
काठमाडौँ । ड्रोन बनाउने विश्वप्रसिद्ध कम्पनी डीजेआईले अहिलेसम्म आफ्नो कुनै पनि ३६०-डिग्री क्यामेरा घोषणा गरेको छैन । तर, हालै ‘डीजेआई ओस्मो ३६०’ भनिने यसको पहिलो 360-डिग्री क्यामेराको फोटो र केही महत्त्वपूर्ण जानकारी इन्टरनेटमा लिक (बाहिरिएका) भएका छन् ।
हाकासुशी र इगोर बोगडानोभ नामक दुई व्यक्तिले यस क्यामेराको प्रोटोटाइप (परीक्षण संस्करण) का दर्जनौं फोटोहरू सार्वजनिक गरेका हुन् । यी फोटोहरूमा क्यामेराको बाहिरी भाग, भित्री भाग र यसको क्विक स्टार्ट गाइड समेत समावेश छन् ।
लिक भएका यी फोटो र जानकारीबाट डीजेआईले अब इन्स्टा३६० र भविष्यमा आउने गोप्रो म्याक्स २ जस्ता क्यामेराहरूसँग प्रतिस्पर्धा गर्ने तयारी गरिरहेको हुन सक्ने देखिएको छ । यस्ता क्यामेराहरूले वरपरको पूरै ३६० डिग्रीको संसारलाई एकै पटक कैद गरेर आकर्षक फोटो र भिडिओ बनाउन मद्दत गर्दछन् ।
डीजेआईले आफ्नो यो क्यामेरालाई सानो र स्क्वायर आकारमा डिजाइन गरेको देखिन्छ । यो लामो स्टिक आकारका क्यामेराभन्दा फरक छ । फोटो अनुसार, यसको चौडाइ लगभग ६.५ सेन्टिमिटर (२.६ इन्च) र उचाइ ९ एमएम जति हुन सक्छ ।
यद्यपि, भिडिओको रेजोलुसन र फ्रेमरेट जस्ता महत्त्वपूर्ण विशेषताहरूबारे अहिले नै पर्याप्त जानकारी उपलब्ध छैनन् । तर, लिक भएका फोटो र क्विक स्टार्ट गाइडबाट केही कुराहरू थाहा पाउन सकिन्छ ।
-
यसमा पावर अन/अफ, रेकर्डिङ सुरु/बन्द र मेनु कन्ट्रोलका लागि तीन ओटा बटनहरू छन् ।
-
क्यामेरामा ट्याप गरेर वा स्वाइप गरेर चलाउन मिल्ने टचस्क्रिन रहेको छ ।
-
यसमा डीजेआईको ओस्मो एक्सन सिरिजमा प्रयोग हुने जस्तै देखिने फेर्न मिल्ने ७.५५ डब्लूएच पावर क्षमताका ब्याट्रीहरू प्रयोग हुनेछन् ।
-
यसको मोडेल नम्बर “OQ001” हो ।
-
यसमा माइक्रोएसडी कार्ड राख्न मिल्छ, यूएसबी-सी पोर्टबाट चार्ज गर्न सकिन्छ ।
-
वायरलेस कनेक्टिभिटीका लागि वाई-फाई सिक्स र ब्लुटुथ ५.१ दिइएको छ ।
-
यसलाई विभिन्न एक्सेसरिजमा माउन्ट गर्न सक्छ ।
-
यसको ट्राइपड माउन्ट वरिपरि चारवटा कुपर कन्ट्याक्ट छन् । यसले कुनै एक्सेसरी मार्फत पावर वा डेटा आदानप्रदान गर्न सहयोग गर्न सक्ने अनुमान गरिएको छ ।
क्यामेराको भित्री बनावट हेर्दा डीजेआईको इन्स्टा ३६० मा जस्तै गरी क्यामेरा सेन्सरहरू राखेको देखिन्छ । सिधा लेन्सको अगाडि सेन्सर राख्नुको साटो प्रकाशलाई ४५-डिग्रीको ऐना बाट उछिट्टाएर सेन्सरमा पठाइएको छ । यो एउटा प्रोटोटाइप जस्तो देखिन्छ र भित्री भागमा परिवर्तन हुन सक्ने अनुमान गरिएको छ ।
⚠️First close look of the DJI Osmo360 and its battery, with reference ruler. Metric system of course. 🤭
Its plain texture might not be the final one.#djiosmo360 #osmo360 #dji pic.twitter.com/yeoqcbvfXl
— hakasushi (@hakasushi) May 3, 2025
पछिल्लो अध्यावधिक: बैशाख २४, २०८२ ८:२
सामाग्री श्रोत :
टेक पाना

एजेन्सी –कश्मीरमा पाकिस्तानी सेनाको गोलाबारीमा तीन भारतीय नागरिकको मृत्यु भएको छ । भारतीय सेनालाई उदृत गर्दै समाचार संस्था रोयटर्स र एफपीले तीन भारतीय नागरिकको मृत्यु भएको बताएका छन् ।
यसैबीच, पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरिफ चौधरीले भारतीय आक्रमणमा दुई बालबालिकासहित सातजनाको मृत्यु भएको जनाएका छन् । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले भारतीय आक्रमणप्रति कडा जवाफ दिने चेतावनी दिएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड घाइते भएका छन्।
गए राति खुमलटारस्थित शौचालयमा लडेका प्रचण्डलाई राति नै उपचारका लागि मेडिसिटी अस्पतालमा लगिएको थियो।
उनको टाउको र निधारमा चोट लागेकाले टाँचा लगाइएको छ। राति १२ बजे अस्पताल भर्ना भएका प्रचण्डलाई इमर्जेन्सीमा भर्ना भएका थिए। उनी आज विहान पाँच बजे डिस्चार्ज भएको अस्पताल स्रोतले जनाएको छ।
सामाग्री श्रोत :

काठमाडौं –स्पेनिस क्लब बार्सिलोनालाई हराउँदै इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । मंगलबार राति भएको रोमाञ्चक खेलमा बार्सिलोनालाई समग्रमा इन्टर ७–६ ले हराउँदै इन्टर फाइनलमा पुगेको हो । बार्सिलोनामा भएको पहिलो लेग ३–३ को बराबरीमा सकिएको थियो । दोस्रो लेगमा इन्टरले बार्सिलोनालाई ४–३ ले हरायो ।
निर्धारित ९० मिनेट ३–३ को बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । खेलको २१ औं मिनेटमा अर्जेन्टिनी फरवार्ड लौटारो मार्टिनेजको गोलमा घरेलु टोली इन्टर मिलानले अग्रता लियो । पहिलो हाफको इन्ज्युरी समयमा इन्टरका लागि हाकान चाल्हानोग्लुले पेनाल्टीमा गोल गरे ।
दोस्रो हाफको १५ मिनेटमै बार्सिलोनाले खेल बराबरीमा ल्यायो । ५४ औं मिनेटमा जेरार्ड मार्टिनको क्रसमा एरिक गार्सियाले गोल गर्दै बार्सालाई खेलमा फर्काए । लगत्तै बार्साको काउन्टरमा गार्सियाकै अन्तिम प्रहारलाई गोलरक्षक यान सोमरले उत्कृष्ट बचाउ गरे । तर, ६० औं मिनेटमा मार्टिनकै पासमा ओल्मोको हेडर गोल भएपछि खेल बराबरीमा आयो ।
८७ औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । इन्ज्युरी समयमा इन्टरले बराबरी गोल फर्कायो । डम्फ्रिजकै पासमा फ्रान्सेस्को अचेर्बीले पहिले टचमा गोल गर्दै खेललाई अतिरिक्त समयमा लम्ब्यायो । इन्टर अब पीएसजी र आर्सनलबीचको विजेतासँग फाइनल खेल्नेछ । फाइनल मे ३१ मा हुनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं। भारतले ‘अपरेशन सिन्दूर’ नाम दिइएको एक सैन्य कारबाही अन्तर्गत पाकिस्तानका नौ स्थानमा मिसाइल आक्रमण गरेको छ। भारतीय रक्षा मन्त्रालयका अनुसार, ती सबै स्थानहरूबाट भारतमाथि हुने आतंकी आक्रमणहरूको योजना र निर्देशन भइरहेको थियो।
भारतले गएराति गरेको हवाई आक्रमणबाट पाकिस्तानमा दुई बालबालिकासहित सात जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ।
पाकिस्तान आर्मी इन्टर-सर्भिस पब्लिक रिलेशन्स (आईएसपीआर) का महानिर्देशक अहमेद सारिफ चौधरीलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चारसंस्थाहरुले हालसम्म ३५ जना घाइते भएको जनाएका छन्।
भारत सरकारले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका नौ स्थानमा आक्रमण गरेको जनाएको छ। तर पाकिस्तानी सेनाले भने तीन स्थानमा आक्रमण भएको बताएको छ।
ठूला विस्फोटको आवाजले आफूहरुलाई स्तब्ध बनाएको पाकिस्तान प्रशासित कश्मीरको मुजफ्फराबादका बासिन्दाहरूले बताएका छन्।

भारतले पाकिस्तानले पहलगाममा पयर्टकमाथि भएको आतंककारी आक्रमणको बदलामा भारतले पाकिस्तानमाथि जवाफी कारबाही गरेको जनाएको छ।
भारतले उक्त आक्रमणमा पाकिस्तान जिम्मेवार भएको आरोप लगाउँदै आएको छ। उक्त आतंककारी हमलामा एक नेपालीसहित कुल २६ जनाको निधन भएको थियो।
गत महिना कश्मीरमा पर्यटकहरूमाथि भएको घातक आतंकवादी आक्रमणपछि आणविक हतियार सम्पन्न दुवै देशबीचको सम्बन्धमा तीव्र गिरावट आएको छ। कश्मीर पूर्ण रूपमा भारत र पाकिस्तान दुवै देशले दाबी गर्दै आएको छ।
सामाग्री श्रोत :
भारतद्वारा पाकिस्तानमा मिसाइल आक्रमण, दुई बालबालिकासहित सात पाकिस्तानीको मृत्यु

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मित्रराष्ट्र भारतको आफ्नो भ्रमण उपलब्धिपूर्ण भएको बताएका छन्।
एकसाताको भारत भ्रमण गरेर स्वदेश फर्किएपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशको विकासका लागि भारतीय पक्ष सकारात्मक भएको आफूले पाएको बताए।
भारतको उत्तराखण्ड र उत्तरप्रदेशका मुख्यमन्त्रीसँग शिष्टाचार भेटवार्ताका क्रममा आफूहरू बीच प्रदेशको ऊर्जा, सडक पूर्वाधार, कृषि विकास, तथा लगानी सम्मेलनका बारेमा छलफल भएको बताए।
उनले भने, ‘सुदूरपश्चिम प्रदेशको सम्भावना र विकासका लागि भारतीय पक्ष सकारात्मक भएको पाएँ।’ उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँगको भेटमा सीमा क्षेत्रमा लागुऔषधलगायतका अपराधिक क्रियाकलाप नियन्त्रण एवं रोकथामबारे कुरा भएको मुख्यमन्त्री शाहले जानकारी दिए।
‘योगी आदित्यनाथ र आफूबीच केवल विकासका मात्र कुरा भए’, उनले भने, ‘संघीयतालाई बलियो बनाउन र सुदूरपश्चिमको विकास र समृद्धिका बारेमा केन्द्रित रह्यौँ भ्रमणका क्रममा कुनै राजनीति विषयमा कुराकानी भएन।’
मुख्यमन्त्री शाले भ्रमणका क्रममा पलियाकलाँ– गौरीफन्टा सडक र तिकुनिया–खक्रौला सडक स्तरोन्नति तथा दार्चुला, बैतडी र डडेलधुरास्थित महाकाली नदीमा पुल निर्माण, टनकपुर ब्यारेजको आवगामन सहज बनाउन, र सुक्खा बन्दरगाहलगायतका विषयमा आफूले भारतीय समकक्षीसँग कुरा राख्दा उहाँहरू सकारात्मक रहेको आफूले पाएको उनले जानकारी दिए।
‘नेपालबाट भारत जाने र भारतबाट नेपाल भित्रिने नागरिकको कैलाली र गड्डाचौकी भन्सार चेकप्वाइन्टमा अभिलेख राख्ने विषयमा उहाँहरू सहमत हुनुभयो’, उनले भने। एक प्रश्नको जवाफमा मुख्यमन्त्री शाहले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच थाइल्याण्डमा भएको भेटघाटपछि प्रधानमन्त्री ओलीको भारत भ्रमण छिट्ट हुन लागेको संकेत आफूले पाएको बताए।
‘भ्रमणको निमन्त्रणाका लागि भारतीय सरकारलाई धन्यवाद दिन चाहन्छु र भ्रमणको लागि मार्गदर्शन गर्नुहुने प्रधानमन्त्री र परराष्ट्रमन्त्रीप्रति हार्दिक आभार व्यक्त गर्दछु’, उनले भने।
यही वैशाख १६ गते भारत भ्रमणमा निस्केको मुख्यमन्त्री शाह नेतृत्वको टोली आज लखनऊबाट स्थलमार्ग हुँदै धनगढी (कैलाली) आइपुगेको हो।
सामाग्री श्रोत :

काठमाडौं। सभामुख देवराज घिमिरेले वामपन्थी नेता, पूर्वमन्त्री एवं साहित्यकार प्रदीप नेपालको निधनले मुलुकले एक दूरदर्शी राजनीतिज्ञ एवं प्रखर चिन्तकको अपूरणीय क्षति बेहोर्नुपरेको उल्लेख गरेका छन्।
नेता नेपालको असामयिक निधनप्रति आज शोक वक्तव्य जारी गर्दै उनले भनेका छन्, ‘नेपालको निधनसँगै नेपाली वाम आन्दोलनले एक इमान्दार, निष्ठावान् र सिद्धान्तनिष्ठ नेता गुमाएको छ।’
नेता नेपालले नेपालको कम्युनिष्ट आन्दोलन तथा लोकतान्त्रिक परिवर्तनको यात्रामा खेलेको भूमिका स्मरणीय र प्रेरणादायी रहिरहने बताउँदै सभामुख घिमिरेले उनको पूर्वी नेपालका गाउँगाउँमा जनतासँगको सामीप्यता र आत्मीयता प्रगाढ रहेको स्मरण गरे।
उनले भनेका छन्, ‘स्व नेपालप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै यस दुःखद् घडीमा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछु।’
सामाग्री श्रोत :
पूर्वमन्त्री नेपालको निधनले मुलुकले एक दूरदर्शी राजनीतिज्ञ गुमाएको छ: सभामुख घिमिरे

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता एवं पूर्वमन्त्री प्रदीप नेपालको निधनप्रति दुःख व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत आज प्रधानमन्त्री ओलीले प्रदीप नेपालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्।
प्रधानमन्त्री ओलीले आफ्नो सहयोद्धासमेत रहनुभएका नेता नेपालको निधनले पीडाबोध भएकासमेत बताएका छन्। ‘नेकपा (एमाले)को निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्नुभएका, नेपाली कम्युनिष्ट आन्दोलनका प्रखर नेता, प्रगतिशील साहित्य लेखनमा सञ्जय थापाको छुट्टै परिचय बनाउनुभएका मेरा सहयोद्धा प्रदीप नेपालको निधनले पीडाबोध भएको छ’, प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘उहाँसँग विभिन्न जिम्मेवारीमा सहकार्यका दिनहरू झल्झली सम्झना आइरहेका छन्।’
प्रधानमन्त्री ओलीले प्रदीप नेपाल र उनको योगदानलाई आफूहरूले सधैँ सम्झिरहने बताएका छन्। केही वर्षदेखि पार्किन्सन रोगबाट पीडित नेता नेपालको आज उपचारका क्रममा काठमाडौंस्थित नर्भिक अस्पतालमा निधन भएको थियो।
सामाग्री श्रोत :

गण्डकी। भैँसी गुनिलो थियो र दूधालु पनि। घरमुलीले उसलाई मायाले ‘काली’ भन्थे। भैँसी अर्को महिना ब्याउने थियो। यो भैँसी बागलुङ, ताराखोला गाउँपालिका–१ भुस्कातकी माया विकले ऋण काढेर किनेकी थिइन्। गोठमा उसैले जन्माएको डेढ वर्षको राँगो पनि थियो। गत बुधबार मध्यराति गोठमा अचानक आगलागी भयो।
राँगो उतिबेलै जलेर मर्यो। गम्भीर घाइते भएको गर्भवती भैँसीलाई परिवार र छिमेकी मिलेर उद्धार गरे। भैँसीको अधिकांश बाहिरी भाग जलेको थियो। दुवै आँखा फुटेका थिए। भैँसी न खान सक्ने न कराउन सक्ने अवस्थामा थियो। नाक र मुखबाट फिँज आइरहेको थियो। एकातिर जलनको पीडा र अर्कातिर पेटमा हुर्किरहको गर्भ। त्यो अवोध भैँसीले त्यति कष्टसाध्य क्षण कसरी गुजार्यो होला ! मानवीयता भएका जो कोहीका लागि त्यो दृश्य हृदयविदारक थियो।
आगलागीको घटना थाहा पाएपछि पोखरामा बस्ने विकका छोरा सनम अर्कोदिन घर पुगे। उनी गाउँ पुग्दा गोठ खरानी भएको थियो। आमाको प्रिय भैँसी ‘काली’ अतिसय पीडा सहेर बाँचिरहेको थियो। उसलाई बचाउन परिवारले सक्दो प्रयास गरे। पशु चिकित्सकलाई बोलाएर देखाए। बाँच्ने सम्भावना नभएपछि चिकित्सकले भैँसीलाई ‘युथोनाइज’ दिएर पीडारहित तरिकारले मृत्युवरण गराए। पेटमा भएको पाडोलाई चिरेर निकाले। धड्कनको चाल महसुस गर्दागर्दै पाडोको पनि मृत्यु भयो।
गोठ नजिकै बारीमा खाल्डो खनेर ‘काली भैँसी’ र उसको गर्भबाट निकालिएको पाडोलाई सँगै राखेर अन्त्येष्टि गरियो। यसरी निर्दोष पशुको जीवन आगलागीमा परी समाप्त भयो। सनमले यही दर्दनाक घटनाको भिडियो फेसबुकमा साझा गरे। जसले धेरैको ध्यान खिच्यो। फेसबुकमा लाखौँले उक्त भिडियो हेरेका छन्। फेसबुकमा साझा गर्ने र टिप्पणी गर्नेको सङ्ख्या पनि सयौँ छ।
आगलागीबाट गोठ र पशुधन गुमाएका विक परिवारप्रति कैयनले सहानभूति प्रकट गरेका छन्। कतिपयले पशुप्रेम र पशु कल्याणका पक्षमा धारणा राखेका छन्।
सनमले ‘तिमीले मेरा लागि दिएको यो बलिदान खेर जाने दिने छैन काली, हार्दिक श्रद्धाञ्जलि ! अपराधी नबचाऔँ’ भन्दै उक्त भिडियो ‘पोस्ट’ गरेका थिए। सनमले ‘काली’ भैँसीलाई आमासँग तुलना गर्दै उ पनि गर्भमा रहेको बच्चाका लागि अन्तिम प्रहरसम्म बाँचेको उल्लेख गरेका छन्। ‘उनी पनि एउटी आमा हुन्। उनको श्राप र आँशु अवश्य लाग्नेछ’, सनमले भनेका छन्।
आगलागी अरु कसैले जानाजानी लगाइदिएको विक परिवारको आशंका छ। ‘घरमा बुबाआमा मात्र हुनुहुन्थ्यो, उहाँहरू सुतेको बेला राति ११ः३० बजेतिर गोठमा आगलागी भएको हो’, सनमले भने, ‘दुर्घटना या लापरबाहीका कारण नभई यो मान्छेले जानजानी नियतवश लगाएको हो, हामीले प्रहरी र वडा कार्यालयमा उजुरी दिएका छौँ, घटनाको छानबिन गरी दोषीलाई कडा कारबाही हुनुपर्छ।’
‘काली भैँसी’को मृत्युपछि आमा बिह्वल बनेको सनमले सुनाए। भैँसीको अन्त्येष्टिका बेला उनकी आमा छेउमा बसेर रोइरहेको दृश्यले सबैलाई स्तब्ध पारेको थियो। वरिपरि जम्मा भएका मानिस त्यो बेला निःशब्द बनेका थिए।
माया र स्याहारसुसारले पालेहुर्काएका पशुचौपायाको अनाहकमा मृत्यु हुँदा कस्को पो मन नरुँदो हो ! माया र उनको परिवारलाई पनि आज त्यही पीडाले सताएको छ। उक्त घटनाले पशुपक्षीप्रतिको मानवीय प्रेम र संवेदनालाई समेत उजागर गरिदिएको छ। पशु कल्याणबारे सोच्न मानिसलाई बाध्य पारेको छ।
उक्त घटनाका प्रत्यक्षदर्शी र सामाजिक सञ्जाल प्रयोगकर्ताले उक्त घटनामा दुःख व्यक्त गरेका छन्। नियतवश आगलागीको घटना भएको भए छानबिन र न्यायका लागि उनीहरूले आवाज उठाएका छन्। घटना सार्वजनिक भएपछि विभिन्न ठाउँबाट सहयोग र सहानुभूति प्राप्त भइरहेको सनमले बताए।
वडा र गाउँपालिका कार्यालयले राहतका लागि पहल अगाडि बढाएको छ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ताराखोला गाउँ कमिटीले विक परिवारलाई भैँसी किनिदिन लागेको अध्यक्ष दिवस खत्रीले बताए। ‘आफन्त, शुभेच्छुकलगायतबाट आर्थिक सहयोग आउने क्रम पनि सुरु भएको छ, यो घटनाले धेरैलाई छोएको छ। आगलागीका बारेमा छानबिन हुनुपर्छ’, उनले भने। पशुचौपायाले सुरक्षित बाँच्न पाउने अधिकारप्रति सचेत हुन पनि यो घटनाले मानिसलाई सचेत गराएको छ। गण्डकी प्रदेशमा गाईभैँसीप्रति हुने निर्दयी व्यवहार रोक्न गाईभैँसी कल्याणसम्बन्धी मापदण्ड कार्यान्वयनमा ल्याइए पनि पशु कल्याणको पूर्ण सुनिश्चितता भने हुन सकेको छैन।
घरायसी प्रयोजनका लागि पालिने गाईवस्तुमाथि हिंसा र निर्दयी व्यवहारका घटना छिटपुट हुने भएकाले ठूला व्यावसायिक गाईभैँसी फार्मलाई लक्ष्य गरी मापदण्ड बनाइएको हो। उक्त मापदण्डले गाईभैँसीलाई भोक, प्यास र कुपोषण हुन नदिने, डर, त्रास र तनाव हुन नदिने, पीडा, चोटपटक र रोगव्याधिबाट सुरक्षित राख्ने र सामान्य प्राकृतिक व्यवहार अभिव्यक्त गरी बाँच्न पाउने स्वतन्त्रतालाई सम्बोधन गरेको छ। गाईभैँसीलाई गरिने निर्दयी व्यवहार रोक्ने र उनीहरूप्रति मानिसले निभाउनुपर्ने जिम्मेवारी र उत्तरदायित्वलाई मापदण्डले समेटेको छ।
मापदण्डमा आहार, गोठ व्यवस्थापन, ढुवानी गर्दा अपनाउनुपर्ने सावधानीलगायत विषय उल्लेख छन् । नवजात पाडापाडी र बाच्छाबाच्छीलाई मार्ने नियतले सुकेनास गराउने, भोकै राख्ने, फाल्ने आदि गरेमा पशुप्रति निर्दयी व्यवहार भएको ठहर्ने मापदण्डमा जनाइएको छ। गाईभैँसीलाई घाउचोट लाग्ने गरी हिर्काउन, नाक, खुट्टा बाँध्न, पुच्छर बटार्न र छाडा छोड्न नपाइने मापदण्डमा उल्लेख छ।
गाईभैँसीलाई तापजन्य असुविधा हुन नदिन गर्मीयाममा पङ्खा या ‘फोगर’ र जाडोयाममा थप सोत्तरको व्यवस्था गर्नुपर्ने उल्लेख छ। पशुपक्षीलाई पनि मानवताको व्यवहार चाहिनेमा पशु अधिकारकर्मीले जोड दिँदै आएका छन्। खुसी र स्वतन्त्रतापूर्वक बाँच्न पाउने पशुपक्षी अधिकारको संरक्षण हुनुपर्नेमा उनीहरूले जोड दिइरहेका छन्। कानुनी प्रबन्ध नभएका कारण पनि हिंसा र अत्याचारमा परेका पशुपक्षीको न्याय चुनौतीपूर्ण बन्दै जानकारहरू बताउँछन्।
राम थापा/रासस
सामाग्री श्रोत :
ससी रिमाल
“सन् २०१२ को कुरा हो । म काठमाडौँको सानो कोठामा बस्थेँ, भर्खर कलेज जीवन सुरु भएको थियो । मेरो गर्लफ्रेन्ड, सायना, अमेरिकामा मास्टर्स पढ्न गएकी थिई । हामीले फोन र म्यासेजमा कुरा त गर्थ्यौँ, तर उनको मुस्कान नदेखेको महिनौँ भइसकेको थियो । टाढाको सम्बन्धले मनमा अनेक डर—कतै यो माया कमजोर हुन्छ कि ! सायनाले एक दिन भनिन्, “स्काइपमा डेट गरौँ न!” मलाई स्काइप चलाउन खासै आउँदैनथ्यो, तर उनको जोश देखेर ल्यापटपमा स्काइप डाउनलोड गरेँ । इन्टरनेटको हालत बेकार—जोडियो, काटियो । बल्लतल्ल खाता बनाएर उनलाई कनेक्ट गरेँ । स्क्रिनमा सायनाको अनुहार देख्दा मन ढक्क भयो । रातो टप, खुला कपाल, र उनको कोठाको झ्यालबाट अमेरिकाको सडक देखिन्थ्यो ।
हामीले “भर्चुअल डेट” सेट गर्यौँ । मैले कोठामा मैनबत्ती बालेर सजाएँ, उनले टेबलमा कफी र केक राखिन् । हाँस्दै जिस्कियौँ—मैले भनेँ, “तेरो कफीले मेरो चिया जित्दैन !” उनले हाँस्दै भनिन्, “तेरो चियाले मेरो स्टारबक्सलाई छुन्न !” कुरा गहिरो हुँदै गयो । उनले अमेरिकाको एक्लोपन सुनाइन्, मैले यहाँको रमझम सुनाएँ । इन्टरनेट काटिँदा रिस उठ्थ्यो, तर फेरि जोडिएपछि हाँसोले कोठा रंगिन्थ्यो।
त्यो डेटको रमाइलो पल तब आयो, जब उनले सरप्राइज दिइन् । स्क्रिनमा कागज देखाउँदै लेखिन्, “म तिमीलाई माया गर्छु, फर्केर आउँदा बौलाहा नबन्नू है !” म लजाएँ । हतार-हतार कागजमा “म पनि माया गर्छु, चाँडै आऊ” लेखेर देखाएँ । त्यो रात हामी घन्टौँ कुरा गर्यौँ, हाँस्यौँ, र स्क्रिनमा हात जोडेर “गुडनाइट” भन्यौँ। तर, त्यो डेटपछि कुरा बिस्तारै फेरियो । सायनाको पढाइ र जागिरको व्यस्तता, मेरो यहाँको नयाँ जीवन—हाम्रो कुराकानी पातलियो। स्काइपमा कुरा गर्दा पहिलेजस्तो रमाइलो हुन छोड्यो। एक दिन, स्काइपमै उनले भनिन्, “हाम्रो बाटो फरक भइसक्यो । मलाई लाग्छ, अब हामीले आ-आफ्नो बाटो हिँड्नुपर्छ।” मेरो मन भत्भतियो, तर उनको आँखामा पनि आँसु देखेँ । हामीले अन्तिम पटक स्क्रिनमा हात हल्लायौँ, र स्काइप बन्द भयो। त्यो हाम्रो अन्तिम कुरा थियो ।
स्काइपले हामीलाई जोड्यो, तर समय र परिस्थितिले हामीलाई छुट्यायो। अब स्काइप बन्द हुँदैछ भन्ने सुन्दा ती मैनबत्तीको उज्यालो र “म तिमीलाई माया गर्छु” लेखिएको कागज सम्झेर मन बिझाउँछ । “
सामाग्री श्रोत :
टेक पाना









