
काठमाडौँ–प्रदर्शनी मार्गमा रहेको रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा तोडफोड गरेको अभियोगमा नेविसंघका १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
क्याम्पस प्रशासनले दिएको जाहेरीका आधारमा तोडफोडमा संलग्न १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।
वैशाख २२ गते आरआर क्याम्पसमा स्ववियुको विषयलाई लिएर नेविसंघका कार्यकर्ताहरूले तोडफोड गरेका थिए। निर्वाचन समितिले अनेरास्ववियुबाट स्ववियु अध्यक्षका उम्मेदवार बनेका लोकेश खड्काकाे अध्यक्षतामा स्ववियुको नयाँ कार्यसमिति चयन गरेको थियो।
सर्वपक्षीय रूपमा विभिन्न विद्यार्थी सङ्गठनहरूबिच भागबन्डा गरेर स्ववियु कार्यसमिति चयन गरिएको थियो। नेविसंघको तर्फबाट स्ववियु सचिवमा शैलेन्द्र उपाध्याय चयन भएका थिए। उक्त कार्यको विरोध गर्दै नेविसंघबाट स्ववियु अध्यक्षका उम्मेदवार बनेका विनोदराज जोशीसहितका ६ जना उम्मेदवारहरूले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए। उक्त रिटमाथि सुनुवाइ गर्दै लिखित जवाफ माग गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं – काठमाडौंमा सम्पन्न भएको चौथो त्रै-वार्षिक राष्ट्रिय मिडवाइफ्री सम्मेलनले विभिन्न ५ बुँदामा औपचारिक घोषणा पत्र जारी गरेको छ।
सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्न साथै सोह्रौँ योजनाले तय गरेको मातृ तथा नवजात शिशु मृत्युदरको लक्ष्य प्राप्तिका उक्त घोषणापत्र जारी गरिएको मिडवाइफ्री सोसाईटी अफ नेपालले जनाएको छ।
मिडवाइफ्रीप्रतिको राष्ट्रिय प्रतिबद्धता: ‘मातृ तथा नवजात स्वास्थ्य सुधार र लैङ्गिक समानता प्रवर्धनको लागि एक मार्ग’भन्ने मूल नाराको साथ सम्पन्न भएको चौथो त्रैवार्षिक राष्ट्रिय मिडवाइफ्री सम्मेलन सम्पन्न भएको थियो।
‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार,ऐन २०७५ महिलामाथि हुने सबै प्रकारका भेदभाव उन्मुलन सम्बन्धी समितिको नेपालका सन्दर्भमा सातौं आवधिक प्रतिवेदन माथिको निष्कर्ष सुझावहरू र १६औ योजनामा उल्लेखित लक्ष्यमा आधारित छलफलको निष्कर्ष स्वरूप सर्वसुलभ स्वीकार्य र गुणस्तरीय यौन प्रजनन मातृ नवजात शिशु तथा किशोर किशोरीहरूको स्वास्थ्य सुरक्षित गर्न सरकार विकास साझेदार नागरिक समाज पेशागत सङ्घ र निजी क्षेत्रलाई निम्नलिखित आह्वान गर्दछौं’ घोषणा पत्र जारी गर्दै भनिएको छ।
यस्ता छन् पाँच बुँदे घोषणा
१.मिडवाइफ्री शिक्षा र सेवाको लगानीमा वृद्धि
मिडवाइफ्री शिक्षा र सेवामा लगानी गर्नाले यौन, प्रजनन, मातृ, नवजात तथा किशोर किशोरीको स्वास्थ्यमा सुधार, आर्थिक उन्नति र लैङ्गिक समानतामा त्रिपक्षीय लाभ भई दिगो विकासका लक्ष्यहरू ३.१ ३.२ ३.७ र ५.६ प्राप्तिमा योगदान हुने भएकोले लैङ्गिक उत्तरदायी बजेट मिडवाई फ्री शिक्षा र सेवाको लागि विनियोजन गरी वित्तीय लगानी वृद्धि गर्ने।
२. मिडवाइफ्री जनशक्तिको दरबन्दी सृजना
मिडवाइफलाई राष्ट्रिय स्वास्थ्य सेवा प्रणालीमा एकीकृत गरी प्राथमिक आवश्यकताका आधारमा स्वास्थ्य संरचना अनुरूप दरबन्दी सिर्जना, नियुक्ति, प्रभावकारी परिचालन तथा अनुकूल वातावरण सृजना सहित टिकाउ र निरन्तर पेशागत उन्नयन सुनिश्चित गर्ने ।
३.सम्मानजनक प्रसुति सेवाको प्रवर्द्धन
महिला तथा नवजात शिशुलाई सम्मानजनक, गुणस्तरीय, मानव अधिकारमैत्री, सामाजिक सांस्कृतिक रूपमा संवेदनशील तथा मर्यादित सेवामार्फत प्रसूति हिंसा रोकथाम गरी सकारात्मक प्रसूति अनुभव सुनिश्चित गर्ने।
४.मिडवाइफ्री अभ्यासको नियमन
सुरक्षित मिडवाइफ्री सेवाको सुनिश्चितताको लागि मिडवाइफ्री ऐनको निर्माणसहित कानुनी रुपमा नियमन प्रणाली विकास गरी सेवाग्राही तथा सेवापदायक मिडवाइफ को सुरक्षाको सुनिश्चितता गर्ने ।
५.अन्तर व्यवसायिक समन्वयात्मक सहकार्यलाई सुदृढीकरण
यौन ,प्रजनन्, मातृ ,नवजात शिशु, तथा किशोर किशोरीको स्वास्थ्यलाई केन्द्रमा राख्दै विभिन्न पेशागत व्यावसायिक अभ्यासको दायरालाई आत्मसाथ गरी साझा निर्णय लिने प्रक्रियासहित समन्वयात्मक सहकार्य प्रवर्धन गर्ने।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व मन्त्री तथा बामपन्थी नेता प्रदीप नेपालको निधनमा दुःख व्यक्त गर्दै परिवारलाई समवेदना पठाएका छन्।
राष्ट्रपति पौडेलले समवेदना पठाउँदै नेपाललाई भिन्न मतहरूलाई प्रष्ट ढंगले आफ्ना विचारलाई राख्ने नेपाल कठोर कम्युनिस्ट नियमबाट बाहिर निस्केर खुलापनका पक्षपोषण गर्ने नेता रहेको उल्लेख गरेका छन्।
उनले विचारमा कठोर, जीवनशैलीमा सरल, अनि बहसमा निर्भीक प्रदीप नेपाल सम्मानको अपेक्षा नगर्ने शालिन विद्रोही भएर पनि संयोजनकारी भूमिकामा अब्बल नेताका रुपमा आफूले महशुस गरेको बताए।
राष्ट्रपति पौडेलले राजनीतिमा भन्दा अगाडि नै सञ्जय थापाका नामबाट प्रगतिशील साहित्यका क्षेत्रमा पहिचान बनाइसक्नुभएका नेपाललाई विचारभन्दा सिर्जनालाई प्राथमिकता दिने उनी एक इमानदार र निष्ठानवान बामपन्थी भएको बताए।
राष्ट्रपति पौडेलले समवेदनामा भनेका छन्, ‘उहाँका ‘नओइलाउने फूल’ (उपन्यास), ‘आकाश गंगाको तीरैतिर’ (उपन्यास), ‘देउमाइको किनार’ (उपन्यास), ‘पूर्वतिर’ (उपन्यास), ‘मुक्त आकाशको खोजी’ (संस्मरण) सहितका सृजनाहरू भावी पुस्ताका लागि मार्गदर्शक भएर रहने मैले विश्वास लिएको छु।’
राष्ट्रपति पौडेलले उनको निधनले लोकतान्त्रिक आन्दोलन तथा नेपाली साहित्यको क्षेत्रमा क्षति पुगेको आफूले महसुस गरेको उल्लेख गरेका छन्। राष्ट्रपति पौडेलले पठाएको समवेदना सन्देश शुक्रबार नेपालको निवास काँडाघारी पुगेर राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले हस्तान्तरण गरे।
सामाग्री श्रोत :
प्रदीप नेपाल कठोर कम्युनिस्ट नियमबाट बाहिर निस्केर खुलापनका पक्षपोषण गर्ने नेता : राष्ट्रपति पौडेल
काठमाडौं–नेपाल राष्ट्र बैंकले विभिन्न कोषहरूमा रहेको २० करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ।
केन्द्रीय बैंकले ‘क’,‘ख’र ‘ग’वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र ब्याजदर प्रस्ताव गर्न आग्रह गरेको हो।
केन्द्रीय बैंकले सो रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न चाहेको हो। बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा १६ करोड, ‘ख’ वर्गका बैंकले ३ करोड र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा १ करोड लाख बराबरको रकम मुद्दती निक्षेपमा राख्न खोजेको हो।
बैंकले शुक्रबार ७ बजेसम्म आवेदन दिन आग्रह गरेको छ। मुद्दती निक्षेपमा २०८२ जेठ ५ गतेदेखि २०८३ जेठ ५ गतेसम्म ३६६ दिनका लाग राखिने समेत राष्ट्र बैंकले जानकारी दिएको छ।
बैंकको तोकिएको न्यूनतम पुँजीकोष कायम भएको, बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको र निष्क्रिय कर्जा (एनपीएल) अनुपात ८ प्रतिशत र खुद निष्क्रिय कर्जा (खुद एनपीएल) अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्ने लगायत शर्त राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद शिशिर खनालले काश्मिरमा भएको आतंकवादी हमलाप्रति राष्ट्रिय स्वतन्त्र पार्टीले कडा निन्दा व्यक्त गरेको बताएका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफ्नो छिमेकी मात्र नभइ सार्कको अध्यक्षको नाताले यो क्षेत्रको शान्ति र स्थिरतामा नेपालको स्वभाविक चासो हुनुपर्ने बताएका हुन्। उनले भने, ‘एक नेपाली नागरिकसहित २६ जनाको ज्यान लिने गरी […]
सामाग्री श्रोत :
काठमाडौँ । मुस्लिम समुदायसँग जोडिएका समाचार तथा सामग्रीहरू पोस्ट गर्ने ‘मुस्लिम’ (@Muslim) नामको इन्स्टाग्राम अकाउन्टमा मेटाले प्रतिबन्ध लगाएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार भारतीय सरकारको निर्देशनमा मेटाले उक्त अकाउन्ट बुधबारदेखि भारतमा प्रतिबन्ध लगाएको हो । भारत र पाकिस्तानबीचको तनाव बढेसँगै भारतले अनलाइन माध्यमहरूमा सेन्सरसिपको काम सुरु गरेको छ । यही कदमको एक उदाहरण यो पनि हो ।
आफ्नो पेजमा प्रतिबन्ध लागेसँगै पेजका संस्थापक अमिर-अल-खताबेले आफ्नो सामाजिक सञ्जालमार्फत भारतीय सरकारको यो कदमको विरोध गरेका छन् । आफ्नो पेज मुस्लिम समुदायको हितको लागी सुरु गरिएको भन्दै उनले मेटालाई आफ्नो निर्णय फिर्ता लिन पनि माग गरेका छन् ।
उक्त अकाउन्टमा ६.७ मिलियन फलोअर्स छन् । मुस्लिम समुदायका विषयमा विश्वभरका जानकारी उपलब्ध गराउने पेजको रुपमा यो पेज निकै चर्चित छ । यद्यपि हाल भारतीय प्रयोगकर्ताले भने यो पेजमा पहुँच पाइरहेका छैनन् ।
यसअघि भारतीय सरकारले पाकिस्तानी कलाकारहरूको सामाजिक सञ्जालका अकाउन्ट लगायत युट्युब च्यानलहरूमा प्रतिबन्ध लगाएको थियो ।
पछिल्लो अध्यावधिक: बैशाख २६, २०८२ ११:५७
सामाग्री श्रोत :
टेक पाना
काभ्रेपलाञ्चोक – नमोबुद्ध नगरपालिकाका चार वटा वडाका बालबालिकामा हेपाटाइटिस सङ्क्रमण भएको छ । नगरको केन्द्र भकुण्डेबेँसी वरपरका ती वडाका केही बिरामी परेका र स्थानीय अस्पतालमा उपचार गराएकामध्ये १८ बालबालिका सङ्क्रमित भएका मेथिनकोट अस्पतालका चिकित्सकहरूले बताएका छन् ।
मेथिनकोट अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. त्रिभुवनचन्द्र झा का अनुसार वडा न २, ३, ४ र ६ का बालबालिका तथा नजिकको विद्यालयमा अध्ययनरत विद्यार्थीमा सङ्क्रमण देखिएको हो । उनले पानी वा खानेकुराबाट सङ्क्रमण भएको हुनसक्ने आशङ्कामा नमूना सङ्कलन गरी परीक्षणमा पठाइएको बताए ।
सङ्क्रमितमध्ये अस्पतालमै कार्यरत एकजना चिकित्सकसमेत रहेको पाइएको छ ।
मङ्लबारदेखि जन्डिसलगायतक लक्षणसहित बिरामी अस्पताल आउन थालेपछि नमूना सङ्कलन गरी परीक्षण गर्दा हेपाटाइटिस सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । मेडिकल सुपरिटेन्डेन्ट झाले ‘हेपाटाइटिस–ए’ वा ‘इ’ हो भन्नेबारे परीक्षणपछि मात्रै यकिन गर्न सकिने बताए ।
यसैबीच, सङ्क्रमण फैलिएपछि स्वास्थ्य मन्त्रालय तथा प्रदेश स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, जिल्लास्थित जनस्वास्थ्य कार्यालयका प्रमुख रागिश्री कक्षपति श्रेष्ठ, नगर प्रमुख कुन्साङ लामालगायत पदाधिकारीले चिकित्सकको टोलीसँग छलफल गरी जानकारी लिएका छन् । भकुण्डेबेँसी क्षेत्रमा वितरित खानेपानी तथा बजार क्षेत्रमा बिक्री भइरहेका पानीपुरीलगायत खाद्यान्नका कारण सङ्क्रमण भएको आशङ्का गरिएको छ ।
सङ्क्रमितको सजगताका साथ उपचार गर्ने बारेमा चिकित्सकबीच छलफल भएको अस्पतालले जनाएको छ । सङ्क्रमण फैलिन नदिन सचेत रहन आग्रह गर्दै खानेपानी, खानेकुरा र सरसफाइमा ध्यान दिन पनि अस्पतालले अनुरोध गरेको छ । अस्पतालबाट प्रभावित क्षेत्रमा खानेपानी शुद्धीकरण गर्न क्लोरिनलगायत रसायन वितरण गरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं – विश्वप्रसिद्ध अमेरिकी म्यागजिन ‘टाइम’ले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तिहरूलाई समेटेर तयार पारेको टाइम १०० हेल्थ २०२५ को सूची सार्वजनिक गरेको छ। सूचीमा स्वास्थ्य नीति निर्माणदेखि प्रविधि, अनुसन्धान, नेतृत्व र सामाजिक परिवर्तनका क्षेत्रमा क्रान्तिकारी भूमिका निर्वाह गर्ने व्यक्तित्वहरू समावेश छन्।
विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस एड्हानोम गेब्रेयससलाई स्वास्थ्य संरचनाका योजनाकारका रूपमा सूचीको अग्रस्थानमा राखिएको छ। सूचीमा समावेश अमेरिकाआधारित स्वास्थ्य विश्लेषक जय भट्टाचार्यले अनुसन्धानको वित्तीय स्वरूप परिवर्तन गर्न भूमिका खेलेका छन् भने रवर्ट एफ. केनेडी जुनियर ले स्थापित स्वास्थ्य सेवा प्रणालीलाई चुनौती दिएका छन्।
मेलिन्डा फ्रेन्च गेट्स को नाम महिलाको स्वास्थ्य सुधारमा योगदान दिने अभियन्ताका रूपमा समावेश गरिएको छ। स्वास्थ्य प्रविधिमा कृत्रिम बौद्धिकता (एआई) को प्रयोगलाई अघि बढाउने करेन डेसाल्भो, औषधि विकासमा तीव्रता ल्याउने डेभिड रिक्स र सुम्बुल देसाई को प्रविधिमार्फत स्वास्थ्य सेवा विस्तार गर्ने प्रयास सूचीमा प्रमुख छ।
औषधिको क्षेत्रमा ऐतिहासिक सफलता दिलाउने रेश्मा केवालरामानी, जीन थेरापीको क्षेत्रमा क्रान्ति ल्याउने समर्थ कुलकर्णी र कृत्रिम मुटु विकास गर्ने डेनियल टिम्स जस्ता नवप्रवर्तनकर्ताहरूलाई सूचीमा राखिएको छ।
मानसिक स्वास्थ्यको नयाँ परिभाषा दिन खोज्ने एन्ड्र्यु मिलर र रोबर्ट वुड, एचआईभी रोकथाममा सक्रिय टोमस सिह्लार र वेस्ली सुन्डक्विस्ट, क्यान्सर उपचारमा कृत्रिम बौद्धिकता (एआई)को प्रयोग गर्ने आन्द्रे एस्टेवा लगायतका वैज्ञानिकहरू नवप्रवर्तनकर्ताको श्रेणीमा छन्।
मानव स्वास्थ्य प्रणालीमा प्रयोगात्मक तरिकाले नयाँ दिशाहरू देखाउने व्यक्तिहरूलाई ‘पायोनियर्स’को श्रेणीमा राखिएको छ। डा. आन्द्रेया सर्सेक ले प्रतिरक्षा प्रणालीलाई सक्रिय पार्दै क्यान्सर उपचारमा प्रयोग गरिरहेका छन्। होङकुई डेङ मधुमेहको आत्म-उपचारका लागि कोशिका-आधारित प्रविधि प्रयोग गरिरहेका छन्।
सार्वजनिक स्वास्थ्य नीतिमा नेतृत्वदायी भूमिका खेल्ने व्यक्तिहरूलाई ‘लीडर्स’ श्रेणीमा राखिएको छ। बर्ड फ्लुको निगरानी गरिरहेका एमानुएल सुबेइरान, खोप अभियानमा सफल युनिस आर. अवादल्लाह, र प्रजनन स्वास्थ्य अधिकारका लागि आवाज उठाउने रेचल स्वीट को भूमिका उल्लेखनीय छ।
‘क्याटालिस्ट्स’को रूपमा पहिचान गरिएका व्यक्तिहरूले जनमानसमा जागरण ल्याएका छन्। डेमार ह्यामलिन हृदय स्वास्थ्यको प्रवक्ता बनेका छन् भने अभिनेता सेथ रोजन र लरेन मिलर रोजनले एल्जाइमर रोगीहरूको हेरचाहमा सुधारका लागि आवाज उठाएका छन्। ब्रुक इबी जस्ता रोगसँग जीवन बिताइरहेका व्यक्तिले व्यक्तिगत संघर्षमार्फत समाजमा चेतना फैलाएका छन्।
टाइम १०० हेल्थ २०२५ को सूचीले चिकित्सा, प्रविधि, नीति र जनस्वास्थ्यका विविध पाटो समेट्दै विश्वभर स्वास्थ्य क्षेत्रमा क्रान्ति ल्याउने व्यक्तित्वहरूलाई उजागर गरेको छ। यो सूची विश्व स्वास्थ्यसम्बन्धी भावी सोच र नेतृत्वदायी प्रवृत्तिहरूलाई पहिचान गर्न सहयोगी हुने ‘टाइम’को अपेक्षा छ।
‘टाइम’ले भनेको छ- ‘२०२० पछिको आश्चार्यजनक वाक्य: यो वर्ष विश्वव्यापी स्वास्थ्यको इतिहासमा अरू कुनै भन्दा फरक छ। संस्थापन विरोधी नेताहरू रोबर्ट एफ. केनेडी जूनियर, डा. मार्टी मकरी र डा. जय भट्टाचार्यलाई अमेरिकाको स्वास्थ्यका नेतृत्वदायी पदमा पुगेका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनबाट फिर्ता हुने निर्णय लिएका छन् र युएसआईडीको कोष बन्द गरिएको छ।
स्वास्थ्यकर्मीहरू आफ्नो काम जारी राख्न सकिन्छ कि सकिँदैन भनेर बुझ्न र यदि होइन भने, बिरामीहरूको अवस्था के हुन्छ भनेर बुझ्न संघर्ष गरिरहेका छन्। यस्तो उथलपुथलको वर्षमा, ‘टाइम १०० हेल्थ’ सार्वजनिक गरिएको छ। अहिलेको स्वास्थ्यको दुनियाँमा सबैभन्दा प्रभावशाली १०० व्यक्तिहरूको सूची केही फरक देखिन्छ।’
यी १०० व्यक्तिहरूलाई छनोट गर्न, एम्मा बार्कर बोनोमो र म्यान्डी ओकल्यान्डरको नेतृत्वमा र डा डेभिड अगस र एरियाना हफिंगटनको मार्गदर्शनमा टाइमका स्वास्थ्य संवाददाता र सम्पादकहरूको टोलीले विश्वभरका स्रोतहरू र विज्ञहरूसँग परामर्श गर्न महिनौं बिताएको टाइमले जनाएको छ।
मुख्य व्यक्ति र योगदान
दिग्गजहरू
टेड्रोस एड्हानोम गेब्रेयसस – विश्व स्वास्थ्य संरचनाका योजनाकार
जय भट्टाचार्य – अनुसन्धानको वित्त पोषणमा परिवर्तन
रवर्ट एफ. केनेडी जुनियर – स्वास्थ्य सेवा प्रणालीलाई चुनौती दिँदै
मेलिन्डा फ्रेन्च गेट्स – महिलाको स्वास्थ्य सुधारमा योगदान
करेन डेसाल्भो – स्वास्थ्यमा कृत्रिम बौद्धिकता (एआई)को प्रयोग
डेभिड रिक्स – औषधि विकासको गति बढाउँदै
सुम्बुल देसाई – प्रविधि र स्वास्थ्यलाई जोड्दै
मार्टी माकारी – नियमन प्रणालीमा हस्तक्षेप गर्दै
एलिस वाल्टन – चिकित्साशिक्षामा योगदान
निकाइस न्डेम्बी – अफ्रिकाको जनस्वास्थ्यको लागि कार्य गर्दै
एमा वाल्म्स्ली – नयाँ प्रकारको एन्टिबायोटिक विकास गर्दै
पल अफिट – खोप प्रवर्द्धनमा अगुवा
स्टीभ बियर्ड – औषधिमा विविधता ल्याउँदै
भास नरासिम्हन – परिवर्तनको गति बढाउँदै
मिशेल सिया – उदाउँदो नेतृत्वकर्ता
न्यान्सी ब्राउन – हृदय स्वास्थ्यको प्रचार
क्रिस्टिन पेक – पशु रोग रोकथाममा कार्यरत
माइकल डाउलिङ – नवप्रवर्तनलाई प्रोत्साहन
नवप्रवर्तनकर्ता
रेश्मा केवालरामानी – ऐतिहासिक औषधि विकास
अमिरअली तलसाज र हेल्मी एल्टुक्की – आकर्षक स्क्रिनिङ विकल्प
रिचार्ड लोएनथल – एनाफिलाक्सिस उपचारमा सजिलो उपाय
रोबर्ट वुड – मानसिक शान्तिको प्रचार
एन्ड्र्यु मिलर – मानसिक स्वास्थ्यको नयाँ दृष्टिकोण
समर्थ कुलकर्णी – जीन थेरापीलाई अघि बढाउँदै
डेनियल टिम्स – कृत्रिम मुटुको विकास
डेविड नुसबाम – भर्चुअल भेट प्रणाली सुधार
हुझी जू – स्वप्रतिरक्षा रोगको उपचारमा प्रगति
डेविड लिउ – नयाँ पुस्ताको जीन सम्पादन
डेविड फाजगेनबाम – प्रयोगमा रहेका औषधिको पुनःप्रयोग
ताहमीद अहमद – कुपोषणविरुद्ध संघर्ष
टोमस सिह्लार र वेस्ली सुन्डक्विस्ट – एचआईभी रोकथाम
आन्द्रे एस्टेवा – क्यान्सर उपचारमा एआईको प्रयोग
बॉबी रेड्डी जुनियर – सेप्सिसको पूर्वानुमान
शिव राव – कागजी झन्झट हटाउँदै
अपर्णा हेगडे र अपर्णा तनेजा – महिलासम्म स्वास्थ्य सेवा पुर्याउँदै
बेथ शापिरो – लोप भएका जीव पुनर्जीवित गर्ने वैज्ञानिक
एल्भिन लुक – दुर्लभ रोगप्रति केन्द्रित
पायोनियर्स
आन्द्रेया सर्सेक – प्रतिरक्षा प्रणालीलाई सक्रिय बनाउँदै
रोबर्ट मोंटगोमेरी – प्रत्यारोपणमा नवीनता
डिन अर्निश – प्राकृतिक तरिकाले रोग रोकथाम
केनेथ साभिन – अन्तरिक्ष विज्ञानमा इन्धन
स्कट स्टान्स्लास्की – पार्किन्सनको लक्षण नियन्त्रण
क्रिश्चियन हाप्पी – संक्रामक रोग बुझ्दै
रिचार्ड फिन्केल र केली हेन्निङ्स – प्रसूति पूर्व उपलब्धि
क्रिश्चियन एंगरमेयर र आरोन डी’सूजा – मानव क्षमताको परीक्षण
झेन्या लिण्डगार्ड – समयअगावै जन्म रोकथाम
डेनिस चार्नी – डिप्रेशन उपचारमा क्रान्ति
एन्टोनी अल्बानीज – किशोर मानसिक स्वास्थ्य सुरक्षा
भिक्टर एम्ब्रोस र गेरी रुबुकुन – कोष विकास बुझ्दै
होङकुई डेङ – मधुमेहको आत्म-उपचार
स्टेफेनी च्याङ – फोक्सो प्रत्यारोपणमा सुधार
शेली ह्वाङ – स्तन क्यान्सरको नयाँ सोच
मार्क हायम्यान – व्यक्तिगत उपचार प्रणाली
ड्यानियल नाडलर – ज्ञान फैलाउँदै
अनिश भटनागर – कठोर लक्षणको नियन्त्रण
अबासी एने-ओबोङ – जेनेटिक्सको पहुँच विस्तार
नेतृत्व
एमानुएल सुबेइरान – बर्ड फ्लु अनुगमन
प्लासिड म्बाला – मंकीपक्सको यथार्थ उजागर
युनिस आर. अवादल्लाह – खोप अभियानमा नायक
एलिशा डन-जोरजिओ – विश्व स्वास्थ्यको संरक्षण
रिचार्ड सेभर – विज्ञान प्रचार
रेचल स्वीट – प्रजनन अधिकारको पक्षमा
एलिसन सेसो – चिकित्सा ऋणबाट राहत
पिटर एनेव्स्की – आईभीएफ सुरक्षामा योगदान
लादिदी बाको-अइयेग्बुसी – खाद्य सुरक्षा
फ्रान्चेस्को रुबिनो – मोटोपनको परिभाषा परिवर्तन
इभान म्यासिङिल – प्रजनन पहुँचमा योगदान
पल मुलर – आत्महत्या रोकथाम
जुली बर्कहार्ट – स्वास्थ्य सेवाको संरक्षण
एड्रियन डाइब्वाड – हावा गुणस्तर अनुगमन
पिटर लुरी – सुरक्षित खाद्यको पक्षमा
रोनिता नाथ – एलजीबीटीक्यु+ किशोरहरूको समर्थन
मुहम्मद अली पटे – नाइजेरियाको स्वास्थ्य प्रणाली निर्माण
जोआना स्ट्रोबर – मेनोपजको स्वास्थ्यमा प्रकाश
परिवर्तनकर्ता
डेमार ह्यामलिन – हृदय स्वास्थ्यको सशक्त आवाज
विनोद बालाचन्द्रन – क्यान्सर खोपको परीक्षण
क्याट्रियोना ब्राडशो – स्त्री विषयको पुनर्परिभाषा
ब्रुक इबी – एएलएसको दस्तावेजीकरण
बारबरा किङ्सोलभर – साहित्यबाट व्यसन उपचार
बिल नाइ – वैज्ञानिक सन्देशवाहक
अरा डार्जी – स्वास्थ्य सुधारमा प्रेरणा
कोलिन फेरेल – विशेष आवश्यकताको आवाज
लोरेन्जो गुग्लिल्मेट्टी – क्षयरोग उपचार
केट मिडलटन – आफ्नो कथासँगै नेतृत्व
सुरेश रामालिङ्गम – फोक्सो क्यान्सरमा ब्रेकथ्रु
सेथ रोजन र लरेन मिलर रोजन – केयरगिभरहरूको समर्थन
स्टेफन ग्राहम र ज्याक थोर्न – संवादको सुरुवात
स्कट लोमरे – किशोरको जीवन सुधार
इलोना माहेर – शक्तिको प्रदर्शन
मेरी म्याककोर्म्याक – नयाँ सोच
हायम्यान स्कट – यौन संक्रामक रोग रोकथाम
ड्वायन वेड – पूर्वरोग रोकथाममा जोड
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले उपप्रधान तथा सहरी बिकास मन्त्री प्रकाशमान सिंहकी दिदीलाई पक्राउ नगरेकोमा आपत्ति जनाएका छन्।
तीनकुने घटनामा राप्रपाका बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई मुद्दा नचलाई ४३ दिनसम्म थुनेको तर मुद्दा चलाइएको उप प्रधानमन्त्री श्रेष्ठकी दिदी रिता सिंहलाई भने प्रकाउसमेत नगरे पछि उनले आक्रोश ब्यक्त गरेका हुन्।
‘उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहको काठमाडाैं-१ का चुनावी प्रतिस्पर्धी राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ४३ दिनदेखि नाजायज रुपमा प्रहरी हिरासतमा हुनुहुन्छ, उता सिंहकी दिदी रिता सिंह वैद्यविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ,’ उनले प्रश्न गरे, ‘बाल संगठनको जग्गा भाडामा अनियमिताको आरोपमा वैद्यलाई विशेष अदालतमा मुद्दा चलाइएको छ। तर वैद्यलाई पक्राउसम्म गरिएको छैन।’
मिश्र पक्राउ पर्ने तर मुद्दा लागेकी थापा भने फुक्कावाल भएर हिँड्ने भएपछि प्रवक्ता श्रेष्ठले आक्रोश ब्यक्त गरेका हुन्। ‘फरार अभियुक्तका रुपमा उनीविरुद्ध मुद्दा चलाइएको हो, कतिसम्म भने उपप्रधानमन्त्री सिंहको दिदी भएकै कारण प्रहरीले उनलाई पक्राउ गर्न त कता हो कता बयानसम्म लिन बोलाएन, जबकि वैद्यमाथि लागेको आरोप झन् गम्भीर छ,’ उनले भने।
उनी अगाडि भन्छन्, ‘जगजाहेर छ, मिश्रमाथि सत्ता र व्यवस्थाद्वारा प्रतिशोध साँधिएकै हो, प्रतिशोधको राजनीतिले कोही कसैको हित गर्दैन। इमान भएको बलियो सरकार बनेको दिन यदि यस्तै प्रतिशोध राख्ने हो भने ०४६ पछिका र ०६३ पछिका कुन दलका कुन नेता चोखा रहलान्? कुन संस्थाका कुन अगुवा जोगिएलान्? न्याय सबैलाई बराबर होस्।’
उनले मिश्रलाई थुनेर मिश्रले बोकेको विचार थुन्न नसकिने भन्दै बिना शर्त रिहा गर्न माग गरेका छन्।
सामाग्री श्रोत :
राप्रपा प्रवक्ताको प्रश्नः रवीन्द्र थुनिने, प्रकाशमानकी दिदी पक्राउसमेत नपर्ने, किन ?
काठमाडौँ । माइक्रोसफ्टका संस्थापक अरबपति बिल गेट्सले आगामी २० वर्षभित्र आफ्ना करिब २०० अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति दान गर्ने घोषणा गरेका छन्। गेट्सले यससँगै सन् २०४५ डिसेम्बर ३१ मा गेट्स फाउन्डेसन बन्द गरिने जानकारी पनि दिएका छन् । बिहीवार आफ्नो व्यक्तिगत ब्लग ‘गेट्स नोट्स’ मा एक ब्लग सार्वजनिक गर्दै उनले आफ्नो भावी योजनाका विषयमा जानकारी दिएका हुन् ।
सन् २००० मा पूर्व पत्नी मेलिन्डा फ्रेन्च गेट्ससँग मिलेर गेट्स फाउन्डेसन स्थापना गरेका गेट्सले उक्त संस्थालाई आफ्नो मृत्युपछि सम्म पनि निरन्तर सञ्चालन गर्ने योजना बनाएका थिए। तर अहिले उनले बाँकी जीवनकालमै सबै सम्पत्ति समाजसेवामा खर्च गर्ने निर्णय गरेका हुन् ।
“आगामी २० वर्षमा भर्चुअल रूपमा म गेट्स फाउन्डेसनमार्फत आफ्नो लगभग सम्पूर्ण सम्पत्ति संसारभरको जीवन बचाउन र सुधार गर्नका लागि दिँदैछु । र सन् २०४५ को डिसेम्बर ३१ देखि यो संस्था स्थायी रूपमा बन्द हुनेछ,” उनी लेख्छन् ।
उनले यस निर्णयबाट अन्य अरबपतिहरूलाई पनि समाजसेवामा योगदान दिन प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्। गेट्सले सन् २०१० मा मेलिन्डा र वारेन बफेटसँग मिलेर ‘गिभिङ प्लेज’ अभियान सुरु गरेका थिए, जसमा २४० भन्दा बढी धनी व्यक्तिहरूले आफ्नो अधिकांश सम्पत्ति दान गर्ने प्रतिबद्धता जनाएका छन्।
“म मरेपछि मानिसहरूले मेरो बारेमा धेरै कुरा गर्नेछन् । तर ‘धनी भएरै मर्यो’ भनेर नभनुन । अहिले संसारमा समाधान गर्नुपर्ने धेरै गम्भीर समस्याहरू छन्, जसका लागि मेरो सम्पत्ति काम लाग्न सक्छ,” उनी लेख्छन् ।
विश्वकै सबैभन्दा ठूलो परोपकारी संस्थामध्ये एक गेट्स फाउन्डेसनले हालसम्म १०० अर्ब डलरभन्दा बढी रकम विभिन्न स्वास्थ्य परियोजना, खोप विकास, रोग निदान प्रविधि र उपचार वितरण प्रणालीमा खर्च गरिसकेको छ।
आगामी दुई दशकमा फाउन्डेसनले तीन प्रमुख लक्ष्यमा केन्द्रित हुने बताइएको छ — आमाहरू र नवजात शिशुको रोकथाम गर्न सकिने मृत्यु अन्त्य गर्ने, घातक सङ्क्रामक रोगहरूको उन्मूलन गर्ने र विश्वभरका करोडौं मानिसलाई गरिवीबाट मुक्त गर्ने।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले स्वास्थ्य, वैदेशिक सहायता र अन्य सामाजिक कार्यक्रमको बजेट कटौती गरिरहेको समयमा गेट्सले यस्तो घोषणा गरेका हुन् । हाल उनको सम्पत्ति १०८ अर्ब डलर रहेको छ र उनले यो २०४५ सम्ममा ९९ प्रतिशतले घट्ने दाबी गरेका छन्।
गेट्सले संस्थागत कोष र निजी सम्पत्तिबाट उक्त रकम फाउन्डेसनमार्फत खर्च गर्ने बताएका छन्। उनीद्वारा स्थापित आणविक ऊर्जा कम्पनी टेरापावर लगायत अन्य लगानीको आम्दानी समेत यस अभियानमा प्रयोग गरिने छ । गेट्सको यो निर्णय माइक्रोसफ्ट स्थापना भएको ५० वर्ष पुगेको अवसरमा आएको हो। “मैले कम्पनीबाट कमाएको सम्पत्ति अब समाजका लागि फिर्ता दिने बेला आएको छ,” उनले भने।
पछिल्लो अध्यावधिक: बैशाख २६, २०८२ १०:४०
सामाग्री श्रोत :
टेक पाना