२०८२ आश्विन ६ सोमबार
२०८२ आश्विन ६ सोमबार

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई एकीकृत, सरल र प्रभावकारी बनाउने उद्देश्यसहित राष्ट्रिय परिचयपत्र प्रणाली र नागरिक एपलाई आपसमा जोड्ने तयारी गरेको छ । आइतबार संसदमा पेस गरिएको आगामी आर्थिक वर्ष २०८२/०८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा सबै प्रकारका सार्वजनिक सेवाबिच अन्तर आबद्धता बढाइने उल्लेख गरिएको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकमा उक्त प्रस्ताव पेस गर्दै डिजिटल नेपाल अवधारणा अन्तर्गत नागरिकलाई लक्षित सेवा प्रवाहलाई सहज, छरितो र पारदर्शी बनाउने कार्यलाई तीव्रता दिने बताए ।

सरकारको योजना अनुसार अब नागरिक एप र राष्ट्रिय परिचयपत्र प्रणाली एकआपसमा समन्वय गरी नागरिकले एकैपटकमा विभिन्न सेवा पहुँच गर्न सक्नेछन् । यस्तो एकीकृत प्रणाली लागु भएपछि सेवाग्राहीले फरक–फरक निकायमा अनेकन कागजात लिएर जानुपर्ने अवस्था हट्ने सरकारको विश्वास छ ।

 

पछिल्लो अध्यावधिक: बैशाख २८, २०८२ २१:३५





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ – राप्रपा नेपालका अध्यक्ष कमल थापा साढे तीन वर्षपपछि आइतबार राप्रपाको पार्टी कार्यालय धुम्बाराही पुगेका छन्। 

उनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेट गरेका छन्। भेटपछि समसामयिक विषयमा छलफल भएको बताइएको छ। केही समय यता थापा र लिङ्देन नजिकिएका छन्।

थापा धुम्बाराही पुगेको तस्बिर सेयर गर्दै लिङ्देनले आजको तस्बिर भन्दै आफूसहित थापाको फोटो राखेका थिए।

Ncell 2
Ncell 2

२०७८ सालको महाधिवेशनमा तत्कालीन राप्रपाको अध्यक्षमा प्रत्याशी बनेका थापाले राजेन्द्र लिङ्देनसँग पराजित भएपछि पार्टी नै परित्याग गरेर राप्रपा नेपाल बनाएका थिए। 

महाधिवेशनमा पराजित बनेसँगै उनी दरबारले आफूलाई हराएको भन्दै आक्रोशित बनेका थिए। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले महाधिवेशन गराउने अध्यक्षको रूपमा थापाले मंसिर १५ गते राति अबेरसम्म पार्टी कार्यालयबाटै काम गरेको स्मरण गरे। तर, महाधिवेशनपछि र त्यसपछि पनि थापा कार्यालयमा नगएको उनको भनाइ छ।

shivam cement
shivam cement

‘२०७८ मंसिर १६–१९ गते राप्रपाको महाधिवेशन हुँदै थियो। महाधिवेशन गराउने अध्यक्षको रूपमा मंसिर १५ गते राति अबेरसम्म पार्टी कार्यालयमा तयारीमा खट्नुभएका कमल थापा महाधिवेशनपछि र त्यसपछि पनि विविध कारणले राप्रपा कार्यालय फर्कनुभएन’, श्रेष्ठले फेसबुकमा भनेका छन्, ‘राजसंस्था पुनःस्थापनाको लागि संयुक्त जनआन्दोलनको मिति घोषणा भइसकेको सन्दर्भमा ३ वर्ष ६ महिनापछि राप्रपा नेपालको अध्यक्षको रूपमा उहाँ आज आन्दोलनको तयारी बैठकलाई सम्बोधन गर्न राप्रपा केन्द्रीय कार्यालय पुग्नुभयो।’

सो क्रममा पार्टीका पूर्वअध्यक्ष समेत रहेका थापालाई अध्यक्ष राजेन्द्र लिङ्देनले न्यानो स्वागत गरेको श्रेष्ठले बताएका छन्। 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। काठमाडौंको कलंकीस्थित होटेल मेन्सको कोठामा छिरेर प्रहरी हो भन्दै डरधम्की दिँदै डाँका गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूले ३ लाख ६३ हजार ठगी गरेको आरोपसमेत छ।

पक्राउ पर्नेहरूमा नवलपरासी गैँडाकोटका २४ वर्षीय अनिष केसी, चितवन भरतपुरका २५ वर्षीय अतीत क्षेत्री, २४ वर्षीय सन्दीप बिक, नवलपुर दिपचुलीका २३ वर्षीय सन्दीप परियार, नवलपुर गैँडाकोटका २५ वर्षीय विवेक मल्ल ठकुरी, चितवन भरतपुरका २२ वर्षीय बादल तामाङ, लमजुङ उदिपुरकी १९ वर्षीया सक्रिया खनिया र धरानकी २४ वर्षीया कविता राई छन्। ती सबैको हालको बसोबास काठमाडौं महानगरपालिका वडा नं. २६ ठमेल, टोखा र कपन क्षेत्रमा रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरूबाट ९ थान मोबाइल, निलो रंगको रॉयल एनफिल्ड मोटरसाइकल र नगद ५२ हजार रुपैयाँ रकम बरामद गरिएको छ।


सामाग्री श्रोत :

काठमाडौंबाट डरधम्की दिँदै डाँका गर्ने ८ नक्कली प्रहरी पक्राउ

महोत्तरी –वैशाख पहिलो साताको वर्षालगत्तै अचाक्ली गर्मी बढेसँगै महोत्तरीमा सर्पको बिगबिगी बढेको छ। वैशाखको हालसम्म ४७ सर्पदंशका बिरामीको उपचार गरिएको छ।

बर्दिबास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रका उपचार टोली प्रमुख सैनिक प्राविधिक भोला चौधरीले वैशाख पहिलो सातामा दुई पटक वर्षा भएपछि त्यसयता गर्मी बढेसँगै सर्पदंशका घटना बढेका बताए। “सर्पदंशका घटना सबै महिनामा धेरथोर हुन्छन्, यहाँ साउनमा बढी हुने गरेको पाइएको छ”, उनले भने।

केन्द्र सञ्चालन भएयता विगत १० वर्षको तथ्याङ्कअनुसार साउनमा बढी पानी परेकाले सर्पको बिगबिगी पनि बढ्छ। यहाँ २०७१ साउन ३१ गते स्थानीयको पहलकदमीमा सर्पदंश उपचार केन्द्र स्थापना भएको हो। नेपाली सेनाको गौरीडाँडास्थित रेडियो नेपाल सुरक्षा वेसमा खटिएको नेपाली सेनाको क्याम्पले उपचारकार्यका लागि तालिम प्राप्त ६ दक्ष प्राविधिकलाई केन्द्रमा खटाएको छ। व्यवस्थापन भने सर्पदंश उपचार केन्द्र बर्दिबासको कार्यसमितिले गर्दै आएको छ।

Ncell 2
Ncell 2

वर्षेनी सर्पदंशबाट मानवीय क्षति बढ्दै गएपछि स्थानीयको पहलकदमीमा संस्था नै दर्ता गरेर उपचार प्रबन्ध थालिएको हो। “प्रारम्भमै नेपाली सेनासँग उपचार गर्ने प्राविधिक टोली माग गर्‍यौँ, सैनिक मुख्यालयले नै प्राविधिक टोली उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि उपचार थालिएको हो”, केन्द्र सञ्चालनको व्यवस्थापन गर्ने कार्यसमितिका अध्यक्ष कृष्ण देवकोटा भन्नुहुन्छ, “प्रतिबद्धताअनुसार सेनाको साथ पाएपछि केन्द्रलाई व्यवस्थित गरेका छौँ।”

केन्द्रले २०७१ साउन ३१ यता हालसम्म ३१ हजार १४७ जनाको उपचार गरिसकेको छ। आर्थिक वर्ष २०८०/८१ सम्ममा ३० हजार ८४७ जनाको तथा चालू आव २०८१/८२ को हालसम्म ३०० जनाको केन्द्रले उपचार गरेको छ। वैशाख महिनाको हालसम्ममा मात्र ४७ जनाको उपचार गरिएको प्राविधिक टोली प्रमुख चौधरीले बताए।

shivam cement
shivam cement

केन्द्रमा महोत्तरीका अतिरिक्त सिन्धुली, सर्लाही, धनुषा, रामेछापलगथायतका जिल्लाका सर्पदंशका बिरामी उपचार गर्न आउने गरेका छन्। केन्द्रले औषधि, कार्यालय सञ्चालन र व्यवस्थापनको चाँजोपाँजो मिलाउने र नेपाली सेनाले उपचार गर्ने दक्ष प्राविधिक टोली उपलब्ध गराएपछि उक्त सेवाले निरन्तरता पाउँदै आएको छ।

“नजिकमा भरपर्दो उपचार पाएर नयाँ जीवन पाइयो”, गोमन सर्पले डसेर केन्द्रमा उपचार गराइरहेका गौशाला–१ रामनगरका ४२ वर्षीय सुरेशकुमार महतो भन्छन्। आर्थिक वर्ष २०८०/८१ मा ८८४, आव २०७९/८० मा ८७८, आव २०७८/७९ मा दुई हजार ९३१, आव २०७७/७८ मा चार हजार १९१, आव २०७६/७७ मा तीन हजार ९४७, आव २०७५/७६ मा तीन हजार ६४१, आव २०७४/७५ मा तीन हजार ५४२, आव २०७३/७४ मा तीन हजार ३९४, आव २०७२/७३ मा तीन हजार ३१० तथा आव २०७१/७२ मा तीन हजार १२८ सर्पदंशका बिरामीले उपचार लिएका केन्द्रले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो पूर्ण स्वामित्वमा स्थापना गरिएको सहायक कम्पनी ‘नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेड’ को औपचारिक शुभारम्भ गरेको छ।

कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघई र नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले संयुक्त रूपमा कम्पनीको केन्द्रीय कार्यालय उद्घाटन गरेका हुन् ।

नेपाल लाइफले पाँच अर्ब रुपैयाँको लगानीमा सहायक कम्पनीका रूपमा नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी स्थापना गरेको हो । बीमा बजारमा २५ वर्षमा प्रवेश गर्दै गरेको अवसरमा कम्पनीले यो नयाँ यात्रा सुरु गरेको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईले नेपाल लाइफले २५ औं वर्ष प्रवेश गर्दै गर्दा सर्वाधिक विश्वासिलो र करिव ३० प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको बताएका छन् ।

नेपाल लाइफले प्रत्येक परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्न जीवन बीमाको माध्यमबाट महत्वपूर्ण भूमिका खेल्दै आएको छ भन्दै उनले उच्च प्रतिफल प्रदान गर्न तथा बजारका चुनौतीहरूलाई न्यूनिकरण गर्न कम्पनीले नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी स्थापना गरिएको बताए ।

“लगानी विविधिकरण हाम्रो मूल उद्देश्य हो, यही उद्देश्यका साथ हामीले सहायक कम्पनी स्थापना गरेका हौं,” उनले स्पष्ट पारे । संघईले नियामक निकायका नियमहरूअनुसार अगाडि बढ्दै कम्पनीले स्थापना गरेको नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीले उदाहरणीय कम्पनीको रूपमा आफूलाई स्थापित गर्न सक्ने विश्वास व्यक्त गरे। साथै, संस्थागत सुशासन कायम राख्दै उच्चतम प्रतिफल प्रदान गर्न सकिनेमा पनि उनले आशा व्यक्त गरे ।

नेपाल लाइफ इन्स्योरेन्सले लगानीको विविधिकरण गर्दै सुरु गरेको नयाँ प्रयासप्रति नेपाल बीमा प्राधिकरणले प्रशंसा व्यक्त गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले उक्त प्रयासलाई बीमा क्षेत्रको दीर्घकालीन सुदृढीकरणका लागि एक महत्वपूर्ण कदम भएको बताएका छन् ।

कार्यक्रममा सम्बोधन गर्दै सुवेदीले जनताको बचत र सम्पत्तिबाट संकलित बीमा कोषको सही संरक्षण र सदुपयोग बीमा कम्पनीहरूको गम्भीर जिम्मेवारी भएको उल्लेख गरे ।

उनले भने, “मिहिनेत, पसिना बगाएर वा व्यापार व्यवसाय मार्फत कमाइएको जनताको पैसा अन्ततः बीमा कोषमा जम्मा हुन्छ । त्यसैले यो केवल आम्दानी होइन, जिम्मेवारी पनि हो ।” उनले एकै ठाउँमा पूँजी केन्द्रित गर्दा जोखिम बढ्ने भएकाले लगानीको विविधिकरण अपरिहार्य भएको बताए ।

“एउटै ‘बास्केट’मा सबै पैसा राख्दा जोखिम बढ्छ । विभिन्न ‘बास्केट’ मार्फत जोखिम न्यूनीकरण गर्नु नै विविधिकरण हो, जुन नेपाल लाइफले आज आत्मसात् गरेको छ,” सुवेदीले उल्लेख गरे ।

नेपाल लाइफद्वारा स्थापना गरिएको लगानी कम्पनी मार्फत ५ अर्ब रुपैयाँको अतिरिक्त लगानी जिम्मेवारी उठाउनु सकारात्मक भए पनि चुनौतीपूर्ण रहेको भन्दै उनले भने, “यो रकम स्थिर राख्न मिल्दैन, यसलाई वृद्धि गर्नुपर्छ ।

यसको लागि उत्कृष्ट उपकरण, नवीनतम प्रविधि र रणनीति आवश्यक पर्छ ।”“मार्केट लिडर बन्न सजिलो छैन, तर तपाईंहरूको हरेक कदम अरूका लागि उदाहरण बन्न सक्छ । तपाईंहरूले सुरु गर्नुभएको यो नवीन प्रयासको म उच्च प्रशंसा गर्छु,” सुवेदीले भने ।

कम्पनीका सञ्चालक समितिका सदस्य कमलेश कुमार अग्रवालले नेपाल लाइफ इन्स्योरेन्स विगत २५ वर्षको अवधिमा देशकै उत्कृष्ट बीमा कम्पनीको रूपमा स्थापित भइसकेको उल्लेख गर्दै, लगानीकर्तादेखि बीमित र कर्मचारीसम्म सबैको योगदानले कम्पनीलाई यो स्थानमा पु¥याएको बताए ।

उनका अनुसार नेपाल लाइफले हालसम्म २ खर्ब २५ अर्ब रुपैयाँको जीवन बीमा कोष निर्माण गरिसकेको छ । कम्पनीसँग हाल १७ लाखभन्दा बढी बीमित र १ लाख ८६ हजार लगानीकर्ता रहेका छन्।

कम्पनीले आगामी पाँच वर्षभित्र जीवन बीमा कोष ५ खर्ब रुपैयाँ पु¥याउने लक्ष्य लिएको छ। उक्त लक्ष्य हासिल गर्न र बीमित तथा लगानीकर्तालाई अझ उत्कृष्ट प्रतिफल दिन ‘नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी’ स्थापना गर्नु अपरिहार्य रहेको अग्रवालले बताए ।

उनले भने, “बीमा अब केवल सुरक्षा मात्रै नभई लगानीको प्रतिफल दिने माध्यम पनि बनेको छ । बीमितलाई दीर्घकालीन उच्च प्रतिफल दिने लक्ष्य सहित हामीले यो कम्पनी खोल्न लागेको हौं।

“नेपाल लाइफको मुख्य उद्देश्य बीमा सेवा प्रदान गर्नु हो भने, उच्च प्रतिफल सुनिश्चित गर्न विशेषज्ञ र विशिष्टीकृत संस्था आवश्यक भएको अग्रवालको भनाइ छ ।

नयाँ लगानी कम्पनीमार्फत कम्पनीले रियल इस्टेट, कृषि, पर्यटन, होटल, केवलकार, नविकरणीय ऊर्जा, जलविद्युत्, सौर्य ऊर्जा लगायतका क्षेत्रमा लगानी गर्न सक्नेछ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो साढे दुई दशकको यात्रा पार गर्दै बीमा बजारमा मार्केट लिडरको रुपमा स्थापित भइसकेपछि, अब संस्थागत रुपमा लगानी विविधिकरणलाई थप गति दिन ‘नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी’ स्थापना गरिएको प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले प्रष्ट पारेका छन् ।

पराजुलीका अनुसार यो कदम नेपाल लाइफको संरचनात्मक डिपार्चर हो, जसले कम्पनीको कोर भ्यालु बढाउने दिशामा महत्वपूर्ण टेवा पुर्‍याउनेछ ।“बीमा ऐनले लगानी विविधिकरणलाई नीतिगत रुपमा स्पष्ट पारेपछि हामीले पनि त्यसै अनुसार लगानीको दायरा फराकिलो बनाउँदै लगिरहेका छौं ।

नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीको स्थापनाले यो नीतिलाई मूर्तरुप दिन यस्तो कार्यको सुरुवात गरेको हो,” पराजुलीले भने । उनका अनुसार लगानी एक पटकमा हुने प्रक्रिया होइन, जहाँ जोखिम पनि सँगै आउँछ ।

त्यसैले लगानीको राम्रो व्यवस्थापन, नियमित अनुगमन र सटिक निर्णयको लागि छुट्टै दक्ष जनशक्ति र विशेषज्ञ टिम आवश्यक हुने देखिएपछि कम्पनीले छुट्टै संस्था स्थापना गरेको हो ।

नेपाल लाइफले हेटौंडा र इटहरीमा भवन निर्माणका लागि आवश्यक जग्गा खरिद भइसकेको र विराटनगरमा पनि प्रक्रिया अगाडि बढिरहेको जानकारी दिए। यस आर्थिक वर्षभित्र कम्तीमा ६ स्थानमा जग्गा खरिदको योजना रहेको उनले बताए।

नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुवास थापाले कम्पनीको प्राथमिक उद्देश्य नेपाल लाइफको लगानीलाई सुरक्षित गर्दै उच्च प्रतिफल प्रदान गर्नु रहेको बताए।

“हामी आन्तरिक र बाह्य मूल्याङ्कनका आधारमा विवेकशील ढंगले प्रिन्सिपलको प्रोटेक्सनलाई प्राथमिकता राखी राम्रो भ्यालू क्रिएसन गर्नेछौं,” उनले भने।

नायव प्रमुख कार्यकारी अधिकृत तथा नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष अमित कुमार कयालले संसारका विकसित मुलुकहरूमा जस्तै नेपालमा पनि छुट्टै लगानी कम्पनी स्थापना गरेर बीमा कोषको व्यवस्थापन गर्ने संस्कृति सुरु भएको बताए।

“ग्राहककै हितलाई केन्द्रमा राखेर लगानीको कार्य अघि बढाउनेछौं। योजना, कार्यान्वयन र नियमन जस्ता तीन पक्ष सम्हाल्दै हामी विश्वसनीयता कायम राख्नेछौं,” कयालले स्पष्ट पारे ।


सामाग्री श्रोत :

नेपाल लाइफले खोल्यो ५ अर्बको लगानीमा इन्भेष्टमेन्ट कम्पनी

काठमाडौं । चिनियाँ प्रविधि कम्पनी बाइटडान्सको भिडिओ एडिटिङ एप क्यापकट निकै प्रभावकारी प्लेटफर्म हो । सामान्यदेखि स्तरीय फ्ल्यागशिपसम्म सपोर्ट हुने यो एप विज्ञापन र वाटरमार्कका कारण कम लोकप्रिय हुँदै गएको छ । शर्ट भिडिओ प्लेटफर्म टिकटकमा जोडिएकाले यो एप धेरैको रोजाइमा परेको थियो । 

त्यसैलाई चुनौती दिन फेसबुकको माउ कम्पनी मेटाले केही समयअघि आफ्नै भिडिओ एडिटिङ एप ‘एडिट्स’ सार्वजनिक गरेको थियो । अमेरिकी राष्ट्रपतिका रूपमा डोनल्ड ट्रम्पको दोस्रो कार्याकाल औपचारिक रूपमा सुरु भएकै दिन टिकटकसहित यसको मातृ कम्पनी बाइटडान्सद्वारा सञ्चालित एपहरू अमेरिकामा प्रतिबन्धमा परेका थिए । त्यही मौकामा मेटाले एडिट्स एप घोषणा गरेको थियो । 

यसबाट मेटाले आफ्नो प्रत्यक्ष प्रतिद्वन्द्वी टिकटक र क्यापकटसँग प्रतिस्पर्धा गर्न यो एप ल्याएको प्रष्ट थियो । त्यही एडिट्स एप अहिले विश्वभरका प्रयोगकर्ताका लागि निःशुल्क उपलब्ध भएको छ । 

क्यापकटभन्दा एडिट्स किन उपयुक्त हुनसक्छ ? 

टिकटकमा मात्र भिडिओ कन्टेन्ट राख्नुहुन्छ भने तपाईंका लागि क्यापकट नै उपयुक्त हुन सक्छ । उपयुक्त यस सन्दर्भमा कि तपाईंले टिकटकमा आएका टेम्प्लेट प्रयोग गरेर आफ्नो भिडिओमा प्रयोग गर्न सक्नुहुन्छ । तर, त्यसमा पनि वाटरमार्क देखिन्छ । वाटरमार्क हटाउन र झन्झटिला विज्ञापनबाट मुक्ति पाउन तपाईंले एडिट्स प्रयोग गर्न सक्नुहुन्छ ।

क्यापटकमा सयौं ट्रान्जिजन र इफेक्ट्सहरू छन् । तर, अधिकांश प्रिमियम छन् । अर्थात् ती इफेक्स र ट्रान्जिसन प्रयोग गर्न पैसा तिर्नुपर्ने हुन्छ । 

यता एडिट्समा भने मेटाले क्यापकटकै झल्को दिने यूआई र इफेक्ट्स तथा ट्रान्जिसनहरू राखेको छ । एडिट्स एपबाटै इन्स्टाग्राम र फेसबुकमा भाइरल भइरहेका रिल्स हेर्न र तिनै टेम्प्लेट प्रयोग गर्न सक्नुहुन्छ । त्यसमा भएको अडियो प्रयोग गर्न सक्नुहुन्छ । यसमा रोचक फिचर के छ भने भिडिओको छेउमा प्लस (+) आइकन छ । त्यसमा ट्याप गरेर उक्त भिडिओ हेर्दा आफूलाई के आइडिया आएको छ त्यही लेख्न सक्नुहुन्छ । पछि त्यही आइडियालाई लिएर आफ्नो कन्टेन्ट बनाउन सकिन्छ ।

त्यस्तै भिडिओका लागि यसमा भएका विभिन्न ट्रान्जिसन तथा इफेक्ट पनि प्रयोग गर्न सकिन्छ । हालसम्म यसमा भएका सबै इफेक्ट र ट्रान्जिसन निःशुल्क उपलब्ध छन् । 

नेपाली प्रयोगकर्ताका लागि क्यापकट किन पनि अनुपयुक्त छ भने यसले देवनागरी भाषा सपोर्ट गर्दैन । डाउनलोड गरेको फन्ट राख्न सकिने भए पनि केही अक्षरमा भने समस्या देखिन्छ । युनिकोड फन्टमा पनि समस्या छन् । 

यता एडिट्समा अहिलेसम्म फन्ट अपलोड गर्ने सुविधा छैन । तर, यसले देवनागरी टेक्स्ट सपोर्ट गर्छ । यसमा भएको डिफल्ट फन्टमा देवनागरी अक्षर आकर्षक नै देखिन्छन् । टेक्स्ट एनिमेसनमा पनि विभिन्न अप्सन पाउन सकिन्छ । 

म्युजिकको सन्दर्भमा भने क्यापकटले टिकटकमा अपलोड भएका म्युजिक सपोर्ट गर्छ । त्यसबाहेक आफैँले म्युजिक अपलोड गरेर पनि प्रयोग गर्न सकिन्छ ।​ टिकटकका लागि त्यहीँको म्युजिक प्रयोग गरेर तयार पारेको भिडिओ फेसबुक वा इन्स्टाग्राममा अपलोड गर्दा कपिराइट लाग्ने सम्भावना उच्च हुन्छ ।

यदि तपाईं फेसबुक र इन्स्टाग्रामका लागि भिडिओ बनाउँदै हुनुहुन्छ र कपिराइट नलाग्ने म्युजिक प्रयोग गर्न चाहनुहुन्छ भने एडिट्स एप नै प्रयोग गर्न सक्नुहुन्छ । त्यसबाहेक मिम, कमेडी भिडिओ, एक्सप्लेनर भिडिओ आदिका लागि आवश्यक पर्ने साउन्ड इफेक्ट पनि छन् । 

क्यापकट जस्तै एडिट्समा पनि ब्याकग्राउन्ड हटाउने सुविधा छ । त्यस्तै आफ्नै आवाज राखेर विभिन्न इफेक्ट प्रयोग गर्न सकिन्छ । 

यसरी तयार पारिएको एडिट्सको भिडिओ सोझै फेसबुक र इन्स्टाग्राममा शेयर गर्न सकिन्छ । त्यसबाहेक भिडिओ डिभाइसमै सेभ गरेर अन्य प्लेटफर्ममा शेयर गर्न सकिने सुविधा पनि छ  ।

आकर्षक र सामान्य युजर इन्टरफेस, नेपाली टेक्स्टको सुविधा, उयपयुक्त साउन्ड इफेक्ट आदिका लागि एडिट्स प्रयोग गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: बैशाख २८, २०८२ १४:२४





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ – वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ। 

महोत्तरी बर्दिबास नगरपालिका–५ घर भएकी ३३ वर्षीया दीपा कुमारी पोख्रेल पक्राउ परेकी हुन्।

Ncell 2
Ncell 2

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार पोख्रेलले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि पोल्याण्ड लैजाने भन्दै २ लाख रुपैयाँ लिएकी थिइन्।

shivam cement
shivam cement

तर, उनी लामो समयसम्म विदेश नपठाई सम्पर्कविहीन भएकी थिइन्। पीडितले दिएको जाहेरी अनुसार उनलाई काठमाडौँको गोकर्णेश्वर नगरपालिका–५ बाट पक्राउ गरिएको उपरीक्षक आचार्यले जानकारी दिए। 

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं- सरकारले १२ कक्षापछि सञ्चालनमा ल्याउन लागेको जनरल नर्सिङ कार्यक्रम दुई वर्षे कोर्ष नभएर तीन वर्षको हुने बताइएको छ।

स्वास्थ्यखबर फाउन्डेसनको आयोजना र मनास्लु इन्टरनेसनल सर्भिसको सहयोगमा आइतबार भएको कार्यक्रममा चिकित्सा शिक्षा आयोग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सरोकारवालाहरुले जनरल नर्सिङ कार्यक्रम तीन वर्षको हुने जानकारी दिएका हुन्। 

‘नर्सिङ शिक्षामा सुधार: जनरल नर्सिङ कार्यक्रम सही कदम हो’ शिर्षकमा आयोजना भएको उक्त कार्यक्रममा आयोगकी निर्देशक प्राडा सरला श्रेष्ठले विज्ञहरु सहभागी कार्यदलले दिएको सुझाब र त्यसपछि भएका छलफलपछि मिडवाइफ्रीका विषय पनि जनरल नर्सिङ कार्यक्रममा हुने भएकाले तीन वर्षको कोर्ष सुरु गर्ने निर्णय आयोगले गरेको जानकारी दिइन्।

उनका अनुसार चिकित्सा शिक्षा आयोगको माघ ३० गते बसेको १७औं बैठकले १२ कक्षामा विज्ञान विषय बाहेकका विषय पढेर उत्तीर्ण गरेका विद्यार्थीहरुका लागि तीन वर्षे जनरल नर्सिङ कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको हो।

‘जनरल नर्सिङ कार्यक्रममा मिडवाइफ्री नराख्ने हो भने कम्तिमा दुई वर्षको गर्न सकिने सुझाब आएको थियो। तर नेपालको परिप्रेक्ष्यमा जनरल नर्सिङमा मिडवाइफ्री विषय पनि राख्ने हो भने दुई वर्षले पुग्दैन तीन वर्ष हुनुपर्छ भनेर तीन वर्षका विषयमा निर्णय भएको छ,’ उनले भनिन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको आयोगको १७औं बैठकले जनरल नर्सिङका विषयमा निर्णय गरेको हो।’

उनका अनुसार जनरल नर्सिङ कार्यक्रममा कक्षा १२ मा विज्ञान विषय नपढेका जुनसुकै विधाका विद्यार्थीले आवेदन दिन सक्ने छन्। ‘१२ कक्षासम्म विज्ञान पढेकाहरुका लागि चार वर्षीय बिएस्सी नर्सिङ कार्यक्रम छ। तर विज्ञानभन्दा बाहेकका अन्य विधा अध्ययन गरेकाहरुका लागि तीन वर्षे एड्भान्स डिप्लोमा इन नर्सिङ कार्यक्रम भनेर जनरल नर्सिङ कार्यक्रम ल्याउन लागिएको हो।’ उनले जनरल नर्सिङ कार्यक्रम अध्ययन गर्नका लागि प्रवेश परीक्षामा ५० प्रतिशतभन्दा बढी अंक ल्याउनु पर्ने जानकारी दिइन्।

नर्सिङ विधाका विभिन्न पक्षमा सुझाव सिफारिसका लागि गठित कार्यदलकी सदस्य समेत रहेकी स्वास्थ्य मन्त्रालय अन्तर्गतको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक हिरा निरौलाले जनरल नर्सिङका विषयमा तीन वर्षकै हुने भने निर्णय भएर आएको जानकारी दिइन्।

‘कार्यदलले यदि मिडवाइफ्री नपढाउने हो भने नर्सिङका लागि कम्तिमा दुई वर्ष भनेर सुझाब दिएको थियो। अहिले अब चिकित्सा शिक्षा आयोगबाट जसरी पिसिएल नर्सिङमा नर्सिङ र मिडवाफ्री दुवै विषय पढाइ हुन्छ त्यसैगरी जनरल नर्सिङमा पनि दुवै विषय हुने र यो तीन वर्षको हुने भन्ने नै छ,’ उनले भनिन्, ‘मिडवाफ्री नराख्ने हो भने कम्तिमा दुई वर्ष भन्ने सुझाब थियो। तर अब मिडवाइफ्रीसहित तीन वर्षको नै हुने भन्ने छ।’

उनले कक्षा १२ पछि तीन वर्षे जनरल नर्सिङ अध्ययन गरेकाहरुले उक्त कोर्ष सकेपछि थप दुई वर्षे पिबिबिएन कोर्ष गरेमा ब्याचलर तह उत्तीर्ण हुने र त्यसपछि मास्टर्स अध्ययन गर्न सकिने पनि जानकारी दिइन्।जनरल नर्सिङ अध्ययन गरेका जनशक्तिलाई सरकारले पिसिएलभन्दा एक तह माथि वा छिटो स्तरवृद्धि गरेर जानसक्ने पनि उनले बताइन्। 

कार्यक्रममा नर्सिङ काउन्सिलकी रजिष्ट्रार शुक्ला खनालले नयाँ कार्यक्रम लागू भएपछि केही क्राइटेरिया थपेर लाइसेन्स दिने प्रक्रिया अगाडि बढ्ने जानकारी दिइन्। ‘काउन्सिलले अहिलेसम्म अनमीदेखि स्नातोकत्तकर तहसम्मका लाइसेन्स दिइरहेको छ। यो कार्यक्रमका हकमा पनि केही क्राइटेरिया थप्नुपर्ने होला। आवश्यक छलफल र गृहकार्यपछि हामी लाइसेन्स दिने प्रक्रियामा जानेछौं,’ उनले भनिन्।

प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषदका सदस्य सचिव महेश भट्टराईले नेपालको सन्दर्भमा अहिले नै पिसिएल कोर्ष फेजआउट गर्ने समय नआएको बताए। ‘हाम्रा उत्पादन देशको दुरदरजा पुग्ने खालको उत्पादन हुनुपर्छ। यो कार्यक्रम अस्पतालका लागि हो वा विश्वविद्यालयका लागि हो? यदि अस्पतालका लागि हो भने हाम्रो आवश्यकता र भूगोल हेरर निर्णय गरौं। सिटिइभिटीको नर्सिङ कार्यक्रम अझै १०-१५ वर्ष फेजआउट गर्न बेला आएको छैन।’

नेपाल नर्सिङ संघकी अध्यक्ष चन्द्रकला शर्माले जनरल नर्सिङ कार्यक्रमका विषयमा थप बहस र छलफल आवश्यक रहेको बताइन्। 

‘दुई वर्षे जनरल नर्सिङ कार्यक्रमका लागि सिफारिस आउँदा म नेपाल नर्सिङ सङ्घको अध्यक्ष भइसकेको थिइनँ। सरोकारवाला व्यक्तिको रुपमा भने त्यतिबेला पनि हामीले आफ्ना कुरा राखेका हौं,’ उनले भनिन्, ‘अन्तर्राष्ट्रिय मान्यताअनुसार पनि मास्टर्स पढ्नका लागि कम्तिमा पनि १६ वर्षको अध्ययन खोजिन्छ। प्लस टु सकेपछि तीन वर्ष अध्ययन गर्दा पनि १५ वर्ष मात्रै हुन्छ, दुई वर्षको जनरल नर्सिङ कार्यक्रमलाई कुन तहमा राख्ने भन्ने सरोकारवालाहरुसँगको एक चरणको  छलफल भएर नै जनरल नर्सिङ कार्यक्रम तीन वर्षमा हुन पुगेको हो भन्ने मेरो बुझाई छ।’  

कार्यक्रममा विज्ञ र सरोकारवालाहरुको धारणा सुनेपछि संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले जनरल नर्सिङ कार्यक्रमका फाइदा र बेफाइदाका विषयमा गहन छलफल गरेर मात्र अगाडि बढ्नुपर्नेमा जोड दिए।

‘उत्पादित जनशक्तिको भविष्य के हुने हो, रोजगारीको ग्यारेन्टी के हुने हो र यो पढिसकेपछि त्यो भन्दा माथिल्लो तहको अध्ययन के हुने लगायतका सबै विषय हेरेर मात्र कार्यक्रम लागु हुनुपर्छ। यो विषयमा संसदीय समितिमा छलफल गर्नपरे पनि म त्यसका लागि तयार छु,’ उनले भने।

दुई वर्षे विषय कसरी बाहिर आयो?
जनरल नर्सिङ कार्यक्रम दुई वर्षको भन्ने विषय नर्सिङ विधाका विभिन्न पक्षमा सुझाव सिफारिसका लागि गठित कार्यदलले दिएको सुझाबपछि छलफलमा बाहिर आएको थियो। कार्यदलले नेपालमा पनि १२ कक्षापछि नर्सिङ अध्ययन अध्यापन कार्यक्रम सुरु गर्न सिफारिस गरेको थियो। जसमा १२ कक्षापछि सुरु हुने नयाँ कार्यक्रमको नाम ‘जनरल नर्सिङ कार्यक्रम’ राख्न उपयुक्त हुने र यस कार्यक्रमको अवधि दुई वर्षको हुने छ भन्ने उल्लेख छ। यो कार्यक्रम सञ्चालन गर्ने संस्थाको आफ्नै स्वामित्वमा कम्तीमा १०० शय्याको अस्पताल रहेको शिक्षण संस्था हुनुपर्ने पनि प्रतिवेदनमा उल्लेख छ।

यो विषय बाहिर आएपछि नर्सिङ संघ लगायतका सरोकारवालाहरुले दुई वर्षे कार्यक्रम नेपालका लागि उपयुक्त नहुने भन्दै सुझाब दिएका थिए। आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममा जनरल नर्सिङ कार्यक्रम सुरु हुने विषय परेको छ। तर उक्त कार्यक्रममा जनरल नर्सिङ कार्यक्रम कति वर्षको भन्ने उल्लेख भने भएको छैन। 

जनरल नर्सिङ कार्यक्रम पूर्ण रुपमा कार्यान्वयन भएको ५ वर्षभित्र कक्षा १० पछि पढाई हुने प्रमाणपत्र तह नर्सिङ फेज आउट गर्दै लैजानुपर्ने सुझाव पनि कार्यदलले प्रतिवेदन मार्फत दिएको छ।

आयोगको गत कात्तिक २१ गतेको निर्णय अनुसार काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेसको नर्सिङ निर्देशक प्राडा कुन्तादेवी पुनको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन भएको थियो।

कार्यदलमा नेपाल नर्सिङ काउन्सिलकी अध्यक्ष प्रा सरला केसी, महाराजगञ्ज नर्सिङ क्याम्पसकी प्रमुख प्रा मुना राना, वीर अस्पताल नर्सिङ क्याम्पस प्रमुख सह प्रा बन्दना थापा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सहसचिव हिराकुमारी निरौला सदस्य थिए भने चिकित्सा शिक्षा आयोगकी अस्पताल नर्सिङ प्रशासक भारती शर्मा सदस्य सचिव थिइन्।

सामाग्री श्रोत :
swasthyakhabar

कर्णाली । कर्णाली प्रदेश सरकारले बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र सञ्चालनमा ल्याएको छ । सुर्खेतको वीरेन्द्रनगरमा स्थापित केन्द्रको आज प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले उद्घाटन गरे ।

कार्यक्रममा मन्त्री भण्डारीले बालबालिकाको खोजतलासमा सहयोग पुग्ने उद्देश्यका साथै आश्रयस्थलका रूपमा विकास गर्न केन्द्र सञ्चालन गरिएको बताए। उनले भने, ‘केन्द्र स्थापनाले यहाँका बालबालिकाको संरक्षण र संवर्द्धनमा टेवा पुग्नेछ । आगामी दिनमा केन्द्रलाई थप व्यवस्थित रूपले सञ्चालन गर्न प्रदेश सरकार आवश्यक योजनासहित अगाडि बढ्छ।’

बालबालिकाको खोजतलासका लागि टोलफ्री नम्बर १०४ मा सम्पर्क गरी समस्या टिपाउन सकिने पनि त्यस अवसरमा जानकारी दिइयो। सामाजिक विकास मन्त्रालयअन्तर्गत सञ्चालनमा हुने केन्द्रमा नेपाल प्रहरी र टेलिकमको सहकार्य रहने छ।


सामाग्री श्रोत :

कर्णाली प्रदेशमा बालबालिका खोजतलास केन्द्र सञ्चालन

काठमाडौँ । राजधानीको जडिबुटीमा भएको आगलागीको भिडिओलाई सामाजिक सञ्जाल एक्समा भारत-पाकिस्तानबिच मिसाइल आक्रमण भएको भ्रामक दाबीसहित फैलाइएको छ । शनिबार ‘कर्नेल हाथी’ नामक अकाउन्टबाट पोस्ट गरिएको उक्त भिडिओलाई एक्सको एआई ‘ग्रोक’ले समेत सुरुमा वास्तविक जस्तै भएको भन्दै पुष्टि गरेको थियो । तर पछि प्रयोगकर्ताहरूले वास्तविकता औंल्याएपछि आफ्नो भनाइ सच्याएको छ ।

‘कर्नेल हाथी’ नामक एक्स अकाउन्टबाट शनिबार पोस्ट गरिएको भिडिओमा हिन्दी भाषामा लेखिएको थियो, “भारतले पाकिस्तानमाथि केवल ड्रोन हमला गरेको थियो । तर, बदलाको आगोमा जलिरहेको पाकिस्तानले हामीमाथि मिसाइल हान्यो । हाम्रो मिडिया यही आगो र रगतको खोला चाहन्थ्यो जुन उसलाई मिल्यो । तर यो विनाशलाई भारतीय जनताका आगामी २ पुस्ताले पनि मेटाउन सक्ने छैनन् ।” 

यसको साथमा एउटा भवनमा आगो लागिरहेको र दमकलले निभाउँदै गरेको भिडिओ राखिएको थियो । वास्तवमा उक्त भिडिओ १५ चैतमा राजावादी समर्थकले काठमाडौंमा गरेको प्रदर्शनका क्रममा जडिबुटीस्थित जडिबुटी प्रशोधन कम्पनी लिमिटेडमा भएको आगलागीको हो । भिडिओमा प्रदर्शनकारीले “शान्तिपूर्ण आन्दोलन हो यो हाम्रो । यिनीहरूले दमन नगरेको भए यस्तो हुँदैनथ्यो। यिनीहरूले गोली हाने त्यही भएर…” भनेको स्पष्ट सुनिन्छ । यो सामग्री तयार पार्दासम्म उक्त भिडिओमा २४ लाख बढी भ्युज, ११ हजार बढी लाइक, ३५०० पोस्ट र ४५०० बढी कमेन्ट आएका छन् । 

यही भ्रामक पोस्टमाथि प्रश्न गर्दै हुसेन युसफाजी नामक एक्स प्रयोगकर्ताले भिडिओको वास्तविकता के हो भनी ‘ग्रोक’लाई सोधेका थिए । जवाफमा ‘ग्रोक’ले भिडिओ वास्तविक जस्तो देखिने र यो मे २०२५ मा भएको भारत-पाकिस्तान द्वन्द्वसँग सम्बन्धित हुनसक्ने बताएको थियो । ग्रोकले पाकिस्तानको ‘अपरेसन बुन्यानुल मरसूस’ अन्तर्गत उधमपुर वायुसेना स्टेसनलाई निशाना बनाइएको र रोयटर्स तथा द गार्डियन जस्ता सञ्चारमाध्यमले समेत उधमपुरमा हमला भएको पुष्टि गरेको दाबी गरेको थियो । 

उसले थपेको थियो, “यद्यपि वास्तविक स्थान पूर्ण रूपमा प्रमाणित नभए पनि सन्दर्भ र समय रिपोर्ट गरिएका घटनासँग मिल्दोजुल्दो छन् । सम्भावित भ्रामक सूचनाका कारण यसलाई केही सावधानीका साथ लिनुहोला ।”

एक अर्का प्रयोगकर्ताले ‘समस्यामा पर्नुभन्दा अगाडि आफ्नो भनाइ सच्याऊ’ भनी चेतावनी दिँदा पनि ‘ग्रोक’ले आफ्नो सुरुवाती गलत विश्लेषणलाई नै दोहोर्‍याएको थियो । तर, पछि अन्य प्रयोगकर्ताले भिडिओमा बोलिएको भाषा, देखिएको स्थानको नाम र प्रहरीको उपस्थितिजस्ता थप प्रमाण उल्लेख गरेपछि भने ‘ग्रोक’ले उक्त भिडिओ नेपालको भएको स्वीकार गर्दै आफ्नो सुरुवाती जानकारी गलत भएको उल्लेख गरेको छ । 

ग्रोकलाई सामाजिक सञ्जाल एक्समा तथ्यजाँचका लागि प्रयोग गर्न सकिने भन्दै चर्चा हुँदै आएको छ । विशेषगरी त्यहाँ फैलने भ्रामक सूचनालाई एआई टुलले विभिन्न स्रोतबाट विश्वसनीय जानकारी उपलब्ध गराउने भएकाले त्यसलाई तथ्यजाँच टुलका रूपमा लिन सकिने बताइएको थियो । तर, अहिले भने भारत-पाकिस्तान द्वन्द्वका समयमा तीव्र रूपमा फैलिएको भ्रामक भिडिओलाई ग्रोकले सही भन्दै जोड दिएपछि यसको विश्वसनीयतामाथि प्रश्न उठिरहेको छ ।

पछिल्लो अध्यावधिक: बैशाख २८, २०८२ १७:३९





सामाग्री श्रोत :
टेक पाना

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट