
काठमाडौं- चितवनको भरतपुर अस्पतालमा मुटु रोगको उपचार सुविधा शुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्याथ ल्याबको उद्घाटन गर्दै मुटु उपचार सेवा शुरुवात गरे।
जिम्मेवारी सम्हाल्नासाथ संघीय राजधानी केन्द्रीत विशिष्टिकृत उपचार प्रदेशस्तरसम्म पुर्याउने घोषणा गरेका मन्त्री पौडेलले क्यान्सरको विस्तारित उपचार, मानव अंग प्रत्यारोपणसँगै मुटु उपचार विस्तार गरेका हुन्।
सेवा उद्घाटन गर्दै मन्त्री पौडेलले प्रदेशस्तरमै नागरिकले सेवा पाउन् भनेर विशिष्ट उपचार विस्तार गरिएको भन्दै भरतपुर अस्पतालमा स्थापित क्याथ ल्याबले नागरिकलाई सहज उपचार दिने विश्वास गरे।
‘विशिष्ट उपचार क्रमैसँग प्रदेशमा विस्तार गर्ने योजना अघि बढेको छ,’ उनले भने।
अस्पतालमा निर्मित जलन वार्डको समेत मन्त्री पौडेलले उद्घाटन गरे। अब भरतपुर अस्पतालमा जलनका बिरामीको समेत उपचार हुने भएको छ । मन्त्री पौडेलले विपन्नलाई जलन उपचार निःशुल्क बनाउँदै प्रदेशस्तरमा सेवा दिने घोषणा गरेका थिए। सोहीअनुसार आइतबार भेरी अस्पतालमा सेवा शुरु भएको छ भने सोमबार भरतपुरमा समेत वार्ड शुरुवात गरिएको हो।
अब जलनका बिरामीको अस्पतालमा उपचार सहज हुने भएको छ । यसअघि गम्भीर जलनका बिरामीले काठमाडौं पुग्नुपर्ने बाध्यता थियो । अब भरतपुर तथा आसपासका पायक पर्ने ठाउँका बिरामीलाई त्यो समस्या हटेको छ।
यससँगै संघ सरकारअन्र्तगतको भरतपुर अस्पतालमा सन्तानविहीनका लागि इनफर्टिलिटी क्लिनकसहितका आठ सेवा शुरु भएको छ । वैशाख महिनामा सेवा थाल्ने तालिकाअनुसार अस्पतालमा सेवा शुरुवात भएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । पाकिस्तानी ह्याकर ग्रुप ‘पाकिस्तान साइबर फोर्स’ ले भारतीय रक्षा संस्थाका वेबसाइट ह्याक गरेर संवेदनशील जानकारी हात पारेको दाबी गरेको छ । उक्त ह्याकर ग्रुपले भारतीय मिलिटरी इन्जिनियरिङ सर्भिसेज (एमईएस), मनोहर पर्रिकर इन्स्टिच्युट फर डिफेन्स स्टडिज एन्ड एनालिसिस (एमपी-आईडीएसए) लगायतका वेबसाइटमा पहुँच जमाएको बताएको हो ।
यो कथित साइबर हमला पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारत-पाकिस्तान सम्बन्धमा चर्किएको तनावबिच भएको हो । ह्याकर ग्रुपले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत पोस्ट गर्दै भारतीय रक्षा कर्मचारीहरूको व्यक्तिगत विवरणसहित लगइन क्रेडेन्सियल्स जस्ता संवेदनशील जानकारी हात पारेको दाबी गरेको भन्दै भारत र पाकिस्तानका अनलाइन सञ्चारमाध्यमहरूले समाचार प्रकाशित गरेका छन् ।

तर, मनोहर पर्रिकर इन्स्टिच्युट फर डिफेन्स स्टडिज एन्ड एनालिसिसका उच्च अधिकारीले एएनआई समाचार एजेन्सीमार्फत आफ्नो वेबसाइट ह्याक नभएको दाबी गरेका छन् ।
यसबिच साइबर सुरक्षासम्बन्धी निकायहरूले घटनाको तत्काल अनुसन्धान थालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घटनाबारे जानकारी राख्ने भारतीय अधिकारीहरूले ह्याकरको दाबीबारे जानकारी रहेको जनाएका छन् । उनीहरूका अनुसार ह्याकरहरूले रक्षा क्षेत्रका कर्मचारीहरूको निजी विवरणमा पहुँच बनाएको आशंका गरिएको छ ।
यसबाहेक पाकिस्तान साइबर फोर्सले भारतको रक्षा मन्त्रालयअन्तर्गत सार्वजनिक क्षेत्रको कम्पनी ‘आर्मर्ड भेइकल निगम लिमिटेड’ को वेबसाइट पनि डिफेस गर्न खोजेको रिपोर्ट गरिएको छ । ह्याकरले वेबसाइटमा पाकिस्तानको झण्डा र ‘अल खालिद’ ट्याङ्क राखेको दाबी भारतीय अधिकारीहरूले गरेका छन् ।
भारतीय सुरक्षा निकायहरू अहिले सम्भावित क्षति र साइबर सुरक्षामा कमजोरीबारे विस्तृत मूल्याङ्कनमा जुटेको हिन्दुस्तान टाइम्सले लेखेको छ ।
पछिल्लो अध्यावधिक: बैशाख २२, २०८२ २१:१९
सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले ३०० दिनभित्र टियु क्रिकेट रंगशालाको निर्माण सम्पन्न नभएको भन्दै स्पष्टीकरण सोधेका छन्। प्रधानमन्त्री ओलीले सहरी विकास मन्त्रालय र निर्माण कम्पनीका प्रतिनिधिलाई स्पष्टीकरण सोधेका हुन्।
‘यो सरकार बनेपछि क्याबिनेटको पहिलो बैठकले कीर्तिपुरस्थित क्रिकेट मैदानलाई ३०० दिनभित्र फ्लडलाइटसहितको रंगशाला बनाउने निर्णय गरेको थियो। पर्सी २४ गते ३०० दिन पुग्दै छ। किन समयमै काम नसकेको भनेर सहरी विकास मन्त्रालय र निर्माण कम्पनीका प्रतिनिधिलाई बोलाएर आज स्पष्टीकरण लिएको छु,’ उनले भने।
निर्माण कम्पनीका प्रतिनिधिले तीन सिफ्टमा काम गर्दासमेत सम्पन्न हुन नसकेको प्रधानमन्त्रीलाई जवाफ दिएका थिए। ‘टियुको जग्गा प्राप्तिमा ढिलाइ, रुख पन्छाउने प्रक्रियाको कानुनी समयसीमाले स्पेकमा गर्नुपरेको परिवर्तन र निर्माण थालेपछि पानी परेकाले कालो माटो पन्छाउन परेको अप्ठ्यारोले तीन सिफ्टमा काम गर्दा पनि समय सीमामा काम सम्पन्न गर्न सकिएन,’ निर्माण कम्पनीका प्रतिनिधिले भने।
निर्माण कम्पनीले थप दुई महिनाभित्र प्यारापिट निर्माण र फ़्लडलाइट जडानको काम पूरा गर्ने वाचा गरेको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ। प्रधानमन्त्री ओलीले थपिएको समयमा जसरी पनि काम सम्पन्न गर्न निर्देशन दिएका थिए।
‘आफूले थालेका कामलाई समयमै सक्न जवाफदेही हुनेगरी काम गर्नु पर्छ भन्ने सरकारको प्राथमिकता छ। कारण जेसुकै भए पनि तोकिएको दिनमा काम पूरा हुनु पर्थ्यो। थपिएको दिनमा काम पूरा नभए सरकारलाई सैह्य हुने छैन,’ प्रधानमन्त्रीले भनेका थिए।
प्यारापिटतर्फ वित्तीय प्रगति ४५.१९ र भौतिक प्रगति ५५ प्रतिशत तथा फ्लड लाइटतर्फ वित्तीय प्रगति २३.८१ र भौतिकतर्फ ३५ प्रतिशत प्रगति भएको प्रधानमन्त्री ओलीलाई जानकारी गराइएको थियो। प्यारापिटका लागि ४९ करोड २५ लाख ६७ हजार तीन सय दुई र फ्लडलाइटका लागि ४७ करोड ३७ लाख ६८ हजार ७७ मा सम्झौता गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

नारायणगढ (चितवन)। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले भरतपुर अस्पतालमा चिकित्सा शिक्षातर्फको स्नातक तह ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि चिकित्सा शिक्षा आयोगलाई प्रस्ताव गरिएको बताएका छन्।
आज अस्पतालमा क्याथ ल्याब, वर्न वार्ड, फर्टिलिटी क्लिनिक, स्तनपान व्यवस्थापन कक्ष, सिमुलेसन ल्याब, बाल खेल उपचार कक्षलगायत सेवाहरू शुभारम्भ कार्यक्रममा उनले यस्तो बताएका हुन्।
मन्त्री पौडेलले अस्पताललाई सबैखाले उपचार उपलब्ध गराउन सक्ने गरी विकसित गर्न विकास समिति, अस्पताल प्रशासन र मन्त्रालय निरन्तर लागिरहेको बताए। ‘एमबिबीएस कार्यक्रम सञ्चालन गर्ने विषय स्वास्थ्य मन्त्रालयसँग मात्रै सम्बन्धित हुँदैन, यो चिकित्सा शिक्षा आयोगसँग पनि सम्बन्धित हुन्छ। यहाँ एमबिबीएस कार्यक्रम सञ्चालन गर्न अघिल्लो वर्ष नै हामीले पर्याप्त छलफल गरेका थियौँ। स्वास्थ्य मन्त्रालयको आन्तरिक बजेटबाट कार्यक्रम सञ्चालन गर्ने कुरा अगाडि बढाइए पनि आयोगबाट स्वीकृत हुन सकेको स्थिति छैन’, उनले भने।
मन्त्री पौडेलले भरतपुर अस्पताल प्रतिष्ठान नभएका कारण शैक्षिक कार्यक्रम सञ्चालन गर्न नसकिएको उल्लेख गरे। उनले थपे, ‘स्वास्थ्य मन्त्रालयले त कसरी छिटो कार्यक्रम सञ्चालन गर्न सकिन्छ भनेर आन्तरिक कोषहरूबाटै रकम व्यवस्था गरेर अगाडि जान खोजेका छौँ। यसै वर्ष अस्पताल विकास समिति र मन्त्रालयकोे साझेदारीमा कार्यक्रम सञ्चालनको पहल गर्छौं।’
अस्पताल व्यवस्थित नभएसम्म देशको स्वास्थ्य सेवा सुधारिएको महसुस हुन नसक्ने भन्दै मन्त्री पौडेलले सेवा सुधारका लागि जनशक्ति विकास गर्न छुट्टै स्वास्थ्य सेवा ऐन जारी भएको बताए। उनले सरकारी अस्पतालमा सेवाग्राहीको आकर्षणलाई व्यवस्थित गरेर जानुपर्ने बताए।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य एवं पूर्वस्वास्थ्यमन्त्री उत्तम जोशीले अबको शैक्षिक सत्रबाट एमबिबीएस कार्यक्रम सञ्चालन गर्नका लागि पहल गर्नुपर्ने बताए। कार्यक्रममा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेल, अस्पताल विकास समिति अध्यक्ष राजु पौडेललगायत सम्बोधन गरेका थिए।
सामाग्री श्रोत :
भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँः मन्त्री पौडेल
काठमाडौँ । मधेश प्रदेशको मुटु वीरगन्ज । अनि त्यहाँका तीन युवाले देखेको एउटा सपना । सपना थियो- प्रविधिको माध्यमबाट नेपाललाई नयाँ उचाइमा पुर्याउने । यही सपना साकार पार्न दीपक साह, सचिन साह र अर्जन साहले १५ वर्षअघि एउटा सानो कोठा भाडामा लिएर सुरु गरे ‘डाइनामिक टेक्नोसफ्ट’ ।
‘डाइनामिक’ अर्थात् सधैं चल्ने, परिवर्तनशील । अनि ‘टेक्नोसफ्ट’ अर्थात् टेक्नोलोजी र सफ्टवेयरको संगम । नामले नै कम्पनीको गतिशील सोच र सफ्टवेयरको माध्यमबाट समाधान दिने उद्देश्य झल्काउँछ ।
सुरुवात त सधैं कठिन हुन्छ । वीरगन्ज गर्मी ठाउँ भएपनि आईटीको माहोल त्यति तातो थिएन । उनीहरूलाई मुख्यत: आवश्यक लगानीकै अभाव थियो । स्थानीय स्तरमा प्राविधिक मान्छे पनि खासै थिएनन् । अर्कोतर्फ बजारसम्म पुग्न धेरै संघर्ष गर्नुपर्थ्यो ।
तर यी युवा हार मान्ने खालका थिएनन् । उनीहरूमा अटुट विश्वास र नयाँ सोचको ऊर्जा थियो । भन्छन् नि, ‘जहाँ इच्छा, त्यहाँ उपाय ।’ उनीहरूको चाहना बलियो थियो । त्यसैले त आज डाइनामिक टेक्नोसफ्टले नेपालको सफ्टवेयर क्षेत्रमा छुट्टै पहिचान बनाएको छ ।
त्यतिबेला व्यापार-व्यवसाय तथा सेवा क्षेत्रमा समेत सफ्टवेयर किनेर चलाउनुपर्छ भन्ने ज्ञान थिएन । यस्तोबेला विद्यासदन, मास्कर्ड र एन्जल स्कुललाई यी तीन युवाले डाइनामिक एकेडेमिक ईआरपी प्रतिवर्ष १० हजार रुपैयाँमा खरिद गर्न राजी बनाए । त्यहीँबाट डाइनामिक टेक्नोसफ्टको व्यावसायिक यात्रा अगाडि बढ्न थाल्यो । वीरगञ्ज उद्योग वाणिज्य संघको सफ्टवेयर बनाएपछि कम्पनीले थप प्रगति गर्यो ।
वीरगञ्जबाट सुरु भएको यो कम्पनीको यात्रा बिस्तारै देशका मुख्य सहरहरूमा फैलियो । सन् २०१७ मा आइसक्दा ५० जिल्लामा कम्पनीका ग्राहक विस्तार भए । काठमाडौंमा कर्पोरेट कार्यालय खोलियो । बुटवल, इटहरी, पोखरा, नेपालगञ्ज हुँदै आज सातै प्रदेशमा ५० बढी आधिकारिक डिलरमार्फत कम्पनीले सेवा दिइरहेको छ । त्यतिमात्रै नभई, भारतको चेन्नईमा समेत कार्यालय खोली त्यहाँको बजारमा कम्पनीले ग्राहक विस्तार गरिरहेको छ ।
“कम्पनीको प्रडक्टमा विश्वास थियो । तर अरू जिल्लामा बजार विस्तार गर्न जाँदा धेरै अप्ठ्यारा आए । वीरगन्जमा स्थापना भएको कम्पनी भन्दा विश्वास नै गर्थेनन्,” सुरुवाती दिन सम्झिँदै सीईओ दीपक साह भन्छन्, “टेक्नोलोजी काठमाडौँमा पहिला आउँछ भन्ने सोच थियो । हामीले मोफसलबाट सेवा दिन थालेका थियौँ । सेवाग्राहीको मन जित्न धेरै समय लाग्यो ।”

अनेक हन्डर ठक्कर, तर आत्मविश्वास र ग्राहक सन्तुष्टिले डाइनामिक टेक्नोसफ्ट अगाडि बढ्दै गयो । हालैमात्र स्थापनाको १५ वर्ष पूरा गरेको कम्पनीमा संस्थागत ग्राहक संख्या २२०० नाघेको छ । खुसीको कुरा त के छ भने कम्पनीका सेवा लिनेहरू नेपालमा मात्र नभई भारत र जापानसम्म फैलिएका छन् । निजी कम्पनीदेखि सरकारी संस्थासम्मले डाइनामिक टेक्नोसफ्टले विकास गरेका ईआरपी र सफ्टवेयर सेवालाई विश्वास गरेका छन् । सानोदेखि ठुलासम्म विभिन्न क्षेत्रका कम्पनीहरूले उनीहरूको समाधान प्रयोग गरिरहेका छन् ।
धेरैलाई थाहा नहुन सक्छ, डाइनामिक टेक्नोसफ्ट आन्तरिक राजस्व विभागद्वारा प्रमाणित नेपालकै पहिलो ईआरपी प्रोभाइडर कम्पनी हो । आन्तरिक राजस्व विभागले आर्थिक कारोबारको पारदर्शिता र कर संकलन प्रक्रियालाई थप प्रभावकारी बनाउनका लागि जारी गरेको ईनभ्वाइस प्रणाली तथा सफ्टवेयर प्रमाणीकरणसम्बन्धी व्यवस्था (२०७३ सालको आन्तरिक राजस्व ऐनअनुसार) को मापदण्ड अनुसार डाइनामिक टेक्नोसफ्टले आवश्यक प्रविधि, सुरक्षा र प्रणालीगत पूर्वाधार पूरा गरी आधिकारिक रूपमा ईआरपी सेवा प्रवाहको स्वीकृति पाएको हो ।
“डाइनामिक टेक्नोसफ्टले आफ्नो कामलाई एउटा विशेष दर्शनबाट डोर्याउँछ त्यो हो- CLEAR,” सीईओ साह भन्छन्, “यो केवल एउटा शब्द नभइ हाम्रो लागि पाँच मूल मन्त्र हो । क्लाइन्ट-फोकस्ड, लिडरशिप, इफेक्टिभ, एस्पिरेसन र रिजल्ट हो ।”
उनी अगाडि भन्छन्, “हाम्रो मिसन नेपालको दिगो आर्थिक समृद्धिका लागि प्रविधिगत रूपान्तरणमा सहजीकरण गर्नु हो । हामीलाई पूरा विश्वास छ कि नेपाललाई डिजिटाइज गरेर समृद्ध बनाउने लक्ष्य पक्कै पूरा हुनेछ ।”

कम्पनीका मुख्य उत्पादन
डाइनामिक टेक्नोसफ्टले सफ्टवेयर डेभलपमेन्टदेखि ईआरपी प्रणाली, मोबाइल एप बनाउनेदेखि वेबसाइट र होस्टिङसम्म, अनि अनलाइन हाजिरी व्यवस्थापनसम्म कम्पनीले धेरैथोक गर्छ । यसअन्तर्गत कम्पनीका केही उत्पादन विशिष्ट छन् ।
‘डाइनामिक ईआरपी’ जसले बिजनेस र एडमिनिस्ट्रेसनलाई चुस्त बनाउँछ । त्यस्तै ‘एकेडेमिक ईआरपी’ ले विद्यालय र कलेजको व्यवस्थापन सजिलो बनाइदिएको छ । ‘हस्पिटल ईआरपी’ ले स्वास्थ्य सेवा क्षेत्रमा सहजता ल्याएको छ ।
त्यस्तै, ‘एचआरएम/पे-रोल सिस्टम’ मानव संशाधन व्यवस्थापनलाई व्यवस्थित गर्न बनाइएको हो भने ‘सीईएमएस ईआरपी’ ले स्थानीय सरकारलाई काम गर्न सहज बनाइरहेको कम्पनी बताउँछ । अनि व्यापार संघ र संस्थाहरूको लागि कम्पनीले विशेष सफ्टवेयर नै बनाएको छ । सीईओ साहका अनुसार डाइनामिक टेक्नोसफ्टका ईआरपी प्रणाली ८०० भन्दा बढी विद्यालय र कलेजमा अनि १०० भन्दा बढी अस्पताल र मेडिकल कलेजमा चलिरहेको छ ।

भेन्चर कम्पनीका रूपमा सेवा क्षेत्र विस्तार
कम्पनीका सहसस्थापकहरु दीपक साह सीईओ, सचिन साह सीटीओ (चिप टेक्निकल अफिसर) र अर्जन साह चिफ अपरेटिङ अफिसर (सीओओ) को भूमिकामा छन् । डाइनामिक टेक्नोसफ्ट अहिले एउटा भेन्चर कम्पनीको रूपमा ठुलो परिवार जस्तै बनिसकेको छ । आज यस समूह अन्तर्गत आठ ओटा सहायक कम्पनीहरू चलिरहेका छन् । यी कम्पनीहरूले प्रविधि, निर्माण, वित्तीय र सेवा जस्ता विभिन्न क्षेत्रमा काम गरेर समूहलाई अझ बलियो बनाएको सीईओ साह बताउँछन ।

कम्पनीका ग्राहकहरू पनि विभिन्न क्षेत्रबाट आएका छन् । शैक्षिक क्षेत्रमा ८०० भन्दा बढी विद्यालय र कलेजले डाइनामिक टेक्नोसफ्टलाई विश्वास गरेका छन् भने स्वास्थ्य क्षेत्रमा १०० भन्दा बढी अस्पताल र मेडिकल कलेजले यस कम्पनीको सफ्टवेयर प्रयोग गरिरहेका छन् । १५ भन्दा बढी ठुला कर्पोरेट घरानाहरूले डाइनामिक टेक्नोसफ्टको एचआरएम/पे-रोल सिस्टम अपनाएका छन् ।
हाल डाइनामिक टेक्नोसफ्ट समूह अन्तर्गत १५० बढीले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।
अवार्ड तथा उपलब्धि
यो १५ वर्षको अवधिमा गरेका कामले डाइनामिक टेक्नोसफ्टलाई बजारमा छुट्टै पहिचान दिलाएको छ । गत वर्ष कम्पनीले नेपाल सरकारबाट राष्ट्रिय आईसीटी अवार्ड २०२४ (प्राइभेट सेक्टर) पायो । त्यस्तै, जापानमा भएको एसोसियो सम्मेलनबाट यस कम्पनीले एसोसियो एडटेक अवार्ड २०२४ जित्यो । यी उपलब्धिहरूले कम्पनीको सेवाको गुणस्तरमाथि सबैको विश्वास बढाएको साह बताउँछन् ।

भावी योजना
डाइनामिक टेक्नोसफ्टले आफ्नो जन्मथलो मधेश प्रदेशलाई विशेष प्राथमिकतामा राखेर सेवा विस्तार गर्ने योजना बनाएको छ । विशेषगरी त्यहाँ प्रशिक्षण केन्द्र खोलेर स्थानीय प्रतिभालाई विकास गर्ने कम्पनीको कार्यक्रम छ । साथै कम्पनीको नजर अब दुबई, मलेसिया र इन्डोनेसिया जस्ता अन्तर्राष्ट्रिय बजारमा पुगेको छ ।
“डाइनामिक टेक्नोसफ्ट मधेशमा जरा गाडेर पनि विश्वका चुनौतीहरू सामना गर्न तयार छ,” सीईओ साह भन्छन्, “हामी भविष्यमा थप योजनाबद्ध तरिकाले आउनेछाैँ ।”
शब्द-चित्रमा डाइनामिक टेक्नोसफ्ट
|
विवरण
|
जानकारी
|
|
कम्पनीको नाम
|
डाइनामिक टेक्नोसफ्ट प्रालि
|
|
स्थापना वर्ष
|
२०१०
|
|
संस्थापकहरू
|
दीपक साह, सचिन साह र अर्जन साह
|
|
सीईओ
|
दीपक साह
|
|
सेवा क्षेत्र
|
सफ्टवेयर विकास, ईआरपी प्रणाली, मोबाइल एप, वेब होस्टिङ, ई–गभर्नेन्स सोलुसन्स
|
|
मुख्य कार्यालय ठेगाना
|
वीरगन्ज, पर्सा
|
|
अन्य कार्यालयहरू
|
काठमाडौं, बुटवल, पोखरा, इटहरी, नेपालगञ्ज, जनकपुर, भारत (चेन्नइ)
|
| कारोबार | डाइनामिक समूह अन्तर्गत वार्षिक १५ करोड रुपैयाँ बढी |
|
ईमेल
|
|
|
फोन
|
०५१–५२६२६२
|
|
संस्थागत ग्राहक सङ्ख्या
|
२२००+
|
|
सामाजिक सञ्जाल
|
वेबसाइट, फेसबुक, लिंक्डइन, युट्युब
|
|
सेवा
|
शैक्षिक संस्था, अस्पताल, स्थानीय तह, बैंक/वित्त, व्यावसायिक संस्थाका लागि ईआरपी सफ्टवेयर, HR/Payroll, Attendance, CEMS प्रणाली
|
|
ग्राहक कम्पनीहरू
|
निजी र सार्वजनिक संस्था, विद्यालय–कलेज, अस्पताल, स्थानीय तहहरू
|
|
शर्टिफिकेसन
|
ISO 9001:2015 प्रमाणित
|
|
यूएसपी (विशिष्ट विशेषता)
|
नेपाली बजारमा आधारित ईआरपी प्रणाली, सम्पूर्ण प्रक्रिया एकै ठाउँबाट व्यवस्थापन हुने एकीकृत समाधान
|
|
अवार्ड तथा प्रमाणपत्रहरू
|
दर्जनौं सरकारी तथा निजी क्षेत्रबाट प्रशंसापत्र, सरकारबाट नेसनल आईसीटी अवार्ड २०२४, एसोसियो एडटेक अवार्ड २०२४ (जापान)
|
|
उद्देश्य तथा लक्ष्य
|
नेपाललाई डिजिटाइज गरेर समृद्ध बनाउने योजना अनुसार प्रत्येक क्षेत्रको प्रविधिकरणमा अग्रसर हुने
|
|
भावी योजना
|
अन्तर्राष्ट्रिय बजारमा सेवा विस्तार, ईआरपी क्लाउड सर्भिस विस्तार, एआई इन्टिग्रेसन
|
|
कर्मचारी सङ्ख्या
|
डाइनामिक समूह अन्तर्गत १५०+
|
पछिल्लो अध्यावधिक: बैशाख २२, २०८२ २०:३८
सामाग्री श्रोत :
टेक पाना

दुबई– यमनका हुथी विद्रोहीहरूले इजरायली विमानस्थललाई लक्षित गरेर व्यापक हवाई नाकाबन्दी लगाउने चेतावनी दिएका छन् । इजरायलले गाजामा आफ्नो कारबाही विस्तार गर्ने निर्णय गरेसँगै हुथीले हवाई नाकाबन्दीको चेतावनी दिएको हो ।
आइतबार इजरायलको बेन गुरियन विमानस्थलनजिकै भएको क्षेप्यास्त्र आक्रमणको गरिएको थियो । त्यसको जिम्मेवारी इरान-समर्थित हुथीले लिएको छ । हुथी विद्रोहीहरूले गाजामा प्यालेस्टिनीसँग ऐक्यबद्धता जनाउँदै काम गरिरहेको बताएका छन् ।
आइतबारको आक्रमणपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बदला लिने बताएका थिए । यमनबाट हुने धेरैजसो आक्रमण इजरायलको क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीद्वारा रोकिएका छन् । यद्यपि गत वर्ष तेल अभिभमा ड्रोन आक्रमण गरिएको थियो । आइतबारको क्षेप्यास्त्र आक्रमण मार्चदेखिको शृंखलाको एक हो ।
हुथी सेना र व्यावसायिक ढुवानी सञ्चालकहरू बीच सम्पर्क गर्न गत वर्ष स्थापित निकाय हुथीको मानवीय सञ्चालन समन्वय केन्द्रले इजरायली विमानस्थललाई लक्षित गरिने चेतावनी जारी गर्दै बेन गुरियन विमानस्थल मुख्य लक्ष्य हुने बताएको छ ।
विज्ञप्तिमा अन्तर्राष्ट्रिय हवाई यातायात संघ र राष्ट्रसंघको अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनलाई पठाइएको इमेल संलग्न गरिएको छ । हुथी सेनाले ‘विमान र यात्रुको सुरक्षा सुनिश्चित गर्न उक्त घोषणा गम्भीरतापूर्वक लिन र आपराधिक इजरायली शत्रुको विमानस्थलमा हुने सबै उडानहरू रद्द गर्न सबै अन्तर्राष्ट्रिय एयरलाइन्सलाई आह्वान गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

किमाथांका (संखुवासभा) विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गर्ने क्रममा एक अमेरिकी पर्वतारोहीको मृत्यु भएको छ।
मकालु गाउँपालिकाअन्तर्गत रहेको यो हिमाल आरोहण गर्ने क्रममा ३९ वर्षीय अमेरिकी नागरिक एलेक्स जेण्डर पन्काओको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिए। उनको आइतबार राति मृत्यु भएको हो।
मृतक एलेक्स हिमालयन गाइड्स नामक ट्रेकिङ कम्पनीमार्फत मकालु हिमाल आरोहणका लागि आएका थिए। तेस्रो क्याम्पसम्म पुगेर बास बस्न दोस्रो क्याम्प फकिएपछि उनको मृत्यु भएको प्रहरी निरीक्षक श्रेष्ठले बताए।
मृतक एलेक्स अन्य तीन विदेशी र चार जना नेपाली नागरिकसहित मकालु हिमाल आरोहणका लागि २७ अप्रिलमा सोलुखुम्बु हुँदै सङ्खुवासभा आएका थिए। उनको मृत्युको कारण खुल्न सकेको छैन। मृतकको शव निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। यहाँसँगै गएका अन्य फ्रान्सेली सदस्यहरू सकुशल रहेको बताइएको छ। घटनास्थल सदरमुकाम खाँदबारीबाट १२ दिनको पैदल दूरीमा पर्दछ।
यातायात र सञ्चार सेवा नभएका कारण मकालु क्षेत्र भौगोलिक रूपमा विकट मानिन्छ। मृतकको शव हेलिकप्टरमार्फत ल्याउन ट्रेकिङ कम्पनीसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाएलगत्तै आज दिउँसो नै प्रहरी घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
सामाग्री श्रोत :
काठमाडौँ । नेपालमा स्याटलाइट इन्टरनेट सेवा स्टारलिङ्क भित्र्याउने प्रयास अघि बढ्न नसकेकोमा सांसद राजेन्द्र बजगाईंले असन्तुष्टि जनाएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकारको उदासीनताकै कारण यो प्रक्रिया अगाडि नबढेको गुनासो गरे ।
सत्तासीन नेपाली कांग्रेसका नेतासमेत रहेका बजगाईंले आफूले ०८१ कात्तिक २ गते स्टारलिङ्कलाई नेपालमा ल्याउने विषयमा उक्त कम्पनीका प्रतिनिधिसँग भेट गरेको सुनाए । त्यसैगरी, गत मङ्सिरमा प्रधानमन्त्री केपी शर्मा ओली र स्पेसएक्सका मालिक एलन मस्कबिच यस विषयमा कुराकानी भएपनि त्यसलाई कार्यान्वयनमा लैजान सरकारले कुनै ठोस कदम नचालेको उनले आरोप लगाए ।
सैनिक प्रयोजनका लागि पनि स्टारलिङ्क प्रयोग भएको भन्ने आरोपमा सत्यता नरहेको दाबी गर्दै बजगाईंले छिमेकी मुलुकहरूले समेत यसको प्रयोग सुरु गरिसकेको बताए । उनले शिक्षा क्षेत्रलाई स्टारलिङ्कसँग जोड्ने सरकारी योजना नहुनु चिन्ताजनक रहेको उल्लेख गरे । आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा पनि यस सम्बन्धी कुनै योजना नसमेटिएको उनको भनाइ छ।
यसअघि आफूले गोरखाको लाप्राक डाँडामा माइक्रोसफ्टलाई सेल्टर खोल्न दिने प्रस्ताव गरेपनि सरकारले त्यसमा समेत चासो नदेखाएको उनको गुनासो छ । यसरी उच्चस्तरीय पहल र सम्भावना हुँदाहुँदै पनि सरकारले स्याटलाइट इन्टरनेट सेवा भित्र्याउने विषयलाई प्राथमिकता नदिएको सांसद बजगाईंको आरोप छ । यसले दुर्गम क्षेत्रमा इन्टरनेटको पहुँच पुर्याउने र शिक्षा लगायत विभिन्न क्षेत्रमा सुधार ल्याउने अवसर गुम्न सक्ने उनको भनाइ छ ।
पछिल्लो अध्यावधिक: बैशाख २२, २०८२ १६:९
सामाग्री श्रोत :
टेक पाना

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आवासीय चिकित्सकका विषयमा चिकित्सा शिक्षा आयोगको १६ बैठकको निर्णय निजी मेडिकल कलेजलाई फेरि स्मरण गराएको छ। प्रधानमन्त्री के.पी. शर्मा ओलीको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको सोह्रौं बैठकको निर्णय नम्बर १ स्मरण गराएको हो।
सरकारी स्वास्थ्य सेवाको आठौं तह सरह (मासिक रु.४८,७३७/ अक्षरेपी अठ्चालिस हजार सात सय सैंतिस रूपैयाँ) सम्पूर्ण आवासीय चिकित्सकलाई तत्काल उपलब्ध गराउन भनिएको छ।
लेखिएको छ, ‘विभिन्न विश्वविद्यालय र अन्तर्गतका सम्बन्धन प्राप्त निजी मेडिकल कलेजहरूका चिकित्सा शिक्षा स्नातकोत्तर तहको कार्यक्रममा अध्ययन गर्ने सम्पूर्ण आवासीय चिकित्सकहरूलाई सार्वजनिक शिक्षण संस्थामा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रममा अध्ययन गर्ने आवासीय चिकित्सकहरूलाई दिए सरह (स्वास्थ्य सेवाको आठौं तह निर्वाह भत्ता उपलब्ध गराउन सम्बन्धित विश्वविद्यालय र अन्तर्गतका सम्बन्धन प्राप्त निजी मेडिकल कलेजलाई निर्देशन दिने” भनेर प्रष्ट रूपले उल्लेख गरिएको छ । उक्त निर्णयअनुसार सरकारी स्वास्थ्य सेवाको आठौं तह सरह (मासिक रु.४८,७३७/- अक्षरेपी अठ्चालिस हजार सात सय सैंतिस रूपैयाँ) सम्पूर्ण आवासीय चिकित्सकलाई सम्बन्धित पक्षलाई आग्रह गर्दछौं।’
हाल आन्दोलनरत आवासीय चिकित्सक काममा फर्कदा कुनै पनि प्रकारले हतोत्साहित नगर्न र उनीहरूको शैक्षिक गतिविधिमा असर पर्ने कार्य नगर्न सबै विश्वविद्यालय तथा सम्बद्ध निकायहरूलाई ध्यानाकर्षण समेत गराइएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

पोखरा। नेपाल पुलिस क्लबलाई हराउँदै इरानी टोलीले पोखरामा भएको प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको फाइनल खेलमा पुलिसलाई ३-१ को सेटमा पराजित गर्दै इरानी टोलीले उपाधि जितेको हो।
पहिलो सेट २५-१८ ले आफ्नो पक्षमा पारेको इरानी टोलीले दोस्रो सेट २४-२६ ले गुमाएको थियो। तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै इरानी टोलीले उपाधि रक्षा गर्यो। इरानले तेस्रो सेट २५-१८ र चौथो सेट २५-१७ ले आफ्नो पक्षमा पारेको हो। उपाधि जितेको इरानी टोलीले ४ लाख ४४ हजार ४४४ हात पार्यो । उपविजेता बनेको २ लाख ४४ हजार ४४४ मा चित्त बुझायो।
यसअघि सशस्त्र प्रहरी बल (एपिएफ) लाई ३-१ को सेटमा पराजित गर्दै त्रिभुवन आर्मी क्लबलले तेस्रो स्थान हासिल गरेको थियो। पहिलो सेट २९-२७ र दोस्रो सेट २५-२१ ले आफ्नो पक्षमा पारेको आर्मीले तेस्रो सेट एपिएफलाई सुम्पिएको थियो। तेस्रो सेट २२-२५ ले गुमाएको आर्मीले चौथो सेट २५-२३ ले जित निकाल्दै तेस्रो हुन सफल भयो। तेस्रो हुने आर्मीले १ लाख ४४ हजार ४४४ प्राप्त गर्यो।
सामाग्री श्रोत :
पुलिसलाई हराउँदै इरानी टोलीले जित्यो प्रथम लायन्स कप भलिबलको उपाधि









