
काठमाडौं। दक्षिण एसियाली क्षेत्रमा चुलिँदै गएको द्वन्द्वात्मक अवस्था, आपसी अविश्वास र राजनीतिक अस्थिरताले क्षेत्रीय अशान्ति, स्थायित्व र विकासमा असर पार्ने खतरा देखिएको भन्दै जनता समाजवादी पार्टी (जसपा) नेपालले चासो र चिन्ता व्यक्त गरेको छ।
जसपा नेपालले भारतको जम्मु-कश्मिरस्थित पहलगाममा नेपाली नागरिकसहित २८ जना पर्यटकहरुको ज्यान जाने गरी भएको हिंसात्मक, आतंकवादी र मानवता विरोधी घटनाको भत्र्सना गर्दै विकसित घटनाक्रमका सन्दर्भमा दक्षिण एसियाली मुलुकहरुलाई आपसी संवाद, कूटनीतिक पहल र सहकार्यबाट समाधान खोज्न आग्रह गरको प्रचार प्रसार तथा प्रकाशन प्रमुख पूर्ण बस्नेतले बताएका छन्।
‘आतंकदको कुनै जात, धर्म र राष्ट्रियता हुँदैन। आतङ्कवाद विरुद्धको लडाइमा पार्टीको समर्थन र ऐक्यबद्धता रहन्छ,’ बस्नेतले भने।
जसपा नेपाल शान्तिपूर्ण सह-अस्तित्व, लोकतान्त्रिक मूल्य र मानव अधिकारको पक्षमा प्रतिबद्ध रहेको र आगामी दिनहरुमा पनि यस्तै मान्यताहरुका साथ अगाडि बढ्ने पार्टीको प्रतिबद्धता रहेको उनको भनाइ छ।
सामाग्री श्रोत :
दक्षिण एसियाली क्षेत्रमा चुलिँदै गएको द्वन्द्वात्मक अवस्थाप्रति जसपा नेपालको चासो
दाङ । वैदेशिक रोजगारीबाट फर्किएर घोराही उपमहानगरपालिका–१ सुकाखोलाका बोमबहादुर थापाले गाईपालन व्यवसायबाट मनग्य आम्दानी गरेका छन् ।
उनले करिब ११ वर्ष वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया र दुबईमा काम गरेका थिए । उनले भने, “विदेशमा १८ घण्टा काम गर्छौँ, कमाइ भएको देख्छौँ, स्वदेशमा काम आठ घण्टा पनि गर्दैनौँ कमाइ चाहिँ धेरै खोज्छौँ, अनि जति कमाए पनि कमै देख्छौँ ।”
बिहानै ४ बजे उठेर गाई दुहुने र गाउँका अन्य किसानकोसमेत दूध लिएर घोराही बजारको डेरीमा पुर्याउने अनि घर फर्केर फेरि गाईको हेरचाह गर्ने यसरी नै बित्छ थापाको दैनिकी । उसो त थापाका लागि कामको चाप भने विदेशको जस्तै छ ।
थापाले विगत पाँच वर्षदेखि एक दिन पनि यो काम छुटाएका छैनन् । थापालाई लाग्छ म एक दिन बिरामी भएँ भने यो दूध अर्को दिन कहाँ लगेर बेचुँ ।
गाईलाई दानापानीको काम परिवारका अन्य सदस्यले गरे पनि दूध बजारसम्म पुर्याउने काम भने थापा आफैले मात्र गर्दै आएका छन् । सुरुमा दुईवटा गाईबाट यो पेसामा लागेका थापासँग हाल १७ गाई छन् । तीमध्ये सात वटा दुहुना छन् । दैनिक ८० लिटर दूध उत्पादन हुने गरेको थापाको भनाइ छ ।
विदेशमा कमाएको पैसाले घोराही बजारमा घडेरी किनेर एक तलाको घर बनाएका थापाले स्वदेश आएपछि ट्रक किन्नेदेखि बाख्रा पाल्नेसम्मको काम गरे। अन्य पेसामा सफल नभएका थापा गाईपालनमा भने सफल भएका हुन् ।
उनले भने, “मैले मासिक एक लाखभन्दा बढी आम्दानी गर्दै आएको छु मेहनत गरे आफ्नै देशमा पैसा फल्दो रहेछ ।” गाईपालनबाट पाँच वर्षमा थापाले करिब रु ५० लाख आम्दानी गर्नुका साथै जिल्लाकै एक उदाहरणीय किसान बनेका छन् । रासस
सामाग्री श्रोत :
deshparadesh
काठमाडौँ । आकर्षक लुक्स, पर्याप्त स्टोरेज, राम्रो क्यामेरा र सन्तोषजनक प्रदर्शन दिने स्मार्टफोनको खोजीमा हुनुहुन्छ भने अनर एक्स एट सी (Honor X8c) तपाईंको लागि उपयुक्त विकल्प हुन सक्छ । हालै नेपाली बजारमा सार्वजनिक गरिएको यो फोनले मध्यम बजेटमा उत्कृष्ट सुविधा उपलब्ध गराएको छ ।
Honor X8c मा आकर्षक डीप मार्श ग्रीन कलर दिइएको छ, जुन साधारण डिजाइनमा पनि निकै राम्रोसँग पप हुन्छ । ६.७ इन्चको एमोलेड डिस्प्ले भएको यस फोनमा १२० हर्ज रिफ्रेस रेट र २८०० निट्सको पिक ब्राइटनेस दिइएको छ, जसले गर्दा घाममा पनि स्क्रिन सजिलै देख्न सकिन्छ । यसमा कम बेजल्स भएकोले भिडिओ हेर्दा वा ब्राउजिङ गर्दा राम्रो अनुभव मिल्छ । फोनको बडी हार्ड प्लास्टिकको भए पनि पछाडि लेदरजस्तो टेक्स्चर दिइएको छ, जसले राम्रो ग्रिप दिन्छ ।
Honor X8c मा १०८ मेगापिक्सेलको मुख्य क्यामेरा र ५ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरा दिइएको छ । क्यामेरा सेटअप देख्दा चार ओटा जस्तो लाग्छ । तर तीमध्ये एक फ्ल्याश हो भने अर्को केवल डिजाइनका लागि राखिएको हो । फ्रन्टतर्फ ५० मेगापिक्सेल सेल्फी क्यामेरा दिइएको छ, जसले सेल्फी, वीफी र भिडिओ कललाई उत्कृष्ट बनाउँछ । यसमा EIS र OIS सपोर्ट छ । भिडिओमा अत्यधिक स्टेबल महसुस नहुने भए पनि परिणाम सन्तोषजनक छ । साथै, फोनमा एआई इरेजर सुविधा पनि छ, जसले फोटोबाट अवाञ्छित वस्तु हटाउन सकिन्छ ।
यो फोन एन्ड्रोइड १५ मा आधारित म्याजिक ओएस नाइनमा चल्छ । क्वालकम स्न्यापड्रागन ६८५ चिपसेटले फोनलाई सामान्य इन्टरनेट ब्राउजिङ, मल्टिटास्किङ र हल्का गेमिङको लागि सक्षम बनाउँछ । गेमिङ गर्दा फोन तात्ने समस्या देखिएन । गेम पनि स्मूथ चलेको अनुभव गरियो । फोनमा Magic Capsule, Always-on Display, Edge Panel, Multi-window, Split-screen जस्ता सुविधा पनि समावेश छन् ।
फोनमा ८ जीबी र्याम दिइएको छ, जसलाई भर्चुअल रूपमा ८ जीबी थप गर्न सकिन्छ । इन्टर्नल स्टोरेज ५१२ जीबी छ, जुन यो सेग्मेन्टको सबैभन्दा ठुलो स्टोरेज भएको कम्पनीको दाबी छ । धेरै फोटो, भिडिओ वा सामग्री बनाउने व्यक्तिका लागि यो ठुलो सुविधा हो ।
फोनमा ५००० एमएएच ब्याट्री दिइएको छ । जुन सामान्य प्रयोगमा एक दिन सजिलै टिक्छ । यसमा ३५ वाटको फास्ट चार्जिङ सपोर्ट छ ।
अन्य विशेषताहरू
-
Dual-band Wi-Fi, Bluetooth, Dual SIM सपोर्ट
-
In-display Fingerprint Scanner, Face ID, PIN, Password जस्ता सुरक्षा विकल्प
-
IP64 Rating सहितको ड्रप तथा क्रस रेसिस्टेन्स क्षमता
मूल्य र अफर
नेपालमा Honor X8c को मूल्य रु. ३३,८९० राखिएको छ । साथै, मे १० भित्र फोन खरिद गरेमा रु. ४,९९९ पर्ने HONOR Choice Earbuds X7 Lite लाई रु. २,०८२ मा खरिद गर्न सकिने Early Bird Offer पनि उपलब्ध छ ।
यदि तपाईं ३५ हजार रुपैयाँ भन्दा कम बजेटमा धेरै स्टोरेज, राम्रो डिजाइन, सन्तोषजनक क्यामेरा र स्थिर प्रदर्शन भएको स्मार्टफोन खोज्दै हुनुहुन्छ भने Honor X8c राम्रो विकल्प बन्न सक्छ ।
पछिल्लो अध्यावधिक: बैशाख २७, २०८२ ६:५३
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ –पाकिस्तानले भारतविरुद्ध प्रत्याक्रमणको घोषणा गरेको छ । पाकिस्तानी अधिकारीहरूले सरकारी सञ्चारमाध्यम मार्फत जनाएका छन् । पाकिस्तानको सरकारी टेलिभिजन र सेनाका पब्लिक रिलेसन विभागले भारतविरुद्ध प्रत्याक्रमणबारे जानकारी गराएको हो ।
पाकिस्तानी अधिकारीहरूले भारत विरुद्धको प्रत्याक्रमण अपरेशन ‘बुन्यान उल मर्सूस’ नामबाट सुरु भएको पुष्टि गरेका छन् । जसको अर्थ अरबीमा “सिसाको पर्खाल” हो । पाकिस्तानका सैन्य प्रवक्ताले शनिबार बिहान सरकारी टेलिभिजनमा प्रत्यक्ष प्रसारण गर्दै भारतले नुर खान बेस, मुरिद बेस र शोरकोट बेसलाई निशाना बनाएको बताए ।
रावलपिंडीमा रहेको नुर खान एयर बेस, जहाँ सेनाको मुख्यालय छ, उक्त स्थान पाकिस्तानी राजधानी इस्लामाबादबाट लगभग १० किलोमिटर टाढा रहेको समाचारहरूमा उल्लेख गरिएको छ । घना बस्ती भएको क्षेत्र रावलपिंडीमा रहेको नुर खानमा बिहानै भएको आक्रमणले ठूलो आतंक मच्चाएको र बासिन्दाहरू सडकमा दौडिरहेका देखिएको समाचारहरूमा जनाइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं। स्वस्थ रहनका लागि राति राम्रो र गहिरो निद्रा लिनु जरुरी छ। तर, आजको व्यस्त जीवनमा धेरै मानिसहरू ढिलो सुत्छन्। कोही कोही समयमै सुत्न जान्छन् तर धेरै घन्टासम्म ओल्टेकोल्टे र ओच्छयानमा नै यताउता घुमिरहन्छन्।
राति निद्रा नपुगेकोले दिनभरी धेरै अल्छीले बित्छ। धेरै पटक राम्ररी सुत्न नसक्दा गम्भीर रोग लाग्ने खतरा हुन्छ। यसले मानसिक र शारीरिक दुवै रूपमा धेरै नराम्रो असर गर्छ।
यस्तो अवस्थामा तपाईंलाई पनि राति निद्रा लाग्दैन भने हामी तपाईंका लागि केही खानेकुरा ल्याएका छौं, जुन तपाईंले सुत्नुअघि खान सक्नुहुन्छ। यी फलफूल खाँदा निद्रा राम्रो हुन्छ भन्ने चिकित्सकहरूको सल्लाह रहेको छ।
अश्वगन्धा
सुत्नुअघि अश्वगन्धा सेवन गर्न सक्नुहुन्छ। यसले दिनभरको तनाव कम गर्छ र निद्रामा पनि सुधार गर्छ। यो पिउनाले शक्ति बढाउनुलगायत अन्य धेरै फाइदाहरू रहेका छन्। यसको सेवनले तनाव कम गर्छ, जसले गर्दा राम्रो निद्रा लाग्छ।
बदाम
राति बदाम खाँदा निद्राको गुणस्तरमा सुधार हुन्छ। यो खाँदा मस्तिष्क पनि तेजिलो हुन्छ । वास्तवमा यसमा म्याग्नेसियम हुन्छ, जसले शरीरलाई निकै आराम दिन्छ, जसले राम्रो निन्द्रा पुर्याउँछ। यो खाँदा पाचन क्रिया पनि राम्रो हुन्छ।
डार्क चकलेट
राती डार्क चकलेट पनि खान सकिन्छ। तर, यसलाई सीमित मात्रामा खानुपर्छ । यसमा म्याग्नेसियम हुन्छ, जसले निद्रा लाग्न मद्दत गर्छ। यसले तनावलाई पनि कम गर्छ, जसले मूडलाई सुधार्छ।
केरा
यदि सुत्नु अघि पाकेको पहिलो केरा खानु भयो भने पनि निन्द्रामा मस्त हुन सकिन्छ। तर, सुत्नु अघि २०–३० मिनेट अघि केरा खानु पर्छ। जसले सेरोटोनिन र मेलाटोनिन जस्ता स्लिपिङ हार्मोन विकास गर्न मधत गर्छ।
सामाग्री श्रोत :
काठमाडौँ । मोटोरोलाले आफ्नो नयाँ स्मार्टफोन एज ५० फ्युजन (Edge 50 Fusion) नेपाली बजारमा भित्र्याएको छ । १२ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध फोनको मूल्य ४६ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
यो फोन हट पिंक र मार्शमेलो ब्लू कलरमा किन सकिन्छ । फोनलाई प्रिमियम स्पर्श र लुक दिन हट पिंक कलरमा भेगन स्वेड फिनिश दिइएको छ भने मार्शमेलो ब्लूमा भेगन लेदर फिनिश प्रदान गरिएको छ ।
फोनको डिजाइनलाई विशेष बनाउने तत्वमा कर्भ्ड किनाराहरू, स्लिक क्यामेरा हाउजिङ र अल्ट्रा स्लिम प्रोफाइल समावेश छन् । यस्ता फिचरले प्रयोगकर्तालाई प्रिमियम र सहज अनुभव दिने कम्पनीको विश्वास छ । पानी र धुलोबाट सुरक्षित राख्न एज ५० फ्युजनमा आईपी६८ रेटिङ दिइएको छ । साथै, यसमा कोर्निङ गोरिल्ला ग्लास फाइभ प्रयोग गरिएको छ । जसले स्क्रिनलाई सामान्य झट्का र स्क्र्याचबाट बचाउने बताइएको छ ।
फोनमा रहेको ५० मेगापिक्सेलको मुख्य क्यामेरा ‘LYTIA’ सेन्सरसहित आएको छ । यसले अँध्यारोमा पनि प्रष्ट फोटो खिच्न सक्ने बनाउँछ । फराकिलो दृश्य समेट्न यसमा १२० डिग्री अल्ट्रा-वाइड एंगल लेन्स छ । म्याक्रो भिजन लेन्सको प्रयोगले नजिकका साना विवरण समेत स्पष्ट देखाउन मद्दत गर्छ । फ्रन्टतर्फ ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा क्वाड पिक्सेल टेक्नोलोजी सहित दिइएको छ ।
मोटोरोला एज ५० फ्युजनमा स्न्यापड्रागन सेभेन जेन टु प्रोसेसर राखिएको छ । यो चिपसेटले उच्च कार्यक्षमता र ब्याट्री दक्षता पनि दिने कम्पनीको दाबी छ । फोनमा पोलेड (pOLED) डिस्प्ले दिइएको छ । कम्पनीको अनुसार फोनको डिस्प्ले १००% DCI-P3 कलर गामट सपोर्ट गर्छ । यसले उज्यालो, जीवन्त र सिनेमाटिक गुणस्तरका रंगहरू देखाउने कम्पनीको भनाइ छ । साथै, सुरक्षाका लागि यसमा ‘Moto Secure’ फिचर दिइएको छ, जसमा फिंगरप्रिन्ट अनलक, एप पर्मिसनहरूको नियन्त्रण, नेटवर्क सेक्युरिटीको व्यवस्था र सेक्रेट फोल्डर बनाउने सुविधा समावेश गरिएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख २७, २०८२ ७:१८
सामाग्री श्रोत :
टेक पाना
सुर्खेत –शनिबार (आज) देखि कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा ‘कर्णाली छोरी सम्मेलन–२०८२’ आयोजना हुँदैछ ।
श्री ज्योति फाउन्डेसन र कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजनामा तीनदिने छोरी सम्मेलन हुन लागेको हो । सम्मेलन वैशाख २७, २८ र २९ गते वीरेन्द्रनगरस्थित शुभ होटलमा हुनेछ ।
प्रदेशमा आयोजना हुन लागेको छोरी सम्मेलन पहिलो भएको आयोजक श्री ज्योति फाउन्डेसनले बताएको छ । सशक्तीकरण अभियानमार्फत कर्णालीका छोरीहरूलाई सचेत, सबल, सक्षम तथा आत्मनिर्भर बनाउनका साथै कर्णालीका छोरीहरूको व्यक्तित्व विकासमा सघाउ पुर्याउनु सम्मेलनको उद्देश्य भएको आयोजक फाउन्डेसनका अध्यक्ष ज्योति कटुवालले बताइन् ।
तीन दिनसम्म चल्ने यो सम्मेलनमा प्रदेशका ७९ वटै स्थानीय तहबाट प्रतिनिधित्व रहने जनाइएको छ । स्थानीय तह तथा सीमान्तकृत समुदाय, लोपोन्मुख राउटे, राजी, वादी, बोटे समुदायबाट दुई सयजना छोरीहरूको सहभागिता सम्मेलनमा रहनेछ ।
फाउन्डेसनका अध्यक्ष कटुवालका अनुसार स्थानीय तह, समुदायबाट प्रतिनिधित्व गर्ने छोरीहरूले सम्मेलनमार्फत आफ्ना आवाज बुलन्द गर्ने अवसर पाउनेछन् ।
सम्मेलनका प्रत्येक दिन छोरीका आफ्ना कुरा राख्ने तथा प्रवचन, बहसजस्ता विशेष सत्रहरू चल्नेछन् । सम्मेलनमा ‘छोरीका मनका कुरा’ विशेष सत्र सञ्चालन हुनेछ । यो सत्रमा कर्णालीका छोरीहरूले आफ्ना भोगाइहरू प्रस्तुत गर्नेछन् ।
छोरीहरूका प्रतिभाहरू पनि यसै सम्मेलनमा प्रस्तुत गरिनेछ। ‘छोरीहरूको जीवन रूपान्तरण’ शीर्षकमा विज्ञ व्यक्तित्वबाट विश्लेषण गरिनेछ । सम्मेलनमा हुने बहसहरू छोरीहरूको सशक्तीकरण र जीवन रूपान्तरणसँग सम्बन्धित हुने आयोजक श्री ज्योति फाउन्डेसनले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं । ओमानले भिसाको अवधि सकिएर कानुनी हैसियत गुमाई ओमानमै बसिरहेका आप्रवासी श्रमिकहरुलाई तीनमहिना भित्रमा स्वदेश फर्किन सक्ने गरी आममाफीको घोषणा गरेको छ । ओमानस्थित नेपाली दूतावासका अनुसार ओमानको श्रम मन्त्रालयले त्यसरी बसिरहेकाहरुलाई जरिवाना नतिरी स्वदेश फर्किनका लागि तीन महिनाको समय दिएको हो । नेपाली दूतावासका अनुसार तीन महिना भित्रमा स्वदेश फर्किनेहरुका लागि जरिवाना शुल्क पूर्ण रूपमा माफ गरिएको छ ।
नेपाली दूतावासले एक विज्ञप्ती जारी गर्दै ओमान सरकारले उपलव्ध गराएको यो अवसरको सुदपयोग गर्न र त्यसरी कागजातविहिन भएर बसिरहेकाहरुलाई स्वदेश फर्किन आग्रह गरेको छ । विज्ञप्तीमा भनिएको छ, ‘ओमान सरकारले यो योजना २०२५ जुलाई ३१ मा अन्त्य हुने जनाएकोले समयभित्रै अवसरको उपयोग गर्न सूचित गरिन्छ ।’
स्वदेश फिर्ती प्रक्रियाको लागि नेपाली दूतावासले सहजीकरण गर्ने भएको छ । यसका लागि दूतावासले स्वयंसेवी नियुक्त गरेको छ । ओमानमा करिब २२ हजार नेपाली कार्यरत छन् जसमध्ये १० हजार महिला छन् ।
नेपाली दूतावासका अनुसार भिसाविहीन नेपालीको संख्या यकिन गरिएको छैन । पछिल्लो समय भिजिट भिसामार्फत घरेलु श्रमिकका रूपमा ओमान पुगेका नेपाली महिला श्रमिक भिसाविहीन भएर बस्ने गरेको दूतावासले जनाएको हो ।
दूतावासको सुचना
ओमान सरकारद्वारा प्रदान गरिएको छुट अवधिमा स्वदेश फिर्ती (Departure during the grace period) सम्बन्धी जानकारी
ओमानको श्रम मन्त्रालय (Ministry of Labour) द्वारा जारी गरिएको छुट अवधिमा स्वदेश फिर्ती योजना अन्तर्गत, ओमानमा भिसा सकिएर अवैधानिक रूपमा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई स्वदेश फर्किन पाउने अवसर प्रदान गरिएको छ। यस योजनाअनुसार स्वदेश फर्किने नेपालीहरूका लागि तोकिएको जरिवाना शुल्क पूर्ण रूपमा माफ गरिनेछ।
यस योजनाको लाभ लिन इच्छुक नेपाली नागरिकहरूले स्यवम् वा कोही साथीभाई वा राजदूतावासका स्वयम्सेवकहरु वा नेपाली सोसल क्लब लगायत संघसंस्थाका प्रतिनिधिको सहयोग लिई तल दिइएको वेबपेजमा गई प्रक्रिया पूरा गर्नु पर्नेछ:
वेबसाइटमा दिइएको चरणहरू अनुसार आवश्यक विवरणहरू भरेर आवेदन गर्नुहोला।
हाल ओमान सरकारले यो योजना 2025 जुलाई 31 मा अन्त्य हुने जनाएकोले समय भित्रै अवसरको उपयोग गर्न सूचित गरिन्छ र यो सुवर्ण अवसरको लाभ उठाउनुहुन ओमानमा रहनुभएका सम्बन्धित नेपाली नागरिकहरूलाई अनुरोध गरिन्छ। थप केही सहयोग वा जानकारी आवश्यक भए राजदूतावासमा सम्पर्क गर्नुहुन समेत अनुरोध छ।
सामाग्री श्रोत :
deshparadesh
काठमाडौं। “सगरमाथामा बाक्लो हिउँ परेकाले डोरी टाँग्ने (रोप फिक्सिङ) गर्न गाह्रो भयो। खुम्बु आइसफल क्षेत्रमा ठूला रक र कालापत्थरले भर्याङ टाँग्न पनि कठिन भयो” रोप फिक्सिङ गर्ने दक्ष शेर्पा आरोहीलाई जनाउँदै गर्दै आधार शिविरबाट एक्सपीडिसन अगुवा लाक्पा शेर्पाले भने।
एटके एक्सपीडिसन कम्पनीबाट खटिएका सात जनाको शेर्पा टोलीले शुक्रबार साँझ ५ बजे सगरमाथाको चुचुरोमा टोरी टाँगेर आरोहणको ढोका खोलेपछि यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण सुरु भएको हो। सोही कम्पनीबाट खटिएका पाँच जना शेर्पाले बिहिबार ल्होत्से र त्यसअघि आमादब्लम हिमालको चुचुरोमा डोरी टाँगेका थिए।
सगरमाथाको चुचुरोसम्म बाटो बनेसँगै औपचारिक रूपमा आरोहण सुरु भएको पर्यटन विभागले जनाएको छ। विभागका निर्देशक लीलाधर अवस्थीले भने, “सगरमाथाको चुचुरोमा डोरी टाँग्ने काम सम्पन्न भएसँगै यस वर्षको सगरमाथा आरोहण औपचारिक रूपमा सुरु भएको छ र अब अन्य आरोही पनि मौसम अनुकूलता हेरेर शिखरतर्फ लाग्नेछन्।” मौसम अनुकूल रहेकाले पहिलो वीन्डमो सर्वाधिक आरोहणको अनुमान गरिएको उनले बताए।
सगरमाथा आरोही संघका महासचिव शिवबहादुर सापकोटाले सगरमाथा आरोहणको सकारात्मक सन्देशले नेपालको साहसिक पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने बताए। आरोहणलाई सुरक्षित र व्यवस्थित बनाउन सम्बद्ध निकाय र एक्सपीडिसन कम्पनीले प्रभावकारी व्यवस्थापन गरेको उनले उल्लेख गरे।
एटके एक्सपीडिसन कम्पनीका प्रवन्ध निर्देशकसमेत रहेका आरोही लाक्पा शेर्पाले सगरमाथा आरोहणका लागि अनुकूल मौसम रहेकाले मे ११ देखि १४ तारिकसम्म सर्वाधिक संख्यामा आरोही चुचुरोमा पुग्ने सम्भावना रहेको बताए। उनले भने, “मौसम अनुकूल छ। आजदेखि विदेशी आरोहीको आरोहण सुरु हुन्छ। अहिले धेरै संख्यामा आरोही सगरमाथाको तेस्रो शिविरबाट चुचुरोतर्फ लागेका छन्।”
सगरमाथाको तेस्रो शिविर र चौथो शिविरमा अक्सिजनलगायत सामग्री व्यवस्थानमा शेर्पा कामदार खटिएका छन् भने आरोहण प्रतिक्षामा रहेका आरोही आरोहण अभ्यासमा व्यस्त छन्। आधार शिविरदेखि तेस्रो शिविरसम्म आरोही आवत जावत गरिरहेका हुन्।
मे १२ देखि १५ सम्म ‘समिट वीन्डो‘ छ र उक्त अवधिमा धेरै आरोहण हुने एक्सिपीडिसन कम्पनीको अनुमान छ। मे १६ र १७ मा हिमपात हुने मौसम पूर्वानुमान गरिएकाले त्यसअघि आरोहीको चुचुरो पुग्ने योजना अनुरूप यो पकट आरोहणमा जाम हुनसक्ने जनाइएको छ।
सगरमाथाको चुचुरोसम्म रोप फिक्सिङको जिम्मेवारी पाएको एटके कम्पनीका प्रवन्ध निर्देशक शेर्पाले भने, “यो पटक सगरमाथामा बाक्लो हिउँले डोरी टाग्न गाह्रो भएको छ। पहिलो वीन्डोमा धेरै आरोहण हुने पूर्वानुमान गरिएको छ।”
अशोक लामाको नेतृत्वमा सातजना शेर्पा टोली सगरमाथाको चुचुरामो पुग्न सफल भएको हो। उक्त टोलीमा छिरिङ पेम्बा शेर्पा, पेम नुर्बु शेर्पा, टासी शेर्पा, कर्मा ग्याल्जेन शेर्पा, टासी ग्याल्जेन शेर्पा र पासतेन्जी शेर्पा रहेका छन्। यो पटक सगरमाथाको रोप फिक्सिमा १६ जना शेर्पा खटिएकामा सात जना मात्रै चुचुरोमा पुग्न सफल भएको जनाइएको छ।
सगरमाथामा मात्रै नभई ल्होत्से र आमादब्लम हिमालमा पनि बाक्लो हिउँका कारण बाटो बनाउन कठिन भएको जनाइएको छ। जलवायु परिवर्तनको प्रभावले आरोहक्षण क्षेत्रमा बढी रक भेटिएकाले बाटो बनाउनेकार्य कठिन भएको शेर्पाले जनाएका छन्।
खराब मौसमका कारण सगरमाथाको दोश्रो शिविरदेखि चौथो शिविरसम्म बाटो बनाउन १४ दिन लागेको कम्पनीले जनाएको छ। चौथो शिविरबाट भने दुई दिनमा शेर्पा टोली चुचुरोमा पुगेका थिए।
“बाटो राम्रो छ, मौसम सफा छ। सयौ आरोही आरोहणका लागि प्रतिक्षरत छन्”, आरोही शेर्पाले भने, “मे ११ देखि १५ सम्म धेरै समिट हुने सम्भावना छ । अर्को वेवदर वीन्डो मे १९ देखि २४ सम्म रहेको छ।”
यो याममा विश्वकीर्तिमानी आरोशी कामीरिता शेर्पा ३१औं पटक सगरमाथा आरोहण गरेर आफ्नै कीतिर्मान तोड्ने तर्खरमा छन्। टासी ग्याल्जेन शेर्पा २० दिनमा चार पटक सगरमाथा आरोहण गरेर विश्व रेकर्ड कायम गर्ने योजनामा सगरमाथा पुगेका छन्।
त्यस्तै अर्का विश्वकीर्तिमानी आरोही सानु शेर्पा यो सिजनमा अति विशिष्ट पाहुना लिएर आरोहणमा गएका छन्। आठ हजार मिटरभन्दा माथिका हिमाल दुई पटक सफल आरोहण गरेका उनले तेस्रो पटक आठ हजार मिटरमाथिका हिमाल आरोहण गरेर आफ्नै नामको कीर्तिमान भङ्ग गर्ने योजनामा छन्।
भारतकी सबैभन्दा जेष्ठ नागरिकले आरोहण गर्ने तयारीमा छन्। यो पटक एटके कम्पनीबाट सगरमाथा र ल्होत्सेमा गरी ५५ जना आरोही छन्।
समुद्री सतहदेखि पाँच हजार ३६४ मिटरको उचाइको आधार शिविरमा अध्याधिक चिसो रहेको शेर्पाले जानकारी दिए। माइनस २० डिग्रिको चिसोको प्रवाह नगरी आरोही आरोहण अभ्यासमा तल्लिन छन् । शिविरमा चहलपहल छ।
शेर्पा ‘हाइ क्याप्स सेट’ (तेस्रो र चौथो शिविर व्यवस्थापन) मा छन् भने आरोही लुक्ला नाम्चे, वेसक्याम्पमा छन्। आधा जसो आरोही तेस्रो शिविरतिर पुगेका छन्।
अहिलेसम्मको अवस्था हेर्दा मे १४ र १५ मा सगरमाथामा बढी ट्राफिक जाम हुने सम्भावना रहेको प्रवन्ध निर्देशक शेर्पाले बताए। यो पटक धेरै आरोहीलाई सहज होस भनेर चाँडो सगरमाथाको आरोहण खुलाइएको उनको भनाइ छ।
सन् २०१३ र २०१७ मा सगरमाथाको रोप फिक्सिङ गरेकार्नु लाक्पा शेर्पाले जलवायु परिवर्तनका कारण हिउँ पक्लिएर पछिल्ला वर्षहरुमा सगरमाथा क्षेत्रमा बढी रक भेटिएको छ। हिउँ भएको ठाउँमा बाक्लो हिउँ परेको छ।
खुम्बु आइसफलमा बढी रक देखिएकोले सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपीसिसी) ले मे २९ मै बाटोका भर्याङ उठाउने जनाएको छ। पर्यटन विभागबाट ७५ दिनको आरोहण अनुमति लिएर आरोही सगरमाथा गएका छन्।
सगरमाथा आरोहण ४० दिनको हुन्छ। आरोही सगरमाथाको चुचुरोमा पुगेपछि दुई दिनभित्र आधारशिविर झर्छन्। उनीहरुले १० देखि १५ दिन तेस्रो शिविरसम्म अभ्यास गर्छन्।
सभेने समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्मा शेर्पाले बताए। मौसम अनुकूल रहेकाले यो पटक उत्साहवर्द्धक रूपमा सगरमाथा आरोहण हुने अनुमान गरिएको बताए। उनको कम्पनीमार्फत यो पटक पनि १०० भन्दा धेरै आरोही सगरमाथा आरोहणमा गएका छन्।
एक्सपीडिसन अपरेटर एसोसिएसनले दोस्रो शिविरदेखि चुचुरोसम्म रोप फिक्सिङ गरेको छ। सपीसिसीले आधार शिविरदेखि दोस्रो शिविरसम्म खुम्बु आइसफल क्षेत्रको बाटो बनाएको थियो।
सगरमाथा चढ्न ४२१ लाई अनुमति
पर्यटन विभागको पर्वतारोहण शाखाको तथ्यांकअनुसार हालसम्म ४४ आरोही समूहका ४२१ जनाले सगरमाथा आरोहण अनुमति लिएका छन्। अझै एक-दुई टीम थपिने विभागको अनुमान छ।
अघिल्लो वर्षको यही सिजनमा सगरमाथा आरोहण गर्न ४५ आरोही समूहका ४२१ जनाले अनुमति लिएका थिए। सगरमाथा आरोहणबाट मात्रै ६५ करोड रोयल्टी सरकारी खातामा जम्मा भएको छ। सबै हिमालबाट ७८ करोड संकलन भएको छ।
सिबी अधिकारी / रासस
सामाग्री श्रोत :
सुरुभयो यसवर्षको सर्वोच्च शिखर आरोहणः ४२१ चुचुरो चुम्ने प्रतिक्षामा
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले बजारको मागअनुसार सीपयुक्त जनशक्ति उत्पादनलाई सरकारले प्राथमिकता दिएको बताएका छन् ।
बुधबार नेपाल ट्रेड युनियन कांग्रेस र जापान इन्टरनेशनल लेबर फाउन्डेसनद्वारा संयुक्तरुपमा ललितपुरमा आयोजित ‘औद्योगिकसम्बन्ध र श्रम नीतिसम्बन्धी’ गोष्ठीमा उनले रोजगारीलाई सीपसँग जोडन सके आन्तरिक रोजगार प्रवर्द्धन हुने बताए ।
मन्त्री भण्डारीले बजारको माग अनुसार सीपयुक्त जनशक्ति तयार गर्ने मन्त्रालयको प्रयाससँगै निजी क्षेत्रको अग्रसरताबारे चर्चा गरे । उनले श्रम क्षेत्रमा देखिएको चुनौतीसँग मिलेर सामना गर्नुपर्नेमा जोड दिए । उनले भने, “बजारको माग अनुसार सीपयुक्त श्रम शक्ति छैन भने त्यसलाई रोजगारसँग कसरी जोड्ने ? रोजगारको लागि मुख्य विषय सिपयुक्त श्रम शक्ति हो ।”
सरकारसँगै टे«ड युनियन र निजी क्षेत्रले सामाजिक सुरक्षा र न्यूनतम पारिश्रमिक कार्यान्वयनलगायतका विषयमा सहमतिका साथ अघि बढ्न उनले आह्वान गरे । सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई अनिवार्य गरिने उल्लेख गर्दै उनले त्यसका लागि आवश्यक ऐन, कानुन संशोधन गरिने जानकारी दिए ।
“सरकारले ल्याएको यस नीति औपचारिक र अनौपचारिक क्षेत्रका सम्पूर्ण श्रमिकको हकमा लागू हुनेछ । त्यसका लागि सबै पक्ष जिम्मेवार हुनुपर्छ”, मन्त्री भण्डारीले भने ।
सामाग्री श्रोत :
deshparadesh