२०८३ बैशाख २७ आईतवार
२०८३ बैशाख २७ आईतवार

काठमाडौं । प्रतिनिधिसभामा आगामी आर्थि वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा समेटिएका विषयहरू बर्सेनि दोहोरिने तर कार्यान्वयनमा नजाने प्रवृत्ति दुःखद रहेको सांसदहरूले बताएका छन्। आजको बैठकमा सांसदहरूले छलफलका क्रममा दिइएका सुझावलाई मनन गर्नुपर्ने र सोही अनुसार ठोस योजना बनाउनुपर्ने सुझाव दिएका हुन्।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले संविधान पुनरावलोकन गरेर कार्यान्वयनमा देखा परेका समस्या पहिचान गरी समाधान खोज्नुपर्ने आवश्यकता औंल्याए। उनले भने, ‘यो नीति तथा कार्यक्रममा संविधान संशोधनका बारेमा एउटा लाइन मात्र उल्लेख गरिएको छ, तर त्यसका लागि ठोस कार्ययोजना प्रस्तुत गरिएको छैन। राष्ट्रिय सहमतिकासाथ जनमुखी र अग्रगामी एजेन्डा सम्बोधन हुनेगरी संविधान संशोधन गरौँ भन्ने प्रस्ताव छ।’

सांसद ज्वालाले राष्ट्रिय सहमतिकासाथ जनहितका लागि संविधान संशोधन गर्नुपर्नेमा जोड दिए। संघीयता सबलीकरणका लागि खर्चिलो निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने, संवैधानिक आयोगसहितका संरचना घटाउने, महिला, दलितलगायत पछाडि पारिएका वर्ग तथा समुदायको अधिकार सुनिश्चित गर्नेगरी संविधानलाई समय सान्दर्भिक र जनमुखी बनाउने उद्देश्यले संशोधन प्रक्रिया अघि बढाउन विशेष जोड दिनुपर्ने उनको भनाइ छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले विगतमा पटकपटक दोहोरिएका नीति तथा कार्यक्रमका योजनाहरू हालसम्म लागू नभएको विभिन्न उदाहरणसहित प्रस्तुत गरे। उनले भने, ‘यो नीति तथा कार्यक्रममा कतिपय विषयवस्तु पुराना दोहोरिएका छन्। खाद्यवस्तुमा दुई वर्षभित्र आत्मनिर्भर हुनेगरी कृषिमा लगानी बढाइने भनिएको १० वर्ष भयो, तर खोइ लगानी?’

सांसद ढकालले थप उदाहरण दिँदै भने, ‘आव २०७५/७६ को नीति तथा कार्यक्रममा बुँदा नं ३२ मा मछली उत्पादनमा आत्मनिर्भर हुने, अर्गानिक नेपाल बनाउने योजना तत्काल सुरु गर्ने भनिएको थियो। अहिले माछा किसानको हालत के छ ? विषाक्त माछाहरूले बजार पाएका छन्, तर मुलुकमा उत्पादन भएको माछा बजारको सुनिश्चितता छैन। जैविक मलको उत्पादन तथा अर्गानिक खेतीमा जोड दिने कुरा पटकपटक भनिएको छ, तर सुझाव दिइएका विषय कार्यान्वयनमा आएका छैनन्।’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद बीना जैसवालले नीति तथा कार्यक्रममा पुरानै योजना दोहोरिएको भए पनि केही विषयमा भने आशा गर्ने ठाउँ रहेको बताइन्। उनले भनिन्, ‘यो वर्ष प्रस्तुत गरिएको नीतिमा ‘जेनजी स्टार्टअप’मा लगानी, घरघरमा खानेपानीको पहुँचलगायत विषय कार्यान्वयन हुन सके जनता लाभान्वित हुने छन्।’ रासस


सामाग्री श्रोत :

‘राष्ट्रिय सहमतिकासाथ जनहितका लागि संविधान संशोधन गरौं’

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले सूचना प्रविधि (आईटी) लाई राष्ट्रिय प्राथमिकताको क्षेत्रको रूपमा घोषणा गर्न सरकारसँग माग गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आईटी क्षेत्रलाई पूर्वाधारकै रूपमा लिनुपर्ने समय आएको उल्लेख गरे । 

“२१ औँ शताब्दीको आधारभूत पूर्वाधार भनेको सडक निर्माण गर्नु, पुल निर्माण गर्नु मात्रै होइन । सूचना प्रविधि पनि अहिले पूर्वाधारको प्रमुख आधार हो । आईटीलाई राष्ट्रिय प्राथमिकताको क्षेत्रको रूपमा घोषणा गर्न म सरकारलाई आग्रह गर्न चाहन्छु,” उनले भने ।

उनले आईटी क्षेत्रले रोजगारी सिर्जना र वैदेशिक मुद्रा आर्जनमा महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले यसलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । “आईटीलाई भविष्यको योजना होइन, वर्तमानको क्रान्तिका रूपमा बुझेर तुरुन्त प्रभावकारी कदम चाल्नुपर्छ,” उनले भने ।

पूर्वमन्त्री समेत रहेका कार्कीले आगामी आर्थिक वर्षदेखि नीतिमा मात्रै नभई कार्यक्रमसहित आईटी क्षेत्रलाई अघि बढाउन सरकारलाई आग्रह गरे ।

 

पछिल्लो अध्यावधिक: बैशाख २५, २०८२ १४:२८





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ–सरकारले अस्ट्रेलिया र मलेसियाका लागि नेपाली राजदूतलाई थप जिम्मेवारी प्रदान गरेको छ। 

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवलाई न्यूजिल्याण्डको समेत गैरआवासीय राजदूत नियुक्त गरेका छन्। 

Ncell 2
Ncell 2

यस्तै मलेसियाका लागि नेपाली राजदूत डा नेत्रप्रसाद तिम्सिनालाई ब्रुनाई दारुसलामका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

shivam cement
shivam cement

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपालको महाअभियानअन्तर्गत कुुष्ठरोग निवारण गरिछाड्ने प्रयत्नलाई अझ गतिशील र प्रभावकारी बनाउनुुपर्नेमा जोड दिएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विभिन्न संस्थाद्वारा आज आयोजित ‘नेपाल कुुष्ठरोग सम्मेलन’ उद्घाटनसत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा प्रति १० हजारमा एक भन्दा तलको सङ्ख्यामा कुुष्ठरोगी रहनु सुधारात्मक भए पनि रोग पूर्ण उन्मुुलन नभएसम्म आफूहरु सन्तुुष्ट नहुने बताए।

उनले पहिला पहिला आशीर्वाद दिइँदा पाचन प्रणाली राम्रो होस् भनेर दिइने स्मरण गर्दै आहार–बिहार र हेरचाहलाई सहीरुपमा गरेर स्वस्थ्य रहन सकिने र कुुष्ठारोगजस्ता सङ्क्रामक रोग लागिहालेमा नियमित उपचार गर्ने कार्यलाई जागरणकै रुपमै सञ्चालन गर्न आग्रह गरे। प्रधानमन्त्री ओलीले आफूूले पञ्चायतकालमा गोलघरमा रहँदा चिसो भुुइँमा राखेर यातना दिइएको सम्झँदै त्यही कारण आफ्नो मिर्गाैला फेल भएको सन्दर्भ उल्लेख गरे।

प्रधानमन्त्री ओलीले कुुष्ठरोगीलाई हेलाँहोचो नगर्न कानुनमा संशोधन गर्ने र रोग सर्नबाट पनि बच्ने उपायका लागि सरकारले आवश्यक सहजीकरण गर्ने बताए । उनले रोग लुुकाउनुु हुँदैन भन्ने सन्देशसहित आमसञ्चार र सूचना प्रविधिका माध्यमबाट कुुष्ठारोग निवारणका लागि जागरण फैलाउन स्वास्थ्य मन्त्रालयलाई आग्रह पनि गरे ।

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले किसानलाई समयमै पर्याप्त रासायनिक मल उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मुख्य बाली धान रोप्ने तयारी भइरहेका बेला किसानहरूले मलको अभाव झेल्नुपरेको बताए।

उनले भने, ‘हरेक वर्ष जब मुख्य बाली धान रोप्न तयारी हुन्छ, किसानले समयमा पर्याप्त मल पाउँदैनन्, कोटा प्रणाली मार्फत मल वितरण हुन्छ तर त्यो व्यवहारिक र सहज छैन, किसानले ५० किलो मल माग गर्दा मुस्किलले ५ किलो मात्रै पाउँछन्।’

सरकारको नीति तथा कार्यक्रमको बुँदा नं १६ मा ज्यादै लोकप्रिय प्रकारको कार्यक्रम अगाडि सारिएको भए पनि किसानकहाँ जाँदा किसानहरूले यो सरकार किसानमैत्री भएन भनेर गुनासो गर्ने गरेको बताए।

उनले भने, ‘म मुख्यबाली धानको तयारी हुँदै गर्दा पर्याप्त मात्रामा मलको उपलब्धता गराउने र ६ महिना देखि किसानले बेचेको दुधको पैसा डिडिसिले भुक्तानी गर्न सकेको छैन, यस दिशामा नेपाल सरकार र खासगरी कृषि मन्त्रालयको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु।’


सामाग्री श्रोत :

किसानलाई मल र दूधको बक्यौता तत्काल उपलब्ध गराउन माओवादीको माग

काठमाडौँ । सन् २०२३ मा २४० वाट चार्जिङ प्रणाली सार्वजनिक गरेको रियलमीले अब आफ्नै रेकर्ड तोड्ने तयारी गरेको छ । कम्पनीले रियलमी जीटी सेभेनको विश्वव्यापी लन्चको पूर्वसन्ध्यामा १०,००० एमएएच ब्याट्री र ३२० वाट चार्जिङ भएको प्रोटोटाइप फोन सार्वजनिक गरेको छ ।

यो फोन ८.५ मिलिमिटर पातलो र २१५ ग्राम तौलको छ । रियलमीले १० प्रतिशत सिलिकन एनोड भएको ब्याट्री प्रयोग गरेको छ, जसले ८८७ वाट आवर प्रति लिटर ऊर्जा घनत्व प्रदान गर्ने बताइएको छ ।

ब्याट्रीको लागि अधिकतम आन्तरिक ठाउँ उपलब्ध गराउन कम्पनीले फोनको मदरबोर्डलाई २३.४ मिलिमिटर मात्र अग्लो बनाएको छ । यो अहिलेसम्मको सबैभन्दा सानो एन्ड्रोइड मदरबोर्ड भएको कम्पनीको दाबी छ ।

रियलमी ग्लोबल मार्केटिङका अध्यक्ष चेस एक्सुले दुई मिनेटको अनबक्सिङ भिडिओ सार्वजनिक गर्दै प्रोटोटाइप डिभाइस र यो कसरी तयार पारियो भनेर जानकारी दिएका छन् ।

यद्यपि सार्वजनिक गरिएको फोन परीक्षण नमुना (प्रोटोटाइप) मात्रै हो । रियलमी जीटी सेभेनमा यति ठुलो ब्याट्री र चार्जिङ सुविधा हुने छैन । तर कम्पनीले २४० वाट चार्जिङ प्रणाली सार्वजनिक गरेपछि छोटो समयमै बजारमा ल्याएको अनुभवले गर्दा यो प्रविधि पनि छिट्टै उपभोक्तामाझ पुग्ने अनुमान गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: बैशाख २५, २०८२ १३:३५





सामाग्री श्रोत :
टेक पाना

चितवन–चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ।

गत आर्थिक वर्षको तुलनामा यस वर्षको चैत सम्ममा पर्यटकको सङ्ख्यामा कमी आएको हो।

गत आर्थिक वर्षमा हालसम्मकै सबैभन्दा बढी पर्यटकले निकुञ्ज घुमेका थिए। निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार यस वर्षको चैत सम्ममा एक लाख ८२ हजार २२७ जना पर्यटकले निकुञ्ज घुमेका छन्। गत आर्थिक वर्षमा दुई लाख ५० हजार ३३७ जनाले निकुञ्ज घुमेका थिए। 

Ncell 2
Ncell 2

चालु आर्थिक वर्षको चैतसम्म नेपाली ९२ हजार ८९०, सार्कका १६ हजार ७९८ र तेस्रो देशका ७२ हजार ५३९ पर्यटकले निकुञ्ज घुमेका छन्। गत आर्थिक वर्षको तुलनामा यस वर्ष आन्तरिक पर्यटकको सङ्ख्यामा ठूलो गिरावट आएको तथ्याङ्कले देखाएको छ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्तले निकुञ्ज भ्रमण गर्ने पर्यटकको सङ्ख्या र सफारी गर्ने जिप सङ्ख्यामा कमी आउँदा पर्यटकसँगै राजस्वसमेत घटेको बताए। यद्यपी निकुञ्जमा भीडभाड नभएको वन्यजन्तुका लागि राम्रो हुने उनको भनाइ छ।  गत आर्थिक वर्षमा यो अवधिमा रु २८ करोड २६ लाख राजस्व सङ्कलन भएकामा यस वर्ष रु २३ करोड ६४ लाख ९९ हजार मात्र राजस्व स्कलन भएको छ।

shivam cement
shivam cement

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले कोभिड पछि मानिसमा क्रयशक्ति कम्जोर बन्नु र कोभिड पछि उकुसमुकुस भएका धेरै पर्यटक गत वर्ष निकुञ्ज घुमेकाले यस वर्ष सङ्ख्या घटेको हुनसक्ने अनुमान गरे। उनले भने, “जुन सुकै क्षेत्रमा पनि उच्च तहमा पुगे पछि क्रमशः घट्दै जान्छ।” निकुञ्ज भित्रको घाँसे मैदान व्यवस्थापन समयमा हुन नसक्दा दुर्लभ वन्यजन्तु हेर्न नपाएकाले पनि केही हदसम्म पर्यटक घटेको हुनसक्ने उनको भनाइ छ।

क्षेत्रीय होटल सङ्घ सौराहाका उपाध्यक्ष गुणराज थपलिया मूख्य रूपमा बाटोको कारण पर्यटक आगमनमा कमी आएको बताउछन्। उनले भने, “सडक र आकासबाट आउनै कठिन छ। कसरी पर्यटक आउँछन्।” चितवनबाट भैरहवा, काठमाडौँ र पोखरा तीनैतर्फको सडकको स्तरोन्नसत हुँदै गरेकाले सहज नहुँदा पर्यटक नआएको उनी बताउछन्। जहाजबाट आउँदा समयमा उडान नहुने र भाडा महङ्गो भएको थपलियाको भनाइ छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं- दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सतादेखि एमआरआइ सेवा बन्द भएको छ। प्रतिष्ठानले एमआरआइ मेसिन आयातकर्तालाई तीन वर्षदेखि रकम भुक्तानी नगरेपछि सफ्टवयेर अपडेट नहुँदा सेवा बन्द भएको हो।

एमआरआइ सेवा बन्द भएपछि बिरामीले भने सास्ती बेहोर्नु परेको छ। अस्पतालमा एमआरआइ बन्द भएपछि बिरामीहरुले जिल्ला बाहिर जानुपर्ने बाध्यता आएको छ।

प्रतिष्ठानले रकम नदिएपछि मेसिन आयातकर्ता कम्पनी लुम्बिनी हेल्थ केयरले सफ्टवेयर अपडेट नगरेको हो। आयातकर्ता कम्पनीका अनुसार प्रतिष्ठानबाट कम्पनीले दुई करोडभन्दा बढी रकम लिन बाँकी छ।
आमएआरआइ सेवा बन्द भएपछि प्रतिष्ठानले आफ्ना तर्फबाट दिनुपर्ने रकमका विषयमा कुनै कुरा उल्लेख नै नगरी आयातकर्ता कम्पनीका कारण सेवा बन्द भएको सूचना सार्वजनिक गरेको छ।एमआरआइ सञ्चालनका लागि आवश्यक सफ्टवेयर अपडेट गरिदिनु पर्नेमा नगरिएका कारण यो सेवा बन्द हुन पुगेको प्रतिष्ठानद्वारा जारी सूचनामा उल्लेख छ।तर प्रतिष्ठानले आयातकर्तालाई दिनुपर्ने रकमका विषयमा भने कहीँ कतै बोलेको छैन।

आयातकर्ता लुम्बिनी हेल्थ केयरले सम्झौता अनुसारको रकम तीन वर्षदेखि प्रतिष्ठानले नदिएको भन्दै सफ्टवयेर अपडेट नभएको जनाएको छ।प्रतिष्ठानले झण्डै एघार करोड रुपैयाँमा उक्त एमआरआइ मेसिन खरिद गरेको हो। मेसिन खरिदका लागि ८० प्रतिशत रकम मेसिन भन्सारमा आउना साथ दिइनु पर्ने र बाँकी २० प्रतिशत रकम मेसिन जडान भई चालु भइसकेपछि उपलब्ध गराउने सम्झौता थियो।

तर मेसिन चलेको तीन वर्ष भइसक्दा पनि प्रतिष्ठानले उक्त २० प्रतिशत रकम नदिएको लुम्बिनी हेल्थ केयरका पोष्टराज ज्ञवालीले जानकारी दिए। उनका अनुसार एमआरआइ सञ्चालनका लागि कम्पनीसँग एउटा लाइसेन्स हुन्छ। उक्त त्यो लाइसेन्स बन्द भएका कारण सेवा रोकिएको हो। लाइसेन्स बनद हुनुको प्रमुख कारण भनेको सम्झौता अनुसार रकम प्राप्त नहुनु नै भएको उनले बताए।

ज्ञवालीका अनुसार मेसिन खरिदका क्रममा एलसी गरेको बैंकलाई प्रतिष्ठानले रकम भुक्तानी गर्न नभनेका कारण पनि समस्या आइरहेको हो। ‘एमआरआइ मेसिनका लागि प्रतिष्ठानले लक्ष्मीसनराईज बैंकमा एलसी गरेको थियो। एलसी गरिएको उक्त बैंक मार्फत कम्पनीमा रकम आउनु पर्ने हो। तर रकम आएको छैन,’ ज्ञवालीले भने, ‘प्रतिष्ठानले भुक्तानीका लागि पत्र नलेखेका कारण भुक्तानी दिन नसकेको भनेर बैंकले भनिरहेको अवस्था छ।’
 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं । पछिल्लो समय विकशित क्षेत्रिय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ।

सीमा क्षेत्रबाट हुनसक्ने अवैध घुसपैठलाई रोक्नको लागि सीमा सुरक्षाको प्रमुख जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल, नेपालले भारतिय समकक्षी सशस्त्र सीमा बल (एसएसबी)सँगको सहकार्य र समन्वयमा सीमानामा संयुक्त रुपमा गस्ती पट्रोल र खबर आदान–प्रदानलाई तीब्रता दिएको छ। यसैगरी एक बिओपीबाट अर्को बिओपीसम्म २४ घण्टा सीमा इलाकामा रहने गरी पट्रोलिङ गरिएको छ।

अनाधिकृत घुसपैठ नियन्त्रण र निगरानीका लागि सीमा क्षेत्रमा पर्ने सबै बाहिनीपतिहरूलाई प्रधान कार्यालयबाट विशेष निर्देशन दिइएको छ भने बाहिनी मुख्यालयहरूले सोही अनुसार सुरक्षा योजना बनाएर कार्यान्वयन गरेका छन्।

सीमा इलाकामा आवश्यकता अनुसार आवतजावत गर्नेहरूको परिचय पत्र चेकजाँच गरेर अभिलेख राख्ने कार्य समेत भइरहेको छ। सम्भावित संकित स्थानहरूमा निगरानी एवं चेकजाँच तथा सुक्ष्म रुपमा खबर संकलन कार्यसमेत गरिराखेको छ।

सीमा क्षेत्रलाई व्यवस्थित गर्न र हुनसक्ने अवैध घुसपैठलाई रोक्न नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणसँग समेत समन्वय गरी सूचना आदान–प्रदान गरी सीमामा आवतजावत गर्ने गरी वारपार गर्नेलाई निगरानी गर्ने कार्य समेत कडाइकासाथ गरिएको छ।

तर, नेपाल–भारत सीमानामा परम्परादेखि चलिआएको परम्परागत आवतजावतलाई असहज तथा हैरानी नहोस् भन्नेतर्फ पनि सचेत हुँदै त्यसप्रकारको आवतजावतलाई सहजीकरण गर्ने कार्यसमेत गरिएको छ।

यसैगरी सहरी क्षेत्रका संभावित सुरक्षा दिनुपर्ने महत्वपूर्ण ठाउँमा निगरानी बढाइएको छ।

 

 


सामाग्री श्रोत :

सशस्त्र प्रहरी बलको सीमा क्षेत्रमा उच्च सतर्कता

काठमाडौँ । चर्चित स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्सले आफ्नो आईओएस एपमा एआई च्याटबट ल्याउने घोषणा गरेको छ । अहिले परीक्षणको रूपमा उपलब्ध रहेको यो च्याटबटमार्फत प्रयोगकर्ताले आफूले हेर्न चाहेको फिल्म वा शो सजिलै खोज्न सक्ने कम्पनीले जनाएको छ ।

लामो समयदेखि नेटफ्लिक्सका विभिन्न क्याटेगरीहरूमा भौंतारिँदा पनि आफूलाई मन पर्ने कुरा फेला पार्न नसकेका प्रयोगकर्ताहरूका लागि यो नयाँ फिचर निकै उपयोगी हुने कम्पनीको विश्वास छ। यसअघि नेटफ्लिक्सले आफ्नो एल्गोरिदम र ‘प्ले समथिङ’ बटन जस्ता अप्सन ल्याए पनि प्रयोगकर्ताहरूले सहजता महसुस गर्न सकेका थिएनन् ।

कम्पनीका अनुसार यो फिचरले सामग्री खोज्न सहज बनाउनेछ । 

उदाहरणका लागि, प्रयोगकर्ताले च्याटबक्समा ‘Something funny and upbeat’ वा “डI want something scary, but not too scary” जस्ता वाक्यांशहरू लेखेर खोजी गर्न सक्नेछन् । त्यसपछि एआईले सुझावहरूको सूची देखाउनेछ ।

आईओएसमा सफल भएमा यो सुविधा एन्ड्रोइड र टिभीमा पनि आउने संकेत दिइएको छ । 

साथै, नेटफ्लिक्सले अब ‘Emmy Award Winner, #1 in TV Shows’ जस्ता लेबलसहित जरुरी जानकारी (हाइलाइट) सुरुमा नै देखाउने बताएको छ ।

प्रयोगकर्ताले टिभीमा सजिलै देख्न सकून् भनेर ‘सर्च’ र ‘माई लिस्ट’ जस्ता फिचरहरू स्क्रिनको माथिल्लो भागमा सारिएको छ ‍। होमपेजलाई पनि थप सफा र आधुनिक बनाइएको छ । यसमार्फत प्रयोगकर्ताको मुड र रुचि अनुसार रिकमेन्ड दिने बताइएको छ । 

अर्कोतर्फ, मोबाइल एपमा अब केही हप्ताभित्र शो र फिल्मका साना क्लिपहरूको भर्टिकल फिड देख्न सकिनेछ । त्यहाँबाट प्रयोगकर्ताले शो वा फिल्म सिधा हेर्न, माई लिस्टमा थप्न वा साथीहरूसँग शेयर गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: बैशाख २५, २०८२ ११:५२





सामाग्री श्रोत :
टेक पाना

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट