

काठमाडौं – नेपाल सरकारले भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त गरेको छ । भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतङ्कवादी आक्रमणबाट एक नेपाली नागरिकसहित २६ भारतीय पर्यटकले ज्यान गुमाउनुपरेको थियो ।
उक्त घटनापश्चात् भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्तिमार्फत चिन्ता व्यक्त गरेको हो । यस दुःखद् घडीमा नेपाल र भारत साझा दुःख र पीडामा एकताबद्ध भई ऐक्यबद्धतामा उभिएका विज्ञप्तिमा उल्लेख छ ।
नेपालले सबै प्रकारका आतङ्कवादविरुद्ध आफ्नो दृढ अडान अनुरूप उक्त बर्बर आतङ्कवादी हमलाको तत्काल र निःशन्देह रूपमा भत्र्सना गरेको थियो । “आतङ्कवादविरुद्धको लडाइँमा नेपाल सबै पक्षसँगै उभिएको छ । आफ्नो सैद्धान्तिक अडान अनुरूप, नेपालले कुनै पनि शत्रूतापूर्ण शक्तिलाई आफ्ना छिमेकी राष्ट्रहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न दिने छैन”, मन्त्रालयलको विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयले उक्त तनाव कम हुने आशा गर्दै यस क्षेत्रमा दिगो शान्ति र स्थायित्वका लागि आफ्नो प्रतिबद्धतालाई पुनःपुष्टि गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

आजको राशिफल बि.सं २०८२ वैशाख २६ गते शुक्रबार, ई.सं २०२५ मे ९, नेपाल सम्बत ११४५ बछलाथ्व द्वादशी, नाम संवत्सर, सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख शुक्ल द्वादशी, चन्द्रमा बृष राशीमा, सुर्य मेष राशीमा, नक्षत्रः भरणी, करणः काैलब, योगः बज्र । आज नेपालमा सूर्योदय बिहान ०५ः२१ मा भएको छ, सूर्यास्त साँझ ०६ः४१ मिनेटमा हुनेछ ।
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर ११ मिनेट देखि ८ बजेर ४३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कर्तव्यप्रति सचेत हुने तथा जिम्मेबारी बोध हुने राम्रो दिन छ, सरकारी कामका माध्यमबाट लाभ लिन सकिने छ, अझ समाजसेवा वा राजनीति नै कार्यक्षेत्र हो भने मानसम्मान पाउन सक्नुहुन्छ । हाकिमको सद्भाव र सहानुभूति प्राप्त हुनाले महत्त्वाकाङ्क्षी काम सुरु गर्न सकिन्छ । कार्य सम्पादनमा निखार आउनाले थप अवसर मिल्नसक्छ । व्यक्तित्व विकासका लागि प्रयास गर्ने समय हो, पार्टनरका तर्फबाट पनि कुनै खुसी हुने कुरा सुन्न पाइने छ र प्रसन्नता बढ्नेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यक्तित्व विकास हुने वा सफलता र सम्मान प्राप्त गर्ने समय हो, मान्यजन वा सिनियर्सको सद्भाव लिन सकेमा भविष्य सुन्दर बन्ने सङ्केत छ । धार्मिक÷सामाजिक काममा समय दिनुपर्दा बाहिर अलमलिने दिन हो, तर पनि आफ्नो कामप्रतिको लगनशीलताका कारण कारोबारमा कुनै प्रभाव पर्नेछैन । फूर्तिका साथ जिम्मेबारी र दायित्व पूरा गर्ने दिन हो, सहयोगी र मिलनसार स्वभावको विकास हुनेछ । मान्यजनबाट प्रशंसा र सहानुभूति बटुल्न सक्नुहुन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
किताब, प्राक्टीकल र ल्यापटपमा मात्र घोरिएर दिमाग भारी हुने समय छ, एकाग्रताका लागि ध्यान, मेडिटेशन र योग गर्नु राम्रो हुन्छ । मित्र र परिवारसँग सम्बन्धित भावनाले तपाईलाई चिन्तित बनाउन सक्छ, त्यस्तै अप्ठ्यारो र झञ्झटिलो मार्गमा अघि बढ्ने समय हो, तर जोखिम र सङ्कट मोल लिएर गरेको कामको परिणाम लाभदायी हुनसक्छ । सहकर्मीहरूसँग समन्वय गरी अघि बढ्ने समय हो, याद राख्नुपर्छ, आज दबाब वा करकापमा गरेको कामले भविष्यमा धोका हुनसक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रेमभाव प्रकट गर्न अनुकूल समय छ, पार्टनरको इच्छानुसार चल्नुपर्दा कार्यक्षेत्रमा समस्या आउने भएकाले महत्त्वपूर्ण काम बेलैमा गरिहाल्नु ठीक हुनेछ । निरङ्कुश बानी र कडापन तपाईंका कमजोरी बन्न सक्छन् । खानपान र आहारविहारको अनुशासन पालना गरेको जाती हुन्छ । भौतिक उपकरण वा सुखसुविधाको वस्तु खरिद गर्ने समय हो, नयाँ लगानी गर्नु छ भने जीवनसाथीको नाममा सुरु गर्नुहोस्, फाइदा हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
घमण्ड र क्रोधमा बृद्धि हुनसक्छ, तर पनि व्यक्तिगत कार्य र पारिवारिक जिम्मेबारीका बीच तालमेल मिलाउन सकेमा विवाद एवं अपजसबाट बच्न सकिन्छ । आइपरेका चुनौती र परीक्षाहरूमा खरो उत्रेर अघि बढ्ने समय हो, आजको दिनअध्ययनप्रति मात्र होइन, स्वास्थ्यस्थिति एवं आहार-विहारप्रति पनि ध्यान दिनु ठीक हुन्छ । आफूलाई अरुभन्दा फरक साबित गर्न प्रयास गर्ने दिन हो, मनोद्वेग र रिसराग बढ्ने समय भएकाले घरव्यवहारमा आफूलाई संयमित ढंगले प्रस्तुत गनुपर्छ, तर्क वा बहसमा विजय प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आन्तरिक प्रतिभाको प्रस्फूटन हुने राम्रो दिन छ, कला र साहित्यप्रति झुकाव छ भने फुरेको विषयवस्तु टिपोट गर्नुहोला, भविष्यमा काम लाग्नेछ । भावुक र संवेदनशील बन्न सकिन्छ तर पनि बौद्धिक क्षमता वा सीप बढाउने प्रयत्न गर्नुपर्छ, जस्तै चुनौतीपूर्ण काम भए पनि सफलता मिल्नेछ, परीक्षा र प्रतिस्पद्र्धामा विजय प्राप्त हुने दिन हो । गोपनीयता कायम राखी काम गर्न सके कार्यक्षेत्रमा प्रशंसा बटुल्न सकिने छ, तर आज घरपरिवार र छोराछोरीलाई समय दिनुपर्ने हुन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अरुको भरमा पर्दा काममा बाधा र धोका हुने समय छ । विगतका कमजोरी सुधार गरी कुनै काम दोहोर्याउने परिस्थितिसमेत बन्नसक्छ । व्यवहारिक कारणले कारोबारमा बाधा हुनसक्छ, तर सागपात, फलफूल, रत्नमाणिक्य, फोटोग्राफी वा भिडियोमिक्सिङ आदिको कारोबारमा मनग्ये लाभ पाउने समय हो । आराम गर्ने फुर्सद पाइँदैन, शरीर अस्वस्थ भए पनि घरायसी बन्दोबस्तीका लागि खट्नैपर्ने परिस्थिति छ, तर घरपरिवारका सदस्यको सहयोग जुटाउन सकिने छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धार्मिक र सामाजिक प्रयोजनका काममा चासो बढ्ने समय छ, रमाइला गतिविधिमा आजको दिन व्यतीत हुनेछ, प्रतिभा र सीपको कदर हुनेछ । महत्वपूर्ण कार्य सम्पन्न हुनाले आत्मविश्वास बढ्नेछ । सामाजिक क्षेत्र वा फाल्तु विषयमा केन्द्रित हुँदा कार्यक्षेत्र प्रभावित बन्नसक्छ, तथापि कूटनीतिक बुद्धिको उपयोग गर्दा हाँके÷ताकेका काममा सफल भइने छ । सामूहिक काम वा सामाजिक क्रियाकलापमा संलग्न हुँदा फुर्सद पाइँदैन र लवमेटलाई छुट्टै समय दिन नपाउनाले वैचारिक मतभेद हुनसक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
गरेको कामको सर्वत्र प्रशंसा हुनेछ, सिनियर स्टाफ र सेवाग्राही दुवै पक्षलाई सन्तुष्ट तुल्याउन सकिने छ । कुनै उपहार वा सम्मान प्राप्त गर्ने सम्भावना छ । मनले चाहेको व्यक्तिबाट कुनै नौलो कुरा सुन्न पाउँदा अझ हर्षित हुने वा कुनै उपहार प्राप्त गरेर दङ्गपर्ने समय हो । घरपरिवारका सदस्य, मित्र र नातागोता माझको सम्बन्धलाई सुदृढ बनाउन सम्बन्ध÷सम्पर्क राख्ने दिन हो, कार्यक्षेत्रमा खटेबमोजिम लाभ पाउन सकिने छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
र्यस्थल र घरपरिवारमा खुसी र उमङ्गको वातारवरण रहेको छ । आर्थिक मन्दी चल्दैछ भने नयाँ रणनीति कार्यान्वयन गर्नुहोस्, सफलता पाउन सक्नुहुन्छ। जीवनसाथी र परिवारका सदस्यहरूको पूर्ण सहयोग रहने दिन छ । तर तपाईंको हठ र जिद गर्ने बानी छ भने समस्या निम्तिनसक्ने समय हो । आफ्नो रुचिको विषयमा अगाडि बढ्ने थुप्रै अवसरहरू देखा पर्नेछन् । प्रयास गरेमा खूबी र क्षमताको पहिचान हुने समय छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
लगानी गर्दा जोखिम र सङ्कटका बारेमा चिन्तन गर्नुहोला, व्यवसाय तर्फ मार्केटिङ, यातायात व्यवसायी र ढुवानीको क्षेत्रमा लाभ लिन सक्नुहुन्छ । तालमेलमा केही कमी रहने दिन हो । सकेसम्म हरेक व्यवहारमा ठूलाबडाको मर्यादा र सम्मानप्रति सचेतता अपनाउनु आवश्यक देखिन्छ । मनको हठ र कुण्ठामा भुलिने समय छ, तर पढाइ छाडेर अन्त भुलिनु भविष्य बिगार्ने कुरा हो भन्ने हेक्का राख्नुपर्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पदोन्नति हुने वा विशेष जिम्मेवारी पाउन सकिने समय हो, कामविशेषले कतै काजमा जाने वा देश÷विदेशको यात्रामा निस्कने संयोग जुरेको छ । सबै कार्य योजनानुसार सम्पन्न हुँदै जानेछन्, आपसी समन्वय र आन्तरिक सुख बढ्ने समय छ, पार्टनरसँग सानोतिनो यात्राको कार्यक्रम बन्नसक्छ । खर्चमा अचानक बृद्धि हुने समय छ, जोखिम मोलेर कुनै पनि काम नगर्नु होला, धैर्य र संयमता आजका मित्र हुन् ।
सामाग्री श्रोत :

काठमाडौं। उपराष्ट्रपति रामसहायप्रसाद यादव युरोप दिवसका अवसरमा पाटन सङ्ग्रहालयमा आज अपराह्न आयोजित स्वागत समारोहमा सहभागी छन्।
त्यस अवसरमा उनलाई नेपालका लागि युरोपेली प्रतिनिधिमण्डलका राजदूत भिरोनिक लरेन्जो तथा यहाँस्थित युरोपेली मुलुकका राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधिले स्वागत गरेका थिए।
त्यस अवसरमा रावदूत लरेन्जोले युरोपेली संघमा आबद्ध देशहरुको नेपालसँग सुमधुर सम्बन्ध रहेको चर्चा गर्र्दै शान्तिका लागि नेपाल बलियो आवाज बनेको बताए। नेपाललाई युरोपेली संघको उच्च प्राथमिकता प्राप्त विश्वसनीय साझेदारका रुपमा प्रस्तुत गर्दै उहाँले हाम्रा सदस्य राष्ट्रहरूसँग मिलेर ‘टिम युरोप दृष्टिकोण’अन्तर्गत मेलमिलाप र स्थायी शान्तिको भावनामा संक्रमणकालीन न्याय प्रक्रियालाई अगाडि बढाउने नेपालको प्रयासमा युरोपेली संघको साथ तथा सहयोग रहने बताए।
हामी जलवायु संकट नियन्त्रण तथा प्राकृतिक प्रकोपविरुद्धका प्रतिकार्यमा पनि संघले नेपाललाई सघाउने प्रतिबद्धता व्यक्त गर्दै राजदूत लरेन्जोले समृद्धिको चुनौतीपूर्ण यात्रामा रहेको नेपाललाई अल्पविकसित देशको दर्जाबाट स्तरोन्नति हुन, आर्थिक वृद्धिलाई बढाउन तथा लगानी आकर्षित गर्न सघाउने बताए।
सामाग्री श्रोत :

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने सवालमा कसैसँग सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सुदूरपश्चिम प्रदेश सरकारले आज धनगढीमा आयोजना गरेको प्रदेश तथा स्थानीय तह अन्तरसम्बन्ध सुदृढीकरणसम्बन्धी अन्तरक्रिया तथा नीति, कार्यक्रम बजेटसम्बन्धी छलफल कार्यक्रममा मुख्यमन्त्री शाहले भ्रष्टाचार नियन्त्रण र सुशासनका बारेमा अझैँ पनि धेरै नीतिनियम बनाउन जरुरी रहेको बताए।
मुख्यमन्त्री शाहले स्थानीय तह र प्रदेश सरकार आपसमा सहकार्य तथा सहअस्तित्वलाई स्वीकार गरेर अघि बढ्नुपर्ने बताए।
कार्यक्रममा प्रदेशसभामा प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का मानबहादुर धामी, नेकपा (एकीकृत समाजावादी) का दीर्घबहादुर सोडारी, सत्तापक्ष नेकपा (एमाले) का राजेन्द्रसिंह रावल र नेपाली कांग्रेसका विक्रमसिंह धामीले आ–आफ्नो धारणा राखे। उनीहरुले विभिन्न पालिका तहका प्रमुख एवं प्रतिनिधिले योजनाको छनोट र कार्यान्वयनमा स्पष्ट नीति बनाउन आवश्यक रहेको सुझाव दिए।
सहभागीहरुले योजना कार्यान्वयनमा लैजाँदा समन्वय गर्ने पाटोलाई प्रभावकारी बनाउनुपर्ने, ठेक्का प्रक्रिया सरलीकरण गरी नीतिगत सुधार गर्नुपर्ने, काम गरेको छोटो अवधिमै प्रदेशका सचिव र प्रशासकीय अधिकृतको सरुवा गर्ने चलन हटाउनुपर्ने, प्रदेश नीति तथा योजना आयोगलाई थप जिम्मेवारी दिनुपर्नेलगायत सुझाव दिए।
सामाग्री श्रोत :

काठमाडौं। पाकिस्तानले भारतको जम्मू र पठानकोटमा आक्रमण गरेको छ।
भारतीय संचारमाध्यमका अनुसार पाकिस्तानी ड्रोनहरूले जम्मू विमानस्थल र पठानकोट वायुसेना स्टेसनलाई निशाना बनाएको हो।
उक्त क्षेत्रमा साइरनको आवाजसँगै ‘ब्ल्याकआउट’ भएको भएको छ। स्थानीयका अनुसार धेरै ठाउँमा विस्फोटको आवाज सुनिएको छ।
सामाग्री श्रोत :
काठमाडौं। पाकिस्तानले भारतको जम्मू र पठानकोटमा आक्रमण गरेपछि आईपीएलको आजको खेल रद्ध भएको छ।
धर्मशालामा पंजाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल रद्ध भएको हो। पहिला ब्याटिङ गरेको पंजाबले १०.१ ओभरमा १ विकेट गुमाएर १२२ रन बनाएको छ।
मैदानबाट सबै दर्शकहरुलाई बाहिर निकालिएको छ। उनीहरुले पाकिस्तानविरुद्ध नाराबाजी गरेका छन। त्यस क्षेत्रमा पाकिस्तानी आक्रमणका कारण ‘ब्ल्याकआउट’ भएपछि मैदानका तिनवटा फ्लडलाइट निभेका थिए।

भारतीय संचारमाध्यमका अनुसार पाकिस्तानी ड्रोनहरूले जम्मू विमानस्थल र पठानकोट वायुसेना स्टेसनलाई निशाना बनाएको हो।
उक्त क्षेत्रमा साइरनको आवाजसँगै ‘ब्ल्याकआउट’ भएको भएको छ। स्थानीयका अनुसार धेरै ठाउँमा विस्फोटको आवाज सुनिएको छ।
सामाग्री श्रोत :

काठमाडौं। गृहमन्त्री रमेश लेखकसँग भारतीय जनता पार्टीका वरिष्ठ नेता भगतसिंह कोश्यारीले शिष्टाचार भेट गरेका छन्।
भैंसीपाटीस्थित मन्त्री निवास पुगेर बिहीबार नेता कोश्यारीले मन्त्री लेखकसँग भेट गरेका हुन्।
सो भेटमा गृहमन्त्री लेखकले भारतको जम्मु–कश्मिरमा भएको आतंकवादी आक्रमणको निन्दा गर्दै नेपाल सरकार आतंकवादी हमलाविरुद्ध रहेको स्पष्ट पारे।
मन्त्री लेखकले छिमेकी देशहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने प्रतिबद्धता व्यक्त गरे। नेपाल–भारतबीच रहिआएको सदियौँदेखिको मित्रवत सम्बन्ध थप सुदृढ गर्दै लैजाने विषयमा भारतीय जनता पार्टीका वरिष्ठ नेता कोश्यारीसित छलफल भएको उनले जानकारी दिए।
सो अवसरमा भारतीय नेता कोश्यारीले नेपाल र भारतबीच सदियौँदेखि रहीआएको सम्बन्ध थप सुदृढ गर्दै लैजानुपर्नेमा जोड दिएका थिए।
सामाग्री श्रोत :
काठमाडौँ । सामसङले आउँदो मंगलबार अर्थात् मे १३ मा ‘ग्यालेक्सी अनप्याक्ड’ कार्यक्रम गर्ने भएको छ । नेपाली समयअनुसार कार्यक्रम मंगलबार बिहान ५:४५ बजे हुनेछ । यसै अवसरमा कम्पनीले आफ्नो नयाँ ग्यालेक्सी एस२५ एज सार्वजनिक गर्नेछ । सामसङले यसलाई अहिलेसम्मकै पातलो फोन भनेर दाबी गरेको छ ।
कार्यक्रम भर्चुअल रूपमा सामसङ न्युजरुम, वेबसाइट र युट्युबमार्फत प्रत्यक्ष प्रसारण हुनेछ । यसअघि नै लिक भइसकेको यो मोडेल करिब ५.८५ मिलिमिटर पातलो हुने चर्चा छ ।
६.७ इन्चको क्यूएचडी एमोलेड डिस्प्ले, १२० हर्जको रिफ्रेस रेट, स्न्यापड्रागन ८ एलिट चिपसेट, १२ जीबी र्याम र ५१२ जीबीसम्मको स्टोरेज यसमा उपलब्ध हुने अपेक्षा छ । यसमा २०० मेगापिक्सेलको वाइड लेन्ससहित डुअल क्यामेरा हुने कम्पनीले पुष्टि गरिसकेको छ ।
३,९०० एमएएच ब्याट्रीयुक्त फोनले आईपी६८ स्तरको वाटर र डस्ट रेसिस्टेन्स दिनेछ । मूल्यको बारेमा आधिकारिक जानकारी आउन बाँकी भए पनि यस मोडेलको मूल्य ग्यालेक्सी एस२५ अल्ट्रा सरह हुने अनुमान छ । लिक भएको क्यानेडियन मूल्यअनुसार यसको मूल्य १,२०० देखि १,३४० अमेरिकी डलरसम्म हुन सक्छ ।
एस २५ एज पातलो भएपनि उत्तिकै बलियो हुने र दैनिक प्रयोगका क्रममा हुने सामान्य किसिमका ठक्कर सहजै सहन सक्ने जनाइएको छ । मल्टिटास्किङ (एकै पटक धेरै एप र फिचर प्रयोग गर्न सकिने), गेमिङ र स्ट्रिमिङमा पनि फोनले उत्तिकै स्तरीय पर्फमेन्स दिने दाबी छ ।
यो मोडेल सामसङको पछिल्लो यूआई वन यूआई ७.० मा सञ्चालित हुनेछ भने यसमा ग्यालेक्सी एआई फिचर पनि हुनेछन् ।
पछिल्लो अध्यावधिक: बैशाख २५, २०८२ ६:५७
सामाग्री श्रोत :
टेक पाना

काठमाडौं। भारत र पाकिस्तानबीच तनाव बढ्दै जाँदा भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) स्थगित हुने सम्भावना बढेको छ। गत २२ मार्च देखि सुरु भएको आइपीएल बिचमै स्थगित हुनसक्ने बताइएको छ।
भारतीय संचारमाध्यम आजतकका अनुसार भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले शुक्रबार यसबारेमा निर्णय लिने सक्ने बताइएकाे छ। बिहिबार(आज) पाकिस्तानले भारतका ११ शहरमा लक्षित आक्रमण गरेपछि दिल्ली र पंजाबबीचको खेल रद्द गरिएको थियो। धमंशाला मैदानमा भएको खले पहिलो पारीको १०.१ ओभर हुँदा मैदानका सबै फ्लड लाडट निभाइएको थियो।
पंजाबले १०.१ ओभरमा १ विकेट गुमाएर १२२ रन बनाउँदा ‘ब्ल्याकआउट’ भएपछि मैदानका फ्लडलाइट निभेका थिए।
त्यसपछि मैदानका आपतकालिन ढोकाहरुबाट दर्शकहरुलाई बाहिर निकालिएको थियो। बीसीसीआईले खेलाडी र अन्य पदाधिकारीलाई तत्काल दिल्ली फर्काउन विशेष बन्दे भारत रेललाई धर्मशाला पठाएको बताएको छ।
योसँगै जारी सिजनको आईपीएलको भविष्य के हुन्छ भन्ने अन्योलता छाएको छ।
सामाग्री श्रोत :
काठमाडौँ । एप्पलको लागि आईफोन उत्पादन गर्ने ताइवानी कम्पनी फक्सकनले अब जापानी अटो कम्पनी मित्सुबिसी मोटर्सका विद्युतीय सवारी साधन (ईभी) बनाउने भएको छ । फक्सकन र मित्सुबिसीबिच हालै ईभीको डिजाइन र उत्पादनमा सहकार्य गर्ने प्रारम्भिक सम्झौता भएको छ ।
दुवै कम्पनीबीच भएको समझदारी अनुसार सवारी साधन फक्सकन र युलन मोटरको संयुक्त उद्यम कम्पनी फक्सट्रोनले निर्माण गर्नेछ । फक्सट्रोनले उत्पादन गरेका ईभी सन् २०२६ को अन्त्यदेखि बजारमा आउने अनुमान छ ।
फक्सकन विश्वको सबैभन्दा ठुलो इलेक्ट्रोनिक्स उत्पादन कम्पनी हो । यसले एप्पलजस्ता ठुला प्रविधि कम्पनीहरूका लागि उत्पादन गर्दै आएको छ । अब यो कम्पनी अटोमोबिल क्षेत्रमा पनि विस्तार हुने क्रममा छ । यसअघि कम्पनीले जापानको निसान मोटरमा लगानी गर्ने सम्भावनाको संकेत पनि दिएको थियो ।
मित्सुबिसी हाल निसान र फ्रान्सेली अटो कम्पनी रेनोको गठबन्धनमा साझेदारको रूपमा संलग्न छ । तर, पछिल्ला वर्षहरूमा बीवाईडी जस्ता चिनियाँ कम्पनीले अन्तर्राष्ट्रिय बजारमा तीव्र रूपमा उपस्थिति बढाउँदै गएपछि जापानी कम्पनीहरू दबाबमा परेका छन् ।
पछिल्लो अध्यावधिक: बैशाख २५, २०८२ १५:०
सामाग्री श्रोत :
टेक पाना









