
काठमाडौँ । अग्ला हिमालका आधार शिविर क्षेत्रहरूमा विदेशी स्याटलाइट इन्टरनेट प्रयोग बढेको भन्दै नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले यस्तो कार्य तत्काल रोक्न आग्रह गरेको छ ।
एक सूचना जारी गर्दै प्राधिकरणले अनधिकृत रूपमा विदेशी दूरसञ्चार सेवा प्रदायक कम्पनीको इन्टरनेट सेवा प्रयोग गर्नेमाथि कारबाही गर्ने चेतावनी दिएको हो ।
“नेपालका केही स्थानहरू (अग्ला हिमालहरूको आधार शिविर (Base Camps) क्षेत्रहरूमा समेत) हिमाल आरोहण सञ्चालन गर्ने कम्पनीहरूले अनधिकृत रूपमा विदेशी दूरसञ्चार सेवा प्रदायक कम्पनीको स्याटलाइट (भू-उपग्रह) इन्टरनेट सेवा उपलब्ध गराउने गरेको र प्रयोग गर्ने/गराउने गरेको भन्ने बुझिन आएको तथा उक्त कार्य दूरसञ्चार ऐन, २०५३ को दफा २१ को प्रावधान विपरीत भएकोले यस्तो कार्य नगर्न/नगराउन सम्बन्धित सबैमा जानकारी गराइन्छ,” प्राधिकरणले भनेको छ ।
नेपाल सरकारको अनुमति नलिई वा प्राधिकरणबाट अनुमतिपत्र प्राप्त नगरी दूरसञ्चार (इन्टरनेट) सेवा उपलब्ध गराएको वा प्रयोग गरिएको पाइएमा दूरसञ्चार ऐन, २०५३ तथा प्रचलित कानुन अनुसार कारबाही हुने प्राधिकरणले जनाएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख २२, २०८२ १८:३०
सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– प्रहरीले तीनकुने घटनामा संलग्न थप एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले गत चैत १५ गते भएको तीनकुने क्षेत्रमा आगजनी, तोडफोडमा संलग्न थप एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा राज संस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका सल्लाहकार ७२ वर्षीय खेमराज सेढाई रहेका छन् । सेढाई नुवाकोट लिखु गाउँपालिका ३ घर भई काठमाडौं महानगरपालिका ७ बस्दै आएका थिए ।
उनी गत चैत १५ गते तीनकुने क्षेत्रमा आगजनी, तोडफोडमा सलंग्न रहेको परिसरका सूचना अधिकारी अपीलराज बोहोराले जानकारी दिए । उक्त दिन तीनकुनेमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले आयोजना गरेको प्रदर्शनका क्रममा आगजनी तथा तोडफोडको घटना भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। यु-१९ पुरुष साफ च्याम्पियनसिपमा सहभागी हुने नेपाली राष्ट्रिय टोलीलाई बिदाई गरिएको छ।
सोमबार एन्फा कम्प्लेक्स सातदोवाटोमा अध्यक्ष पंकजविक्रम नेम्वाङले नेपाली राष्ट्रिय टोलीलाई बिदाई गरेका हुन्। सो क्रममा अध्यक्ष नेम्वाङले उच्च मनोबलका साथ अनुशासित भएर मैदान उत्रन आग्रह गरे। उनले आफू एन्फाको जिम्मेवारीमा रहेसम्म नेपाली फुटबल र खेलाडी लगायतका सरोकार निकायसँग इमान्दार भएर काम गर्ने प्रतिबद्धता गरे।
यु-१९ पुरुष साफ च्याम्पियनसिप यही वैशाख २६ गतेदेखि जेठ ४ गतेसम्म भारतमा आयोजना हुनेछ। च्याम्पियनसिपमा माल्दिभ्स, भुटान र बंगलादेश समूह ‘ए’ मा छन् भने नेपाल, आयोजक भारत र श्रीलंका समूह बीमा छन्।
सामाग्री श्रोत :
काठमाडौँ । रौतहटको एक सुधार केन्द्रमा एक पुरुषलाई निर्घात कुटपिट गरिएको भिडिओ सार्वजनिक भएको छ । सामाजिक सञ्जालमा भाइरल भएको २० देखि ४० सेकेन्डको उक्त भिडिओमा चार जना मिलेर एक व्यक्तिलाई भुईँमा लडाएर कुटिरहेको देखिन्छ । दुई जनाले पीडितको हात, एक जनाले खुट्टा समातेका छन् भने अर्का एक व्यक्तिले सेतो छडीले पैतालामा निर्ममतापूर्वक प्रहार गरिरहेका छन् ।
जिल्ला प्रहरी कार्यालय, रौतहटका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक कुमार रायका अनुसार यो भिडिओ गौर नगरपालिका-४ मा अवस्थित राइजिङ नेपाल सुधार केन्द्रको हो । यद्यपि, उक्त घटना कम्तीमा सात-आठ महिना पुरानो भएको उनले जानकारी दिए ।
डीएसपी रायले टेकपानासँग भने, “भिडिओ सात आठ-महिना पुरानो हो । अहिले आएर पोस्ट भएको रहेछ ।”
कुटपिटमा संलग्न व्यक्तिहरू सुधार केन्द्रकै कर्मचारी र अन्य बिरामीहरू हुनसक्ने प्रहरीको आशंका छ । डीएसपी रायले यस घटनाको थप अनुसन्धानका लागि सुधार केन्द्रका सञ्चालकलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जानकारी दिए । कुटाइ खाने व्यक्तिलाई पनि सम्पर्क गरी घटनाबारे जानकारी लिइने उनले बताए ।
डीएसपी रायका अनुसार कुटपिटमा परेका व्यक्ति करिब ६ महिनाअघि नै सुधार केन्द्रबाट डिस्चार्ज भई सामान्य जीवनयापन गरिरहेका छन् । प्रहरीले भिडिओमा देखिएका कुटपिटमा संलग्न व्यक्तिहरूको पहिचान गरी उनीहरूलाई नियन्त्रणमा लिने प्रयास जारी राखेको छ ।
यो घटनाले सुधार केन्द्रभित्रको अवस्था र त्यहाँ रहेका व्यक्तिहरूको सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले चिन्ता व्यक्त गरेका छन् ।
पछिल्लो अध्यावधिक: बैशाख २२, २०८२ १६:४६
सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम माथि ३७ वटा संशोधन प्रस्ताव परेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमका विभिन्न बुँदाहरूमा ३७ वटा संशोधन प्रस्ताव आएको जानकारी दिए ।
संसद्मा प्रस्तुत भएको सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि परेका संशोधनहरूमाथि आजदेखि सुरू भएको छलफलमा प्रतिपक्ष सांसदहरूले असन्तुष्टि जनाएका छन् ।
नीति तथा कार्यक्रमले वर्तमान समस्याको समाधान गर्न नसकेको मात्र नभई भविष्यप्रतिको स्पष्ट दृष्टिकोणसमेत नबोकेको टिप्पणी गरेका छन् ।
स्पष्ट योजना र दूरदृष्टिको अभाव, समावेशीता सामाजिक न्याय र सुशासनप्रतिको कमजोर प्रतिबद्धता, निराशाजनक र पश्चगामी शैली, कार्यान्वयन पक्षको अपूर्णता र अस्पष्टता, सङ्घीयता र स्रोत व्यवस्थापनप्रति बेवास्ता, भ्रष्टाचार र अनियमितता सम्बोधनमा उदासीनतालगायतका टिप्पणी सांसदहरूबाट आएका हुन् ।
आफ्नो संशोधन राख्दै सांसदहरूले यो नीति तथा कार्यक्रमले विद्यमान समस्यालाई समाधान गर्न प्रयास नगरेको, पुरातनवादी र पश्चगन शैलीलाई प्रसय दिएको, नागरिकको विकास र समृद्धिको आकांक्षा पूरा गर्न नसकेको, शिक्षा स्वास्थ्यजस्ता मौलिक हक कार्यान्वयनका लागि स्पष्टता ल्याउन नसकेको विषयहरू औँल्याए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

संसदीय समितिले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूटमा अध्ययनरत नेपाली विद्यार्थी प्रिशा साहको रहस्यमय मृत्युको घटनाको सत्यतथ्य सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ।
सिहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकले कलिंगा इन्स्टिच्यूट नेपाली विधार्थीको रहस्यमय मृत्युको घटना दोहरिएको भन्दै उक्त घटनाको सत्यतथ्य सार्वजनिक गर्दै दोषी उपर कडा कारबाहीको पहल गर्न सरकारलाई निर्देशन दिएको हो।
साथै बैठकले आगामी दिनमा यस प्रकारका घटना दोहरिन नदिनका लागि सजकता अपनाउन शिक्षा मन्त्रालयलाई निर्देशन दिइएको सभापति अम्मर बहादुर थापाले जानकारी दिए। बैठकले प्रिशा साहको मृत्युप्रति दुख प्रकट समेत गरेको उनले बताए।
बैठकमा शिक्षामन्त्री रघुजी पन्तले कलिंगा इन्स्टिच्यूटमा भएको घटनाप्रति सरकार गम्भीर रहेको भन्दै परराष्ट्रसंग निरन्तर समन्वयमा रहेको जानकारी दिए। उनले खुला सिमाका कारण भारतमा कति नेपाली पढ्न गएका छन् भन्ने यकीन नरहेको धारणा राखे। एनओसी लिएर गएका विद्यार्थीहरुको मात्र तथ्यांक सरकारसँग गरेको उनको भनाइ छ।
उनले कलिंगा इन्स्टिच्यूटमा विद्यार्थी पठाउने एजेन्सीका बारेमा बुझ्ने काम भइरहेको जानकारी दिए।
सामाग्री श्रोत :
प्रिशा साहको मृत्युको सत्यतथ्य सार्वजनिक गर्न सरकारलाई निर्देशन
काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आवासीय चिकित्सकका विषयमा चिकित्सा शिक्षा आयोगको १६ बैठकको निर्णय निजी मेडिकल कलेजलाई फेरि स्मरण गराएको छ। प्रधानमन्त्री के.पी. शर्मा ओलीको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको सोह्रौं बैठकको निर्णय नम्बर १ स्मरण गराएको हो।
सरकारी स्वास्थ्य सेवाको आठौं तह सरह (मासिक रु.४८,७३७/ अक्षरेपी अठ्चालिस हजार सात सय सैंतिस रूपैयाँ) सम्पूर्ण आवासीय चिकित्सकलाई तत्काल उपलब्ध गराउन भनिएको छ। लेखिएको छ, ‘विभिन्न विश्वविद्यालय र अन्तर्गतका सम्बन्धन प्राप्त निजी मेडिकल कलेजहरूका चिकित्सा शिक्षा स्नातकोत्तर तहको कार्यक्रममा अध्ययन गर्ने सम्पूर्ण आवासीय चिकित्सकहरूलाई सार्वजनिक शिक्षण संस्थामा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रममा अध्ययन गर्ने आवासीय चिकित्सकहरूलाई दिए सरह (स्वास्थ्य सेवाको आठौं तह निर्वाह भत्ता उपलब्ध गराउन सम्बन्धित विश्वविद्यालय र अन्तर्गतका सम्बन्धन प्राप्त निजी मेडिकल कलेजलाई निर्देशन दिने” भनेर प्रष्ट रूपले उल्लेख गरिएको छ । उक्त निर्णयअनुसार सरकारी स्वास्थ्य सेवाको आठौं तह सरह (मासिक रु.४८,७३७/- अक्षरेपी अठ्चालिस हजार सात सय सैंतिस रूपैयाँ) सम्पूर्ण आवासीय चिकित्सकलाई सम्बन्धित पक्षलाई आग्रह गर्दछौं।’
हाल आन्दोलनरत आवासीय चिकित्सक काममा फर्कदा कुनै पनि प्रकारले हतोत्साहित नगर्न र उनीहरूको शैक्षिक गतिविधिमा असर पर्ने कार्य नगर्न सबै विश्वविद्यालय तथा सम्बद्ध निकायहरूलाई ध्यानाकर्षण समेत गराइएको छ।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । एप्पलले आईफोन १८ सिरिजको लन्चलाई दुई चरणमा विभाजन गर्ने भएको छ ।
कम्पनीको आपूर्ति श्रृंखला (सप्लाई चेन) स्रोतलाई उद्धृत गर्दै द इन्फर्मेसनले सार्वजनिक गरेको एक रिपोर्ट अनुसार सन् २०२६ मा आईफोन १८ का प्रो संस्करणहरू फल (शरद ऋतु) मा सार्वजनिक हुने र कम मूल्यका आईफोन १८ र आईफोन १६ई को नयाँ संस्करण सन् २०२७ को स्प्रिङ (वसन्त ऋतु) मा मात्र बजारमा आउने छ ।
एप्पलले सन् २०२६ मा फोल्डेबल आईफोन पनि सार्वजनिक गर्न सक्ने रिपोर्टमा उल्लेख छ । यसै वर्ष आउने भनिएको आईफोन १७ एयरको नयाँ संस्करण पनि सन् २०२६ मा आउने सम्भावना रहेको जनाइएको छ ।
रिपोर्ट अनुसार, एप्पलले आईफोन उत्पादनमा चीनमाथिको निर्भरता कम गर्न भारतमा सस्तो आईफोन १८ मोडेलहरू उत्पादन गर्ने परीक्षण समेत गर्ने योजना बनाएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पको ट्यारिफ नीतिका कारण कम्पनीको मुनाफामा परेको असरलाई कम गर्न एप्पलले यो कदम चाल्न लागेको अनुमान गरिएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख २२, २०८२ १६:३७
सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ–कोरियन भाषा परीक्षा पास गरेर बसेकाहरूले कोरिया जान पाउनु पर्ने माग राख्दै धर्ना दिएका छन्।
आज ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखामा उनीहरूले धर्ना दिएका हुन्।
भाषा परीक्षा पास गरेको १८ महिना बितिसक्दा पनि आफूहरू कोरिया जान नपाएको भन्दै उनीहरूले तीन दिनदेखि ईपीएस कोरिया शाखा कार्यालय अगाडि धर्ना दिएका हुन्।
धर्नामा बसेका एक युवकले भने, ‘भाषा परीक्षा पास गरेर बसेको १८ महिना बितिसक्यो। तर, जान पाएका छैनौं। रोस्टर अवधि २ वर्षको। बाँकी रहेको समयमा जान पाइन भने त भविष्य सकियो नि त !’
कोरियामा पानीजहाज बनाउने (सिप बिल्डिङ) कामका लागि भाषा परीक्षा उत्तीर्ण गरेर बसेकाहरू मध्ये करिब ४ सय जना मात्रै कोरिया गएका छन्।
झन्डै ३ हजार भन्दा बढी अझै जान बाँकी रहेको र उनीहरूको रोस्टर अवधि सकिन केही महिनामात्रै बाँकी रहेको धर्ना दिन पुगेका युवाको भनाइ छ।
सिप बिल्डिङ क्षेत्रमा जान नपाए सेक्टर परिवर्तन गरेर भए पनि कोरिया पठाउनु पर्ने माग आफूहरूको रहेको उनले बताए। आफूहरूको माग पूरा नभएसम्म ईपीएस कोरिया शाखामा धर्ना जारी राख्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सरकार गठनका बेला भएको सात बुँदे सहमति कार्यान्वयनमा सरकार चूकेको बताएका छन्।
सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै कोइरालाले सात बुँदे सहमतिमा उल्लेख संविधानमा संशोधन, आर्थिक सुधार, भ्रष्टाचारलाई निर्मूल गर्ने, दण्डहीनताको अन्त्य, सुशासन कायम लगाएतमा सरकार चूकेको बताएका हुन्। उनले एमाले–कांग्रेसको दुई तिहाईको संख्याले नभइ सदनभित्र रहेका सबै दलका साथै सरोकारवालाहरुको राय लिएर मात्रै संविधानको पुनरावलोकन गर्नुपर्ने धारणा राखे।
त्यस्तै कोइरालाले कांग्रेसभित्र कुनै समस्या नरहेको स्पष्ट पारे। आफूलाई वर्तमान सरकार ढाल्न लाग्यो भन्ने आरोप सत्य नभएको भन्दै कोइरालाले वर्तमान सरकारलाई असफल हुने छुट नरहेको बताए।
उनले दुई दलले बनाएको संयन्त्र आवश्यक नरहेको मात्रै आफ्नो भनाइ रहेको जिकिर गरे। संयन्त्र बनाउनुपरे सरकारभित्रैबाट बनाउन उनले सुझाव दिए।
सामाग्री श्रोत :









