

मोरङ – कोशी प्रदेशसको बर्खे अधिवेशन आगामी जेठ ४ गतेदेखि प्रारम्भ हुने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले उक्त दिन अधिवेशन आह्वानका निम्ति प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज भएको बैठकले उक्त निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता रेवतीरमण भण्डारीले बताए । बैठकले स्थानीय सरकार सेवा (गठन तथा सञ्चालन) नियमावलीउपर प्रदेश लोकसेवा आयोगको परामर्श लिने निर्णय गरेको छ । साथै बैठकले कारखाना तथा ‘वर्कसप’ सञ्चालन निर्देशिका स्वीकृत गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- स्वास्थ्य बीमा बोर्डले वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/०८१ मा जम्मा बिमित जनसंख्या ८२ लदाख ९२ हजार १४१ रहेको छ। सोही आर्थिक वर्ष बीमा दाबीको संख्या भने ९७ लाख ४ हजार ३७८ रहेको छ।
दाबी गरिएका ९७ लाख बढीमा त्यसको ५० प्रतिशत भन्दा बक रुजु एको देखिएको छ। रुजु एवं पूर्ण मूल्याकंन भएको दाबी संख्या जम्मा ४५ लाख ७२ हजार १३६ रहेको छ। जनसंख्या आधारमा २८ प्रतिशत स्वास्थ्य बीमामा समेटिएका छन्।
निजीको औसत दाबी उच्च
बोर्डले आर्थिक वर्ष २०८०/०८१ अस्पतालका प्रकारसहित दाबी संख्या र दर सार्वजनिक गरेको छ। जहाँ सरकारी अस्पताल भन्दा निजी अस्पतालको औसत दाबी रकम तेब्बर देखिएको छ।
निजी अस्पतालमा एक बिरामी बाफत ४ हजार ४६५ रुपैयाँ दाबी गरिएको छ भने सरकारीमा जम्मा १ हजार ६ सय ८५ रहेको छ।
बागतमी तर कोशीमा दाबी प्रतिशत उच्च
दाबी प्रतिशत उच्च हुनेमा बागमती प्रदेश र कोशी प्रदेश रहेका छन्। बागमतीमा जम्मा बीमा गर्ने मध्ये ३२.५ र कोशीमा ३२ प्रतिशतले बीमा दाबी गरेका छन्। जबकी सुदूरपश्चिम, कर्णाली र मधेशमा बीमा गर्ने १०० जनामा जम्मा ४ जना भन्दा कमले बीमाको सुविधा लिएको देखिएको छ।
धेरै दाबी गरिने रोग उच्च रक्तचाप र मधुमेश
बीमाबाट धेरै दाबी गरिने रोगमा उच्च रक्तचाप र मधुमेश देखिएका छन्। दाबी संख्याको ८.१ प्रतिशत उच्च रक्तचाप, ७ प्रतिशच टाइप २ मधुमेह रहेका छन्।
हेर्नुहोस् प्रतिवेदनको पूर्णपाठ
सामाग्री श्रोत :
swasthyakhabar

मोरङ। कोशी प्रदेशसको बर्खे अधिवेशन आगामी जेठ ४ गतेदेखि प्रारम्भ हुने भएको छ।
प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले उक्त दिन अधिवेशन आह्वानका निम्ति प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज भएको बैठकले उक्त निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता रेवतीरमण भण्डारीले बताए।
बैठकले स्थानीय सरकार सेवा (गठन तथा सञ्चालन) नियमावलीउपर प्रदेश लोकसेवा आयोगको परामर्श लिने निर्णय गरेको छ। साथै बैठकले कारखाना तथा ‘वर्कसप’ सञ्चालन निर्देशिका स्वीकृत गरेको छ।
सामाग्री श्रोत :
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले मन्त्रालयअन्तर्गतको डिजिटल प्रविधिलाई तत्काल स्तरोन्नति गरी नागरिकलाई प्रभावकारी सेवा दिन निर्देशन दिएका छन्। गोरखापत्रमा प्रकाशित समाचारअनुसार, श्रम संसार पोर्टलमा वैदेशिक रोजगार, सीप विकास र रोजगारसम्बन्धी सेवाहरूलाई स्थानीय तहमै उपलब्ध गराउने गरी प्रणालीलाई विस्तार गर्नुपर्ने मन्त्रीको निर्देशन छ।
मंगलबार मन्त्रालयमा आयोजित छलफलमा मन्त्री भण्डारीले श्रम बजार सूचना प्रणाली निर्माणमा ढिलाइ नगर्न पनि निर्देशन दिएका छन्। उनले आन्तरिक रोजगार व्यवस्थापन महाशाखालाई डिजिटलाइजेसनको नेतृत्व गर्न र मिति तोकेर काम अघि बढाउन आग्रह गरेका थिए।
आगामी वर्षदेखि राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम, सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगार बोर्ड, र व्यावसायिक सिप प्रतिष्ठानमार्फत् सेवा प्रवाह हुने पनि मन्त्री भण्डारीले बताएका छन् । छलफलमा सूचना प्रविधि विज्ञ, मन्त्रालयका अधिकारी, विश्व बैंक, स्विस कन्ट्याक्ट, सामी, र रेमी परियोजनाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
पछिल्लो अध्यावधिक: बैशाख २४, २०८२ ९:५३
सामाग्री श्रोत :
टेक पाना

काठमाडौं – भारत र पाकिस्तानबीचको तनाव उच्च बिन्दुमा पुगेको बेला चीनले पहिलो पटक मुख खोलेको छ । चिनियाँ विदेश मन्त्रालयले पाकिस्तानमाथि भारतीय सैन्य कारबाहीलाई खेदजनक भनेको छ ।
दक्षिण एसियाका दुई ठूला मुलुकबीच बढेको तनावबारे सोधिएको प्रश्नमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भनेकी छन्, ‘हामी त्यहाँ भइरहेको सबै गतिविधिलाई चासोपूर्वक हेरिरहेका छौँ । आज बिहानै भारततर्फबाट भएको सैनिक अप्रेसन खेदजनक छ । दुवै देशलाई शान्त र संयम रहन आग्रह गरेका छौँ । थप नराम्रो घटनातर्फ नजान भनिरहेका छौँ ।’
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत(पाकिस्तानबीच जारी आक्रमण चाँडै अन्त्य हुने विश्वास व्यक्त गरेका थिए । ‘मैले आक्रमणबारे भर्खरै सुनेँ । दुई मुलुकबीच दशकौंदेखि द्वन्द्व छ । मेरो आशा छ अहिलेको आक्रमण चाँडै सकिने छ,’ पत्रकारहरूले भारत–पाकिस्तानबीच सुरू भएको आक्रमणबारे ट्रम्पले उत्तर दिँदै भनेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य कर कोष सचिवालयले ‘स्वास्थ्यमन्त्री ब्लूम्बर्ग जनस्वास्थ्य पुरस्कार’का लागि आवेदन माग गरेको छ। सचिवालयले सार्वजनिक सूचना जारी गर्दै पुरस्कारका लागि आवेदन माग गरेको हो।
सुर्तीजन्य पदार्थको आयात, उत्पादन, विक्री, बितरण तथा सेवन गर्ने कार्यलाई न्यूनिकरण, नियन्त्रण तथा नियमन गर्ने कार्यमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति, संघ संस्था, कानून कार्यान्वयन गर्ने निकाय तथा त्यस्तो निकायमा कार्यरत कर्मचारीमध्ये उत्कृष्ठ ६ लाई पुरस्कार दिइने जनाएको छ।
छनौट भएका व्यक्ति तथा संस्थालाई आगामी ३१ मे का दिन विश्व धूम्रपान रहित दिवसका अवसरमा पुरस्कार प्रदान गरिनेछ।
पुरस्कार सुर्तीजन्य पदार्थको आयात, उत्पादन, बिक्री, बितरण गर्ने कार्यलाई न्यूनिकरण, नियन्त्रण तथा नियमन गर्न वा धूम्रपान तथा सूर्ति सेवन गर्ने कार्य बिरुद्ध जनचेतना जगाउने कार्यमा वा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन सम्बन्धी प्रचलित कानून कार्यान्वयनमा योगदान पुर्याउने व्यक्ति, पत्रकार, संघ-संस्था, कानून कार्यान्वयन गर्ने निकाय तथा त्यस्तो निकायमा कार्यरत कर्मचारीलाई यो पुरस्कार दिइनेछ।
पुरस्कारका लागि व्यक्ति तथा संस्थाले आगामी ३० बैशाख भित्र आवेदन पेश गर्नुपर्नेछ।
पुरस्कारको स्रोत ब्लूम्बर्ग फिलान्थ्रोपिक अवार्ड हो । सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण सम्वन्धी उत्कृष्ठ कानून बनाएको भन्दै नेपालले पाएको अन्तराष्ट्रिय पुरस्कारको राशीबाट यो पुरस्कारको थालनी भएको हो।
स्वास्थ्य मन्त्रालयले सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण गर्न बनाएको कानुन अन्तर्गत सुर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत भागमा चेतावनीमुलक घातक चित्र राख्नुपर्ने व्यवस्था गरेपछि सन् २०१५ मा नेपालले ब्लूम्बर्ग फिलान्थ्रोपिक अवार्ड प्राप्त गरेको थियो ।
सामाग्री श्रोत :
swasthyakhabar

भीमफेदी (मकवानपुर)। राक्सिराङ गाउँपालिका–९ अठारेस्थित भित्री सडकखण्डमा यात्रीवाहक सवारीसाधन दुर्घटना हुँदा नौ जना घाइते भएका छन् भने छ जनाको अवस्था गम्भीर छ ।
मकवानपुरको खैराङबाट मनहरीतर्फ आउँदै गरेको बा१५च १३३३ नम्बरको सवारीसाधन बिहान दुर्घटना हुँदा राक्सिराङका–९ का १६ वर्षीय हिमाल बस्नेत, ३५ वर्षीय बुद्धिमान घलान, ७५ वर्षीय डिलबहादुर घलान र उहाँकी पत्नी ७० वर्षीया फूलमाया घलान, ३८ वर्षीय रुपबहादुर राउत र ४८ वर्षीय दीपक खड्का गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।
दुर्घटनामा ५० वर्षका सूर्य अधिकारी र १४ वर्षका कुमार तामाङ, राक्सिराङ गाउँपालिका–९ निवासी २८ वर्षका सुजन तामाङलाई भने सामान्य चोट लागेको छ । दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी कान्द्राङबाट प्रहरी सहायक निरीक्षक भरतकुमार खड्काको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार गरेको थियो । घाइतेहरूको मनहरी अस्पतालमा उपचार भइरहेको छ ।
सामाग्री श्रोत :
मकवानपुरको राक्सिराङमा सवारी दुर्घटना: नौ जना घाइते, ६ जनाको अवस्था गम्भीर
काठमाडौँ । नेपालमा मोबाइल डेटाको खपत कम भइरहेको समयमा सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले मोबाइल डेटा बचत गर्ने उपायहरू सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो फेसबुक पेजमार्फत् प्रयोगकर्तालाई मोबाइल डेटा बचत गर्ने उपाय सुझाएको हो । नीजि कम्पनी एनसेल लगायत विश्व बजारमा दूरसञ्चार कम्पनी मोबाइल डेटाको खपत बढाउनका लागि विभिन्न डेटा योजनाहरू सार्वजनिक गरिरहँदा नेपाल टेलिकमले भने विभिन्न उपायसहित मोबाइल डेटा कम गर्न आग्रह गरेको हो ।
यी हुन् टेलिकमले सुझाएका उपायहरू:
१. वाईफाई उपलब्ध हुँदा सोको प्रयोग गर्ने
एनटी-एफटीटीएच उपलब्ध भएको ठाउँमा मोबाइल डेटा बन्द गरेर वाईफाई स्विच गर्नुहोस्
२. डेटा सेभर मोड अन गर्ने
स्मार्टफोनमा उपलब्ध डेटा सेभर मोड अन गर्दा पृष्ठभूमिमा चल्ने एपहरूको डेटा प्रयोग कम हुन्छ । यसको लागि मोबाइलको सेटिङमा गएर नेटवर्क एन्ड इन्टरनेट अप्सनमा ट्याप गरी डेटा सेभरको टोगलको आईकनलाई अन गर्नुहोस्
३. अटो अपडेट बन्द गर्ने
मोबाइल एपहरू आफैं अपडेट हुँदा डाटा धेरै खर्च हुने भएकाले सेटिङमा गई ‘Over Wi-Fi only’ राख्न सुझाव दिइएको छ।
४. उच्च गुणस्तरको स्ट्रिमिङ नियन्त्रण गर्ने
युट्युब जस्ता प्लेटफर्ममा भिडियो हेर्दा गुणस्तर कम गरेर हेर्न सल्लाह दिइएको छ जसले डाटा खपत कम गर्छ।
५. ब्याकग्राउन्ड डेटा चल्ने एपहरू नियन्त्रण गर्ने
अनावश्यक एपहरू ब्याकग्राउन्डमा नचल्ने गरी सेटिङमा गई नियन्त्रण गर्न सकिन्छ।
६. समय–समयमा डेटा प्रयोग अनुगमन गर्ने
एनटी एप वा *१४५५*५५# डायल गरेर आफ्नो डेटा बाँकी अवस्थाबारे जानकारी लिँदा अनावश्यक डेटा खपत रोकिन्छ।
पछिल्लो अध्यावधिक: बैशाख २४, २०८२ ८:५६
सामाग्री श्रोत :
टेक पाना

गलकोट –बागलुङ नगरपालिका–४ श्रीनटोलमा तीनतलामाथि बाट खसेर एक जना वृद्धाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख तिलक भारतीका अनुसार आज बिहान ४ः४५ बजे तेस्रो तलाको झ्यालबाट खसेर ९१ वर्षीया ज्ञानमाया खड्काको घटनास्थलमै मृत्यु भएको हो । शव परीक्षणका लागि लागि धवलागिरि प्रादेशिक अस्पतालमा राखिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

एजेन्सी। कश्मीरमा पाकिस्तानी सेनाको गोलाबारीमा तीन भारतीय नागरिकको मृत्यु भएको छ। भारतीय सेनालाई उदृत गर्दै समाचार संस्था रोयटर्स र एफपीले तीन भारतीय नागरिकको मृत्यु भएको बताएका छन्।
यसैबीच, पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरिफ चौधरीले भारतीय आक्रमणमा दुई बालबालिकासहित सातजनाको मृत्यु भएको जनाएका छन् । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले भारतीय आक्रमणप्रति कडा जवाफ दिने चेतावनी दिएका छन्।
सामाग्री श्रोत :









