२०८३ बैशाख २७ आईतवार
२०८३ बैशाख २७ आईतवार

एजेन्सी–रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग तीन दिने युद्धविरामका लागि दिएको आदेश बिहीबारदेखि लागू भएको क्रेमलिनले जानकारी गराएको छ। 

युद्धविरामलाई रूसले शान्तिका लागि किएभको तत्परताको परीक्षण भएको बताएको छ।

चीनका राष्ट्रपति सी जिनपिङ, ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा र सर्बियाका अलेक्जेन्डर भुसिकसहितका विश्वका नेताहरू दोस्रो विश्वयुद्धको अन्त्यको सम्झनामा मनाइने कार्यक्रममा सहभागिता जनाउन मस्कोमा रहेका छन्। 

युक्रेनको सेनाले बिहीबार बिहानै पूर्वी सुमी क्षेत्रमा रुसी सेनाले हवाई आक्रमण गरेको बताए पनि रातभर अपेक्षाकृत शान्त देखिएको छ। किएभले कुनै पनि क्षति वा हताहतिको जानकारी दिएको छैन।

 

रूसी नेता पुटिनले जर्म नाजीविरूद्ध मस्कोको विजय दिवस परेडको अवसर पारेर एकतर्फी रुपमा अस्थायी युद्धविराम गर्न आदेश दिएका हुन्। 

यद्यपि, युक्रेनले यो युद्धविराम प्रस्तावमा सहमति जनाएको छैन। युक्रेनले यसलाई नाटकको संज्ञा दिँदै यो युद्धविरामको प्रस्ताव अस्वीकार गरेको छ र यसको सट्टा ३० दिनको युद्धविरामको आह्वान गरेको छ।

 

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत जनवरीमा युक्रेनको सत्ता सम्हालेयता मस्कोले युक्रेनमाथि गरेको तीन वर्षे सैन्य आक्रमण अन्त्य गर्ने प्रयास गरे पनि दुई देशबीचको शत्रुता कम गर्न असफल देखिएका समय एकतर्फीरूपमा भएको युद्धविरामलाई पुटिनको रणनीतिका रूपमा अथ्र्याइएको छ। 

Ncell 2
Ncell 2

पुटिनको आदेश लागू हुनुभन्दा केही घण्टाअघि मस्को र किएभले हवाई आक्रमण गरेका छन् जसका कारण रुसी एक विमानस्थलमा सेवा अवरूद्ध भएको छभने युक्रेनमा कम्तीमा दुई जनाको मृत्यु भएको थियो।

 

रुसको पश्चिमी क्षेत्रमा रहेको निज्नी नोभगोरोड विमानस्थलमा ‘नागरिक र उडानको सुरक्षा सुनिश्चित गर्न’ बिहीबार बिहान करिब डेढ घण्टाका लागि बन्द गरिएको सङ्घीय हवाई यातायात निकायका प्रवक्ताले बताएका छन्। 

क्रेमलिनले रुसी सेनाले पुटिनको आदेशलाई पालना गर्ने तर आक्रमण भएमा तुरुन्तै जवाफ दिने बताएको छ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार साँझ आफ्नो सम्बोधनमा ३० दिने युद्धविरामका लागि आह्वान गरेका छन्।  

shivam cement
shivam cement

“कूटनीतिलाई मौका दिन सक्ने यो (३० दिने युद्धविराम) प्रस्ताव हामीले फिर्ता लिएका छैनौँ। तर विश्वले रुसबाट कुनै प्रतिक्रिया देखिरहेको छैन,” उनले भने। 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। लडेर चोटग्रस्त भएका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिकित्सकले दिएको ‘आराम गर्ने’ सल्लाहलाई सदुपयोग गर्दै नेकपा एमालेसँग घनीभूत छलफल थालेका छन्।

नयाँ गठबन्धनको विषयमा केन्द्रित यो छलफलले सत्ताधारी गठबन्धन र अहिलेको सरकारलाई नै जोखिममा पारेको छ।

राष्ट्र बैंकको गभर्नर पदमा नियुक्तिका लागि कांग्रेसको चर्को दबाबमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले समेत दबाबमुक्त हुन र राष्ट्र बैंकको नेतृत्व आफैंसँग राख्न खोजिरहेका बेला प्रचण्डको ‘लचकता’ले प्रधानमन्त्रीलाई समेत उनीतिर ढल्काउन सक्ने राजनीतिक वृत्तमा चर्चा छ।

यसबाहेक अरु केही फरक विषयमा पनि एमाले र कांग्रेसबीच असमझदारी बढेको छ जसले यी दुई दलको सहकार्य भत्काउन उत्प्रेरकको भूमिका खेल्न सक्छन्।

राष्ट्र बैंकमा गभर्नर नियुक्त हुन नसकेर बैंकिङ क्षेत्रको नियमनकारी निकाय कायममुकायमको भरमा चलिरहेको दुई महिना हुन लाग्यो।

संसदमा सरकारका नीति तथा कार्यक्रममाथि छलफल भइरहेको र सरकारले नयाँ बजेटको तयारी गरिरहेका बेला आर्थिक क्षेत्रको नियन र नियन्त्रण गर्ने निकाय नै नेतृत्वविहीन हुँदा देशको अर्थतन्त्र नै जोखिमपूर्ण अवस्थाबाट गुज्रिनुपरेको छ।

गभर्नर नियुक्तिका विषयमा सोमबार समेत प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल हुँदा समेत कसलाई नियुक्त गर्ने भन्ने विषयमा कुनै सहमति हुन सकेन। बरु यो छलफलमा दुई दलबीचको दरार झन् बढेको स्रोत बताउँछ। स्रोतका अनुसार यो छलफलमा प्रधानमन्त्रीले गभर्नर आफैंले नियुक्त गर्ने चाहना दर्शाएका थिए।

ओलीले २०८४ को निर्वाचनमा पनि एमाले ठूलो दल बन्ने अपेक्षा गरेका छन्। ठूलो दल बन्ने तयारीस्वरुप उनले बाम एकतालाई पनि प्राथमिकतामा राखेका छन्। तर, भारतसँगको सम्बन्ध अहिल्यै सुधार हुन नसके ८४ मा ठूलो दल भए पनि भारतले आफूलाई प्रधानमन्त्री बन्न दिने छैन भन्ने ओलीको बुझाइ छ।

‘सरकारको नेतृत्व हामीले गरिरहेको र अहिले बजेटको तयारीको समय समेत भएकोले गभर्नर हामीले पाउनुपर्छ’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो। छलफलमा प्रधानमन्त्रीले कडा अडान राखेका त थिएनन् तर गभर्नर छोड्ने इच्छा पनि देखाएका थिएनन्।

ओलीको कुरापछि कांग्रेस सभापति देउवा पनि केही हच्किएका छन्। यो छलफलपछि देउवाले सार्वजनिक रुपमा गभर्नर नियुक्ति सरकारका कारणले नभइ हामीले (कांग्रेसले) सिफारिस गर्न नसक्दा नभएको बताएका थिए। देउवाको यो भनाइलाई ओलीलाई फकाउने रणनीतिका रुपमा हेरिएको छ।

स्रोतका अनुसार ओलीले आफैं गभर्नर नियुक्त गर्छन् कि भन्ने कुरामा देउवा सशंकित छन्। ‘प्रधानमन्त्रीले त्यति धेरै अगाडि बढेर एक्लै नियुक्तिको निर्णय गर्नुहुन्छ जस्तो त मलाई लाग्दैन तर यदि यस्तो भयो भने यो धेरै ठूलो राजनैतिक निर्णय हुनेछ’ प्रधानमन्त्रीको आन्तरिक सर्कलसम्म पहुँच राख्ने एक नेताले भने ‘यदि त्यस्तो अवस्था आयो भने गठबन्धन भत्किन्छ।’

प्रधानमन्त्री भारतसँग सम्बन्ध सुधार गर्न नसकेको कुराले पनि कांग्रेससँग बिच्किएका छन्। ती नेताका अनुसार भारतसँग सम्बन्ध सुधार नहुनुमा कांग्रेसको र विशेष गरी परराष्ट्रमन्त्री आरजू राणा देउवाको भूमिका रहेको प्रधानमन्त्रीको बुझाइ छ।

ओली प्रधानमन्त्री भएको एक वर्ष हुन लाग्यो तर उनले अहिलेसम्म भारत भ्रमणको निम्तो पाएका छैनन्। परराष्ट्रमन्त्री पटक पटक भारत गएर भ्रमणको चाँजोपाँचो मिलाउन खोजेको भनिए पनि भारतले निम्तो दिएको छैन। प्रधानमन्त्रीले यस्तो हुनुमा परराष्ट्रमन्त्रीको पहल प्रभावकारी नभएको रुपमा बुझेका छन्।

स्रोतका अनुसार भारतीय पक्ष अझै पनि ओलीलाई प्रधानमन्त्रीको रुपमा भारत भ्रमणका लागि बोलाउने तयार भएको छैन तर देउवा प्रधानमन्त्री भएपछि एक महिनामै भारत भ्रमणको निम्तो आउने सन्देश भारतीय पक्षले पठाएको छ। आफूलाई निम्तो नदिने भारतले देउवालाई तुरुन्तै निम्तो दिने सन्देश पठाएपछि प्रधानमन्त्री झनै बिच्किएका छन्।

ओलीले २०८४ को निर्वाचनमा पनि एमाले ठूलो दल बन्ने अपेक्षा गरेका छन्। ठूलो दल बन्ने तयारीस्वरुप उनले बाम एकतालाई पनि प्राथमिकतामा राखेका छन्। तर, भारतसँगको सम्बन्ध अहिल्यै सुधार हुन नसके ८४ मा ठूलो दल भए पनि भारतले आफूलाई प्रधानमन्त्री बन्न दिने छैन भन्ने ओलीको बुझाइ छ।

शेष घले पक्षधर एनआरएनएको एकता महाधिवेशनमा परराष्ट्रमन्त्री आरजू राणा देउवाको उपस्थिति पनि ओलीलाई खट्केको छ।

स्रोतका अनुसार प्रधानमन्त्रीले परराष्ट्रमन्त्रीलाई त्यो कार्यक्रममा नजान भनेका थिए तर परराष्ट्रमन्त्री उनलाई अटेर गर्दै गएकी थिइन्। यसबाट रुष्ट प्रधानमन्त्री बद्री पाण्डे नेतृत्वको एनआरएनएको काठमाडौंमा हुन लागेको सम्मेलन उद्घाटन गर्न जाने तयारी गरेका छन्।

कांग्रेससँग असन्तुष्ट प्रधानमन्त्री ओलीलाई फकाउन अहिले प्रचण्डले एमालेका नेताहरुसँग छलफल थालेपछि अहिले राजनैतिक वृत्त तरंगित छ। स्रोतका अनुसार कांग्रेसले अब फेरि आफूलाई प्रधानमन्त्री बनाउँदैन भन्ने बुझेका प्रचण्ड ओलीलाई ‘धेरैथोक’ दिएर प्रधानमन्त्री बन्ने प्रयासमा छन्। यो प्रस्तावमा ओली पनि सकारात्मक भएको स्रोत बताउँछ।

प्रधानमन्त्रीले परराष्ट्रमन्त्रीलाई त्यो कार्यक्रममा नजान भनेका थिए तर परराष्ट्रमन्त्री उनलाई अटेर गर्दै गएकी थिइन्। यसबाट रुष्ट प्रधानमन्त्री बद्री पाण्डे नेतृत्वको एनआरएनएको काठमाडौंमा हुन लागेको सम्मेलन उद्घाटन गर्न जाने तयारी गरेका छन्।

ओलीनिकट एक नेताका अनुसार प्रधानमन्त्री प्रचण्डसँग सहकार्य मात्रै नभइ एकता नै गर्ने मनसायमा छन्। त्यही अनुरुप अहिले भइरहेको छलफलमा सत्ता साझेदारी मात्र नभइ पार्टी एकताको विषयमा पनि छलफल भइरहेको छ। र, यो एकतामा नेकपा एकीकृत समाजवादीलाई पनि जोड्ने प्रयास भइरहेको छ। यो प्रयासमा माधवकुमार नेताल भने एउटा अड्चनको रुपमा छन्।

ती नेताका अनुसार ओली प्रचण्ड र माधव नेपाललाई एकसाथ पार्टीमा माथिल्लो हैसियतमा ल्याउन चाहँदैनन्। विगतमा नेकपामा छँदा आफूलाई अल्पमतमा पार्नेगरी नेपाल र प्रचण्डले गुटबन्दी गरेका कारण ओली अहिले पनि त्यस्तै हुन सक्छ भन्ने कुराले सशंकित छन्।

त्यसैले उनी माधव नेपाललाई सकेसम्म गलाएर सामान्य नेताका रुपमा मात्रै पार्टीमा ल्याउने वा उनको पार्टीका सांसदहरु मात्रैलाई ल्याउने रणनीतिमा छन्।

माधव नेपाललाई गलाउन ओलीले पतञ्जली जग्गा प्रकरणलाई हतियारको रुपमा प्रयोग गर्ने तयारी गरेको स्रोत बताउँछ। पतञ्जलीको जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माधव नेपालसहितलाई मुद्दा चलाउने निर्णय गरिसकेकोमा अहिले त्यो प्रक्रिया रोकिएको छ।

नेपाललाई जुनसुकै समयमा मुद्दा अगाडि बढ्न सक्छ भन्ने देखाएर दबाबमा राखिराख्न ओलीले नै तत्काललाई त्यो मुद्दा ‘होल्ड’मा राख्न अख्तियार नेतृत्वलाई दबाब दिएको स्रोत बताउँछ।

यो पनि पढ्नुस्

मोदीको प्राथमिकतामा परिनन् परराष्ट्रमन्त्री आरजु


सामाग्री श्रोत :

‘बेड रेस्ट’ सदुपयोग गर्दै एमालेसँग छलफलमा प्रचण्ड, कांग्रेस-एमाले किचलोले सरकार ढल्ने जोखिम

काठमाडौँ । राजधानीको कमलपोखरीस्थित आईटी प्लाजामा जारी ‘आईटी प्लाजा महोत्सव’को म्याद आगामी शनिबार (१० मे २०२५) सम्म बढाइएको छ । महोत्सवमा ग्राहकको उल्लेख्य सहभागिता र सकारात्मक प्रतिक्रिया आएको भन्दै व्यवस्थापन समितिले म्याद थप्ने निर्णय गरेको हो ।

आयोजकका अनुसार यस महोत्सवमा ८० प्रतिशतसम्मको छुट, रु. ५,५०० मूल्यको एमएसआई गेमिङ माउस रु. १,००० मा तथा पहिला आउने २० जनालाई निःशुल्क ल्यापटप सर्भिसिङ जस्ता अफरमा आकर्षण देखिएको छ ।

महोत्सवमा सहभागी ग्राहकका लागि फोटो बुथमार्फत फोटो खिची फेसबुकमा पोस्ट गर्ने योजनाअन्तर्गत हरेक दिन पाँच जनाले पुरस्कार जित्ने अवसर पनि छ ।

त्यस्तै कुनै पनि सामग्री खरिद गर्ने ग्राहकहरू ‘Acer Nitro V15’ ल्यापटप जित्न सक्ने बम्पर लक्की ड्र मा सहभागी हुनेछन् । कलेज विद्यार्थीहरूका लागि छुट्टै बम्पर उपहारमा ‘Acer Aspire Lite 14’ ल्यापटप राखिएको छ ।

विद्यार्थीहरूले कलेजमार्फत वितरण गरिएका कुपन ल्याएर आईटी प्लाजामा रहेको ड्रप बक्समा राखी लक्की ड्र मा सहभागी हुन सक्नेछन् । दुवै बम्पर उपहारहरू महोत्सवको अन्तिम दिन समापन समारोहमा वितरण गरिने आयोजकले जनाएको छ ।


 

पछिल्लो अध्यावधिक: बैशाख २५, २०८२ ७:५७





सामाग्री श्रोत :
टेक पाना

मुस्ताङ – थासाङ गाउँपालिका–२ सौरु गाउँमा रहेको पाँच सय वर्ष पुरानो सौरु गुम्बा जीर्णोद्धार भएको छ । पोखरा निवासी समाजसेवी मदन र बालकुमारी गौचन दम्पतीले रु २२ लाख ५० हजार खर्चेर गुम्बा जीर्णोद्धार गराएका छन् । 

गुम्बा संरक्षण व्यवस्थापन समितिका अध्यक्ष सुवर्ण गौचनका अनुसार जीर्ण भएको गुम्बाको भित्री र बाहिरी भागमा मर्मत सम्भार गरिएको छ । 

Ncell 2
Ncell 2

गुम्बा परिसरमा ढलान गरिनाका साथै बिजुलीको व्यवस्था भएको छ । गुम्बा जीर्णोद्धारसँगै शौचालयलागयत अत्यावश्यक संरचना पनि निर्माण भएका छन् ।

shivam cement
shivam cement

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

नयाँदिल्ली। भारतमा ३० प्रतिशतभन्दा बढी केटीहरू र १३ प्रतिशत केटाहरूले सन् २०२३ मा १८ वर्षको उमेर नपुग्दै यौन हिंसाको अनुभव गरेको तथ्यांक सार्बजनिक भएको छ।

द ल्यान्सेट जर्नलमा प्रकाशित एक विश्लेषण अनुसार सन् १९९०–२०२३ को बीचमा २०० भन्दा बढी देशहरूमा बालबालिका विरुद्धको यौन हिंसाको व्यापकता बढेको अनुमान गरिएको छ ।

त्यसो त दक्षिण एसियामा बालिकाहरूका लागि सबैभन्दा बढी दर भारतमा रेकर्ड भएको छ भने कम बंगलादेशमा रहेको छ। जसअनुसार बंगलादेशमा ९.३ प्रतिशत र ३०.८ प्रतिशत रहेको देखिएको छ। साथै, विश्वभर पाँच मध्ये १ केटी र सात मध्ये एक केटाले १८ वर्षको उमेर नपुग्दै यौन हिंसा भोगिरहेका छन्।

इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एण्ड इभ्यालुएसन, युनिभर्सिटी अफ वाशिंगटन, अमेरिकाका अन्वेषकहरूले पनि पत्ता लगाए कि उप सहारा अफ्रिकामा १८ वर्ष मुनिका केटाहरू बीच यौन हिंसाको उच्च दर रहेको थियो । जसअनुसार जिम्बाब्वेमा करिब ८ प्रतिशतदेखि कोट डिआइभोरमा २८ प्रतिशतसम्म रहेको देखिएको छ ।

बालबालिका विरुद्ध हुने यौन हिंसा जनस्वास्थ्य र मानव अधिकारको महत्वपूर्ण मुद्दा हो। यौन दुर्व्यवहारका परिणामहरूले मानसिक स्वास्थ्य अवस्थाहरूको जोखिम बढाएर व्यक्तिको दीर्घकालीन स्वास्थ्यलाई असर गर्ने गरेको उनीहरूको भनाइ रहेको छ ।

यो अध्ययन विश्वव्यापी अनुमानहरू प्रदान गर्ने पहिलो मध्ये एक बालबालिका विरुद्धको यौन हिंसाको व्यापकतामा डेटाको लागि सार्वजनिक रूपमा उपलब्ध भण्डारहरूको समीक्षा गरिएको हो ।

‘हामीले अनुमान गरेका छौँ कि बालबालिका विरुद्धको यौन हिंसा को विश्वव्यापी उमेर मानकीकृत प्रचलन २०२३ मा महिलाहरूको लागि १८.९ प्रतिशत र पुरुषहरूको लागि १४.८ प्रतिशत देखियो’ अध्ययन प्रतिबेदनमा भनिएको छ ।

टोलीले यो पनि भन्यो कि किशोर र युवा वयस्कहरू बीच यौन हिंसाको पहिलो एक्सपोजर १८ वर्ष भन्दा पहिले विश्वका लगभग ७० प्रतिशत पुरुष र महिलाहरूले गरेका थिए ।


सामाग्री श्रोत :

भारतमा १८ बर्ष नपुग्दै ३० प्रतिशत किशोरी र १३ प्रतिशत किशोर यौन हिंसाको शिकार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत देशमा निराशा फैलाउने प्रयास भइरहेको भन्दै आपत्ति जनाएका छन् । शुक्रबार लोकान्तर मिडियाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आँखामा पट्टी बाँधेर हेर्नेहरूले देशमा केही नभएको भन्दै भ्रम छरिरहेको जिकिर गरे । 

“यो त दुई–चार युट्युबे र फेसबुकेको कुरा हो । कहाँ छ जनतामा आक्रोश ? लगाइएका, खटाइएका मिसन बोकेकाहरूले निराशाको खेती गरेका हुन् । बाटो खनेको देख्छन्, बनेको देख्दैनन् । खाल्डो खन्यो, पुर्यो के गर्‍या ? यो हुन्छ सरकारको ताल ? भन्ने गर्छन् ।”

देश भइहेको विकासलाई बेवास्ता गर्दै सरकारको बदनाम गर्नुपर्ने अभियान चलाइएको प्रधानमन्त्रीको दुखेसो छ । “कालो चस्मा लगाएको भए त अलि अलि कालो भएपनि देखिन्थ्यो । टम्म आँखामा पट्टी बाँधेर सरकारको बदनाम गर्नुपर्छ भन्ने अभियान चलाइएको छ,” उनले भने । 

प्रधानमन्त्री ओलीले नेपाल प्राकृतिक स्रोतसाधनले भरिएको देश भएकाले निराश नभई आशावादी बन्न जनतालाई प्रेरित गर्नुपर्ने बताए ।

“हाम्रोमा त बाहिरबाटै तेल बगिरहेको छ । पानी छ । खनिज छन् । फलामखानी छन् । तामाखानी, सुनखानी, म्यानेसियम अनेक प्रकारका खानी छन् । हामीसँग औषधि छन्, जडिबुटी छन् । वन–जंगल सबै छन् । बहुमूल्य पत्थर छन् । ढुंगा पनि बिक्छ । अनि यस्तो ठाउँमा निराश फैलाउने कि आशावादिता जगाउने भन्ने कुरामा हामीले जनतालाई सिकाउनुपर्छ । जनतालाई निराश बनाउनु भनेको देशविरुद्धको अपराध हो,” ओलीले भने ।

पछिल्लो अध्यावधिक: बैशाख २५, २०८२ १०:१०





सामाग्री श्रोत :
टेक पाना

बेनी – म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङमा सञ्चालित तीनदिने निःशुल्क आँखा उपचार शिविरबाट ७१५ जना लाभान्वित भएका छन् । 

मालिका गाउँपालिका, पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना, हिमालयन आँखा अस्पताल पोखरा, नेपाल नेत्रज्योति सङ्घ जिल्ला शाखा म्याग्दी र आँखा उपचार केन्द्र दरबाङको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा ४५९ जना  महिला र २५६ जना पुरुषले आँखा परीक्षण गराएका हुन् । 

Ncell 2
Ncell 2

मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकालका अनुसार  शिविरमा ५२ जना महिला र २२ जना पुरुषसहित ७४ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिएको थियो । बिरामीहरुलाई निःशुल्क औषधि र चस्मा पनि वितरण गरिएको थियो ।

shivam cement
shivam cement

हिमालयन आँखा अस्पतालका चिकित्सक हरिविक्रम अधिकारी नेतृत्वको टोलीले  शिविर सञ्चालन गरेको हो । शिविरमा मालिका गाउँपालिकासहित धौलागिरि, मालिका, बेनी नगरपालिका र पर्वतको मल्लाजबाट पनि बिरामी सेवा लिन आएका थिए । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं– मानसिक समस्याका बिरामीहरुको उपचार गर्ने एक मात्रै केन्द्रीय स्तरको अस्पतालको हो, पाटन मानसिक अस्पताल । यो अस्पतालले ५० शैयाको स्वीकृति पाएपनि थप १७ शैय्यासहित कुल ६७ शैय्याबाट सेवा दिँदै सञ्चालन हुँदै आएको छ। 

केन्द्रीय अस्पतालका रुपमा रहेको अस्पतालमै बेला–बेला बेड नपाइने गरेको जनगुनासो आउने गरेको छ । अस्पतालमा लामो समयदेखि ओएनएम सर्भे हुन सकेको छैन। पर्याप्त जनशक्ति, भौतिक पूर्वाधार तथा प्रदेश स्तरसम्म मानसिक स्वास्थ्य सेवा विस्तार हुन नसक्दा बेला–बेलामा बेड नपाउने गुनासो आउने गरेको मानसिक अस्पताल लगनखेलका निर्देशक डा अनन्त अधिकारी बताउँछन्। 
यद्यपि उनका अनुसार केही वर्षदेखि मानसिक स्वास्थ्यलाई राज्यलाई प्राथमिकतामा राखेको छ। राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण  भएको करिब ५ वर्ष भइसक्दा समेत मानसिक स्वास्थ्य क्षेत्रमा आवश्यकता अनुसार काम भने हुन सकेको छैन।  

‘समुदायस्तरसम्म पनि मानसिक स्वास्थ्यको सेवालाई विस्तार गर्नुपर्ने तथ्य पत्ता लागिसकेको छ,’  डा अधिकारीले भने–  ‘मानवीय स्रोत साधनको विकास, मानसिक स्वास्थ्यको प्रवद्र्धन, मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरुको अधिकारको रक्षा गर्नुपर्छ, भन्ने विभिन्न नीति तथा रणनीतिमा नै उल्लेख भइसकेका छन्।’ 

‘प्रदेशस्तरीय अस्पतालहरुमा पनि मानसिक विभाग तथा बेड सञ्चालनमा ल्याउन सके मानसिक अस्पताललाई बिरामीको चाप पनि कम हुन्थ्यो’, उनले भने– ‘सातै प्रदेशका अस्पतालहरुमा मानसिक रोगीहरुले भर्ना नै भएर उपचार पाउने स्थिति बनाउन आवश्यक छ।’ 

बढ्दो जनसंख्याको अनुपातका आधारमा मानसिक स्वास्थ्य सेवाको दायरा पनि बढ्नुपर्ने भएपनि अझै सेवाहरु पर्याप्त हुन नसकेको डा अधिकारी बताउँछन्। 

उनले भने –  ‘विशिष्टीकृत सेवाहरु विस्तार गर्नुपर्ने,सानो क्षेत्रफलमा फैलिएको पुरानो भवनमा  अस्पताल सञ्चालन गर्नुपरेको अवस्था छ। यसलाई मर्मत सम्भार तथा नयाँ भवन बनाउन आवश्यक छ।’ 
उनका अनुसार राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्रका रुपमा आवश्यकता महसुस गरी प्रतिष्ठानका पाटन मानसिक अस्पताललाई अगाडि बढाउन आवश्यक छ। 

८५ प्रतिशत बिरामी उपचारको पहुँच बाहिर 
नेपालमा अझै पनि ८५ प्रतिशत भन्दा बढीमा मानसिक रोगका बिरामी उपचारको पहुँचभन्दा बाहिर विभिन्न अध्ययनले देखाएको छ। 

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण अनुसार कुनै व्यक्तिमा जीवनभरिमा रोग लाग्न सक्ने सम्भावना १०–१२ प्रतिशत रहेको छ। 

त्यस्तै तत्कालै उपचार गर्नुपर्नेको संख्या ४–५ प्रतिशत देखिएको छ। कडा खालको मनोरोगीको संख्या २ प्रतिशतमा २५÷३० प्रतिशतमा एन्जाइटीको समस्या छ। लागु पदार्थ दुव्र्यसनीको संख्या दिन÷प्रतिदिन बढ्दो अवस्थामा छ। 

मानसिक स्वास्थ्य समस्याको समयमा नै उपचार नहुँदा आत्महत्याको दर दिनप्रति दिन बढ्दो अवस्थामा रहेको डा अधिकारीको तर्क छ ।  नेपालमा दैनिक २० जनाले आत्महत्या गर्छन्, जसको प्रमुख कारण मानसिक स्वास्थ्य समस्या भएको उनी बताउँछन्। 

अपर्याप्त जनशक्ति 
हाल मानसिक अस्पतालमा १४–१५ जनाको टिम रहेको छ । जसमा चिकित्सा मनोविद् एकजना, तीनजना प्रमुख कन्सल्टेन्ट साइक्याट्रिक्स, ६ जना नवौं तहको कन्सल्टेन्ट साइक्याट्रिक्स तथा ५ जना मेडिकल अफिसर कार्यरत रहेका छन्। 

त्यो अझै अपुग छ। बेड अपुगसँगै नर्सिङ स्टाफको संख्या पनि अपुग नै रहेको स्थिति छ। 

ओपीडी सेवाको अनुपातको चिकित्सकहरुको संख्या कम भन्न नमिले पनि शैय्या संख्या बढेपछि भने चिकित्सकको संख्या पनि बढाउनुपर्ने डा अधिकारीको तर्क छ।  
दैनिक २ सयले अस्पतालबाट ओपीडी सेवा लिने गरेका छन्। अन्तरंग सेवामा सधैं प्याक नै रहेको छ। 

मानसिक स्वास्थ्य रणनीति बनाउनेमा कर्णाली पहिलो 
मानसिक स्वास्थ्य रणनीति बनाउनेमा कर्णाली प्रदेश पहिलो नम्बरमा छ। यसैको आधारमा पनि भन्न सकिन्छ, मानसिक स्वास्थ्यको क्षेत्रमा जागरण आउने क्रम बढ्दो अवस्थामा रहेको छ । 
मानसिक स्वास्थ्य प्रति कर्णाली प्रदेशका मानिसहरुको दृष्टिकोण फराकिलो रहेको दर्शाएको छ । जसमा एनजिओहरुको पनि सहयोग रहिरहेको छ। कर्णाली प्रदेशले विभिन्न प्रकारका रणनीति बनाएर काम पनि गरिरहेको छ। 

सरकारको नियमनकारी भूमिकाको खाँचो 
सरकारले सरोकारवालाहरुले बनाएको मानसिक स्वास्थ्य रणनीति कार्ययोजना अनुसार अगाडि बढेमा मानसिक स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण उपलब्धी अवश्य नै हासिल गर्न सकिने डा अधिकारी बताउँछन्। 

मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने विभिन्न एनजिओहरुलाई उनीहरुको काममा डुप्लिकेसन नहुने तथा यस क्षेत्रमा नेपालको आवश्यक समेत सम्बोधन हुने गरी सरकारले एनजिओहरुलाई काम लगाउनुपर्ने स्थिति रहेको उनको भनाई छ। 

उनले भने,  ‘यसो गर्न नसके कतिपय कार्यक्रमहरु दोहोरिने तथा कतिपय बिरामीहरु उपचारको पहुँचबाट टाढा हुने अवस्था आउँछ’।  सरकारले मानसिक स्वास्थ्य क्षेत्रमा भएका कार्यहरुको नियमन तथा मानसिक स्वास्थ्य अस्पताललाई स्तरोन्ती गर्नुपर्र्ने  तथा प्रादेशिक अस्प्तालहरुमा मानसिक स्वास्थ्य सेवालाई विस्तार गर्नुपर्नेमा उनको जोड छ। 

सामाग्री श्रोत :
swasthyakhabar

चितवन। रेबिज लागेर इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ । निजको भरतपुर अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।

केही महिनाअघि उनलाई कुकुरले टोकेको थियो । उपचारमा विलम्ब हुँदा निजको मृत्यु भएको हो । उनको उपचारका लागि हिजो बुधबार अस्पताल भर्ना भएका थिए।


सामाग्री श्रोत :

रेबिज लागेर एक जनाको मृत्यु

काठमाडौँ । भारत र पाकिस्तानका ह्याकिङ समूहबिच साइबर द्वन्द्व चर्किँदै गएको छ । पाकिस्तानी समूह पाकिस्तान साइबर फोर्सले भारतको मिलिटरी इन्जिनियरिङ सर्भिसेस (एमईएस), रक्षा अनुसन्धान संस्था (एमपी-आईडीएसए)को वेबसाइट ह्याक गरेको दाबी गरेपछि भारतीय समूह प्रतिकार उत्रिएको इन्डिया हेराल्डले लेखेको छ । ।

‘इन्डियन साइबर फोर्स’ नामको समूहले पाकिस्तानका एक हजारभन्दा बढी सीसीटिभी क्यामेरा नियन्त्रणमा लिएको दाबी गरेको छ । समूहले सामाजिक सञ्जाल एक्स र टेलिग्राममा लेख्दै भनेको छ, “पाकिस्तानको सर्भिलेन्स प्रणाली हाम्रो नियन्त्रणमा आएको छ ।”

ह्याक गरिएका क्यामेरा पाकिस्तानका सरकारी कार्यालय, उद्योग क्षेत्र, विद्यालय, निजी कम्पनी, बैंक र एटीएमहरूमा जडान गरिएको बताइएको छ । उनीहरूले सर्भिलेन्स भिडिओको एउटा क्लिपसमेत सार्वजनिक गरेका छन् ।

यही समूहले पाकिस्तानको इस्लामिया विश्वविद्यालय बहावलपुरका डेढ लाख बढी विद्यार्थीहरूको निजी विवरणसमेत लिक गरेको दाबी गरेको छ । चुहाइएको ३८.२ एमबी डेटा फाइलमा नाम, राष्ट्रिय परिचयपत्र नम्बर, फोन नम्बर, ईमेल, पासवर्ड, ठेगाना, भुक्तानी र शुल्कसम्बन्धी विवरण समावेश भएको इन्डिया हेराल्डले जनाएको छ ।

विश्लेषकहरूले यी साइबर हमलालाई दक्षिण एसियामा बढ्दो ‘ह्याक्टिभिज्म’ (राजनीतिक उद्देश्यमा गरिने ह्याकिङ) को उदाहरणका रूपमा लिएका छन् । पाकिस्तानविरुद्धको अभियानमा भारतका ‘इन्डियन साइबर फोर्स’ र ‘इन्डियन साइबर डिफेन्स’ समूहहरू सक्रिय देखिएका छन् भने इस्लामिक मुलुकका केही समूहहरूले #OPIndia अभियानमार्फत भारतीय प्लेटफर्म र सर्भरहरूलाई निशाना गरिरहेको बताइएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख २५, २०८२ ९:१०





सामाग्री श्रोत :
टेक पाना

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट