारा निर्मित विभिन्न मोबाइल बैंकिङ, एनआईसी एसिया बैंकको एप तथा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) को प्रणालीमा समस्या देखिएका थिए । यी घटनाहरूले प्रणालीको जटिलता र सुधारको निरन्तर आवश्यकतालाई दर्शाएको विश्लेषण गरिएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख २०, २०८२ ०:७





सामाग्री श्रोत :
टेक पाना

पाटन (ललितपुर)। गृहमन्त्री रमेश लेखकले शारीरिक तन्दुरुस्तीका लागि मात्र नभई मानसिक स्वस्थताका लागि पनि खेल आवश्यक रहेको बताएका छन्।

गोदावरी नगरपालिकाको आयोजनामा आज नगरपालिका–१० टाहाखेलस्थित गोदावरी बहुउद्देश्यीय रंगशालामा दोस्रो उपत्यकाव्यापी अन्तरपालिका खुला गोदावरी मेयर कप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले खेलको विस्तारले युवा र खेलाडीको लगनशीलताका साथै लागुऔषध दुर्व्यसन घटाउँदै समाजलाई सभ्य, सुसंस्कृत र व्यवस्थित बनाउन सकिने धारणा राखे।

गृहमन्त्री लेखकले भने, ‘मुलुकमा बढ्दो लागुऔषधको दुव्र्ययसन, आत्महत्या, सडक दुर्घटना, साइबर अपराधजस्ता समस्या छन्। खेलले युवामा नकारात्मक कुराहरूलाई घटाउने काम गर्छ। अनुशासनमा बाँध्छ।’ खेलाडीबाट सिकेर नेताहरुले पनि निश्चित अनुशासनभित्र रहेर काम गर्नुपर्ने उनको भनाइ थियो।

गोदावरी नगरप्रमुख गजेन्द्र महर्जनले स्थानीयस्तरबाट राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी उत्पादन गर्ने र खेल जीवनबाट नै जीविकोपार्जन गर्नसक्ने अवस्था तयार गर्न नगरपालिकाले खेलकुदका विभिन्न गतिविधि गर्दै आइरहेको बताए।

आजदेखि सुरु भएको प्रतियोगितामा १३ वटा टिमको सहभागिता रहेको वडा नं १० का अध्यक्ष शेखर न्यौपानेले जानकारी दिए।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने विजेता टोलीले रु पाँच लाख र उपविजेताले रु तीन लाखसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगिता जेठ ३ गते समापन हुनेछ।


सामाग्री श्रोत :

खेलाडीबाट सिकेर नेताहरुले पनि निश्चित अनुशासनभित्र रहेर काम गर्नुपर्छ: गृहमन्त्री लेखक

काठमाडौँ । नेपाल स्टुडेन्ट आईटी क्लबले आगामी १५ देखि १७ जेठसम्म ‘ह्याक फर नेपाल’ नामक ह्याकाथन आयोजना गर्ने भएको छ । देशका प्रमुख चुनौतीलाई प्रविधिको माध्यमबाट समाधान खोज्ने उद्देश्यले नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) ललितपुरमा ४८ घण्टे कार्यक्रम आयोजना गर्न लागिएको हो ।

क्लबका अनुसार यो ह्याकाथन विशेषगरी कृषि प्रविधि, स्वास्थ्य सेवा, विद्युतीय सुशासन, शिक्षा र खुला नवप्रवर्तन जस्ता क्षेत्रमा केन्द्रित हुनेछ । स्नातक तहमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरिएको कार्यक्रमले नवप्रवर्तनात्मक समाधान विकास गर्न प्रोत्साहन गर्ने आयोजकको लक्ष्य छ ।

ह्याकाथनका मुख्य विषयवस्तुमा स्वास्थ्य प्रविधि (हेल्थ टेक) अन्तर्गत एआई-सञ्चालित टेलिमेडिसिन र रोग पहिचान, कृषि प्रविधि (एग्रिटेक) अन्तर्गत स्मार्ट खेती र बजार पहुँच, विद्युतीय सुशासन (ई-गभर्नेन्स) अन्तर्गत सरकारी सेवामा सुधार र पारदर्शिता तथा खुला नवप्रवर्तन (ओपन इनोभेसन) अन्तर्गत नवीकरणीय ऊर्जा, दिगो पर्यटन, विपद् व्यवस्थापन जस्ता क्षेत्रमा प्राविधिक समाधान खोजिनेछ ।

यस कार्यक्रम जेठ १५ गते शुक्रबार बिहान सुरु भई १७ गते आइतबार बिहानसम्म चल्नेछ । यो पूर्णतः भौतिक उपस्थितिमा (अनसाइट) हुनेछ ।

प्रतिस्पर्धामा सहभागी हुन २ देखि ४ जना स्नातक तहका विद्यार्थीको समूह बनाउनुपर्नेछ । कार्यक्रम अवधिभर सहभागीलाई सम्बन्धित उद्योग र शैक्षिक क्षेत्रका विज्ञले मेन्टरसिप प्रदान गर्नेछन् भने अन्तिम चरणमा प्रस्तुत गरिएका समाधानलाई उद्योगका शीर्ष विशेषज्ञहरूको निर्णायक मण्डलले मूल्याङ्कन गर्नेछ । ​

ह्याक फर नेपालमा सहभागी हुन इच्छुक स्नातक तहका विद्यार्थीले दुईदेखि चार जनाको समूह निर्माण गरी यहाँ क्लिक गरेर दर्ता प्रक्रिया पूरा गर्नुपर्नेछ ।

पछिल्लो अध्यावधिक: बैशाख २०, २०८२ २३:५१





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ– नेपाली कांग्रेसले सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा सकारात्मक र रचनात्मक सुझावसहित छलफलमा सहभागी भई समर्थन जनाउने निर्णय गरेको छ। 

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको संसदीय दलको बैठकले नीति तथा कार्यक्रममा राष्ट्रिय आवश्यकता समेटिएकाले समर्थन गर्ने निर्णयसमेत गरेको हो। 

 

संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरे बैठकले नीति कार्यक्रम सम्बोधन गर्नेगरी आगामी बजेट तर्जुमा गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको जानकारी दिए।

बैठकले पार्टीका सांसदहरुलाई नीति तथा कार्यक्रममा सकारात्मक र रचनात्मक सुझाव दिँदै पक्षमा बोल्न पनि निर्देशन दिएको उनले बताएका छन् ।

Ncell 2
Ncell 2

 बैठकले विधेयक निर्माणको गतिलाई तीव्र बनाउन सक्रिय ढङ्गले संसद् र संसदीय समितिमा भूमिका खेल्ने निर्णयसमेत गरेको उनले बताए। 

यस्तै बैठकले शिक्षकहरुसँग भएको सहमतिअनुसार असार १५ भित्र शिक्षा विधेयक ल्याउने गरी काम गर्ने प्रतिबद्धता जनाएको उनले बताएका छन्।

shivam cement
shivam cement

 

    

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

अदानचुली (हुम्ला)। जिल्ला सदरमुकामस्थित सिमकोट गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ। आठवटै वडाहरू पूर्ण खोप सुनिश्चित भइसकेको र गाउँपालिकास्तरबाट अनुगमनका क्रममा निर्धारित उमेर समूहका बालबालिका सबै खोप लगाएका भेटिएपछि आज गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो।

गाउँँपालिकाका आठवटै वडा पूर्ण खोप सुनिश्चित घोषित भइसकेपश्चात् आज एक औपचारिक कार्यक्रमको आयोजना गरी सिमकोटलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको स्वास्थ्य संयोजक नर भण्डारीले बताए।

सबै वडा पूर्ण खोप सुनिश्चित घोषित भइसकेपछि गरिएको अनुगमन, स्वास्थ्य शाखाले उपलब्ध गराएको विवरणअनुसार घरधुरी सर्वेक्षणका क्रममा पूर्ण खोप पाएका १५ देखि ५९ महिनाका बालबालिका पाँच सय ५५ जना रहेका उनले जानकारी दिए। उनका अनुसार खोप लिइरहेका जन्मेदेखि पन्ध्र महिनासम्मका बालबालिका भने एक सय ८४ जना छन्।

जिल्ला सदरमुकाम सिमकोटमा रहेको जिल्ला समन्वय समितिको हलमा गाउँपालिकाका अध्यक्ष विजय भण्डारीको अध्यक्षता तथा जिल्ला समन्वय समितिका संयोजक शिवराज शर्माको प्रमुख आतिथ्यमा पालिकालाई खोप सुनिश्चित घोषणा गरिएको छ।

कार्यक्रममा खोप अभियानलाई सहयोग गर्ने पत्रकार महासंघ हुम्लाका अध्यक्ष राजन रावत, रेडियो कैलाशका जनक शाही, अन्नपूर्णकर्मी नरजंग तामाङ र रेडियो कर्णाली आवाजका ऐटन रावललाई कदरपत्रले सम्मान गरिएको छ। साथै आठवटै वडामा कार्यरत स्वस्थ्यकर्मीलाई पनि सम्मान गरिएको छ।


सामाग्री श्रोत :

सिमकोट गाउँपालिका पूर्ण खोप सुनिश्चित घोषणा

काठमाडौँ । आजको डिजिटल युगमा हस्ताक्षर आवश्यक पर्ने कागजातका पीडीएफ वा अन्य डिजिटल फाइलका रूपमा बढी आउँछन् । यस्तो फाइल प्रिन्ट गरेर हस्ताक्षर गर्ने अनि फेरि स्क्यान गरेर पठाउने काम निकै झन्झटिलो हुन्छ । डिजिटल रूपमै हस्ताक्षर गर्न सकिने भयो भने हाम्रो काम पनि छिटो हुन्छ भने प्रिन्ट र स्क्यान गर्ने झन्झट पनि गरिरहनु पर्दैन ।

तपाईं आफ्नो आईफोन वा एन्ड्रोइड फोनबाट यस्ता कागजातमा सजिलै हस्ताक्षर गर्न सक्नुहुन्छ । दुवै प्रकारका फोनबाट कागजातमा छिटो हस्ताक्षर थप्न, नयाँ कपी बनाएर सुरक्षित राख्न र पठाउनका लागि फोनमा पहिले नै विभिन्न फिचर उपलब्ध गराइएका हुन्छन् ।

यी फिचर तत्कालको आवश्यकताका लागि निकै उपयोगी छन् । तर तपाईंलाई त्यस्ता पीडीएफ वा अन्य फर्म्याटका कागजातमा धेरै हस्ताक्षर गरिरहनु पर्नेछ भने फोनका यी फिचर पर्याप्त नहोलान् । यसका लागि तपाईंले ‘DocuSign’ र ‘Microsoft365’ जस्ता टुल प्रयोग गर्नुपर्ने हुन सक्छन् ।

तपाईंको हस्ताक्षर आवश्यक पर्ने अधिकांश कागजात भने छोटा र साधारण हुन्छन् । यसले गर्दा एप्पलको मार्कअप टुल र गुगल ड्राइभ तपाईंका लागि पर्याप्त हुन सक्छन् ।

एन्ड्रोइड वा आईफोनमा गुगल ड्राइभ प्रयोग गरेर हस्ताक्षर गर्ने तरिका

गुगल ड्राइभ एप लगभग सबै एन्ड्रोइड फोनमा पहिल्यै इन्स्टल हुन्छ भने आईफोनमा पनि डाउनलोड गर्न सकिन्छ । यसमा कागजातमा हस्ताक्षर गर्न सजिलो बनाउने मार्कअप टुलहरू हुन्छन् ।

एन्ड्रोइडमा ड्राइभ एप प्रयोग गरेर कसरी हस्ताक्षर गर्ने ?

नोट: गुगल ड्राइभले सधैं ‘Form Filling’ आवश्यक पर्ने पीडीएफलाई पहिचान नगर्न सक्छ । यदि तपाईंलाई धेरै टेक्स्ट थप्नु छ भने अन्य सेवा प्रयोग गर्नु राम्रो हुन सक्छ ।

आफ्नो काम सकिएपछि आफूले गरेको परिवर्तन सेभ गर्न माथि दायाँपट्टि रहेको ‘Save’ मा ट्याप गर्नुहोस् । यदि तपाईं हस्ताक्षरसहितको छुट्टै कपी बनाउन चाहनुहुन्छ भने तीन ओटा डट भएको ‘More’ बटनमा ट्याप गरेर ‘Save as’ छान्नुहोस् र सेभ गर्नुहोस् ।

आईफोनमा ड्राइभ एप प्रयोग गरेर कसरी हस्ताक्षर गर्ने ?

आईफोनमा गुगल ड्राइभ एपको हस्ताक्षर गर्ने फिचर केही सीमित छ । एपमा पीडीएफ खोलेपछि तलपट्टि ‘Fill out form’ को अप्सन देखिन्छ । यसले गुगल ड्राइभले फारम भर्न सक्छ कि सक्दैन भनेर संकेत गर्छ । यसमा एन्ड्रोइडमा जस्तो ‘Annotate’ अप्सन हुँदैन । त्यसैले आईफोन प्रयोगकर्ताका लागि एप्पलको आफ्नै मार्कअप टुल बढी उपयोगी हुन्छ ।

आईफोनमा एप्पलको मार्कअप टुल प्रयोग गर्ने तरिका

एप्पलको मार्कअप टुलले कागजात र फोटोमा टेक्स्ट, चित्र, इमोजी र हस्ताक्षर थप्न सघाउँछ । यो टुल तपाईंले आईओएसमा विभिन्न ठाउँबाट प्रयोग गर्न सक्नुहुन्छ । उदाहरणका लागि पीडीएफ हेर्दा सिधै वा एप्पलको शेयर मेनुबाट फेला पार्न सक्नुहुन्छ ।

यसरी तपाईं आफ्नो स्मार्टफोन प्रयोग गरेर सजिलैसँग डिजिटल कागजातमा हस्ताक्षर गर्न सक्नुहुन्छ र आफ्नो काम छिटो पूरा गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: बैशाख २०, २०८२ २२:४७





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– नेपाली राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट अलराउन्डर कुशल मल्ल बाहिरिएका छन्।  

नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार आइसिसी क्रिकेट विश्वकप लिग–२ को शृंखला तथा बेलायत भ्रमणका लागि दोस्रो चरणको बन्द प्रशिक्षणमा २५ खेलाडीलाई छनोट गरेको हो। छनोटमा लामो समयदेखि लयमा नरहेका कुशललाई हटाइएको हो।

पहिलो चरणमा ५२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको थियो । क्यानले यी खेलाडीलाई निलो, हरियो, रातो र पहेंलो गरि चार समूहमा विभाजन गर्दै ‘कोर क्याम्प’ सञ्चालन गरेको थियो। क्याम्पमा गरेको प्रदर्शनका आधारमा मुख्य प्रशिक्षक स्टुअट लले खेलाडी छानेका हुन् ।

Ncell 2
Ncell 2

नेपालले आगामी जुनमा स्कटल्यान्डमा हुने आइसिसी विश्वकप लिग–२ अगाडि बेलायतमा प्रशिक्षण गर्नुका साथै केही अभ्यास खेल खेल्नेछ ।

बन्द प्रशिक्षणमा रहेका खेलाडी

shivam cement
shivam cement

रोहितकुमार पौडेल (कप्तान), गुलशनकुमार झा, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, अनिलकुमार साह, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, भीम सार्की, आरिफ शेख, दिलिप नाथ, प्रतिश जिसी, अर्जुन साउद, शुभ कंसाकार, साहब आलम, बसिर अहमद, लोकेश बम, नन्दन यादव, युवराज खत्री, रिजन ढकाल, अकाश चन्द, रुपेशकुमार सिंह, किरण ठगुन्ना

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२६ को नतिजा आएको छ। नेपाली समय अनुसार शनिबार राति ९ः४५ बजे डिभीको नतिजा सार्वजनिक भएको हो।

https://dvprogram.state.gov/ESC मा गई आफ्नो कनफरमेसन नम्बर राखेर नतिजा हेर्न सकिने छ। तर, नतिजा सार्वजनिक भएको केही मिनेटमै नतिजा जाँच गर्ने वेबसाइट डाउन भएको छ। एकै पटक अत्याधिक प्रयोगकर्ताले वेवसाईट खोलेका कारण ट्राफिक अट्याकमा परेर साईट खुल्न सकेको छैन।

हरेक वर्ष विभिन्न मुलुकबाट लाखौं मानिसहरू यही चिठ्ठा कार्यक्रम मार्फत अमेरिका जाने गरेका छन्। डाइभर्सिटी भिसा लोट्री प्रोग्रामलाई ग्रिन कार्ड लोट्री कार्यक्रमको नामबाट चिनिन्छ।


सामाग्री श्रोत :

डिभी चिठ्ठाको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्

काठमाडौं– झापाको सहकारीमा दुई करोड बढी रकम ठगी प्रकरणमा दुई वर्षदेखि फरार रहेका तत्कालीन अध्यक्ष पक्राउ परेका छन् । 

बिर्तामोडमा रहेको पताल गङ्गा बचत तथा ऋण सहकारी संस्थाका तत्कालीन अध्यक्ष रेवती खनाल गत बिहीबार  पक्राउ परेका हुन् । उक्त सहकारी ठगीमा उनी मात्र नभएर परिवार नै संलग्न रहेको आरोप छ । उनीसहित पाँच जना मिलेर सहकारीको दुई करोड ६ लाख ८ हजार ३८३ रुपैयाँ हिनामिना गरेको आरोप छ । 

सहकारी ठगीको मुद्दा परेसँगै दुई वर्षदेखि फरार रहेका खनाल गत बिहीबार कैलालीको धनगढीबाट पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय धनगढी कैलालीबाट पक्राउ परेका उनलाई शुक्रबार इलाका प्रहरी कार्यालय बिर्तामोडमा उपस्थित गराइएको छ । 

Ncell 2
Ncell 2

पताल गङ्गा बचत तथा ऋण सहकारी संस्थाका तत्कालीन उपाध्यक्ष टंकप्रसाद भेटवालले २०७८ कात्तिक १६ गते २ करोड ६ लाख ८ हजार ३८३ रुपैयाँ बिगो कायम गरी खनालविरुद्ध जाहेरी दिएका थिए । उनका विरुद्धमा जिल्ला सरकारी वकिल कार्यालयमा २०७१ कात्तिक ४ गते मिसिल पेस भएको थियो । 

अदालतबाट भने २०७९ मङ्सिर १४ गते म्याद जारी भएको थियो । अदालतबाट म्याद जारी भएपछि अध्यक्ष खनालकी बहिनी ३६ वर्षीया गोमा खनाल (भण्डारी) २०७९ कात्तिक २५ गते पक्राउ परेकी थिइन् । अनुसन्धानपश्चात् अदालतको आदेशले १ लाख ५० हजार रुपैयाँ धरौटी राखेर  उनी तारेखमा छुटेकी थिइन् ।

shivam cement
shivam cement

त्यस्तै खनालका मामा ससुरा बिर्तामोड घर भई हाल भद्रपुर नगरपालिका वडा नं ८ बस्ने ५१ वर्षीय अनन्त जीवन लुइँटेल पनि अदालतमा आफैँ उपस्थित भई ७५ हजार रुपैयाँ धरौटी राखेर छुटेका छन् । तर खनालकी श्रीमती ४४ वर्षीया कमलादेवी भट्टराई (खनाल) र खनालका भाइ ३६ वर्षीय सिताराम खनाल हालसम्म फरार छन् ।

पक्राउ परेका खनाललाई भने आइतबार जिल्ला अदालत झापामा बुझाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट