२०८३ बैशाख २८ सोमबार
२०८३ बैशाख २८ सोमबार

काठमाडौं- स्वास्थ्य बीमाको नवीकरण पेमेन्ट वालेट र आइपीएसजस्ता सेवाप्रदायकबाट गर्न सकिने भएको छ।

स्वास्थ्य बीमा बोर्डले हालै यस्तो व्यवस्था गरेको कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले बताए। नागरिक एपमार्फत लिंक गरेर यसरी अनलाइन नवीकरणको व्यवस्था गरिएको हो।

अब मोबाइलबाटै सजिलै नवीकरण गर्न सकिने भए पछि सेवाग्राहीलाई सहजता हुने विश्वास बोर्डले गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले हालै स्वास्थ्य बीमाको सुधारमार्फत नागरिकलाई सहज सेवा दिन प्रयास गरिरहेका छन्। जसका लागि आफू बसेको ठाउँबाट सेवा लिन सकिने तथा दर्ता गरेको तीन महिनाबाट एक महिनाभित्रै सेवा लिन सकिने गरी मन्त्री पौडेलको प्रस्ताव मन्त्रीपरिषद बैठकबाट निर्णय भएर कार्यान्वयनमा आएको छ।

अनलाइन नवीकरण विगतमा नै निर्णय भए पनि अभ्यासमा आएको थिएन। अब नागरिकले तत्काल यो सेवाबाट नवीकरण गर्न सक्ने सूचना अधिकारी विकेस मल्लले जानकारी दिए। 

हाल एजेन्टमार्फत मात्र बीमा नवीकरण गरिने व्यवस्था छ। यसले चाहेको समयमा तत्काल नवीकरण गर्न चाहनेलाई समस्या छ। यही समस्या हटेर नवीकरण दर वृद्धि हुने अपेक्षा बोर्डले गरेको छ। 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं। हामी सबैलाई थाहा छ फलफूल स्वास्थ्यको लागि धेरै फाइदाजनक हुन्छ। तर केही फलफूल मात्र होइन, यसको पात पनि स्वास्थ्यको लागि अद्भुत हुने गर्दछ। र मेवा ती मध्ये एक हो।

मेवाको पातको रस पिउनाले शरीरलाई धेरै फाइदा पुर्‍याउन सक्छ। मेवाको पातमा भिटामिन ए, भिटामिन बी, भिटामिन सी, भिटामिन डी र भिटामिन ई जस्ता तत्वहरू साथै एन्टी(अक्सिडेन्ट, फ्लेभोनोइड्स, क्यारोटिन हुन्छन्, जसले शरीरलाई धेरै समस्याहरूबाट टाढा राख्न मद्दत गर्दछ।

मेवाको पात प्लेटलेट्स बढाउन उपयोगी हुने गर्दछ। दैनिक मेवाको पातको रस सेवन गर्नाले शरीरलाई धेरै फाइदाहरू प्रदान गर्न सक्छ। त्यसैले जानौं कसले यसको सेवन गर्नुपर्छ।

मेवाको पातको रस पिउनुका फाइदाहरू

१. पाचन:

मेवाको पातको रस पिएर पाचन राम्रोसँग राख्न सकिन्छ। किनभने यसमा पाइने इन्जाइमहरूले खाना छिटो पचाउन मद्दत गर्न सक्छ।

२. रोग प्रतिरोधात्मक क्षमता(

मेवाको पातको रस सेवन गर्दा रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन सकिन्छ। यसमा धेरै यस्ता तत्वहरू हुन्छन् जसले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै संक्रमणको समस्याबाट पनि बचाउन मद्दत गर्दछ।

३. छाला:

छालामा डण्डीफोरको समस्या भएमा मेवाको पातको पेस्ट बनाएर लगाउनाले वा यसको रस पिएमा डण्डीफोरको समस्याबाट छुटकारा पाउन सकिन्छ।

४. डेंगु:

डेंगुमा मेवाको पातको रस सबैभन्दा लाभदायक मानिन्छ। यो रसले यो रोगसँग लड्न मद्दत गर्न सक्छ।

५. ब्लड शुगर:

मेवाको पातको रस सेवन गर्नाले ब्लड शुगर नियन्त्रण गर्न मद्दत गर्न सक्छ। मधुमेहका बिरामीहरूले पनि यसको सेवन गर्न सक्छन्।


सामाग्री श्रोत :

मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

काठमाडौँ । अमेरिकाको एक सङ्घीय अदालतले इजरायली जासुसी सफ्टवेयर (spyware) कम्पनी एनएसओ ग्रुपले ह्वाट्सएप (WhatsApp) तथा यसको मूल कम्पनी मेटा (Meta) लाई करिब १७ करोड डलर (करिब २२ अर्ब ६४ करोड रुपैयाँ) क्षतिपूर्ति तिर्नुपर्ने आदेश दिएको छ । सन् २०१९ मा करिब १,४०० ह्वाट्सएप अकाउन्ट ह्याक गर्नका लागि कम्पनीको साइबर उपकरण प्रयोग गरिएको सम्बन्धमा यो आदेश आएको हो ।

सोमबार आएको फैसला अनुसार, एनएस‌ओ ग्रुपले ह्वाट्सएपलाई लगभग १६ करोड ७० लाख डलर दण्डात्मक क्षतिपूर्ति (punitive damages) र चार लाख ४० हजार डलर भन्दा बढी क्षतिपूर्ति (compensatory damages) तिर्नुपर्नेछ । एनएसओ ग्रुप हालका वर्षहरूमा स्पाइवेयर सफ्टवेयर बजारको एक प्रमुख खेलाडी बनेको छ, जसलाई विभिन्न देशका सरकारहरूले असन्तुष्ट (dissidents), पत्रकार, र राजनीतिज्ञहरूको निगरानी गर्न प्रयोग गर्छन् । सन् २०१९ मा सुरु भएको कानुनी लडाइको पछिल्लो कडीको रूपमा यो फैसला आएको हो । 

ह्वाट्सएपले सन् २०१९ मा अदालतमा उजुरी दर्ता गरेको थियो, जसमा भिडिओ कलिङ सिस्टम दुरुपयोग गरेर करिब १,४०० ह्वाट्सएप प्रयोगकर्ताहरूलाई मालवेयर पठाउन खोजिएको कुरा उल्लेख थियो । यी प्रयोगकर्ताहरूमध्ये धेरै नागरिक समाज समूहका लागि काम गर्थे ।

यसअघि, एनएसओ ग्रुपलाई ह्वाट्सएप प्रयोगकर्ता अकाउन्ट ह्याक गरेकोमा दोषी ठहर गरिएको थियो । यो फैसलाले जासुसी तथा दुर्भावनापूर्ण सफ्टवेयर बनाउने कम्पनीहरू विरुद्ध मुद्दा चलाउनको लागि एउटा नजिर स्थापित गरेको छ । न्यायाधीश फिलिस ह्यामिल्टनले सन् २०१९ को अभियानमा सङ्घीय र क्यालिफोर्निया ह्याकिङ कानुनहरू उल्लङ्घन गरेको र ह्वाट्सएपको सेवा सर्तहरू तोड्ने कार्यमा एनएसओ ग्रुप दोषी रहेको निर्णय सुनाएका थिए । 

मेटाले यस फैसलालाई गोपनीयता र सुरक्षाको लागि ठुलो जितको रूपमा लिएको छ । कम्पनीले यो ‘अवैध जासुसी सफ्टवेयरको विकास र प्रयोग विरुद्धको पहिलो जित’ भएको बताएको छ । मेटाले जासुसी सफ्टवेयर दुरुपयोगबारे अध्ययन गर्ने अनुसन्धानकर्ताहरूलाई मद्दत गर्न एनएसओ ग्रुपका अधिकारीहरूको बयानको भिडिओ ट्रान्सक्रिप्टहरू सार्वजनिक गर्ने योजना बनाएको छ । यो प्रकरणमा प्राप्त हुने क्षतिपूर्ति डिजिटल अधिकारको क्षेत्रमा क्रियाशिल सङ्गठनहरूलाई दान गरिनेछ ।

एनएसओ ग्रुपले भने आफ्नो पेगासस (Pegasus) जासुसी सफ्टवेयर हाई-प्रोफाइल अपराधीहरूलाई समात्ने जस्ता असल कामहरूमा प्रयोग भएको तर्क गर्दै आएको छ । कम्पनीका ग्लोबल कम्युनिकेसनका उपाध्यक्ष गिल लाइनरले यो निर्णय एक ‘लामो कानुनी प्रक्रियाको अर्को चरण’ भएको र फैसलाको विवरणहरू ध्यानपूर्वक जाँच गरेर अपील सहित उपयुक्त कानुनी उपायहरू अपनाउने बताएका छन् । उनले आफ्नो प्रविधि गम्भीर अपराध र आतंकवाद रोक्न महत्त्वपूर्ण भूमिका खेल्न र आधिकारिक सरकारी निकायरूद्वारा जिम्मेवारीपूर्वक प्रयोग हुने बताएका छन् । 

सिटिजन ल्याबका वरिष्ठ अनुसन्धानकर्ता जोन स्कट-रेलटन ह्वाट्सएप अकाउन्टहरूको प्रारम्भिक ह्याकिङ अनुसन्धानमा सहयोग गरेका थिए । उनले एनएसओ ग्रुप उसको व्यवहारका लागि दण्डित हुन जरुरी बताएका छन् । “धेरै जसो अमेरिकी प्रविधि कम्पनीहरूलाई ह्याक गरेर लाखौँ कमाउँछ… ताकि तानाशाहहरूले असन्तुष्टहरूलाई ह्याक गर्न सकून्” उनले भनेका छन् । स्कट-रेलटनले यो फैसलाले एनएसओ ग्रुपलाई ‘गम्भीर रूपमा क्षति’ पुर्‍याएको र यसले उसका ग्राहकहरूलाई त्रासमा राख्ने बताएका छन् ।

यसअघि एप्पलले पनि आफ्ना ग्राहकहरूमाथि जासुसी सफ्टवेयर प्रयोग गरिएको भन्दै एनएसओ ग्रुप विरुद्ध मुद्दा दायर गरेको थियो । तर संवेदनशील डेटा खुल्ने डरले गत वर्ष सो मुद्दा फिर्ता लिएको थियो । सन् २०२१ मा एनएसओ ग्रुपलाई अमेरिकी वाणिज्य विभागको इकाई सूची (entity list) मा थपिएको थियो, जसले गर्दा यसलाई अमेरिकामा व्यापार गर्न गाह्रो भएको छ । युरोपेली संसदले पनि आफ्ना सदस्य देशहरूमा पेगाससको प्रयोगको अनुसन्धान गर्न एक समिति गठन गरेको छ ।

पेगासस सफ्टवेयर फोन, ल्यापटप र अन्य इलेक्ट्रोनिक उपकरणहरूमा इन्स्टल गरेर प्रयोगकर्ताहरूलाई थाहै नदिई जासुसी गर्न प्रयोग गरिन्छ । पहिला एनएसओ ग्रुपको सफ्टवेयरलाई फोनमा डाउनलोड गर्नका लागि प्रयोगकर्ताले ह्वाट्सएपमार्फत पठाइएका टेक्स्ट मेसेज वा फोटोहरूमा क्लिक गर्नुपर्ने हुन्थ्यो । तर नयाँ भर्सनहरूमा भने प्रापक प्रयोगकर्ताले कुनै प्रतिक्रिया नजनाए पनि पठाइएको टेक्स्ट मेसेजमार्फत फोन ह्याक गर्न सक्ने क्षमता राख्छन् । परीक्षणका क्रममा एनएसओ ग्रुपले अन्य मेसेजिङ एपहरू ह्याक गर्ने प्रविधि पनि विकास गरेको खुलासा भएको छ ।

यो फैसलालाई गैरकानुनी जासुसी सफ्टवेयर उद्योग विरुद्ध लड्न र डिजिटल गोपनीयताको रक्षा गर्न एक महत्त्वपूर्ण कदम मानिएको छ । 

पछिल्लो अध्यावधिक: बैशाख २४, २०८२ ११:१४





सामाग्री श्रोत :
टेक पाना

पोखरा – वडाध्यक्षले प्रशासन शाखा प्रमुखमाथि हातपात गरेपछि पोखरा महानगरपालिकाका कर्मचारीले सेवा ठप्प पारेका छन्।

वडाध्यक्ष पराजुलीले मङ्गलवार प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रशासन महाशाखा प्रमुख ईश्वरीप्रसाद पोख्रेललाई हातपात गरेका हुन्।

मङ्गलवार अध्यक्ष देवकृष्ण पराजुलीले हातपात गरेको भन्दै व्यवसायी लेखनाथ सुवेदीले प्रहरीमा उजुरी दिएका छन्।

महानगरपालिकाका कर्मचारीलाई तालिममा पठाउँदा सल्लाह नगरेको भन्दै आफूमाथि हातपात गरेको प्रशासन शाखा प्रमुख पोख्रेलले बताए।

प्रशासकीय अधिकृतको कार्यकक्षमा पुग्दा साथ वडाध्यक्षले अपशब्द बोल्दै हातपात गरेको उनको आरोप छ। वडाध्यक्षले उक्त समयमा मादक पदार्थसमेत सेवन गरेको पोख्रेलको दाबी छ।

Ncell 2
Ncell 2

महानगरका विभिन्न कर्मचारी सङ्घ सङ्गठनले विज्ञप्ति निकालेर घटनाको सत्य तथ्य छानबिन सहित दोषीलाई कारबाहीको माग गरिएको छ। 

स्थानीय तह कर्मचारी युनियनका अध्यक्ष अमिर भण्डारी, स्थानीय तह कर्मचारी सङ्घका अध्यक्ष रेशम जिसी, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष नेत्रप्रसाद तिमिल्सिना र एकीकृत सरकारी कर्मचारी सङ्गठनका अध्यक्ष डिल्लीराम गिरीले उपमेयर मन्जुदेवी गुरुङलाई ध्यानाकर्षण पत्र लेखेर दोषीमाथि कारबाहीको माग गरेका हुन्। 

‘घटनामा संलग्न व्यक्ति उपर २४ घण्टाभित्र कानुन बमोजिम कारबाही गर्न ध्यानाकर्षण गर्दछौँ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘अन्यथा वैशाख २४ देखि महानगरपालिका कार्यालय र वडा कार्यालयमा समेत कामकाज ठप्प पारी आन्दोलनका कार्यक्रम अगाडि बढाइने जानकारी गराइन्छ।’

shivam cement
shivam cement


 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले स्थापनको  २३ वर्षमा हालसम्म चिकित्सा क्षेत्रका  ३ हजार ६ सय ८० जनशक्ति उत्पादन गरेको छ। 

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकूलपति डा भुपेन्द्र कुमार बस्नेतका अनुसार डीएम/एमसीएच (सुपर स्पेसलिस्ट रिसर्च डिग्री), एमडी/एमएस (स्पेसलिस्ट)  र नर्सिङ गरी हालसम्म न्याम्सले ३ हजार ६ सय ८० जनशक्ति उत्पादन गरेको हो। 

हाल  १५०० विद्यार्थीले न्याम्समा चिकित्सा शास्त्र अध्ययन गरिरहेका उनले बताए। विसं २०५९ मा सरकारले अध्यादेश जारी गरी वीर अस्पताललाई न्याम्समा स्तरोन्नति गरेको थियो। 

प्रतिष्ठानका रूपमा कार्यरत वीर अस्पताललाई २०६३ सालमा सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन नै जारी गरेर विभिन्न शैक्षिक कार्यक्रम (एमडी/एमएस) साथै चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवामा आधारित अनुसन्धानमूलक शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको छ।

१३५ वर्ष लामो इतिहास बोकेको वीर अस्पतालले हाल ७२ शय्याको आइसियू तथा ३८ शय्याको एचडियू सहित करिब ९ सय ६६ शय्याबाट सेवा दिइरहेको वीर अस्पतालका निर्देशक डा दिलीप शर्माले बताए। वीर अस्पतालले मेडिकल तथा सर्जिकल विभाग मार्फत् विशिष्टीकृत सेवाहरु प्रदान गरिरहेको छ। 

गत वर्ष  वीर अस्पतालले बहिरंग सेवामार्फत् ६ लाख ३५ हजार २ शय ८६, आकस्मिकमा करिब ३ लाख ३६ हजार,वार्डमा भर्ना भई सेवा लिने करिब २० हजार ८ सय बिरामीलाई सेवा दिएको डा शर्माले बताए। 

पछिल्लो समय वीर अस्पतालमा बिरामीहरुको चाप बढ्दो  छ। अस्पतालमा शल्यक्रिया तथा अन्य सेवाका लागि देशभरिबाट नै बिरामीहरु रेफर गरिन्छ। अस्पतालले एक वर्षमा करिब २२ हजार शल्यक्रिया गरेको ५ हजार मेजर शल्यक्रिया गरेको थियो। 

वीर अस्पतालमा सिटीस्कयान, एमआरआई, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, कोलोनोस्कोपी, इकोकार्डियोग्राफी, एन्जियोग्राम, एन्जियोप्लाष्टी लगायतका सेवाहरु प्रदान गरिदै आइएको छ। अस्पतालले २ वटा सिटी र १ एमआरआई मेसिनले रेडियोलोजी सेवा दिदै आइरहेको छ। 

वर्षमा ८ हजार भन्दा बढी एमआरआई तथा करिब १८ हजार सिटीस्क्यान अस्पतालले गर्दै आइरहेको छ। अस्पतालमा सुरु भएर रोकिएको जलन उपचार सेवालाई पुन सूचारु गरिएको छ। त्यस्तै फार्मेसी सेवालाई थप विस्तार, अस्पताल सेवालाई डिजिटल बनाइएको,भिआईपी बेड थप,बाथ मुटु रोग सेवा, नाक कान घाँटी विभागअन्तर्गत कक्लियर इम्प्लान्ट लगायतका सेवालाई थप विस्तार गरिएको निर्देशक डा शर्माले बताए। 


 

सामाग्री श्रोत :
swasthyakhabar

दोधारा चाँदनी (कञ्चनपुर) । हुलाकी राजमार्गको काम अन्तिम चरणमा पुगेको छ। कञ्चनपुरको डोकेबजारदेखि बेदकोट नगरपालिकाको दैजीसम्मको ६२ किलोमिटर सडक तीन खण्डमा निर्माणका लागि २०७३ फागुनमा सम्झौता भएको थियो। केही भागमा विवादका कारण निमार्ण ढिलाइ भएपनि ४४ किमी सडक कालोपत्र भएको छ।

हुलाकी राजमार्ग योजना कार्यालय, धनगढीका प्रमुख मुकुन्द लामिछानेले राजमार्गको तीन वटा खण्ड मध्ये एउटा खण्ड निमार्ण सम्पन्न भएको जानकारी दिए। पहिलो खण्डमा मर्मत र रङ्गरोगनको काम मात्र बाँकी छ। अन्य दुई खण्डको कालोपत्रेको काम पनि अन्तिम चरणमा छ।

‘बेलौरीको ककत्तामा केही विवादका कारणले दोस्रो खण्डको ८८ मिटर सडक निमार्ण हुन सकेको छैन,’ उनले भने, ‘उक्त ठाउँमा विवाद भइराख्ने भएकाले निमार्ण कम्पनीले काम गर्न सक्ने अवस्था छैन।’ बाइस किमीको तेस्रो खण्डमा ११ किलोमिटर कालोपत्रेको काम बाँकी छ।

डोकेबजारदेखि बेलौरीसम्मको पहिलो प्याकेजको २० किमी ३६ करोड ४७ लाखमा निमार्णभएको हो। बेलौरीदेखि बेल्डाडीसम्मको दोस्रो खण्ड २० किमी प्याकेजको लागत ४१ करोड ४१ लाख छ। हुलाकी सडकको तेस्रो खण्ड बेल्डाडीदेखी दैजीसम्म २२ किमी छ।

दक्षिणी क्षेत्रका नागरिकले कञ्चनपुर सदरमुकाम महेन्द्रनगर आवतजावत गर्न भारतीय बाटो भएर धनगढी हुँदै आउनुपर्ने बाध्यता थियो। सरकारले डोकेबजारदेखि बेदकोट नगरपालिकाको दैजीसम्म ६२ किमी हुलाकी सडक निमार्ण गरेपछि भने यहाँका नागरिकलाई राहत मिलेको छ। कञ्चनपुरको दक्षिणी क्षेत्रमा पुर्नवास र बेलौरी नगरपालिका लालझाडी र बेल्डाडी गाउँपालिका गरि चार पालिका छन्।

चार वटै पालिकाको दक्षिणतर्फ भारतीय खुल्ला सिमानाका छ। अर्कोतर्फ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका कारण यहाँका नागरिकको सहज पहुँच महेन्द्रनगरसम्म थिएन। २०६२/६३ सम्म पनि यातायातको असुविधाका कारण यहाँका नागरिक पैदलमार्ग भएर महेन्द्रनगर सदरमुकाम आवतजावत गर्थे।

‘वर्षातको समयमा यातायात सेवा बन्द हुँदा बेदकोटको दैजीदेखी बेल्डाडीसम्म पैदल आवतजावत गर्नुपर्ने बाध्यता थियो,’ यहाँका स्थानीय सन्तोष विष्टले भने, ‘त्यो बेलाको पैदल मार्ग पछि हुलाकी राजमार्गमा परिणत भएको हो।’

सडक सञ्जालको विस्तार गरी आर्थिक–सामाजिक विकास, व्यापार सहजीकरण मार्फत आर्थिक समृद्वि हासिल गर्ने योजना अनुसार सरकारले हुलाकी राजमार्ग निमार्ण गरेपछि यसले आर्थिक एवं सामाजिक परिवर्तन ल्याएको शिक्षक केवश विष्ट बताउँछन। ‘महेन्द्रनगर आवतजावत गर्न भारतको बाटो भएर जानुपथ्र्यो,’ उनले भने, ‘हुलाकी राजमार्ग बनेपछि यहाँका नागरिकलाई धेरै राहत भएको छ।’

उनले हुलाकी राजमार्ग सञ्चालनमा आएपनि यहाँको आर्थिक, सामाजिक विकासमा महत्वपूर्ण टेवा पुगेको बताए। ‘अहिले यहाँका किसानहरुले आफ्नो उत्पादन सहज रुपमा बिक्रि गर्न पाएका छन बिहानै धनगढी बजारबाट दुध किन्न गाडी आउँछ,’ उनले भने, ‘स्वास्थ्य र शिक्षामा समेत सहज पहुँच भएको छ। हुलाकी राजमार्ग भएर एक घन्टामा धनगढी पुग्न सकिन्छ,यो राजमार्ग यहाँको लागि ‘लाइफ लाइन’ नै हो।’ उनका अनुसार हुलाकी राजमार्ग बनेपछि यहाँका कृषि उत्पादनले बजार पाएको छ। सडक सञ्जालको पहुँचले यहाँका नागरिकहरुलाई धेरै सहज भएको छ।

हुलाकी राजमार्ग निमार्ण पछि यहाँको जग्गाको मुल्य वृद्धि भएको यहाँका स्थानयि बताउँछन। यहाँका स्थानीय सुरत मल्लका अनुसार हुलाकी सडक बन्नुपूर्व यहाँका कठ्ठाको चार/पाँच लाख रुपयामा खरिद बिक्रि हुन्थ्यो। राजमार्ग बनेपछि २० लाखसम्ममा बिक्रि हुने गरेको छ।

‘त्यो बेला त धेरै दुःख पाएका हौ हामीले यहाँ अहिले त सडकले आनन्द छ,’ उनले भने, ‘स्थानीय सरकार आएपछि भित्रभित्रका सडक पनि कालोपत्रे हुन थालेका हुन।’ रासस


सामाग्री श्रोत :

हुलाकी राजमार्ग : ४४ किमी कालोपत्र, काम अन्तिम चरणमा

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूलाई एटीएम कारोबार सम्बन्धी समस्या भएमा तत्काल सहायता प्रदान गर्न सक्ने व्यवस्था गर्न निर्देशन दिएको छ । 

मंगलबार एक सूचना जारी गर्दै आफ्नो एटीएम रहेको स्थानमा सम्बन्धित कर्मचारीको नाम, सम्पर्क नम्बर लगायतका विवरण राख्न निर्देशन दिएको हो । उक्त विवरण राख्दा सबैले बुझ्न सक्ने गरि अङ्ग्रेजी र नेपाली भाषामा नै उपलब्ध गराउन समेत भनेको छ ।

यस्ता विवरण राखेमा ग्राहकहरूले एटीएम सम्बन्धी कारोबारमा केही समस्या भएमा तत्कालै सम्पर्क गरेर आफ्ना जानकारी राख्न सक्नेछन् । यसले समस्या समाधानको प्रक्रियामा जान पनि छिटो र सहज हुने बताइएको छ ।

यस्तै, एटीएममा केही प्राविधिक समस्या आएर सञ्चालन हुन नसकेमा बैङ्क तथा वित्तीय संस्थाले यसको जानकारी तत्कालै एटीएम भएका स्थानसम्म पुर्‍याउनु पर्ने प्रावधान रहेको राष्ट्र बैङ्कले जनाएको छ ।  

पछिल्लो अध्यावधिक: बैशाख २४, २०८२ १२:३२





सामाग्री श्रोत :
टेक पाना

एजेन्सी–संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले भारत र पाकिस्तानलाई सैन्य संयमित हुन आह्वान गरेका छन्। 

राष्ट्रसङ्घका प्रमुख गुटेर्रेसले आफ्ना प्रवक्ताले जारी गरेको एक पत्रमा नियन्त्रण रेखा र पाकिस्तानसँगको अन्तर्राष्ट्रिय सीमामा भारतीय सैन्य कारबाहीप्रति गहिरो चिन्ता व्यक्त गरेका हुन्। 

“विश्वले भारत र पाकिस्तानबीच सैन्य टकराव सहन सक्दैन,” पत्रमा भनिएको छ।

Ncell 2
Ncell 2

सोमबार राष्ट्रसङ्घका महासचिव गुटेर्रेसले दक्षिण एसियाका दुई छिमेकी मुलुकबीचको तनाव ‘केही वर्षयताकै उच्च’ स्थितिमा पुगेको चेतावनी दिएका थिए। 

उहाँले दुवै सरकारलाई तनाव कम गर्न र कूटनीतिलाई बढावा दिनको लागी आफू मातहतका कार्यालयहरूको निर्देशन दिँदै ‘सैन्य समाधान कुनै समाधान नभएको’बताए। 

shivam cement
shivam cement

गुटेर्रेसले अप्रिल २२ मा पहलगाममा भएको आतङ्कवादी आक्रमणको पुनः एकपटक कडा शब्दमा निन्दा गरेका छन्। उनले भने, “सर्वसाधारणलाई निशाना बनाउनु अस्वीकार्य छ र घटनाका लागि जिम्मेवार व्यक्तिहरूलाई विश्वसनीय र कानुनी माध्यमबाट न्यायको कठघरामा ल्याउनुपर्छ।

गत अप्रिल २२ मा भारत प्रशासित काश्मिरको पहलगाममा पर्यटकमाथि भएको घातक आक्रमणपछि भारत र पाकिस्तानबीच तनाव बढेको छ।

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं‍- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन्। खुमलटारस्थित निवासमा गएराति शौचालयमा लडेर उनी घाइते भएको उनकी छोरफ गंगा दाहालले जानकारी दिएकी छिन्।

दाहालका अनुसार प्रचण्ड घाइते भएपछि उपचारका लागि मेडिसिटी अस्पतालमा लगिएको थियो। टाउकोमा  घाउ भएकाले टाँका लगाइएको छ। ‘गएराती बाथरुममा चिप्लिएर बुवाको निधारमा सामान्य बाहिरी चोट लागेकोले नजिकैको मेडिसिटी अस्पतालमा सामान्य चेकजाँचपछि घर फर्केर नियमित काममा संलग्न हुनुभएको जानकारी गराउँदछु। बुवाको स्वास्थ्यबारे चासो र चिन्ता राख्नुहुने सबैमा धन्यवाद’ उनले भनिन्।

अहिले उनी घरमृै आराम गरिरहेको र अवस्था सामान्य रहेको प्रचण्ड सचिवालयले जनाएको छ। 

 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । केई नेपालले वैशाख २६ देखि २८ गतेसम्म काठमाडौँको थापाथालीमा ‘केई एक्सेन्ज कार्निभल २०८२’ आयोजना गर्ने भएको छ । कम्पनीले प्रेस विज्ञप्ति जारी गर्दै कार्यक्रमको घोषणा गरेको हो ।

कार्निभलमा ग्राहकका लागि ईक्विट ०२, ईक्विट ०४ र एक्स थ्री प्रो ईभी लगायतका मोडेलमा आकर्षक अफर प्रदान गरिने कम्पनीले जनाएको छ । ग्राहकले कुनै पनि सवारीसँग केईको यी तीन मोडेल साट्न सक्नेछन् । 

कम्पनीका अनुसार सवारी एक्सेन्जमा तत्काल सवारीको भ्यालुएसन गरिनेछ भने हरेक भ्यालुएसनमा सहभागीहरूले नगद छुटसँगै क्यूएफएक्सको दुईवटा टिकट पनि प्राप्त गर्न सक्नेछन् । साथै बीमा, सडक कर लगायतको सुविधा पनि दिइने कम्पनीले जनाएको छ ।

यस अवधिमा ईक्विट गाडी खरिद गर्ने ग्राहकलाई बोश कम्पनीको जेट कार वाशर र एक्स थ्री प्रो खरिद गर्ने ग्राहकले बोशको वासिङ मसिन सित्तैमा प्राप्त गर्न सक्नेछन् । 

पछिल्लो अध्यावधिक: बैशाख २४, २०८२ ११:५२





सामाग्री श्रोत :
टेक पाना

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट