२०८३ बैशाख २८ सोमबार
२०८३ बैशाख २८ सोमबार

काठमाडौँ । हालै फेसबुकलगायत सामाजिक सञ्जालमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को निवासमा बम भेटिएको भन्दै एउटा भिडिओ तीव्र गतिमा फैलिरहेको छ ।

भिडिओमा सुरक्षाकर्मीहरूले एक व्यक्तिलाई हत्कडी लगाएर लगिरहेको देखिन्छ भने भिडिओमा आवाज दिने व्यक्तिले बम भेटिएको र बम राख्ने व्यक्ति पक्राउ परेको बताएका छन् । भिडिओको क्याप्सनमा पनि बालेनको घरमा बम भेटिएको दाबी गरिएको छ । तर, टेकपाना फ्याक्टचेकले गरेको अनुसन्धानले यो भिडिओ पूर्ण रूपमा गलत र बालेनको निवाससँग असम्बन्धित भएको स्पष्ट पारेको छ । 

दाबी

२०८२ वैशाख २३ गते बिहान १०:४४ बजे ‘मेरो देश नेपाल’ नामक फेसबुक पेजले सनसनी क्याप्सनका साथ भिडिओ पोस्ट गर्‍यो: “बालेन को घरमा बम भेटिएको छ” । ५८ सेकेन्डको उक्त भिडिओमा आवाज दिने व्यक्ति आत्तिएको शैलीमा बोल्छन्, “दर्शकवृन्द यहाँ चिच्याइरहेको अवस्था छ …पक्रिएको छ दर्शकवृन्द बम राख्नेलाई यहाँ एउटा बम भेटिएको थियो । यहाँ तपाईंले देखिरहनु भएको छ—(यसैबिच एक महिला बोल्छिन्- उलाई ठोक्नुस्, यसलाई ठोक्नुस् ।) दर्शकवृन्द प्रहरीले यहाँ बम राख्ने व्यक्तिलाई भेटेर हत्कडी लगाएर ल्याएको छ । दर्शकवृन्द यहाँ बिहानदेखि बम भेटिसकेपछि एक किसिमको कोला.. हानाहान भनिरहेछन्, (ब्याकग्राउन्डमा ठोक ठोक भनेको सुनिन्छ) …(भिडिओमा एक व्यक्ति देखिन्छन् र भन्छन्- ‘मेरो घर पनि यही हो । म ठ्याक्कै बिहान आउँदा खेरी क्रममा चाहिँ– मेरो छिमेकी सुनपसलको दाइले मलाई आएर देखाउनुभयो, चिठ्ठी देखाउनुभयो के..चिठ्ठीमा के लेखिएको थियो भने खोटाङ हलेसी सुनपसलका व्यवसायी उहाँले तपाईंलाई पाँच लाख रुपैयाँ बेलुकासम्म जसरी भए पनि दिनुहोला भनेर लेखेको रहेछ आग्रह गर्नुभएको छ।” चिठीमा के लेख्या थियो भन्दा खेरि उहाँको अ खोटाङ हलेसी सुन पसलको व्यवसायी छ तपाईँले के रे मलाई चाहिै नि पाँच लाख रुपैया चाहिँ नि अ बेलुकासम्म जसरी पनि दिनुहोला भनेर लेखेको रहेछ ।”

भिडिओमा प्रहरीले एक व्यक्तिलाई हत्कडी लगाएर लगिरहेको दृश्य देखिन्छ । घटनास्थलमा मानिसहरूको चिच्याहट र भिडभाड पनि सुन्न सकिन्छ । भिडिओमा बम भेटिएको र बिहानैदेखि हल्लीखल्ली मच्चिएको दाबी गरिएको छ । भिडिओअनुसार त्यहीँ नजिकै रहेका खोटाङ हलेसीका एक सुन पसलका व्यवसायीलाई कसैले पाँच लाख रुपैयाँ बेलुकासम्म दिनुहोला भन्दै धम्कीपूर्ण चिठी दिएको रहेको बुझ्न सकिन्छ । यसबाहेक भिडिओमा घटनाको स्पष्ट विवरण दिने अन्य कुनै ठोस आधार देखिँदैन । तर, भिडिओको क्याप्सनमा उत्तेजक रूपमा ‘बालेनको घरमा बम भेटिएको छ..घरमा बसेका घरबेटी डराउँदै मिडियामा’ भनेर लेखिएको छ ।

यो सामग्री तयार पार्दासम्म उक्त भिडिओ पोस्टमा ८१५ रियाक्सन, ६४ कमेन्ट, दुई लाख २६ हजार बढी भ्युज आएको छ भने ५६० शेयर भएको छ । ओरिजिनल लिङ्कआर्काइभ लिङ्क । 

अनुसन्धान

टेकपाना फ्याक्टचेक डेस्कले सामाजिक सञ्जालमा भाइरल भएको यो दाबीको सत्यता पत्ता लगाउन अनुसन्धान थाल्यो । सबैभन्दा पहिले भिडिओ कसरी फैलिरहेको छ भन्ने बुझ्न कहाँकहाँ शेयर भइरहेको छ भन्ने खोज्यौं । यसका लागि सम्भावित कीवर्डहरू ‘बालेन बम’, ‘बालेनको घरमा बम’, ‘बालेन शाहको घरमा बम’, ‘बालेनको घरमा बम’ लगायत राखी अंग्रेजी र नेपाली दुवै तरिकाबाट फेसबुक र गुगलमा सर्च गर्यौं । 

यसअन्तर्गत सबैभन्दा पहिले ६.६ हजार फलोअर भएको ‘मेरो देश नेपाल’ नामक पेजले  “बालेन को घरमा बम भेटिएको छ” भन्दै  वैशाख २३ गते बिहान १०:४४ बजे उक्त भिडिओ राखेको पाइयो । 

सोही दिन दिउँसो २६ हजार फलोअर ‘निरन्तर यात्रा क्रान्तिको’ नामको फेसबुक आईडीबाट ‘बालेन बसेको घरमा बम फेला पर्‍यो भन्ने कुरा आछ त !’ भन्दै ‘मेरो देश नेपाल’ पेजले अपलोड गरेकै भिडिओ राख्यो । यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा ११ सय रियाक्सन, ९५ कमेन्ट, ८७ हजार भ्युज तथा २९७ शेयर आएको छ । हेर्नुहोस् ओरिजिनल लिङ्कआर्काइभ लिङ्क

त्यस्तै ७६ हजार फलोअर भएको ‘Ganesh Urmila Bohara’ नामको फेसबुक पेजबाट ‘बालेनको घरमा बम भेटियो 😥😭 Balen’ भन्दै सोही भिडिओ शेयर भएको देखिन्छ । यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा ३१० रियाक्सन, ९ कमेन्ट र ५३ शेयर आएको देखिन्छ । हेर्नुहोस् ओरिजिनल लिङ्कआर्काइभ लिङ्क ।  

भिडिओ पोस्टमा कमेन्ट गर्ने अधिकांश प्रयोगकर्ताले पनि बालेनको घरमा बम भेटिएको दाबीलाई पत्याउँदै आफ्ना कुरा लेखेका छन् । 

Ganesh Urmila Bohara, ‘निरन्तर यात्रा क्रान्तिको’,  ‘मेरो देश नेपाल’ नामका फेसबुक पेज एउटै भिडिओ पोस्ट गरेको पाइयो । सबै भिडिओ एउटै भएको र त्यसमा तल दायाँपट्टि ‘विज्ञापनका लागि जीवन पाण्डे’ भन्दै फोन नम्बर राखिएको थियो । भिडिओ भेरिफिकेसनका अन्य फ्याक्टचेक टुल प्रयोग गर्नुपूर्व उक्त नम्बरमा कल गर्ने निधोसहित जीवन पाण्डेलाई फोन गर्दा उनले आजभन्दा करिब दुई वर्ष पहिलेको अर्कै प्रसङ्गको भएको भिडिओमा अपलोड गरेको जानकारी दिए । साथै उनले उक्त भिडिओको ओरिजिनल लिङ्क पनि उपलब्ध गराए ।

अनुसन्धान गर्ने क्रममा हामीले यो भिडिओ २०७९ साउन ४ गते (Jul 19, 2023) मा ‘देश दुनियाँ खबर’ नामक युट्युब च्यानलमा ‘बोम राखेको घरका घरबेटी डराउदै मिडियामा। भन्छन झन्डै घर उड्यो। Kathmandu Sinamangal Bomb News’ शीर्षकमा ८ मिनेट ४ सेकेन्डको भिडिओ अपलोड भएको पायौं । अहिले भाइरल भइरहेको भिडिओ त्यही पुरानो भिडिओको सुरुवाती ५८ सेकेन्डको अंश रहेको पत्ता लाग्यो । जसलाई अहिले गलत र सनसनीपूर्ण क्याप्सन दिएर फैलाइएको छ । हेर्नुहोस् उक्त भिडिओकाे सुरुवाती ५८ सेकेन्डको भिडिओ ।

 

दाबी

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को निवासमा बम भेटियो ।

दाबीकर्ता

‘मेरो देश नेपाल’, ‘निरन्तर यात्रा क्रान्तिको’, ‘Ganesh Urmila Bohara’ लगायतका फेसबुक पेज

तथ्य

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को निवासमा बम भेटिएको भन्दै अहिले प्रचार भइरहेको भिडिओ करिब दुई वर्ष पुरानो हो । साथै, यो भिडिओ कुनै पनि रूपमा सम्बन्धित छैन । 

निष्कर्ष

‘मेरो देश नेपाल’, ‘निरन्तर यात्रा क्रान्तिको’, ‘Ganesh Urmila Bohara’ लगायतका फेसबुक पेजले मङ्गलबार (वैशाख २३) देखि काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) को निवासमा बम भेटिएको भन्दै भाइरल गराइरहेको भिडिओ गलत र भ्रामक हो । बालेनको घरमा बम भेटिएको दाबी गर्दै पोस्ट भएको भिडिओ २०७९ साउन ४ गते (Jul 19, 2023) मा ‘देश दुनियाँ खबर’ नामक युट्युब च्यानलमा ‘बोम राखेको घरका घरबेटी डराउदै मिडियामा। भन्छन झन्डै घर उड्यो’ शीर्षकको भिडिओको सुरुवाती ५८ सेकेन्डको अंश हो । यसर्थ सामाजिक सञ्जाल प्रयोगकर्तालाई भ्रम छर्ने नियतले पुरानो र असम्बन्धित भिडिओको क्लिप काटेर अहिले भाइरल गराइएको हो । 

प्रतिक्रिया

तपाईंले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।

पछिल्लो अध्यावधिक: बैशाख २४, २०८२ १९:२५





सामाग्री श्रोत :
टेक पाना

काभ्रेपलाञ्चोक– वैशाख २२ गतेदेखि काभ्रेको धुलिखेल नगरपालिका–१२ स्थित शंखुमा बस्दै आएका ११ परिवारका ४४ जना रोहिंगा शरणार्थीलाई बुधबार स्थानीय प्रशासनले फिर्ता पठाएको छ ।

कपनबाट अस्थायी रूपमा बसोबास गर्न धुलिखेल आएका म्यानमारका रोहिंगा शरणार्थीलाई काठमाडौं फिर्ता पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी मिनबहादुर घलेले जानकारी दिए ।

शरणार्थीहरू शंखुमा खाली स्थानमा भाडामा बस्ने गरी आएका थिए । वडा अध्यक्ष मोहनप्रसाद लामिछाने सहित प्रहरी, जनप्रतिनिधि र स्थानीयले छलफल गरेर उनीहरूलाई फिर्ता पठाएका हुन् । 

Ncell 2
Ncell 2

११ परिवारका बच्चा सहित ४४ जना रोहिंगालाई फिर्ता गरिएको प्रहरीले जानकारी दिएको छ । ४९ जना शरणार्थीमध्ये ३ जना धुलिखेल अस्पतालमा छन् । एक जना शरणार्थी सुत्केरी रहेकाले उनको परिवार अस्पतालमा छन् । १ जना भने अध्ययनका लागि ललितपुर गएका थिए ।

प्रहरीका अनुसार केही समय पहिले वाल लगाउने कामको लागि बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित लसुनटार र राममन्दिर क्षेत्रमा रहेको टोलबाट काभ्रे आएका थिए ।

shivam cement
shivam cement

यस अघि रोहिंगा समुदायले पनौती नगरपालिका—३ कुशादेवीमा टहरा बनाएका थिए । केहीदिनमा नै स्थानीयले अवरोध गरे पछि उनीहरू ठाउँ छाडेर हिँडेका थिए ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

वैशाख महिनालाई खोपको महिनाको रुपमा मनाउँदै आइरहेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही वैशाख ३१ गते खोप लगाउन छुटेका ५ वर्ष मुनिका सबै बालबालिकाहरुका लागि बृहत खोज र खोप अभियान २०८२ सञ्चालन गरिरहेको छ। मन्त्रालयले बैशाखलाई पूर्ण खोप सुनिश्चित र प्रमाणीकरण महिनाका रुपमा मनाउने उदेश्यले खोप अभियान २०८२ सन्चालन गर्न लागेको हो। 

खोप लगाउन छुटेका सबै बालबालिकालाई खोप लगाई नेपालमा पूर्ण खोप रहेको सुनिश्चित गर्नको लागि यही २०८२ वैशाख ३१ गते देशभरका सबै बालबालिकालाई सबै सरकारी स्वास्थ्य संस्थाबाट १५ महिना भित्रमा लगाउनु पर्ने नियमित खोपमा छुटेका ५ वर्ष मुनिका सबै बालबालिकालाई नियमित खोप दिने अभियान भएकाले वैशाखमहिनालाई खोपको महिनाको रुपमा परिभाषित गरएिको छ। 

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा बिभाग अन्र्तरगत रहेका सम्पूर्ण खोप कार्यक्रम सञ्चालन भएका सूचीकृत स्वास्थ्य संस्थाहरुमा निःशुल्क रुपमा राष्ट्रिय खोप तालिका अनुसार जन्मेदेखि दुईवर्ष भित्रका बालबालिकाहरुलाई बिभिन्न घातक रोगहरुको बिरुद्धमा खोपहरु उपलब्ध भएको कुरा सर्वविधितै छ। 

यस्ता घातक रोगहरुबाट भविष्यका कर्णधारको रुपमा रहेका बालबालिकाहरुलाई पूर्ण रुपमा बचाउनको लागि हरेक बाबाआमा दाजुभाई, दिदिबहिनी र सम्पूर्ण स्वास्थ्यका सरोकारवालाहरुको महत्वपूर्ण भुमिका रहेको हुन्छ। यी घातक रोगहरुबाट बचाउन हरेक परिवारले आफ्ना बालबालिकाहरुलाई जन्मपश्चात १५ महिनाको उमेर पूरा हुुँदासम्म अर्थात् दुईवर्ष भित्र स्वास्थ्य संस्थामा रहेका स्वास्थ्यकर्मीहरुसँग बच्चालाई भेट गरी खोप लगाइ आफ्ना बच्चालाई घातक रोगबाट बचाउनु नितान्तै जरुरी र महत्वपूर्ण कार्य मानिन्छ।

भनिन्छ नि, ‘रोग लाग्नु भन्दा रोगको बाटो छेक्नु नै बेस’। ठिक त्यसैको उपजलाई मानेर यो कार्यलाई निकै महत्वको साथ हेरिएको छ। त्यसकारणले गर्दा हरेक स्वास्थ्य संस्थाहरुबाट सञ्चालित यो महत्वपूर्ण कार्यक्रमलाई निकै संवेदनशील र अनिवार्य प्रयोगमा ल्याउनुपर्ने कार्यक्रमको रुपमा हेर्ने गरिन्छ। त्यसैले गर्दा यो खोप कार्यक्रमलाई पी वान कार्यक्रम अर्थात् कार्यक्रमको पनि महत्वपूर्ण कार्यक्रम भनिएको छ। हरेक वर्ष वैशाखमहिनालाई नियमित रुपमा खोप कार्यक्रममा छुट भएका बालबालिकाहरुलाई सम्पूर्ण स्वास्थ्यकमीले आ–आफ्ना सेवा क्षेत्र भित्रका बालबालिकाहरुलाई सेवा क्षेत्रका गाउँहरुमा घरधुरी सर्वेक्षण गरी खोपको दिगोपना निरन्तर दिने र कतैबाट छुटेकाहरुलाई पुन खोप केन्द्रमा बोलाई खोप लगाइ दिने, पूर्ण खोप निश्चित गर्ने र  खोपको दिगोपनालाई सुनिश्चित गर्ने कार्य हरेक वर्षको वैशाखमहिनामा निरन्तर गरिने हुनाले वैशाखमहिनालाई खोपको महिना भनिएको हो। 

याद गरौं, जबसम्म सबै बालबालिकाले खोप लगाउँदैनन्, तबसम्म कोही पनि सुरक्षित हुँदैनन्। खोप लगाउन छुटेका ५ वर्ष मुनिका सबै बालबालिकाका लागि २०८२ वैशाख३१ गतेको बृहत् खोज र खोप अभियान सफल बनाउन आ–आफ्नो स्थानबाट लागिपरौं।

खोपको महत्व :

‘खोप निःशुल्क पाइन्छ, खोप सुरक्षित  छ, खोपले जीवन रक्षा गर्दछ’ खोप ठूलो जनसमूहलाई सुरक्षित गर्ने साधन हो।  प्रत्येक पाँचजना बालबालिकाको मृत्युमध्ये एक जनालाई खोपबाट बचाउन सकिन्छ। खोपले जिवन बचाउँछ। 

खोप सबैभन्दा राम्रो खरिद हा। जनताको लागि फ्रि अधिकार हो। भने रोग लाग्नेदर, अपाङ्ग हुनेदर र मृत्यु हुने दर घटाउने खोप कार्यक्रमको लक्ष्य हो। एकजना बच्चालाई सम्पूर्ण खर्च बेहोरेर हेर्ने हो भने सम्पूर्ण खोप पूरा गर्नको लागि तीस हजार रुपैयाँ खर्च लाग्ने भनिएको छ। त्यसकारणले पनि नेपाल सरकारले बच्चाको लागि निशुल्क रुपमा बितरण गर्दै आएको खोपलाई निकै महत्वका साथ हेरि सम्पुर्ण अभिभावकले आफ्ना बालबालिकालाई खोप लगाई घातक रोगबाट बचाउनु पर्दछ। 

नेपाल सरकारले निःशुल्क रुपमा बालबालिकाहरुका लागि सञ्चालनमा ल्याएको यो खोपकार्यक्रमबाट प्राप्त हुने खोपलाई बाहिरी रुपमा किनेर प्रयोगमा ल्याउनको लागि बहस भन्दा अलि टाढाको विषय भएको अर्थात् हाम्रो क्षमताले भेट्न नसक्ने हुनाले आफ्ना बालबालिकाहरुलाई यस्ता १४ वटा घातक रोगहरुबाट बचाउन बालबालिकाहरुलाई लुलोलङ्गडो, लठेब्रा,े सुस्त मनस्थीति र बिक्षिप्त क्षमताबाट जोगाउन तथा बच्चाको शारिरिक मानसिक सामाजिक र संवेगात्मक बिकासमा पछि गएर कुनै असर नपरोस् भन्नका लागि यी महत्वपूर्ण र निःशुल्क रुपमा प्रगोगमा आएका नियमित रुपमा हरेक महिना सन्चालनमा ल्याइएका खोपहरुलाई आफ्नो पायक पर्ने नजिकको स्वास्थ्य संस्था वा खोप केन्द्रमा आफ्ना बालबालिकाहरुलाई लगेर अनिवार्य खोप लगाऔं। 

भविष्यका कर्णधारको रुपमा रहेका बालबालिकाहरुको स्वास्थ्यलाई बचाऔं। आफ्ना बालबालिकाहरुको भबिष्य उज्वल बनाऔं। जानेर वा नजानेर कुनैपनि अभिभावकले बालबालकिाहरुको खोप लगाउन पाउनुपर्ने नैर्सगिक अधिकारबाट बन्चित नगरौं। हरेक वर्ष अभियानकै रुपमा चल्ने वैशाखमहिना खोपको महिना भन्ने अभियानलाई सफल पारौं। 

जन्मेदेखि दुईवर्ष भित्रका बालबालिकाहरुलाई अनिवार्य रुपमा लगाउनुपर्ने नियमित खोपहरु

–   जन्मने बित्तिकै  : बिसिजी खोप, क्षयरोगका बिरुद्धमा

–   छ हप्तामा : रोटा (पहिलोमात्रा), पोलियो (पहिलो मात्रा), पीसीभी (पहिलो मात्रा), डिपिटी. हेप बी.हिब (पहिलो मात्रा) : रोटा भाइरसबाट हुने झाडापखाला, पोलियो , निमोनिया (निमोकोकल रोगहरु), भ्यागुते रोग, लहरेखोकी, धनुष्टंकार, हेपाटाइटिस बी, हेमोफिलस इन्फ्लुएन्जा बी का बिरुद्धमा 

–    दश हप्तामा : रोटा (दोस्रो मात्रा), पोलियो (दोस्रो मात्रा), पिसिभि (दोस्रो मात्रा), डिपिटी हेप बी हिब (दोस्रो मात्रा) : रोटा भाइरसबाट हुने झाडापखाला, पोलियो  निमोनिया (निमोकोकल रोगहरु)  भ्यागुते रोग, लहरे खोकी, धनुष्टंकार, हेपाटाईटिस बी, हेमोफिलस इन्प्mलुएन्जा बीका बिरुद्धमा 

–   चौध हप्तामा : पोलियो (तेस्रो मात्रा), एफ आई पिभी (पहिलो मात्रा) डीपीटी हेप बी हिब (तेस्रो मात्रा) : पोलियो, भ्यागुते रोग, लहरे खोकी, धनुष्टंकार , हेपाटाइटिस बी, हेमोफिलस इन्फ्लुएन्जा बीका बिरुद्धमा
–    नौ महिनामा : पीसीभी (तेस्रो मात्रा) एफ आई पी भी (दोस्रो मात्रा ) दादुरा, रुबेला (पहिलो मात्रा) : निमोनिया  (निमोकोकल रोगहरु ) पोलियोका रोगहरु, दादुराका बिरुद्धमा
–    बाह्रौ महिनामा : जापानिज इन्सेफ्लाइटिस (एकमात्रा) ः जापानिज इन्सेफ्लाइटिसका बिरुद्धमा 

–    पन्ध्रौं महिनामा : दादुरा, रुबेला (दोस्रो मात्रा), टाइफाइड (पहिलो मात्रा ) : दादुरा र रुबेला रोगको बिरुद्धमा साथै टाइफाइड रोगका  बिरुद्धमा दिइन्छ। 

–     कक्षा ६ मा पढ्रने छात्रा/विद्यालय नजाने १० वर्षकी किशोरी : एचपीभी खोप (एक मात्रा), पाठेघरको मुखको क्यान्सर बिरुद्धमा (आर्थिक बर्ष ०८२/०८३ देखि नियमित खोपमा  सञ्चालित रहने)

यसरी नेपाल सरकारबाट निःशुल्क रुपमा बितरण गरिएका यी महत्वपूर्ण खोपहरुलाई प्रत्येक बालबालिकाका अभिभावक, स्वास्थ्यका सम्पूर्ण सरोकारवालाहरु, राज्यका तिनै तहका जनप्रतिनिधी, स्वास्थ्यकर्मी, संचारकर्मी, प्रशासनलगायत सबैको आ–आफ्नो तहबाट सहयोग र सहकार्यता रहेका मात्र राज्यको यो महत्वपूर्ण कार्यको सार्थकता रहन्छ। आ–आफ्नो पायक पर्ने स्वास्थ्य संस्थामा आफ्नो बच्चाले खोप प्राप्त गर्ने समय अबधिमा अनिवार्य रुपमा गएर आ–आफ्ना बालबालिकाहरुलाई यस्ता प्राणघातक डरलाग्दा रोगहरुबाट बचाउनु हरेक बाबा, आमा र सरोकार वाला सम्पुर्ण नागरिकको कर्तब्य मानिन्छ। भन्नमा कुनै दुईमत पाइँदैन  त्यासैले सबैले मिलेर यो अभियान सफल पारौं र आ आफ्ना बालबालिकालाई घातक रोगबाट बचाऔं।  

(लेख पोख्रेल स्वास्थ्य शिक्षा अधिकारी तथा स्वास्थ्यकर्मी हुन्)
                                            
    

सामाग्री श्रोत :
swasthyakhabar

रामेछाप । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान सरकार परिवर्तनको कुनै सम्भावना नरहेको बताएका छन्।

नेपाली कांग्रेस रामेछापको दोस्रो नगर सम्मेलन उद्घाटन कार्यक्रमलाई बुधबार रामेछापमा सम्बोधन गर्दै सिटौलाले बाहिर हल्ला भए जस्तो सरकार परिवर्तनको कुनै सम्भावना नरहेको बताए। ‘बाहिर आएको हल्ला जस्तो सरकार परिवर्तनको कुरामा कांग्रेसको ध्यान गएको छैन, हाम्रो तर्फबाट गठबन्धनमा कुनै धोका हुँदैन’, उनले भने।

दुईवटा पार्टीको सरकार भएको कारण सानातिना कुरामा कहिले काहीँ समस्या हुने कुरा भने सामान्य भएको सिटौलाले बताए। ‘दुईवटा पार्टीको सरकार रहेकाले अलि अलि समस्या त हुन्छ नै, त्यसलाई शीर्ष नेताहरू बसेर मिलाउँदै जानुहुन्छ, मिल्छ’, उनले भने।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पटक पटक धोका दिएको कारण कांग्रेस र एमालेको सरकार बनेको उनले स्पष्ट पारे। त्यसैले कांग्रेसका कारण अहिलेको गठबन्धन सरकारमा कुनै समस्या नहुने सिटौलाले बताए। ‘हामी सानोतिनो समस्याबाट अहिलेको सत्ता गठबन्धनबाट भाग्नेवाला छैनौँ’, सिटौलाले भने ।

सिटौलाले कांग्रेस देशको प्रमुख राजनीतिक शक्ति मात्र नभएर परिवर्तनको संवाहक समेत भएको बताए। त्यसैले कांग्रेस कार्यकर्ता बजारमा चल्ने हल्लाको पछि लाग्नु नहुने उनको धारणा छ।

सिटौलाले पार्टी सदस्यताको नवीकरण र वितरणको लागि पार्टीमा सामूहिक प्रयास हुनुपर्नेमा जोड दिए। पदमा रहेकाले मात्र सदस्यता वितरण गर्ने भन्दा पनि सामूहिक प्रयासबाट सो काम हुनु पर्ने उनको धारणा छ।

सिटौलाले यतिबाट कांग्रेस पार्टी एकताबद्ध भएर अघि बढ्नु पर्ने बताए। ‘हाम्रो एकताले नै अरूलाई पनि राष्ट्रिय एकतामा ल्याउन सकिन्छ, अब शैलीका साथ पार्टीको संगठनमा जुट्नु पर्ने बेला भएको छ’, उनले भने।

२०४६ को परिवर्तन पछि मुलुकमा धेरै कुरामा विकास भएको बताउँदै सिटौलाले केही भएको छैन भन्ने कुरा स्वीकार गर्न नसकिने बताए। यस बिचमा पूर्वाधार निर्माणमा देशले उल्लेख्य प्रगति गरेको उनले सुनाए।

नेपाली कांग्रेस रामेछाप नगर समितिका सभापति कमलविक्रम कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं, कार्यवाहक जिल्ला सभापति लेखबहादुर कार्की, निवर्तमान जिल्ला सभापति लबश्री न्यौपाने, महासमिति सदस्य रत्न कार्की, जिल्ला सचिव दीपक खड्का, प्रवक्ता कुमार श्रेष्ठ, प्रदेश सभापति राजेश श्रेष्ठ, रामेछाप नगरपालिकाकी उप प्रमुख बालकुमारी कार्की लगायतले समसामयिक राजनीतिक विषयमा धारणा राखेका थिए।


सामाग्री श्रोत :

सरकार परिवर्तनको सम्भावना छैन : कृष्णप्रसाद सिटौला

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)ले ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ आयोजना गर्ने भएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै नाइमाले आउँदो २१ साउनदेखि २५ साउनसम्म काठमाडौँको भृकुटीमण्डपमा उक्त प्रदर्शनी हुने जानकारी दियो ।

प्रदर्शनीका लागि २९ वैशाखसम्म स्टल बुकिङ गर्न सकिनेछ । स्टलको अन्तिम बाँडफाँट लट्री प्रणालीमार्फत गरिने नाइमाले जनाएको छ ।

दुई र चार पाङ्ग्रे तथा हलुका व्यावसायिक सवारी साधनको लागि छुट्टाछुट्टै हल नराखी प्रदर्शकले आफ्नो आवश्यकताअनुसार कुनै पनि स्टल रोज्न सक्ने व्यवस्था मिलाइएको छ ।

आयोजकका अनुसार यस प्रदर्शनीले अटोमोबाइल क्षेत्रका निर्माता, डिलर, वितरक, उपभोक्ता, अवलोकनकर्ता र सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याउने छ । साथै, अटो क्षेत्रमा भइरहने परिवर्तनबारे नीतिनिर्माता, विज्ञ र उद्योगीहरूलाई एउटै मञ्चमा ल्याएर अटोमोटिभ प्रविधि, डिजाइन र दिगोपनसम्बन्धी नवीनतम प्रविधिको प्रदर्शन गरिने नाइमाले उल्लेख गरेको छ ।

नाइमाकी संस्थापक अध्यक्ष रितु सिंह वैद्यका अनुसार प्रदर्शनीको मुख्य आकर्षणमा विद्युतीय सवारी हुनेछ । नेपाल मोबिलिटी एक्स्पो २०२५ ले नेपालको अटोमोबिल क्षेत्रको भविष्यलाई गति दिने र अटोमोटिभ उद्योगलाई अघि बढाउने सहकार्यलाई प्रवर्द्धन गर्ने उनको विश्वास छ ।

पछिल्लो अध्यावधिक: बैशाख २४, २०८२ १६:३





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– नक्सालस्थित नेपाल बाल मन्दिर जग्गा लिज प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले बुधबार जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

रिता सिंह वैद्य नेपाल बाल संगठनको अध्यक्ष भएको बेला बाल संगठनको जग्गा लिजमा दिने निर्णय भएको थियो । उनीसहित १७ जनाविरुद्ध बुधबार मुद्दा दर्ता भएको हो ।

Ncell 2
Ncell 2

मुद्दा दर्ता गर्दै ६० करोड बढी रकम मागदाबी गरिएको छ । बाल मन्दिरको जग्गा लिजमा दिने निर्णयमाथि अनुसन्धानपछि प्रहरीले फाइल पेश गरेको थियो भने जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा चलाउन नपर्ने सिफारिस गरेको थियो ।

shivam cement
shivam cement

सिंह उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहकी दिदी हुन् ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ


काठमाडौं । नबराज सुबेदीको नेतृत्वमा राजसंस्था पुनर्स्थापनाको निमित्त गठित जनआन्दोलन समिति पछिल्लो समय सक्रिय देखिएको छ। समितिको आयोजनामा भोलि वैशाख २५ गते सुकेधारास्थित नबदुर्गा पार्टी प्यालेसमा आन्दोलनको घोषणा गर्ने तयारी गरिएको जनाइएको छ। घोषणा सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति नेपालका केशरबहादुर बिष्ट, नेपाली कांग्रेस (बिपि)का सुशिलमान शेरचन, शिव सेना […]
सामाग्री श्रोत :

भोलि लिङ्देन, थापा, सुवेदी, विष्टले सामूहिक आन्दोलनको घोषणा गर्ने

काठमाडौँ । पाकिस्तानले भारतीय हवाई हमलाको जवाफी कारबाहीमा आफ्नो सेनाले भारतका पाँच लडाकु विमान र एउटा ड्रोन खसालेको दाबी गरेको छ । पाकिस्तानी सुरक्षा स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले खसालिएका विमानमध्ये तीन ओटा फ्रान्सबाट खरिद गरिएका राफेल जेट रहेको लेखेको छ ।

सीएनएनका अनुसार पाकिस्तानी स्रोतले भारतले केही वर्षअघि फ्रान्सबाट किनेको बहुमूल्य सैन्य सम्पत्तिमध्येका तीन ओटा राफेल जेट खसालेको दाबी गरेको छ । यद्यपि पाकिस्तानले विमान कहाँ र कसरी खसालिएको हो भन्नेबारे विस्तृत जानकारी दिएको छैन ।

भारतले भने अहिलेसम्म आफ्नो कुनै पनि विमान हराएको वा खसालिएको पुष्टि गरेको छैन ।

यसैबिच भारत प्रशासित कश्मीरको वुयान गाउँमा एक अज्ञात विमान दुर्घटनाग्रस्त भएको एक प्रत्यक्षदर्शी र स्थानीय सरकारी अधिकारीले बताएका छन् । समाचार एजेन्सी एएफपीले सार्वजनिक गरेको तस्बिरमा खेतमा विमानको भग्नावशेष देख्न सकिन्छ । तर विमान कसको हो भन्ने स्पष्ट भइसकेको छैन ।

त्यस्तै न्युज अजरबैजानले पाकिस्तानले भारतको एक ड्रोन कोल्टी क्षेत्रमा खसालेको उल्लेख गरेको छ ।

यस घटनाक्रमका बिच पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले बुधबार भारतको पछिल्लो कारबाहीलाई ‘युद्धउन्मुख कार्य’को संज्ञा दिँदै आफ्नो देशलाई जवाफ दिने ‘पूर्ण अधिकार’ रहेको बताएका छन् ।

२२ अप्रिलमा पहलगाममा भएको आतंककारी हमलाको १५ दिनपछि ‘अपरेसन सिन्दुर’ अभियान अन्तर्गत बुधबार दिउँसो भारतले यो हमला गरेको हो । 

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार बहावलपुरमा भएको हवाई हमलामा कम्तीमा ३० जनाको मृत्यु भएको छ । समाचार एजेन्सी एएनआईले लश्कर-ए-तैयबा र जैश-ए-मोहम्मद जस्ता आतङ्कवादी समूहका मुख्यालय पूर्ण रूपमा ध्वस्त भएको जनाएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख २४, २०८२ १६:५९





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– म्यानमारको मेवाडीमा बाध्यकारी श्रममा फसेका ११ जना नेपालीको उद्धार भएको छ । जसमा एक जना महिला र १० जना पुरुष छन् । उनीहरूलाई दलालमार्फत अनलाइन स्क्यामिङमा लगाइएको थियो ।

बैंककस्थित नेपाली दूतावासले थाइल्यान्ड सरकारको सहयोगमा उनीहरूलाई उद्धार गरिएको हो । उनीहरूलाई टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्यान्ड ल्याइएको थियो । उनीहरूलाई वैशाख २४ गते नेपाल फर्काइएको दूतावासले जनाएको छ ।

Ncell 2
Ncell 2

‘नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो, धेरै पैसा कमाउने हेतु कम्बोडिया लाओस, म्यानमार र थाइल्यान्डलगायत वैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावास सम्बन्धित सबैमा पुनः अनुरोध गर्दछ,’ दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

shivam cement
shivam cement

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

गर्मीको मौसम केवल तापमानको हिसाबले चुनौतीपूर्ण होइन, यो हाम्रो सम्पूर्ण जीवनशैली र स्वास्थ्यका लागि पनि एक किसिमको परीक्षा हो। तापक्रमको तीव्र वृद्धि, सूर्यको प्रचण्ड ताप र लू (तातो हावा) का कारण शरीर र मस्तिष्कमा प्रत्यक्ष असर पर्न सक्छ। यस्तो अवस्थामा स्वस्थ, ऊर्जाशील र सक्रिय रहनका लागि मौसमअनुसार खानपान र बानीमा आवश्यक परिवर्तन गर्नु अत्यावश्यक हुन्छ।

गर्मी र शरीरको सम्बन्ध

जब बाहिरी तापक्रम अत्यधिक हुन्छ, शरीरमा पनि उष्मा बढ्छ। यस अवस्थामा छालामा रहेका रक्तनलीहरू फराकिला हुन्छन् ताकि तातो निस्कन सकोस् र शरीरले चिसो महसुस गरोस्। तर यस्तो प्रक्रियाले शरीरमा ऊर्जा खर्च गराउँछ र शरीर चाँडै थाक्न सक्छ। गर्मीमा शरीरलाई तातो राख्न धेरै ऊर्जा चाहिँदैन, त्यसैले अरू मौसमको तुलनामा क्यालोरीको आवश्यकता कम हुन्छ। यदि हामीले खाना त्यत्तिकै मात्रामा खाइरह्यौं भने पाचन प्रणालीमा तनाव आउन सक्छ र विभिन्न स्वास्थ्य समस्या निम्तिन सक्छन्।

गर्मीमा जीवनशैलीमा अपनाउनुपर्ने महत्वपूर्ण उपायहरू

१. हल्का र सुपाच्य खाना खानुहोस्

गर्मीमा पाचन प्रणाली अलिकति सुस्त हुन्छ। त्यसैले:

पोषिलो, हल्का र सजिलै पच्ने खाना खानुपर्छ।

धेरै प्रोटीनयुक्त खाना नखानुहोस्, किनभने यसले मेटाबोलिक ताप बढाउँछ।

तलेका, मसलेदार, भारी खानाबाट टाढा बस्नुहोस्।

यदि प्रोटीन शेक लिइरहनु भएको छ भने यसमा बेरी (जस्तै ब्लुबेरी, स्ट्रबेरी) जस्ता फलहरू मिसाउनुहोस्।

२. डिहाइड्रेशन (निर्जलीकरण) बाट बच्न आवश्यक

गर्मीमा पसिना धेरै आउने भएकाले शरीरमा पानीको मात्रा झट्टै घट्न सक्छ। डिहाइड्रेशन कमजोरी, थकान, टाउको दुख्ने र चक्कर लाग्ने जस्ता समस्या निम्त्याउँछ।

दिनमा कम्तीमा ३–४ लिटर पानी पिउनुहोस्।

जुस, नरिवल पानी, नींबू पानी, लस्सी, छाछ, बेलको शरबत र आमपना जस्ता पेय पदार्थहरू सेवन गर्नुहोस्।

३. पर्याप्त निद्रा लिनुहोस्

गर्मीमा दिन लामो र रात छोटो हुने भएकाले निद्राको तालिका बिग्रन सक्छ। थकान हटाउन र मानसिक स्वास्थ्यका लागि राम्रो निद्रा अनिवार्य छ।

निश्चित समयमा सुत्ने र उठ्ने बानी बसाल्नुहोस्।

राति क्याफिन र मदिराजन्य पदार्थहरूको सेवन नगर्नुहोस्।

गह्रौँ खाना सुत्नुभन्दा कम्तीमा २ घण्टा पहिले मात्रै खानुहोस्।

४. गर्मीअनुसारको कपडा छनोट

धेरै गर्मी, पसिना र घामबाट बच्न:

हल्का, आरामदायी र सुतिको (कटन) वा लिनन कपडा लगाउनुहोस्।

गाढा रंगको सट्टा उज्यालो रंगको कपडा छनोट गर्नुहोस्।

टाइट कपडाको सट्टा ढिलो र हावा लाग्ने कपडा लगाउनुहोस्।

नायलन, पॉलिस्टर जस्ता सिंथेटिक कपडाबाट टाढा रहनुहोस्।

५. छालाको सुरक्षा र स्किन केयर

गर्मीमा छाला सीधै घामको सम्पर्कमा आउँछ, जसले गर्दा छालामा समस्या देखिन सक्छ। त्यसैले:

नियमित सनस्क्रिनको प्रयोग गर्नुहोस् (कम्तिमा एसपीएफ ३०+)।

गाढा मेकअपको प्रयोग कम गर्नुहोस्।

नन-कमेडोजेनिक मेकअप सामग्री प्रयोग गर्नुहोस्, जसले पोर्स ब्लक गर्दैन।

मेकअप हटाएर सुत्ने बानी बसाल्नुहोस्।

क्लीन्जर प्रयोग गरेर छाला सफा गर्नुहोस्।

लोशन, क्रिम, सनस्क्रिन आदिलाई फ्रिजमा राख्नुहोस्, जसले प्रयोग गर्दा शीतलता दिन्छ।

निष्कर्ष

गर्मीको मौसमसँग जुझ्न जीवनशैली र खानपानमा सानोतिनो परिवर्तन नै पर्याप्त हुन्छ। शरीरलाई शीतल, हाइड्रेटेड र स्वस्थ राख्न सजग हुनु आवश्यक छ। गर्मीको असर केवल असजिलो महसुस हुनेसम्म सीमित छैन—यदि सावधानी अपनाइएन भने यसले गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ।

सजग बनौं, हल्का खाऔं, बढी पानी पिउँ, आरामदायी कपडा लगाऔं र गर्मीको लहरलाई सहजतापूर्वक पार गरौं।

(बालरोग विशेषज्ञ, डा सिंह बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एशोसिएट प्रोफेसर हुन्)

सामाग्री श्रोत :
swasthyakhabar

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट