२०८२ आश्विन ७ मंगलवार
२०८२ आश्विन ७ मंगलवार

काठमाडौँ । झन्डै आठ महिनाअघि विराटनगरका मिरज बहादुर (नाम परिवर्तन) र राजन मगर (नाम परिवर्तन) समक्ष उनीहरूलाई एक युवकले लोभलाग्दो प्रस्ताव ल्याए । १८ वर्षीय मिरज दक्षिण कोरिया जाने सपना बुन्दै कोरियन भाषा पढिरहेका थिए भने १७ वर्षीय राजन कक्षा १२ का विद्यार्थी थिए ।

ती युवकले ल्याएको प्रस्ताव थियो ‘आफ्नो बैंक खाता बेच्ने’ ।

मिरजले टेकपानासँग कुरा गर्दै भने, “एकजना भाइ छ रेशम, उसले ‘दाइ, एउटा बैंक अकाउन्ट बनाऔं । एकजना मान्छेले किन्छ, त्यसबाट ८०० रुपैयाँ आउँछ’ भन्यो । ८०० रुपैयाँ पाइने भएपछि किन नबनाउने भन्ने लाग्यो र म बनाउन तयार भएँ ।”

त्यसपछि मिरज, राजन र रेशम आफ्नो नागरिकता र पासपोर्ट साइजको फोटो बोकेर मोबाइल पसलमा गई सिमकार्ड निकाले । अनि त्यही सिमकार्डको आधारमा बैंक खाता खोले । एक दिनमै सबै काम सकियो । अब उक्त सिमकार्ड र बैंक खाता त्यसरी माग गर्ने व्यक्तिलाई दिनुपर्ने थियो । त्यसबापत उनीहरूले जनही आठ-आठ सय रुपैयाँ पाउने थिए ।

खाता किन्ने मान्छे भारतको थियो । उसले ह्वाट्सएपबाट रेशमलाई चिनेको थियो । ‘जति धेरै खाता खोलिदिने मान्छे फेला पार्छौ, तिमी त्यति नै रकम कमिसन पाउँछौ’ ती भारतीयले रेशमलाई लोभ देखाए । त्यही प्रलोभनमा परेर रेशमले गाउँका मिरज र राजनलाई उक्त प्रस्ताव राखेका थिए ।

खाता खरिद गर्ने मान्छेलाई उनीहरूले ह्वाट्सएपमा सम्पर्क गरे । सिम र बैंक खाता किन्ने भारतीय युवकले उनीहरूलाई विराटनगरको एक चोकमा बोलाए । सबै भनेकै समयमा बैंक खाताको विवरण र सिम लिएर चोकमा पुगे । त्यसपछि भारतीय नागरिकले दिएको रकम लिएर आ-आफ्नो बाटो लागे ।—

एक दिनमै ८०० रुपैयाँ कमाएकोमा मिरज र राजन दङ्ग थिए । सिम निकाल्ने र बैंक खाता खोल्ने काम त्यति गाह्रो थिएन । रकम पाएपछि मिरज भाषाको तयारी गर्न थाले भने राजन कक्षा १२ को ।

“पढ्ने मान्छे, काम केही नभएकाले पैसा पनि थिएन । घरमा माग्न पनि गाह्रो थियो,” मिरज आफ्नो दुखेसो पोख्छन्, “बैंक खाता खोलिदिए मात्र ८०० रुपैयाँ आउने भनेपछि किन नगर्ने जस्तो लाग्यो । अनि खाता खोलें ।”

मिरजकै भनाइको सार पनि आफूसँग मिलेको भन्दै राजन भन्छन्, “केही गर्नु नपर्ने । खाता खोलेर सिम उसलाई दिने हो, पैसा सबै त्यो मान्छे (सिम र बैंक खाता खोल्ने भारतीय नागरिक) ले दिन्छ भनेपछि मलाई पनि ठिकै छ त भन्ने लाग्यो ।”

यसरी रकम पाएको आठ महिनापछि अर्थात् मिरज र राजनको घरमा वडा अध्यक्ष पुगे । “तिमीहरूको नाममा काठमाडौँमा उजुरी परेको रहेछ । तिमीहरू काठमाडौँ जानुपर्ने भयो,” वडा अध्यक्षले मिरज र राजनलाई खबर ल्याए । उनले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृतको नम्बर उपलब्ध गराएर सम्पर्क गर्नु भन्दै बाटो लागे । 

त्यसपछि प्रहरीलाई सम्पर्क गर्दा थाहा भयो उनीहरूले ८०० रुपैयाँमा बेचेको उनीहरूको खाता अनलाइनबाट ठग्न ठगले दुरुपयोग गरेका रहेछन् । मिरज र राजनले सबै घटना परिवारलाई सुनाए । “घरमा भनेपछि ‘अब गल्ती भइहाल्यो । प्रहरीले जे भन्छन् त्यही गर्नु’ भनेर घरबाट पठाउनु भयो,” मिरज भन्छन् । आर्थिक अवस्था निकै कमजोर भएको राजनको परिवारले गाउँबाट सापटी लिएर छोरालाई काठमाडौँ पठाए । 

खुरुखुरु काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा आइपुगेका राजन र मिरज एक दिन थुनामा परे । “म हामीले बैंक खाता बेचेको इन्डियनलाई बोलाउन सक्छु सर । हामीले खाता बेचेका मात्र हौं । बेच्नु हुन्न भन्ने थाहा थिएन,” मिरजले प्रहरीसँग आफ्नो कुरा निर्धक्क राखे । अनुसन्धानमा खटिएका प्रहरीले पनि मिरजलाई सघाए ।

मिरजले रेशमबाट ती भारतीयको ह्वाट्सएप नम्बर मागेर सम्पर्क गरे । बैंक खाता बेच्ने व्यक्ति १०/१२ जना भएकाले लिन आउन विराटनगर पहिले भेटेकै ठाउँमा बोलाए । बैंक खाता खरिद गर्ने भारतीय पनि उनीहरूले बोलाएको ठाउँमा आइपुगे । त्यहीँबाट प्रहरीले भारतीय नागरिकलाई नियन्त्रणमा लिएर काठमाडौँ ल्याएर अहिले थप अनुसन्धान गरिरहेको छ । 

कक्षा १२ को जाँच दिनुपर्ने राजनको दुई ओटा विषयको जाँच छुटिसकेको छ । “दुई ओटा विषयको परीक्षा नदिए पनि पछि दिन पाइन्छ,” मिरज राजनलाई विश्वस्त बनाउँदै थिए, “अब गल्ती भइहाल्यो । परीक्षा दिन पाइन्छ, चिन्ता नगर् ।”

आफ्नो खाता दुरुपयोग गरेर एक लाख ७० हजार रुपैयाँ ठगी भएको मिरजलाई थाहा छ । यता राजनलाई आफ्नो खाताबाट ६० हजार रुपैयाँ ठगी भएको भन्ने थाहा छ । अनुसन्धानमा खटिएका प्रहरीका अनुसार मिरजको खाताबाट १४ लाख रुपैयाँ बढीको कारोबार देखिएको छ भने राजनको खाताबाट नौ लाख रुपैयाँ बराबरको कारोबार भएको देखिएको छ । मिरज र राजनलाई थाहा भएको रकम भने पीडितले ठगीमा परेको भन्दै उजुरी दिएको रकम हो । 

“पछिल्लो समय विद्यार्थीलाई लोभमा पारेर बैंक अकाउन्ट किन्ने वा भाडामा लिने गतिविधि बढेको छ,” कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्य भन्छन्, “यस्ता बैंक खाता पार्सल पठाइदिने, सस्तोमा आईफोन बिक्री गर्ने, बैंक खाता ह्याक गरेर ट्रान्सफर गर्ने लगायतका काममा दुरुपयोग हुने गरेको छ । केही रकम वा कमिसनको लोभमा विद्यार्थी पर्छन् ।”

बेरोजगार युवायुवती, देशका विभिन्न सहरमा संघर्ष गर्दै अध्ययन गर्दै गरिरहेका विद्यार्थी, गृहिणी यस्ता किसिमका ठगीमा बढी पर्ने गरेको उनी सुनाउँछन् । आफ्नो खातामा रकम हुँदैन, उसले लिए पनि के हुन्छ र भन्ने मान्यताले खाता दिँदा व्यक्ति कहिल्यै नगरेको अपराधमा मुछिने जोखिम हुन्छ ।

“बैंक अकाउन्ट भाडामा दिने भनेको छ वा कमिसन दिन्छु त्यो खातामा आएको रकम अर्को खातामा पठाउने काम गर भन्यो भने पनि त्यस्ता काम गर्नु हुँदैन,” प्रहरी उपरीक्षक आचार्य सुझाव दिन्छन्, “सामाजिक सञ्जालमा पनि यस्ता विज्ञापन आइरहेका हुन्छन् । ती विज्ञापनमा भर परेर बैंक खाता दिंदा ठुलो कानुनी झमेलामा पर्ने जोखिम हुन्छ ।”

पछिल्लो अध्यावधिक: बैशाख २७, २०८२ १३:१४





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले विनियोजन र खर्चबीचको खाडल यस वर्ष पुर्ने प्रयासमा आफू रहेको बताएका छन्।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले शनिबार काठमाडौंमा आयोजना गरेको प्रिबजेट छलफलमा बोल्दै अर्थमन्त्री पौडेलले भने, ‘विनियोजन र खर्चका बीचको खाडल हामीले नै खनेका हौं, यस वर्ष अर्थमन्त्री यो खाडल पुर्न चाहन्छ, सबैले साथ दिनुहोस।’

यस वर्ष बजेटमा ७ हजार आयोजनामा ११ हजार आयोजना थपिएकोमा व्यङ्ग्यसमेत गरे। उनले संविधानको सीमाभित्र सबै बस्ने हो भने विनियोजनमा विकृति नहुने उनको भनाइ छ।

अनुमान गरेभन्दा बाहिरबाट स्रोत सिर्जना हुँदा चालु खर्च बढ्ने गरेको उनले बताए। यस वर्ष अदालतको आदेश, शिक्षकका माग पूरा गर्दा दायित्व थप भएको उनको भनाइ छ।

यो सामर्थ्यको दायराभन्दा माथि पुगेको उनको भनाइ छ। सामाजिक सुरक्षामा प्रतिस्पर्धा गर्दा विकृत्ति भएको उनको भनाइ छ। स्वास्थ बीमा नेपाललाई महत्त्वपूर्ण रहेको भए पनि स्रोत र खर्चमा खाडल रहेको उनले स्वीकार गरे।

Ncell 2
Ncell 2

बहुवर्षीय स्रोत सुनिश्चिततामा अभिलेखमा समस्या रहेको भन्दै कैयौं दशकमा पूरा गर्न नसक्ने आयोजना रहेको उनको भनाइ छ।

न्यून विनियोजना समेत अर्को समस्या रहेको उनको स्विकारोक्ति छ। राजस्वले साधारण खर्च धानिरहेको भन्ने देखाउन त्यै अनुसार बजेट लोड भैरहेको उनले उदाहरण दिए। ‘हामी समस्यै समस्याको चाङमा छौं, यो अवस्थाबाट अगाडि बढ्नुपर्ने छ,’ उनले भने।

सामाजिक सुरक्षा, बिमामा दोहोरोपन रहेको भन्दै उनले बजेट प्रणालीका विकृति सुनाए। स्थानीय सरकारले पैसा बाढ्ने कार्यक्रममा जोड दिएका कारण यसमा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए।

shivam cement
shivam cement

संघीय सरकार पुँजी सिर्जना हुने आयोजनामा केन्द्रित हुनुपर्ने भन्दै उनले ठुला आयोजनामा यसवर्ष जोड दिइने उनको भनाइ छ।

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। तपाईंको शरीरमा हुने रोगहरू पत्ता लगाउन रगत समूहहरू मात्र सहयोगी छैनन्। यसले ब्लड ग्रुपका मानिसहरु कस्तो हुन्छ र उनीहरुको व्यवहार कस्तो छ भन्ने थाहा पाउन पनि मद्दत गर्छ।

हो, तपाईंले सहि सुन्नुभयो। तपाईंको मस्तिष्क कस्तो छ भनेर पत्ता लगाउन रगत समूह पनि मुख्य कारण रहेको एउटा अनुसन्धानले देखाएको छ।

यो हामीले यसै भनेका होइनौं, बरु क्यालिफोर्निया विश्वविद्यालयमा गरिएको अनुसन्धानको आधारमा भनिएको हो । हामी कुन ब्लड ग्रुपको कुरा गर्दैछौं भन्ने कुरा चाँही पहिला थाहा पाउनुहोस्, तपाईको रक्त समुहमा यो सूचीमा समावेश छ कि छैन पनि जान्नुहोस्।

हाम्रो ब्लड ग्रुपले नै त्यो मानिसहरुको दिमाग कति तेजिलो छ भन्ने बताउँछ। युनिभर्सिटी अफ क्यालिफोर्नियाले गरेको एक अनुसन्धानमा बि पोजिटिभं ब्लड ग्रुप भएका मानिसहरुको दिमाग सबैभन्दा तेज हुने पत्ता लागेको छ।

यी व्यक्तिहरूमा सोच्ने र बुझ्ने शक्ति अरूको भन्दा धेरै हुन्छ। एक पटक ती मानिसहरूलाई कुनै कुराको बारेमा थाहा हुन्छ, यो तिनीहरूको दिमागमा सेट भएर बस्छ । यदि तपाईको ब्लड ग्रुप यो परेको छ रहेछ भने अब खुसी हुनुहोस्।

अब जानौं बि पोजिटिभं ब्लड ग्रुप भएका मानिसहरु किन बुद्धिमान हुन्छन् ? अनुसन्धानका अनुसार बि पोजिटिभ  भएका व्यक्तिहरूको मस्तिष्कमा सेरेब्रमको प्यारिटल र टेम्पोरल लोबहरू बढी सक्रिय हुन्छन्। जसका कारण यो ब्लड ग्रुप भएका मानिसहरुको स्मरण शक्ति निकै तेज हुन्छ।

अब बि पोजिटिभ  ब्लड ग्रुप भएका व्यक्तिहरुको बिशेषताहरु के के हुन्छन् भन्ने त्यो पनि जानौं।

१, सहयोगीः ब्लड ग्रुप भएका व्यक्तिहरू धेरै सहयोगी स्वभावका हुन्छन्। ती मानिसहरू जो कोहीलाई मद्दत गर्न तयार छन्।

२, मिलनसारः यो  ब्लड ग्रुप भएका व्यक्तिहरू धेरै मिलनसार हुन्छन्। ऊ जो कोहीसँग पनि मिल्न सक्छन् ।

३, आत्मविश्वासीः यो ब्लड ग्रुप भएका व्यक्तिहरू आत्मविश्वासले भरिपूर्ण हुन्छन्। उनीहरुमा आफ्नो लक्ष्य हासिल गर्नको लागि यस्तो जोश छ कि प्राप्त गर्नका लागि उनीहरुले आफ्नो सबथोक दिन्छन् ।


सामाग्री श्रोत :

कुन ब्लड ग्रुपका मानिसहरु इमान्दार हुन्छन्?

काठमाडौँ । भारतीय कन्टेन्ट क्रियटर नितिश राजपुतको युट्युब च्यानल पाकिस्तान सरकारले बन्द गरिदिएको छ । राजपुतले शनिबार सामाजिक सञ्जाल एक्समा एक पोस्टमार्फत आफ्नो च्यानल ब्लक भएको जानकारी दिएका हुन् ।

“पाकिस्तानले त्यहाँ मेरो युट्युब च्यानल ब्लक गरेको छ,” राजपुतले एक्समा लेखेका छन् । उनले युट्युबबाट प्राप्त सूचनाको स्क्रिनशटसमेत सार्वजनिक गरेका छन् ।

स्क्रिनशटमा लेखिएको छ, “हामीले तपाईंको सामग्री (कन्टेन्ट) का सम्बन्धमा सरकारी निकायबाट कानुनी उजुरी प्राप्त गरेका थियौं । तपाईंले प्रस्तुत गर्ने सामग्रीको विश्लेषण गरेपछि हामीले तपाईंको युट्युब च्यानल पाकिस्तानमा ब्लक गरेका छौं ।”

कन्टेन्ट क्रियटर राजपुत आफ्ना विस्तृत व्याख्यात्मक (एक्स्प्लेनर) भिडिओका कारण भारतलगायत अन्य देशमा चर्चित छन् । विशेषगरी उनी इतिहास र राजनीतिसँग सम्बन्धित विषयमा विश्लेषणात्मक भिडिओ बनाउँदै आएका छन् । उनले भारतबाट पाकिस्तान छुट्टिएको घटनादेखि विभिन्न आतङ्कवादी समूहले गरेका हमला र गतिविधिलाई सरल भाषामा व्याख्या गर्दै भिडिओ बनाएका छन् ।

लामो समयका र रोचक भिडिओका कारण उनी भारतमा चर्चित छन् । त्यस्तै सरल भाषा र उच्च गुणस्तरको एनिमेसन प्रयोग गरेर भिडिओ बनाउने भएकाले उनका भिडिओहरू लोकप्रिय छन् । उनको च्यानलमा लगभग ७० लाख सब्सक्राइबर छन् ।

पछिल्लो अध्यावधिक: बैशाख २७, २०८२ १२:२८





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले प्रतिक्रियावादी, अवसरवादी अझ बढी आफूहरुविरुद्ध घेराबन्दी गर्ने, भ्रमहरू छर्ने काममा लागेको आरोप लगाएका छन् । 

शनिवार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा निर्मल लामा स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले फेरि कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी आदर्श र निष्ठातिर नै अगाडि लैजाने गरी आफूहरू अघि बढिरहेको उल्लेख गरे । उनले नेताहरूलाई देवत्वकरण गर्न नहुने पनि बताए । 

Ncell 2
Ncell 2

यथास्थिति भत्काउने र रूपान्तरण सहित क्रान्तिलाई समाजवादी क्रान्तिमा लैजाने काममा अघि बढेको बताएका छन् । 

shivam cement
shivam cement

चुनौतिका विरुद्ध लड्ने सङ्कल्पसहित फेरि विचार, मुद्दा, वर्ग, समुदायलाई केन्द्रित गरेर एक पटक यथास्थिति भत्काउने र रूपान्तरणसहित क्रान्तिलाई समाजवादी क्रान्तिमा लैजाने गतिका साथ काम गरिरहेको उनको जिकिर गरेका छन् । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । आकर्षक तलब हुने काममा वैदेशिक रोजगारीमा विभिन्न मुलुकहरुमा पठाइदिने नाममा ठगी गरेको अभियोगमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पाल्पा रम्भा गाउँपालिका–५ का ५८ वर्षीय शिरबहादुर बराल, काठमाडौँ तारकेश्वर नगरपालिका–४ की ३३ वर्षीया सरस्वती देवकोटा, ललितपुर महालक्ष्मी नगरपालिका–५ का ३९ वर्षीय सम्पूर्ण केसी र काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–३ का २९ वर्षीय सुजन गिरी रहेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार पक्राउ परेका मध्ये शिरबहादुरले दक्षिण कोरिया पठाइदिने नाममा सात लाख ५० हजार र सरस्वतीले संयुत्त, अरव ईमिरेट्स (युएई) पठाइदिने नाममा एक लाख लिएर सम्पर्कविहीन भएको उजुरी परेको छ ।
यसैगरी सम्पूर्णले बेलायत पठाइदिने भन्दै ३५ लाख र सुजनले पनि बेलायत पठाइदिने नाममा नै २६ लाख ६५ हजार उठाएरको उजुरी परेको छ । सोही उजुरीका आधारमा प्रहरीले उनीहरुलाई काठमाडौंका विभिन्न ठायँबाट पक्रेको हो । पक्राउ परेकाहरुलाई अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

सामाग्री श्रोत :
deshparadesh

जनकपुरधाम- मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंहले मधेश प्रदेशको स्वास्थ्य सेवामा सुधार ल्याउन आफूहरुले काम गरिरहेको बताएका छन्। मधेश प्रदेशको राजधानी जनकपुरधाममा शुक्रबारदेखि संचालनमा आएको प्रादेशिक बायोमेडिकल व्यवस्थापन इकाइको उद्घाटनमा बोल्द उनले यस्तो बताएका हुन्। 

उनले भने,  ‘हामीले स्वास्थ्य क्षेत्रको सुधारका लागि काम गरिरहेका छौं। स्वास्थ्य सेवा प्रणालीलाई गुणस्तरीय बनाउन आजबाट सञ्चालनमा आएको बायोमेडिकल व्यवस्थापन इकाइले ठूलो सहयोग पुर्‍याउने अपेक्षा गरेका छौं।’

मन्त्री सिंहले उपकरणको प्रभावकारी व्यवस्थापनले रोग निदान र उपचारको प्रक्रियालाई गुणस्तरीय बनाउने भन्दै  यसले बिरामीलाई सही समयमा उपचार प्राप्त गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गरे। 

कार्यक्रममा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निमित सचिव राजेश मिश्र, प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक डा जामुन पण्डित लगायत सहभागी थिए।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जनकपुरधामसँग सहकार्य गरी निक साइमन्स इन्सच्युटले मधेश प्रदेशमा प्रादेशिक बायोमेडिकल व्यवस्थापना इकाइ स्थापना गरेको हो। इकाइमा प्रदेशभित्र रहेका स्वास्थ्य संस्थामा प्रयोग गरिने बायोमेडिकल उपकरणको मर्मत, सम्भार र जाँच गरी मर्मत चक्रलाई सुनिश्चित गर्नुका साथै बायोमेडिकल उपकरणको उचित व्यवस्थापन गरिनेछ। 


 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टीले आफ्नो वर्गतिर फर्किएर समाजवादी क्रान्तिको संकल्प गरेपछि यसको नेतृत्वविरुद्ध भ्रम छर्ने तत्व सल्बलाएको बताएका छन्।

२५औं निर्मल लामा स्मृति दिवस कार्यक्रमलाई शनिवार केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूहरु क्रान्तिकारी आदर्श र निष्ठातिर फर्किन खोज्दा मूल नेतृत्वकाविरुद्ध अनेकखाले भ्रम फैलाउन खोजिएको बताए।

अध्यक्ष प्रचण्डले भने–हामीलाई क्रान्तिकारी आदर्श र निष्ठातिर अगाडि लैजाने चुनौति हाम्रो अगाडि छन्। ती चुनौतिवरुद्ध लड्ने संकल्पसहित फेरि हाम्रो वर्ग समुदायलाई केन्द्रित गरेर समाजवादतर्फको क्रान्तिकारी तयारी गर्न खोज्दा प्रतिक्रियावादीहरु,संशोधनवादी र अवसरवादीहरुले घेराबन्दी गर्ने र अनेकखाले भ्रमहरु छर्ने किसिमका षडयन्त्र भएका छन्।

अध्यक्ष प्रचण्ड पछिल्लो पटक टेरेस रिसोर्टमा लडेको सन्दर्भमा विभिन्न समाचार आइरहेका बेला उनले यसलाई मुख्य नेतृत्वविरुद्ध भ्रम छर्ने प्रयास भनेका हुन्। प्रचण्डले सबैखाले घेरा तोडेर माओवादीले नयाँ क्रान्तिको तयारी गर्ने बताए।


सामाग्री श्रोत :

माओवादीविरुद्ध अनेक भ्रम छर्ने षड्यन्त्र भएका छन् : प्रचण्ड

काठमाडौँ । आजको डिजिटल युगमा सामाजिक सञ्जालमा सामग्री सिर्जना गर्नु मनोरञ्जन वा रुचिको विषय मात्र नभई आम्दानीको राम्रो स्रोत पनि बन्न सक्छ । यसका अनेक उदाहरण छन् । विश्वकै सबैभन्दा धेरै सब्सक्राइबर भएका मिस्टर बिस्टले युट्युबबाटै वर्षको १२ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गर्छन् ।

पछिल्लो तीन वर्षमा भारतका युट्युबरले तीन खर्ब रुपैयाँभन्दा बढी कमाएको विषय पनि चर्चामै छ । नेपालमै पनि गत वर्षको अन्तिम आठ महिनाको तथ्याङ्क हेर्ने हो भने नेपाली कन्टेन्ट क्रियटरले कूल दुई अर्ब रुपैयाँ भित्र्याएको देखिन्छ ।

सामाजिक सञ्जालको प्रभाव बढ्दै जाँदा धेरै व्यक्तिहरू यसबाट लाभान्वित बनिरहेका छन् । एक सफल कन्टेन्ट क्रियटर बनेर सामाजिक सञ्जालबाट कसरी आम्दानी गर्न सकिन्छ भन्ने विषयमा यहाँ चर्चा गर्दैछौँ:

१. आफ्नो निश (Niche) अर्थात् विशेषता पहिचान गर्ने

सफल हुनका लागि तपाईँले कुन विषयमा कन्टेन्ट क्रियट (सिर्जना) गर्ने हो, जुन कुरामा तपाईँको विशेषता छ वा रुचि छ, त्यो निर्धारण गर्नु महत्त्वपूर्ण हुन्छ । त्यसपछि तपाईँले कसका लागि कन्टेन्ट बनाउँदै हुनुहुन्छ भन्ने लक्षित दर्शकहरू चिन्नुपर्ने हुन्छ। उनीहरूको उमेर, लिङ्ग, पेसा, आम्दानी, आकाङ्क्षा र समस्याहरू के हुन् भन्ने बुझ्नुहोस् । साथै तपाईँको कन्टेन्टले उनीहरूलाई कसरी मद्दत गर्न सक्छ भन्ने विचार गर्नुहोस् । दर्शकले तपाईँलाई किन फलो गर्ने भन्ने कुरामा स्पष्ट हुनुपर्छ ।

२. सही सामाजिक सञ्जाल प्लेटफर्म छनौट गर्ने

तपाईँ सबै प्लेटफर्ममा उपस्थित हुन आवश्यक छैन । तपाईँका लक्षित दर्शकहरू सक्रिय भएको र तपाईँको कन्टेन्टको लागि उपयुक्त प्लेटफर्म चयन गर्नुहोस् । नेपालमा फेसबुक, इन्स्टाग्राम, युट्युब र टिकटक पैसा कमाउने माध्यमका रूपमा लोकप्रिय छन् । विभिन्न प्लेटफर्मका सबल र कमजोर पक्षकहरूको मूल्याङ्कन गर्नुहोस् । जस्तै: इन्स्टाग्राम भिजुअलका लागि उत्कृष्ट छ, टिकटकमा ई-कमर्स सेक्सन छ । यो सन्दर्भमा आफ्ना प्रतिस्पर्धीहरूले प्रयोग गरिरहेका प्लेटफर्महरू पनि विचार गर्न सक्नुहुन्छ ।

३. आकर्षक र गुणस्तरीय कन्टेन्ट क्रियट सिर्जना गर्ने

तपाईँले सिर्जना गर्ने कन्टेन्ट आकर्षक र मूल्यवान् हुनुपर्छ । जुन दर्शकले मन पराउने, जानकारी प्रदान गर्ने वा मनोरञ्जन दिने किसिमको होस् । यसमा फोटो, भिडिओ, स्टोरी, लाइभ स्ट्रिमिङ, क्विज, सर्वेक्षण, पोल जस्ता विभिन्न प्रकारका कन्टेन्ट हुन सक्छन् । प्रयोगकर्ताले सिर्जना गरेका कन्टेन्ट (UGC) वा रिभ्यु तथा टेस्टिमोनियल पनि प्रभावकारी हुन्छ । कन्टेन्टमा फोटो र भिडिओ सहितका विवरण पोस्ट गर्नुहोस् ।

४. नियमित पोस्ट गर्ने

नियमित कन्टेन्ट पोस्ट गर्ने एउटा तालिका बनाउनु होस् । र तोकिएको समय तालिका अनुसार नियमित रूपमा कन्टेन्ट पोस्ट गर्नुहोस् । यसबाट आधिकारिक स्रोतको रूपमा तपाईँमाथि दर्शकलाई विश्वास गर्न मद्‍दत गर्छ र तपाईँको अपडेट हेर्ने सम्भावना बढाउँछ ।

५. दर्शकहरूसँग इङ्गेज हुने

आफ्ना लक्षित दर्शकहरूसँग अन्तरक्रिया गर्नुहोस् र इङ्गेज हुनु होस् । कमेन्टहरूको जवाफ दिने, प्रश्नहरू सोध्ने र प्रयोगकर्ताहरूलाई स्वीकार गर्नु नै कम्युनिटीलाई बढावा दिने र सम्बन्ध बनाउने तरिका हुन् । कमेन्ट र फिडब्याकलाई प्रोत्साहन गर्नुहोस् र छिटो वा समयमै रिप्लाई दिने प्रयास गर्नु होस् ।

६. प्रभावकारी ह्याशट्याग र किवर्ड प्रयोग गर्ने

तपाईँ र तपाईँका कन्टेन्ट खोज्न सजिलो बनाउनका लागि आफ्नो प्रोफाइलको प्रत्येक खण्डमा सान्दर्भिक किवर्डहरू प्रयोग गर्नुहोस् । यस्तै तपाईँको कन्टेन्टको प्रकार वा उत्पादनसँग सम्बन्धित लोकप्रिय ह्याशट्याग प्रयोग गर्न सक्नु हुन्छ । सही ह्याशट्यागले तपाईँको कन्टेन्टलाई धेरै प्रयोगकर्ताहरूसम्म पुग्न मद्दत गर्छ ।

७. आम्दानीका विभिन्न स्रोतहरू खोजी गर्ने

सामाजिक सञ्जालबाट विभिन्न तरिकाले आम्दानी गर्न सकिन्छ । त्यसमध्ये विज्ञापन एउटा महत्त्वपूर्ण स्रोत हो । युट्युब जस्ता प्लेटफर्ममा भिडिओहरूमा विज्ञापन देखाएर पैसा कमाउन सकिन्छ । च्यानल मनिटाइज गर्न युट्युबको नियम (१ हजार सब्सक्राइबर र पछिल्लो १२ महिनामा ४ हजार घण्टा वाच टाइम) पूरा भएको हुनुपर्छ । यसबाट हुने आम्दानी भ्युज, लोकेसन र विज्ञापन जस्ता विभिन्न पक्षमा निर्भर हुन्छ ।

त्यस्तै ब्रान्ड डिल र स्पोन्सरशिप मार्फत पनि तपाईँले आम्दानी गर्न सक्नु हुन्छ । आफ्नो कन्टेन्टमा विभिन्न ब्रान्डका उत्पादन वा सेवाहरूको प्रचार गरेर त्यसबापत पैसा लिन सकिन्छ । ठुला ब्रान्डले पनि टिकटक प्रयोग गर्न थालेका छन् । फलोअर सङ्ख्या । भ्युजको आधारमा बार्गेनिङ गर्न सकिन्छ । यद्यपि, स्पोन्सरबाट लिइएका कन्टेन्टले तपाईँको विश्वसनीयतामाथि प्रश्न भने उठाउन सक्छ । त्यसैले यसमा ध्यान दिनुपर्छ ।

सामाजिक सञ्जालमार्फत आम्दानी गर्ने अर्को उपाय हो, एफिलियट मार्केटिङ । तपाईँले सिफारिस वा सल्लाह दिएको लिङ्कबाट तपाईँका दर्शकले उत्पादन खरिद गरेमा निश्चित कमिसन प्राप्त गर्न सक्नु हुन्छ । यसका लागि धेरै सब्सक्राइबर वा वाच टाइम आवश्यक पर्दैन । नेपालमा दराजले २०२१ बाट यस किसिमको सुविधा सुरु गरेको छ । यद्यपि यो त्यति धेरै प्रचलनमा भने छैन ।

तपाईँ सामाजिक सञ्जालमार्फत आफ्नै सामान र सेवा पनि बेच्न सक्नु हुन्छ । यसमा आफ्नै ब्रान्डका सामान, कोर्स, ई-बुक जस्ता डिजिटल उत्पादनहरू बिक्री गर्न सकिन्छ । इन्स्टाग्रामलाई बिजनेस कार्ड जस्तै प्रयोग गर्न सकिन्छ, जसलाई प्रोफाइल कार्ड नाम दिइएको छ । टिकटकमा अनलाइन स्टोरको लिंक राख्न सकिन्छ । युट्युबमा सामान बेच्ने सुविधाका लागि १० हजार सब्सक्राइबर चाहिन्छ, नत्र अन्य एप प्रयोग गरेर लिंक डिस्क्रिप्सनमा राख्न सकिन्छ । भाषा कक्षा वा अन्य ज्ञानका कक्षाहरू दिएर पनि कमाइ गर्न सकिन्छ।

सामाजिक सञ्जालमार्फत आम्दानी गर्न फ्यान फन्डिङ र डोनेसन लिन पनि सकिन्छ । युट्युबको सुपर च्याट, सुपर स्टिकर (लाइभ/प्रिमियरमा) र सुपर थ्याङ्क्स (शर्ट्स/भिडिओमा) वा टिकटकमा लाइभस्ट्रीम गर्दा दर्शकले दिने कोइन (डिजिटल गिफ्ट) यसमा पर्छन् । पे पाल, भेन्मो, ई-सेवा जस्ता एपको खाताको लिङ्क प्रोफाइलमा राखेर पनि डोनेसन माग्न सकिन्छ । च्यानल मेम्बरशिप मार्फत मासिक शुल्क लिएर विशेष सुविधा दिने उपाउ पनि अपनाउन सक्नु हुन्छ । यसबाहेक कतिपयले ग्रुप वा पेज बेचेर तथा भाडामा लगाएर पनि आम्दानी गरिरहेका हुन्छन् ।

८. आफ्नो प्रर्फर्मेन्स ट्य्राक गर्ने

आफ्ना पोस्ट र भिडिओहरूको पर्फर्मेन्स (सब्सक्राइबर, भ्युज, इङ्गेजमेन्ट, वाच टाइम) ट्य्राक गर्नुहोस् र विश्लेषण गर्नुहोस् । कुन कुराले राम्रो काम गरिरहेको छ र कहाँ सुधार आवश्यक छ भन्ने बुझ्न एनालिटिक्स उपकरणहरू जस्तै: युट्युब एनालिटिक्स, फ्यानपेज कर्मा) प्रयोग गर्न सक्नु हुन्छ । यसरी प्राप्त डेटाको आधारमा आफ्नो रणनीति व्यवस्थापन गर्नुहोस् ।

९. स्रोत र बजेट व्यवस्थापन गर्ने

कन्टेन्ट सिर्जनाका लागि समय, डिभाइस, सफ्टवेयर, बजेट जस्ता आवश्यक स्रोत व्यवस्थापन गर्नुपर्ने हुन्छ । विज्ञापन, बुस्टेड पोस्टमा खर्च गर्नुपर्ने हुन सक्छ । आरओआई (लगानीको प्रतिफल) ट्य्राक गर्ने बानी बसाल्नु होस् । क्यामेरा, माइक्रोफोन, एडिटिङ सफ्टवेयर, मार्केटिङ खर्च र यात्रा आदिमा तपाईँको खर्च हुन सक्छ ।

१०. कर दायित्वबारे सचेत हुने

कन्टेन्ट तयार पारेर हुने आम्दानीमा कर तिर्नुपर्ने हुन सक्छ । विज्ञापन आय, प्रायोजन, एफिलियट कमिसन, डिजिटल उत्पादन बिक्री, फन्डिङ तथा डोनेसन आदि सबै आम्दानी कर योग्य मानिन सक्छन् । व्यवसायसँग सम्बन्धित खर्चहरूमा पनि त्यसको हिसाब गर्नुपर्ने हुन सक्छ । करको लागि विस्तृत अभिलेख राख्नु महत्त्वपूर्ण हुन्छ । सबै आम्दानी र खर्चको रसिद तथा इनभ्वाइसहरू व्यवस्थित गर्नुहोस् । आवश्यक पर्दा सीए तथा अडिट फर्महरूसँग परामर्श लिन पनि सक्नु हुन्छ ।

यति सबै कुरा गर्दैगर्दा अन्त्यमा एउटा सफल कन्टेन्ट क्रियटर बन्नका लागि तपाईँमा धैर्ययता र निरन्तरता भने चाहिन्छ । साथै दर्शकको रुचिलाई ध्यानमा राख्नुपर्छ र गुणस्तरीय कन्टेन्ट निर्माणमा केन्द्रित हुनुपर्छ । डिजिटल प्रविधिको फाइदा लिँदै गर्दा सम्भावित दुरुपयोग प्रति सचेत हुन र जोगिन पनि उत्तिकै महत्त्वपूर्ण छ ।

पछिल्लो अध्यावधिक: बैशाख २७, २०८२ ११:६





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ – आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत लिग चरणको दोस्रो खेलमा नेपालले बहराइनविरुद्ध ९ विकेटको जित निकालेको छ । 

वर्षाका कारण खेललाई ५.५ ओभरमा सीमित गरिएको थियो । बहराइनले प्रस्तुत गरेको ४२ रनको लक्ष्य नेपालले ४.२ ओभरमै एक विकेटको क्षतिमा पूरा गर्‍यो ।

Ncell 2
Ncell 2

नेपालका लागि ओपनर कविता कुँवरले आक्रामक ब्याटिङ गर्दै ११ बलमा ४ चौकाको सहयोगमा १८ रन बनाइन् । उनी रनआउट भएकी हुन् । अर्की ओपनर सम्झना खड्काले १० बलमा १३ रन जोडिन् भने कप्तान इन्दु वर्मा ५ बलमा ७ रन जोड्दै अविजित रहिन् ।  

shivam cement
shivam cement

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित ५ ओभरमा १ विकेट गुमाउँदै ४१ रन बनायो । उसका लागि दिपिका रसंगिकाले १३ बलमा ६ चौका र १ छक्कासहित नटआउट ३४ रनको धमाकेदार इनिङ खेलिन् । थरान्गा गजनायाकेले ३ रन र जेनाब फाजिलले २ रनको योगदान दिइन् ।

नेपालका लागि एक मात्र विकेट पूजा महतोले लिएकी थिइन् । खेलको अन्तिम ओभरमा बलिङ गरेकी सबनम राईलाई दिपिकाले १ छक्का र ३ चौकासहित २० रन हानेपछि बहराइनले प्रतिस्पर्धात्मक स्कोर बनाएको थियो । प्रतियोगिता अन्तर्गत यसअघिको नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट