२०८३ बैशाख २८ सोमबार
२०८३ बैशाख २८ सोमबार

काठमाडौं । भारतीय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खडगेले प्रधानमन्त्री नरेन्द्र मोदीलाई जम्मू कश्मीरमा सम्भावित आतंकवादी हमलाको बारेमा गुप्तचर रिपोर्ट घटनाको ३ दिन पहिल्यै दिइएको दाबी गरेका छन्। उनका अनुसार यो रिपोर्ट पाएपछि मोदीले आफ्नो कश्मीर भ्रमण रद्द गरेका थिए ।

मंगलबार झारखण्डको रांचीमा एक र्‍यालीलाई सम्बोधन गर्दै खडगेले अप्रिल २२ मा पहलगाममा भएको आतंकवादी हमलाको तीन दिन अघि प्रधानमन्त्री मोदीलाई गुप्तचर रिपोर्ट पठाइएको दाबी गरे। उनले यो गुप्तचर विफलता भएको बताउँदै सरकारले आफ्नो गुप्तचर विफलतालाई स्वीकार गरेको र अब उनीहरूले यसलाई सुधार गर्नेसमेत दाबी गरे ।

खडगेले भने ‘यदि सरकारलाई यो कुरा थाहा थियो भने किन केही गरेन ? आक्रमण हुनुभन्दा तीन दिन अघि प्रधानमन्त्री मोदीलाई गुप्तचर रिपोर्ट पठाइएको थाहा पाएँ । यसपछि मात्र उनको कश्मीर भ्रमण रद्द गरियो । मैले यो कुरा अखबारमा पनि पढेको छु ।’

२२ अप्रिलमा पहलगाममा भएको आतंकवादी हमलामा एक नेपालीसहित २६ जनाको मृत्यु भएको थियो भने १७ जना घाइते भएका थिए। यो आक्रमण पहलगामको बैसरन उपत्यकामा गरिएको थियो जसमा आतंककारीहरूले छनौट गरेर मानिसहरूलाई निशाना बनाएका थिए।

 


सामाग्री श्रोत :

‘पहलगाम आतंकवादी आक्रमणबारे मोदीलाई ३ दिन पहिल्यै थाहा थियो’

काठमाडौँ । एप्पलले अर्को वर्ष ल्याउने आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्समा अन्डर-डिस्प्ले फेस आईडी प्रयोग गर्ने तयारी गरेको छ । हालै बाहिरिएको एक सूचनाअनुसार एप्पलले प्रो मोडेलहरूमा यस्तो प्रविधि परीक्षण गर्न थालिसकेको छ ।

२०२६ को सेप्टेम्बरमा बजारमा आउने अनुमान गरिएका यी मोडेलहरूमा सेल्फी क्यामेराका लागि मात्र सानो होल-पञ्च रहने र अघिल्ला पुस्ताको नच (कालो भाग) हट्ने बताइएको छ ।

यदि यो प्रविधि परीक्षण सफल भएमा एप्पलले फेस आईडीजस्तो थ्रीडी फेसियल स्क्यानिङ प्रविधि डिस्प्लेभित्रै लुकाउनेछ । यसले स्मार्टफोनको अगाडिको भाग थप आकर्षक र सफा देखिनेछ ।

यस्तै प्रविधि एन्ड्रोइड फोनहरूमा केही वर्षदेखि नै देखिँदै आएको थियो । तर एन्ड्रोइड फोनले थ्रीडी स्क्यानिङको साटो केवल क्यामेरामार्फत अनुहार चिन्न प्रयोग गरिरहेका छन्, जुन तुलनात्मक रूपमा कम सुरक्षित मानिन्छ ।

एप्पलले प्रविधिको परीक्षण गरिरहेको खबर बाहिरिएसँगै आईफोन पारखी उत्साहित बनेका छन् । यदि यो प्रविधि लागु भयो भने प्रयोगकर्ताले नच नदेखिने डिजाइन र एप्पलको सुरक्षित फेस अनलक दुबै सुविधा एकैसाथ पाउनेछन् ।

आईफोन १८ र आईफोन १८ एयर भने अहिलेकै पुरानो नच डिजाइनमा आउने अनुमान छ । यस्तै, एप्पलले पहिलो पटक ल्याउन लागेको फोल्डेबल आईफोनमा पनि अन्डर-डिस्प्ले फेस आईडीको परीक्षण भइरहेको खबर बाहिरिएको छ ।

-जीएसएमएरेना

पछिल्लो अध्यावधिक: बैशाख २३, २०८२ १४:५९





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा स्वास्थ्य जनशक्तिको अभाव नरहेको दाबी गरेका छन्।

मंगलबार काठमाडौँमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २३ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले नेपालमा स्वास्थ्य जनशक्तिको अभाव नरहेको भन्दै टिकाउने कुरामा भने कठिनाइ रहेको बताएका हुन्। 

Ncell 2
Ncell 2

उनले काठमाडौँभित्र स्वास्थ्य संस्थाहरूमा निर्वाह हुने जनशक्ति रहेको भए पनि काठमाडौँ बाहिर भने जनशक्तिको पूर्ण रूपमा अभाव रहेको बताए। उनले संघीय अस्पतालमा नौ वटा दरबन्दी भएको ठाउँमा एक जना मात्रै चिकित्सक रहेको जिकिर गरे। 

shivam cement
shivam cement

मन्त्री पौडेलले भने, ‘नेपालमा स्वास्थ्य जनशक्तिको अभाव छ भनेर भन्ने स्थिति छैन। तर टिक्ने कुरा असाध्यै मुस्किल छ। टिकाउने कुरा असाध्यै गाह्रो पनि रहेको छ। काठमाडौँभित्र स्वास्थ्य संस्थाहरूमा निर्वाह हुने जनशक्ति छ। तर काठमाडौँ बाहिर जनशक्तिको पूर्ण रूपमा अभाव भएको स्थिति छ। संघीय अस्पतालमा नौ वटा दरबन्दी भएको ठाउँमा एक जना मात्रै हुनुहुन्छ। बाँकी यतै काठमाडौँतिरै भएको स्थिति छ। जनशक्ति उत्पादन गर्ने, नेपालभित्रै टिकाउने, काठमाडौँ बाहिर दूर दराजमा स्वास्थ्य सेवा उपलब्ध गराउनका निम्ति खटिने स्थिति हामीले बनाउन सक्नुपर्छ। त्यसका निम्ति उत्पादन प्रक्रियालाई सहज बनाउन जरुरी छ। जनशक्ति उत्पादन कम खर्चिलो नागरिकको आर्थिक दायित्व नहुने राज्यको आवश्यकता भएको कारणले राज्यले लगानी गरेर उत्पादन गर्ने स्थिति हामीले बनाउन जरुरी छ। त्यो जनशक्तिलाई नेपालभित्रै टिकाउनको निम्ति प्रोत्साहित गर्न जरुरी छ।’

मन्त्री पौडेलले सरकारले सात वटै प्रदेशमा क्यान्सर उपचार सेवा बिस्तार गरेको उल्लेख गरे। उनले सात वटै प्रदेशमा सरकारले प्रत्यारोपण सेवा बिस्तार गरिरहेको बताए। राज्यले स्वास्थ्यमा प्राथमिकता निर्धारण गरेको भए ४ प्रतिशत लगानीले नपुग्ने उनको भनाई थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले नीति तथा कार्यक्रमको छलफल निरर्थक हुने देखिएको बताएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै पौडेलले अर्थ मन्त्रालयले अगामी आर्थिक वर्षको बजेट लक गरिसकेको भन्दै नीति तथा कार्यक्रमको छलफल निरर्थक हुने देखिएको बताएका हुन्।

उनले नीति तथा कार्यक्रममा आएका जनताका सरोकारका सुझावहरु अब बजेटमा समेटिने अवस्था न्यून रहेको धारणा राखे। पौडेलले नीति तथा कार्यक्रम, प्रि बजेट तथा बजेटको छलफलको श्रृंखला नमिलेको तर्क गरे।

चालू आर्थिक बर्षको योजनाहरु बजेट अभावका कारण अल्झेर बसेको अवस्थामा उक्त आयोजनालाई निरन्तरता नदिदा थप समस्या हुने देखिएको उनले बताए।

त्यस्तै उनले सरकारको कार्यक्रमले मुलुकको अर्थतन्त्र चलायमान गराउने नदेखिएको समेत आरोप लगाए।


सामाग्री श्रोत :

नीति तथा कार्यक्रममाथिको छलफल निरर्थक हुने देखियो : देवेन्द्र पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले नेपालबाट चिकित्सकहरु विदेशिने क्रम बढ्नु चिन्ताको विषय भएको बताएका छन्।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को २३ औं वार्षिकोत्सव कार्यक्रममा राष्ट्रपति पौडेलले चिकित्सकको बढ्दो विदेशिने क्रम रोक्नलाई सम्बन्धित पक्षले उपयुक्त कदम चाल्नुपर्ने विषयमा जोड दिएका छन्।

‘स्वास्थ्य सेवाम सुधार हुँदाहुँदै पनि सम्पूर्ण जनशक्तिले पर्याप्त अवसर नपाएको भन्ने गुनासो आइरहेको र त्यसको परिणाम चिकित्सकहरु विदेशिने क्रम बढ्नु चिन्ताको विषय हो। यसलाई रोक्न सम्बद्ध पक्षले उपयुक्त कदम चाल्नुपर्छ भन्ने म ठान्दछु,’ राष्ट्रपति पौडेलले कार्यक्रममा भने।

उनले संविधानको भावना अनुसार आम नागरिकको स्वास्थ्य सेवामा समान पहुँच पुर्‍याउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न ध्यान केन्द्रित गर्न पनि सुझाब दिएका छन्।

‘हाम्रो संविधानले नेपाली नागरिकलाई स्वास्थ्य शिक्षा जस्ता आधारभूत आवश्यकताको सुनिश्चित गरेको छ।संविधानको भावना अनुसार आम नागरिकको स्वास्थ्य सेवामा समान पहुँच पुर्‍याउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न हाम्रो ध्यान केन्द्रित हुनुपर्छ,’ उनले भने, ‘राष्ट्रले दक्ष र विज्ञ चिकित्सक उत्पादनमा गरेको लगानी संविधानको त्यही भावना र मर्म अनुसार हो। संविधानको यो भावना र मर्मलाई आत्मसात गर्दै चिकित्सकहरुले यो पेशालाई सेवा भावको दृष्टिले हेर्नुहुन्छ भन्ने विश्वास लिएको छु।’

राष्ट्रपति पौडेलले न्याम्सले हालसम्म गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा सेवा र चिकित्सा क्षेत्रमा थप सेवा विस्तार गर्न पनि सुझाब दिए। उनले नवप्रवर्दन र अनुसन्धानलाई प्रोत्साहन गर्न न्याम्सले निरन्तर सहयोग प्राप्त गरिरहन्छ भन्नेमा विश्वसत रहेको पनि बताए।
 

सामाग्री श्रोत :
swasthyakhabar

 

काठमाडौं । गुगलले एन्ड्रोइडको डिजाइन परिवर्तन गर्ने तयारी गरिरहेको छ । कम्पनीले झुक्किएर आफ्नो ब्लगपोस्टमा नयाँ एन्ड्रोइड डिजाइन ‘मटेरियल थ्री एक्सप्रेसिभ’ सार्वजनिक गरेको थियो । कम्पनीले तत्काल सो पोस्ट डिलिट गरे पनि ९टु५ गुगलले पोस्टमा सार्वजनिक भएका डिजाइनहरू सुरक्षित गर्न सफल भएको थियो । सोही डिजाइन अहिले सामाजिक सञ्जालमा आइरहेको छ ।

यो डिजाइन करिब ४६ पटक रिडिजाइन गरिएको र १८ हजार भन्दा बढि प्रयोगकर्तामाझ परिक्षण गरिएको बताइएको छ । डिजाइनमा फरक किसिमको रंगहरु प्रयोग गरेको देख्न सकिन्छ । यस्तै फरक फरक आईकनका शेपहरू, साइज र मोसन पनि फरक देख्न सकिन्छ, जुन अहिलेको एन्ड्रोइड इन्टरफेस भन्दा निकै आकर्षक देखिन्छ । अर्को महिना हुने कम्पनीको वार्षिक डेभलपर कन्फ्रेन्समा यो डिजाइन पनि सार्वजनिक गरिने अनुमान गरिएको छ । 

यस्तै प्रयोगकर्ताले आफ्नो सहजताको हिसाबले इन्टरफेस कस्टमाइज गर्न मिल्ने फिचरलाई पनि परिष्कृत गरिएको बताइएको छ । यो डिजाइनमा कम्पनीले स्टाटस बार आइकन, घडिको मेन्यु, सेटिङ मेन्युदेखि लिएर अन्य धेरै कुरामा परिवर्तन गरेको देख्न सकिन्छ ।  

पछिल्लो अध्यावधिक: बैशाख २३, २०८२ १२:४४





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ–राष्ट्रपति रामचन्द्र पौडेलले चिकित्सकहरू विदेशिने क्रम बढ्नु चिन्ताको विषय भएको बताएका छन्।

मंगलवार काठमाडौंमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन।

उनले नेपालमै स्तरीय स्वास्थ्य सेवा तथा उपचार हुन थालेको छ भन्ने आफैँले अनुभव गरेको बताए। स्वास्थ्य सेवामा सुधार हुँदाहुँदै पनि सम्पूर्ण जनशक्तिले पर्याप्त अवसर नपाएको भन्ने गुनासो आइरहेको बताएका छन्।

Ncell 2
Ncell 2

त्यसको परिणाम चिकित्सकहरू विदेशिने क्रम बढ्नु चिन्ताको विषय भएको जिकिर गरे। यसलाई रोक्न सम्बद्ध पक्षले उपयुक्त कदम चाल्नुपर्ने उनको सुझाव छ। संविधानले स्वास्थ्य, शिक्षा जस्ता आधारभूत आवश्यकता प्रत्याभूतिको व्यवस्था सुनिश्चित गरेको स्पष्ट पार्दै नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्‍याउन र स्वास्थ्य सेवाको गुणस्तर बढाउनुपर्नेमा उनले जोड दिए।​

राष्ट्रपति पौडेलले भने, ‘स्वास्थ्य सेवामा सुधार हुँदाहुँदै पनि सम्पूर्ण जनशक्तिले पर्याप्त अवसर नपाएको भन्ने गुनासो आइरहेको र त्यसको परिणाम चिकित्सकहरू विदेशिने क्रम बढ्नु चिन्ताको विषय हो। यसलाई रोक्न सम्बद्ध पक्षले उपयुक्त कदम चाल्नुपर्छ। हाम्रो संविधानले नेपाली नागरिकलाई स्वास्थ्य, शिक्षा जस्ता आधारभूत आवश्यकताको प्रत्याभूतिको व्यवस्था सुनिश्चित गरेको छ।’

shivam cement
shivam cement

राष्ट्रपति पौडेलले हाल देशको स्वास्थ्य र शिक्षामा गुणात्मक सुधार भएको बताए। साथै दक्ष र विज्ञ चिकित्सकहरू नेपालमै उत्पादन हुनु खुशीको विषय भएको बताएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं- वर्षाले सडकमा पानी जमेपछि काठमाडौंको कंकेश्वरी मन्दिर क्षेत्रको सडक जलमग्न भएको छ।

काठमाडौं महानगरपालिका-१९ को विष्णुमती कोरिडोर सडकको कंकेश्वरी क्षेत्रमा पानी जमेपछि सवारी आवागमन प्रभावित हुन पुगेको छ। यतिबेला यात्रु सास्ति खेप्न बाध्य बनेका छन्।


सामाग्री श्रोत :

काठमाडौंको कंकेश्वरी मन्दिर क्षेत्रको सडक जलमग्न

काठमाडौं– नेपालमा पहिलो पटक ‘फिल्ड इपिडेमियोलोजी’ सम्बन्धी राष्ट्रिय सम्मेलन हुन गइरहेको छ। 

‘एकीकृत स्वास्थ्य सुदृढीकरणका लागि हातेमालो: फिल्ड इपिडेमियोलोजी, निगरानी र नीतिगत इन्टरभेन्सनस’ भन्ने मूल नारासहित यो सम्मेलन २०८२ असार १२ र १३ गते (२६–२७ जुन २०२५) काठमाडौंमा आयोजना हुँदैछ।

सार्वजनिक स्वास्थ्यको क्षेत्रमा कार्यरत विज्ञ, अनुसन्धानकर्ता, नीति निर्माता र फिल्ड इपिडेमियोलोजिस्टहरूलाई एकै ठाउँमा ल्याउने उद्देश्य सहित आयोजना गरिएको यो सम्मेलनले नेपालमा रोगको निगरानी, अनुसन्धान र नीतिगत समन्वय प्रणालीलाई अझ मजबुत बनाउने अपेक्षा गरेको छ।

२०२२ मा सुरु भएको फिल्ड इपिडेमियोलोजी ट्रेनिङ कार्यक्रम अन्तर्गत हालसम्म १४० जना प्रशिक्षार्थी तयार भइसकेका छन्, जसले देशभर महामारी अनुसन्धान तथा निगरानीमा सक्रिय भूमिका खेलेका छन्। यसै अभ्यासलाई संस्थागत गर्दै सम्मेलन आयोजना गरिएको हो।

फिल्ड इपिडेमियोलोजीमा भएका अनुभव र सिकाइहरू आदानप्रदान, अन्तर मन्त्रालय र क्षेत्रीय समन्वय सुधारमा छलफल, महामारी अनुसन्धान विधिमा नविनता र सुधार, सार्वजनिक स्वास्थ्य प्रणाली सुदृढ गर्न आवश्यक क्षमताको पहिचान गर्ने सम्मेलनको मुख्य उद्देश्य रहेको छ।
 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । टिकटक लगायत सामाजिक सञ्जालमा आइतबारदेखि एक युवकको भिडिओ भाइरल भइरहेको छ । जहाँ ती युवकलाई दुबईको अलर्कटु भन्ने ठाउँमा नेपालीहरूले फेला पारेको भनिएको छ । 

ती युवक भाइरल भएपछि प्रतिनिधि सभा बैठकमा समेत उनको उद्दारको लागि पहल गर्न माग गरिएको छ । नेपाली काँग्रेसकी सांसद कान्तिका सेजवालले उद्दारको लागि मङ्गलबार प्रतिनिधि सभाको ध्यानाकर्षण गराएकी हुन् ।  

सांसद सेजवालका अनुसार भाइरल भएका युवक मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं १४ सुम्लि गाउँका दीपराज भण्डारी हुन् । उनी एक वर्ष अघि दुबई गएका थिए । दुबईमा रहेकै समयमा  उनी विगत तीन महिनादेखि सम्पर्क विहीन भएका थिए । 

सांसद सेजवालले भनिन्, “सभामुख मार्फत नेपाल सरकारको सम्बन्धित मन्त्रालयबाट उनको उद्धारका लागि ध्यानाकर्षण गराउन चाहन्छु,” उनले भनिन् ।  बेपत्ता भएका भण्डारी आफ्नै वडाका स्थानीय बासिन्दा रहेको छायाँनाथ रारा वडा नं १४ का अध्यक्ष जुन बहादुर खड्काले पुष्टि गरे ।  सम्पर्क विहीन भएदेखि नै परिवारको आग्रहमा खोजीको पहल गर्दै आएको उनले सुनाए । 

वडाध्यक्ष खड्काले भने, “चार महिना पहिले देखि नै उनी सम्पर्क विहीन भएका थिए । दुई महिना पहिले काठमाडौँमा गएर म्यान पावर र परराष्ट्र मन्त्रालयमा पनि बुझेको थिएँ । तर भिसा र पासपोर्ट नभएर केही गर्न सकिएन । दुबईमा एक जना भाइले उहाँलाई भेट्‍टाउनु भएछ । परराष्ट्र मन्त्रालयमार्फत उनको खोजी गर्न वडा र नगरपालिकाबाट समन्वय गरिरहेका छौँ ।”

पछिल्लो अध्यावधिक: बैशाख २३, २०८२ १३:१८





सामाग्री श्रोत :
टेक पाना

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट