२०८३ बैशाख २८ सोमबार
२०८३ बैशाख २८ सोमबार

काठमाडौँ । फुड डेलिभरी कम्पनी फुडमाण्डुले आफ्ना ग्राहकहरूको मागलाई मध्यनजर गर्दै ‘मध्यरात्रि फुड  डेलिभरी सेवा’ थप गरेको छ । यो नयाँ सुविधा अनुसार कम्पनीले अब ग्राहकहरूलाई राति १२ बजेसम्म खाना तथा खाजाको डेलिभरी दिने भएको हो । १२ः०० बजेसम्म खाना अर्डर गर्न सक्ने छन् ।

 आफ्ना ग्राहकहरूको  जीवनशैली र आवश्यकता अनुसार सेवाहरू थप गर्दै लैजाने नीति अनुसार मध्यरात्रि फुड डेलिभरी सेवा सुरु गरिएको फुडमाण्डुकी ब्रान्ड एन्ड मार्केटिङ म्यानेजर इनेशा भट्टराईले बताइन् । सुरुवाती चरणमा यो सेवा काठमाडौँ उपत्यकाको रिङरोड र वरपरका क्षेत्रहरूमा उपलब्ध हुनेछ । यसले ग्राहकहरूको मागलाई पुरा गर्ने तथा फुडमाण्डुको सेवामा समेत वृद्धि ल्याउने अपेक्षा गरिएको छ । आगामी दिनहरूमा काठमाडौँका अन्य ठाउँहरूमा पनि यो सेवा विस्तार हुने कुरा कम्पनीले  जनाएको छ ।      

सन् २०१० मा स्थापना भएको फुडमाण्डु नेपालकै पहिलो र सबैभन्दा लोकप्रिय खाना डेलिभरी कम्पनी मध्ये एक हो । हाल फुडमाण्डुले काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, बुटवल र पोखराका १,००० भन्दा बढी रेस्टुरेन्टहरूमार्फत खाना डेलिभर गर्दै आएको छ । साथै, फुडमाण्डु वनमार्टमार्फत ग्राहकहरूलाई आवश्यक पर्ने  दैनिक सामग्रीहरू पनि तुरुन्तै डेलिभरी दिने सेवा प्रदान गर्दै आइरहेको छ ।

पछिल्लो अध्यावधिक: बैशाख २१, २०८२ १८:४४





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको उपसमितिले विद्यालय शिक्षा विधेयकमाथि दफावार छलफल सकाएको छ ।

‘उपसमितिको समय र दफावार छलफल पनि सकियो । उपसमितिले प्रतिवेदन लेखिरहेको छ,’ समिति सचिव दशरथ धमलाले भने, ‘अब उपसमितिले पास गर्न बाँकी छ ।’

प्रतिवेदन लेख्नका लागि केही समय आवश्यक पर्ने भएकाले थप गर्ने तयारी छ । सोमबार समितिको बैठक बोलाइएको छ । सो बैठकमा प्रतिवेदन लेख्नका लागि केही समय माग गर्ने उपसमितिको तयारी छ ।

Ncell 2
Ncell 2

‘दफा दफामा धेरै हेरफेर भएको छ । दफालाई हेरेर प्रतिवेदन बनाउन र पास गर्न अलिकति समय माग गर्ने तयारी छ,’ उनले भने ।

सोमबारको समिति बैठकमा उपसमितिले अहिलेसम्म भएको प्रगति विवरण पेस गर्ने भएको छ ।

shivam cement
shivam cement

विधेयकमा १६३ दफा छ । १ हजार ७५८ वटा संशोधन थियो । समितिले ७ प्रदेशको प्रतिवेदन पनि तयार पारेको थियो । विधेयक, संशोधन, प्रतिवेदन र विज्ञहरूको सुझावलाई एकीकृत गरेर उपसमितिले दवाफार छलफल गरेको हो ।

आगामी १५ असारभित्र ऐन जारी गर्ने गरी सरकारले शिक्षक महासंघसँग सहमति गरेको छ । सोही अनुसार विधेयकको दफावार द्रुत गतिमा छलफल भएको हो ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

दोधारा चाँदनी (कञ्चनपुर) । चट्याङ लागेर कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ।

जिल्लाको शुक्लाफाँटा नगरपालिका–१२ स्थित तिल्कीमा घर नजिकै रहेको तरकारी घर फर्कने क्रममा चट्याङ लागेर आज बिहान स्थानीय २४ वर्षीया लालमती रानाको घटनास्थलमै मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख खडकबहादुर खत्रीले चट्याङ लागेर मृतकका श्रीमान् २५ वर्षीय रतनसिंह राना घाइते भएका बताए।

रानाको धनगढीस्थित निःसर्ग अस्पतालमा उपचार भइरहेको छ।


सामाग्री श्रोत :

चट्याङ लागेर श्रीमतीको मृत्यु, श्रीमान घाइते

काठमाडौँ । आइतबार दिउँसो १ बजेदेखि सामाजिक सञ्जालका विभिन्न माध्यममा ‘१५ चैतमा भाटभटेनीमा रक्सी र चुरोट चोरेका ६ जनाले कक्षा १२ को परीक्षा दिँदै’ भन्ने ब्यहोराका पोस्ट प्रसारित भइरहेका छन् ।

राजावादी समर्थकले गरेको प्रदर्शनका क्रममा भाटभटेनीबाट बियरका बोतल उठाउँदै गरेका भाइरल फोटो प्रयोग गर्दै केही फेसबुक पेजले परीक्षा दिने ती ६ जना नै फोटोमा देखिएका व्यक्ति भएको दाबी गरेका छन् । तर, टेकपाना फ्याक्टचेकले ती दाबी भ्रामक भएको देखाएको छ । ६ जनाले जिल्ला प्रहरी परिसर भद्रकालीबाटै परीक्षा दिइरहेको कुरा सत्य हो ।

तर, उनीहरू सबै भाटभटेनी लुटपाटको घटनामा पक्राउ परेका होइनन् । उनीहरू मध्ये दिनेश महतो मात्र १५ चैतको भाटभटेनी लुटपाट घटनामा पक्राउ परेका हुन् ।

दाबी

फेसबुकमा ‘एनईबी रिजल्ट्स’ नाम भएको पेजले ४ मार्च दिउसो २ः३१ बजे एक पोस्ट राख्यो । त्यसको क्याप्सनमा लेखिएको छ, “Wow: भाटभटेनीबाट चुरोट र रक्सी चोरेको आरोपमा पक्राउ परेका ६ जनाले जेलबाटै कक्षा १२ को Exam दिएका छन् । विद्यार्थीहरू दिनेश महतो, दावा शेर्पा, सौगातकुमार बिक, सरोज थापा, सिमन घले र अमन साकिनले प्रहरी कार्यालय भद्रकालीबाटै परीक्षा दिएका हुन् । पढाई नछुटोस् भनेर उनीहरूलाई परीक्षा दिने व्यवस्था मिलाइएको हो।

यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा २८०० बढी रियाक्सन आएका छन् । हेर्नुहोस् ओरिजिनल लिङ्क, आर्काइभ लिङ्क र स्क्रिनशट । 

अनुसन्धान

‘एनईबी रिजल्ट्स’ नामक फेसबुक पेजले राखेको पोस्ट देखिएपछि टेकपाना फ्याक्टचेक डेस्कले उक्त पेजमा रहेको क्याप्सनमा रहेका कीवर्ड राखेर फेसबुक सर्च गर्‍यो । त्यस क्रममा ‘लोल नेपाल’ नामक फेसबुक पेजले ‘एनईबी रिजल्ट्स’ कै शैलीले फोटो र क्याप्सन राखेको देखियो । हेर्नुहोस् ओरिजिनल लिङ्क, आर्काइभ लिङ्क र स्क्रिनशट । 

 

त्यही क्रममा हुलाक सञ्चार डटकमले त्यही ‘भाटभटेनीबाट चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा’ शीर्षकको समाचार ४ मे २०२५ दिउसो १ः५१ बजे राखेको भेटियो । हेर्नुहोस् ओरिजिनल लिङ्क, आर्काइभ लिङ्क र स्क्रिनशट । 

 

हुलाक सञ्चारले समाचारमा जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अपिलराज बोहोराले उक्त सूचना उपलब्ध गराएको उल्लेख गरेको छ । तर, प्रहरी उपरीक्षक बोहोराको नाम उल्लेख भएको वाक्यमा लेखिएको छ, “१९ वर्षीय दिनेश महतोसहित ६ जना परीक्षामा सहभागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहोराले जानकारी गराएका छन् ।”

यसमा कतै पनि प्रहरी उपरीक्षक बोहोराले ६ जना कुन आरोपमा पक्राउ परेका हुन् भन्ने बताएको देखिन्न । एनईबी रिजल्ट्स र एलओएल नेपाल नामक फेसबुक पेजले हुलाक सञ्चारकै समाचारबाट फेसबुक पोस्टमा राखेको क्याप्सन दुरुस्तै कपी पेस्ट गरेको देखिन्छ । अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि हुलाक सञ्चारको समाचारको स्क्रिनशट राख्दै ‘भाटभटेनी लुटपाटमा पक्राउ परेका विद्यार्थीहरू अहिलेसम्म किन छुटेनन्’ भन्दै प्रश्न गरिरहेका छन् । 

तथ्य जाँचकै क्रममा गुगलमा ‘हिरासत कक्षा १२’ शब्द गुगल कीवर्डमा खोजी हेर्‍यौँ । त्यसमा अनलाइन खबरको समाचार देखियो । अनलाइन खबरले प्रहरी उपरीक्षक बोहोराको भनाइ राख्दै ‘१५ चैतमा भाटभटेनी लुटपाटको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका एक जना’ सहित ६ जनाले परीक्षा दिइरहेको उल्लेख गरेको छ । 

भाटभटेनी लुटपाटको घटनामा पक्राउ परेका युवक १९ वर्षिय दिनेश महतो रहेको अनलाइन खबरमा उल्लेख छ । बाँकी पाँच जना भने अन्य १५ चैतको घटनाको लुटपाटको कसुरमा नभई अन्य कसुरमा पक्राउ परेको उल्लेख छ । 

सेतोपाटीले पनि ‘तीनकुने घटनामा संलग्न रहेको आरोप लागेका एक जनासहित ६ जनाले कक्षा १२ को परीक्षा दिन थालेको प्रहरीको भनाइ’ उल्लेख गरेको छ । त्यस्तै सोही समाचारमा ‘चैत १५ गतेको घटनामा  आपराधिक उपद्रव गर्न नहुने कसुरमा पक्राउ परेका सिराहाका  १९ वर्षीय दिनेश महतो, अभद्र व्यवहारमा पक्राउ परेका नुवाकोट विदुर नगरपालिका-२ घर भई काठमाडौँ वसुन्धरा बस्ने १९ वर्षीय सिमन घले, अभद्र कसुरमा पक्राउ परेका भारत घर भई हाल काठमाडौँ बस्ने अमन साकिनले परीक्षा दिइरहेका छन् । त्यस्तै अभद्र व्यवहार कसुरमा पक्राउ परेका धादिङ नीलकण्ठ नगरपालिका-१३ का सरोज थापा, सवारी ज्यान कसुरमा पक्राउ परेका स्याङ्जाका सौगातकुमार विक र चोरी कसुरमा पक्राउ परेका सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-१ का दावा शेर्पाले परीक्षा दिइरहेको एसपी बोहोराले जानकारी दिए ।’ उल्लेख छ । 

टेकपाना फ्याक्टचेक डेस्कले परिसरका प्रहरी उपरीक्षक अपिलराज बोहोरालाई सम्पर्क गर्दा उनले सेतोपाटीमा आएको जानकारी सही भएको पुष्टि गरे । “जाँच दिनेमध्ये १९ वर्षीय दिनेश महतो भाटभटेनी लुटपाट गरेको आरोपमा पक्राउ परेका हुन्,” प्रहरी उपरीक्षक बोहोराले भने, “बाँकी पाँच जना १५ चैतको घटनामा सम्बन्धित छैनन् ।”

जिल्ला प्रहरी परिसरका अनुसार हातमा बियरको बोतल लिएर भाग्दै गरेको देखिने युवक दिनेशकुमार महतो नभई ‘प्रेम कुमार महतो’ हुन् । उनी १७ चैतमा पक्राउ परेका थिए । 

दाबी

भाटभटेनीबाट चुरोट र रक्सी चोरेको आरोपमा पक्राउ परेका ६ जनाले जेलबाटै कक्षा १२ को जाँच दिए ।

दाबीकर्ता

हुलाक सञ्चार डटकम, एनईबी रिजल्ट्स, एलओएल नेपाल लगायतका फेसबुक फेसबुक पेज तथा प्रयोगकर्ता ।

तथ्य

आज ४ मे २०२५ देखि सुरु भएको कक्षा १२ को जाँचमा विभिन्न अभियोगमा पक्राउ परेकामध्ये ६ जनाले जिल्ला प्रहरी परिसरको हिरासतबाटै जाँच दिएका छन् । त्यसमध्ये १९ वर्षीय दिनेश महतो १५ चैतमा भएको भाटभटेनी लुटपाटको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन् । हिरासतबाटै कक्षा १२ को जाँच दिने बाँकी पाँच जनाको भाटभटेनी लुटपाटको घटनामा कुनै सम्बन्ध छैन ।

निष्कर्ष

हुलाक सञ्चार डटकम, एनईबी रिजल्ट्स र एलओएल नेपाल लगायतका फेसबुक पेजहरूले भाटभटेनीबाट चुरोट र रक्सी चोरेको आरोपमा पक्राउ परेका ६ जनाले जेलबाटै कक्षा १२ को परीक्षा दिएको दाबीसहितका पोस्ट राखेका छन् । टेकपाना फ्याक्ट चेकले यस दाबीको जाँच गर्दा जिल्ला प्रहरी परिसर काठमाडौँबाट ६ जनाले कक्षा १२ को परीक्षा दिएको जानकारी सही भए तापनि ती सबै भाटभटेनी चोरीको आरोपमा पक्राउ परेका व्यक्ति नभएको देखाएको छ । ती ६ जना परीक्षार्थीमध्ये १९ वर्षीय दिनेश महतो मात्र १५ चैतमा भाटभटेनीबाट चोरी गरेको आरोपमा पक्राउ परेका विद्यार्थी हुन् ।

प्रतिक्रिया

तपाईंले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।

 

पछिल्लो अध्यावधिक: बैशाख २१, २०८२ १८:०





सामाग्री श्रोत :
टेक पाना

एजेन्सी–बेलायती प्रहरीले आतङ्कवादविरोधी दुई छुट्टाछुट्टै अनुसन्धानमा सात इरानी नागरिकसहित आठ जनालाई पक्राउ गरिएको जनाएको छ।

लण्डनको महानगरीय प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एउटा अपरेसनमा चार जना इरानीसहित पाँच जनालाई ’आतङ्कवादी गतिविधिको तयारी गरेको’आशङ्कामा पक्राउ गरिएको छ।’

लण्डन, स्विन्डन र ग्रेटर म्यानचेस्टर क्षेत्रमा ‘आतङ्कवादी अपराध’ गर्न खोजेको आशङ्कामा उनीहरूलाई पक्राउ गरिएको हो।

ती पुरुष २९ देखि ४६ वर्ष उमेर समूहका रहेका र उनीहविरूद्ध आतङ्कवादविरोधी प्रहरीले शनिबार ‘कुनै खास परिसरलाई निशाना बनाउने शंकास्पद षडयन्त्र’ गरेको आरोपमा पक्राउ गरेको थियो।

चारै जना इरानी नागरिकलाई आतङ्कवाद ऐनअन्तर्गत पक्राउ गरिएको थियो भने पाँचौं व्यक्ति, जसको राष्ट्रियता अझै पुष्टि हुने काम भइरहेको छ, लाई प्रहरी र आपराधिक प्रमाण ऐन अन्तर्गत हिरासतमा लिइएको हो।

गृहमन्त्री यवेट कूपरले ‘राष्ट्रिय सुरक्षा खतरा’ प्रति बेलायतको प्रतिक्रियाको एक हिस्साका रूपमा यी ‘गम्भीर अभियान’ चालिएको बताएका छन्।  

महानगरीय प्रहरीका आतङ्कवाद विरोधी प्रमुख डोमिनिक मर्फीले भने, ‘यो द्रुत गतिमा चलिरहेको अनुसन्धान हो र हामी प्रभावित स्थलमा रहेका व्यक्तिहरूसँग नजिकबाट काम गरिरहेका छौँ ताकि उनीहरूलाई अद्यावधिक राख्न सकियोस्।’

उनले भने, ‘अनुसन्धान अझै प्रारम्भिक चरणमा छ र हामी कुनै सम्भावित उत्प्रेरणा स्थापित गर्न र यस मामिलासँग सम्बन्धित जनतामा थप जोखिम हुन सक्छ कि भनेर पहिचान गर्न विभिन्न प्रकारका अनुसन्धानको खोजी गरिरहेका छौँ।’

Ncell 2
Ncell 2

यसैबीच शनिबार लण्डनमा आतङ्कवाद विरोधी प्रहरीले चलाएको अर्को कारबाहीमा इरानी नागरिकसहित अन्य तीन जनालाई पक्राउ गरिएको छ।

महानगरीय प्रहरीले लण्डनमा पक्राउ परेका तीनै जना ‘शुक्रबार पाँच जनालाई पक्राउ गरिएको घटनासँग सम्बन्धित नभएको’ पुष्टि गरेको छ।

उनीहरू ३९, ४४ र ५५ वर्षका पुरुष् व्यक्ति रहेको र उनीहरूलाई राष्ट्रिय सुरक्षा ऐनअन्तर्गत पक्राउ गरिएको थियो। विदेशी हस्तक्षेप र जासुसीलगायत ‘राज्यका खतरा’लाई रोक्न कानुन प्रवर्तनका लागि प्रहरीलाई थप अधिकार दिएको छ।

कूपरले आइतबार बिहान एक विज्ञप्ति जारी गर्दै प्रहरीलाई धन्यवाद दिएका छन्।  ‘यी गम्भीर घटनाहरू हुन् जसले राष्ट्रिय सुरक्षा खतराहरूको लागि हाम्रो प्रतिक्रिया अनुकूलन गर्न जारी आवश्यकतालाई प्रदर्शन गर्दछ,’ कूपरले पीए न्यूज एजेन्सीसँग भने। 

shivam cement

shivam cement

उनले भने, ‘देशलाई सुरक्षित राख्न आवश्यक सबै कार्य र सुरक्षा मूल्याङ्कनलाई समर्थन गर्न सरकारले प्रहरी र गुप्तचर निकायहरूसँग काम गरिरहेको छ।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री कार्यालयमा भएको भेटमा संक्रमणकालीन न्याय र समसामयिक सवालमा छलफल छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटमा प्रधानमन्त्रीका मानव अधिकार तथा संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेलसमेत सहभागी छन्।


सामाग्री श्रोत :

प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं–नेपाल विश्वविद्यालयको उपकुलपतिमा वरिष्ठ चिकित्सक एवं पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उप–कुलपति डा. अर्जुन कार्की नियुक्त भएका छन्।


नेपाल विश्वविद्यालय ऐन, २०८१ बमोजिम गठित सिफारिस समितिको सिफारिसका आधारमा नेपाल विश्वविद्यालयको संरक्षक परिषद् (बोर्ड अफ ट्रष्टी) ले उनलाई उपकुलपति नियुक्त गरेको हो।


त्यस्तै, विश्वविद्यालयको रजिष्ट्रारमा सार्वजनिक नीति तथा पूर्वाधार विकास विज्ञ डा. सूर्यराज आचार्य नियुक्त भएका छन्।


उप–कुलपति तथा रजिष्ट्रारको नियुक्ति सिफारिस समितीको सिफारिसको आधारमा परिषद तथा कुलपतिबाट ऐनको प्रावधान अनुसार गरिएको बताइएको छ।


ऐन अनुसार, विश्वविद्यालयको उच्च शासकीय निकाय संरक्षक परिषद् रहने व्यवस्था छ।
 

सामाग्री श्रोत :
swasthyakhabar

काठामाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अनिवार्य अङ्ग्रेजी विषयको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको भनी सामाजिक सञ्जालमा फैलाइएको सूचना गलत र भ्रामक भएको बताएको छ । बोर्डले आइतबार एक विज्ञप्ति जारी गर्दै २१ वैशाख, बिहान ८ बजेदेखि सुरु भएको परीक्षाको प्रश्नपत्र निश्चित विद्यालयका विद्यार्थीले पहिल्यै पाएको भनी सामाजिक सञ्जालमा चलाइएको हल्लाप्रति गम्भीर ध्यानाकर्षण जनाएको हो ।

बोर्डका अनुसार परीक्षा अगावै प्रश्नपत्र बाहिरिएको भन्ने सूचना आए लगत्तै जिल्ला परीक्षा समन्वय समिति, भक्तपुर, जिल्ला प्रशासन कार्यालय, भक्तपुर र बोर्डका कर्मचारी सम्मिलित टोलीले सम्बन्धित परीक्षा केन्द्रमा छानबिन गरेको थियो । छानबिनका क्रममा सामाजिक सञ्जालमा फैलिएको सूचना भ्रामक र गलत पाइएको बोर्डले विज्ञप्तिमा उल्लेख गरेको छ ।

परीक्षा जस्तो संवेदनशील विषयमा सामाजिक सञ्जालमा पुराना र प्रयोग भइसकेका प्रश्नपत्रहरू राखी भ्रम सिर्जना गर्न खोजिएको भन्दै बोर्डले आपत्ति जनाएको हो । बोर्डका अनुसार यस्तो गलत सूचना फैलाउने कार्यमा संलग्नलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा जानकारी पठाइ सकिएको छ ।

यस्ता भ्रामक सूचनामा विश्वास नगर्न र आफ्नो अध्ययन कार्यलाई निरन्तरता दिन सम्पूर्ण परीक्षार्थीहरूलाई आग्रह गरिएको छ । साथै परीक्षा जस्तो संवेदनशील विषयमा गलत सूचना सम्प्रेषण गरी विद्यार्थीको मनोभावनामा चोट पुऱ्याउने तथा आधिकारिकता पुष्टि नगरी विषयवस्तु सामाजिक सञ्जालमा राख्ने काम नगर्न पनि बोर्डले अनुरोध गरेको छ ।

परीक्षालाई मर्यादित र शान्तिपूर्वक रूपमा सम्पन्न गर्न सबै पक्षबाट सहयोग रहनेमा बोर्ड विश्वस्त रहेको विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लो अध्यावधिक: बैशाख २१, २०८२ १६:३२





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं–नेपाल विश्वविद्यालयको उपकुलपतिमा वरिष्ठ चिकित्सक एवं पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उप–कुलपति डा. अर्जुन कार्की नियुक्त भएका छन्।

नेपाल विश्वविद्यालय ऐन, २०८१ बमोजिम गठित सिफारिस समितिको सिफारिसका आधारमा नेपाल विश्वविद्यालयको संरक्षक परिषद् (बोर्ड अफ ट्रष्टी) ले उनलाई उपकुलपति नियुक्त गरेको हो।

Ncell 2
Ncell 2

त्यस्तै, विश्वविद्यालयको रजिष्ट्रारमा सार्वजनिक नीति तथा पूर्वाधार विकास विज्ञ डा. सूर्यराज आचार्य नियुक्त भएका छन्।

shivam cement
shivam cement

उप–कुलपति तथा रजिष्ट्रारको नियुक्ति सिफारिस समितीको सिफारिसको आधारमा परिषद तथा कुलपतिबाट ऐनको प्रावधान अनुसार गरिएको बताइएको छ।

ऐन अनुसार, विश्वविद्यालयको उच्च शासकीय निकाय संरक्षक परिषद् रहने व्यवस्था छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

सर्लाही । पर्सा गाउँपालिका-२ बाट कटुवा पेस्तोल एक थान र गोली एक थानसहित सोही गाउँपालिका-४ बस्ने २३ वर्षीय दिपक साहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

प्रहरी चौकी नारायणपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोल सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


सामाग्री श्रोत :

पेस्तोलसहित एक जना पक्राउ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट