
काठमाडौं। उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योगी व्यवसायीले भोग्नुपरेका समस्याहरु समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले आइतबार काठमाडौंमा आयोजना गरेको पूर्व बजेट छलफल कार्यक्रममा पौडेलले उद्योगी व्यवसायीले भोग्नुपरेका समस्याका बारेमा सरकार जानकार रहेको भन्दै निजी क्षेत्रसंग सहकार्य गर्दै समस्या समाधान गर्न प्रतिद्धत रहेको बताएका हुन्। उनले सरकार बनेलगतै अर्थतन्त्रमा देखिएका […]
सामाग्री श्रोत :
उद्योगी व्यवसायीका समस्या समाधान गर्न सरकार प्रतिवद्ध छ: अर्थमन्त्री पौडेल (भिडियोसहित)
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार युद्धविराम कायम राखेकोमा भारत र पाकिस्तानको प्रशंसा गरे।
आइतबार, ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमा एक पोस्टमा भने, “म भारत र पाकिस्तान दुवैको बलियो र दृढ नेतृत्वमा धेरै गर्व गर्छु।”
“उनले सही समयमा बुद्धि र साहस देखाए र यो द्वन्द्व रोक्ने निर्णय गरे, किनकि यो द्वन्द्वले लाखौं निर्दोष मानिसहरूको मृत्यु र ठूलो क्षति निम्त्याउन सक्थ्यो।”
ट्रम्पले यो पनि भने कि मलाई गर्व छ कि अमेरिकाले तपाईंलाई यो ऐतिहासिक निर्णयमा पुग्न मद्दत गर्न सक्षम भयो।
आफ्नो पोस्टमा उनले भारत र पाकिस्तानसँगको व्यापार बढाउने बारेमा पनि कुरा गरेका छन्।
यसका साथै ट्रम्पले भारत र पाकिस्तानसँग मिलेर कश्मीर मुद्दाको शान्तिपूर्ण समाधान खोज्ने बारेमा पनि कुरा गरे।
सामाग्री श्रोत :
भारत र पाकिस्तानले युद्धविराम कायम राखेकोमा ट्रम्पले प्रशंशा गरे
काठमाडौँ –राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले झण्डै ८० लाख नेपाली युवा श्रमका लागि बाहिर रहेको दाबी प्रस्तुत गर्दै उनीहरुको हितका लागि श्रम मन्त्रालयले कुनै काम नगरेको टिप्पणी गरेका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘झण्डै ८० लाख युवा अहिले अर्काको देशमा काम गर्न बाध्य छन् । तर सरकारको श्रम मन्त्रालय र परराष्ट्र मन्त्रालय मौन भएर बसेको छ । आज नेपालीहरु बन्दक हुँदा पनि श्रम मन्त्रालयले कुनै पनि काम गरेको छैन । अहिले मात्रै पनि मुलुकमा १४ खर्ब, ४४ अर्ब ३२ करोडको रिमेट्यान्स विदेशमा रहेका मान्छेले पठाएको छ ।’
दलालका कारण धेरै घरबारबिहीन हुँदा पनि श्रम मन्त्रालयले कुनै काम नगरेको उनको आरोप छ । ‘श्रम मन्त्रालयको काम आज कति नेपाली ठगीमा परेका छन्, लाखौँ मान्छे दलालले ठगेर घरबारबिहीन भएका छन्,’ शाहीले भने, ‘श्रम मन्त्रीले गाडी चढेर बस्ने हो कि जनताका लागि काम गर्ने हो ? यदि जनताका लागि काम हुँदैन भने त्यसको काम छैन ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं । भारत र पाकिस्तानबीच युद्धविरामको घोषणा भएपछि पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले शनिबार राति राष्ट्रका नाममा सम्बोधन गरे।
शाहबाज शरीफले पाकिस्तानी सेना, नौसेना र सशस्त्र बलका अधिकारीहरूलाई नाम लिएर बधाई दिँदै भने, “यो पाकिस्तानको लागि ऐतिहासिक विजय हो ।” उनले विपक्षी दलहरूप्रति पनि आभार व्यक्त गरे।
शरीफले आफ्नो सम्बोधनको सुरुवात गर्दै भने, “यदि कसैले हाम्रो स्वतन्त्रतालाई चुनौती दियो भने, हामी आफ्नो रक्षाको लागि जे पनि गर्नेछौं।”
उनले आफ्नो देश विरुद्ध लगाइएका आरोपहरू “आधारहीन” भएको दाबी गरे र भने – उनी यसको अनुसन्धान चाहन्छन्।
भारतले शाहबाज शरीफको सम्बोधनमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।
यद्यपि, यसको केही समय अगाडि भारतीय विदेश सचिव विक्रम मिश्रीले एक विशेष प्रेस ब्रिफिङमा भनेका थिए कि “पाकिस्तानले यो सम्झौताको घोर उल्लंघन गरिरहेको छ।”
आफ्नो सम्बोधनमा शाहबाज शरीफले पाकिस्तानमा हालै भएका ड्रोन आक्रमणमा “मस्जिदहरू ध्वस्त” भएको र निर्दोष मानिसहरू मारिएको दाबी पनि गरे।
उनले दाबी गरे, “यस परिस्थितिमा पाकिस्तानका सुरक्षा बलहरूले भारतीय सशस्त्र बललाई उचित जवाफ दिए। हामी हाम्रा सिद्धान्तहरू पालना गर्न सफल भएका छौं।”
शनिबार राति, शहबाज शरीफले युद्धविराम सम्झौता सबैको हितको लागि भएको बताए। उनले भने, “पाकिस्तानमा लाखौं मानिसहरू छन्। हामी सबैको हितका लागि यो युद्धविराम सम्झौतामा पुगेका छौं र हामी यसप्रति सकारात्मक छौं।”
शरीफले भने, “म राष्ट्रपति ट्रम्पप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु। युद्धविराममा वासिङ्टनले महत्त्वपूर्ण भूमिका खेलेको छ। उनले बेलायतलाई यसको “सल्लाह” को लागि धन्यवाद पनि दिए।
शाहबाज शरीफले विशेष रूपमा चीनको उल्लेख गर्दै भने कि उनी “हाम्रो धेरै प्यारो, धेरै विश्वासिलो मित्र चीन” लाई पनि धन्यवाद दिन्छन्।
अन्य देशहरूलाई धन्यवाद दिँदै शरीफले भने, “हामीलाई पूर्ण विश्वास छ कि पानी बाँडफाँड, कश्मीर र अन्य सबै विवादास्पद मुद्दाहरू समाधान हुनेछन्।”
सामाग्री श्रोत :
पाकिस्तानले अमेरिका, बेलायत र चीनलाई धन्यवाद दियो, शाहबाज शरीफले अरु के भने ?
चितवन –तुइनखोलामा ट्रक अनियन्त्रित भई पल्टिएपछि अवरुद्ध नारायणघाट–मुग्लिन सडक सञ्चालनमा आएको छ ।
आइतबार विहान इच्छाकामना–५ तुइनखोला भन्ने स्थानमा वीरगन्जबाट काठमाण्डौ जाँदैगरेको मधेश प्रदेश ०३–००१ख ९८१७ नम्बरको कोईला लोड गरिएको ट्रक आफैं अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।
दुर्घटनापछि नारायणघाट–मुग्लिन सडक अवरुद्ध भएको थियो । सडकबाट ट्रक हटाइएपछि बाटो दुइतर्फी नै सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी रविन्द्र खनालले जानकारी दिएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का नेता तथा राष्ट्रियसभाका सांसद जगतबहादुर पार्कीले सरकारले ल्याएको आर्थिक वर्ष २०८२-८३ को नीति तथा कार्यक्रममा दलित समुदायका समस्या सम्बोधन नभएको गुनासो गरेका छन्। उनले भने, “ नीति तथा कार्यक्रममा दलित, मधेसी समुदाय, थारू र मुस्लिमलगायत पिछडिएका क्षेत्रहरू सुदूरपश्चिम र कर्णालीलाई अग्र स्थान दिएको छैन ।” सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्वि गर्नुभएका सांसद पार्कीसँग राससका समाचारदाता सुशील दर्नालले गरेको कुराकानीको सम्पादित अंशः
संविधान जारी भएको एक दशक हुन लाग्यो । तर दलित समुदायबारे संविधानको धारा २४ र ४० अहिलेसम्म प्रभावकारी कार्यान्वयन हुनसकेको छैन । दलित समुदायको उत्थानका विषयमा राज्यको ध्यान नपुगेको पक्कै होइन होला । नीति कार्यक्रममा दलितको विषयलाई प्राथमिताका साथ सम्बोधन गर्नुपर्ने हो, तर गरेको छैन । हरेक राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनमा दलित समुदायको योगदान र सहभागीता उच्च छ । तर उनीहरूको सवाललाई सरकारले नीति निर्माण र बजेटमा अग्रस्थानमा समावेश गर्न सकेको छैन ।
विदेशमा गएका युवालाई स्वदेश फर्काउन नीति तथा कार्यक्रमले प्रोत्साहन गर्नुपर्दथ्यो । नीति तथा कार्यक्रम माथि सांसदहरूले राखेका धारणालाई समेटेर पुनःलेखन गर्नुपर्छ । यसैले सरकारले संसद् र सांसदलाई विश्वास गर्नुपर्छ । नीति तथा कार्यक्रममा ‘योजनाको प्राथमिकीकरण गर्ने’ भनी उल्लेख गरिएको छ । सरकारले योजनाको प्राथमिकीकरण होइन, समस्याको प्राथमिकीकरण गर्नुपदथ्र्यो । आजको हाम्रो देशको विशिष्ट अवस्थामा देश र जनताको समस्या के हो ? राज्यले लिनुपर्ने नीति के हो ? त्यसका आधारमा नीति तथा कार्यक्रम आउनुपर्ने हो ।
नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न कुशल व्यवस्थापकको आवश्यकता पर्छ । समग्र समस्यालाई सत्तामा रहेको राजनीतिक नेतृत्वले हल गर्न चाहेको खण्डमा समाधान गर्न सक्छ । नीति तथा कार्यक्रममा देशलाई आत्मनिर्भर बनाउने भनिएको छ । देशलाई आत्मनिर्भर बनाउन धैरै कुरा गर्नै पर्दैन । यदि राज्यले इमानदारीपूर्वक चाहने होभने धेरै उत्पादन गर्नै पर्दैन । नेपालमा काठ प्रशस्त छ । तर हामीले विदेशबाट काठ आयात गरिरहेका छौँ । नेपालमा भएको काठलाई वन तथा वातावरण मन्त्रालयले राम्रोसँग सदुपयोग गर्ने हो भने विदेशमा निर्यात गर्न सक्छौँ । यो विषयमा पटकपटक मन्त्रालय र संसदीय समितिमा छलफल भएको छ । विज्ञहरूले पनि धारणा राखिरहेका छन् । तर कार्यान्वयन हुँदैन । हामीले आफ्नो काठ विदेशमा निर्यात गरेर डलर भित्र्याउन सक्छौँ । के राज्यले त्यतातिर ध्यान दिएको छ ?
हामीसँग काठ पर्याप्त छ । बिद्युत् वा कृषिमा उत्पादन गर्नुपर्छ । तर काठ हामीले उत्पादन गर्नु पर्दैन । जस्तोः पर्यटक भित्र्याउनका लागि पर्यटकीयस्थलको पूर्वाधारको विकास गर्नुपर्छ । तर काठका लागि अहिले बिरुवा लगाउनु पर्दैन । हाम्रो नेपालमा भएको वनजङ्गललाई सही ढङ्गबाट सदुपयोग गर्ने हो भने देश आत्मनिर्भर भन्ने प्रक्रिया सुरु हुन्छ । हाम्रै देशमा उत्पादन गर्न सकिने लसुन र प्याजलगायत सामान्य वस्तु पनि विदेशबाट आयात गर्नुपरेको छ । यदि राज्यले सही नीति तर्जुमा गरेर कार्यान्वयन गर्ने हो भने हामी आत्मनिर्भर हुने सम्भावना छ । नेपाल आफ्नै स्रोतसाधनबाट आत्मनिर्भर बन्ने सम्भावना पर्याप्त छ ।
सरकारले योजना बनाएर कार्यान्वयन गर्ने हो भने हामी कृषिमा एक वर्षभित्रै आत्मनिर्भर बन्न सक्छौँ । सरकारले ल्याएको नीति तथा कार्यक्रमले सबैभन्दा बढी समस्या भएको क्षेत्र, समुदायलाई समेट्नुपर्ने हो । तर समेटिएन । यदि संविधान संशोधन गर्ने हो भने दलित, मेधसी, थारू समुदायको निम्ति हुनुपर्छ ।
सामाग्री श्रोत :
योजनाको प्राथमिकीकरण होइन, समस्याको प्राथमिकीकरण गर्नुपर्छः जगतबहादुर पार्की
एजेन्सी – बंगलादेशको अन्तरिम सरकारले गत वर्षको जनविद्रोहमा अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाको अवामी लिगका सबै गतिविधिमा प्रतिबन्ध लगाएको छ। सरकारका कानूनी सल्लाहकार आसिफ नजरुलले शनिबार राति यसबारे जानकारी गराएका हुन् ।
नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्ले आतंकवाद विरोधी ऐनअन्तर्गत पार्टीका अनलाइन र अन्य गतिविधिमा प्रतिबन्ध लगाउने निर्णय गरेको जानकारी दिए ।
गत जुलाई–अगस्टमा भएको सरकारविरोधी विद्रोहमा सयौँ विद्यार्थी र प्रदर्शनकारीको मृत्यु भएको थियो । सो प्रदर्शनलाई लिएर अवामी लिग र त्यसका नेतालाई अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले मुद्दा चलाउँदासम्म यो प्रतिबन्ध कायम रहने उल्लेख गरिएको छ । नजरुलले भने, ‘यो निर्णय राष्ट्रिय सुरक्षा, सार्वभौमसत्ता, जुलाई आन्दोलनका कार्यकर्ता, र न्यायाधिकरणका वादी–साक्षीको सुरक्षाका लागि हो ।’
विशेष मन्त्रिपरिषद् बैठकपछि नजरुलले सञ्चारकर्मीसँग हसिनाविरोधी प्रदर्शनका हत्यामा संलग्न कुनै पनि दलमाथि मुद्दा चलाउन सकिने गरी कानून संशोधन गरिएको जानकारी दिएका छन् । उनका अनुसार सरकारी सूचना चाँडै विस्तृत रूपमा प्रकाशित हुनेछ ।
हसिनालाई गत वर्ष अपदस्थ गरेपछि उनीसँगै उनको पार्टीका धेरै वरिष्ठ नेताहरूमाथि हत्याका कैयौँ मुद्दा लगाइएको छ । हसिना अगस्ट ५ देखि भारतमा निर्वासनमा छिन् । प्रदर्शनकारीले उनको निवासमा आक्रमण गरेपछि उनी भारतमा शरण लिन पुगेकी थिइन् । संयुक्त राष्ट्रसङ्घको फेब्रुअरी प्रतिवेदनले हसिनाविरोधी प्रदर्शनमा तीन हप्तामा एक हजार चार सय जनाको मृत्यु भएको अनुमान गरेको थियो ।
शनिबार रातिको निर्णय विद्यार्थीहरूको नवगठित राष्ट्रिय नागरिक पार्टी (एनसीपी) सहित हजारौँ प्रदर्शनकारीले ढाकामा अवामी लिगमाथि प्रतिबन्धको माग राख्दै अल्टिमेटम दिएपछि आएको हो । विद्यार्थीको नेतृत्वमा भएको विद्रोहले हसिनाको १५ वर्षे शासन अन्त्य गरेको थियो । त्यसपछि युनुसले अन्तरिम नेतृत्व सम्हालेका हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुर्स्क क्षेत्र मुक्त गर्न मद्दत गर्ने उत्तर कोरियाली सैनिकहरूको व्यावसायिकता, साहस र वीरताको प्रशंशा गरेका छन् ।
‘उत्तर कोरियाली सैनिकहरू, हाम्रो सेनासँग मिलेर कुर्स्क क्षेत्रको सीमा क्षेत्रहरूलाई युक्रेनी संरचनाहरूबाट मुक्त गर्ने कार्यहरू व्यावसायिक रूपमा पूरा गरेका छन, म यसलाई जोड दिन चाहन्छु कि उनीहरूले निकै लगनशीलताका साथ यो काम फत्ते गरेका छन,’ पुटिनले भने, ‘उनीहरूले साहस र वीरता देखाएका छन र म यसलाई फेरि जोड दिन चाहन्छु कि उनीहरूले उच्च स्तरको व्यावसायिकताको साथ, राम्रो सीप र प्रशिक्षण देखाएका छन ।’
रूसी समाचार एजेन्सी तासका अनुसार कुर्स्क क्षेत्रलाई स्वतन्त्र गराउने क्रममा उत्तर कोरियाली सैनिकहरूले साहस र वीरता देखाएको भुल्न नहुने पनि पुटिनले जोड गरेका छन् ।
उत्तर कोरियाली सैनिकहरूले व्यावसायिक र इमान्दारीपूर्वक कुर्स्क क्षेत्रका सीमा क्षेत्रहरूलाई युक्रेनी संरचनाहरूबाट मुक्त गर्ने कार्यहरू गरेको भन्दै मुक्तकण्ठले प्रशंशासमेत गरेको तासले उल्लेख गरेका छन् ।
सामाग्री श्रोत :
युक्रेनवाट कुर्स्क क्षेत्र मुक्त गर्न उत्तरकोरियाली सैनिकको ठुलो हात छः पुटिन
चितवन – नारायणघाट–मुग्लिन सडक खण्डको तुईनखोला भन्ने स्थानमा ट्रक पल्टिँदा बाटो पूर्णरुपमा बन्द भएको छ । आज बिहान ७ बजे वीरगन्जबाट काठमाडौँ जाँदै गरेको ट्रक पल्टिएर बाटो अवरुद्ध भएको हो ।
कोइला लोड गरेको सो ट्रक आफैँ अनियन्त्रित भई पल्टिँदा दुबैतर्फ बाटो अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ । दुर्घटनामा मानवीय क्षति भने भएको छैन ।
दुर्घटनास्थल मुग्लिनबाट दुई किलोमिटर दक्षिणमा भएको अवरोध खुलाएर बाटो सुचारु गराउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
तेल अहिव। हजारौं इजरायलीहरूले मध्य तेल अवीभमा जुलुस निकालेका छन् । गाजामा जारी युद्ध अन्त्य गर्न र घेरामा परेका प्यालेस्टिनी एन्क्लेभमा रहेका इजरायली बन्दीहरूलाई तत्काल रिहा गर्न सरकारलाई आह्वानसमेत गरेका छन्।
इजरायली अखबार हारेट्जले रिपोर्ट अनुसार तेलअवीवमा, बन्धक र हराएको परिवार फोरम, एक इजरायली अभियान समूहले शनिबार आफ्नो साप्ताहिक र्याली ‘होस्टेज स्क्वायर’ मा आयोजना गरेको हो भने हमासका बन्दीहरूको पीडित परिवारजनले भने अर्को प्रदर्शन इजरायली सैन्य मुख्यालय बाहिरपट्टी गरेका थिए । साथै, तेल अवीवको हबिमा स्क्वायरमा पनि छुट्टै सरकार विरोधी प्रदर्शन भएको थियो।
द टाइम्स अफ इजरायलका अनुसार शाई मोजेस, जसका आमाबुबालाई कैदमा राखिएको थियो र छुट्टै विनिमय सम्झौतामा रिहा गरिएको थियो, हबिमा स्क्वायरमा भएको विरोध प्रदर्शनमा भने, ‘इजरायलको वास्तविक शत्रु हमास होइन, प्रधानमन्त्री बेन्जामिन नेतान्याहू हो, जसले इजरायललाई यहूदी र लोकतान्त्रिक राज्यको रूपमा नष्ट गरिरहेको छ।’
‘गाजामा अझै पनि ५९ जना बन्दी रहेका छन्, जसमध्ये ३५ जनाको मृत्यु भएको पुष्टि भएको इजरायली अधिकारीहरूले बताएका छन्, र २१ जना जीवित रहेको अनुमान गरिएको छ, र तीन जनाको अवस्था अझै अज्ञात छ,’ उनले भनिन्।
‘इजरायली अधिकारीहरूले गाजामा आफ्नो सैन्य कार्यहरू विस्तार गर्न लागेका छन् र अहिलेसम्म कुनै पनि प्रकारको युद्धविराम सम्झौतातर्फ अघि बढिरहेका छैनन्, भन्छन् कि ती बन्दीहरूलाई रिहा गर्ने सबैभन्दा राम्रो तरिका सैन्य माध्यमबाट हो, जुन कुरा बन्दीहरूको परिवारका सदस्यहरू र इजरायली समाजको ठूलो हिस्सा सहमत छैनन्’ उनले भनिन्।
नेतन्याहुले सोमबार गाजा पट्टीमा विस्तारित आक्रमणको घोषणा गरे पछि बन्धक र बेपत्ता परिवार फोरमले एक विज्ञप्तिमा यस कदमको आलोचना गरेको थियो । यो योजनाले प्यालेस्टिनी क्षेत्रमा अझै पनि बन्दी रहेकाहरूलाई बलिदान हुने उनीहरूको भनाइ रहेको छ ।
हारेट्जले यो पनि रिपोर्ट गरे कि जेरुसेलम, हाइफा र बेरशेबा लगायतका अन्य शहरहरूमा साथै इजरायलका दर्जनौं अन्य साइटहरू र चौराहेहरूमा विरोध प्रदर्शनहरू योजना गरिएको थियो।
सामाग्री श्रोत :
इजरायलमा प्रदर्शन जारी, प्रदर्शनकारीले भने, ‘इजरायलको शत्रु हमास होइन, नेतान्याहु हुन्’